अगुवा र कामदारहरूका जिम्मेवारीहरू (१२) खण्ड तीन
ई. भेटीहरूको ठेगाना, साथै तिनका संरक्षकहरूका विभिन्न परिस्थितिहरू तत्काल पत्ता लगाउने
भेटीहरूको खर्चको स्थिति निरीक्षण गर्ने र अनुचित खर्चहरू समाधान गर्नेबाहेक, अगुवा र कामदारहरूको अर्को सबैभन्दा महत्त्वपूर्ण कार्य पनि छ: तिनीहरूले भेटीहरू कहाँ छन्, साथै तिनका संरक्षकहरूका विभिन्न परिस्थितिहरू के-कस्ता छन् भनेर तुरुन्तै पत्ता लगाउनुपर्छ। यसको उद्देश्य भनेको दुष्ट मानिसहरू, शङ्कास्पद युक्तिहरू बोकेका मानिसहरू, र लालची हृदय भएका मानिसहरूलाई हेलचेक्र्याइँको फाइदा उठाएर भेटीहरू कब्जामा लिन नदिनु हो। कतिपय मानिसहरूले परमेश्वरको घरसित धेरै चीजहरू भएको, र केही चीजहरूको निगरानी गर्ने वा अभिलेख राख्ने कोही पनि नभएको देख्छन्, त्यसैले तिनीहरू सधैँ तिनलाई कहिले आफ्नै निजी सम्पत्ति बनाउने, र आफ्नै प्रयोजनका लागि राख्ने भनेर सोचिरहेका हुन्छन्। यस्ता मानिसहरू जताततै हुन्छन्। कत्ति मानिसहरू बाहिरी रूपमा अरूको फाइदा नउठाउने र भौतिक वस्तु वा पैसाप्रति ठूलो चाहना नराख्ने जस्ता देखिन्छन्, तर त्यो त परिस्थिति र अवस्थाहरू सही नभएर मात्र भएको हुन्छ—यदि सुरक्षाका लागि साँच्चिकै भेटीहरू तिनीहरूको हातमा थम्याउने हो भने, तिनीहरूले तिनलाई मज्जाले कब्जा गर्न सक्छन्। कतिपयले सोध्छन्, “तर ऊ पहिले त अत्यन्तै राम्रो व्यक्ति थियो: ऊ लालची थिएन, र उसको चरित्र ठिकै थियो—त्यसैले उसका हातमा केही भेटीहरू राख्दैमा किन उसको प्रकाश भयो?” यो तैँले यस्ता मानिसहरूसँग धेरै समय नबिताएको, तिनीहरूबारे गहिरो बुझाइमा नपुगेको, र तिनीहरूको प्रकृति सार छर्लङ्गै नदेखेको कारणले भएको हो। यदि तैँले तिनीहरू त्यस किसिमका व्यक्ति हुन् भनेर चाँडै थाहा पाएको हुन्थिस् भने, भेटीहरू दुष्ट मानिसहरूको कब्जामा पर्ने दुर्भाग्य नै आइपर्नेथेन। त्यसैले, भेटीहरू दुष्ट मानिसहरूको हातमा पर्न नदिनका निम्ति, अगुवा र कामदारहरूको अर्को अझै महत्त्वपूर्ण कार्य हुन्छ: भेटीहरू रहेको ठाउँ र तिनका संरक्षकहरूका विभिन्न परिस्थितिहरूबारे तुरुन्तै पत्ता लगाउनु र जानकारी अद्यावधिक राख्नु। मानौँ कुनै व्यक्तिको स्वामित्वमा व्यवस्थापन गर्नका लागि केही सय वा केही हजार युआन छ रे, अनि यदि ऊसँग थोरै भए पनि विवेक छ भने, उसले त्यसलाई हिनामिना गर्नेछैन—तर यदि त्यो दसौँ वा सयौँ हजार हुन्थ्यो भने, अधिकांश मानिसहरूलाई भरोसा गर्न सकिने थिएनन्, यो खतरनाक हुनेथ्यो, र तिनीहरूको मन बदलिन सक्छ। तिनीहरूको मन कसरी बदलिन सक्छ? केही सय वा हजारले मानिसहरूको मन बहकाउने सम्भावना हुँदैन, तर दसौँ वा सयौँ हजार छ भने, त्यसले तिनीहरूको मन सजिलै बहकाउन सक्छ। “यति धेरै त मैले कैयौँ जीवनकालमा पनि कमाउन सक्दिनँ, र अहिले यो मेरो हातमा छ—यदि यो मेरो भएको भए मेरो हालत कति राम्रो हुन्थ्यो होला!” तिनीहरूले यसबारे मनमा कुरा खेलाउँछन्: “मलाई यस्ता सोचहरूबारे ग्लानि महसुस हुँदैन—त्यसैले वास्तवमै परमेश्वर हुनुहुन्छ कि हुनुहुन्न? परमेश्वर कहाँ हुनुहुन्छ? मलाई यस्ता सोचहरू आइरहेका छन् भनेर कसैलाई थाहा नभएको होइन र? कसैलाई पनि थाहा छैन, र मलाई ग्लानि वा नराम्रो महसुस हुँदैन—के यसको अर्थ परमेश्वर नै हुनुहुन्न भन्ने त होइन? मतलब, यदि मैले यो पैसा आफैसित राखेँ भने, के मैले कुनै दण्ड वा प्रतिशोध सामना गर्नु नपर्ने हो? के त्यसका कुनै परिणामहरू हुने छैनन्?” के यो व्यक्तिको मन बदलिने क्रममा छैन र? के उसका हातमा भएका भेटीहरू खतरामा छैनन् र? (छन्।) यसबाहेक, भेटीहरू व्यवस्थापन गर्ने कतिपय मानिसहरू निकै असल हुन्छन्, परमेश्वरमाथिको तिनीहरूको विश्वासमा तिनीहरूसँग जग हुन्छ र तिनीहरू आफ्ना कार्यमा बफादार हुन्छन्, र तिनीहरूलाई दसौँ वा सयौँ हजार युआनको सुरक्षा गर्न दिइए पनि, तिनीहरूले त्यो काम राम्रोसँग गर्न सक्छन्, र तिनीहरूले त्यसलाई हिनामिना नगर्ने सुनिश्चित हुन्छ। तर तिनीहरूका परिवारमा केही गैरविश्वासीहरू पनि हुन्छन्, अनि ती मानिसहरूले पैसा देखेपछि तिनीहरूका आँखाहरू ब्वाँसोले आफ्नो सिकारलाई हेर्दा जस्तै राता बन्छन्। दसौँ वा सयौँ हजारको कुरा त बिर्सिदे—यदि पैसा देखेमा, तिनीहरूले एक हजार युआन पनि आफ्नो गोजीमा हाल्छन्। तिनीहरूले त्यो कसको हो भन्ने कुराको वास्ता गर्दैनन्; तिनीहरूले त्यो जसले गोजीमा हाल्न सक्छ, जसले पहिला थुत्छ, त्यो उसैको हुन्छ भन्ने विश्वास गर्छन्। यदि भेटीहरू सुरक्षित गर्ने व्यक्तिको वरपर यस्ता दुष्ट ब्वाँसाहरू छन् भने, के भेटीहरू जहाँ पनि र जुनसुकै समयमा कब्जामा पर्ने खतरा हुँदैन र? के यस्तो परिस्थिति आउन सक्छ? (सक्छ।) यदि अगुवा र कामदारहरू लापरवाह छन् र तिनीहरूमा जिम्मेवारीबोध छैन, अनि भेटीहरू त्यस्तो खतरनाक परिस्थितिमा हुँदा पनि तिनीहरूले त्यो देख्दै देख्दैनन् वा गएर त्यसबारे जानकारी लिने र त्यसलाई छानबिन गर्ने गर्दै गर्दैनन् भने, के त्यो खतरनाक होइन र? जुनसुकै स्थान र जुनसुकै समयमा केही गलत कुरा हुन सक्छ। अनि अर्को किसिमको परिस्थिति पनि छ: कतिपय संरक्षकहरूले आफ्नो घरमा पैसा र विभिन्न सरसामान दुवैको सुरक्षा गर्छन्, साथै तिनीहरूले त्यहाँ दाजुभाइ-दिदीबहिनीहरू र अगुवा र कामदारहरूको अतिथिसत्कार पनि गर्छन्। यो अस्थायी रूपमा तुलनात्मक रूपले सुरक्षित हुन सक्छ, तर के दीर्घकालीन रूपमा भेटीहरू त्यहाँ राख्नु उचित हुन्छ त? (हुँदैन।) ती भेटीहरूको सुरक्षा गर्ने व्यक्ति उपयुक्त भए पनि वातावरण र अवस्थाहरू बिलकुलै उपयुक्त हुँदैनन्। कि त तिनीहरूले अतिथिसत्कार गरिरहेका मानिसहरू हटाइनुपर्छ, कि त भेटीहरू त्यहाँबाट अन्यत्र लगिनुपर्छ। यदि अगुवा र कामदारहरूले न त यो कामको जाँचबुझ गर्छन् न त यससम्बन्धी आफ्नो जिम्मेवारी नै पूरा गर्छन् भने, जुनसुकै स्थान र जुनसुकै समयमा केही गलत कुरा हुन सक्छ; भेटीहरूमा जुनसुकै स्थान र जुनसुकै समयमा नोक्सानी हुन सक्छ र ती दुष्ट पिशाचहरूको हातमा पर्न सक्छन्। अर्को प्रकारको परिस्थिति पनि हुन्छ: कत्ति मण्डलीहरू शत्रुवत् वातावरणमा हुन्छन् जहाँ मानिसहरू प्रायः पक्राउ परिरहेका हुन्छन्, र यसकारण, भेटीहरू सुरक्षित गरिने घरहरूको ठेगाना कसैले भनिदिने, र ठूलो रातो अजिङ्गरद्वारा छापा मारिने र खानतलास गरिने ठूलो सम्भावना हुन्छ—भेटीहरू कुनै पनि समय दुष्ट पिशाचहरूद्वारा लुटिन सक्छन्। के त्यस्ता ठाउँहरू भेटीहरू राख्नका लागि उपयुक्त हुन्छन्? (हुँदैनन्।) त्यसोभए, यदि ती पहिले नै त्यहाँ राखिएका भए, के गरिनुपर्छ? तिनलाई तुरुन्तै अन्यत्र सारिनुपर्छ। कतिपय अगुवा र कामदारहरूले आफ्नो जिम्मेवारी पूरा गर्दैनन् र वास्तविक काम गर्दैनन्। तिनीहरूले ती कुराहरूको अनुमान गर्न वा तीबारे सोच्न सक्दैनन्, तिनीहरूलाई तीबारे सचेतनै हुँदैन, अनि केही नराम्रो हुन्छ र भेटीहरू दुष्ट पिशाचहरूले थुत्छन्, तब मात्र तिनीहरूले “हामीले त्यतिबेलै तिनलाई अन्यत्र सारेको भए हुन्थ्यो” भन्ने सोच्छन्, र यसरी नै थोरथोरै पछुतो मात्रै मान्छन्। तर यदि केही पनि नराम्रो भएन भने, अर्को दस वर्ष बितेपछि पनि तिनीहरूले भेटीहरू अन्यत्र सार्दैनन्। तिनीहरूले यो समस्याको कारण के-कस्ता गम्भीर परिणामहरू उत्पन्न हुन सक्छन् भन्ने कुरा देख्न सक्दैनन्, र तिनीहरूले यी कुराहरूलाई महत्त्व र आकस्मिकताका आधारमा प्राथमिकता दिन सक्दैनन्। अगुवा र कामदारहरूले यस्तो परिस्थिति सामना गर्दा तिनीहरूमा यसबारे प्रस्ट बुझाइ हुनुपर्छ: “भेटीहरू राखिने एउटा ठाउँ उपयुक्त छैन। त्यहाँको वातावरण अत्यन्तै खतरनाक छ, र त्यसकै छेउछाउ धेरै दाजुभाइ-दिदीबहिनीहरू पक्राउ परेका, पछ्याइएका, वा निगरानीमा राखिएका छन्। हामीले भेटीहरू त्यहाँबाट बाहिर निकाल्ने उपाय सोच्नुपर्छ। तिनलाई त्यहीँ छोडेर अरूले लैजान पर्खनुभन्दा तुलनात्मक रूपमा सुरक्षित स्थानमा सार्नु नै उत्तम हुनेछ।” जब भर्खरै कुनै एउटा परिस्थिति उत्पन्न भएको हुन्छ र जब तिनीहरूले भेटीहरू खतरामा परेको पूर्वानुमान गर्छन्, तब तिनीहरूले ती भेटीहरू तत्कालै अन्यत्र सार्नुपर्छ, ताकि तिनलाई ठूलो रातो अजिङ्गर पिशाच, अर्थात् दुष्ट दियाबलसद्वारा कब्जा गरिन र हसुरिनबाट जोगाउन सकियोस्। यही नै भेटीहरूको सुरक्षा सुनिश्चित गर्ने, र कुनै पनि जोखिम वा भुलचुक हुनबाट जोगाउने एकमात्र तरिका हो। यही नै अगुवा र कामदारहरूले गर्नुपर्ने काम हो। अलिकति खतराको सङ्केत देखिनेबित्तिकै, कोही पक्राउ पर्नेबित्तिकै, र कुनै परिस्थिति सिर्जना हुनेबित्तिकै, अगुवा र कामदारहरूले सुरुमा भेटीहरू सुरक्षित छन् कि छैनन्, ती दुष्ट मानिसहरूको हातमा पर्न, वा तिनीहरूको कब्जामा पर्न, वा दुष्ट पिशाचहरूद्वारा खोसिन सक्छन् कि सक्दैनन्, र भेटीहरूमा कुनै क्षति पुगेको छ कि छैन भनी सोच्नुपर्छ। तिनीहरूले तुरुन्तै भेटीहरूको सुरक्षा गर्ने उपायहरू अपनाउनुपर्छ। यही नै अगुवा र कामदारहरूको जिम्मेवारी हो। कतिपय अगुवा र कामदारहरूले यसो भन्न सक्छन्, “यी कामहरू गर्नका लागि हामीले जोखिमहरू मोल्नुपर्ने हुन्छ। के हामीले ती कामहरू नगर्न मिल्छ? के मानिसहरू नै हाम्रो पहिलो प्राथमिकता होइनन् र, यसको अर्थ भेटीहरूलाई पहिलो प्राथमिकतामा राख्न आवश्यक छैन, बरु मानिसहरूलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ, होइन र?” तिनीहरूको प्रश्नबारे तेरो विचार के छ? के यस्ता मानिसहरूमा मानवता हुन्छ? (हुँदैन।) भेटीहरू राम्रोसँग सुरक्षित गर्नु, तिनलाई राम्रोसँग व्यवस्थित गर्नु, र तिनलाई राम्रोसँग निगरानी गर्नु—यी एक असल प्रबन्धकले पूरा गर्नुपर्ने जिम्मेवारीहरू हुन्। अझ गम्भीर शब्दमा भन्नुपर्दा, तैँले आफ्नो जीवन नै बलि दिनु परे पनि त्यो सार्थक नै हुन्छ र तैँले गर्नुपर्ने पनि त्यही हो। त्यो तेरो जिम्मेवारी हो। मानिसहरू सधैँ “परमेश्वरका निम्ति मर्नु एक सार्थक मृत्यु हो” भनेर चिच्याइरहेका हुन्छन्। के मानिसहरू साँच्चिकै परमेश्वरका निम्ति मर्न इच्छुक हुन्छन् त? अहिले तँलाई परमेश्वरका निम्ति मर्न आग्रह गरिएको छैन; तैँले केवल भेटीहरू भरोसापूर्ण तरिकाले सुरक्षित गर्न अलिकति जोखिम लिनुपर्ने माग गरिएको छ। के तँ त्यो काम गर्न इच्छुक छस्? तैँले खुसीसाथ “इच्छुक छु” भन्नुपर्छ! किन? किनभने यो मानिसप्रतिको परमेश्वरको आज्ञा र माग हो, यो तैँले पन्छाउनै नमिल्ने जिम्मेवारी हो, र तैँले यसबाट उम्किने प्रयास गर्नु हुँदैन। तैँले परमेश्वरका निम्ति मर्न सक्छु भनेर दाबी त गरेकै छस्, तब भेटीहरू सुरक्षित गर्न तैँले किन अलिकति मूल्य तिर्न र अलिकति जोखिम लिन सक्दैनस्? के तैँले गर्नुपर्ने त्यही होइन र? यदि तैँले केही वास्तविक काम गर्दैनस्, तर परमेश्वरका निम्ति मर्छु भनेर सधैँ चिच्याइरहेको हुन्छस् भने, के ती शब्दहरू खोक्रा होइनन् र? अगुवा र कामदारहरूमा भेटीहरू सुरक्षित गर्ने कामबारे विशुद्ध बुझाइ हुनुपर्छ, र तिनीहरूले यो जिम्मेवारी वहन गर्नुपर्छ। तिनीहरूले यसबाट भाग्नु वा तर्किनु हुँदैन, र तिनीहरू आफ्नो जिम्मेवारीबाट पछि हट्नु हुँदैन। तँ अगुवा वा कामदार होस्, त्यसैले यो काम तँमाथि आइपर्ने कर्तव्यपरायण जिम्मेवारी हो। यो महत्त्वपूर्ण काम हो—के तँ केही जोखिम लिएर भए पनि, आफ्नो जीवन दाऊमा राखेर भए पनि, यो काम गर्न इच्छुक छस्? के तैँले यसो गर्नुपर्छ? (गर्नुपर्छ।) तँ यसो गर्न इच्छुक हुनुपर्छ; तैँले यो जिम्मेवारी इन्कार्नै हुँदैन। यो मानिसबाट परमेश्वरले गर्नुहुने माग र उहाँले मानिसलाई दिनुहुने आज्ञा हो। परमेश्वरले तँलाई उहाँको सबैभन्दा न्यूनतम माग र आज्ञा बताउनुभएको छ—यदि तँ यसलाई अघि बढाउन इच्छुकसमेत छैनस् भने, तैँले केचाहिँ गर्न सक्छस् त?
अगुवा र कामदारहरूले भेटीहरू सुरक्षित गर्ने र खर्च गर्ने काम सकेसम्म सावधानीपूर्वक र ठोस रूपमा गर्नुपर्छ। उनीहरूले त्यसमा लापरवाही गर्नु हुँदैन, त्यसलाई अरू कसैको सरोकारको विषय भएझैँ व्यवहार गर्ने र जिम्मेवारी इन्कार्ने गर्नु त झनै हुँदैन। यी कुराहरूका हकमा, अगुवा र कामदारहरूले व्यक्तिगत रूपमै परीक्षण कार्य अघि बढाउनुपर्छ, संलग्न हुनुपर्छ, र जानकारीहरू लिनुपर्छ, र तिनलाई व्यक्तिगत रूपमै सम्हाल्ने समेत गर्नुपर्छ, ताकि दुष्ट मानिसहरू र कमजोर मानवता भएका मानिसहरूलाई बेवास्ताको फाइदा उठाउँदै विनाश पैदा गर्नबाट रोक्न सकियोस्। तैँले यो काम जति सावधानीपूर्वक गर्छस्, दुष्ट मानिसहरू र खराब मानिसहरूले बेवास्ताहरूको फाइदा उठाउने अवसर त्यति नै कम पाउनेछन्; तैँले जति विस्तृत सोधपुछहरू गर्छस् र तेरो व्यवस्थापन जति कडा छ, अनुचित खर्च, र पैसा उडाउने र खेर फाल्ने घटनाहरू त्यति नै कम हुनेछन्। कतिले भन्छन्, “के यसो गर्नु परमेश्वरको घरको पैसा बचत गर्नलाई हो? के परमेश्वरको घरसित पैसाको अभाव छ? यदि छ भने, म अझै थप चढाउनेछु।” त्यही भइरहेको हो त? (होइन।) यो अगुवा र कामदारहरूको जिम्मेवारी हो, यो मानिससँग गरिने परमेश्वरको माप हो, र यो अगुवा र कामदारहरूले यो काम गर्दा पालना गर्नुपर्ने सिद्धान्त हो। परमेश्वरको विश्वासीका रूपमा र परमेश्वरको घरमा प्रबन्धकको भूमिका लिएको व्यक्तिका रूपमा, भेटीहरूप्रति तँमा जिम्मेवारी लिने र कडा परीक्षण गर्ने मनोवृत्ति हुनुपर्छ; नत्र, तँ यो काम गर्न योग्य छैनस्। यदि तँ जिम्मेवारीबोध नभएको र सत्यता नपछ्याउने साधारण विश्वासी भएको भए, तैँले यी कामकुराहरू गर्नुपर्ने नै थिएन। तँ एक अगुवा वा कामदार होस्; यदि तँमा यो जिम्मेवारीबोध छैन भने, तँ अगुवा वा कामदार हुन योग्य छैनस्, र तैँले अगुवा वा कामदार भएर सेवा गरे पनि, तँ गैरजिम्मेवार झूटो अगुवा वा झूटो कामदार होस्, र ढिलोचाँडो तँलाई हटाइनेछ। पूर्णतया जिम्मेवारीबोधको कमी हुने ती सबै परमेश्वरको घरको कामको बिलकुलै रक्षा नगर्ने मानिसहरू हुन्—तिनीहरू सबैमा अलिकति पनि विवेक र समझ हुँदैन। यस्ता मानिसहरूले कसरी कर्तव्यहरू निर्वाह गर्न सक्छन् होला र? तिनीहरू सबै अविवेकी रद्दी हुन्—तिनीहरू तुरुन्तै परमेश्वरको घर छोडेर जुन संसारका हुन्, त्यहीँ फर्कनुपर्छ!
यदि हामीले भेटीहरूसम्बन्धी सामान्य ज्ञान, साथै भेटीहरू सुरक्षित गर्नेसम्बन्धी सत्यताहरू र मानिसहरूले अभ्यास गर्नुपर्ने सिद्धान्तहरूबारे यसरी नै सङ्गति नगरेका भए, के तिमीहरू यी कुराहरूबारे अस्पष्ट हुन्थेनौ र? (हुन्थ्यौँ।) जब मानिसहरू सटीक सिद्धान्तहरूबारे अस्पष्ट हुन्छन्, के तिनीहरूले आफ्ना केही जिम्मेवारी पूरा गर्न सक्छन्? के तिनीहरूले आफ्नो जिम्मेवारी पूरा गर्दै आएका हुन्छन्? के अधिकांश मानिसहरूले “म कुनै पनि हालतमा परमेश्वरका भेटीहरूको लालच गर्दिनँ, म तिनलाई हिनामिना वा दुरुपयोग गर्दिनँ, बरु तिनको राम्रो निगरानी गर्छु र मानिसहरूलाई स्वेच्छाचारी रूपमा ती खर्च गर्न दिन्नँ—त्यो नै काफी छ” भन्ने सबैभन्दा सतही सिद्धान्तअनुसार चल्दै आएका छैनन् र? के यो सत्यताको अभ्यास हो? के यो आफ्नो जिम्मेवारी पूरा गर्नु हो? (होइन।) यदि अधिकांश मानिसहरूको ज्ञान यो मानकभन्दा बढी छैन भने, यो विषय साँच्चिकै सङ्गति गर्न योग्य छ। यो सङ्गतिमार्फत, के अब तिमीहरूले भेटीहरू सुरक्षित गर्ने तरिका अनि तिनलाई सुरक्षित गर्दा आफूमा हुनुपर्ने मनोवृत्ति र ज्ञानबारे अलि बढी बोध र बुझाइ प्राप्त गरेका छौ? (हजुर।) हामी भेटीहरूसँग सम्बन्धित सत्यताहरू र भेटीहरूप्रति कसरी व्यवहार गर्ने र तिनलाई कसरी व्यवस्थापन गर्ने भन्ने सिद्धान्तहरूमाथिको हाम्रो यो सङ्गति यहीँ टुङ्ग्याउँछौँ।
भेटीहरूका सम्बन्धमा झूटा अगुवाहरूका मनोवृत्ति र प्रकटीकरणहरू
अ. भेटीहरूलाई साझा सम्पत्तिका रूपमा व्यवहार गर्नु
अब, हामी अगुवा र कामदारहरूका जिम्मेवारीहरूसम्बन्धी एघारौँ विषयवस्तुका सम्बन्धमा झूटा अगुवाहरूको सामान्य खुलासा र चिरफार गर्नेछौँ। हामी भेटीहरूप्रतिको तिनीहरूको मनोवृत्तिमा र तिनको सुरक्षा तथा व्यवस्थापनमा झूटा अगुवाहरूले के-कस्ता प्रकटीकरणहरू देखाउँछन् भन्ने कुरा हेर्नेछौँ। पहिलो प्रकटीकरण भनेको झूटा अगुवाहरूमा भेटीहरूबारे सटीक ज्ञानको कमी हुनु हो। तिनीहरूले यस्तो विश्वास गर्छन्, “नामले त भेटीहरू परमेश्वरलाई चढाइन्छ, तर वास्तवमा चाहिँ ती मण्डलीलाई चढाइन्छ। हामीलाई परमेश्वर कहाँ हुनुहुन्छ भन्ने थाहा छैन, र आखिर उहाँ यति धेरै सामानहरू प्रयोग गर्न पनि सक्नुहुन्न। यी भेटीहरू नाममा मात्र परमेश्वरलाई चढाइएको हो; वास्तवमा, ती मण्डलीलाई, र परमेश्वरको घरलाई चढाइएको हो, र ती कुनै विशेष व्यक्तिलाई तोकेर चढाइँदैन। मण्डली र परमेश्वरको घर तिनका सारा मानिसहरूका उपनाम हुन्, र यसको मतलब भेटीहरू सबैका हुन्, र जे चीज सबैको हुन्छ त्यो साझा सम्पत्ति हुन्छ। त्यसैले, भेटीहरू सारा दाजुभाइ-दिदीबहिनीहरूको स्वामित्वमा पर्ने साझा सम्पत्ति हुन्।” के यो बुझाइ सही हो? स्पष्ट रूपमै होइन। के यस्तो बुझाइ भएका मानिसहरूको मानवतामा समस्या हुँदैन र? के तिनीहरू भेटीहरूको लालसा गर्ने मानिसहरू होइनन् र? लालची हृदय र भेटीहरू हत्याउने चाहना भएका मानिसहरूले भेटीहरूका सम्बन्धमा यही विधि र यही दृष्टिकोण अपनाउँछन्। प्रस्ट रूपमै, तिनीहरूले भेटीहरूमा आँखा लगाइरहेका हुन्छन् र तिनलाई आफ्नै आनन्दका लागि हत्याउन चाहिरहेका हुन्छन्। तिनीहरू कस्ता किसिमका प्राणीहरू हुन्? के तिनीहरू यहूदाकै किसिमका होइनन् र? त्यसैले, यसप्रकारको अगुवा वा कामदारले परमेश्वरका भेटीहरूलाई मण्डलीको साझा सम्पत्तिका रूपमा लिन्छ। तिनीहरूले मनमा यस्तै किसिमको मनोवृत्ति बोकेका हुन्छन्—तिनीहरूले इमानदारीसाथ भेटीहरू सुरक्षित गर्ने, वा तिनलाई उचित र जिम्मेवार रूपमा व्यवस्थित गर्ने गर्दैनन्, बरु तिनीहरूले भेटीहरूलाई आफ्नै इच्छाअनुसार, निर्लज्ज रूपमा, र पूर्णतया अनियन्त्रित तरिकाले प्रयोग गर्ने गर्छन्, जसमा सिद्धान्तहरूको कमी हुन्छ। तिनीहरूले जोसुकैलाई ती प्रयोग गर्न दिन्छन्, र जसको “आधिकारिक पद” श्रेष्ठतर छ, जसको हैसियत उच्चतर छ, जो दाजुभाइ-दिदीबहिनीहरूमाझ प्रतिष्ठित छ, उसैले स्वामित्व र प्रयोगमा प्राथमिकता पाउँछ। यो कुरा समाजमा रहेका कम्पनी र कारखानाहरूमा भएजस्तै हुन्छ, जहाँ कम्पनीका गाडी साथै राम्रा र उच्चस्तरीय सामानहरू व्यवस्थापक, कारखाना निर्देशक, र अध्यक्षहरूले प्रयोग गर्न पाउँछन्। तिनीहरू परमेश्वरका भेटीहरूका हकमा पनि यस्तै हुनुपर्छ, र जो अगुवा वा कामदार हो उसलाई नै परमेश्वरको घरका उच्चस्तरीय सामानहरूको आनन्द लिन, र परमेश्वरलाई चढाइएका भेटीहरू उपभोग गर्न प्राथमिकता दिइनुपर्छ भन्ने विश्वास गर्छन्। त्यसैले, अगुवा र कामदार हुनुलाई उच्चस्तरीय कम्प्युटर र मोबाइल फोन किन्ने बहानाका रूपमा प्रयोग गर्ने सबैजनाले, साथसाथै भेटीहरू आफैले लिने ती सबै अगुवा र कामदारहरूले भेटीहरू साझा सम्पत्ति हुन्, र भेटीहरूलाई जसरी मन लाग्छ त्यसरी प्रयोग गर्नुपर्छ र फजुलमा उडाउनुपर्छ भन्ने विश्वास गर्छन्। कतिपय दाजुभाइ-दिदीबहिनीहरूले सुनचाँदीका गहना, झोला, कपडा, र जुत्ताहरू चढाउँदा तिनीहरूले परमेश्वरलाई चढाइएको भनेर तोक्दैनन्, त्यसैले केही झूटा अगुवाहरूले यस्तो विश्वास गर्छन्, “तिनीहरूले यी सामानहरू परमेश्वरलाई चढाइएको भनेर नतोकेका हुनाले, ती मण्डलीको प्रयोगका लागि हुनुपर्छ। मण्डलीलाई दिइएको जुनसुकै चीज साझा सम्पत्ति हो, र साझा सम्पत्ति उपभोग गर्नमा अगुवा र कामदारहरूले प्राथमिकता पाउनुपर्छ।” अनि त्यसैले, तिनीहरूले यी चीजहरू स्वाभाविक रूपमै आफैले लिन्छन्। तिनीहरूले छानेर लिएपछि बाँकी रहेका वस्तुहरू जसलाई मन लाग्छ उसले प्रयोग गर्न र लिन सक्छ—सबैले ती कुराहरू बाँडेर लिन्छन्। यी अगुवा र कामदारहरूले यसलाई सम्पत्ति बाँडफाँड गरेको भन्छन्; तिनीहरूलाई पछ्याउँदा, मानिसहरूले राम्रो खानपान गर्न सक्छन्, र साँच्चिकै रमाइलो मान्छन्। सबैजना खुसी हुन्छन्, र सबैले यसो भन्छन्, “परमेश्वरलाई धन्यवाद होस्—यदि हामीले उहाँमा विश्वास नगरेको भए, के हामीले यी चीजहरू उपभोग गर्न सक्नेथ्यौँ र? यी भेटी हुन्, र यी भेटी उपभोग गर्न हामी लायक छैनौँ!” तिनीहरूले आफू लायक नभएको भन्छन्, तैपनि ती चीजहरू अँठ्याएर राख्छन् र छोड्दैनन्। त्यस्ता अगुवा र कामदारहरूले भेटीहरू कब्जा गरेर बाँडफाँड गर्ने, र कसैको स्वीकृति प्राप्त नगरी व्यक्तिगत रूपमा उपभोग गर्ने मात्र नभई—यसो गर्ने क्रममा, तिनीहरूले भेटीहरूको व्यवस्थापन, खर्च र प्रयोगप्रति एकनासले ध्यान नदिने समेत गर्छन्, अनि तिनीहरूले भेटीहरूको व्यवस्थापन गर्न र अभिलेख राख्न उचित मानिसहरू छान्ने काम गर्दैनन्, र खाताहरू जाँच्ने, वा खर्चहरूको स्थिति कडाइसाथ समीक्षा गर्ने काम त झनै गर्दैनन्। भेटीहरूको व्यवस्थापनप्रति झूटा अगुवाहरूको उदासीनताले अस्तव्यस्तता निम्त्याउँछ, र कतिपय भेटीहरू हराउँछन् र फजुलमा उडाइन्छन्। झूटा अगुवाहरूको काममा सबैभन्दा टड्कारै देखिने कुरा भनेको सबैले आफ्नै इच्छाअनुसार काम गर्नु हो। कुनै समूहको सुपरिवेक्षकले जे भन्छ त्यो नै अन्तिम हुन्छ, अनि जब कुनै समूहलाई केही किन्न आवश्यक पर्छ, तिनीहरूले स्वीकृति अनुरोध पेस नगरी नै किन्ने निर्णय गर्न सक्छन्। यदि कामका लागि कुनै चीज चाहिएको छ भने, तिनीहरूले त्यसलाई कति पर्छ, त्यसलाई उपयोग गर्न सकिन्छ कि सकिन्न, वा त्यो जरुरी छ कि छैन भनेर चिन्ता नलिई त्यो किन्न सक्छन्—आखिर तिनीहरूले कुनै व्यक्तिको पैसा नभएर भेटीहरू खर्च गरिरहेका हुन्छन्। झूटा अगुवाहरूले यसको सुपरिवेक्षण वा परीक्षण गर्दैनन्, सिद्धान्तहरूबारे सङ्गति त झनै गर्दैनन्। जब कुनै चीज किनिएको हुन्छ, झूटा अगुवाहरूले त्यसको सुरक्षा गर्ने कोही छ कि छैन, त्यसमा केही समस्या आउन सक्छ कि सक्दैन, वा त्यो खर्च गरिएको पैसाको लायक छ कि छैन भन्ने कुरालाई एकनासले ध्यान नदिने गर्छन्। तिनीहरूले यी कुराहरूलाई किन ध्यान नदिने गर्छन्? किनभने त्यो पैसा तिनीहरूको होइन—तिनीहरू त्यो पैसा जोकोहीले खर्च गर्न मिल्ने भन्ठान्छन्, किनकि जे भए पनि आखिर जुन पैसा खर्च भइरहेको छ त्यो तिनीहरूको हुँदै होइन। भेटीहरूको व्यवस्थापनको हरेक पक्ष अस्तव्यस्त हुन्छ। त्यो कति अस्तव्यस्त हुन्छ? त्यो समाजवादी देशका ठूला र राज्यको स्वामित्वका कारखानाहरूमा भए जस्तै हुन्छ, जहाँ जसले जेजति काम गरे पनि सबैले बराबर भाग पाउँछन्। सबैले सरसामान घर लिएर जान्छन्, कारखानाको खाना खान्छन्, कारखानाको पैसा कमाउँछन्, र कारखानाका सरसामान हिनामिना गर्छन्। त्यहाँ पूरै अस्तव्यस्तता हुन्छ। झूटा अगुवाहरूले कुनै पनि उपकरण वा सामग्रीहरू खरिद गर्ने सम्बन्धमा खर्चका नियमहरू बनाउँदैनन्। परमेश्वरको घरले नियमहरू बनाउँछ, तर तिनीहरूले कडाइसाथ खर्चहरूको समीक्षा, जाँच, अनुगमन, वा निरीक्षण गर्दैनन्। तिनीहरूले यीमध्ये कुनै पनि काम गर्दैनन्। झूटा अगुवाहरूको काम पूरै अस्तव्यस्त हुन्छ, कुनै पनि कुरा व्यवस्थित हुँदैन, र जहाँतहीँ त्रुटिहरू हुन्छन्। हरमोडमा, दुष्ट मानिसहरू र गलत ठाउँमा हृदय भएकाहरूलाई बेवास्ताको मौका छोप्दै फाइदा लिन दिइन्छ। परमेश्वरका भेटीहरू ती मानिसहरूद्वारा निर्बाध रूपमा उडाइन्छन् र खेर फालिन्छन्, तैपनि तिनीहरूलाई कुनै पनि दण्ड वा कारबाही हुँदैन—तिनीहरूलाई चेतावनीसमेत दिइँदैन। तिनीहरू कस्ता अगुवा र कामदार हुन्? के तिनीहरूले आफैलाई खुवाउने हातलाई टोकिरहेका छैनन् र? के तिनीहरू परमेश्वरको घरका संरक्षक हुन्? तिनीहरू त परमेश्वरको घरका चोर गद्दारहरू हुन्!
भेटीहरू सुरक्षित गर्ने सम्बन्धमा जिम्मेवारी नलिने यस्ता अगुवा र कामदारहरूलाई कसरी हेरिनुपर्छ? के तिनीहरू निकृष्ट चरित्रका अनि विवेक र समझरहित होइनन् र? ती झूटा अगुवाहरू दाजुभाइ-दिदीबहिनीहरूले परमेश्वर र मण्डलीलाई चढाएका वस्तुहरू परमेश्वरको घरको सम्पत्ति हो भन्ठान्छन्, र तिनलाई दाजुभाइ-दिदीबहिनीहरूले सामूहिक रूपमा व्यवस्थित गर्नुपर्छ भनेर भन्छन्। त्यसैले, जब समस्याहरू उजागर भएका हुन्छन्, र माथिले मानिसहरूलाई जबाफदेही बनाइरहेका हुन्छन्, तब तिनीहरूले आफूलाई जोगाउन भरमग्दुर प्रयास गर्छन्, र अगुवा बनेर हैसियत प्राप्त गरेपछि परमेश्वरका भेटीहरू चोर्नु र जफत गर्नु कति गम्भीर प्रकृतिको विषय हो भन्ने कुरा स्विकार्दैनन्। के तिनीहरू निकृष्ट चरित्रका मानिसहरू होइनन् र? तिनीहरू पूर्णतया निर्लज्ज छन्! तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरूले किन पैसा र वस्तुहरू चढाउँछन्, र कसलाई चढाउँछन् भन्ने कुरा थाहै हुँदैन। यदि परमेश्वर नहुनुभएको भए, आफूलाई मन पर्ने वस्तुहरू कसले त्यति सजिलै चढाउनेथ्यो र? यो यति सामान्य तर्क हो, तैपनि यी तथाकथित “अगुवाहरू” ले यो कुरा जानेका वा बुझेका हुँदैनन्। यी झूटा अगुवाहरूको एउटा प्रिय वाक्यांश छ: “परमेश्वरको घरका भेटीहरू।” के यो अभिव्यक्तिलाई सच्याउन आवश्यक छैन र? सही अभिव्यक्ति कस्तो हुनुपर्ने हो? “भेटीहरू” वा “परमेश्वरका भेटीहरू।” यदि तैँले विशेषक जोड्न चाहन्छस् भने “परमेश्वर” थप्नुपर्छ—भेटीहरू परमेश्वरका मात्र हुन्। यदि तैँले विशेषक थप्दैनस् भने त्यो “भेटीहरू” मात्र हुन्छ—मानिसहरूलाई भेटीहरूको मालिक मानिस नभई सृष्टिकर्ता अर्थात् परमेश्वर नै हुनुहुन्छ भन्ने कुरा थाहा हुनुपर्छ। मानिस भेटीहरूको स्वामित्व लिन योग्य हुँदैन, र धर्मगुरुहरूले समेत भेटीहरू आफ्नो हो भनेर भन्न मिल्दैन—तिनीहरूले परमेश्वरको अनुमति लिएर भेटीहरू उपभोग गर्न सक्छन्, तर ती तिनीहरूका होइनन्। “भेटीहरू” को विशेषक कुनै व्यक्ति कहिल्यै हुनेछैन—त्यो अरू कोही नभएर परमेश्वर मात्र हुन सक्नुहुन्छ। त्यसैले, झूटा अगुवाहरूले अक्सर बोल्ने “परमेश्वरको घरका भेटीहरू” भन्ने अभिव्यक्ति त्रुटिपूर्ण छ, र त्यसलाई सच्याइनुपर्छ भन्ने कुरा यो एकदमै प्रस्ट छ। “परमेश्वरको घरका भेटीहरू” वा “मण्डलीका भेटीहरू” जस्ता कुनै पनि भनाइ हुनु हुँदैन। कतिपय मानिसहरूले त “हाम्रा भेटीहरू” र “हाम्रो परमेश्वरको घरका भेटीहरू” भनेर समेत भन्छन्। यी सबै अभिव्यक्तिहरू गलत छन्। भेटीहरू सृजित मानवजातिद्वारा, अर्थात् परमेश्वरलाई पछ्याउनेहरूद्वारा परमेश्वरलाई चढाइन्छ। भेटीहरूको मालिक, प्रयोगकर्ता, र उपभोगकर्ता हुने अनन्य अधिकार परमेश्वरलाई मात्र हुन्छ। भेटीहरू साझा सम्पत्ति होइनन्; ती मानिसका होइनन्, मण्डली र परमेश्वरको घरका त झनै होइनन्, ती त परमेश्वरका हुन्। परमेश्वरले मण्डली र परमेश्वरको घरलाई ती प्रयोग गर्न अनुमति दिनुहुन्छ—यो उहाँको आज्ञा हो। त्यसकारण, “परमेश्वरको घरका भेटीहरू,” “मण्डलीका भेटीहरू,” र “हाम्रा भेटीहरू” जस्ता सबै अभिव्यक्तिहरू बेठीक छन्, र अझ भन्नु पर्दा, ती मानिसहरूका अभिव्यक्तिहरू हुन् जसमा गोप्य मनसाय लुकेका छन्, र तिनको उद्देश्य मानिसहरूलाई भ्रममा पार्नु र बोधो बनाउनु, र अझै बढी, मानिसहरूलाई गलत मार्गदर्शन गर्नु हो। यस्ता मानिसहरूले भेटीहरूलाई मण्डलीको वा परमेश्वरको घरको, वा सारा दाजुभाइ-दिदीबहिनीहरूको साझा सम्पत्ति भनेर वर्गीकृत गर्छन्। यो सबैमा समस्या र त्रुटि छ र यसलाई सच्याइनुपर्छ। यो एकप्रकारको झूटो अगुवाको प्रकटीकरण हो। यस्ता मानिसहरूले भेटीहरूलाई साझा सम्पत्तिका रूपमा लिन्छन् र आफूखुसी प्रयोग गर्छन्; अथवा, तिनीहरूले आफू अगुवा भएको नाताले आफूसँग यी वस्तुहरू बाँडफाँड गर्ने अधिकार छ भन्ने विश्वास गर्छन्, र त्यसैले तिनीहरूले ती वस्तुहरू आफूले मनपरेका मानिसहरू वा सबैमाझ बराबर बाँडफाँड गर्छन्। तिनीहरूले कस्तो प्रकारको परिदृश्य सिर्जना गर्न खोजिरहेका छन्? त्यस्तो परिदृश्य, जहाँ सबैजना बराबर होऊन्, जहाँ सबैले परमेश्वरको अनुग्रह उपभोग गर्न सकून्, जहाँ सबैले बाँडचुँड गरून्। तिनीहरू परमेश्वरको घरका स्रोतसाधन उदारतापूर्वक बाँडफाँड गरेर मानिसहरूको निगाह प्राप्त गर्न चाहन्छन्। के त्यो घिनलाग्दो कुरा होइन र? त्यो दुष्ट र निर्लज्ज व्यवहार हो! त्यस्ता मानिसहरूलाई कसरी चित्रण गरिनुपर्छ? त्यस्ता झूटा अगुवाहरू भेटीहरूको लालसा गर्छन्, र मानिसहरूले तिनीहरूलाई सुपरिवेक्षण नगरून्, खुलासा नगरून् र नखुट्ट्याऊन् भनेर, तिनीहरू आफूले प्रयोग नगर्ने बाँकी रहेका सरसामान दाजुभाइ-दिदीबहिनीहरूलाई बाँडिदिन्छन्, जसमार्फत तिनीहरूको निगाह प्राप्त गर्छन् र सबैजना बराबर हुने परिदृश्य निर्माण गर्छन्, अनि सबैलाई तिनीहरूसँगको सङ्गतबाट फाइदा लिन सक्षम तुल्याउँछन्, ताकि कसैले पनि तिनीहरूको खुलासा नगरोस्। यदि तिमीहरूले यसकिसिमको झूटो अगुवा भेट्यौ, जसले तिमीहरूलाई केही फाइदाहरू लिन अनुमति दिन सक्थ्यो र जोसँग तिमीहरूले केही “साझा सम्पत्ति” उपभोग गर्न सक्थ्यौ भने—यदि तिमीहरूसँग यो अधिकार थियो र तिमीहरूले यस्तो फाइदा लिन्थ्यौ भने, के तिमीहरू त्यसमा खुसी हुनेथ्यौ? के तिमीहरूले त्यसलाई अस्वीकार गर्न सक्नेथ्यौ? (सक्नेथ्यौँ।) यदि तिमीहरू लालची छौ, तिमीहरूमा परमेश्वरको डर मान्ने हृदय छैन, र तिमीहरू परमेश्वरदेखि डराउँदैनौ भने, तिमीहरूले अस्वीकार गर्न सक्नेछैनौ। थोरै भए पनि निष्ठा, समझ, र परमेश्वरको डर मान्ने हृदय भएको जोकोहीले त्यसलाई अस्वीकार गर्नेछ, र तिनीहरूले त्यो अगुवालाई हप्काउन, काटछाँट गर्न, रोक्नका लागि उठ्दै यसो समेत भन्नेछन्: “अगुवा भएको नाताले तिमीले गर्नुपर्ने पहिलो काम भनेको राम्रोसँग भेटीहरूको व्यवस्थापन गर्नु हो, तिनलाई हिनामिना गर्नु होइन, प्राधिकारबिना आफ्नै इच्छाका आधारमा भेटीहरू सबैलाई बाँड्ने निर्णय गर्नु त झनै होइन। तिमीसँग त्यो अधिकार छैन; परमेश्वरले तिमीलाई दिनुभएको आज्ञा त्यो होइन। भेटीहरू परमेश्वरद्वारा प्रयोग गरिनका लागि हुन्, र मण्डलीद्वारा तिनको प्रयोग गरिनका लागि सिद्धान्तहरू छन्—कसैले पनि तीबारे आफै अन्तिम निर्णय गर्न पाउँदैन। तिमी अगुवा हुन सक्छौ, तर तिमीसँग त्यो विशेष अधिकार छैन। परमेश्वरले तिमीलाई त्यो अधिकार प्रदान गर्नुभएको छैन। तिमीलाई परमेश्वरका सरसामान प्रयोग गर्ने अधिकार छैन—परमेश्वरले तिमीलाई त्यो कामको आज्ञा गर्नुभएको छैन। त्यसैले, दाजुभाइ-दिदीबहिनीहरूले परमेश्वरलाई चढाएका सुनचाँदीका गहनाहरू चाँडो खोल, र तिनीहरूले उहाँलाई चढाएका कपडाहरू फुकाल। तिमीले खानै नहुने चीजहरू खाएको छौ, त्यसको चाँडो क्षतिपूर्ति तिर। यदि तिमी मानव नै हौ र तिमीमा केही लाज छ भने, यो काम तुरुन्त गर। यसबाहेक, तिमीले निगाह प्राप्त गर्न जसलाई यी भेटीहरू पठाएको भए पनि, वा जसलाई ती जफत गर्न र उपभोग गर्न दिएको भए पनि, ती चीजहरू तुरुन्तै फिर्ता ल्याऊ। यदि त्यसो गरेनौ भने, हामी सारा दाजुभाइ-दिदीबहिनीहरूलाई सूचना दिनेछौँ र तिमीलाई यहूदाका रूपमा तह लगाउनेछौँ!” के तिमीहरूसँग यसो गर्ने आँट छ? (छ।) भेटीहरूका सम्बन्धमा सबैसँग यस्तो जिम्मेवारी हुन्छ, र तीप्रति तिनीहरूले यस्तो विवेक र यस्तो मनोवृत्तिसाथ व्यवहार गर्नुपर्छ। अवश्य नै, तिनीहरूसँग अरूले भेटीहरूप्रति कस्तो व्यवहार गर्छन्, राम्रोसँग भेटीहरू सुरक्षित गरिरहेका छन् कि छैनन्, र सिद्धान्तहरूअनुसार भेटीहरूको व्यवस्थापन गरिरहेका छन् कि छैनन् भनी सुपरिवेक्षण गर्ने दायित्व पनि हुन्छ। त्यसैले आफूसित यसको कुनै सम्बन्ध छैन भन्ठान्ने, अनि यसो भन्दै जिम्मेवार नहुने नगर्: “जे भए पनि म कुनै अगुवा वा कामदार होइन, यो मेरो जिम्मेवारी होइन। मैले त्यो कुरा पत्ता लगाए पनि, त्यसबारे मैले झन्झट बेहोर्नु वा केही भन्नु जरुरी छैन—त्यो त अगुवा र कामदारहरूको मामला हो। जसले स्वेच्छाचारी रूपमा पैसा खर्च गर्छ र भेटीहरू हिनामिना गर्छ, ऊ यहूदा हो, र समय आएपछि परमेश्वरले उसलाई दण्डित गर्नुहुनेछ। जसले कुनै दुष्परिणाम निम्त्याउँछ, त्यसका लागि ऊ नै जिम्मेवार हुन्छ। मैले त्यसमा झन्झट बेहोर्नु आवश्यक छैन। मैले त्यसबारे प्याच्च बोलेर के नै फाइदा हुन्छ र?” तँलाई यस्तो व्यक्तिबारे के लाग्छ? (तिनीहरूसँग कुनै विवेक हुँदैन।) यदि तैँले अगुवा र कामदारहरूले सोधखोज नगर्ने कतिपय क्षेत्रहरूमा मानिसहरूले भेटीहरू फजुलमा उडाइरहेका र जफत गरिरहेका छन् भनेर पत्ता लगाइस् भने, तैँले त्यसमा संलग्न मानिसहरूलाई व्यक्तिगत रूपमै चेतावनी दिनुपर्छ, र त्यो कुरा तुरुन्तै अगुवा र कामदारहरूलाई रिपोर्ट गर्नुपर्छ। तैँले यसो भन्नुपर्छ, “हाम्रो टोली प्रमुख र हाम्रो अगुवाले भेटीहरू प्रायः आफै राख्छन्। तिनीहरूले भेटीहरू पनि स्वेच्छाचारी रूपमा खर्च गर्छन्, र तिनीहरू अरूसँग छलफल गर्दैनन् र आफैले यो वा त्यो कुरा किन्ने निर्णय गर्छन्। तिनीहरूका धेरैजसो खर्चहरू सिद्धान्तहरूसँग मिल्दो हुँदैनन्। के परमेश्वरको घरले यसलाई सम्हाल्न सक्छ?” आफूले पत्ता लगाएका समस्याहरूबारे रिपोर्ट र जानकारी गराउनु परमेश्वरका चुनिएका मानिसहरूको जिम्मेवारी हो। हाम्रो पछिल्लो सङ्गति एकप्रकारको झूटो अगुवाको प्रकटीकरणबारेरहेको छ—भेटीहरूप्रतिको तिनीहरूको मनोवृत्ति भनेको तिनलाई साझा सम्पत्तिका रूपमा व्यवहार गर्नु हो।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।