अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (११) खण्ड तीन

परमेश्‍वरको घरका भौतिक वस्तुहरूलाई राम्ररी व्यवस्थापन गर्नु परमेश्‍वरका चुनिएका सबै मानिसहरूको जिम्मेवारी हो

अगुवा र कामदारहरूका जिम्मेवारीहरू बुझेपछि, के तिमीहरूले हरेक दाजुभाइ-दिदीबहिनीले परमेश्‍वरको घरका विभिन्‍न भौतिक वस्तुहरूलाई व्यवहार गर्दा उनीहरूले बोध गर्नुपर्ने सिद्धान्तहरू पनि बुझ्यौ त? तिमीहरू अगुवा र कामदार होइनौ होला, तर तिमीहरूले सुपरिवेक्षणको जिम्मेवारी अझै पनि पूरा गर्नुपर्छ। यो परमेश्‍वरका चुनिएका मानिसहरूको अधिकार हो। साथै, परमेश्‍वरको घरका विभिन्‍न भौतिक वस्तुहरू—हर प्रकारका पुस्तक र उपकरणहरू; दैनिक खानपान, र सामग्रीहरू; आदि इत्यादिलाई—सबैले प्रेम र हेरचाहका साथ व्यवहार गर्नुपर्छ। सबैले आफूले प्रयोग गरिरहेका विभिन्‍न वस्तुहरूको पनि नियमित जाँच, मर्मत, र सम्भार गर्नुपर्छ, र उनीहरूले तिनलाई समझदारीपूर्वक प्रयोग गर्नुपर्छ—तिनलाई तेरो स्वामित्वमा हुँदा क्षति र बरबाद हुन नदे, वा तिनलाई जथाभावी नफाल्। कतिपयले यसो भन्छन्, “यसै पनि, यो चीज मेरो होइन। मैले यो आफ्नै पैसाले किनेको होइनँ। यो त मलाई परमेश्‍वरको घरले दिएको हो—यो सार्वजनिक सम्पत्ति हो। मैले यसको मर्मतसम्भार कहिले गरिनुपर्छ, वा यसलाई कहाँ भण्डारण गर्नुपर्छ भन्‍नेबारे वास्ता गर्नु पर्दैन। मैले यसलाई लुटेझैँ गरेर आफूसँग लिएर हिँड्न मिल्दैन।” के यो समझदारीपूर्ण सोच हो? के यो निकै स्वार्थी हुनु अनि मानवताको अभाव हुनु होइन? (हो।) त्यसोभए, परमेश्‍वरको घरका भौतिक वस्तुहरू प्रयोग गर्दा कुन सिद्धान्तहरू पालना गर्नुपर्छ? यदि कुनै चीज तेरो प्रयोजनका लागि बाँडफाँड गरिएको छ भने, त्यसलाई प्रयोग गर्दा तैँले नै त्यसको मर्मत र हेरचाह गर्नुपर्छ। तँ नै पूर्ण रूपमा जिम्मेवार हुन्छस्; अरू कसैको आग्रह वा सुपरिवेक्षणबिना, तैँले उक्त वस्तुलाई त्यो आफ्नो व्यक्तिगत सम्पत्ति भएझैँ गरी व्यवहार गर्ने, कदर गर्ने, र सुरक्षित राख्ने गर्नुपर्छ। मानवता हुनु भनेको नै त्यही हो। त्यो चीज तँलाई वितरण गरिँदा चाहे जुन अवस्थामा भएको भए पनि, जब त्यो प्रयोग गर्न तँलाई दिइएको अनुमति सकिन्छ वा जब तैँले त्यो प्रयोग गरिसक्छस्, तब तैँले जुन व्यक्तिले त्यसलाई पूर्ण रूपमा अक्षय र मौलिक अवस्थामा रहने गरी संरक्षण गर्छ उसैलाई फिर्ता गर्नुपर्छ। यसलाई समझ हुनु भनिन्छ; यो मानवतामा हुनुपर्ने कुरा हो। तँ आफूले परमेश्‍वरमा विश्‍वास गर्ने, आफूमा विवेक र समझ भएको, आफूले सत्यतालाई प्रेम गर्ने, त्यसलाई पछ्याउने, र त्यसमा समर्पित हुने गरेको भन्छस्, तर यदि तँसित कुनै भौतिक वस्तुलाई व्यवहार गर्दा हुनुपर्ने सबैभन्दा न्यूनतम मानवता समेत छैन भने, तैँले सत्यतालाई प्रेम गर्ने वा अभ्यास गर्नेबारे कुरा कसरी गर्न सक्छस्? के त्यो अत्यन्तै खोक्रो कुरा होइन र? यदि तैँले कुनै भौतिक वस्तुप्रतिको व्यवहारमा आफूले पूरा गर्नुपर्ने जिम्मेवारी समेत पूरा गर्न सक्दैनस् भने, त्यसको मतलब तेरो मानवता पटक्कै असल छैन—त्यसलाई सामान्यतया “मानवताको अभाव भएको” भन्‍ने गरिन्छ। यसको अतिरिक्त, तैँले आफ्नै सामानहरू जसरी प्रयोग गर्ने भए पनि, तैँले तिनलाई लापरवाह व्यवहार गर्ने भए पनि वा सावधानीपूर्ण व्यवहार गर्ने भए पनि, त्यो तेरो अधिकारको कुरा हो। कसैले पनि हस्तक्षेप गर्नेछैन। तर परमेश्‍वरको घरसँग त्यसका सामानहरू प्रयोग गर्नेसम्बन्धी सिद्धान्तहरू छन्। यी सिद्धान्तहरू सबै विवेक र समझमा आधारित हुन्छन्, र ती सत्यताको उचाइसम्म पुग्न नसक्ने भए पनि, कम्तीमा पनि ती मानवताका मानकहरूअनुरूप हुन्छन्। यदि तैँले मानवताको यो मानक समेत पूरा गर्न सक्दैनस्, यदि तैँले परमेश्‍वरको घरले तँलाई प्रदान गरेका उपकरण र सामग्रीहरूलाई सही तरिकाले व्यवहार र प्रयोग गर्न समेत सक्दैनस् भने, तैँले सत्यता बुझ्न सक्छस् कि सक्दैनस् र तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छस् कि सक्दैनस् भन्‍ने कुरा समस्याजनक हुन्छ—यसमा प्रश्नचिन्ह उठ्छ। त्यसकारण, यी सामाग्रीहरूलाई व्यवहार गर्ने कुरा आउँदा, तँसित तिनलाई प्रयोग गर्ने अधिकार हुन्छ, र तँसित तिनको मर्मत, सम्भार, र हेरचाह गर्ने जिम्मेवारी पनि स्वतः हुन्छ। तैँले यी कुराहरूलाई गम्भीरताका साथ लिनैपर्छ। यदि तैँले पनि गैरविश्‍वासीहरूले जस्तै यसो भन्छस्, “जे भए पनि, यो मेरो होइन। मैले यो आफ्नो पैसाले किनेको होइनँ। यदि कुनै सार्वजनिक चीज बिग्रियो भने बिग्रियो—नयाँ किने भइगयो नि, वा सबैभन्दा खराब स्थितिमा मर्मत गरे भइगयो नि। तैपनि, मैले कुनै चीज गुमाएको त छैन नि।” यदि तैँले त्यसरी नै सोच्छस् भने, त्यो समस्या हो—तँ खतरामा छस्। तँसित सोझो चरित्र छैन, र तेरो हृदय सही ठाउँमा छैन। आफ्ना चीजहरूलाई मितव्ययी तरिकाले प्रयोग गर्नु, तर परमेश्‍वरको घरका चीजहरूलाई महत्त्वहीन ठान्‍नु, तिनको कदर गर्न ख्याल नगर्नु—के त्यो हृदय सही ठाउँमा नभएको व्यक्ति होइन र? के परमेश्‍वरले हृदय सही ठाउँमा नभएका मानिसहरूलाई मन पराउनुहुन्छ? (मन पराउनुहुन्‍न।) ल भन्, के परमेश्‍वरले हृदय सही ठाउँमा नभएका मानिसहरूको छानबिन गर्नुहुन्छ? (गर्नुहुन्छ।) परमेश्‍वरले हृदय सही ठाउँमा भएका र नभएका दुवैलाई एकैनासले छानबिन गर्नुहुन्छ। तैँले परमेश्‍वरको छानबिन स्विकार्दा, यदि तैँले आफूले त्यस तरिकाले सोचिरहेको पत्ता लगाइस् भने के गर्नुपर्छ? त्यसलाई ध्यान नै नदिने? त्यसको जाँच नै नगरी छोडिदिने? त्यसबारे वास्तै नराख्ने? “म जे सोच्छु त्यो मेरै सरोकारको कुरा हो। त्यसमा हस्तक्षेप गर्ने तँ को होस्? यदि तैँले मलाई कुनै चीज प्रयोग गर्न दिइस् भने, त्यो प्रयोग गर्नु मेरो हकको कुरा हो—र जे भए पनि, यदि मैले त्यो मेसिन बिगारिनँ भने भइगयो नि। तँ किन त्यस्तो उच्च र त्यति धेरै मागहरू गरिरहेको छस्?” के यो सोच्ने तरिका राम्रो हो? (होइन।) त्यो “मानवताको अभाव हुनु” हो। यदि तँलाई त्यस्ता सोचहरू आउँछन् भने, तैँले परमेश्‍वरको छानबिन स्विकारेर यसो भन्‍नैपर्छ, “परमेश्‍वर, ममा भ्रष्ट स्वभाव छ, र मेरो मानवता कमजोर छ। म आफू निकै आदर्शमयी र सम्मानयोग्य भएको, मेरो इज्जत भएको सोच्ने गर्थेँ; मैले यो सानो कुराले मलाई प्रकाश गर्ला भनेर सोच्ने नै थिइन: मसित स्वार्थी कामनाहरू छन्; मेरो हृदय सही ठाउँमा छैन; मेरा आफ्नै स-साना लक्ष्यहरू छन्। म तपाईँको छानबिन र तपाईँको ताडना स्विकार्न इच्छुक छु, र म आफूलाई परिवर्तन गर्न इच्छुक छु।” तैँले परमेश्‍वरसमक्ष प्रार्थना र पश्चात्ताप गर्नैपर्छ, र उहाँलाई तेरो छानबिन गर्न दिनुपर्छ। जब तैँले उहाँको छानबिन स्विकारेको हुन्छस्, तब तैँले आफूलाई कसरी परिवर्तन गर्नुपर्छ? तैँले यसो भन्‍नेछस्, “मैले एक ताका जसरी सोच्ने गर्थेँ त्यो अनैतिक थियो—त्यो गैरविश्‍वासीहरूको, अविश्‍वासीहरूको सोचाइ हो। अब मैले त्यसरी सोच्नै मिल्दैन। मैले त्यो बाटो लिनै हुँदैन। म परमेश्‍वरको विश्‍वासी हुँ; म मानवता र इज्जत भएको व्यक्ति हुनु पर्छ। मैले परमेश्‍वरले प्रेम गर्नुहुने कामकुराहरू गर्नुपर्छ। मैले भविष्यमा उपकरण र मेसिनहरू प्रयोग गर्ने आफ्नो तरिका बदल्नुपर्छ। मैले तिनलाई आराम चाहिएको बेलामा आराम दिनैपर्छ, र आवश्यकताअनुसार तिनको मर्मत र सम्भार गर्नुपर्छ। मैले तिनलाई बारम्बार सफा गर्नुपर्छ, र नियमित रूपमा तिनको सामान्य प्रयोग सुनिश्चित गर्न तिनका विभिन्‍न पाटपुर्जाहरू जाँच्नुपर्छ। अनि प्रयोग गरिसकेपछि म तिनलाई तुरुन्तै सफा गर्नेछु, र सुरक्षित ठाउँमा फिर्ता राख्नेछु, ताकि असम्बन्धित मानिसहरूले तीसँग छेडछाड गर्न नपाऊन्।” अनि त्यसपछि, तैँले भविष्यमा फेरि मेसिनहरू प्रयोग गर्दा, तँ अत्यन्तै सावधान र सजग हुनेछस्। तेरा विचारहरू निरन्तर रूपमा परिवर्तन हुँदै जानेछन्, र तेरा तौरतरिकाहरू सुध्रिनेछन्, पहिलेका तेरा स्वार्थी, घृणास्पद सोच र कार्यहरूबाट जिम्मेवारीको बोधमा, वस्तुहरूको हेरचाह गर्ने, र जिम्मेवारी लिने मनमा बदलिनेछ। तेरो सोच बदलिनु नै आफूलाई साँच्चिकै परिवर्तन गर्ने कुराको सुरुवात हो। जब तैँले आफ्नो सोच र विचारलाई आफ्नो अभ्यासमा उतार्छस्, तब त्यो तेरा तरिकाहरूमा आएको परिवर्तन बन्छ। त्यो यस स्तरमा पुगेपछि नै परमेश्‍वरले तैँले साँच्चिकै आफूलाई परिवर्तन गरिरहेको र पश्चात्ताप गरिरहेको छस् भन्‍ने देख्नुहुन्छ; तैँले ल्याउने यी बदलाव र परिवर्तनहरू परमेश्‍वरका लागि साँच्चिकै स्वीकार्य हुनेछन्। सत्यता अभ्यास गर्नु भनेको यही नै हो। सत्यता अभ्यास गर्दा व्यक्तिसँग हुनैपर्ने सबैभन्दा आधारभूत कुरा के हो? मानिसहरूमा हुनुपर्ने विवेक र समझ। अनि के स्वार्थी र घृणास्पद व्यक्तिसित विवेक र समझ हुन्छ? (हुँदैन।) तँलाई परमेश्‍वरको घरका वस्तुहरू यत्रतत्र छोड्न, वा तिनलाई क्षति र बरबाद गर्न, वा तीप्रति गैरजिम्मेवार हुन मिल्दैन भनेर धर्मसिद्धान्तका रूपमा थाहा हुन सक्छ—तर तेरो हृदय र सोचमा चाहिँ तेरो मनोवृत्ति कस्तो छ त? “ती चीजहरूको वास्ता गर्नुको के अर्थ? त्यो चीज मेरो नै होइन।” त्यस्तो सोचाइले तेरो व्यवहारलाई निर्देशित गर्नेछ, अनि तैँले जानेको धर्मसिद्धान्त तब उपयोगी हुनेछ त? हुनेछैन—त्यो बिलकुलै काम नलाग्ने धर्मसिद्धान्त मात्र हुनेछ। जब तेरो सोचाइ र विचारहरू सुल्टिन्छन्, र तैँले साँचो रूपमा आफूलाई परिवर्तन गरेको र परमेश्‍वरसमक्ष पश्चात्ताप गरेको हुन्छस्, तब मात्र तेरो व्यवहार र तेरा व्यावहारिक कार्यहरू परिवर्तन हुन थाल्नेछन्। तब तेरो जियाइमा मानवता हुन थाल्नेछ; तँ त्यस बेला नै सत्यता वास्तविकतामा प्रवेश गर्न थाल्नेछस्। त्यस्तो सानो मामलाले नै एउटा व्यक्तिको मानवता, साथै त्यस व्यक्तिले सत्यतालाई साँच्चिकै प्रेम गर्छ कि गर्दैन भन्‍ने कुरा प्रकाश गर्छ।

परमेश्‍वरको घरका विभिन्‍न भौतिक वस्तुहरूको व्यवस्थापन गर्नु अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने जिम्मेवारी हो, र परमेश्‍वरका चुनिएका मानिसहरूमध्ये हरेकले सामूहिक रूपमा सुपरिवेक्षण, सहयोग, र सक्दो सहकार्य प्रदान गर्नुपर्छ। यो सबैजनाको जिम्मेवारी हो। परमेश्‍वरका चुनिएका मानिसहरू उदाहरण बन्‍नुपर्छ। उनीहरूले आफूबाटै सुरु गर्नुपर्छ—उनीहरू आफैले राम्रो काम गरेपछि मात्र अरूलाई सुपरिवेक्षण गर्न, र अरूले गर्ने कुरा उचित र सिद्धान्तहरूअनुरूप छ कि छैन भनी मूल्याङ्कन गर्न योग्य बन्छन्। यो सबैजना संलग्न हुने मामला हो, त्यो सानो कुराले मानिसहरूको मानवता, साथै सत्यताप्रति उनीहरूको मनोवृत्ति प्रकाश गर्छ। अगुवा र कामदारहरूले यो काम राम्ररी र अत्यन्तै जोसका साथ, परमेश्‍वरको घरका सिद्धान्तहरूअनुसार गर्नुपर्छ, साथै हरेक साधारण दाजुभाइ-दिदीबहिनीले पनि यस मामलालाई कडाइ र सावधानीका साथ व्यवहार गर्नुपर्छ। तैँले बारम्बार आफूबारे, तेरो मानवता र सोचाइमा समस्याहरू छन् कि छैनन् भन्‍नेबारे, तँसित कस्तो किसिमको मनोवृत्ति छ भन्‍नेबारे आत्मचिन्तन गर्नैपर्छ। जब तैँले आफ्नो मनोवृत्ति र सोचाइमा समस्या छ भनेर पत्ता लगाउँछस्, तब तैँले तुरुन्तै प्रार्थना गरेर आफूलाई सुल्टाउनुपर्छ—अनि परमेश्‍वरको घरका सामानहरू व्यवस्थापन वा प्रयोग गर्दा, तैँले एकातिर आफ्नो विवेकको हप्की नखान र परमेश्‍वरसामु नचुक्न, र अर्कोतिर अरूको प्रशंसा पाउने र उनीहरूलाई तैँले गर्ने कुराको अनुमोदन गराउने, र तँसित मानवता छ, जुन सबैले देख्न सक्छन् भनेर भन्‍न लगाउने प्रयास गर्नुपर्छ। मुख्य कुरा भनेको मानिसहरूले यसो गर्दा सिद्धान्तहरू कायम राख्नु हो। यो मानिसहरूले पूरा गर्नुपर्ने दायित्व, र परमेश्‍वरको घरको कुनै पनि सदस्यले हासिल गर्नुपर्ने कुरा हो। यो अगुवा र कामदारहरूको मात्र जिम्मेवारी होइन।

के अब तिमीहरू अगुवा र कामदारहरूका जिम्मेवारीहरूको दसौँ विषयवस्तुबारे धेरथोर प्रस्ट भयौ? सिद्धान्तहरू बुझेपछि, मानिसहरूले यो काम गर्दा बढी ध्यान र होसियारी पुर्‍याउनुपर्छ, र त्योसँगै उनीहरूले यसमा बढी मेहनत लगाउनुपर्छ, र अल्छी गर्नु हुँदैन—त्यसपछि उनीहरू मूलतः परमेश्‍वरको घरका भौतिक वस्तुहरूको क्षति र बर्बादी कम गर्न, र तिनलाई दुष्ट मानिसहरूको स्वामित्वमा पर्नबाट जोगाउन सक्षम हुनेछन्। यो हासिल गर्न सकिनुपर्ने कुरा हो। म किन यो हासिल गर्न सहज छ भन्छु? यी त्यस्ता मामलाहरू हुन्, जुन सबैको घरका दैनिक जीवनसँग सम्बन्धित हुन सक्छन्। तेरो आफ्नै घरका सामानहरूको व्यवस्थापन गर्नमा ध्यान दिन सजिलो हुन्छ, त्यसैले यदि तैँले परमेश्‍वरको घरका सामानहरूलाई आफ्नै जस्तो गरेर, उहाँको घरका मागहरूअनुसार संरक्षण गर्छस्, तिनलाई समझदारीपूर्वक बाँडफाँड गर्छस्, क्षति र बरबादी कम गर्न पुग्छस्, र दुष्ट मानिसहरूलाई तिनको स्वामित्व लिन दिँदैनस् भने, तैँले अगुवा र कामदारहरूको जिम्मेवारी पूरा गरिरहेको हुनेछस्। यो काम त्यसको प्रकृतिअनुसार सामान्य मामलासम्बन्धी कार्य जस्तो देखिन्छ। हामी किन यसलाई सामान्य मामलासम्बन्धीको कार्य भनिरहेका छौँ? यसमा भौतिक वस्तुहरूको व्यवस्थापन संलग्न हुन्छ। तिनलाई राम्रोसँग व्यवस्थापन र बाँडफाँड गरिस् भने, तैँले आफ्नो जिम्मेवारी पूरा गरिरहेको हुनेछस्। साथै, यस कामको सिद्धान्त अत्यन्तै सरल छ—त्यसमा एउटै मात्र सिद्धान्त संलग्न हुन्छ, र जटिल सत्यताहरू संलग्न हुँदैनन्। यदि कसैसँग बोझ र सही अभिप्रायहरू छन् भने, उसले त्यति धेरै सत्यता बुझ्नु नपरी, र ऊसँग त्यति धेरै सत्यता सङ्गति गर्नु नपरी यो काम राम्रोसँग गर्न सक्छ। त्यसकारण, यो काम एउटा एकल कार्य हो, र यो सामान्य मामलासम्बन्धी कार्य हो। यो त्यस्तो काम हो, जुन अगुवा र कामदारहरूका लागि गर्न सजिलो हुन्छ। यदि तँ अलि बढी कर्मठ छस्, बढी प्रश्नहरू सोध्छस्, धेरै सोधपुछ गर्छस्, बढी चासो लिन्छस्, र तँसँग सही अभिप्रायहरू छन् भने, तैँले त्यो गर्न सक्छस्। त्यो बिलकुलै जटिल हुँदैन। हामीले अगुवा र कामदारहरूका जिम्मेवारीहरूको दसौँ विषयवस्तुमाथिको सङ्गति सकाएका छौँ। यो त्यति सरल छ।

परमेश्‍वरको घरका भौतिक वस्तुहरूसम्बन्धी झूटा अगुवाहरूका मनोवृत्ति र प्रकटीकरणहरू

अब तिमीहरूले अगुवा र कामदारहरूको यो जिम्मेवारी बुझेकाले, त्यसका सम्बन्धमा, हामी झूटा अगुवाहरूले यो काम गर्दा देखाउने प्रकटीकरणहरू, र तिनीहरूले गर्ने के-के कामकुराको अर्थ तिनीहरूलाई झूटा अगुवाका रूपमा चित्रण गर्न सक्छ भन्‍ने कुराको चिरफार गर्नेछौँ। पहिलो कुरा, जब झूटा अगुवाहरूले यो काम गर्छन्, तिनीहरू राम्रोसँग विभिन्‍न वस्तुहरूको संरक्षण गर्न सक्षम हुँदैनन्। हर किसिमका भौतिक वस्तुहरूका कुरा आउँदा, संरक्षण गर्नु नै कामको पहिलो महत्त्वपूर्ण विषयवस्तु हो। झूटा अगुवाहरू आफूले गर्ने सबै कुरामा अस्तव्यस्त हुन्छन्; सत्यता र त्यससँग सम्बन्धित विभिन्‍न सिद्धान्तहरूको कुरा आउँदा, दलदलमा फस्नु बाहेक, तिनीहरू परमेश्‍वरको घरका विभिन्‍न भौतिक वस्तुहरूको संरक्षण गर्ने कुरामा पनि त्यसै गरी अस्तव्यस्त हुन्छन्। तिनीहरूलाई ती वस्तुहरूको व्यवस्थापन गर्नका लागि कस्ता प्रकारका मानिसहरू खोज्ने भनेर थाहा हुँदैन, न त तिनलाई संरक्षण गर्ने तरिका नै थाहा हुन्छ। तिनीहरूसँग कुनै स्पष्ट लक्ष्य र विशिष्ट योजनाहरू हुँदैनन्, यो काम गर्ने विस्तृत कदमहरू त झनै हुँदैनन्। यदि कोही कष्ट वहन गर्न इच्छुक छ भने, यी वस्तुहरूको संरक्षण गर्न सकिन्छ; यदि छैन भने, कुनै झूटो अगुवाले यी वस्तुहरूलाई जथाभावी पन्छिन दिन्छ। उसले तिनलाई संरक्षण गर्नका लागि कुनै उपयुक्त व्यक्ति वा तिनलाई भण्डारण गर्नका लागि उपयुक्त ठाउँ खोज्दैनन्, र तिनको सुरक्षा गर्नेबारे विशिष्ट सिद्धान्तहरू त झनै सङ्गति गर्दैनन्। त्यो सँगसँगै, तिनीहरूले यी भौतिक वस्तुहरूको भावी स्थानान्तरण, मर्मत, र सम्भारका लागि कुनै प्रबन्धहरू गर्दैनन्। कतिपय झूटा अगुवाहरू त परमेश्‍वरको घरसित के-के वस्तुहरू छन् भन्‍ने सम्बन्धमा पूर्ण रूपमा अनभिज्ञ हुन्छन्—तिनीहरूले यसको बारेमा वास्ता गर्दैनन् र सोधपुछ गर्दैनन्। उदाहरणका लागि, मानौँ परमेश्‍वरको घरले परमेश्‍वरका वचनहरूका नयाँ पुस्तकहरू छापेको छ। ती वितरण गरेपछि कतिवटा पुस्तकहरू बाँकी छन्, तिनलाई भण्डारण गर्न कसको प्रबन्ध गरिएको छ, तिनलाई कसरी भण्डारण गरिँदै छ, र ती सही ठाउँमा भण्डारण भइरहेका छन् कि छैनन्—झूटो अगुवालाई यीमध्ये कुनै पनि कुराहरू थाहा हुनेछैन, न त उसले तिनका बारेमा सोध्नेछ वा खोजीनिती नै गर्नेछ। उसले किन खोजीनिती गर्नेछैन? उसले सोच्छ कि परमेश्‍वरको घरका भौतिक वस्तुहरूको संरक्षण गर्नु सानोतिनो मामला हो, ऊ अगुवा हो, महत्त्वपूर्ण कामकुरा गर्ने व्यक्ति हो, जसले केवल प्रवचन दिन्छ। उसले यी सबै “सानातिना मामलाहरू” लाई बिलकुलै ध्यान दिँदैन, बरु केही पनि नबुझ्ने मानिसहरूलाई ती सम्पन्‍न गर्न सुम्पन्छ, र ती राम्ररी गरिएका छन् कि नराम्ररी भन्‍नेबारे उसले वास्ता गर्दैन। त्यसकारण, उसले परमेश्‍वरको घरका भौतिक वस्तुहरूको संरक्षण गर्ने कामलाई गम्भीर रूपमा बिलकुलै लिँदैन। यो एउटा कारण हो। अर्को कारण भनेको के हो भने, कतिपय झूटा अगुवा अन्योलमा हुन्छन्—तिनीहरूको मन गन्जागोल हुन्छ। तिनीहरूमा सामान्य सोचाइ वा वस्तुहरूको संरक्षण गर्ने चेतना हुँदैन, र तिनीहरूसँग परमेश्‍वरको घरका वस्तुहरूको कसरी सुरक्षा गर्ने भन्‍नेबारे कार्यप्रणाली वा मार्ग हुँदैन। त्यसैले, तिनीहरूलाई यी वस्तुहरूमध्ये कतिवटा क्षतिग्रस्त भएका छन्, र खेर गएका घटनाहरू छन् कि छैनन् भनेर पनि थाहा हुँदैन। जब केही वस्तु दुष्ट मानिसहरूले लिन्छन्, तब झूटो अगुवा यसो भन्छ, “हुन देऊ—जे भए पनि, सबथोक परमेश्‍वरकै हातमा हुन्छ।” कतिपय महत्त्वपूर्ण वस्तु व्यक्तिहरूले कसैको अनुमोदनबिनै प्रयोग गर्छन्; ती मानिसहरूले यी वस्तुहरू लिन्छन्, अनि अरूले तिनलाई आफ्नो काममा प्रयोग गर्न सक्दैनन्, र कसैले पनि ती कुरा माग्ने आँट गर्दैन। कुनै झूटो अगुवा यसो भन्छ, “यो कुनै ठूलो कुरा नै होइन। एउटा नयाँ किन्दा भइहाल्यो नि। उनीहरूले त्यो चीज लिए, त्यसैले उनीहरूलाई पहिला प्रयोग गर्न देऊ। त्यो एउटा वस्तु न हो—चाहे जसले प्रयोग गरे पनि एउटै कुरा न हो। यदि उनीहरूले त्यसलाई समझदारीपूर्वक प्रयोग गरिरहेका छैनन् भने, त्यो उनीहरू र परमेश्‍वरबीचको कुरा हो। हामीले हस्तक्षेप गर्नु आवश्यक छैन।” हेर्, तिनीहरू मामलालाई “सम्हाल्न” कसरी भव्य धर्मसिद्धान्त प्रचार गर्छन्, ठूला समस्याहरूलाई सानो बनाउँछन् र साना समस्याहरूलाई पूरै उपेक्षा गर्छन्। परमेश्‍वरको घरका विभिन्‍न वस्तुको सुरक्षा गर्ने कुरा आउँदा, झूटा अगुवाहरूले आफ्ना कुनै पनि जिम्मेवारी पूरा गर्दैनन्। तिनीहरू त्यसबारे वास्ता गर्दैनन् वा सोध्दैनन्, र तिनीहरू कुनै पनि समस्याहरू समाधान गर्ने वा सम्हाल्ने गर्दैनन्। माथिले तिनीहरूको काम जाँच-पड्ताल गरे पनि, तिनीहरूले कुरा घुमाएर उसलाई पन्छाउँछन्, र कुरा त्यतिमै सकिन्छ।

कतिपय दाजुभाइ-दिदीबहिनी परमेश्‍वरको घरको प्रयोजनका लागि उपकरण, लत्ताकपडा, र औषधी किन्छन्, अनि जब कुनै झूटो अगुवाले ती वस्तुहरू देख्छ, तब उसले तीबाट छानेर राम्रा कपडा, जुत्ता, र झोलाहरू आफ्नै लागि लिन्छ, र बाँकी रहेका आफूलाई नचाहिने वस्तुहरू मात्र अरूलाई लान दिन्छ। उसले अगुवाइ गर्ने लन्ठकहरूले यो देख्दा, यसो भन्छन्, “हाम्रा अगुवाले आफूले चाहेको चीज छान्‍नुभयो—अब, हाम्रो पालो हो। हामीले छानिसकेपछि, बाँकी रहेका बेकारका सामानहरू हामीमुनिका दाजुभाइ-दिदीबहिनीहरूतिर फालिदिनेछौँ।” यी वस्तुहरू जसका हातमा पर्छन्, ती तिनीहरूकै बन्छन्, अनि कसैलाई पनि मन नपर्ने बाँकी वस्तुहरू फ्याँकिन्छन्, र कसैले पनि तिनको सुरक्षा गर्दैन। त्यसकारण, परमेश्‍वरको घरका विभिन्‍न भौतिक वस्तुहरूको सुरक्षा गर्ने ठाउँहरू नाम मात्रका हुन्छन्, तर वास्तवमा, तिनको सुरक्षा बिलकुलै भइरहेको हुँदैन—ती ठाउँहरू फोहोर थुपार्ने ठाउँजस्ता हुन्छन्, जसको व्यवस्थापन गर्ने बिलकुलै कोही हुँदैन। तिनीहरू बस कुनै ठाउँमा वस्तुहरू फ्याँक्छन् र थुप्रिन दिन्छन्। त्यहाँ लत्ताकपडा, जुत्ता-मोजा, औषधी, र विद्युतीय उपकरणहरू, साथै दैनिक उपभोग्य वस्तुहरू र भान्साका सामानहरू हुन्छन्—त्यो गन्जागोल हुन्छ, जहाँ हरप्रकारका फोहोरहरू हुन्छन्, र यहाँसम्म कि मानिसको खाना र कुकुरको खाना पनि सँगै मिसिएका हुन्छन्। यदि तैँले यी सामानहरूको व्यवस्थापन कसले गरिरहेको छ र तिनीहरूले तिनलाई वर्गीकरण गर्छन् कि गर्दैनन्; वा यी कुराहरूका लागि निर्देशनहरू छन् कि छैनन्, र तिनलाई कसरी सुरक्षा गरिनुपर्छ; वा, यी वस्तुहरू परमेश्‍वरको घरको कामका लागि आवश्यक नपर्ने हुन् कि, दाजुभाइ-दिदीबहिनीहरूलाई तिनको आवश्यकता छ कि छैन भनेर सोधिस् भने—कसैलाई पनि जबाफ थाहा हुँदैन। दाजुभाइ-दिदीबहिनीहरूलाई थाहा नहुनु निकै सामान्य कुरा हो, तर अगुवा र कामदारहरूसित पनि यी कुनै पनि प्रश्नका जबाफ हुँदैन—तिनीहरू कि त “मलाई थाहा छैन”, या “कसैले यसको हेरचाह गरिरहेको छ,” भनेर आफ्नो जिम्मेवारीबाट पूर्ण रूपमा पछि हट्छन्, र यसरी तँलाई खारेज गर्छन्, र परमेश्‍वरको घरसित बेइमानी गर्छन्। यसले गर्दा यी समस्याहरू समाधान हुँदैनन्। अगुवा र कामदारहरूलाई परमेश्‍वरको घरका विभिन्‍न भौतिक वस्तुको व्यवस्थापन गर्ने उपयुक्त मानिसहरू खोज्न गाह्रो हुँदैन, हुन्छ र? झूटा अगुवाहरू यी वस्तुहरूको राम्रोसँग सुरक्षा गर्ने, राम्रो अभिलेख राख्ने र तिनलाई राम्ररी वर्गीकरण गर्ने कुनै बफादार व्यक्ति खोज्ने सरल कामसमेत गर्दैनन्। त्यसोभए, तिनीहरू के चाहिँ गर्छन् त? जब दाजुभाइ-दिदीबहिनीहरूले परमेश्‍वरको घरलाई लत्ताकपडा वा दैनिक आवश्यकताका सामानहरू चढाएका हुन्छन्, अनि झूटा अगुवाहरूले यी वस्तुहरू देख्छन्, तब तिनीहरू एकसाथ मासु लुछिरहेका एक हुल ब्वाँसाझैँ ती वरिपरि झुम्मिन्छन्। तिनीहरू आफूलाई सुहाउने कपडाहरू बारम्बार लगाएर हेर्छन्, र आफ्ना लागि सामानहरू छानेका छानेकै गरिरहन्छन्। परमेश्‍वरको घरले विभिन्‍न किसिमका महत्त्वपूर्ण र महँगा मेसिन र उपकरणहरू खरिद गर्दा, तिनीहरू सुरुमा आफ्ना लागि राम्रा-राम्रा सामानहरू छान्‍न हतारिन्छन्। तिनीहरूले किन राम्रा-राम्रा सामानहरू छान्छन्? तिनीहरू अगुवा वा कामदारका रूपमा आफूसँग परमेश्‍वरको घरका वस्तुहरू प्रयोग गर्ने विशेषाधिकार छ भन्ठान्छन्। परमेश्‍वरको घरले चाहे जे प्रदान गरे पनि, तिनीहरू सधैँ पहिला सबैभन्दा राम्रा सामानहरू छान्छन्। तिनीहरूले परमेश्‍वरको घरका वस्तुहरूलाई यसरी नै लिन्छन्। के यो काम गर्नु हो? के यो झूटा अगुवाहरूको प्रकटीकरण होइन र? म्याद सकिने सामानहरू—उदाहरणका लागि, खाना र औषधी—का सन्दर्भमा भन्‍नुपर्दा, झूटा अगुवाहरू तीबारे वास्ता नै गर्दैनन्। तिनीहरूले तिनको व्यवस्थापन गर्ने उपयुक्त कर्मचारी खोज्दैनन्, न त उक्त कर्मचारीलाई यसो भन्छन्, “यीमध्ये कतिपय सामानमा म्याद सकिने मिति छ, त्यसैले तुरुन्तै तिनको रेकर्ड राख। झट्ट तिनलाई म्याद सकिनुअघि नै दाजुभाइ-दिदीबहिनीहरूलाई वितरण गर, ताकि तिनलाई समझदारीपूर्वक प्रयोग गरियोस्—तिनको म्याद सकिञ्जेल पर्खेर नबस; तिनलाई खेर जान नदेऊ।” झूटा अगुवाहरू कहिल्यै यस्ता कुराहरू गर्दैनन्। जब कुनै चीजको म्याद सकिन्छ, तिनीहरूले त्यसलाई बस फालिदिन्छन्। अगुवा र कामदारहरूले परमेश्‍वरको घरमा काम गर्दा, कठोर रूपमा भन्‍नुपर्दा, तिनीहरू परमेश्‍वरको घरका प्रबन्धक बन्‍नुपर्छ। तिनीहरूले गर्नुपर्ने पहिलो काम भनेको परमेश्‍वरको घरका वस्तुहरूलाई समझदारीपूर्वक राम्रोसँग सुरक्षा गर्नु, तिनको कडा निगरानी र यससम्बन्धमा उचित जाँचहरू गर्नु हो। यो परमेश्‍वरको घरको कामको एउटा आधारभूत पक्ष पनि हो, तैपनि झूटा अगुवाहरू यस्तो आधारभूत कामसमेत गर्न सक्दैनन्। के तिनीहरू अलमल्ल परेका, कमजोर क्षमताका, र मन्द बुद्धिका छन्—कि तिनीहरूको हृदय सही ठाउँमा छैन? यदि तिनीहरू मन्द बुद्धिका र अलमल्ल परेका छन् भने, तिनीहरूलाई आफ्ना लागि राम्रा वस्तुहरू छान्‍न कसरी आउँछ त? तिनीहरू किन आफ्ना सामानहरूबाट अलग हुँदैनन् वा यतिकै ती अरू मानिसलाई दिँदैनन् त? तिनीहरूले किन आफ्ना सामानहरू बिगार्ने वा तिनमा क्षति पुर्‍याउने गर्दैनन्? अनि परमेश्‍वरको घरका सामानहरूप्रति चाहिँ तिनीहरूको मनोवृत्ति किन यस्तो हुन्छ? स्पष्टतः तिनीहरूमा नैतिकताको कमी हुन्छ, र तिनीहरूको हृदय सही ठाउँमा हुँदैन। अगुवा र कामदारहरूले हैसियत प्राप्त गरिसकेपछि, र आफू परमेश्‍वरको घरको कामको अझ ठूलो दायराको सम्पर्कमा आइसकेपछि, तिनीहरूले परमेश्‍वरको घरका विभिन्‍न भौतिक वस्तु र सार्वजनिक सम्पत्तिमा विशेष पहुँच प्राप्त गर्छन्, र यी वस्तुहरूबारे तिनीहरू नै सबैभन्दा बढी जानकार हुन्छन्। तैपनि तिनीहरूले तिनलाई बेवास्ता गर्छन्, उचित रूपमा तिनको सुरक्षा गर्दैनन्, र जोकोहीलाई ती प्रयोग गर्न र लिन दिन्छन्, जो तिनको रेखदेख गर्न इच्छुक छ, उसलाई नै रेखदेख गर्न दिन्छन्, र यदि कोही तिनको रेखदेख गर्न इच्छुक छैन वा गैरजिम्मेवार छ भने, तिनीहरू वास्ता गर्दैनन्, र कसैसँग कुनै समस्या छ भन्‍ने थाहा पाउँदा समेत, त्यो समाधान गर्दैनन्। यिनीहरू झूटा अगुवा हुन्। यस बिन्दुमा, हामीले झूटा अगुवाहरू कमजोर क्षमताका हुने र तिनीहरूले बोझ नबोक्ने बाहेक, तिनीहरूको हृदय पनि गलत ठाउँमा हुन्छ, र तिनीहरूको चरित्र खराब हुन्छ भन्‍ने निष्कर्ष निकालेका छौँ। यी अगुवाहरू कमजोर क्षमताका हुने र तिनीहरूमा बोध क्षमताको अभाव हुने भएकाले, तिनीहरूले सत्यता र जीवन प्रवेशसँग सम्बन्धित काममा खराब प्रदर्शन गर्नु बुझ्न सकिने कुरा हो। अनि तिनीहरू कमजोर क्षमताका हुने र तिनीहरूमा काम गर्ने क्षमता नहुने हुनाले, तिनीहरूले प्रशासनसम्बन्धी काममा खराब प्रदर्शन गर्नु पनि सहन सकिने कुरा नै हो। तर तिनीहरूले परमेश्‍वरको घरका विभिन्‍न वस्तुको व्यवस्थापन गर्नुसँग सम्बन्धित काम—जुन चाहिँ सबैभन्दा न्यूनतम र सरल काम हो—गर्न समेत नसक्नुले अझ प्रस्ट रूपमा एउटा कुरा देखाउँछ: कतिपय झूटा अगुवाका हकमा भन्दा, तिनीहरूको समस्या कमजोर क्षमता हुनु र बोझ नबोक्नुजस्तो सरल हुँदैन, तिनीहरू अझ बढी अत्यन्तै नीच चरित्र र कमजोर मानवताका हुन्छन्। अगुवा र कामदारहरूको दसौँ जिम्मेवारीबारे हामीले गरेको सङ्गतिमार्फत, झूटा अगुवाहरूको अर्को प्रकटीकरण खुलासा भएको छ: तिनीहरू केवल कमजोर क्षमताका, कुनै बोझ नबोक्ने, र देहसुखमा लिप्त हुने मात्र हुँदैनन्—तिनीहरू खराब चरित्रका पनि हुन्छन्, र तिनीहरूको हृदय सही ठाउँमा हुँदैन। जुन चीजहरू तिनीहरूका होइनन्, तीप्रति तिनीहरूलाई कुनै चासो हुँदैन—तिनीहरूले तिनको सुरक्षासमेत गर्दैनन्। तँलाई परमेश्‍वरको घरको प्रबन्धक बनाइएको हुन्छ, तैपनि तँ जुन थालमा खायो त्यही थालमा थुक्छस् र परमेश्‍वरको घरको भरमा बाँचेर पनि त्यसका हितहरूको सुरक्षा गर्दैनस्; तँ परमेश्‍वरको घरका वस्तुहरूलाई यत्तिकै एकातिर पन्छाउँछस्, मानौँ ती बाह्य मानिसका कुरा हुन्, र तिनको सुरक्षा गर्दैनस्, र त्यो ठुलो कुरा होइन भन्ठान्छस्। यो तँ आफ्ना जिम्मेवारीहरू पूरा गर्नबाट असफल हुनु होइन—यो त तेरो मानवताको समस्या हो, यो नैतिकताको अत्यन्तै कमी हुनु हो! आफूले सुरक्षा गर्नुपर्ने वस्तुहरूलाई खराब तरिकाले सुरक्षा गर्नु, वा तिनलाई सुरक्षा नगर्नुले झुटा अगुवाहरूमा कुनै मानवता हुँदैन, र तिनीहरूको हृदय सही ठाउँमा हुँदैन भन्‍ने देखाउँछ। तिनीहरू परमेश्‍वरको घरका सामानहरूको समेत राम्रोसँग सुरक्षा गर्न सक्दैनन्, त्यसैले यदि तिनीहरूले तिनलाई बाँडफाँड गर्ने हो भने, के तिनीहरूले त्यो समझदारीपूर्वक गर्न सक्नेथिए त? तिनीहरू सिद्धान्तहरूअनुसार कार्य गर्न झनै बढी चुक्छन्। तिनीहरूले परमेश्‍वरको घरका वस्तुहरू लापरवाहीपूर्वक फालिएको, बिग्रिएको, र बर्बाद भएको, र तिनको व्यवस्थापन गर्न कोही पनि राम्रो व्यक्ति नभएको देख्छन्, र तिनीहरूलाई त्यसो गर्नु ठिक होइन भनेर हृदयमा एकदमै राम्रोसँग थाहा हुन्छ—तैपनि, तिनीहरूले यसलाई सम्हाल्दैनन्। हृदय गलत ठाउँमा हुनु भनेको त्यही हो। के गलत ठाउँमा हृदय हुने ती रद्दीहरूले परमेश्‍वरको घरका विभिन्‍न भौतिक वस्तुलाई समझदारीपूर्वक बाँडफाँड गर्न सक्छन्? तिनीहरूले त्यसो गर्न झनै सक्दैनन्—यदि तैँले तिनीहरूलाई ती चीजहरू बाँडफाँड गर्न लगाइस् भने, तिनीहरूले नैतिकताको झन् अभाव हुने कार्यहरू गर्नेछन्।

कुकुरहरू पाल्ने एउटा खेती मण्डलीमा, तिनलाई पाल्नका लागि जिम्मेवार व्यक्तिले भर्खर जन्मेका छाउराछाउरीको निकै हेरचाह गर्छ। उसलाई छाउराछाउरीले आवश्यक पोषण नपाउलान् कि भन्‍ने डर थियो, त्यसैले उसले कुकुरहरूलाई खुवाउन जैविक अण्डाका लागि आवेदन दियो। त्यहाँको झूटो अगुवाले उक्त अनुरोध पत्रमा तुरुन्तै हस्ताक्षर गरिदियो; उसले जैविक अण्डाहरू कति दुर्लभ हुन्छन् भन्‍नेबारे सोचेन। मानिसहरूलाई खान पुग्ने समेत हुँदैनन् भने, तिनीहरूले किन ती अण्डा कुकुरलाई दिन्छन्? के यो यस मामलालाई सम्हाल्ने बेतुका तरिका होइन र? त्यो झूटो अगुवाको यो व्यवहारको प्रकृति के हो? त्यसलाई कसरी चित्रण गरिनुपर्छ? के त्यो झूटो अगुवाको यो अभ्यास बेतुका भएन र? त्यो झूटो अगुवाले जहिलेसुकै मुख खोल्दा, सधैँ मानिसहरूको स्वादलाई सुहाउँदा धर्मसिद्धान्तहरू नै भन्छ, तर वास्तवमा, उसले अलिकति पनि सत्यता सिद्धान्तहरू बुझ्दैन, त्यसैले केही घटना घट्दा, उसले त्यसलाई मानव कल्पना, प्राथमिकता, र आत्मगत चाहनाहरूअनुसार व्यवहार गर्ने र सम्हाल्ने गर्छ—अनि उसले अन्ततः कुकुरलाई जैविक अण्डा खुवाउने जस्तो घृणास्पद काम गर्न पुग्छ। के त्यो झूटो अगुवाले गरेको परमेश्‍वरको घरका सामानहरूको यस्तो प्रकारको बाँडफाँडलाई समझदारीपूर्ण मान्‍न सकिन्छ? (सकिँदैन।) उसले किन समझदारीपूर्ण बाँडफाँड हासिल गर्न सक्दैन? सतहमा, त्यो झूटो अगुवाले यो अत्यन्तै सानो मामलामा पनि हस्तक्षेप गरिरहेको, वास्ता गरिरहेको, र अनुगमन गरिरहेको, अनि ऊसँग यो आवेदनलाई समर्थन गर्ने पर्याप्त कारण र आधारहरू भएको जस्तो देखिन्छ—तर के उसले सिद्धान्तहरूअनुरूप कार्य गरिरहेको थियो? के उसले परमेश्‍वरको घरले माग गर्ने सिद्धान्तहरूअनुसार कार्य गरिरहेको थियो? थिएन। त्यसैले, उसको यो कार्यको प्रकृतिलाई हेर्दा, यो असल कार्य हो कि दुष्ट कार्य? के यो उसको जिम्मेवारीको पूर्ति हो कि विमुखता हो? यो विमुखता हो—यो सिद्धान्तनिष्ठ नहुनु हो, यो लापरवाहीपूर्वक खराब कामकुरा गर्नु हो! यस मामलामार्फत, तैँले यस झूटो अगुवाको मानवताको सार कस्तो छ भन्‍ने देख्छस्? के त्यो प्रावधानहरूको विकृत बुझाइ र अन्धाधुन्ध कार्यान्वयन होइन र? हरेक सासमा उसले सही धर्मसिद्धान्तहरू भन्छ, र त्यसमा एउटा पनि गलत वाक्यांश नभएको जस्तो सुनिन्छ, तैपनि वास्तवमा, त्यो विकृत हुन्छ। त्यस्ता मानिसहरू झूटो रूपमा आत्मिक हुन्छन् र तिनीहरूमा विकृत बुझाइ हुन्छ—तिनीहरू आत्मिक बुझाइ नभएका रद्दी मानिस हुन्। हामीले भर्खरै झूटा अगुवाहरूको मानवता यस्तो हुन्छ कि तिनीहरूको चरित्र नीच हुन्छ र तिनीहरूको हृदय गलत ठाउँमा हुन्छ भनेर उल्लेख गर्‍यौँ। जब परमेश्‍वरको घरका वस्तुहरू बाँडफाँड गर्ने समय आउँछ, तब तिनीहरूमा सिद्धान्तहरूको अभाव हुन्छ, र तिनीहरूले अन्धाधुन्ध तिनको बाँडफाँड गर्छन्, जसले झूटा अगुवाहरूको बुझाइ विकृत हुन्छ र तिनीहरूले अन्धाधुन्ध प्रावधानहरू लागू गर्छन्, र तिनीहरू आफ्ना कार्यमा सिद्धान्तनिष्ठ हुँदैनन् भन्‍ने कुरा प्रकाश गर्छ—तिनीहरूले अन्धाधुन्ध र जथाभाबी कार्य गर्छन्। झूटा अगुवाहरू बाहिरबाट परोपकारी र दयालु भए जस्तो देखिन्छन्, जबकि वास्तवमा, यो झूटो परोपकार र झूटो दया हो। उदाहरणका लागि, एउटी पोथी कुकुरले छाउराहरू जन्माउँदा, कुकुर पालकले मानिसहरूका लागि ल्याइएको कम्बल कुकुरलाई दिनुपर्छ भन्यो। त्यसपछि कसैले यसो भन्यो, “नयाँ कम्बल कुकुरहरूलाई दिनु त दुःखद कुरा हुनेथियो—बरु त्यो चाहिँ दाजुभाइ-दिदीबहिनीहरूलाई दिएर, हामीले मिल्काउन लागेको पुरानो कम्बल जनावरहरूलाई दिए राम्रो हुने थियो।” यो सुझावबारे तँलाई के लाग्छ? नयाँ सामानहरू मानिसलाई र पुराना सामानहरू जनावरलाई दिनु निकै समझदारीपूर्ण नै हुन्छ। सिद्धान्त नै यही हो; यो समझदारीपूर्ण बाँडफाँड हो। झूटा अगुवाहरूलाई यस्ता कुराहरू आइपर्दा तिनीहरूले तिनलाई कसरी सम्हाल्छन्? यो सुनेपछि, त्यहाँको झूटो अगुवाले यस्तो मनन गर्‍यो: “जनावरहरूले कहिल्यै नयाँ चीजहरू प्रयोग गर्न पाउँदैनन्। तिनले सधैँ पुराना, फोहोर सामानहरू प्रयोग गरिरहेका हुन्छन्। हामी मानिसहरूले सधैँ नयाँ सामानहरू प्रयोग गर्न पाउँछौँ। परमेश्‍वरका वचनहरूले हामी कहिलेकाहीँ सुँगुर वा कुकुरहरू जति समेत असल हुँदैनौँ भनेका छन्। त्यसैले, सामानहरूका लागि सुँगुर र कुकुरहरूसँग नलड। त्यो मानवताको कमी हो।” त्यसकारण, उसले नयाँ कम्बल ती जनावरलाई दिएरै छाड्यो। त्यहाँका मानिसहरूले पुरानो कम्बल प्रयोग गरेर केही पनि नगुमाएका हुन सक्छन्, तर यो कुरालाई जसरी सम्हालियो त्यसले मामलालाई राम्रोसँग चित्रण गर्छ। यस मामलामा उक्त झूटो अगुवाले के-कस्तो भूमिका खेल्यो? के साधारण मानिसहरूले यस्तो काम गर्न सक्छन् भनेर तिमीहरू भन्‍ने थियौ? (भन्‍ने थिएनौँ।) त्यसोभए, यस मामलालाई सम्हाल्दा कस्ता किसिमका मानिसहरूले कामकुरालाई यो अवस्थासम्म पुग्न दिन्छन् होला? (सामान्य मानिसहरूको समझ वा सोचाइ नभएका बेतुका किसिमका मानिसहरूले।) यी जबाफहरू सबै सही छन्—ती मानिसहरू केही पनि होइनन्। सामान्य मानिसहरूले यस्तो केही सामना गर्दा, त्यसलाई समझदारीपूर्वक सम्हाल्न जानेका हुन्छन्, तर विकृत बुझाइ भएका छद्म-आत्मिक झूटा अगुवाहरूले त्यसलाई सम्हाल्न जानेका हुँदैनन्। तिनीहरूले त्यसलाई सम्हाल्ने तरिकाको पनि केही आधार भए जस्तो देखिन्छ, र त्यो परमेश्‍वरको घरका सिद्धान्तहरूसँग मेल खाने, र त्योसँग प्रचुर, समझदारीपूर्ण औचित्यहरूको साथ रहेको जस्तो देखिन्छ—तैपनि मानिसहरूले त्यो सुनेर हाँस्ने कि रुने भनेर थाहै पाउँदैनन्, त्यो अत्यन्तै वाहियात हुन्छ। तिनीहरूले यति सरल, स्पष्ट तर्कसमेत कसरी बुझ्न सक्दैनन् त? तिनीहरू कसरी यसलाई यति विकृत तरिकाले सम्हाल्न पुग्छन्? यो घिनलाग्दो कुरा हो। यदि तैँले तिनीहरूलाई संरक्षकका रूपमा काम गर्न लगाइस् भने, तिनीहरूले कुकुरलाई मुसा समात्न लगाउनेछन्, बिरालोलाई घरको सुरक्षा गर्न लगाउनेछन्, र सुँगुरलाई ओछ्यानमा राख्नेछन्—सबथोक गन्जागोल हुनेछ। के झूटा अगुवाहरू परमेश्‍वरको घरका विभिन्‍न भौतिक वस्तुहरूलाई समझदारीपूर्वक बाँडफाँड गर्न सक्षम हुन्छन्? (हुँदैनन्।) तिनीहरू बेग्लै प्रकारका, अलमल्ल परेका मानिसहरू, र बेतुका प्रकारका हुन्। निकै विकृत बुझाइ भएका र गलत ठाउँमा हृदय भएका ती झूटा अगुवाहरू बाहेक, अधिकांश झूटा अगुवाहरूले पनि आफूमा अलिकति क्षमता हुनु र विकृत बुझाइ नहुनुको बाबजुद, यस प्रकारको कामलाई लथालिङ्ग र गन्जागोल बनाइदिन्छन्। तिनीहरू आफूले पूरा गर्नुपर्ने सबैभन्दा न्यूनतम जिम्मेवारीहरू समेत पूरा गर्न सक्दैनन्। त्यसैले, जब तैँले तिनीहरूलाई यो कामबारे सोध्छस्, तिनीहरूको जबाफ सधैँ एउटै हुन्छ: “फलानो-ढिस्कानोले यो काम गरिरहेको छ। फलानो-ढिस्कानोलाई थाहा छ। यदि तिमीसँग कुनै प्रश्नहरू छन् भने, मैले गएर फलानो-ढिस्कानोलाई सोध्नुपर्छ।” अनि तैँले त्यसबारे सुन्‍ने त्यो नै अन्तिम पटक हुनेछ। झूटा अगुवाहरूले यो काम गरिरहेका बेलामा देखाउने प्रकटीकरण नै यही हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्