अगुवा र कामदारहरूका जिम्मेवारीहरू (१२) खण्ड चार
आ. भेटीहरूका खर्चहरूबारे वास्ता नगर्नु वा नसोध्नु
भेटीहरू सुरक्षित गर्ने सम्बन्धमा झूटा अगुवाहरूको अर्को प्रकटीकरण के हो भने, तिनीहरूले भेटीहरूको व्यवस्थापन कसरी गर्ने भनेर जानेकै हुँदैनन्। तिनीहरूलाई भेटीहरू छुनु हुँदैन, तिनलाई स्वेच्छाचारी रूपमा दुरुपयोग गर्नु वा हिनामिना गर्नु हुँदैन, ती पवित्र हुन्, तिनलाई पवित्र भनेर अलग्गै राखिन्छ, र तीबारे अनुचित सोचहरू राख्नु हुँदैन भन्ने मात्र थाहा हुन्छ। तर ठ्याक्कै राम्रोसँग भेटीहरूको व्यवस्थापन कसरी गर्ने, तिनको सुरक्षामा कसरी असल संरक्षक बन्ने भन्ने सम्बन्धमा, तिनीहरूसँग यो कामका लागि कुनै पनि मार्ग, कुनै पनि सिद्धान्तहरू, कुनै पनि खास योजना वा कदमहरू हुँदैनन्। त्यसैले, भेटीहरू दर्ता, मिलान, र सुरक्षित गर्ने, अनि आय र व्ययका खाताहरू जाँच्ने, साथै खर्चहरू पनि जाँच्ने जस्ता मामलाहरूमा, यी झूटा अगुवाहरू निकै निष्क्रिय हुन्छन्। जब कसैले अनुमोदनका लागि केही कुरा पेस गर्छ, तब तिनीहरूले त्यसमा हस्ताक्षर गरिदिन्छन्। जब कसैले सोधभर्नाको लागि आवेदन दिन्छ, तब तिनीहरूले उसलाई उक्त रकम दिन्छन्। जब कसैले कुनै उद्देश्यका लागि पैसाका लागि आवेदन दिन्छन्, तब तिनीहरूले उसलाई उक्त पैसा दिइदिन्छन्। तिनीहरूलाई विभिन्न मेसिन र उपकरणहरू कहाँ सुरक्षित राख्ने गरिएको छ भन्ने थाहै हुँदैन। तिनीहरूलाई तिनको संरक्षक उपयुक्त छ कि छैन भन्ने पनि थाहै हुँदैन, न त त्यो व्यक्ति उपयुक्त छ कि छैन भनेर कसरी चिन्ने भनेर नै थाहा हुन्छ; तिनीहरूले मानिसहरूको हृदय छर्लङ्गै देख्न सक्दैनन्, र मानिसहरूको सार पनि छर्लङ्गै देख्न सक्दैनन्। त्यसैले, यी मानिसहरूको व्यवस्थापनको दायराअन्तर्गत खर्च हुने सबै भेटीका अभिलेखहरू त हुन्छन्, तर ती खाताहरूमा भएका खर्चका विवरणहरू हेर्दा, धेरैजसो खर्चहरू अनुचित र अनावश्यक हुन्छन्—तीमध्ये धेरै खर्चहरू अत्यधिक र फजुल हुन्छन्। यी अगुवा र कामदारहरूको हस्ताक्षरमा भेटीहरू हराउँछन्। देख्दाखेरि, तिनीहरू कुनै खास काम गरिरहेका देखिन्छन्, तर वास्तवमा तिनीहरूले गरिरहेका कामकुराहरूमा बिलकुलै कुनै सिद्धान्तहरू हुँदैनन्। तिनीहरूले परीक्षण प्रक्रिया अघि बढाइरहेका हुँदैनन्—तिनीहरूले झारा मात्र टारिरहेका हुन्छन्, नियम र प्रावधानहरू पालना गर्नेबाहेक केही पनि गरिरहेका हुँदैनन्। यसले भेटीहरूको व्यवस्थापन गर्ने मानकहरू बिलकुलै पूरा गर्दैन, त्यसका सिद्धान्तहरू पूरा गर्ने त झन् कुरै नगरौँ। त्यसैले, झूटा अगुवाहरू काममा हुँदाको अवधिमा, अत्यन्तै धेरै अनुचित खर्चहरू हुन्छन्। त्यहाँ कामकुराहरूको सुपरिवेक्षण र व्यवस्थापन गर्ने कोही हुँदा पनि कसरी यी अनुचित खर्चहरू उत्पन्न हुन्छन्? यस्तो किन हुन्छ भने, यी अगुवा र कामदारहरूले आफ्नो काममा जिम्मेवारी लिने गर्दैनन्। तिनीहरूले अल्याङटल्याङ गर्छन् र कामकुराहरू झाराटारुवा तरिकाले सम्हाल्छन्, साथै तिनीहरूले सिद्धान्तहरूअनुसार व्यवहार पनि गर्दैनन्। तिनीहरूले अरू कसैलाई चिढ्याउँदैनन्, तिनीहरू मान्छे खुसी पारिहिँड्नेहरूझैँ व्यवहार गर्छन्, साथै राम्रोसँग परीक्षण गर्ने पनि गर्दैनन्। ती भेटीहरूको व्यवस्थापन गर्नेहरूमाझ साँच्चिकै जिम्मेवार व्यक्ति, साँच्चिकै परीक्षण गर्न सक्ने एकजना पनि नहुन सक्छ। झूटा अगुवाहरूले भेटीहरू सुरक्षित गर्ने मानिसहरू उपयुक्त छन् कि छैनन्, वा ती मानिसहरूका मण्डलीहरूमा कुनै खतरनाक परिस्थितिहरू छन् कि छैनन् भन्नेप्रति कुनै चासो दिँदैनन्। तिनीहरूका लागि त तिनीहरू आफै सुरक्षित हुञ्जेल सबथोक ठिकै हुन्छ। जब खतरा उत्पन्न हुन्छ, तिनीहरूले सोच्ने पहिलो कुरा भनेको आफू कहाँ भाग्न सकिन्छ र आफ्नो पैसा लुटिने त होइन भन्ने मात्र हो, जबकि तिनीहरूले भेटीहरू कहाँ छन् वा ती खतरामा छन् कि छैनन् भनेर न त जाँचबुझ गर्छन् न त सोधखोज नै गर्छन्। घटना घटेको केही महिना वा छ महिनापछि मात्र, तिनीहरूले विवेकका कारण सोधखोज गर्न सक्छन्, र जब तिनीहरूले केही भेटीहरू ठूलो रातो अजिङ्गरको स्वामित्वमा गइसकेको, केही भेटीहरू दुष्ट मानिसहरूले फजुलमा उडाइसकेको, र केही भेटीहरूको कुनै अत्तोपत्तो नभएको थाहा पाउँछन्, तब तिनीहरूलाई केही समयका लागि नराम्रो लाग्छ—तिनीहरूले थोरै प्रार्थना गर्छन्, आफ्नो गल्ती स्विकार्छन्, र त्यो कुरा त्यहीँ सकिन्छ। यी मानिसहरू कस्ता प्राणीहरू हुन्? के यस्तो काम गराइमा समस्या हुँदैन र? भेटीहरूप्रति यस्तो मनोवृत्ति राख्ने व्यक्तिलाई परमेश्वरले कस्तो व्यवहार गर्नुहुनेछ? के उहाँले तिनीहरूलाई साँचो विश्वासीका रूपमा लिनुहुनेछ? (लिनुहुनेछैन।) त्यसोभए, उहाँले तिनीहरूलाई केका रूपमा लिनुहुनेछ? (गैरविश्वासीका रूपमा।) जब परमेश्वरले कसैलाई गैरविश्वासीका रूपमा लिनुहुन्छ, के त्यो व्यक्तिलाई कुनै अनुभूति हुन्छ? तिनीहरू आत्मामा भावशून्य र मूर्ख बन्छन्, र जब तिनीहरूले कार्य गर्छन्, तिनीहरूसँग परमेश्वरको अन्तर्दृष्टि वा मार्गदर्शन, वा कुनै ज्योति हुँदैन। तिनीहरूलाई केही आइपर्दा परमेश्वरले तिनीहरूलाई सुरक्षा दिनुहुन्न, साथै तिनीहरू अक्सर नकारात्मक र कमजोर बनेर अन्धकारमा जिइरहन्छन्। तिनीहरूले अक्सर प्रवचनहरू सुन्ने, र आफ्नो काममा कष्ट सहन र मूल्य तिर्न सक्ने भए पनि, तिनीहरूको बिलकुलै प्रगति हुँदैन र तिनीहरू दयनीय देखिन्छन्। तिनीहरूका “नतिजाहरू” तिनै हुन्। के यो दण्ड सहनुभन्दा पनि गाह्रो होइन र? ल भन् त, यदि परमेश्वरमा विश्वास गर्नुको नतिजा यस्तै हुन्छ भने, त्यो खुसी र उत्सव मनाउने कारण हो कि दुःख र बिलौना गर्ने? मेरो विचारमा त यो राम्रो सङ्केत होइन।
झूटा अगुवाहरूले भेटीहरूको व्यवस्थापन गर्ने कामलाई कहिल्यै गम्भीर रूपमा लिँदैनन्। तिनीहरूले “मानिसहरूले परमेश्वरका भेटीहरू छुनु हुँदैन; परमेश्वरका भेटीहरू कसैले हिनामिना गर्नु हुँदैन, र ती खराब मानिसहरूको हातमा पर्नु हुँदैन” भन्दै यी नाराहरू अत्यन्तै राम्रोसँग फलाक्ने गर्छन्, र तिनीहरूका शब्दहरू पनि निकै नैतिक र शिष्ट नै सुनिन्छ, तैपनि तिनीहरूले मानवजस्तो व्यवहार गर्दैनन्। तिनीहरूले भेटीहरू हिनामिना नगर्ने गरे पनि, र तिनीहरूले तीबारे अनुचित सोचहरू, वा तिनलाई कब्जा गर्ने कुनै आशय नराख्ने गरे पनि, र तिनीहरूमध्ये केहीले आफ्नो कुनै पनि खर्चका लागि कहिल्यै परमेश्वरको घरको पैसा प्रयोग नगर्ने वा परमेश्वरका भेटीहरू नछुने, बरु आफ्नै पैसा खर्च गर्ने गरे पनि, भेटीहरूको व्यवस्थापनका सम्बन्धमा अगुवा र कामदारहरूका रूपमा तिनीहरूले वास्तविक काम बिलकुलै गर्दैनन्। तिनीहरूले भेटीहरूको खर्चको स्थितिबारे सोधखोज गर्ने वा भेटीहरूको खर्चको परीक्षण गर्ने जस्ता यति सरल कामहरूसमेत गर्दैनन्। तिनीहरू प्रस्ट रूपमै झूटा अगुवाहरू हुन्। भेटीहरूप्रति तिनीहरूको मनोवृत्ति यस्तो हुन्छ: “म भेटीहरू खर्च गर्दिनँ र हिनामिना गर्दिनँ, साथै म अरूले तिनलाई कसरी खर्च गर्छन् वा तिनको हिनामिना गर्छन् कि गर्दैनन् भन्नेबारे पनि चिन्ता लिँदिनँ।” म ती झूटा अगुवाहरूलाई भन्छु, तेरो यो उदासीन मनोवृत्ति निकै समस्याजनक छ। मानिसहरूले गर्नुपर्ने भनेको तिनलाई खर्च र हिनामिना नगर्नु हो, तर अगुवा वा कामदारको नाताले, तैँले अझ बढी गर्नुपर्ने भनेको राम्ररी भेटीहरूको व्यवस्थापन गर्नु हो, तैपनि तँ यो काम गर्न असफल भएको छस्। यो जिम्मेवारीविमुखता हो। यो एउटा झूटो अगुवाको प्रकटीकरण हो। हुन सक्छ तैँले एक पैसा पनि खर्च गरेको वा एउटा पनि भेटी हिनामिना गरेको छैनस् होला, तर तैँले वास्तविक काम नगर्ने हुनाले, अनि भेटीहरूका सम्बन्धमा पनि कुनै खास व्यवस्थापन कार्य नगर्ने हुनाले, तँलाई झूटो अगुवाका रूपमा चित्रण गरिन्छ, र त्यसो गर्नु न्यायसङ्गत र मनासिब हुन्छ। कतिपय अगुवाहरूले कहिल्यै कुनै भेटीहरू लिने वा प्रयोग गर्ने बिलकुलै गर्दैनन्—अरू सबै अगुवा र कामदारहरूले तिनलाई प्रयोग गरे पनि तिनीहरूले प्रयोग गर्दैनन्, अनि परमेश्वरको घरले तिनीहरूलाई केही कुरा दिने बन्दोबस्त गर्दा पनि तिनीहरूले त्यसलाई अस्वीकार गर्छन्। तिनीहरू अत्यन्तै सफा र लालचरहित देखिन्छन्, तर जब तिनीहरूलाई भेटीहरूको व्यवस्थापन गर्ने बन्दोबस्त गरिन्छ, तिनीहरूले कुनै पनि खास काम कत्ति पनि गर्दैनन्। भेटीहरू जोसुकैले खर्च गरिरहेको भए पनि तिनीहरूले त्यसमा हस्ताक्षर गरिदिन्छन्—तिनीहरूले कुनै जानकारीसमेत लिँदैनन्, र त्यसबारे थप एक शब्द पनि बोल्दैनन्। ती मानिसहरूले भेटीको एक पैसा हिनामिना नगरे पनि, तिनीहरूको व्यवस्थापनको दायराअन्तर्गत भेटीहरू दुष्ट मानिसहरूको हातमा पर्छन्, साथै तिनीहरूको गैरजिम्मेवारी र जिम्मेवारीविमुखताका कारण भेटीहरू जोसुकैले फजुलमा उडाउन वा खेर फाल्न सक्छ। के यो फजुल खर्च र अपव्यय तिनीहरूको गलत व्यवस्थापनसँग सम्बन्धित छैन र? के यो तिनीहरूको जिम्मेवारीविमुखताले निम्त्याएको होइन र? (हो।) के यी मानिसहरूका दुष्ट कार्यहरूमा तिनीहरूको पनि भागीदारी छैन र? के तिनीहरू तिनका लागि जिम्मेवार छैनन् र? यो वहन गर्नका लागि एउटा ठूलो जिम्मेवारी हो, र तिनीहरूले यसलाई पन्छाउन मिल्दैन! तिनीहरू आफ्नो यो हरफमा अडिग रहन्छन्: “जे भए पनि, मैले परमेश्वरका भेटीहरू हिनामिना गरिरहेको छैन, र हिनामिना गर्ने मेरो इच्छा वा योजना पनि छैन। परमेश्वरका भेटीहरू जसले खर्च गरे पनि म खर्च गर्दिनँ; जसले तिनलाई लगेर प्रयोग गरे पनि म गर्दिनँ; जसले तिनको उपभोग गरे पनि म गर्दिनँ। भेटीहरूप्रतिको मेरो मनोवृत्ति यही हो—तिमी जे चाहन्छौ त्यो गर्न सक्छौ!” के त्यस्ता मानिसहरू हुन्छन्? (हुन्छन्।) ख्रीष्टविरोधीहरूले त भेटीहरू उच्चस्तरीय कपडा, विलासी सामान, र गाडीहरूमा समेत खर्च गर्छन्। ल भन् त, के यस किसिमको झूटो अगुवाले यो समस्या बुझ्न सक्छ? तिनीहरू आफैले भेटीहरू हिनामिना गर्दैनन्, तिनीहरूसँग यस्तो मनोवृत्ति हुन्छ, त्यसोभए के तिनीहरूले भेटीहरू हिनामिना गर्नु नराम्रो हो भन्ने विश्वास गर्दैनन् र? (गर्छन्।) त्यसोभए, ख्रीष्टविरोधीहरूले यस्तो ठूलो दुष्टता गर्दा, तिनीहरूले किन त्यसलाई बेवास्ता गर्छन्, किन त्यसमा रोक लगाउँदैनन्? तिनीहरूले त्यसलाई किन गम्भीर रूपमा लिँदैनन्? (तिनीहरू कसैलाई चिढ्याउन चाहँदैनन्।) के त्यो दुष्ट कार्य होइन र? (हो।) यो एक संरक्षकले पूरा गर्नुपर्ने जिम्मेवारी पूरा नगर्नु हो। यदि तेरो व्यवस्थापनको दौरान भेटीहरू दुष्ट मानिसहरूको हातमा पुग्छन् भने, यदि तिनलाई फजुलमा उडाइन्छ, खेर फालिन्छ, र अनुचित तरिकाले खर्च गरिन्छ भने, यदि ती यसरी नै फुत्कँदै जान्छन्, तैपनि तैँले कुनै काम गर्दैनस् वा एक शब्दसमेत बोल्दैनस् भने, के त्यो जिम्मेवारीविमुखता होइन र? के त्यो झूटो अगुवाको प्रकटीकरण होइन र? यदि तैँले भन्नुपर्ने कुरा भन्दैनस्, गर्नुपर्ने काम गर्दैनस्, पूरा गर्नुपर्ने जिम्मेवारी पूरा गर्दैनस्, र हरेक धर्मसिद्धान्त बुझे पनि वास्तविक काम गर्दै गर्दैनस् भने, तँ पक्कै पनि झूटो अगुवा होस्। तँ यस्तो विश्वास गर्छस्, “जे भए पनि, मैले भेटीहरू हिनामिना गरिरहेको छैन; यदि अरूले गर्छन् भने, त्यो तिनीहरूको कुरा हो।” त्यसोभए, के तँ झूटो अगुवा होइनस् र? भेटीहरू हिनामिना नगर्नु तेरो व्यक्तिगत कुरा हो, तर के तैँले भेटीहरू राम्रोसँग सुरक्षित गरेको छस्? के तैँले भेटीहरूसम्बन्धी आफ्नो जिम्मेवारी पूरा गरेको छस्? यदि गरेको छैनस् भने, तँ झूटो अगुवा होस्। बहाना बनाउन खोज्दै यसो नभन्: “जे भए पनि, म भेटीहरू हिनामिना गर्दिनँ, त्यसैले म झूटो अगुवा होइन!” भेटीहरू हिनामिना नगर्नु कुनै अगुवा वा कामदार मानकअनुरूपको छ कि छैन भनी मापन गर्ने मापदण्ड हुन सक्दैन; तिनीहरू मानकअनुरूप छन् कि छैनन् भनी मापन गर्ने साँचो मापदण्ड भनेको तिनीहरूले परमेश्वरद्वारा सुम्पिइएका कुराहरूमा आफ्नो जिम्मेवारी पूरा गर्छन् कि गर्दैनन्, व्यक्तिका रूपमा गर्नुपर्ने काम गर्छन् कि गर्दैनन्, र व्यक्तिका रूपमा पूरा गर्नुपर्ने दायित्व पूरा गर्छन् कि गर्दैनन् भन्ने हो—त्यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। त्यसैले, भेटीहरूको व्यवस्थापनमा, तेरो दायित्व र जिम्मेवारी के हो? के तैँले ती सबै पूरा गरेको छस्? यो प्रस्टै छ, तैँले पूरा गरेको छैनस्। तैँले अल्याङटल्याङ मात्र गरिरहेको छस्; तँ मानिसहरूलाई चिढ्याउन डराउँछस्, तर परमेश्वरलाई चिढ्याउन डराउँदैनस्। तैँले भेटीहरूलाई बेवास्ता गर्छस् किनभने तँ मानिसहरूलाई चिढ्याउँछु कि, तिनीहरूको नजरमा आफ्नो राम्रो छवि बिग्रिन्छ कि भनेर डराउँछस्—यदि तँमा यस्तो प्रकटीकरण छ भने, तँ पक्कै पनि झूटो अगुवा होस्। यो तँलाई कुनै बिल्ला भिराइएको होइन। तथ्यहरू सबैले देख्ने गरी प्रस्तुत गरिएका छन्: तैँले आफ्नो दायित्व र जिम्मेवारीसमेत पूरा गर्न सक्दैनस्—तँ अत्यन्तै स्वार्थी छस्! तैँले अत्यन्तै राम्रोसँग, विवेकसाथ, र होसियारीपूर्वक आफ्नो सरसामान, आफ्नो व्यक्तिगत सम्पत्तिको व्यवस्थापन गर्छस्। तैँले ती चीजहरूलाई प्रतिकूल तत्त्वमा पर्न दिँदैनस्; तैँले कसैलाई ती चीजहरू लान दिँदैनस्, र कसैलाई आफ्नो फाइदा उठाउन दिँदैनस्। तर भेटीहरूका हकमा, तँसित जिम्मेवारीबोध बिलकुलै छैन—तैँले आफ्ना सामानहरूको व्यवस्थापन गर्दा जति जिम्मेवारी पूरा गर्छस्, भेटीहरूका हकमा त्यसको दश भागको एक भागसमेत पूरा गर्दैनस्। तँलाई कसरी असल संरक्षक मान्न सकिन्छ? तँलाई कसरी अगुवा वा कामदार मान्न सकिन्छ? तँ प्रस्ट रूपमै झूटो अगुवा होस्। यो एकप्रकारको झूटो अगुवाको प्रकटीकरण हो।
इ. मनासिब खर्चहरूलाई सीमित गर्नु
अर्को किसिमको झूटो अगुवा हुन्छ, र ऊ पनि निकै घृणित हुन्छ। यस्ता मानिसहरू अगुवा बनेपछि, तिनीहरूले भेटीहरू सुरक्षित गर्दै आइरहेको व्यक्तिले रवाफी र अत्यन्तै फजुल तरिकाले पैसा खर्च गर्ने गरेको देख्छन्, त्यसैले तिनीहरूले उसलाई बर्खास्त गर्छन्। त्यसपछि तिनीहरू सावधानीपूर्वक योजना बनाउन र ध्यानपूर्वक बजेट तयार पार्न सक्षम व्यक्ति खोज्ने चाहना गर्छन्, जसले साँच्चै नै सकेसम्म कम पैसा खर्च गर्छ, र मितव्ययी रूपमा घर चलाउन जानेको हुन्छ। तिनीहरू त्यस किसिमको व्यक्ति नै असल संरक्षक हुन्छन् भन्ठान्छन्, र तिनीहरूलाई कोही पनि उपयुक्त छ भन्ने लाग्दैन, र अन्त्यमा तिनीहरू आफै भेटीहरू सुरक्षित गर्न पुग्छन्। जब दाजुभाइ-दिदीबहिनीहरूले परमेश्वरका वचनका पुस्तकका केही प्रतिहरू सुसमाचार प्रचार गर्नका लागि छाप्नुपर्ने भन्छन्, तब यी अगुवाहरूले पुस्तकहरू छपाउनका लागि अत्यन्तै धेरै पैसा लाग्छ भन्ठानेर यो कार्य पूरा हुन दिँदैनन्; तिनीहरूले कामका लागि त्यो तुरुन्तै चाहिएको हो कि भनी वास्ता गर्दैनन्—तिनीहरूका लागि, पैसा बचत गरे पुग्छ। तिनीहरूलाई परमेश्वरका भेटीहरू कहाँ प्रयोग गर्दा उहाँका अभिप्रायहरूसँग सबैभन्दा मिल्ने हुन्छ भन्ने नै थाहा हुँदैन; तिनीहरूलाई परमेश्वरका भेटीहरूको सुरक्षा गर्न र ती कसैलाई पनि बिलकुलै छुन नदिन मात्र आउँछ। तिनीहरूले खर्च गर्नुपर्ने ठाउँमा खर्च गर्दैनन्—तिनीहरू साँच्चिकै “राम्रोसँग” परीक्षण गरिरहेका हुन्छन्! यसरी काम कसरी अगाडि बढ्न सक्छ? के यी अगुवाहरूका कार्यहरूमा सिद्धान्तहरू हुन्छन्? (हुँदैनन्।) तिनीहरू गरिनुपर्ने काम गर्न, वा छपाइनुपर्ने पुस्तकहरू छपाउन, वा खर्च गर्नुपर्ने पैसा खर्च गर्न दिँदैनन्—तिनीहरूले कुनै पनि मनासिब खर्चहरूको अनुमति दिँदैनन्। के त्यो व्यवस्थापन हो? (होइन।) त्यो के हो त? त्यो सिद्धान्तहरूसम्बन्धी बुझाइको कमी हो। सिद्धान्तहरूसम्बन्धी बुझाइको कमी भएका मानिसहरूले काम गर्दा भेटीहरू कसरी व्यवस्थापन गर्ने भनी जानेका हुँदैनन्। तिनीहरू आफूले पैसामाथि निगरानी गर्नैपर्ने र त्यो एक पैसा पनि घट्न दिन नहुने, अनि, जेसुकै खर्च भए पनि त्यो पैसा छुन नहुने विश्वास गर्छन्। के यो परमेश्वरका अभिप्रायहरूअनुरूप हुन्छ? (अहँ, हुँदैन।) सिद्धान्तहरूबिना कामकुरालाई नियमन गर्नु र परीक्षण गर्नु व्यवस्थापन होइन। मनपरी खर्च, बरबादी, र फजुलमा उडाउने काम व्यवस्थापन होइन, तर एक पैसा पनि खर्च हुन नदिनु र परीक्षणका कारण मनासिब खर्चहरूलाई सीमित गर्नु पनि व्यवस्थापन होइन। न त त्यो सिद्धान्तहरूअनुरूप नै हुन्छ। कतिपय मानिसहरूले भेटीहरू प्रयोग, बाँडफाँड, र व्यवस्थापन गर्ने सिद्धान्तहरू नबुझेका हुने हुनाले, यावत् किसिमका तमासा र यावत् किसिमका अस्तव्यस्तता आइपर्छन्। यी अगुवाहरू बाहिरी रूपमा निकै जिम्मेवार र अर्पित देखिन्छन्, तर तिनीहरूले गरिरहेको काम चाहिँ कस्तो हुन्छ? (त्यो सिद्धान्तहीन हुन्छ।) अनि त्यो सिद्धान्तहीन हुने भएकाले, तिनीहरूको क्षेत्रको सुसमाचारको काममा बाधा र अवरोध पुग्छ, र भेटीहरूको प्रयोगसम्बन्धी तिनीहरूको अत्यन्तै कडा परीक्षणका कारण केही पेसागत काम पनि बाधित हुन्छ। बाहिरी रूपमा, तिनीहरू भेटीहरू सुरक्षित गर्ने काममा निकै विवेकशील र जिम्मेवार देखिन्छन्। तर वास्तवमा, तिनीहरूमा आत्मिक बुझाइ नभएको हुनाले, र तिनीहरूले आफ्ना धारणा र कल्पनाहरूका आधारमा मात्र कार्य गर्ने, र मण्डलीका निम्ति मितव्ययी हुने ढोँगमा परमेश्वरको घरका लागि परीक्षण समेत गर्ने हुनाले, तिनीहरूले थाहै नपाई मण्डलीका विभिन्न कामको प्रगतिमा गम्भीर असर पार्छन्। के त्यस्ता मानिसहरूलाई झूटा अगुवाका रूपमा चित्रण गर्न सकिन्छ? (सकिन्छ।) यसले तिनीहरूलाई झूटा अगुवा ठहर गर्छ। केही हदसम्म, तिनीहरूले सुसमाचारको काम र मण्डलीको काममा बाधा र अवरोधहरू सृजना गरिसकेका हुन्छन्। यी बाधा र अवरोधहरू तिनीहरूको सिद्धान्तहरूसम्बन्धी बुझाइको अभाव, साथै तिनीहरूले आफ्नै प्राथमिकता र धारणाहरूका आधारमा जथाभाबी काम गर्नु, र सत्यता सिद्धान्तहरू नखोज्नु, वा अरूसँग कामकुराबारे छलफल वा सहकार्य नगर्नुले निम्तिन्छन्। भेटीहरू तिनीहरूसँग हुँदा खेर जाने वा फजुलमा उडाइने छैनन्, तर तिनीहरूले भेटीहरूलाई सिद्धान्तहरूअनुसार मनासिब रूपमा प्रयोग गर्न सक्दैनन्, र तिनको सुरक्षा गर्नका लागि मात्रै प्रयोग गरिन दिँदैनन्, र परिणामस्वरूप सुसमाचार फैलाउने काममा ढिलाइ हुन्छ, र परमेश्वरको घरको सामान्य कामको सञ्चालनमा असर पर्छ। त्यसैले, यही प्रकटीकरणका आधारमा, तिनीहरूलाई झूटा अगुवाका रूपमा चित्रण गर्नु बिलकुलै अत्युक्ति हुँदैन। त्यस्ता मानिसहरूलाई झूटा अगुवाका रूपमा पनि किन चित्रण गरिन्छ? तिनीहरूले काम कसरी गर्ने भनेर जानेका हुँदैनन्, साथै तिनीहरूको भेटीहरूलाई कस्तो व्यवहार गर्ने भन्ने सम्बन्धी बुझाइ र तिनलाई व्यवहार गर्ने तरिकाहरू अति विकृत हुन्छन्, त्यसोभए के तिनीहरूले अन्य काम राम्ररी गर्न सक्छन् त? निश्चय नै सक्दैनन्। के यी मानिसहरूको बुझाइमा समस्या छैन र? (छ।) तिनीहरूको बुझाइ विकृत हुन्छ, तिनीहरू प्रावधानहरू पालना गर्छन्, ढोँगमा संलग्न हुन्छन्, र तिनीहरू छद्म-आत्मिक हुन्छन्। तिनीहरू परमेश्वरको घरको कामलाई ख्याल गर्दैनन्, र तिनीहरू सिद्धान्तहरूअनुसार काम गर्दैनन्—तिनीहरूले कार्य गर्ने सिद्धान्तहरू भेट्टाउन सक्दैनन्, र तिनीहरू आफ्नै तुच्छ चतुर्याइँ र इच्छाअनुसार चल्छन् र प्रावधानहरू पालना गर्छन्। त्यसकारण तिनीहरूको कामको परिणामस्वरूप बाधा र अवरोधहरू आउँछन्। तिनीहरूले काम गर्ने तरिका मूर्खतापूर्ण र भद्दा हुन्छ—त्यो घिनलाग्दो हुन्छ। त्यस्ता मानिसहरू स्पष्ट रूपमा झूटा अगुवा हुन्। के यसो भन्ने कोही छ, “म अत्यन्तै राम्रोसँग भेटीहरू सुरक्षित गर्छु, म यो काम अत्यन्तै ध्यानपूर्वक गर्छु, र अझै पनि, मलाई झूटो अगुवाका रूपमा चित्रण गरिन्छ। त्यसोभए, म अब उप्रान्त तिनको व्यवस्थापन गर्नेछैन! जोसुकैले तिनलाई खर्च गर्न चाहन्छ, गरे हुन्छ; जोसुकैले तिनलाई प्रयोग गर्न चाहन्छ, गरे हुन्छ; जोसुकैले तिनलाई लान चाहन्छ, लगे हुन्छ!”? के त्यो सोच राख्ने कोही छ? त्यसोभए, हामीले विभिन्न किसिमका झूटा अगुवाहरूका फरक-फरक स्थिति र प्रकटीकरणहरू खुलासा गर्नुको उद्देश्य के हो त? (मानिसहरूलाई सिद्धान्तहरू बोध गर्ने तुल्याउनु र झूटा अगुवाहरूको मार्गमा हिँड्नबाट जोगाउनु।) ठीक भनिस्। यसको उद्देश्य मानिसहरूलाई सिद्धान्तहरू बोध गर्ने, तिनीहरू सिद्धान्तहरूअनुरूप आफ्नो काम राम्ररी गर्न र आफ्नो जिम्मेवारी पूरा गर्न सक्षम हुने, धारणा र कल्पनाहरूमा भर नपर्ने, तिनीहरूले मानवीय इच्छा वा आवेश नराख्ने, आफूले कल्पना गरेको कुनै सिद्धान्तलाई सत्यता सिद्धान्तका रूपमा नलिने, आत्मिक भएको ढोँग नगर्ने, र आफूले आत्मिकता ठानेका कुराहरूलाई सिद्धान्तहरूको नक्कल वा प्रतिस्थापनका रूपमा प्रयोग नगर्ने तुल्याउनु हो। अगुवा र कामदारहरूमाझ यस्ता मानिसहरू हुन्छन्, र तिनीहरूलाई चेतावनीका रूपमा लिनु सार्थक हुन्छ।
ई. भेटीहरू कब्जा र उपभोग गर्नु
अर्को प्रकारको झूटो अगुवा पनि हुन्छ, र भेटीहरू व्यवस्थापन गर्ने कुरा आउँदा उसले गर्ने काम झनै अस्तव्यस्त हुन्छ। उसले एक अगुवा वा कामदारका रूपमा, आफूले सधैँ भेटीहरूमा एकटक नजर राखिरहन नसक्ने, वा भेटीहरूको कुरा आउँदा अत्यन्तै ध्यान दिन नसक्ने विश्वास गर्छ। ऊ आफूले केवल मण्डलीको प्रशासनिक काम राम्रोसँग गर्नुपर्ने, परमेश्वरका चुनिएका मानिसहरूको मण्डली जीवन र जीवन प्रवेशसम्बन्धी काम राम्रोसँग गर्नुपर्ने, र त्यसका साथै, विभिन्न किसिमका पेसागत काम राम्रोसँग गरिएको सुनिश्चित गर्नुपर्ने सोच्छ। ऊ भेटीहरू भनेका परमेश्वरले मण्डलीलाई प्रदान गर्नुहुने पैसा र वस्तुहरू भएको, र यो पैसा र यी वस्तुहरू अगुवा र कामदारहरूका जीवन र काममा तिनीहरूका खाँचोहरू पूरा गर्नका लागि भएको विश्वास गर्छ। यसको तात्पर्य के हो भने, भेटीहरू अगुवा र कामदारहरूका लागि तयार गरिएका हुन्छन्, र एकपटक कसैलाई अगुवा वा कामदारका रूपमा चुनिएपछि, परमेश्वरले उसलाई यी भेटीहरू उपभोग गर्ने अनुमति दिनुहुन्छ, साथै अगुवा र कामदारहरूले तिनलाई बाँडफाँड, उपभोग, र खर्च गर्ने प्राथमिकता पाउँछन्—र त्यसैले, जब कुनै व्यक्ति अगुवा वा कामदार बन्छ, तब ऊ भेटीहरूको मालिक, भेटीहरूको व्यवस्थापक र धनी बन्छ। यस किसिमका मानिसहरू आफ्नो काममा भेटीहरूको सम्पर्कमा आउँदा, तिनीहरूले तिनलाई दर्ता, मिलान, वा सुरक्षा गर्दैनन्, न त तिनीहरूले भेटीहरूको आय र व्ययसम्बन्धी खाताहरू जाँच्ने गर्छन्, तिनीहरूले तिनको खर्च र बाँडफाँडको अवस्थाको निरीक्षण त झनै गर्दैनन्। यसको सट्टामा, तिनीहरूले त्यहाँ कस्ता-कस्ता भेटीहरू छन् र अगुवा र कामदारहरूले उपभोग गर्न मिल्ने कुनै छन् कि छैनन् भनी जाँचपड्ताल गरेर बुझ्ने गर्छन्। भेटीहरूप्रति यी अगुवा र कामदारहरूले यस्तै प्रकारको मनोवृत्ति राख्छन्। तिनीहरूको दृष्टिकोणमा, भेटीहरूको दर्ता, मिलान, र सुरक्षा गर्न, वा तिनको आय र व्यय वा तिनको खर्चको अवस्था निरीक्षण गर्न आवश्यक हुँदैन—यस्ता कुराहरूको तिनीहरूसँग कुनै सरोकार हुँदैन—तिनीहरूले केवल अगुवा र कामदारहरूलाई भेटीहरू बाँडफाँड गर्नुपर्छ, र भेटीहरू उपभोग गर्ने कुरा आउँदा तिनीहरूलाई प्राथमिकता दिनुपर्छ। तिनीहरूको दृष्टिकोणमा, अगुवा र कामदारहरूले जे भन्छन् त्यो नै सिद्धान्त हो—भेटीहरू कसरी खर्च र बाँडफाँड गर्ने भन्ने कुरा तिनीहरूको निर्णय हो। तिनीहरू अगुवा वा कामदारका रूपमा चुनिनु भनेको कोही पहिले नै सिद्ध पारिएको छ, र कुनै धर्मगुरुझैँ, उसलाई भेटीहरू उपभोग गर्ने विशेषाधिकार, साथै भेटीहरूका हकमा अन्तिम निर्णय गर्ने अधिकार, प्रयोगको अधिकार, र बाँडफाँड गर्ने अधिकार हुन्छ भन्ने विश्वास गर्छन्। कतिपय मण्डलीहरूमा, दाजुभाइ-दिदीबहिनीहरूले चढाउने वस्तुहरूलाई उचित कर्मचारीले दर्ता, मिलान, र भण्डारण गर्नुभन्दा पहिले नै, अगुवा र कामदारहरूले तिनलाई हेरेर, छानेर, अनि फिल्टर गरेर, आफूले प्रयोग गर्न सक्ने चीज राखिसकेका, खान सक्ने चीज खाइसकेका, लगाउन सक्ने चीज लगाइसकेका, र आफूलाई नचाहिएको चीज खाँचो परेको व्यक्तिलाई सीधै बाँडिसकेका हुन्छन्, यसरी परमेश्वरको साटो तिनीहरूले नै निर्णय गर्छन्। यो नै तिनीहरूको सिद्धान्त हो। यहाँ के भइरहेको छ? के तिनीहरू साँच्चिकै आफूलाई धर्मगुरु सोच्छन्? के यो समझको अत्यन्तै कमी हुनु होइन र? (हो।) अरू अगुवा र कामदारहरू हुन्छन् जसले एउटा परिवारमा दुइटा कुर्सीहरूको कमी भएको, अर्कोमा चुल्हो नभएको, र कसैको स्वास्थ्य कमजोर रहेको र उसले स्वास्थ्य परिपूरक लिनुपर्ने देख्छन्, र त्यसपछि यी सबै वस्तुहरू किन्नका लागि परमेश्वरको घरको पैसा प्रयोग गर्छन्। सारा भेटीहरूको बाँडफाँड, उपभोग, खर्च, र प्रयोगको अधिकार यी अगुवा र कामदारहरूलाई नै हुन्छ—के यसले कुनै अर्थ राख्छ? के यो शैली तिनीहरूको बुझाइमा केही गडबडी भइरहेका कारण निम्तिएको होइन र? तिनीहरूले केका आधारमा निर्णय गरिरहेका छन्? के अगुवा र कामदारहरूसँग भेटीहरू नियन्त्रण गर्ने अधिकार हुन्छ? (हुँदैन।) भेटीहरू त तिनीहरूले व्यवस्थापन पो गर्ने हो, तिनीहरूले नियन्त्रण र प्रयोग गर्ने होइन। तिनीहरूलाई ती उपभोग गर्ने विशेषाधिकार हुँदैन। के अगुवा र कामदारहरू धर्मगुरु सरह हुन्? सिद्ध पारिएका मानिसहरू सरह हुन्? के तिनीहरू भेटीहरूका धनी हुन्? (होइनन्।) त्यसोभए तिनीहरू किन प्राधिकारबिना फलानो-ढिस्कानो परिवारका लागि वस्तुहरू किन्न भेटीहरू प्रयोग गर्ने निर्णय गर्छन् त—तिनीहरूसँग त्यो अधिकार किन हुन्छ? तिनीहरूलाई त्यो अधिकार कसले दियो? के कामका प्रबन्धहरूले “आफ्नो पद ग्रहण गरेपछि अगुवाहरू र कामदारहरूले गर्नुपर्ने पहिलो कुरा भनेको परमेश्वरको घरका आर्थिक पक्षहरूमाथि पूर्ण नियन्त्रण जमाउनु हो” भनेर तोकेका हुन्छन्? (हुँदैनन्।) त्यसोभए यस्तो विश्वास गर्ने अगुवा र कामदारहरूको जत्था किन हुन्छ त? त्यहाँ समस्या के हो? जब कुनै दाजुभाइ वा दिदीबहिनीले एउटा महँगो कपडा चढाउँछन् र भोलिपल्ट नै कुनै अगुवा वा कामदारले त्यो लगाइरहेको हुन्छ भने, त्यहाँ के भइरहेको छ? दाजुभाइ-दिदीबहिनीहरूले चढाएका भेटीहरू किन एउटा व्यक्तिका हातमा पर्छन्? यहाँ “व्यक्ति” भन्नुको अर्थ अरू कोही नभएर उही अगुवा वा कामदार नै हो। ऊ भेटीहरूलाई राम्ररी व्यवस्थापन गर्न असफल हुने मात्र होइन—त्यसको साटो, उसले तिनलाई कब्जा गर्न र व्यक्तिगत रूपमा उपभोग गर्न अगुवाइ गर्छ। यसमा के समस्या छ? यदि हामीले यो अगुवा वा कामदारलाई भेटीहरूको व्यवस्थापनको कुरा आउँदा, उसले वास्तविक काम नगरेको प्रसङ्गमा हेर्ने हो भने, तब उसलाई झूटो अगुवाका रूपमा चित्रण गर्न सकिन्छ—तर यदि हामीले उसलाई भेटीहरू कब्जा गरेर व्यक्तिगत रूपमा उपभोग गरेको सन्दर्भमा हेर्ने हो भने, उसलाई ख्रीष्टविरोधीका रूपमा शतप्रतिशत चित्रण गर्न सकिन्छ। त्यसोभए, उक्त व्यक्तिलाई ठ्याक्कै कुन रूपमा चित्रण गर्नु समझदारीपूर्ण हुन्छ? (ख्रीष्टविरोधीका रूपमा।) ऊ झूटो अगुवा र ख्रीष्टविरोधी दुवै हो। भेटीहरू व्यवस्थापन गर्दा, झूटा अगुवाहरूले सबै भेटी जाँच्छन्, र तिनलाई व्यवस्थापन गर्न मानिसहरूलाई आज्ञा दिन्छन्। तर त्यसो गर्नु अघि, तिनीहरूले एक अंश आफ्नै लागि कब्जा गर्छन् र प्राधिकारबिना अर्को अंश बाँडफाँड गर्ने निर्णय गर्छन्। बाँकी रहेका वस्तुहरू—जुन तिनीहरू चाहँदैनन्, वा जसलाई तिनीहरूले चिन्दैनन् तर अरूलाई दिन चाहँदैनन्—तिनीहरूले ती वस्तुहरूलाई केही समयका लागि छुट्टै राख्छन्। ती भेटीहरू कहाँ छन्, तिनलाई संरक्षण गर्ने उचित व्यक्ति छ कि छैन, तिनलाई नियमित रूपमा निरीक्षण गर्नुपर्छ कि पर्दैन, कसैले ती चोरिरहेको पो छ कि, वा कसैले ती कब्जा पो गरिरहेको छ कि भन्ने सम्बन्धमा, झूटा अगुवाहरूले एकैनासले वास्ता गर्दैनन्। तिनीहरूको सिद्धान्त यो हो: “मैले उपभोग गर्नुपर्ने चीजहरू र मलाई आवश्यक पर्ने चीजहरू लिइसकेको छु। बाँकी रहेका र मलाई आवश्यक नपर्ने चीजहरू जसले लिन चाहन्छ उसले लिए हुन्छ; जसले तिनलाई व्यवस्थापन गर्न चाहन्छ उसले व्यवस्थापन गरे हुन्छ। जसले पहिला कब्जा गर्छ ती उसैका हुन्छन्—ती जसको हातमा पर्छन् उसैले फाइदा लिन्छ।” यो कस्तो प्रकारको सिद्धान्त र तर्क हो? त्यस्ता मानिसहरू केवल दियाबलस र पशुहरू हुन्!
एक पटक, एक जना झूटो अगुवाले गोदाममा अत्यन्तै धेरै सामान छ भनेर भन्यो, अनि मैले त्यसलाई दर्ता गरेको छस् कि छैनस् भनेर सोधेँ। उसले भन्यो, “मलाई तीमध्ये केही चीजहरू के हुन् भन्ने समेत थाहा छैन, त्यसैले तिनलाई दर्ता गर्ने कुनै उपाय नै छैन।” मैले भनेँ, “त्यो वाहियात कुरा हो। तिनलाई दर्ता गर्न उपाय नहुन कसरी सक्छ? जब तिनलाई पहिलो पटक यहाँ ल्याइयो, त्यसबेलादेखि तिनका अभिलेखहरू राखिएको हुनुपर्छ!” “त्यो निकै लामो समयअघि थियो, त्यो थाहा पाउने कुनै उपाय नै छैन।” यो कस्तो खालको कुरा हो? के उसले जिम्मेवारी लिइरहेको छ? (छैन।) मैले भनेँ, “त्यहाँ केही कपडाहरू छन्—कुन-कुन दाजुभाइ-दिदीबहिनीहरूलाई तिनको खाँचो छ भनेर हेर्, अनि ती कपडाहरू तिनीहरूलाई वितरण गर्।” “तीमध्ये कतिपयको स्टाइल पुरानो भइसकेको छ। तिनमा कसैलाई पनि रुचि छैन।” मैले भनेँ, “दाजुभाइ-दिदीबहिनीहरूलाई जे चाहिएको छ, त्यो चाहिँ वितरण गर्, अनि तिनीहरूलाई जे चाहिएको छैन, तिनलाई उचित रूपमा सम्हाल्।” तिनीहरूले यो कुरा पालन गरेनन्। के तिनीहरू विवेकशील र लगनशील भइरहेका थिए? तिनीहरूलाई एउटा काम गर्न लगाउँदा, तिनीहरू नकारात्मक कुराहरू भनेर अनि कठिनाइहरू औँल्याएर गुनासो गरिरहन्छन्। तिनीहरूले यी कुराहरू सिद्धान्तहरूअनुसार राम्रोसँग सम्हाल्नेछु भनेर चाहिँ भन्दैनन्। तिनीहरूमा समर्पित हुने आशय बिलकुलै हुँदैन। कसैले तिनीहरूबाट जे माग गरे पनि, तिनीहरू कठिनाइहरूको कुरा गरिरहन्छन्, मानौँ यदि तिनीहरूले यसरी बोलेर त्यस व्यक्तिलाई निःशब्द बनाउन सके भने, तिनीहरूले जित्नेछन् र आफ्नो पक्ष बलियो बनाउनेछन्, र त्यसपछि तिनीहरूको काम सम्पन्न हुनेछ। यो व्यक्ति कस्तो किसिमको प्राणी हो? तैँले समस्या सिर्जना गर्न सक्, वा कठिनाइ र समस्याहरू औँल्याउन सक् भनेर तँलाई अगुवा वा कामदार बनाइएको थिएन—तैँले समस्याहरूलाई समाधान गर्न र कठिनाइहरूलाई सम्हाल्न सक् भनेर बनाइएको थियो। यदि तँ आफ्नो काममा साँच्चिकै सक्षम छस् भने, समस्या र कठिनाइका उठान गरेपछि, तैँले तिनलाई सिद्धान्तहरू अनुसार यसरी सम्हाल्ने र समाधान गर्ने थिएँ भनेर भन्ने थिइस्। झूटा अगुवाहरूले नाराहरू फलाक्न, धर्मसिद्धान्त प्रचार गर्न, ठूला कुरा गर्न, र वस्तुगत तर्क र बहानाहरूबारे बोल्न मात्र सक्छन्—तिनीहरूमा वास्तविक कार्य सामर्थ्य बिलकुलै हुँदैन, अनि भेटीहरूको व्यवस्थापनमा पनि, तिनीहरू सिद्धान्तहरूअनुसार कार्य गर्न वा आफ्नो जिम्मेवारी पूरा गर्न त्यसरी नै असक्षम हुन्छन्। तिनीहरू यति कमजोर दिमाग भएका र असक्षम छन्, तैपनि तिनीहरूलाई अझै अब तिनीहरू अगुवा वा कामदार भएकाले, तिनीहरूसँग विशेषाधिकारहरू र हैसियत छ, विशिष्ट पहिचान छ, र तिनीहरू भेटीहरूका मालिक र प्रयोगकर्ता हुन् भन्ने लाग्छ। यस किसिमको झूटो अगुवाले भेटीहरू खर्च गर्ने विशेषाधिकार कसरी उपभोग गर्ने भन्ने मात्र जानेको हुन्छ—उसले भेटीहरूको अनुचित र जथाभाबी खर्चका कुनै पनि घटनाहरू देख्न वा पत्ता लगाउन सक्दैन, र तिनलाई देखे पनि तिनलाई सम्हाल्नका लागि केही पनि गर्दैन। उसले किन यस्तो गर्छ? किनभने उसले अगुवा वा कामदार बनेसँगै आउने श्रेष्ठताको भावनाको उपभोग गर्न मात्र जानेको हुन्छ—उसले अगुवा र कामदारहरूबाट परमेश्वरले गर्नुहुने मागहरू वा परमेश्वरको घरको काम गर्ने सिद्धान्तहरू बिलकुलै बुझेको हुँदैन। ऊ केही काम नलाग्ने हुन्छ, केवल रद्दी हुन्छ, र कमजोर दिमाग भएको व्यक्ति हुन्छ। के त्यस्ता अन्योलमा परेका मानिसहरूले अझै पनि हैसियतका लाभहरू उपभोग गर्ने चाहना गर्नु वाक्कलाग्दो कुरा होइन र? हामीले गरेको यस किसिमको झूटो अगुवाको खुलासामार्फत तिमीहरूले के बुझेका छौ? यस किसिमको व्यक्ति अगुवा वा कामदार बन्नेबित्तिकै, उसले भेटीहरूका सम्बन्धमा षडयन्त्रहरू रच्न चाहन्छ, र उसको नजर भेटीहरूमा नै अडिएको हुन्छ। एक नजरमै, उसले लामो समयदेखि रवाफी तरिकाले पैसा खर्च गर्ने र भेटीहरू फजुलमा उडाउने लालसा गर्दै आएको छ भनेर भन्न सकिन्छ। अब, अन्ततः उसले त्यो मौका पाएको छ; उसले स्वेच्छाचारी रूपमा त्यसरी पैसा खर्च गर्न, र परमेश्वरको भेटीलाई आफ्नो चाहनाअनुसार प्रयोग गर्न, जुन चीजहरूका लागि उसले काम गरेको छैन ती उपभोग गर्न सक्छ। उसको लोभी साँचो रङ्ग यसरी पूर्ण रूपमा खुलासा हुन्छ। के तिमीहरूले विगत र वर्तमानका, अगुवा र कामदारहरूमाझ त्यस्ता मानिसहरू देख्छौ? तिनीहरूले सधैँ अगुवा र कामदारहरूका जिम्मेवारीहरू र परिभाषालाई गलत रूपमा व्याख्या गर्छन्, अनि अगुवा वा कामदार बन्नेबित्तिकै, तिनीहरूले आफूलाई परमेश्वरको घरका मालिक ठान्छन्, तिनीहरूले आफूलाई धर्मगुरुहरूको दर्जामा सूचीकृत गर्छन्, र तिनीहरूले आफूलाई विशिष्ट व्यक्ति ठान्छन्। के यो अलि कमजोर दिमाग होइन र? कोही अगुवा वा कामदार बन्नेबित्तिकै, ऊ उप्रान्त भ्रष्ट मानव नरहने हो र? के ऊ तुरुन्तै पवित्र पारिएको व्यक्तिमा परिणत हुने हो र? तिनीहरू अगुवा बनेपछि, तिनीहरूले आफू को हुँ भनेर चिन्न छोड्छन्, र तिनीहरू आफूले भेटीहरू उपभोग गर्नुपर्छ भन्ने सोच्छन्—के त्यस्ता मानिसहरू कमजोर दिमागका हुँदैनन् र? त्यस्ता मानिसहरू पक्कै पनि कमजोर दिमागका हुन्छन्, तिनीहरूमा सामान्य मानवताको समझ हुँदैन। हामीले यसरी सङ्गति गरिसकेपछि पनि, तिनीहरूलाई अझै अगुवा र कामदारहरूका कर्तव्य र जिम्मेवारीहरू के-के हुन् भन्ने थाहा हुँदैन। निश्चित रूपमा त्यस्ता अगुवा र कामदारहरू हुन्छन्, र त्यस्ता मानिसहरूका प्रकटीकरणहरू अत्यन्तै स्पष्ट र प्रकटित हुन्छन्।
भेटीहरू सुरक्षित गर्ने सम्बन्धमा विभिन्न किसिमका झूटा अगुवाहरूका प्रकटीकरणहरू मूलतः यिनै हुन्। अझ गम्भीर समस्याहरू भएकाहरू झूटा अगुवाहरूको वर्गमा पर्दैनन्—तिनीहरू ख्रीष्टविरोधी हुन्। त्यसैले, तिमीहरूले यो दायराबारे राम्रो बोध प्राप्त गर्नुपर्छ। यदि कोही झूटो अगुवा हो भने, ऊ त्यही नै हो—उसलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गर्न मिल्दैन। मानवता, कार्यहरू, प्रकटीकरणहरू, र सारका सन्दर्भमा ख्रीष्टविरोधीहरू झूटा अगुवाहरूभन्दा ज्यादै खराब हुन्छन्। अधिकांश झूटा अगुवाहरूमा कमजोर क्षमता हुन्छ, तिनीहरू कमजोर दिमागका हुन्छन्, तिनीहरूमा कार्य सामर्थ्यको कमी हुन्छ, तिनीहरूको बुझाइ विकृत हुन्छ र तिनीहरूमा आत्मिक बुझाइ हुँदैन, तिनीहरूको चरित्र नीच हुन्छ, तिनीहरू स्वार्थी र दुष्ट हुन्छन्, र तिनीहरूको हृदय सही ठाउँमा हुँदैन। यसले तिनीहरूलाई भेटीहरू सुरक्षित गर्ने सम्बन्धमा वास्तविक काम गर्न सक्षम नहुने र नगर्ने तुल्याउँछ, र त्यसले भेटीहरूको समझदारीपूर्ण व्यवस्थापन र उचित संरक्षणलाई असर पार्छ। झूटा अगुवाहरू आफ्ना जिम्मेवारीबाट च्युत हुने, तिनीहरूले वास्तविक काम नगर्ने, र परमेश्वरको घरका सिद्धान्त र मागहरूअनुरूप काम नगर्ने हुनाले भेटीहरूको एक भाग दुष्ट मानिसहरूको हातमा समेत पर्छ—यस किसिमको समस्या पनि धेरै नै आउँछ। भेटीहरू सुरक्षित गर्ने काममा झूटा अगुवाहरूका विभिन्न प्रकटीकरणहरू मूलतः यसरी खुलासा हुन्छन्: तिनीहरूको चरित्र नीच हुन्छ, तिनीहरू स्वार्थी र दुष्ट हुन्छन्, तिनीहरूको बुझाइ विकृत हुन्छ, तिनीहरूमा कार्य सामर्थ्यको कमी हुन्छ, तिनीहरूको क्षमता कमजोर हुन्छ, तिनीहरूले सत्यता सिद्धान्तहरूको खोजी बिलकुलै गर्दैनन्, साथै तिनीहरू लाटा र कमजोर दिमागका मानिसहरू जस्तै हुन्छन्। कतिपयले यसो भन्न सक्छन्, “हामी तपाईँले खुलासा गर्नुभएका अन्य सबै प्रकटीकरणहरूलाई मान्छौँ, तर यदि तिनीहरू लाटा र कमजोर दिमागका छन् भने, तिनीहरू कसरी अगुवा बन्न सक्थे त?” के तिमीहरू कतिपय अगुवा र कामदारहरू लाटा र कमजोर दिमागका छन् भन्ने कुरा मान्छौ? के त्यस्ता मानिसहरू हुन्छन्? कतिपयले यसो भन्न सक्छन्, “तपाईँ हामीलाई अत्यन्तै कम सोच्नुहुन्छ। हामी सबै कलेज वा उच्च शिक्षा पार गरेका आधुनिक मानिस हौँ—यो समाज र मानवजातिका सम्बन्धमा हामीसँग खुट्ट्याउने उत्कृष्ट शक्तिहरू छन्। हामी कमजोर दिमाग भएको व्यक्तिलाई कसरी हाम्रो अगुवा हुन छनोट गर्न सक्छौँ र? सम्भवतः त्यस्तो हुनै सक्दैन!” त्यसमा असम्भव कुरा के छ? तिमीहरूमध्ये अधिकांश कमजोर दिमागका छौ, र अपर्याप्त बुद्धिमत्ताका पनि छौ, त्यसैले तिमीहरूले कमजोर दिमाग भएको व्यक्तिलाई सजिलै अगुवा हुन छनोट गर्न सक्छौ। म किन तिमीहरूमध्ये धेरैजसो कमजोर दिमागका छौ भनेर भन्छु? किनभने तिमीहरूले जति नै अनुभव गरेका भए पनि, तिमीहरूमध्ये धेरैजसोले कामकुराको सार छर्लङ्गै देख्न सक्दैनौ र सिद्धान्तहरू बोध गर्न सक्दैनौ। तिमीहरूले वर्षौँसम्म प्रावधानहरू मात्र पालना गरिरहन सक्छौ, कुनै फेरबदल नगरी बारम्बार उही तरिका अपनाउन सक्छौ, चाहे जसरी सत्यता सङ्गति गरे पनि तिमीहरू सिद्धान्तहरू बोध गर्न असक्षम नै रहन्छौ। यहाँ समस्या के हो? तिमीहरूको क्षमता अत्यन्तै कमजोर छ। तिमीहरूले समस्याहरूको सार वा जडलाई छर्लङ्गै देख्न सक्दैनौ, साथै कामकुराहरूको विकासको ढाँचा पत्ता लगाउन सक्दैनौ, कामकुरा गर्दा हुनुपर्ने सिद्धान्तहरू पालना गर्न त झनै सक्दैनौ—यसलाई कमजोर दिमागको हुनु भनिन्छ। तिमीहरू सबैलाई आफ्ना कर्तव्यहरूसँग सम्बन्धित कामकुराका सिद्धान्तहरू बोध गर्न कति समय लाग्छ? कतिपय मानिसहरूले लेखन-पठनको काम गरेको कैयौँ वर्ष भइसक्यो, तर अहिले पनि, तिनीहरूले लेख्ने सबै लेख र पटकथाहरू अझै खोक्रो शब्दहरू नै हुन्, तिनीहरूले अझै पनि सिद्धान्तहरू बोध गर्न सक्दैनन्, र वास्तविकता के हो, वा कुनै वास्तविक कुरा कसरी भन्ने भनेर जानेका हुँदैनन्। यो अत्यन्तै कमजोर क्षमता र अत्यन्तै कम बुद्धिमत्ता हुनु हो। के तिमीहरूले तिमीहरूसँग भएको बुद्धिमत्ताद्वारा कमजोर दिमाग भएको व्यक्तिलाई सजिलै अगुवा हुन छनौट गर्न सक्नेथिएनौ र? अनि तिमीहरूले तिनीहरूलाई छनौट गर्ने मात्र होइन, आफ्नो हृदय पनि तिनीहरूमा लगाउनेथियौ। जब तिनीहरूलाई बर्खास्त गरिनुपर्थ्यो, तैँले त्यस्तो होस् भन्ने चाहनेथिइनस्। दुई वर्षपछि, जब तैँले तिनीहरूलाई छर्लङ्गै देखेको र तिनीहरूबारे बुझाइ प्राप्त गरेको हुनेथिइस्, तब मात्र तैँले तिनीहरू झूटो अगुवा हुन् भनेर खुट्ट्याउन सक्नेथिइस्, तर त्यो बेलामा, तँलाई जे भनिए पनि, तैँले तिनीहरूलाई बर्खास्त हुन दिनेथिइनस्। के तँ तिनीहरूभन्दा पनि कमजोर दिमागको छैनस् र? म किन कतिपय अगुवा र कामदारहरूको बुद्धिमत्ता अपर्याप्त हुन्छ भनेर भन्छु? किनभने तिनीहरूले सबैभन्दा सरल काम मात्र गर्न जानेका हुन्छन्। जब अलि जटिल कामको कुरा आउँछ, तिनीहरूले त्यो कसरी गर्ने भनेर जान्दैनन्, जब तिनीहरूले सानो कठिनाइ सामना गर्छन्, तिनीहरूले त्यसलाई सम्हाल्न जान्दैनन्, अनि जब तिनीहरूलाई एउटा अतिरिक्त काम दिइएको हुन्छ, तिनीहरूलाई के गर्ने भन्ने नै थाहा हुँदैन। के यो तिनीहरूको बुद्धिमत्ताको समस्या होइन र? के यस्ता अगुवाहरू तिमीहरूद्वारा नै चुनिएका होइनन् र? अनि तिमीहरू चाहिँ तिनीहरूको प्रशंसामा लम्पसार पर्छौ: “उनीहरूले प्रेम जोडी नखोजी परमेश्वरमा विश्वास गर्छन्, र उनीहरूले परमेश्वरप्रति आफूलाई बीस वर्षभन्दा बढी समर्पित गरेका छन्। उनीहरूमा दुःख सहने सङ्कल्प छ, ठीक हो, र उनीहरू आफ्नो कामबारे साँच्चिकै गम्भीर छन्।” “तर, के उनीहरूले आफ्ना काममा सिद्धान्तहरू बुझ्छन् त?” “यदि उनीहरूले नै बुझ्दैनन् भने कसले बुझ्छ?” अनि तिनीहरूको काम निरीक्षण गर्दा त्यो पूर्ण रूपमा अस्तव्यस्त भएको पाइन्छ—तिनीहरू कुनै पनि काम कार्यान्वयन गर्न सक्षम हुँदैनन्। तिनीहरूलाई तिनीहरूका कामका सिद्धान्तहरू बताइएको हुन्छ, तर तिनीहरूले त्यो कसरी गर्ने भनेर कहिल्यै जान्दैनन्। तिनीहरू प्रश्नहरू मात्र सोधिरहन्छन्, र सिधै नभनिएसम्म तिनीहरूलाई के गर्नुपर्छ भन्ने थाहा हुँदैन। तिनीहरूलाई सिद्धान्तहरू बताउनु भनेको केही पनि नभन्नु सरह हो; सिद्धान्तहरू एक-एक गरी सूचीकृत गरिएका भए पनि, तिनीहरूले काम कसरी कार्यान्वयन गर्ने भनेर अझै पनि थाहा पाउनेछैनन्। के यस्ता अगुवाहरू छन्? तिनीहरूलाई सिद्धान्तहरू चाहे जसरी बताइए पनि, तिनीहरूले ती बुझ्दैनन्, र तिनीहरू काम कार्यान्वयन गर्न सक्षम हुँदैनन्। उही वचनहरू वा कामकुराबारे कैयौँ पटक तिनीहरूसँग सङ्गति गर् वा तिनीहरूलाई निर्देश दे, र अझै पनि, तिनीहरूले बुझ्नेछैनन्, अनि पछि उक्त समस्या पूर्णतया अनसुल्झा नै रहनेछ—तिनीहरूले अझै पनि के गर्ने भनेर सोध्नेछन्, र एउटा मात्र हरफ छुट्यो भने काम लाग्नेछैन। के तिनीहरू कमजोर दिमाग भएकाहरू होइनन् र? के यी कमजोर दिमाग भएका अगुवाहरू तिमीहरूद्वारा नै छनौट गरिएका होइनन् र? (हुन्।) तिमीहरूले त्यो नकार्न सक्दैनौ, सक्छौ त? त्यस्ता अगुवाहरू पक्कै पनि हुन्छन्।
आज हामीले सङ्गति गरिरहेको झूटा अगुवाहरूका विभिन्न प्रकटीकरणहरू मुख्यगरी भेटीहरूको व्यवस्थापन गर्ने कामसँग सम्बन्धित छन्। झूटा अगुवाहरूका विभिन्न प्रकटीकरणहरूबारे हामीले गरेको खुलासामार्फत, मानिसहरूले भेटीहरूको व्यवस्थापन गर्नु अगुवा र कामदारहरूका लागि एउटा महत्त्वपूर्ण काम हो, र तिनीहरूले यसलाई बेवास्ता गर्नु हुँदैन भन्ने कुरा थाहा पाउनुपर्छ। यो सामान्य मामलासम्बन्धी काम अन्य कामभन्दा फरक भए पनि, यो परमेश्वरको घरको अन्य कामको सामान्य सञ्चालनसँग सम्बन्धित छ। त्यसैले, भेटीहरू व्यवस्थापन गर्नु निकै महत्त्वपूर्ण, निर्णायक काम हो। यो कसरी महत्त्वपूर्ण छ? भेटीहरूको व्यवस्थापन गर्ने काममा सुरक्षित गरिएका वस्तुहरू परमेश्वरका हुन्—अलि अनुचित तरिकाले भन्नुपर्दा, ती वस्तुहरू परमेश्वरका व्यक्तिगत सम्पत्ति हुन्, त्यसैले अगुवा र कामदारहरू यो कामका सम्बन्धमा अझ बढी एकनिष्ठ, विवेकशील, र लगनशील हुनुपर्छ। यदि हामी यो कामलाई यसको प्रकृतिका आधारमा हेरिरहेका छौँ भने, मलाई त्यसलाई प्रशासनिक कामको सूचिअन्तर्गत राख्नु अत्युक्ति हुन्छ भन्ने लाग्दैन। हामीले यसलाई प्रशासनिक कामको वर्गअन्तर्गत सूचीकृत गर्नुको कारण के हो भने यो काम गर्नु परमेश्वरप्रति र उहाँको सम्पत्तिप्रति मानिसहरूका मनोवृत्तिसँग सम्बन्धित हुन्छ। त्यसैले, मानिसहरूले यो काम गर्दा सही मनोवृत्ति राख्न र सही सिद्धान्तहरू बोध गर्न जरुरी छ। हामीले यसलाई प्रशासनिक कामकै वर्गमा राख्नुको कारण भनेको अगुवा र कामदारहरूलाई यो काम गर्न अत्यन्तै महत्त्वपूर्ण छ, साथै यो काम निकै वजनदार कार्य र निकै गह्रौँ बोझ हो भनी बुझाउनका लागि हो। यसको उद्देश्य भनेको तिनीहरूलाई यसलाई नियमित सामान्य मामलासम्बन्धी कामका रूपमा लिनु हुँदैन—तिनीहरूसँग यो कामको महत्त्वबारे सही, गहन ज्ञान हुनैपर्छ, र त्यसपछि त्यस सम्बन्धमा एकनिष्ठ, विवेकशील, र लगनशील हुनुपर्छ भनी बुझाउनु हो। मानिसहरूले अरू मानिसहरूप्रति ध्यान नदिन सक्छन्—गल्तीहरू भए पनि, त्यो ठूलो समस्या हुँदैन। तर म मानिसहरूलाई तिनीहरूले परमेश्वरसँग व्यवहार गर्दा अलमल्ल नहुन, झाराटारुवा नहुन, र मुख मात्र चलाउने तर काम चाहिँ नगर्ने नहुन आग्रह गर्छु। भेटीहरूको व्यवस्थापन गर्ने काम राम्रोसँग गर्नु परमेश्वरले अगुवा र कामदारहरूलाई दिनुभएको एउटा महत्त्वपूर्ण आज्ञा हो।
मे ८, २०२१
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।