अगुवा र कामदारहरूका जिम्मेवारीहरू (११) खण्ड चार
परमेश्वरको घरका विभिन्न भौतिक वस्तुहरू बाँडफाँड गर्ने कुरा आउँदा, झूटा अगुवाहरूले परमेश्वरको घरले माग गर्ने सिद्धान्तहरूअनुसार यो काम गर्न नसक्ने मात्र नभई, तिनीहरूले आफ्ना थुप्रै व्यक्तिगत भावना, प्राथमिकता, र कामनाहरू, साथै आफ्ना व्यक्तिगत बुझाइहरूलाई यसमा मिसिन दिन्छन्। तिनीहरूले यो कामलाई लथालिङ्ग र गन्जागोल बनाउँछन्, जसमा कुनै पनि सिद्धान्तहरू बिलकुलै हुँदैनन्। त्यसैले, जब कुनै झूटो अगुवाले परमेश्वरको घरका विभिन्न वस्तुहरूको व्यवस्थापन गरिरहेको हुन्छ, तब के भइरहेको छ भनेर कसैलाई थाहा नहुने परिस्थितिहरूमा, प्रायः वस्तुहरू क्षतिग्रस्त हुन्छन्, कुनै कारणबिना बरबाद हुन्छन्, वा वस्तुहरू हराउँछन् र तिनको गणना मिल्दैन। अरू वस्तुहरू व्यक्तिहरूद्वारा दर्ता वा रिपोर्ट नगरी व्यक्तिगत प्रयोगका लागि लगिन्छन्। झूटा अगुवाहरूले सामान्य मामलाको कामसम्बन्धी यति सरल कार्य समेत राम्रोसँग व्यवस्थापन गर्न सक्दैनन्। तिनीहरूले यो कामलाई गन्जागोल बनाउँछन्, तैपनि तिनीहरू आफूले धेरै काम गरेको छु भन्ने ठानेर ढुक्क महसुस गर्छन्। झूटा अगुवाहरूले कहिल्यै परमेश्वरको घरका विभिन्न भौतिक वस्तुहरूको नियमित निरीक्षण, सम्भार, र संरक्षण गर्दैनन्; हृदयमा, तिनीहरूले यी वस्तुहरूबारे अलिकति पनि वास्ता गर्दैनन्। मानौँ तैँले तिनीहरूलाई यस्तो सोधिस्, “के कसैले यी उपकरणहरूको सम्भार र संरक्षणको जिम्मा लिइरहेको छ? के तिनलाई मर्मत गर्ने क्रममा पाटपुर्जाको खरिदमा फजुल खर्च भएका कुनै घटनाहरू छन्? अथवा कसैले अत्यधिक खर्च गरेको वा कोही ठगिएको घटना छ? के ती घटनाहरूपछि कसैलाई जबाफदेही ठहर्याइएको थियो? के कसैलाई जरिवाना तिराइएको वा चेतावनी दिइएको थियो?” झूटा अगुवाहरूलाई यीमध्ये कुनै पनि कुराबारे थाहा वा वास्ता हुनेछैन। परमेश्वरको घरका लागि सामानहरू किन्दा अवैध रूपमा पैसा खर्च गरियो कि गरिएन, ती सामानहरू किनेपछि कसैलाई तिनको व्यवस्थापन गर्न खटाइएको छ कि छैन, किनिएका सामानहरू उपयुक्त छन् कि छैनन् र तिनलाई प्रभावकारी रूपमा प्रयोगमा ल्याउन सकिन्छ कि सकिँदैन, र, यदि सकिँदैन भने, तोकिएको समयसीमाभित्र नै तिनलाई फिर्ता वा साटफेर गरियो कि गरिएन—तिनीहरूलाई यीमध्ये कुनै पनि कुराबारे थाहा हुँदैन। तिनीहरू त्यस्ता मूर्ख हुन्छन्—तिनीहरूलाई केही पनि थाहा हुँदैन। झूटा अगुवाहरूले सोच्ने भनेको आफूलाई सम्मान गर्न लगाउनका निम्ति कसरी भेलाहरूमा मानिसहरूलाई धर्मसिद्धान्तहरू प्रचार गर्ने भन्ने मात्र हो; तिनीहरूसँग वस्तुहरूको व्यवस्थापनसम्बन्धी विशिष्ट मामलाका सम्बन्धमा काम गर्ने सक्षमता हुँदैन, न त तिनीहरूसँग यस मामलाप्रति कुनै मनोवृत्ति नै हुन्छ। तिनीहरूलाई यो आफूले गर्नुपर्ने काम हो भनेर थाहा हुँदैन, र त्यो कसरी गर्ने भन्ने पनि थाहा हुँदैन। परमेश्वरको घरका वस्तुहरूप्रति झूटा अगुवाहरूको दृष्टिकोण भनेको ती सबैका हुन्, त्यसैले जोसुकैलाई जुनै कुरा प्रयोग गर्न मन लागे पनि प्रयोग गर्दा हुन्छ, र जोसुकैलाई जेसुकै चाहिए पनि उसले त्यो लिन वा त्यसका लागि वरिष्ठहरूलाई आवेदन दिन पाउँछ—यो सबैको अधिकार हो, र परमेश्वरको घरका वस्तुहरू कुनै पनि व्यक्तिको व्यवस्थापन वा नियन्त्रणमा हुनु हुँदैन भन्ने हुन्छ। त्यसैले, यदि कसैले कुनै मेसिन बिगार्यो वा हरायो भने, तिनीहरूले वास्ता गर्दैनन्, र यदि कसैले केही कुरा किन्नका लागि आवेदन दिनुपर्ने छ भने पनि तिनीहरूले त्यो महँगो छ कि सस्तो भनी वास्ता नै गर्दैनन्। तथ्य के हो भने, परमेश्वरको घरसित यी कामकुराहरूका लागि नियमहरू हुन्छन्। अगुवा र कामदारहरूले आफ्ना जिम्मेवारीहरू पूरा गरेसम्म र परमेश्वरको घरका सिद्धान्तहरूअनुसार सही जाँचहरू अघि बढाएसम्म, त्यस्ता सबै क्षति र बरबादीहरूबाट जोगिन सकिन्छ। तैपनि झूटा अगुवाहरूले क्षतिहरू रोक्न सक्ने यो सबैभन्दा सरल काम समेत गर्दैनन्। के तिनीहरू केवल सित्तैँमा परमेश्वरको घरको खाना खाइरहेका छैनन् र? के तिनीहरूले सित्तैँमा खाइरहेका छैनन् र? के यो झूटा अगुवाहरूको “झुटोपन” को विशिष्ट प्रकटीकरण होइन र? यदि तैँले यस्तो अगुवा भेटिस् भने उसलाई कसरी सम्हाल्ने थिइस्? (उसलाई बर्खास्त गरेर।) बर्खास्त मात्र गरेर हुन्छ? के तैँले उसलाई एक-दुई वटा कुराहरू सिकाउनु पर्दैन र? “त्यो मेसिन त्यहाँ राखिएको थियो, र त्यो ओसियो, तर कसैले पनि धेरै दिनसम्म त्यसको जाँच गरेन। पावरले काम गर्छ कि गर्दैन, वा मुसाले तार काटेको छ कि छैन भन्ने कुरा प्रस्ट छैन। तिमी किन यी कुराहरूमा चासो राख्दैनौ? मैले प्रयोग गर्ने कम्प्युटर बिग्रिएको छ र त्यसलाई मर्मत गर्नुपर्ने छ। यदि त्यसलाई मर्मत गरिएन भने काममा ढिलाइ हुनेछ। तैपनि मैले यसका लागि तिमीलाई धेरै पटक आवेदन दिएको छु—तिमीले किन ध्यान दिएका छैनौ? तिमी टाउको छिनिएको कुखुरा जस्तै, अन्धाधुन्ध रूपमा दिनभरि केमा व्यस्त हुन्छौ? तिमी जस्तो अगुवालाई भरोसा गरेर काम गर्न दिँदा, तिमीले सबै काममा ढिलाइ गर्छौ, र सबै मेसिन र भौतिक वस्तुहरू तिम्रो हातबाट नष्ट हुन्छन्। तिमी परमेश्वरको घरका विभिन्न वस्तुहरूको हेरचाह वा व्यवस्थापन गर्दैनौ। तिमी अगुवा हुन अयोग्य छौ—झट्टै राजीनामा देऊ!” के तिनीहरूलाई यसरी भाषण दिनु ठीक हो? (हो।) अगुवा र कामदारहरूलाई भाषण दिने आँट गर्ने व्यक्तिसँग के हुन्छ? सुरुमा त ऊ बहादुर हुनुपर्छ, र ऊसँग इन्साफको बोध हुनुपर्छ। कतिले यसो भन्न सक्छन्, “म त अगुवा र कामदारहरूलाई भाषण दिने आँट गर्नेथिइनँ। तिनीहरू अधिकारी हुन्, र म पिउसो मात्र हुँ, मेरो दर्जा तिनीहरूको भन्दा निकै निम्न छ। तिनीहरूसँग सत्यता छ र तिनीहरूले प्रवचनहरू प्रचार गर्न सक्छन्। म केही कुरामा पनि राम्रो छैन, र म तिनीहरूलाई भाषण दिने स्थानमा छैनँ।” के यो दुर्जनको तर्क होइन र? (हो।) त्यसोभए, तिमीहरूले यस प्रकारको अगुवालाई कसरी भाषण दिने थियौ त? “यदि तिमी यो काम गर्न सक्छौ भने, त्यो गर्न आफूले सक्दो कोसिस गर, र परमेश्वरको घरका सिद्धान्तहरूअनुरूप गर। तिमीले हाम्रा लागि जे गर्न प्रबन्ध गरे पनि हामी त्यसलाई पालन गर्नेछौँ। तर यदि तिमीले यो काम गर्न सक्दो कोसिस गरेनौ, यदि त्यसलाई परमेश्वरको घरका सिद्धान्तहरूअनुसार गरेनौ भने, तिमीले हामीलाई कहिल्यै तिम्रो कुरा सुन्ने बनाउने छैनौ! त्यसमाथि, यदि तिमीले कुनै वास्तविक काम गर्दैनौ भने, हामीसँग तिमीलाई तिम्रो पदबाट हटाउने र तिमीलाई निकाल्ने अधिकार छ! यदि तिमी कसैलाई हानि पुर्याउन चाहन्छौ भने आफैलाई पुर्याऊ—तिमीले हामी सबैलाई हानि पुर्याउने प्रयास गर्नु हुँदैन।” के तिमीहरूले तिनीहरूलाई यसरी भाषण दिने आँट गर्ने थियौ? (गर्ने थियौँ।) तिमीहरू अहिले त त्यसो भन्छौ; के त्यसो गर्ने समय आउँदा तिमीहरूले साँच्चिकै गर्ने थियौ त? सामान्यतया, सत्यता सिद्धान्तहरू र महत्त्वपूर्ण मामलाहरूसँग सम्बन्धित कामकुरामा, तिमीहरू यत्तिकै बोल्ने आँट गर्दैनौ, किनभने तिमीहरूलाई अन्तर्ज्ञानको अभाव र बोलाइमा स्पष्टताको अभावले तिमीहरूले केवल अगुवा र कामदारहरूको आलोचना गरिरहेका र बाधा सिर्जना गरिरहेका छौ भन्ने अर्थ दिन सक्ने डर हुन्छ। तर तिमीहरूले भौतिक वस्तुहरूको व्यवस्थापन गर्ने मामलामा अन्तर्ज्ञान राख्न सक्नुपर्छ; तिमीहरूले यस मामलालाई खुट्ट्याउन सिक्नुपर्छ र त्यसका सिद्धान्तहरू बोध गर्नुपर्छ।
चलचित्र निर्माण टोलीमा पहिरनको जिम्मेवारी लिएको मानिस थियो। ऊ आफ्ना क्रियाकलापहरूमा अराजक थियो, र सधैँ परमेश्वरको घरका सामानहरू सुटुक्क हिनामिना गर्थ्यो। जब उसले चलचित्र निर्माण टोली छोड्यो, तब उसले आफूसँगै केही सामान लिएर गयो, र पछि खाता जाँच गर्दा उसले प्राप्त गरेको थुप्रै पैसाको हिसाब नमिलेको देखियो। त्यसबाहेक, उसले काम नगरिरहेको भए पनि, ऊसँग पैसा हुन्थ्यो, र उसले धेरै महँगा सामानहरू पनि किनेको थियो। ऊ चलचित्र निर्माण टोलीमा हुँदा, धेरै मानिसले उसको चापलुसी गर्थे, र तिनीहरू सबै जना ऊसँग राम्रो सम्बन्ध बनाउन चाहन्थे, ताकि कपडाको आवश्यकता पर्दा, तिनीहरूले उसलाई माग्नु मात्र परोस् अनि उसले तिनीहरूलाई केही कपडा दिइहालोस्। यदि कुनै व्यक्ति ऊसँग नमिलेमा, ऊ त्यसलाई पाउनुपर्ने कपडासमेत दिँदैनथ्यो। यो केको समस्या हो? यो व्यवस्थापन कर्मचारीसम्बन्धी समस्या हो। एकातिर ऊ आफैले यी सामानहरू हिनामिना गरिरहेको थियो; अर्कोतिर ऊ परमेश्वरको घरका वस्तुहरू सिद्धान्तहरूअनुरूप बाँडफाँड गर्दैनथ्यो, बरु आफ्नै भावना, इच्छा र सम्बन्धहरूका आधारमा चल्थ्यो। सिद्धान्तहरूअनुसार, यो व्यक्ति हटाइनुपर्थ्यो। यो स्पष्ट समस्या थियो। झुटो अगुवाले उसलाई नहटाएको मात्र होइन, उसलाई असल व्यक्ति ठान्यो र उसका लागि अर्को ठाउँमा गएर कर्तव्य पूरा गर्ने प्रबन्ध गर्यो। के यसले गल्तीलाई झन् बढाउनु होइन र? यो काम जसरी गरियो त्यसबारे तिमीहरूलाई के लाग्छ? के त्यो सिद्धान्तहरूअनुरूप थियो? के यस अगुवाले एउटा अगुवाले पूरा गर्नुपर्ने जिम्मेवारीहरू पूरा गर्यो? (गरेन।) अहिलेका लागि अगुवाले त्यस व्यक्तिलाई यसरी सम्हालेर कस्ता फाइदाहरू उठाउन सक्थ्यो भन्ने कुरालाई बिर्सेर—उसले त्यस मामलालाई कसरी सम्हाल्यो भन्ने कुरालाई मात्र हेर्दा, यो कस्तो प्रकृतिको थियो? यो भावनाहरूका आधारमा दुष्ट व्यक्तिलाई आश्रय दिने, र उसलाई परमेश्वरको घरका सिद्धान्तहरूअनुसार तह नलगाउने प्रकृतिको थियो। त्यसोभए, त्यसलाई अगुवा र कामदारहरूका जिम्मेवारीहरूको दसौँ विषयवस्तुसँग जोडेर हेर्दा, यस प्रकारको अगुवा र कामदारले परमेश्वरको घरका विभिन्न भौतिक वस्तुलाई व्यवहार गर्दा कस्ता गल्तीहरू गर्छ? के यस अगुवाले आफ्ना जिम्मेवारीहरू पूरा गर्यो? के उसले त्यस मामलालाई सम्हाल्ने काम परमेश्वरको घरका वस्तुहरूको सुरक्षा गर्ने कार्यमा आधारित थियो? पक्कै पनि थिएन। उसले परमेश्वरको घरका वस्तुहरूलाई गम्भीर रूपमा लिएन, यहाँसम्म कि दुष्ट व्यक्तिले यी सामानहरू बरबाद पार्दा वा आफूखुसी लैजाँदासमेत ऊ आँखा चिम्लेर बस्यो। यदि उसका आफ्नै सामानहरूलाई क्षति पुगेको वा अरूले लिएर गएको भए के उसले त्यसलाई त्यसरी नै सम्हाल्नेथियो? अहँ—तब उसले बदला र क्षतिपूर्तिबारे सोचिरहेको हुनेथियो। त्यसोभए, उसले परमेश्वरको घरका वस्तुहरूलाई किन त्यो तरिकाले सम्हालेन? उसले यस्तो समेत भन्यो, “यदि उसलाई मन परेमा, उसले केही वस्तु लगे हुन्छ—उसले त्यति धेरै लगिरहेको छैन। यदि उसलाई मन पर्छ भने उसले यी सामानहरू अलिअलि हिनामिना गरे हुन्छ—त्यसो गर्ने अलिकति कामना कसलाई हुँदैन र? उसले गर्ने थोरै हिनामिनाले के फरक पार्छ र? अरूले कम पाउने पनि त होइन।” यो कस्तो प्रकारको मनोवृत्ति हो? के अगुवा र कामदारहरूले परमेश्वरको घरका वस्तुहरूप्रति राख्नुपर्ने मनोवृत्ति यही हो? (होइन।) के उसले जुन थालमा खायो त्यही थालमा थुकिरहेको छैन र? अनि उसले अन्त्यमा के तर्क दियो? “उसलाई ती सामानहरू हिनामिना गर्न देऊ—हामीले ऊसित यी हिसाबहरू मिलाउनु आवश्यक छैन। ती साना रकम र वस्तुहरू कति नै हुन् र? ख्रीष्टविरोधीहरूले त्योभन्दा निकै धेरै हिनामिना गर्छन्। उसले ती वस्तुहरू हिनामिना गर्नु ऊ र परमेश्वरबीचको कुरा हो—समय आएपछि ऊ परमेश्वरसमक्ष कसरी जबाफदेही हुनेछ, त्यो उसैको कुरा हो। हामीसँग त्यसको कुनै सरोकार छैन।” कुनै अगुवाले त्यस्तो कुरा भनेको सुनेपछि तिमीहरू कस्ता सोच र भावनाहरू अनुभव गर्छौ? अलिकति इन्साफको बोध भएको, अलिकति विवेकको चेतना भएको जोकोही यी शब्दहरू सुनेर भित्रभित्रै रुनेथियो, र उसलाई हृदय टुटेको र निराशा महसुस हुनेथियो, चाहे ऊ एक साधारण अनुयायी नै किन नहोस्, अगुवा वा कामदार भएको भए त झन् कुरै छाडौँ! यस प्रकारको झुटो अगुवाले परमेश्वरको धेरै अनुग्रह र सुरक्षा, र उहाँका धेरै सत्यता उपभोग गर्छ, तर उसमा अझै पनि परमेश्वरको घरका वस्तुहरूप्रति यस प्रकारको क्रूर मनोवृत्ति हुन्छ। के ऊसँग मानवता हुन्छ? के ऊ अगुवा वा कामदार हुन उपयुक्त हुन्छ? (हुँदैन।) एक पटक यस्तो व्यक्ति बर्खास्त भएपछि, के ऊ भविष्यमा अगुवा वा कामदार हुन योग्य हुन्छ? (हुँदैन—उसको मानवता कमजोर हुन्छ।) उसको कमजोर मानवता कसरी प्रकट हुन्छ? (ऊ परमेश्वरको घरका हितहरूलाई कायम राख्दैन।) त्यो विशिष्ट कार्य के हो, जसमा ऊ परमेश्वरको घरका हितहरूलाई कायम राख्दैन? यो विशिष्ट प्रकटीकरणको सार के हो? यस्ता मानिसहरूको हृदय सही ठाउँमा हुँदैन र तिनीहरूको चरित्र नीच हुन्छ; तिनीहरू निकै राम्रो तरिकाले बोल्छन्, तर वास्तविक काम केही पनि गर्दैनन्। त्यस्ता मानिसहरू कदापि अगुवा र कामदार बन्नु हुँदैन। जसको हृदय सही ठाउँमा हुँदैन, तिनीहरू सत्यताप्रेमी हुँदैनन्, बरु तिनीहरू आफ्नै लाभको खोजीमा हुन्छन्; जसको हृदय सही ठाउँमा हुँदैन, तिनीहरूले परमेश्वरका चुनिएका मानिसहरूबारे बिलकुलै सोच्दैनन्, र मण्डलीको काम वा परमेश्वरको घरका हितहरूलाई बिलकुलै कायम राख्दैनन्।
अगुवा र कामदारहरूले गर्नैपर्ने पहिलो आधारभूत कुरा भनेको परमेश्वरको घरका विभिन्न भौतिक वस्तुको उचित रेखदेख गर्नु, परमेश्वरको घरका लागि सही तरिकाले जाँचहरू गर्नु र परमेश्वरको घरको देखभाल गर्नु, कुनै पनि वस्तुहरूलाई क्षति हुन, खेर जान, वा दुष्ट मानिसहरूको स्वामित्वमा पर्न नदिनु हो। यो उनीहरूले गर्नुपर्ने न्यूनतम कुरा हो। तँ अगुवा वा कामदारका रूपमा चुनिने बित्तिकै, परमेश्वरको घरले तँलाई त्यसको प्रबन्धक मान्दछ: तँ व्यवस्थापकीय वर्गमा पर्छस्, र तैँले वहन गर्ने कार्य अरूको भन्दा गह्रौँ हुन्छ। तैँले ठूलो जिम्मेवारी वहन गर्छस्। त्यसकारण तेरो हरेक मनोवृत्ति, तेरो हरेक कार्य, समस्याहरू सम्हाल्ने तेरो हरेक योजना, र समस्याहरू समाधान गर्ने तेरो हरेक विधि, सबैमा परमेश्वरको घरका हितहरू संलग्न हुन्छन्। यदि तँ परमेश्वरको घरका हितहरूलाई ख्यालसमेत गर्दैनस् वा तिनलाई मनमा लिँदैनस् भने, तँ उहाँको घरको प्रबन्धक हुन अयोग्य छस्। यो कस्तो प्रकारको व्यक्ति हो? ऊ किन परमेश्वरको घरको प्रबन्धक हुन योग्य छैन? झुटा अगुवाहरूमध्ये, कतिपय कमजोर क्षमताका मात्र हुँदैनन्—तिनीहरूको मुख्य समस्या भनेको तिनीहरू कुनै बोझ वहन गर्दैनन्; तिनीहरूलाई काम कसरी गर्ने भनी थाहा हुँदैन, तर तिनीहरू सत्यता खोज्दैनन्, र तिनीहरू प्रबन्धकले पूरा गर्नुपर्ने न्यूनतम जिम्मेवारीहरू समेत पूरा गर्न असक्षम हुन्छन्। तिनीहरूमा विवेक वा समझ हुँदैन। किनभने तिनीहरूको हृदय सही ठाउँमा हुँदैन, तिनीहरू तुच्छ चरित्रका हुन्छन्, अनि तिनीहरू स्वार्थी र नीच हुन्छन्; तिनीहरूले परमेश्वरको घरको कामलाई बिलकुलै कायम राख्दैनन्, बरु प्रायः मण्डलीका हितहरूलाई क्षति पुर्याउने र विश्वासघात गर्ने गर्छन्, मण्डलीका हितहरूलाई हानि गरेर मानिसहरूको खुसामद गर्छन् र अरू मानिससँगको आफ्नो सम्बन्धलाई कायम राख्छन्। तिनीहरू परमेश्वरको घरका भौतिक वस्तुहरूलाई क्षति हुन, खेर जान, हराउन, वा दुष्ट मानिसहरूको स्वामित्वमा पर्नसमेत दिन्छन्, र तिनीहरू यसबारे बिलकुलै वास्ता गर्दैनन्, वा यसबारे अलिकति पनि ऋणी वा दोषी महसुस गर्दैनन्। त्यसैले, अगुवा र कामदारहरू छनोट गर्ने कुरा आउँदा, यसलाई मानवताको दृष्टिकोणबाट हेर्दा, तिनीहरूमा हुनुपर्ने सबैभन्दा आधारभूत कुरा के हो? तिनीहरूमा विवेक र इन्साफको बोध हुनैपर्छ, र तिनीहरूको मनसाय उचित हुनुपर्छ। पहिले तिनीहरूको मानवता मानकअनुरूप हुनैपर्छ। तिनीहरूसँग काम गर्ने सक्षमता जति नै भए पनि, वा तिनीहरूमा जुनसुकै तहको क्षमता भए पनि, त्यस प्रकारका मानिसहरूले सुपरिवेक्षकका रूपमा सेवा गरेमा तिनीहरू मानकअनुरूपका प्रबन्धक हुनेछन्। कम्तीमा, तिनीहरू परमेश्वरको घरका हितहरू र दाजुभाइ-दिदीबहिनीहरूका सामान्य हितहरू कायम राख्न सक्षम हुनेछन्। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूका हितहरूमाथि बिलकुलै विश्वासघात गर्नेछैनन्, न त परमेश्वरको घरका हितहरूमाथि नै गर्नेछन्। परमेश्वरको घर र दाजुभाइ-दिदीबहिनीहरूका हितहरूलाई हानि वा चोट पुग्न लाग्दा, तिनीहरूले त्यसबारे पहिल्यै सोचिसकेका हुनेछन्, र तिनीहरूले सुरक्षा गर्न सबैभन्दा पहिले पाइला चाल्नेछन्, चाहे त्यसो गर्दा तिनीहरूको आफ्नै सुरक्षालाई असर नै किन नपुगोस्, वा तिनीहरूले मूल्य चुकाउन वा कष्ट भोग्न नै किन नपरोस्। यी सबै विवेक र समझ भएका मानिसहरूले गर्न सक्ने कुरा हुन्। खतरनाक परिस्थितिहरूको सामना गर्दा, कतिपय झूटा अगुवा र कामदार हतारिएर लुक्नका लागि सुरक्षित ठाउँ खोज्छन्, तैपनि परमेश्वरको घरका महत्त्वपूर्ण वस्तुहरू—परमेश्वरका वचनका पुस्तकहरू, मोबाइल, कम्प्युटर आदि—यस्ता सामानहरूबारे तिनीहरूले न त वास्ता न त सोधीखोजी नै गर्छन्। यदि तिनीहरूलाई आफू पक्राउ पर्दा मण्डलीको वृहत् काममा असर पुग्छ भन्ने चिन्ता भएको भए, तिनीहरूले यी कुराहरू सम्हाल्न अरूलाई पठाउन सक्थे—तैपनि यी झुटा अगुवाहरू आफ्नै सुरक्षाका खातिर मात्र लुक्छन्। तिनीहरू मर्नेगरी त्रसित हुन्छन्, र आफ्नो सुरक्षा सुनिश्चित गर्नका निम्ति, आफूले सक्ने काम पनि गर्दैनन्। त्यसकारण त्यस्ता धेरै उदाहरणहरू छन्, जसमा खतरनाक अवस्थाहरू आइ पर्दा झूटा अगुवाहरूको लापरवाही, निष्क्रियता, र गैरजिम्मेवारीका कारण परमेश्वरको घरका विभिन्न वस्तु र परमेश्वरलाई चढाइएका भेटीहरू ठूलो रातो अजिङ्गरले लुटेर लैजान्छ, जसले गर्दा गम्भीर क्षतिहरू पुग्छन्। जब मण्डलीमा भर्खरै त्यस्ता अवस्थाहरू आइ परेका हुन्छन्, तब अगुवा र कामदारहरूको पहिलो सोच भनेको परमेश्वरको घरका उपकरण र भौतिक वस्तुहरूलाई उपयुक्त ठाउँहरूमा राख्ने, तिनलाई व्यवस्थापन गर्नका लागि उपयुक्त मानिसहरूलाई हस्तान्तरण गर्ने हुनुपर्छ; ठूलो रातो अजिङ्गरलाई ती वस्तुहरू बिलकुलै लान दिनु हुँदैन। तर झूटा अगुवाहरूको मनमा त्यस्ता कुराहरू कहिल्यै आउँदैनन्; तिनीहरूले परमेश्वरको घरका हितहरूलाई कहिल्यै पहिलो प्राथमिकता दिँदैनन्, बरु तिनीहरूले आफ्नै सुरक्षालाई पहिलो प्राथमिकता दिन्छन्। झूटा अगुवाहरूले वास्तविक काम गर्न असफल हुँदा परमेश्वरको घरका विभिन्न महत्त्वपूर्ण वस्तुहरूमा प्रायः नोक्सानी वा क्षति पुग्छ। के यो झूटा अगुवाहरूको गम्भीर जिम्मेवारी विमुखता होइन र? (हो।)
अगुवा र कामदारहरूका जिम्मेवारीहरूसम्बन्धी दसौँ विषयवस्तुका सम्बन्धमा, हामीले खुलासा गरिरहेको झूटा अगुवाहरूको मुख्य प्रकटीकरण चाहिँ के हो? परमेश्वरको घरका भौतिक वस्तुहरूप्रति झूटा अगुवाहरूको मनोवृत्ति बेवास्ता र उपेक्षाको हुन्छ; तिनीहरू सिद्धान्तहरूअनुरूप चल्दैनन्, बरु ती वस्तुहरूलाई तिनीहरूका आफ्नै कल्पना र प्राथमिकताका आधारमा जथाभाबी बाँडफाँड गर्छन्। तिनीहरूले सामानहरूको व्यवस्थापन गरिरहँदा, परमेश्वरको घरका वस्तुहरूमा प्रायः धेरै वा थोरै क्षति र बरबादी भइरहेको हुन्छ, जसले परमेश्वरको घरको काममा घाटा पुर्याउँछ। यो नै झूटा अगुवाहरूको प्रमुख प्रकटीकरण हो। झूटा अगुवाहरूले सामान्य मामलासम्बन्धी कामको यति सरल, एकल कार्य समेत सम्हाल्न सक्दैनन्; तिनीहरूले त्यति गर्न वा त्यसलाई राम्रोसँग गर्न समेत सक्दैनन्—त्यसोभए, तिनीहरूले के गर्न सक्छन् त? त्यसैले, जब तैँले त्यस्ता मानिसहरूले अगुवाका रूपमा कार्य गरिरहेको देख्छस्, तैँले तिनीहरूको कामको निरीक्षण र सुपरिवेक्षण गर्न सक्छस्। यदि तिनीहरूले एउटा साधारण मामलासम्बन्धी कामलाई समेत भद्रगोल बनाउँछन्, आफूले सक्ने जति समेत गर्दैनन्, र आफूसँग समय नहुँदा त्यो काम गर्न अरू उपयुक्त मानिसहरू खोज्दैनन् भने, त्यस्ता अगुवाहरूलाई तुरुन्तै तिनीहरूको पदबाट बर्खास्त गरेर हटाइनुपर्छ। परमेश्वरको घरले तिनीहरूलाई कहिल्यै प्रयोग गर्नेछैन। के यो उपयुक्त कुरा हो? (हो।) किन? जुन व्यक्तिको हृदय सही ठाउँमा छैन, जसको बुझाइ विकृत छ, र जसले आफ्ना भावना र आफ्ना स्वार्थी, नीच महत्त्वाकाङ्क्षा र कामनाहरूअनुसार मात्र कार्य गर्छ, ऊ भरोसायोग्य हुँदैन। भरोसाहीन व्यक्तिले के काम चाहिँ राम्रोसँग गर्न सक्छ? उसले कुन कर्तव्य राम्ररी पूरा गर्न सक्छ? के ऊ बफादारीका साथ कर्तव्य पूरा गर्न सक्षम हुन्छ? (हुँदैन।)
अगुवा र कामदारहरूका जिम्मेवारीहरूको दसौँ विषयवस्तुबारे आजको सङ्गतिमार्फत, मैले अगुवा र कामदारहरूबाट माग गरिने अर्को एउटा सिद्धान्त र मानकबारे प्रस्ट रूपमा व्याख्या गरेको छैन र? यो क्षमताको प्रश्न होइन, र काम गर्ने सक्षमताको प्रश्न पनि होइन, बरु मानवताको प्रश्न हो। त्यस्ता मानिसहरूलाई नियालेर हेर् जो अगुवा र कामदारका रूपमा सेवा गरिरहेका छन्, वा जसलाई मण्डलीले संवर्धन गरिरहेको छ, अनि तिनीहरूमध्ये कमजोर मानवता भएका र सही ठाउँमा हृदय नभएका, दसौँ विषयवस्तुमा चिरफार गरिएका झूटा अगुवाहरूको जस्तै मानवता भएका कोही छन् कि भनी हेर्। यदि तैँले साँच्चिकै त्यस्ता अगुवा र कामदारहरू भेट्टाइस् भने, तैँले तिनीहरूलाई बर्खास्त गर्नुपर्छ, र त्यस्ता मानिसहरूलाई अगुवाका रूपमा कहिल्यै निर्वाचित नगर्न, र त्यस्ता मानिसहरूलाई अगुवा र कामदार बन्न कहिल्यै संवर्धन नगर्न याद राख्नैपर्छ। यदि केही मानिसहरूले ती मानिसहरूको चरित्रलाई नबुझेर तिनीहरूलाई निर्वाचित गरेमा, तुरुन्तै तिनीहरूको रिपोर्ट गर्। तिनीहरूलाई अगुवा र कामदार हुने मौका नदे। ती मानिसहरू वास्तविक काम गर्न अगुवा र कामदार बनेका हुँदैनन्, बरु मण्डलीको कामलाई नष्ट गर्नका लागि बनेका हुन्छन्। यदि तिनीहरू अगुवा बनेमा, परमेश्वरको घरका विभिन्न भौतिक वस्तुहरू त्यसकै कारण नष्ट मात्र हुनेछन्। के तिमीहरू त्यस्तो परिणाम हेर्न इच्छुक छौ? (छैनौँ।) त्यसोभए, तिमीहरूले त्यस्ता मानिसहरूलाई कस्तो व्यवहार गर्नुपर्छ? यदि तिनीहरू हाल अगुवाका रूपमा सेवा गरिरहेका छन् भने, तिनीहरूको रिपोर्ट गरेर तिनीहरूलाई पदबाट हटाइदे। यदि सेवा गरिरहेका छैनन्, यदि तिनीहरू नियुक्त भइसकेका छैनन् भने, सबैलाई यसो भन्: “यो व्यक्ति काम लाग्दैन। जे गरे पनि उसलाई चाहिँ निर्वाचित नगर; त्यो मण्डलीलाई हानिकारक हुन्छ।” अनि यदि मानिसहरूलाई झुक्याएर र गलत मार्गनिर्देशन दिएर तिनीहरूलाई निर्वाचित गर्न बाध्य गरिएको छ भने, तैँले तुरुन्तै सबैलाई जानकारी गराउनैपर्छ: “आज हामीले एउटा गलत कुरा गर्यौँ। हामीले कमजोर मानवता भएको, गलत ठाउँमा हृदय भएको व्यक्तिलाई हाम्रो अगुवाका रूपमा निर्वाचित गर्यौँ। अब हामीले यसो गरेकाले परमेश्वरको घरका हितहरू क्षति र हानिको जोखिममा हुनेछ। हामीले उसलाई पदबाट तुरुन्तै हटाउनुपर्छ, ताकि परमेश्वरको घरका हितहरू र विभिन्न वस्तुहरू क्षति हुनबाट जोगिऊन्। हामीले तिनीहरूको षडयन्त्रलाई सफल हुन दिनु हुँदैन।” के यसो गर्नु उचित कुरा हो? (हो।)
अगुवा र कामदारका रूपमा चुनिएकाहरूबाट तिनीहरूमा क्षमता र काम गर्ने सक्षमता हुनुपर्ने माग गरिन्छ; अब त तिनीहरूका चरित्रबारे मागहरू पनि छन्। तिमीहरू के भन्छौ, के अधिकांश मानिसहरूले अगुवा र कामदार बन्ने मापदण्डहरू पूरा गर्दैनन् नै भन्ने हो र? यी तीनमध्ये कुन चाहिँ सबैभन्दा महत्त्वपूर्ण छ? (मानवता।) अनि दोस्रो? (काम गर्ने सक्षमता।) त्यसपछि? (तिनीहरूमा क्षमता छ कि छैन भन्ने कुरा।) त्यो क्रम निकै सही छ। तिमीहरूले भविष्यमा अगुवाहरू छनौट गर्दा, तिनीहरूलाई यही क्रमअनुसार मापन गर। कतिपय मानिसहरू यसो भन्छन्, “यो क्रममा एउटा समस्या छ। मानौँ मानवता पहिलो स्थानमा आउँछ, र कतिपय मानिसहरू छन्, जसको मानवता असल छ तर क्षमता ज्यादै खराब छ, र यदि तिनीहरूलाई अगुवाका रूपमा छनौट गरियो भने, तिनीहरूले कुनै पनि वास्तविक काम गर्न सक्नेछैनन्—त्यस्तो अवस्थामा के अझै पनि मानिसहरूको मानवतालाई मात्र ख्याल गर्नु ठीक हुन्छ त?” मानिसहरूको मानवता सबैभन्दा महत्त्वपूर्ण हो, र त्यो नै तैँले हेर्नुपर्ने पहिलो कुरा हो, तर अगुवा र कामदारहरू छनौट गर्दा ख्याल गर्नुपर्ने एउटै मात्र कुरा चाहिँ होइन। यदि कुनै व्यक्तिको मानवता मानकअनुरूप छ भने, त्यसपछि उसको काम गर्ने सक्षमता हेर्। यदि उसमा काम गर्ने सक्षमताको कमी छ, र उसले कुनै पनि वास्तविक काम गर्न सक्दैन भने, तैँले उसलाई अत्यधिक क्षमता आवश्यक नपर्ने किसिमको काम वहन गर्न आग्रह गर्न सक्छस्। यदि उसको मानवता असल छ, र ऊ कामको जिम्मेवारी वहन गर्न सक्षम छ र त्यो काम राम्ररी गर्न सक्दो कोसिस गर्छ, साथै ऊ भरोसायोग्य छ, परमेश्वरको घरले उसलाई प्रयोग गर्नेबारे कुनै सङ्कोच मान्नु पर्दैन, र ऊ धेरैजसो दाजुभाइ-दिदीबहिनीहरूका लागि शिक्षाप्रद, सहयोगी, र फाइदाजनक छ भने, ऊ मानकअनुरूप छ। यदि उसको क्षमता कमजोर छ र उसमा काम गर्ने सक्षमताको कमी छ, वा काम गर्ने सक्षमताका हिसाबले यदि ऊ औसत मात्र छ भने, उसलाई केही सरल काम अथवा एउटा मात्र काम गर्न लगाऊ। यदि उसमा असल क्षमता र बलियो काम गर्ने सक्षमता छ भने, उसले केही महत्त्वपूर्ण काम वा केही फरक-फरक कामहरू गर्न सक्छ। के तँ यस्ता किसिमका प्रबन्धहरू समेत गर्न सक्दैनस्? यदि उसको मानवता कमजोर छ र उसको हृदय सही ठाउँमा छैन भने, उसको काम गर्ने सक्षमता जति नै ठूलो भए पनि, के उसले काम राम्ररी गर्न सक्नेछ? (सक्नेछैन।) यदि उसले एउटा कम्पनी वा केही कर्मचारीको व्यवस्थापन गरेमा, सायद समस्या नहोला—तर यदि उसलाई परमेश्वरको घरका विभिन्न वस्तुहरूको व्यवस्थापन गर्न भनियो भने, कस्ता समस्याहरू उत्पन्न होलान्? सर्वप्रथम, तिनीहरूले बिलकुलै ती वस्तुहरूको व्यवस्थापन गर्ने थिएनन् वा परमेश्वरको घरले माग गर्ने सिद्धान्तहरूअनुसार कामकुरा सम्हाल्ने थिएनन्। तिनीहरूको हृदय सही ठाउँमा हुँदैन, तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्, र तिनीहरूको हृदयमा षड्यन्त्र बाहेक केही पनि हुँदैन, दुष्ट विचार र सोचहरू बाहेक केही पनि हुँदैन, त्यसैले तिनीहरूले जहिल्यै सत्यता सिद्धान्तहरू र निष्पक्षताका आधारमा नभई आफ्नै प्राथमिकताहरूअनुसार, र आफ्नै स्वार्थहरूमा आधारित भएर कार्य गर्छन्। तिनीहरू आफूले गुमाउनु वा पाउनु पर्ने कुराबारे मात्र विचार गर्छन् र परमेश्वरको घरले माग गर्ने सिद्धान्तहरूबारे केही पनि सोच्दैनन्—यसर्थ तिनीहरू अगुवा र कामदारहरूको काममा असफल हुने निश्चित हुन्छ। यो केद्वारा निर्धारित हुन्छ? तिनीहरूको चरित्रद्वारा; यो तिनीहरूको काम गर्ने सक्षमताद्वारा निर्धारित हुँदैन। त्यसैले, कोही कुलीन हो कि नीच, र उसले अगुवा र कामदारहरूको छनोटका लागि परमेश्वरको घरका मानकहरू पूरा गर्छ कि गर्दैन भन्ने कुरालाई जोख्दा, सुरुमा उसको मानवतालाई हेर्: यदि उसको मानवता भरपर्दो र मानकअनुरूपको छ भने, त्यसपछि उसमा काम गर्ने सक्षमता छ कि छैन र ऊसँग बोझ छ कि छैन भन्नेबारे विचार गर्; त्यसपछि अन्य पक्षहरूबारे ख्याल गर्।
यो अगुवा र कामदारहरूका जिम्मेवारीहरूको दसौँ विषयवस्तु हो। झूटा अगुवाहरूका विभिन्न प्रकटीकरणहरूसम्बन्धी दसौँ विषयवस्तुमा चिरफार गरिएको कुरा लगभग यही नै हो। झूटा अगुवाहरूले परमेश्वरको घरका विभिन्न भौतिक वस्तुहरूसँग व्यवहार गर्दा देखाउने मनोवृत्ति र प्रकटीकरणहरूमा देख्न सकिन्छ कि तिनीहरूमध्ये धेरैजसोमा विवेक र समझ हुँदैन, तिनीहरूको मानवता अत्यन्तै कमजोर हुन्छ र तिनीहरूले कुनै जिम्मेवारी लिँदैनन्—तैँले तिनीहरूको हृदय गलत ठाउँमा छ भनेर भन्न सक्छस्। के अब कोही झूटा अगुवा हो भनी निर्धारण गर्न प्रयोग गर्नका लागि हामीसँग थप एउटा प्रमाण छैन त? कतिपय झूटा अगुवाहरू काम गर्नै सक्दैनन्, किनभने तिनीहरूको क्षमता कमजोर हुन्छ, साथै तिनीहरू अन्धा हुन्छन् र तिनीहरूमा कामकुराको अन्तर्ज्ञान हुँदैन। कतिपयले वास्तविक काम गर्दैनन्, किनभने तिनीहरूको हृदय सही ठाउँमा हुँदैन, र तिनीहरू आफ्नै फाइदाको खोजीमा मात्र हुन्छन्—तिनीहरूले परमेश्वरको घरका हितहरूलाई कायम राख्दैनन्, र परमेश्वरका चुनिएका मानिसहरू बाँचे वा मरे पनि वास्ता गर्दैनन्। परमेश्वरको घरको काममा ढिलाइ हुन नदिन र उहाँका चुनिएका मानिसहरूलाई हानिबाट जोगाउन, हरेक प्रकारको झूटो अगुवालाई सकेसम्म चाँडो बर्खास्त गर्नुपर्छ र हटाउनुपर्छ।
मे १, २०२१
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।