अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (१३) खण्ड एक

हाम्रो यसअघिको भेलाको सङ्गति अगुवाहरू र कामदारहरूको एघारौँ जिम्मेवारीबारे थियो। हामीले अगुवाहरू र कामदारहरूले पूरा गर्नुपर्ने जिम्मेवारीबारे र भेटीहरूको सुरक्षा गर्न तिनीहरूले गर्नुपर्ने कामबारे सङ्गति गर्‍यौँ। अगुवाहरू र कामदारहरूले भेटीहरूको संरक्षण गर्नमा के काम गर्नुपर्छ? (पहिलो कार्य भनेको तिनको सुरक्षा गर्नु हो। दोस्रो भनेको खाताहरू जाँच गर्नु हो। अनि तेस्रो भनेको विभिन्‍न खर्चहरू सिद्धान्तहरूअनुरूप छन् कि छैनन् भनेर अनुगमन गर्नु, खोजबिन गर्नु, र निरीक्षण गर्नु हो। कडा जाँचहरू गरिनुपर्छ, र अनुचित खर्चमा कडाइसाथ प्रतिबन्ध लगाइनुपर्छ। फजुल खर्च र अपव्यय हुनुभन्दा पहिले नै त्यसलाई रोकथाम गर्नु सर्वोत्तम हुन्छ। यदि पहिले नै त्यस्तो भइसकेको छ भने, जिम्मेवार व्यक्तिहरूलाई जबाफदेही बनाउनैपर्छ। चेतावनी दिने मात्र होइन, क्षतिपूर्तिको माग पनि गरिनुपर्छ।) आधारभूत रूपमा कुराहरू तिनै हुन्। मुख्य कुरा भनेको तिनको संरक्षण गर्नु, त्यसपछि खाताहरू जाँच गर्नु, र त्यसपछि, खर्चको अनुगमन र निरीक्षण गर्नु, र तिनलाई सही रूपमा उपयोग र खर्च गर्नु हो। एघारौँ जिम्मेवारीबारे हामीले हाम्रो सङ्गति समाप्त गरेपछि, मानिसहरूसँग अहिले भेटीहरूबारे सही बुझाइ र ज्ञान छ, र अब तिनीहरूले भेटीहरूको संरक्षण गर्न अगुवाहरू र कामदारहरूले गर्नुपर्ने काम के हो, साथै झूटा अगुवाहरूले यो काम कसरी गर्छन्, र यो काम गर्दा तिनीहरूको निर्दिष्ट व्यवहार के हो भनेर पनि जानेका छन्। हाम्रो सङ्गति अगुवाहरू र कामदारहरूको जिम्मेवारीबारे भए पनि, वा झूटा अगुवाहरूको विभिन्‍न व्यवहारबारे भए पनि, र यो सकारात्मक कुराबारे सङ्गति भए पनि वा नकारात्मक कुराको खुलासाबारे भए पनि, यसको मुख्य उद्देश्य भनेको मानिसहरूलाई भेटीहरूको संरक्षण गर्ने काम उचित रूपमा कसरी गर्ने, र भेटीहरूको संरक्षण, खर्च, र वितरणमा कसरी अनुचित अभ्यासहरू हटाउने भन्‍ने कुरा बुझ्ने तुल्याउनु हो। परमेश्‍वरका चुनिएका सबै मानिसहरूले—तिनीहरू अगुवा वा कामदार भए पनि अथवा नभए पनि—तिनीहरूले भेटीहरूको संरक्षण गर्ने कार्यमा तिनीहरूको जिम्मेवारी पूरा गर्नुपर्छ। त्यसोभए यो कस्तो जिम्मेवारी हो त? यो सुपरिवेक्षण गर्नु र पत्ता लागेको समस्या तुरुन्तै रिपोर्ट गर्नु हो—अर्थात्, सुपरिवेक्षण र रिपोर्टिङका कार्यहरू गर्नु हो। “भेटीहरूको संरक्षण गर्नु त अगुवाहरू र कामदारहरूको कर्तव्य हो र हामी साधारण विश्‍वासीहरूसँग यसको कुनै सरोकार हुँदैन” भन्‍ने नसोच। यो दृष्टिकोण गलत छ। मानिसहरूले यी सत्यताहरू बुझेका हुनाले, तिनीहरूले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ। अगुवाहरू र कामदारहरूले पहिचान गर्न नसक्‍ने समस्याहरू, वा अदृश्य पक्ष जस्ता पहिचान गर्न सजिलो नभएका ठाउँहरूका हकमा, यदि कसैले भेटीहरूको संरक्षण, वितरण, र उपयोगमा अनुचितता वा सिद्धान्तहरूको उल्लङ्घनका कुनै समस्याहरू भेट्टायो भने, उसले उचित संरक्षण, उचित उपयोग, र उचित वितरणका लागि अगुवाहरू र कामदारहरूलाई तीबारे तुरुन्तै रिपोर्ट गर्नुपर्छ। यो परमेश्‍वरका चुनिएका हरेक मानिसहरूको जिम्मेवारी हो।

विषयवस्तु बाह्र: परमेश्‍वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा अवरोध र बाधा पुर्‍याउने विभिन्‍न मानिस, घटना, र कामकुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने; तिनलाई रोक्‍ने, प्रतिबन्धित गर्ने र कामकुराहरूलाई सुल्टाउने; यसका अतिरिक्त, सत्यता सङ्‍गति गर्ने ताकि परमेश्‍वरका चुनिएका मानिसहरूले यस्ता कुराहरूमार्फत खुट्ट्याइ विकास गरून् र ती कुराहरूबाट सिकून् (भाग एक)

अहिले एघारौँ जिम्मेवारीबारे सङ्गति पूरा भएको हुनाले, अब हामी अगुवाहरू र कामदारहरूको बाह्रौँ जिम्मेवारीबारे सङ्गति गर्न अघि बढ्छौँ: “परमेश्‍वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा अवरोध र बाधा पुर्‍याउने विभिन्‍न मानिस, घटना, र कामकुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने; तिनलाई रोक्‍ने, प्रतिबन्धित गर्ने र कामकुराहरूलाई सुल्टाउने; यसका अतिरिक्त, सत्यता सङ्‍गति गर्ने ताकि परमेश्‍वरका चुनिएका मानिसहरूले यस्ता कुराहरूमार्फत खुट्ट्याइ विकास गरून् र ती कुराहरूबाट सिकून्।” यो जिम्मेवारीको मुख्य विषयवस्तु के हो? यो मुख्य रूपमा अगुवाहरू र कामदारहरूलाई मण्डलीको सामान्य सुव्यवस्थामा अवरोध, बाधा, र हानि ल्याउने मण्डलीमा रहेका विभिन्‍न मानिस, घटना, र कामकुराहरू—साथै विभिन्‍न समस्याहरू—सम्बोधन गर्न माग गर्नु हो। अगुवाहरू र कामदारहरूले यी समस्याहरू प्रभावकारी रूपमा सम्बोधन गरेर समाधान गर्न, तिनीहरूका जिम्मेवारीहरू पूरा गर्न, र यो काम राम्ररी गर्न सुरुमा के कुरा बुझ्नुपर्छ? यो जिम्मेवारी भनेको “परमेश्‍वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा अवरोध र बाधा पुर्‍याउने विभिन्‍न मानिस, घटना, र कामकुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने” कार्य हो; यो कामको दायरा यही हो। उद्देश्य र दायरा भइसकेपछि, कुन-कुन समस्याहरू समाधान गरिनुपर्छ, र अगुवाहरू र कामदारहरूले कुन-कुन काम र जिम्मेवारीहरू वहन गर्ने अपेक्षा गरिन्छ भन्‍ने कुरा स्पष्ट हुन्छ। बाह्रौँ जिम्मेवारीभित्र, अगुवाहरू र कामदारहरूबाट गरिने मुख्य माग के हो? अवरोध र बाधाहरू दिने विभिन्‍न मानिस, घटना, र कामकुराहरूलाई रोक्नु र प्रतिबन्धित गर्नु, र कामकुराहरूलाई सुल्टाउनु, साथसाथै परमेश्‍वरका चुनिएका मानिसहरूले यस्ता कामकुराहरूबाट सुझबुझ विकास गर्न र यी कुराहरूबाट सिक्न सकून् भनेर सत्यताबारे सङ्गति गर्नु हो। यसो गर्नका लागि केकस्ता पूर्वसर्तहरू पूरा गर्नुपर्ने हुन्छ? यदि तैँले मण्डलीको सामान्य सुव्यवस्थामा अवरोध, बाधा, र हानि ल्याउने विभिन्‍न मानिस, घटना, र कामकुराहरू देख्छस्, तैपनि यी समस्याहरू होइनन् भन्‍ने सोच्छस् भने, त्यहाँ समस्या हुन्छ। यसले के जनाउँछ भने तैँले समस्याको सार छर्लङ्ग देख्‍न सक्दैनस्, अर्थात्, मण्डली जीवनमा दिइने अवरोध र बाधाले मण्डलीको काममा ल्याउन सक्‍ने हानि, र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा यसले ल्याउन सक्‍ने परिणामहरू र पार्न सक्‍ने प्रभावहरू बुझ्दैनस्। के त्यस्ता अगुवाहरू र कामदारहरूले अझै पनि मण्डलीको काम राम्ररी गर्न सक्छन् त? के तिनीहरूले समस्याहरू समाधान गर्न र कामकुराहरू सुल्टाउन सक्छन् त? (सक्दैनन्।) त्यसोभए यहाँ सङ्गति गर्नुपर्ने मुख्य बुँदा के हो त? त्यो के हो भने, अगुवाहरू र कामदारहरूले सुरुमा सत्यता सिद्धान्तहरू बुझेर मात्रै विभिन्‍न समस्याहरूको सार छर्लङ्ग देख्‍न र प्रभावकारी रूपमा विभिन्‍न वास्तविक समस्याहरू समाधान गर्न सक्छन्। मण्डलीको काम राम्ररी गर्नका लागि, अगुवाहरू र कामदारहरूले सुरुमा मण्डलीको काममा आम रूपमा के-कस्ता समस्याहरू देखा पर्छन् भन्‍ने कुरा जान्नुपर्छ। त्यसपछि, तिनीहरूले देखा पर्ने समस्याहरूले मण्डलीको काम र मण्डली जीवनको सामान्य सुव्यवस्थामा असर गर्छन् कि गर्दैनन्, र ती मण्डलीको काममा अवरोध र बाधा दिने प्रकृतिका हुन् कि होइनन् भनेर ती समस्याहरूको प्रकृति सही रूपमा बुझ्नु, खुट्ट्याउनु, र मूल्याङ्कन गर्नुपर्छ। यो अगुवाहरू र कामदारहरूले सुरुमै बुझ्नुपर्ने अत्यन्तै महत्त्वपूर्ण मामला हो। यो कुरा बुझेपछि मात्रै यी समस्याहरू प्रभावकारी रूपमा समाधान गर्न, र बाह्रौँ जिम्मेवारीमा उल्लेख गरिएअनुसार “तिनलाई रोक्न र प्रतिबन्धित गर्न, र कामकुराहरू सुल्टाउन” सकिन्छ। सारांशमा भन्दा, समस्या समाधान गर्नुभन्दा पहिले, तैँले सुरुमा समस्या कहाँ छ, सम्बन्धित स्थिति र परिस्थितिहरू के-के हुन्, समस्याको प्रकृति के हो, यो कति गम्भीर छ, यसलाई कसरी चिरफार गर्ने र खुट्ट्याउने, र कसरी सही रूपमा अभ्यास गर्ने भन्‍ने कुरा बुझ्नुपर्छ। अगुवाहरू र कामदारहरूले सुरुमा बुझ्नुपर्ने कुरा यही हो। अगुवाहरू र कामदारहरूले यी कुराहरू बुझ्नुपर्ने हुनाले, हामी यी कुराहरूबारे विशिष्टीकृत रूपमा कैयौँ पक्षहरूबाट सङ्गति गरौँ, ताकि अगुवाहरू र कामदारहरू अनि परमेश्‍वरका चुनिएका मानिसहरू दुवैले यी समस्याहरू देखा पर्दा, यी समस्याहरू कसरी सामना गर्ने, यी समस्याहरूलाई परमेश्‍वरका वचनहरूसँग कसरी जोड्ने, र ती समाधान गर्न सत्यता सिद्धान्तहरू कसरी प्रयोग गर्ने भन्‍ने कुरा बुझ्न सकून्। यसरी, जब अगुवाहरू र कामदारहरूले आफूले समाधान गर्न नसक्‍ने कठिनाइहरू सामना गर्छन्, तब परमेश्‍वरका चुनिएका सबै मानिसहरू सँगै मिलेर तिनलाई सामना गर्न र समाधानहरूका लागि सत्यता खोजी गर्न सक्छन्, र मण्डलीको काममा अवरोध र बाधाका समस्याहरू सामना गर्दा, सबैजना तिनलाई रोक्न र प्रतिबन्धित गर्न खडा हुन सक्छन्। साथसाथै, नकारात्मक मानिसहरू र मामलाहरूका हकमा, तिनीहरूले सार्वजनिक चिरफार, खुट्ट्याइ, र चरित्र चित्रण कार्यान्वयन गर्न सक्छन्, यसरी यी समस्याहरूलाई जरैबाट रोक्न, प्रतिबन्धित गर्न, र हटाउन सकिन्छ। त्यसोभए अब हामी सबैभन्दा विशिष्ट समस्याहरूबाट सुरु गर्दै सङ्गति गरौँ।

मण्डली जीवनमा अवरोध र बाधा पुर्‍याउने विभिन्‍न मानिस, घटना, र कामकुराहरू

परमेश्‍वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा अवरोध र बाधा दिने समस्याहरू पहिचान गर्नका लागि, अगुवाहरू र कामदारहरूले कुन-कुन क्षेत्रहरूबाट काम सुरु गर्नुपर्छ? तिनीहरूले यी समस्याहरू पत्ता लगाउन मण्डली जीवनबारे जाँचपड्ताल गरेर काम सुरु गर्नुपर्छ। अवरोध र बाधा दिने प्रकृतिका के-कस्ता समस्याहरू मण्डली जीवनमा सामान्यतया देखा पर्छन्, के तिमीहरूलाई अलिक थाहा छ? मण्डलीमा जति धेरै मानिसहरू हुन्छन्, मण्डलीको काममा अवरोध र बाधा दिनेहरू पनि अवश्य नै थुप्रै हुनेछन्। तिमीहरूले सिकेका अवरोध र बाधाका कार्यहरू के-के हुन्? (भेलाहरूमा सत्यताबारे सङ्गति गर्दा, मुख्य समस्याहरूमा केन्द्रित नभई सधैँ विषयभन्दा बाहिर जाने।) (अनि, शब्द र धर्मसिद्धान्तहरू बोल्ने बानी।) सत्यताबारे सङ्गति गर्दा विषयभन्दा बाहिर जानु। उदाहरणका लागि, जब अरूले आफ्नो कर्तव्य पूरा गर्दा कसरी बफादार बन्‍ने भनेर सङ्गति गरिरहेका हुन्छन्, तब तिनीहरूले आफ्नो श्रीमान्‌ (वा श्रीमती) र छोराछोरीको हेरचाह कसरी गर्ने भन्‍ने कुरा गर्नेछन्। जब अरूले आफ्नो कर्तव्य पूरा गर्दा बफादार बन्‍नु भनेको परमेश्‍वरलाई सन्तुष्ट पार्न र उहाँमा समर्पित हुनका लागि हो भनेर सङ्गति गरिरहेका हुन्छन्, तब तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्दा बफादार बन्‍नु भनेको आफ्नो परिवार र प्रियजनहरूका लागि आशिष्‌हरू प्राप्त गर्नका खातिर हो भन्‍ने कुरा गर्नेछन्। के यो विषयभन्दा बाहिर जानु होइन र? (हो।) यदि तैँले तिनीहरूलाई रोकिनस् भने, तिनीहरू अटुट रूपमा बोलिरहनेछन्। यदि तैँले तिनीहरूलाई रोकिस् भने, तिनीहरू रिसाउनेछन्, र सरमले गर्दा रिसले आगो हुनेछन्, जसले तिनीहरूको खराब व्यवहारलाई अझै एक कदम अघि लान्छ। तब, त्यो समस्या स्वतः अवरोध र बाधाको स्तरमा पर्छ, जुन अत्यन्तै गम्भीर कुरा हो। सत्यताबारे सङ्गति गर्दा विषयभन्दा बाहिर जानु आम समस्या हो, तर वस्तुगत रूपमा भन्दा, यसले मण्डलीको जीवनमा अवरोध र बाधा दिन सक्छ। पहिलो समस्या यही हो। दोस्रो समस्या, “शब्द र धर्मसिद्धान्तहरू बोल्‍नु” का हकमा भन्दा, यसलाई अवरोध र बाधाका रूपमा गन्‍न सकिन्छ कि सकिँदैन भन्‍ने कुरा मामलाको गम्भीरतामा निर्भर हुन्छ। कति मानिसहरूमा सत्यता वास्तविकता नहुने हुनाले तिनीहरू शब्द र धर्मसिद्धान्तहरू बोल्छन्; तिनीहरूले मुख खोल्‍नेबित्तिकै, सबै शब्द र धर्मसिद्धान्तहरू निस्कन्छन्, रित्ता सिद्धान्तहरू मात्रै निस्कन्छन्। तर, तिनीहरूको अभिप्रायचाहिँ अरूलाई बहकाउनु र अरूको सम्मान जित्नु भन्‍ने हुँदैन। प्रतिबन्ध र मनाहीमार्फत, तिनीहरूले आत्म-सचेतना प्राप्त गर्नेछन्, र पछि, तिनीहरूले शब्द र धर्मसिद्धान्तहरू बोल्न कम गर्नेछन्, र तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा उप्रान्त बाधा दिनेछैनन्। यो अवरोध र बाधाका रूपमा गन्ती हुँदैन। तर, अरूलाई बहकाउने अभिप्राय लिएर जानीजानी शब्द र धर्मसिद्धान्तहरू बोल्नेहरूले तिनीहरूले बोलेको कुरा शब्द र धर्मसिद्धान्तहरू हुन् भनी राम्ररी थाहा हुँदाहुँदै पनि बोल्छन्। यसो गर्नुपछाडिको तिनीहरूको उद्देश्य अरूको सम्मान जित्नु हो; तिनीहरू मानिसहरूलाई आफूतिर तान्‍न र बहकाउन, अनि हैसियत हातमा लिन चाहन्छन्। यो निकै गम्भीर प्रकृतिको कुरा हो। यसको प्रकृति सत्यता नबुझेकोले शब्द र धर्मसिद्धान्तहरू बोल्नुको प्रकृतिभन्दा फरक हुन्छ। यस्तो व्यवहारमा अवरोध र बाधा नै हुन्छ। मण्डली जीवनमा अवरोध र बाधा दिने विभिन्‍न मानिसहरू, घटनाहरू, र कामकुराहरू व्यापक छन्। यी कुराहरू शब्द र धर्मसिद्धान्तहरू बोल्ने वा विषयभन्दा बाहिर जानेजस्ता समस्याहरू मात्रै होइनन्। अरू के-के छन्? (गुटबन्दी गर्ने, कलह रोप्ने, र अरूको सकारात्मकता दबाउने।) (नकारात्मकता पोख्ने, समस्या खडा गर्ने र मानिसहरूलाई निरन्तर झिँजो गर्ने कार्य पनि छन्।) (कतिपय मानिसहरूसँग परमेश्‍वरको घरका कामका प्रबन्धहरूबारे धारणाहरू हुँदा, ती धारणाहरू फैलाउँछन् र आफ्नो नकारात्मकता पोख्छन्, जसले अरूमा पनि ती कामका प्रबन्धहरूबारे धारणाहरू पैदा गराउँछ।) ती कुराहरू अवरोध र बाधाका रूपमा गन्ती हुन्छन्। गुटबन्दी गर्नु एउटा कुरा हो, कलह रोप्नु अर्को कुरा हो, साथै मानिसहरूलाई सास्ती दिनु र आक्रमण गर्नु, धारणाहरू फैलाउनु, नकारात्मकता पोख्नु, आधारहीन अफवाहहरू फैलाउनु, र हैसियतका लागि प्रतिस्पर्धा गर्नु—यी सबै अवरोध र बाधाहरू हुन्। सत्यताबारे सङ्गति गर्दा विषयभन्दा बाहिर जानुभन्दा यी समस्याहरू प्रकृतिमा अत्यन्तै गम्भीर हुन्छन्। निर्वाचनसँग सम्बन्धित पनि एउटा समस्या छ। निर्वाचनको बेला देखा पर्ने कुन-कुन समस्याहरू अवरोध र बाधाहरू दिने कार्यसँग सम्बन्धित हुन्छन्? उदाहरणका लागि, मतदानमा धाँधली गर्नु—आफ्ना लागि मत सुरक्षित गर्न फाइदाहरू दिने प्रतिज्ञा गर्नु। निर्वाचनलाई कमजोर पार्ने एउटा तरिका यही हो। अनि गुप्त कार्यहरू पनि छन्—मानिसहरूलाई आफ्‍नो पक्षमा ल्याउन, बहकाउन, र आफूलाई मत दिन लगाउन पर्दापछाडि तिनीहरूको दिमाग भुट्नु। यी सबै निर्वाचनको बेला देखा पर्ने समस्याहरू हुन्। के यी कुराहरू अवरोध र बाधाहरू होइनन् र? (हुन्।) यी समस्याहरूलाई समग्रमा निर्वाचनका सिद्धान्तहरू उल्लङ्घन गर्ने कार्य भनिन्छ। अर्को समस्या भनेको घरका मामलाहरूबारे बकबक गर्नु, व्यक्तिगत सम्पर्कहरू निर्माण गर्नु, र व्यक्तिगत मामलाहरू सम्हाल्नु हो। कोही त भेलाहरूमा यही कुराकै लागि आउन सक्छ—सत्यता बुझ्न वा परमेश्‍वरका वचनहरू सङ्गति गर्न नभई, व्यक्तिगत मामलाहरू सम्हाल्न आउन सक्छ। के यस्तो समस्या गम्भीर खालको होइन र? (हो।) यो पनि अवरोध र बाधा दिनु नै हो।

अब, मण्डली जीवनमा देखा पर्ने विभिन्‍न अवरोध र बाधाका समस्याहरूलाई सारांश गरौँ: पहिलो, सत्यता सङ्गति गर्दा प्रायजसो विषयबाट बाहिर जानु; दोस्रो, मानिसहरूलाई बहकाउन र तिनीहरूको आदर जित्नका लागि शब्द र धर्मसिद्धान्तहरू बोल्नु; तेस्रो, घरायसी मामलाहरूबारे कुरा गर्नु, व्यक्तिगत सम्पर्कहरू निर्माण गर्नु, र व्यक्तिगत मामलाहरू सम्हाल्नु; चौथो, गुटबन्दी गर्नु; पाँचौँ, हैसियतका लागि प्रतिस्पर्धा गर्नु; छैटौँ, कलह रोप्नु; सातौँ, मानिसहरूलाई आक्रमण गर्नु र सास्ती दिनु; आठौँ, धारणाहरू फैलाउनु; नवौँ, नकारात्मकता पोखाउनु; दशौँ, आधारहीन अफवाह फैलाउनु; अनि एघारौँ, निर्वाचन सिद्धान्तहरू उल्लङ्घन गर्नु। जम्‍मा ११ वटा। यी एघार प्रकटीकरणहरू मण्डली जीवनभित्र प्रायजसो देखा पर्ने अवरोध र बाधाका समस्याहरू हुन्। मण्डली जीवन जिउने क्रममा, यदि यी समस्याहरू देखा परे भने, अगुवाहरू र कामदारहरूले खडा भएर यी समस्याहरूलाई रोक्नु, प्रतिबन्धित गर्नु, र अनियन्त्रित रूपमा विकास हुन नदिनु आवश्यक हुन्छ। यदि अगुवाहरू र कामदारहरूले तिनीहरूलाई प्रतिबन्धित गर्न सकेनन् भने, सबै दाजुभाइ-दिदीबहिनीहरू यी कुराहरू प्रतिबन्धित गर्न सँगै आउनुपर्छ। यदि संलग्‍न व्यक्तिमा दुष्ट मानवता छैन, र उसले जानीजानी अवरोध र बाधा दिइरहेको छैन, तर उसमा बस सत्यताको बुझाइको कमी छ भने, सत्यताबारे सङ्गति गरेर उसलाई सहयोग र साथ दिन सकिन्छ। यदि अवरोध र बाधाहरू दिने व्यक्ति दुष्ट छ, र मामला सानो हो भने, सङ्गति र खुलासाद्वारा उसका अवरोध र बाधाहरू रोक्नु र प्रतिबन्धित गर्नुपर्छ। यदि ऊ पश्‍चात्ताप गर्न इच्छुक छ, र उसले उप्रान्त आफ्नो बोली वा व्यवहारद्वारा अवरोध र बाधा पुर्‍याउँदैन, र ऊ मण्डलीको सबैभन्दा कम महत्त्वपूर्ण सदस्य बन्‍न इच्छुक हुन्छ, कर्तव्यनिष्ठ भई सुन्न र पालन गर्न सक्छ, र दाजुभाइ-दिदीबहिनीहरूले तय गरेका प्रतिबन्धहरू स्विकार्दै, मण्डलीले जे प्रबन्ध गऱ्यो त्यही गर्छ भने, ऊ मण्डलीमा अस्थायी रूपमा रहन सक्छ। तर यदि उसले स्वीकार गर्दैन, बरु बहुमतलाई विरोध गर्छ र तिनीहरूप्रति ऊ शत्रुवत्‌ बन्छ भने, दोस्रो कदम लिनुपर्छ—उसलाई निकाल्‍नुपर्छ। के यो शैली उचित छ? (छ।)

अ. सत्यता सङ्गति गर्दा प्रायजसो विषयभन्दा बाहिर जानु

अब, हामी मण्डली जीवनमा देखा पर्ने विभिन्‍न मानिस, घटना, र कामकुराहरूबारे सङ्गति गर्नेछौं, जुन प्रकृतिले नै अवरोधहरू र बाधाहरू हुन्। तीमध्ये पहिलो भनेको सत्यता सङ्गति गर्दा प्रायजसो विषयभन्दा बाहिर जानु हो। सत्यता सङ्गति गर्दा विषयभन्दा बाहिर गएको भनेर कसरी निर्धारित गर्ने? सङ्गतिका वचनहरू विषयभन्दा बाहिर गएका छन् भनेर हामीले कसरी स्पष्ट बुझ्‍न सक्छौं? के तिमीहरू सत्यता सङ्गति गर्दा प्रायजसो विषयभन्दा बाहिर जान्छौ? (जान्छौँ।) यसको प्रकृतिलाई अवरोध र बाधाको रूपमा गणना गर्नको लागि यो समस्या कति हदसम्म जानुपर्छ? यदि सत्यता सङ्गति गर्दा विषयभन्दा बाहिर जाँदा हरेक पटक नै त्यसलाई अवरोध र बाधाका रूपमा चित्रण गरियो भने, के भविष्यमा मानिसहरूलाई मण्डली जीवनबारे बोल्न वा सङ्गति गर्न पनि डर लाग्दैन र? अनि यदि मानिसहरूलाई सङ्गति गर्नै डर लाग्यो भने, के तिनीहरूले समस्यालाई स्पष्ट बुझेका छैनन् भन्‍ने हुँदैन र? (हुन्छ।) त्यसकारण, सत्यता सङ्गति गर्ने क्रममा के-कस्तो रूपमा विषयबाट बाहिर जानु अवरोध र बाधा हो भनेर जब सही रूपमा निर्धारित गरिन्छ, तब धेरैजसो मानिसहरू यी कुराको बन्धनबाट मुक्त हुनेछन्। तिमीहरू सामान्य कुराकानीमा पनि विषयबाट बाहिर जान्छौ भन्‍ने देख्दा, सत्यता सङ्गति गर्दा पनि त्यसो गर्नु झन् आम कुरा हो। त्यसकारण, तिमीहरूलाई बन्धनमा पर्नबाट रोक्‍नको लागि यो विषयमा ठूलो स्पष्टतासाथ सङ्गति गर्नु अत्यावश्यक हुन्छ। विषयभन्दा बाहिर जाने र अवरोध र बाधा ल्याउने डरले तँलाई बोल्नबाट नरोकोस् र तँसँग ज्ञान भए पनि सङ्गति गर्ने आँट नगर्ने नतुल्याओस्, वा तैँले सङ्गति गर्न चाहँदा, यसले तँलाई सुरुमा यो कुरा विचार गर्न बाध्य नगरोस्: “के मैले भन्‍न चाहेको कुरा विषयवस्तुसँग सम्बन्धित छ? के यो विषयभन्दा बाहिर छ? बोल्नुभन्दा पहिले मैले मेरो विचारको खाका र रूपरेखा तयार गर्नुपर्छ, र त्यसपछि विषयबाट बाहिर नजानको लागि हरहालतमा त्यही रूपरेखामा अडिइरहनुपर्छ। यदि म विषयबाट बाहिर गएँ भने, यसले कसैलाई फाइदा पुर्‍याउँदैन र भेलाको बहुमूल्य समय बरबाद गर्छ, जसले सत्यताप्रतिको विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको बुझाइमा असर गर्छ। अनि यो गम्भीर भयो भने, यसले मण्डली जीवनमा अवरोध र बाधासमेत ल्याउन सक्छ।” त्यसोभए हामीले विषयभन्दा बाहिर जाने कार्यलाई कसरी हेर्नुपर्छ? सुरुमा, हामीले विषयबाट बाहिर जानु विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको लागि फाइदाजनक छ कि छैन भनेर विचार गर्नुपर्छ, र त्यसपछि हामीले विषयबाट बाहिर जाँदा यसले मण्डली जीवनमा के-कस्ता परिणामहरू ल्याउँछ भनेर स्पष्ट रूपमा देख्‍नुपर्छ। यसरी, हामीले विषयबाट बाहिर जानु मामुली कुरा होइन भन्‍ने कुरा स्पष्ट रूपमा देख्‍न सक्छौं; गम्भीर अवस्थामा, यसले मण्डली जीवन र मण्डलीको काममा अवरोध र बाधासमेत ल्याउन सक्छ। मानौँ, कुनै विषयबारे, तैँले आफ्नो ज्ञान र बुझाइ सङ्गति गर्न परमेश्‍वरका वचनहरूको एउटा खण्ड खोज्छस् रे; वा मानौँ, कुनै विषयबारे, तैँले आफूले प्राप्त गरेको ज्ञान, आफूले बुझेका सत्यताहरू, र आफूले अनुभव गरेको कुराबाट बुझेका परमेश्‍वरका अभिप्रायहरूबारे सङ्गति गर्छस् रे; वा कुनै निश्‍चित विषयबारे तैँले गरेको सङ्गति अलिक लामो हुन्छ, र तैँले यसबारे स्पष्ट कुरा व्यक्त गर्दैनस्, र आफ्‍नो कुरा धेरैपटक दोहोर्‍याइरहन्छस् रे—यस्ता परिस्थितिहरूमा, के तँ विषयबाट बाहिर गइरहेको हुन्छस्? यीमध्ये कुनै पनि अवस्था विषयभन्दा बाहिर गएको रूपमा गन्ती हुँदैन। त्यसोभए विषयभन्दा बाहिर जानु भनेको के हो त? विषयबाट बाहिर जानु भनेको सङ्गतिको विषयसँग तैँले भनेको कुराको थोरै मात्र सम्बन्ध हुनु वा कुनै सम्बन्ध नहुनु, र यो बाहिरी मामलाहरूबारे फलाक्‍ने कार्य मात्रै हुनु, तर मानिसहरूको आत्मिक वृद्धि गर्ने कुरा हुँदै नहुनु हो। त्यो विषयभन्दा पूर्ण रूपमा बाहिर जानु हो। अब, अवरोध र बाधा पैदा गर्नु भनेको के हो, छलफल गरौँ। सत्यता सङ्गति गर्दा विषयभन्दा बाहिर जाने मामलामा, कस्तो प्रकारका शब्द र व्यवहारले अवरोध र बाधा ल्याउँछन्? यहाँ समस्याको सार के हो? विषयभन्दा बाहिर जाँदा यसले प्रकृतिको हिसाबमा कसरी अवरोध र बाधा ल्याउँछ? के यो कुराबारे सङ्गति गर्नु सार्थक छैन र? यसबारे सङ्गति गरिसकेपछि, के विषयबाट बाहिर जानु भनेको के हो भनेर बुझ्नेछौ? (बुझ्‍नेछौँ।) त्यसोभए, तिमीहरूले जबाफ देओ त। (जब कसैको सङ्गति सत्यतासँग कुनै सम्बन्ध नभएका विषयहरूबारे हुन्छ—उदाहरणको लागि, व्यर्थको गफ र घरका मामलाहरूको कुराकानी, र मानिसहरूको हृदयमा बाधा दिने र तिनीहरूलाई परमेश्‍वरअघि शान्त हुन र उहाँका वचनहरू मनन गर्नबाट रोक्‍ने सामाजिक प्रचलनहरूसँग सम्बन्धित कुराहरूको छलफल—त्यस्तो सङ्गति विषयभन्दा बाहिर गएको हुन्छ।) यसले कति वटा मुख्य बुँदाहरू बताउँछ? (एउटाचाहिँ के हो भने, यी विषयहरू सत्यतासँग सम्बन्धित हुँदैनन्।) यो अत्यन्तै महत्त्वपूर्ण बुँदा हो: सत्यतासँग सम्बन्धित नहुनु। एउटा बुँदा घरका मामलाहरूबारे व्यर्थ गफ र कुराकानी गर्नु हो। अर्को भनेको परम्परागत संस्कृति, मानव नैतिक सोचाइ, र मानिसहरूले आदर्शमय ठानेका कुराहरूबारे सत्यताझैँ जसरी कुरा गर्नु हो। यो विकृत बुझाइको समस्या हो; यी सबै कुराहरू सत्यतासँग सम्बन्धित छैनन्। उदाहरणका लागि, परमेश्‍वरका वचनहरूले भन्छन्, “युवाहरू आकाङ्क्षारहित हुनुहुँदैन।” कसैले यसो भन्दै सङ्गति गर्छ, “प्राचीन समयदेखि नै, नायकहरू जवानीमा देखा पर्दै आएका छन्,” वा “महत्त्वाकाङ्क्षा उमेरले सीमित हुँदैन।” अथवा, जब तैँले परमेश्‍वरको डर कसरी मान्ने भनेर कुरा गर्छस्, तब तिनीहरूले यसो भनेर सङ्गति गर्छन्: “तिमीभन्दा तीन फिटमाथि एउटा ईश्वर छ”; “जब मानिसले कुनै काम गर्छ, तब स्वर्गले हेरिरहेको हुन्छ”; “विवेक सफा भए, भूतले ढोका ढकढक्याउने डर मान्‍नुपर्दैन”; वा “मानिसको हृदयको झुकाव भलाइतर्फ हुनुपर्छ।” के यो विषयभन्दा बाहिर जानु होइन र? के यी शब्दहरू सत्यतासँग असम्बन्धित छैनन् र? यी शब्दहरू के हुन् त? (शैतानी दर्शनहरू।) यी शैतानी दर्शनहरू हुन्, र यी निश्‍चित जातिका परम्परागत संस्कृति पनि हुन्। विषयबाट बाहिर जानुको पहिलो प्रकटीकरण भनेको बोलिएको विषय सत्यतासँग सम्बन्धित नहुनु हो; जब व्यक्तिले गैरविश्‍वासीहरूले सही र उच्च ठानेका दर्शन र सिद्धान्तहरू बताउँछ, र जबरजस्ती तिनलाई सत्यतासँग जोड्छ, त्यो विषयभन्दा बाहिर जानु हो। विषय सत्यतासँग सम्बन्धित नहुनु—यो प्रकटीकरण बुझ्न सजिलो हुनुपर्छ। दोस्रो प्रकटीकरण भनेको छलफल गरिएका विषयहरूले मानिसहरूको मनमा बाधा दिनु हो। जब भेलामा सत्यताबारे सङ्गति गरिँदैन, बरु ज्ञान, विद्वता, दर्शन, र कानुन, वा सामाजिक घटनाहरू र विभिन्‍न जटिल अन्तरवैयक्तिक सम्बन्धहरूबारे सङ्गति गरिन्छ, तब यसले मानिसहरूको मनमा बाधा दिन्छ। यस्तो बाधा त्यो बेला हुन्छ, जुन बेला कसैले आधारभूत रूपमा सत्यतासँग सम्बन्धित नरहेका र यससँग कुनै सम्बन्ध नभएका समस्याहरूबारे सङ्गति गर्छ, मानौँ ती कुराहरू सत्यता नै हुन्। यसले अरूको मनमा अन्योल पैदा गर्छ, र सुन्‍ने क्रममा, तिनीहरूको सोचाइ सत्यताको सङ्गतिबाट बाहिरी मामलाहरूमा जान्छ। तब यी मानिसहरूले कस्तो व्यवहार गर्छन्? तिनीहरूले ज्ञान र विद्वतामा ध्यान दिन थाल्छन्। मानिसहरूको मनमा बाधा दिने कार्य प्रकृतिमा गम्भीर हुन्छ। तेस्रो प्रकटीकरण भनेको छलफल गरिएका विषयहरूले मानिसहरूलाई परमेश्‍वरबारे गलत बुझ्न लगाउनु हो, जसको परिणामस्वरूप दर्शनहरूबारे स्पष्टताको कमी हुन्छ। कति मानिसहरू आफैलाई सत्यताबारे स्पष्ट थाहा हुँदैन, तैपनि तिनीहरू आफूसँग स्पष्टता र बुझाइ छ भन्‍ने बहाना गर्न चाहन्छन्। त्यसैले, तिनीहरूले सत्यता सङ्गति गर्दा आफूले भनेको कुरामा केही गहन सिद्धान्तहरू हाल्छन्, आफूले सुनेका र बुझेका धार्मिक सिद्धान्तहरू मिसाउँछन्, र आधारहीन र अतिरञ्जित तरिकाले बोल्छन्। तिनीहरूको कुरा सुनेपछि, मानिसहरूले दर्शनहरूबारे स्पष्टता गुमाउँछन्; बोल्ने व्यक्तिले कुन सत्यताबारे छलफल गर्न चाहेको हो भन्‍ने तिनीहरूलाई थाहै हुँदैन। तिनीहरूले जति सुन्छन्, तिनीहरू त्यति नै अन्योल पर्छन् र परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास त्यति नै घट्छ, र तिनीहरूले परमेश्‍वरबारे गलतबुझाइसमेत विकास गर्न सक्छन्। यो कुराबाट मानिसहरू सत्यता नबुझी बाहिर आउने मात्र होइन, तर तिनीहरूको मन अझै अन्योलसमेत हुन्छ। यसले नकारात्मक असर पार्छ। विषयभन्दा बाहिर जानुको परिणाम यही हो।

सत्यता सङ्गति गर्दा विषयबाट बाहिर जाने कार्य विभिन्‍न तरिकाले प्रकट हुन्छ, र ती प्रत्येकले आफ्नो प्रकृतिको हिसाबले नै मानिसहरूको जीवन प्रवेशमा बाधा दिन्छन्। जब मानिसहरूले यस्तो सङ्गति सुनेका हुन्छन्, तब तिनीहरूमा सत्यता र अभ्यासको मार्गबारे स्पष्ट बुझाइको कमी मात्रै हुँदैन। बरु, तिनीहरूको दिमाग पनि अलमल्‍ल हुन्छ, तिनीहरू सत्यताप्रति झन् अस्पष्ट हुन्छन्, र तिनीहरूले केही गलत अर्थ्याइ र भ्रामक बुझाइहरूसमेत विकास गर्छन्। सत्यता सङ्गति गर्दा विषयबाट बाहिर जाँदा यसले मानिसहरूमा पार्ने प्रभाव र ल्याउने प्रतिकूल परिणाम यही हो। यी तीन वटा प्रकटीकरणहरू प्रत्येक नै प्रकृतिको हिसाबमा निकै गम्भीर हुन्छन्। उदाहरणको लागि, पहिलो प्रकटीकरण “बोलिएको विषय सत्यतासँग सम्बन्धित हुँदैन” भन्‍ने हो। सहीजस्तो देखिने तर सही नरहेका कुराहरू बोल्‍नु, र मानव ज्ञान, दर्शन, सिद्धान्तहरू, परम्परागत संस्कृति, र प्रसिद्ध व्यक्तित्वहरूका प्रख्यात भनाइहरूजस्ता शैतानी कुराहरूलाई प्रचार र विश्‍लेषण गर्न मण्डलीमा ल्याउनु, र सत्यता सङ्गति गर्ने मौकालाई मानिसहरू बहकाउन प्रयोग गर्नु भनेको तिनीहरूलाई बाधा दिनु हो। प्रकृतिमा यो अत्यन्तै गम्भीर कुरा हो। यदि समझशक्ति भएको व्यक्तिले यस्तो सङ्गति सुन्यो भने, उसले यसो भन्‍नेछ, “तपाईंले भन्‍नुभएको कुरा सही छैन; यो सत्यता होइन। तपाईंले त गैरविश्‍वासीहरूले असल ठानेका नैतिक व्यवहार र भनाइहरूबारे कुरा गरिरहनुभएको छ। ती गैरविश्‍वासीहरूले कसरी आफूलाई आचरणमा ढाल्ने र संसारसँग व्यवहार गर्ने भन्ने सिद्धान्तहरू हुन्, जुन आधारभूत रूपमा सत्यतासँग सम्बन्धित हुँदैनन्।” तैपनि, कतिपय मानिसहरूमा खुट्ट्याउने क्षमताको कमी हुन्छ, र जब तिनीहरूले यी भ्रमहरू सुन्छन्, तब तिनीहरूले ती कुराहरूमा हो मा हो मिलाउँछन्, र तिनलाई सत्यताको रूपमा पालनासमेत गर्छन्। यस्तो समयमा, यदि अगुवाहरू र कामदारहरूले यसलाई रोकेनन् र प्रतिबन्धित गरेनन् भने, यदि तिनीहरूले मानिसहरूले खुट्ट्याउने क्षमता प्राप्त गरून् भनेर यसबारे सङ्गति र चिरफार गरेनन् भने, परमेश्‍वरका चुनिएका कतिपय मानिसहरू बहकाउमा पर्न सक्‍नेछन्। बहकाउमा पर्नुका परिणामहरू के-के हुन्? तिनीहरूले मानिसहरूले सही, असल, र गहन ठानेका प्रसिद्ध गैरविश्‍वासी संसारका प्रख्यात मानिसहरूले प्रचार गर्ने कुराहरू, जस्तै आत्म-आचरणका लोक भनाइहरू र प्रसिद्ध मानिसहरूका नीतिवचन र सिद्धान्तहरू सबै सही छन् र ती सबै परमेश्‍वरका वचनहरू भए झैँ सत्यता हुन् भन्‍ने विश्‍वास गर्नेछन्। के तिनीहरू बहकाउमा परिसकेका हुँदैनन् र? झट्ट हेर्दा, तिनीहरूले सत्यता सङ्गति गरिरहेजस्तो देखिन्छ, तर वास्तवमा यसमा केही मानव विचारहरू र शैतानका केही भ्रामक दर्शनहरू मिसिएको हुन्छ, र यसले स्पष्ट रूपमै मानिसहरूलाई बाधा दिन्छ। यदि कसैले शैतानको दर्शन र मानव ज्ञानलाई सत्यताको रूपमा प्रस्तुत गरेर मानिसहरूलाई बहकाउँछ भने, अगुवाहरू र कामदारहरूले यो कुरा खुलासा र चिरफार गर्नुपर्छ, ताकि विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरू समझशक्तिमा वृद्धि होऊन् र सत्यता वास्तवमा के हो भनेर बुझून्। यो अगुवाहरू र कामदारहरूले गर्नुपर्ने काम हो। दोस्रो प्रकटीकरण “मानिसहरूको मनमा बाधा दिनु” हो। कतिपय मानिसहरूले सत्यता सङ्गति गर्ने मौका दुरुपयोग गर्दै, सधैँ सही देखिने तर सही नरहेका कुराहरूबारे बोल्‍छन्, र यसरी मानव ज्ञान, विद्वत्ता, वरदान र प्रतिभाहरूलाई उच्‍च पार्छन्। तिनीहरूले नैतिक नियमहरू, परम्परागत संस्कृति, आदि इत्यादिबारे पनि कुरा गर्छन्। तिनीहरूले शैतानबाट आउने यी कुराहरूलाई सकारात्मक कुराहरूको रूपमा, सत्यताको रूपमा प्रस्तुत गर्छन्, जसले मानिसहरूलाई यी कुराहरू त वकालत गरिनुपर्ने, मण्डलीमा प्रचार गरिनु र उच्‍च पारिनुपर्ने, र सबैद्वारा पालना गरिनुपर्ने कुराहरू हुन् भन्‍ने गलत विश्‍वास गराउँछ; मानिसहरूको मनमा सही देखिने तर सही नभएका भ्रम र विधर्महरू बढाउँछ; र मानिसहरूको मनमस्तिष्क अक्‍क न बक्‍क बनाउँछ र तिनीहरूलाई सत्यता वास्तवमा के हो, वा समस्याहरू सामना गर्दा कसरी सही तरिकाले अभ्यास गर्ने, वा कुन मार्ग सही हो भन्‍ने थाहै नहुने दिग्भ्रमित तुल्याउँछ। यसले तिनीहरूको हृदय अन्धकारमा डुबाउँछ। मानिसहरूलाई बहकाउन विधर्म र भ्रमहरू फैलाउनुको परिणाम यही हो। तेस्रो प्रकटीकरणको हकमा भन्दा, हामी यसबारे विस्तृत रूपमा सङ्गति गर्नेछैनौँ। सारांशमा भन्दा, कतिपय विषयभन्दा बाहिरका छलफलहरूमा ज्ञान, कतिपयमा मानव धारणाहरू, र कतिपयमा नैतिक रूपमा असल मानिने व्यवहारहरू, र अरू यस्तै कुराहरू पर्छन्। तर यीमध्ये कुनै पनि कुरा सत्यतासँग सम्बन्धित हुँदैनन्—ती सबै यसको विपरीत हुन्छन्। त्यसकारण, जब यी समस्याहरू देखा पर्छन्, तब अगुवाहरू र कामदारहरूले यी समस्याहरूलाई रोक्नु र प्रतिबन्धित गर्नुपर्छ। यदि कसैले सङ्गति गरेको सुनेपछि, मानिसहरूले सत्यताबारे हृदयमा स्पष्टता प्राप्त नगर्ने मात्र नभई, तिनीहरू बाधामा पनि पर्छन् भने, र तिनीहरूको पहिलेको स्पष्ट मन अलमल्‍ल पर्छ, र तिनीहरूलाई उचित रूपमा कसरी अभ्यास गर्ने भन्‍ने नै थाहा हुँदैन भने, त्यस्तो व्यक्तिको सङ्गति रोक्नु र प्रतिबन्धित गर्नुपर्छ। उदाहरणको लागि, सामान्य मानवतासँग सम्बन्धित सत्यताहरूबारे सङ्गति गर्ने क्रममा, कति मानिसहरूले भन्छन्: “परमेश्‍वरलाई सामान्य मानवताको सबैभन्दा बढी मनपर्ने कुरा भनेको कष्ट भोग्‍ने, देहगत आनन्द वा सहजताको लोभ नगर्ने, स्वादिष्ट खाना त्याग्‍ने, आनन्द लिनुपर्ने वा परमेश्‍वरले तयार गर्नुभएको कुराको आनन्द नलिने, यी देहगत इच्छाहरूविरुद्ध विद्रोह गर्न सक्‍ने, देहका सबै इच्छाहरू नियन्त्रण गर्न सक्‍ने, आफ्नो शरीर काबुमा राख्‍न सक्‍ने, र आफूलाई देहको नियन्त्रणमा पर्न नदिने क्षमता हो। त्यसैले, जब तिमीलाई राती सुत्‍न मन लाग्छ, तब तिमीले देहविरुद्ध विद्रोह गर्नुपर्छ। यसो गर्न सक्दैनौ भने, यसलाई नियन्त्रण गर्ने उपायहरू खोज्नुपर्छ। देहविरुद्ध विद्रोह गर्ने तिम्रो सङ्कल्प जति ठूलो हुन्छ, र तिमीले देहविरुद्ध जति विद्रोह गर्छौ, तिमीमा त्यति नै धेरै सत्यता अभ्यास गर्ने प्रकटीकरण हुन्छ र तिमीमा त्यति नै धेरै परमेश्‍वरप्रतिको बफादारिता भएको प्रमाणित हुन्छ। मलाई लाग्छ सामान्य मानवताको सबैभन्दा प्रमुख प्रकटीकरण—जसको लागि सबैभन्दा बढी वकालत गरिनुपर्छ—त्यो, आफ्नो शरीर काबुमा राख्‍नु, देहका इच्छाहरूविरुद्ध विद्रोह गर्नु, देहको सहजताको लोभ नगर्नु, र भौतिक आनन्दमा मितव्ययी हुनु हो। तिमी जति मितव्ययी हुन्छौ, तिमीले स्वर्गको राज्यमा त्यति नै धेरै आशिष्‌हरू जम्मा गर्नेछौ।” के यी शब्दहरू निकै सकारात्मक सुनिँदैनन् र? के यिनमा कुनै गल्ती छ? मानव तर्क, सिद्धान्त, र धारणाहरूद्वारा मापन गर्दा त, यी शब्दहरू कुनै पनि धार्मिक वा सामाजिक समूहमा स्वीकार्य हुन्छन्; सबैले आफ्‍नो अनुमोदन व्यक्त गर्न र यी मानिसहरूले भनेको कुरा सही छ, यिनीहरूको विश्‍वास असल र शुद्ध छ भनेर बताउन सहमति सङ्केत दिन्छन्। के मण्डलीमा पनि कतिपय मानिसहरूले यही कुरा विश्‍वास गर्दैनन् र? मानव धारणाहरूद्वारा मापन गर्दा, यी सबै शब्दहरू सही हुन्छन्—यिनमा के कुरा सही छ? कतिले यसो भन्‍न सक्छन्, “परमेश्‍वरले त्यस्ता मानिसहरू मन पराउनुहुन्छ। उहाँ पनि त्यस्तै मितव्ययी जीवन जिउनुहुन्छ।” के यो मानव धारणा होइन र? मानिसहरूले यस्तो धारणा बोकेका हुन्छन्, त्यसकारण यदि कुनै व्यक्तिले साँच्‍चै यस्तो सङ्गति दियो भने, के यो बहुमतका धारणाहरू पुष्टि गर्ने कार्य हुँदैन र? (हुन्छ।) जब मानिसहरूले यस्तो धारणा अँगाल्छन्, तब के तिनीहरूले त्यो व्यक्तिको दृष्टिकोणमा सहमति जनाइरहेका हुँदैनन् र? जब तैँले त्यो व्यक्तिका दृष्टिकोणमा सहमति र स्वीकृति जनाएको हुन्छस्, तब के तैँले उसका कार्यमा सहमति जनाइरहेको हुँदैनस् र? अनि के त्यसपछि तैँले उसको अनुकरण गर्ने प्रयास गर्नेछैनस् र? अनि जब तैँले त्यसो गर्न सक्छस्, तब के तैँले पछ्याउने बाटो, तेरो अभ्यासको मार्ग निश्‍चित हुनेछैन र? निश्‍चित हुनु भनेको के हो? यसको अर्थ तैँले यस्तो तरिकाले व्यवहार र अभ्यास गर्ने निर्धारण गरेको छस् भन्‍ने हो। अनि जब तैँले हृदयमा परमेश्वरले यस्ता मानिसहरूलाई प्रेम गर्नुहुन्छ र तैँले यसरी व्यवहार गरेको उहाँलाई मन पर्छ, त्यसो गरेर मात्रै तँ परमेश्‍वरले स्विकार्ने, स्वर्गको राज्यमा प्रवेश गर्न र स्वर्गमा आशिष् पाउन सक्‍ने, राम्रो गन्तव्य भएको व्यक्ति बन्‍न सक्छस् भन्‍ने कुरामा विश्‍वास गर्छस्, तब तैँले यसरी नै व्यवहार गर्ने सङ्कल्प गर्छस्। जब तैँले यस्तो सङ्कल्प गर्छस्, तब के यस्तो सोचाइ र दृष्टिकोणले तेरो मन पहिल्यै बाधामा परेको र बहकिएको हुँदैन र? यो तथ्य हो; र यो परिणाम हो। तेरो मन बाधामा परेको हुन्छ, तर तैँले यो कुरा महसुससमेत गर्दैनस्। यहाँ अर्को पनि समस्या छ: त्यस्ता विचार र दृष्टिकोणहरूले तेरो मन ठप्प र बाधामा पारेपछि, के तैँले परमेश्‍वरका अभिप्राय र मागहरूबारे स्पष्टता गुमाउँदैनस् र? के तब तैँले परमेश्‍वरबारे गलतफहमीहरू विकास गर्दैनस् र? अनि के तँ उहाँबाट टाढिदैनस् र? के यसले तँ दर्शनहरूबारे अस्पष्ट छस् भन्‍ने कुरा देखाउँदैन र? यसबारे राम्ररी विचार गर्: जब तँलाई मानिसहरूले सही ठानेका तर गलत रहेका विचार वा दृष्टिकोणले बहकाउँछ, तब के तेरो मनमा बाधा पुगेको हुँदैन र? के तेरो हृदयमा दर्शनहरू अझै पनि स्पष्ट हुन सक्छन् र? (सक्दैनन्।) त्यसोभए, के परमेश्‍वरबारेमा रहेको तेरो ज्ञान सही हुन्छ, कि गलतफहमी हुन्छ? स्पष्ट रूपमै, यो गलतफहमी हुन्छ। त्यसोभए, के तैँले बुझेको र तैँले सही ठानेको कुरा वास्तवमा सत्यता हुन्छ त? अहँ, हुँदैन—यो परमेश्‍वरका वचनहरू, र सत्यतासँग बाझिन्छ र तिनको विपरीत जान्छ। त्यसकारण, सत्यता सङ्गति गर्दा यसरी विषयभन्दा बाहिर जानु साँच्‍चै नै मानिसहरूको मनमा बाधा दिनु हो। यसरी विषयभन्दा बाहिर जाँदा यसले मानिसहरूको विचारमा ठूलो बाधा दिने भएकोले, के यसलाई परमेश्‍वरको काममा अवरोध पुर्याउनु हो भनेर भन्‍न सकिन्छ? यसले मानिसहरूलाई धारणाहरूतर्फ र शैतानको दर्शन र तर्कतर्फ डोर्‍याउँछ, त्यसकारण के यसले मानिसहरूलाई परमेश्‍वरको उपस्थितिबाट टाढा लैजाँदैन र? जब मानिसहरूले परमेश्‍वरलाई गलत बुझ्छन्, जब तिनीहरूले उहाँका अभिप्रायहरू बुझ्दैनन् र उहाँका अभिप्राय र मागहरूअनुसार अभ्यास गर्न सक्दैनन्, बरु शैतानको तर्क र मानव धारणाहरूअनुसार अभ्यास गर्छन्, तब तिनीहरू परमेश्‍वरको नजिक हुन्छन् कि उहाँबाट टाढा हुन्छन्? (तिनीहरू उहाँबाट टाढा हुन्छन्।) तिनीहरू उहाँबाट टाढा हुन्छन्। त्यसोभए, के भेलाहरूमा यस्तो विषयमा सङ्गति गर्ने कार्य प्रतिबन्धित गर्नुपर्दैन र? (पर्छ।) यसप्रकारको विषयबाट बाहिर जाने कार्यको प्रकृति मानिसहरूलाई बाधा दिने खालको हुन्छ, त्यसकारण यसलाई साँच्‍चै नै प्रतिबन्धित गरिनुपर्छ। यदि यसलाई रोक्‍ने र प्रतिबन्धित गर्ने कार्य गरिएन भने, यहाँ कैयौँ यस्ता कमजोर क्षमता भएका र स्तब्ध रहेका अलमल्‍ल मानिसहरू—विशेषगरी, आत्मिक बुझाइ नभएकाहरू—हुनेछन्, जसले विषयभन्दा बाहिर जाने व्यक्तिलाई अनुकरण गर्ने र पछ्याउनेछन्। यही नै अगुवाहरू र कामदारहरू यसलाई रोक्न तुरुन्तै खडा हुनुपर्ने बेला हो। तिनीहरूले त्यो व्यक्तिलाई विषयभन्दा बाहिर गइरहन दिनु हुँदैन; तिनीहरूले उसको सङ्गतिको विषयले अझै धेरै मानिसहरूलाई बहकाउन र अझै धेरै मानिसहरूको मनमा बाधा दिन दिनु हुँदैन। यो अगुवाहरू र कामदारहरूले पूरा गर्नुपर्ने जिम्मेवारी हो, यो तिनीहरूले पूरा गर्नुपर्ने प्रकार्य हो।

सत्यता सङ्गति गर्दा विषयबाट बाहिर जाने विषयको हाम्रो सङ्गति यही हो। यसपछि, हामी कुनै व्यक्तिले सत्यता सङ्गति गर्दा त्यसको प्रकृति अवरोध र बाधा कहलिनको लागि उक्त व्यक्ति कति हदसम्‍म टाढा जानुपर्छ र उसले कुन-कुन विषयहरू सङ्गति गर्नुपर्छ भनेर सारांशित गर्नेछौं। विषयबाट बाहिर जानुका केही तरिकाहरू स्पष्ट छन्: जब कुनै व्यक्ति विषयबाट पूर्ण रूपमा बाहिर जान्छ, जब उसले व्यर्थका कुराकानी गर्छ वा घरायसी मामलाहरूबारे छलफल गर्न थाल्छ, तब त्यो कुरा पत्ता लगाउन सजिलै हुन्छ। उदाहरणको लागि, जब सबैले आफ्नो कर्तव्य कसरी पूरा गर्ने भनेर सङ्गति गरिरहेका हुन्छन्, तब कसैले आफ्नो “महिमित” विगतबारे सङ्गति गर्न सक्छ, र आफूले गरेका असल कामकुरा वा दाजुभाइ-दिदीबहिनीहरूलाई यसरी-उसरी मदत गरेको, आदि इत्यादिबारे कुरा गर्न सक्छ। कसैले पनि यो कुरा सुन्न चाहँदैन, र त्यो व्यक्तिले जति धेरै बोल्छ, तिनीहरूलाई त्यो कुराप्रति त्यति नै धेरै वितृष्णा लाग्छ र अन्त्यमा तिनीहरूले त्यो व्यक्तिलाई बेवास्ता गर्छन्। त्यसपछि व्यक्तिलाई त्यो कुरा लाजमर्दो लाग्छ। जबसम्म अधिकांश मानिसहरूले त्यो व्यक्तिलाई चिन्‍न सक्छन्, तबसम्म उसले निरन्तरता दिन सक्दैन। यस किसिमको विषयबाट बाहिर जाने कार्य पत्ता लगाउनलाई सत्यताबारे त्यति धेरै बुझाइ चाहिँदैन। व्यर्थको गफ गर्नु, घरायसी मामलाहरूबारे कुरा गर्नु, आफूलाई उचाल्नु, आफ्‍नो बारे धाक लगाउनु, र सङ्गतिको विषयबाट फाइदा लिँदै आफ्‍नो “महिमित” विगतबारे कुरा गर्नु—यस किसिमको विषयबाट बाहिर जाने कार्य सहजै पत्ता लगाउन सकिन्छ। यसले आधारभूत रूपमा धेरै बाधा ल्याउँदैन, किनभने धेरैजसो मानिसहरूलाई यस्ता कुराहरूप्रति दिक्‍क लाग्छ र तिनीहरू त्यस्ता कुरा सुन्न चाहँदैनन्, र तिनीहरूलाई यस्तो व्यक्तिले धाक लगाइरहेको छ, सत्यता सङ्गति गरिरहेको छैन, ऊ विषयभन्दा बाहिर गएको छ भन्‍ने थाहा हुन्छ। समूहले उसलाई बोल्न थाल्दा नै लज्‍जित नपार्ने प्रयास गर्न सक्छ, तर ऊ लामो समयसम्‍म बोलिरह्यो भने, मानिसहरूलाई घृणा लाग्छ र थप कुरा सुन्न मन लाग्दैन, र योभन्दा त परमेश्‍वरका वचनहरू आफै पढ्नु नै राम्रो हुन्छ भन्‍ने लाग्छ। यदि त्यो व्यक्तिले आफ्‍नो कुरा जारी राखिरह्यो भने, तिनीहरू उठेर जान्छन्। जब त्यो व्यक्तिले परिस्थिति परिवर्तन भएको छ र उसले आफैलाई लज्‍जित पारेको छ भन्‍ने देख्छ, तब उसले बोल्न छोड्छ। कस्तो किसिमको विषयभन्दा बाहिर जाने कार्यले मानिसहरूमा पहिले नै प्रतिकूल प्रभाव पारिसकेको हुन्छ, तैपनि मानिसहरूले यसलाई नकारात्मक कुराको रूपमा छर्लङ्ग देख्‍न सक्दैनन्, बरु विषयभन्दा बाहिरको कुरालाई सत्यता मानेर ध्यानपूर्वक सुन्छन्? यस्तो किसिमको विषयबाट बाहिर जाने कार्यले मानिसहरूलाई बाधा दिन सक्छ, र व्यक्तिले त्यस्ता घटनाहरूलाई खुट्ट्याउनुपर्छ। यस्तो किसिमको विषयभन्दा बाहिर जाने कार्यको उदाहरण देओ त। (जब कसैले काटछाँटमा परेपछि आफ्नो बारे चिन्तन गर्दैन, र आफ्नो कुरालाई समस्याको सहीपन र गलतपनमा मात्रै केन्द्रित गर्छ, तब यसले सबैको दिमाग अन्योलमा पार्छ। यसले मानिसहरूलाई समझशक्ति विकास गर्न नसक्‍ने मात्र बनाउँदैन; बरु, मानिसहरूले यो व्यक्तिले भनेको कुरा सत्यताअनुरूप छ, र ऊ सही छ भन्‍ने महसुससमेत गर्छन्। यसले सबैलाई उसको पक्षमा ल्याउँछ।) काटछाँटलाई कसरी स्विकार्ने भनेर सङ्गति गर्ने बहानामा, तिनीहरूले आफूलाई रक्षा गर्छन् र निर्दोष ठहर्‍याउँछन्, र मानिसहरूलाई आफूलाई गलत रूपमा काटछाँट गरिएको छ भन्‍ने सोचाउँछन्, मानिसहरूलाई आफ्नो पक्षमा ल्याउँछन् र आफ्नो सहानुभूति गराउने बनाउँछन्, र थप रूपमा, तिनीहरूले मानिसहरूलाई यस्ता परिस्थितिहरूमा समर्पित हुने र काटछाँट स्विकार्ने आफ्नो क्षमताको आदर गर्ने बनाउँछन्। यसले मानिसहरूलाई बहकाउँछ; यो उद्देश्‍यपूर्ण रूपमा जानीजानी विषयबाट बाहिर जानु हो, जसले गर्दा सुन्‍ने मानिसहरूलाई काटछाँट सामना गर्दा समर्पित हुन नसक्‍ने, काटछाँट स्विकार्न नसक्‍ने र आफ्‍नो बारे चिन्तन गरेर आफूलाई चिन्‍न नसक्‍ने मात्र होइन, काटछाँटविरुद्ध सतर्क र प्रतिरोधीसमेत बनाउँछ। यस्तो सङ्गतिले मानिसहरूलाई काटछाँट हुनुको महत्त्व बुझ्न मद्दत गर्न सक्दैन, र काटछाँट सामना गर्दा मानिसहरूले कसरी सही मनोवृत्ति अपनाउनुपर्छ, यसलाई कसरी स्विकार्ने, र कसरी अभ्यास गर्ने गर्नुपर्छ भनेर बुझ्न मद्दत गर्न सक्दैन। बरु, यसले मानिसहरूलाई काटछाँट सामना गर्ने अर्को तरिका रोज्‍न लगाउँछ, एक यस्तो तरिका जुन सत्यता अभ्यास होइन र सत्यता सिद्धान्तहरूअनुसार काम गर्नु पनि होइन, बरु मानिसहरूलाई अझै धूर्त बनाउने तरिका हो। यस्तो सङ्गतिले मानिसहरूलाई बहकाउँछ। सत्यता सङ्गति गर्दा विषयबाट बाहिर जानु भनेको मण्डली जीवनमा पैदा हुने एकप्रकारको समस्या हो। यदि यो समस्या अवरोध र बाधाको स्तरमा पुग्यो भने, अगुवाहरू र कामदारहरूले यसलाई रोक्न र प्रतिबन्धित गर्न सङ्गति र चिरफार गर्दै कदम उठाउनुपर्छ, ताकि धेरैजसो मानिसहरूले खुट्ट्याउने क्षमता वृद्धि गरून्, अनुभवबाट केही जानून्, र पाठहरू सिकून्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्