अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (११) खण्ड एक

यसअघिको भेलामा, हामीले अगुवा र कामदारहरूका जिम्मेवारीहरूको नवौँ विषयवस्तु: “परमेश्‍वरको घरका माग अनुसार त्यसका विभिन्‍न कामका प्रबन्धहरूलाई मार्गदर्शन, सुपरिवेक्षण, र प्रोत्साहन प्रदान गर्दै सही रूपमा सञ्चार, जारी र कार्यान्वयन गर्नु, अनि तिनको कार्यान्वयनको स्थितिलाई निरीक्षण र अनुगमन गर्नु” बारे सङ्गति गर्‍यौँ। हामीले अगुवा र कामदारहरूले पूरा गर्नैपर्ने जिम्मेवारीहरू र उनीहरूले गर्नैपर्ने कामबारे सङ्गति गर्‍यौँ, साथै हामीले झूटा अगुवाहरूका केही व्यवहारहरूको चिरफार पनि गर्‍यौँ। हामीले अगुवा र कामदारहरूले हरेक कामको प्रबन्ध कसरी कार्यान्वयन गर्नुपर्छ भन्‍ने कुराका विशिष्ट विवरणहरूबारे सङ्गति नगरे पनि, हामीले ती प्रबन्धहरू कार्यान्वयन गर्ने सिद्धान्तहरूका विशिष्ट विवरणहरू, साथै अगुवा र कामदारहरूले के गर्नैपर्छ भन्‍नेबारे सङ्गति गर्‍यौँ। नवौँ विषयवस्तुमाथिको हाम्रो सङ्गतिमार्फत के तिमीहरूले अगुवा र कामदारहरूले के गर्नुपर्छ भन्‍ने कुराको अझ विशिष्ट र सही परिभाषा प्राप्त गरेका छौ? के अब तिमीहरू अगुवा र कामदारहरूले के काम गर्नैपर्छ भन्‍ने बारेमा प्रस्ट छौ? उनीहरूका लागि मुख्य कुरा भनेको परमेश्‍वरका मागहरू र उहाँको घरका कामका प्रबन्धअनुसार काम कार्यान्वयन गर्नु हो। मूलभूत कुरा त्यही हो। अब, हामी सबै जना प्रस्ट छौँ। एक अगुवा वा कामदारले परमेश्‍वरको घरमा के काम गर्नैपर्छ, र उसका जिम्मेवारीहरू के-के हुन् भन्‍ने कुराहरू नवौँ विषयवस्तुभित्रै अत्यन्तै विशिष्ट रूपमा सङ्गति गरिएको हुनुपर्थ्यो। यो मूलतः वृहत् छ। उनीहरूका जिम्मेवारीहरूको दायरा सीमित छ, र उनीहरूले गर्नुपर्ने काम, साथै उनीहरूले त्यो कसरी गर्नुपर्छ भन्‍ने कुरा पनि प्रस्ट रूपमा भनिएको छ। अब प्रस्ट रूपमा भनिएपछि पनि यदि कसैले ठोस काम कसरी गर्ने भनेर जान्दैन भने, त्यो उसमा कमजोर क्षमता हुनुको समस्या हो। ऊ त्यस्तो किसिमको झूटो अगुवा हो जसले काम गर्नै सक्दैन। अर्को किसिमको झूटो अगुवा हुन्छ जसले आफ्नै धारणा र कल्पनाहरूद्वारा मात्र कामको प्रबन्ध गर्छ, र मानिसहरूलाई जथाभाबी प्रयोग गर्छ, जसको परिणामस्वरूप बाठाहरू धेरै हुने अवस्था आउँछ। काम राम्रोसँग पूरा नहुने मात्र होइन—उनीहरूले त्यसलाई पूरै भद्रगोल नै पार्छन्, र त्यसलाई अघि बढाउने मार्ग नै हुँदैन। झूटा अगुवाहरूले कहिल्यै कामका प्रबन्धहरू कार्यान्वयन गर्नेछैनन्, वास्तविक काम त झनै गर्नेछैनन्। तिनीहरू आफूलाई मन पर्ने काम मात्र गर्छन्, र सामान्य मामलाहरूका काममा मात्र केन्द्रित हुन्छन्; जब तिनीहरूले काम गर्छन्, तिनीहरूलाई कसरी आदेशहरू जारी गर्ने र खोक्रा सुत्रवाक्य र धर्मसिद्धान्तहरू फलाक्ने भन्‍ने मात्र थाहा हुन्छ। तिनीहरूले कहिल्यै कामको अनुगमन गर्दैनन्, न त त्यो प्रभावकारी भएको छ कि छैन भन्‍ने कुराको वास्ता नै गर्छन्। यो एक किसिमको झूटो अगुवा हो। छोटकरीमा, चाहे कसैले अगुवाका रूपमा वास्तविक काम गर्न नसक्ने होस् वा वास्तविक काम नगर्ने होस्—परिस्थितिहरू जेसुकै भए पनि—यदि उसले अगुवा र कामदारहरूका जिम्मेवारीहरू पूरा गर्न वा परमेश्‍वरको आज्ञाको काम गर्न सक्दैन, र यदि उसले परमेश्‍वरको घरद्वारा प्रबन्ध गरिएका विभिन्‍न कामहरू कार्यान्वयन गर्न सक्दैन भने, ऊ झूटो अगुवा हो।

अब, हामीले गरेको अगुवा र कामदारहरूका नौ जिम्मेवारीहरूबारेको सङ्गति र झूटा अगुवाहरू प्रकट हुने विभिन्‍न तरिकाहरूको खुलासामार्फत, के तिमीहरूले अगुवा र कामदारहरूका जिम्मेवारीहरू कसरी पूरा गर्ने भनी केही आधारभूत ज्ञान र बुझाइ प्राप्त गरेका छौ? (छौँ।) त्यसोभए, के तिमीहरू परमेश्‍वरको घरको काम गर्न सजिलो छ भन्‍ने देख्छौ? के मानिसबाट गरिने मागहरू उच्च छन्? के ती अति छन्? (ती उच्च छैनन्; ती सबै हामीले पूरा गर्न सक्ने मागहरू नै हुन्।) के यसो भन्‍ने अगुवा र कामदारहरू छन्, “परमेश्‍वरको घरले हामीबाट हामीले अति धेरै काम र अति धेरै प्रकारका कामहरू गर्नुपर्ने माग गर्छ। कुनै अगुवा जति माथिल्लो स्तरको हुन्छ, उसको कामको दायरा त्यति नै ठुलो हुन्छ, र ऊ त्यति नै धेरै कामका लागि जिम्मेवार हुन्छ। त्यो काम राम्रोसँग गर्नु र त्यो माथिका मागहरूअनुसार कार्यान्वयन भएको सुनिश्चित गर्नु—हामी त थकाइले नै मर्नेथियौँ, होइन र?” के सबै ठोस काम राम्ररी गरेर, हरेक कामको विषयवस्तु जहाँ कार्यान्वयन गर्नुपर्ने हो त्यहाँ कार्यान्वयन गरेर, कोही थाकेर ढलेको छ? (छैन।) के कोही थाकेर बिरामी भएको छ? के कोही खाने वा सुत्ने समय नै नहुने गरी अत्यन्तै व्यस्त भएको छ? (छैन।) कतिपयले यसो भन्‍न सक्छन्, “तपाईँले छैन भन्‍नुको मतलब के हो? कतिपय मानिसहरू मण्डलीको काम गरेर थाक्छन्, किनभने उनीहरूले लामो समयदेखि नियमित तालिकाअनुसार खान, वा नियमित तरिकाले, सन्तुलित मात्राको श्रम र विश्रामका साथ काम गर्न र आराम गर्न सकेका हुँदैनन्। उनीहरू अन्त्यमा थकानका कारणले बिरामी हुन पुग्छन्।” के तिमीहरूले त्यस्तो अवस्था आएको सुनेका छौ? (छैनौँ।) के कसैले नवौँ विषयवस्तु सुनेर अनि परमेश्‍वरको घरका विभिन्‍न कामहरूका विशिष्ट विषयवस्तुहरूका साथै यो विशिष्ट काम गर्दा अगुवा र कामदारहरूबाट माग गरिने मानकहरू देखेर डर र भय महसुस गरेको छ? के तिनीहरूले यस्तो महसुस गर्छन्, “अगुवा वा कामदार हुन सहज छैन। सुस्वास्थ्य, असल क्षमता, खुला हृदय, र अतिमानवीय ऊर्जा र बलबिना यो कार्य कसले राम्रोसँग गर्न सक्ने थियो र?” कसैलाई यस्तो सोच आएको थियो? के यो जायज हो? (होइन।) के कुराले यसलाई जायज बनाउँदैन? पहिलो, परमेश्‍वरको घरको काम गर्दा, उनीहरूको दर्जा चाहे जे भए पनि, र चाहे उनीहरूको जिम्मेवारी वृहत् होस् वा एउटै कामका लागि मात्र होस्, अगुवा र कामदारहरूले कम्तीमा आफ्नो प्रमुख काम चाहिँ राम्ररी गर्नैपर्छ, साथै बढीमा एक-दुई वटा थप कामहरू गर्नुपर्छ। उनीहरूलाई वृहत् कार्य दिइएको भए पनि, त्यसको अर्थ यो होइन कि उनीहरूले वृहत् अनुगमन वा निर्देशन प्रदान गर्नुपर्छ। उनीहरूले सबैभन्दा जरुरी कामको जिम्मेवारी वहन गर्न, वा सँगसँगै केही कामहरूका कमजोर कडीहरूलाई सम्बोधन गर्नमा ध्यान केन्द्रित गर्नैपर्छ। कतिपय मानिसहरू ऊर्जाले भरिपूर्ण, बलियो जिम्मेवारीको बोध भएका, र असल क्षमता भएका हुन सक्छन्, र उनीहरूले धेरै किसिमका बहुआयामिक काम गर्न सक्छन्, तर उनीहरूको प्रमुख काममा मुख्यगरी एउटा वा दुइटा काम मात्र पर्छन्। अरू कामका हकमा, उनीहरूले केवल त्यसको सोधीखोजी गर्ने, त्यसका बारेमा सोधपुछ गर्ने, र त्यसलाई बुझ्न कोसिस गर्ने गर्नुपर्छ, र आफूले पत्ता लगाएका समस्याहरू मात्र समाधान गर्नुपर्छ। त्यो त्यसको एउटा पाटो हो। अर्को पाटो के हो भने, उनीहरूले एकै समयमा कैयौँ कामहरू सम्हालिरहेका भए पनि, उनीहरूले ती कामहरू गर्नका लागि केवल प्रमुख सुपरिवेक्षकहरूमा भर पर्नुपर्छ। उनीहरूले गर्ने भनेकै विभिन्‍न कामहरूको सुपरिवेक्षण गर्नु, तिनको जाँच गर्नु, र तिनलाई निर्देशन गर्नु मात्र हो; उनीहरू आफैले गर्नुपर्ने मुख्य काम भनेको अझै एउटै काम नै हो। अनि के एउटै काम गरेर कोही थकित हुन्छ त? (हुँदैन।) यदि व्यक्तिको क्षमता पर्याप्त छ र उसको दिमाग लचिलो छ भने, उसले समय कसरी बाँडफाँड गर्ने र त्यसलाई कसरी प्रभावकारी बनाउने भन्‍ने हिसाबमा समझदारीपूर्वक कामको प्रबन्ध गर्नेछ। ऊ अव्यवस्थित गन्जागोलमा पर्नेछैन, जहाँ अघि बढ्ने मार्ग नै नहोस्। ऊ अत्यन्तै व्यस्त देखिनेछैन—उसले निर्धारित समयतालिकाअनुसार काम गरिरहेको हुनेछ—तर काम अप्रभावकारी हुनेछैन, र त्यसले राम्रा नतिजाहरू निकाल्नेछ। त्यो क्षमता भएको व्यक्ति हो, जसले समझदारीपूर्वक जनशक्ति र समयको बाँडफाँड गर्न जानेको हुन्छ। क्षमता नभएका वा कमजोर क्षमता भएका मानिसहरू जुनसुकै काम गरिरहेका भए पनि अस्तव्यस्त हुन्छन्। तिनीहरू हरदिन निकै व्यस्त नै हुन्छन्, तर तिनीहरू के कुरामा व्यस्त हुन्छन् भनेर तिनीहरू आफैले निश्चितताका साथ भन्‍न सक्दैनन्। तिनीहरूसँग कुनै समयतालिका हुँदैन, समयको कुनै अवधारणा हुँदैन; तिनीहरू निकै चाँडो उठ्छन् र निकै अबेला सुत्छन्; तिनीहरूले नियमित समयमा खान सक्दैनन्—तर कामको प्रभावकारितालाई हेर्दा, तिनीहरूले वास्तविक काम बिलकुलै गर्दैनन्। के यो अत्यन्तै कमजोर क्षमता भएको मामला होइन र? (हो।) यस किसिमको व्यक्ति हरेक दिन आराम नगरी दौडधुप गरिरहेको झैँ देखिन्छ, तर ऊ कामको सारतत्त्वमा पुग्न सक्दैन, न त उसले अत्यन्तै जरुरी र पर्खन सकिने कामबीच फरक छुट्ट्याउनै सक्छ, साथै ऊ समस्याहरू समाधान गर्न प्रभावकारी हुँदैन। यसले काममा ढिलाइ गराउँछ। तिनीहरू मुटु फुट्ला झैँ गरी बेचैन हुन्छन्, र तिनीहरूको मुखमा घाउखटिरा आउँछ। तर यी अवस्थाहरूमा पनि, तिनीहरू थकानले ढल्दैनन्। कमजोर क्षमता भएका मानिसहरूले दैनिक आठ घन्टाभन्दा बढी काम गर्लान्, तैपनि तिनीहरूको कामको प्रभावकारिता असल क्षमता भएका मानिसहरूको भन्दा निकै कम हुन्छ। त्यसकारण, तिनीहरू व्यस्त हुनैपर्छ, पर्दैन त? हुनुपर्छ—तिनीहरूले व्यस्त हुँदा समेत नतिजाहरू प्राप्त गर्न सक्दैनन्; यदि तिनीहरू व्यस्त नभएका भए, काम त ठप्प हुने थियो। यो यस्तो कमजोर क्षमता भएको व्यक्ति हो कि ऊ काममा योग्य हुन वा त्यसलाई वहन गर्न सक्ने नै हुँदैन। त्यसबाहेक, परमेश्‍वरको घरको काममा धेरै कुराहरू हुन्छन्, र कर्मचारी र समयका सन्दर्भमा मागहरू अलि कठोर हुन्छन्। धेरै मानिसहरूका हकमा, जब तिनीहरू अलि बढी व्यस्त हुन्छन्, त्यो उत्कृष्टतातर्फ लागिपर्न र राम्रा नतिजाहरू प्राप्त गर्नका लागि हुन्छ, किनभने परमेश्‍वरको घरको काम गैरविश्‍वासी संसारका व्यवसायहरूको र कारखानाहरूको कामभन्दा फरक हुन्छ: तिनले आर्थिक फाइदाको माग गर्छन्, जबकि हामी कामका नतिजाहरूमा जोड दिन्छौँ। तर धेरैजसो मानिसहरू कमजोर क्षमताका भएका, असिद्धान्तनिष्ठ र आफ्नो काममा अत्यन्तै अप्रभावकारी हुने हुनाले, तिनीहरूलाई नतिजाहरू निकाल्न बढी समय लाग्छ। के अब तिमीहरूमध्ये धेरैजसोमा अगुवा र कामदारहरूका जिम्मेवारीहरूबारे कुनै नकारात्मक सोचहरू छैनन्? एउटा कुरा चाहिँ निश्चित छ: अगुवा र कामदारहरू परमेश्‍वरको घरका मागहरूअनुसार काम गरेर थकानले ढल्नेछैनन्। यी बाह्य, वस्तुगत तत्त्वहरू बाहेक, तिमीहरू अर्को कुरामा पनि निश्चित भए हुन्छ: यदि कुनै व्यक्तिमा बोझ छ र ऊ निश्चित क्षमताको छ भने—र पवित्र आत्माको काम छ भन्‍ने तथ्यलाई बेवास्ता नगर्—उसले कल्पना वा पूर्वानुमान गर्न नसक्ने केही समस्याहरूका हकमा, र उसले यसअघि नभोगेका र अनुभव नगरेका केही मामलाहरूका हकमा, पवित्र आत्माले उसलाई निरन्तर ताकेताहरू दिनुहुनेछ, उसलाई जुनसुकै समयमा अन्तर्दृष्टि दिनुहुनेछ र सहयोग गर्नुहुनेछ। मण्डलीको काम पूर्णतया मानव शक्ति, ऊर्जा र बोझहरूमा भर पर्दैन—त्यसको एउटा हिस्सा धेरैजसो मानिसहरूले अनुभव गरेझैँ पवित्र आत्माको काम र अगुवाइमा भर पर्नैपर्छ। त्यसकारण, व्यक्तिले त्यसलाई जुन तरिकाले हेरे पनि, आफ्ना जिम्मेवारीहरू पूरा गर्नु भनेको एक अगुवा वा कामदारले हासिल गर्नुपर्ने कुरा हो। यो ऊबाट गरिने अतिरिक्त माग होइन। गैरविश्‍वासीहरूले संसारमा काम गर्दा, तिनीहरू आफ्नो व्यक्तिगत क्षमताका आधारमा कार्य गर्छन्। परमेश्‍वरको घरमा कर्तव्य पूरा गर्नु फरक कुरा हो: व्यक्तिले आफ्नो क्षमताका आधारमा मात्र त्यो काम गर्दैन—यदि उसले नतिजाहरू हासिल गर्नु छ भने ऊ सत्यता सिद्धान्तहरूबारे आफ्नो बुझाइमा पनि भर पर्नैपर्छ। कहिलेकाहीँ, यदि तिनीहरूलाई आफ्नो कर्तव्य राम्ररी पूरा गर्नु छ भने तिनीहरूले एक अर्कालाई सहयोग र सामञ्जस्यपूर्ण सहकार्य पनि गर्नैपर्छ। कतिपयले सोध्लान्, “के परमेश्‍वरको घरमा काम गर्दा हामीबाट ‘मरुन्जेल काममै लागिरहनुपर्ने र सक्दो मेहनत गर्नुपर्ने’ माग गरिन्छ? ‘रेसम कीराले बाँचुञ्जेल धागो बुन्छ’—के हामीले त्यो हासिल गर्नुपर्छ? के हामी थकानले मर्न लाग्दा मात्र परमेश्‍वरको घरलाई चित्त बुझ्नेछ?” के परमेश्‍वरले मानिसबाट माग गर्नुहुने कुरा यही हो? (होइन।) अगुवा र कामदारहरूका जिम्मेवारीहरूका मागहरूबारे हाम्रो सङ्गतिको उद्देश्य केवल मानिसहरूलाई परमेश्‍वरको काममा सत्यता सिद्धान्तहरू र उहाँले माग गर्नुहुने कामका विधिहरूअनुसार कसरी सहकार्य गर्ने भनी प्रस्टता र बुझाइ प्रदान गर्नु हो, ताकि उहाँको काम व्यवस्थित, प्रभावकारी रूपमा अघि बढोस्, र उहाँका वचनहरू र कामले उहाँका चुनिएका मानिसहरूमा अझ राम्रा नतिजाहरू हासिल गर्न सकून्। त्यसको एउटा पक्ष भनेको कामलाई विकास गर्नु र फैलाउनु हो; अर्को पक्ष भनेको परमेश्‍वरलाई पछ्याउनेहरूमा उहाँका वचनहरू र कामले हासिल गर्नुपर्ने नतिजाहरू हासिल गराउनु हो। अगुवा र कामदारहरूका जिम्मेवारीहरू, र उनीहरूले आफ्नो काममा हासिल गर्नुपर्ने कुराहरू यिनै हुन्।

विषयवस्तु दस: परमेश्‍वरका घरका विभिन्‍न भौतिक सामग्रीहरूलाई (पुस्तकहरू, विभिन्‍न उपकरण, अन्‍नपात, आदि कुराहरूलाई) उचित तरिकाले सुरक्षित गर्ने र समझदारीपूर्वक बाँडफाँड गर्ने, अनि क्षति र अपव्ययलाई न्यूनीकरण गर्न नियमित निरीक्षणहरू, मर्मत-सम्भार र सुधार गर्ने; साथै, दुष्ट मानिसहरूलाई ती कुराहरू स्वामित्वमा लिनबाट रोक्ने

आज, हामी अगुवा र कामदारहरूका जिम्मेवारीहरूको दसौँ विषयवस्तु: “परमेश्‍वरका घरका विभिन्‍न भौतिक सामग्रीहरूलाई (पुस्तकहरू, विभिन्‍न उपकरण, अन्‍नपात, आदि कुराहरूलाई) उचित तरिकाले सुरक्षित गर्ने र समझदारीपूर्वक बाँडफाँड गर्ने, अनि क्षति र अपव्ययलाई न्यूनीकरण गर्न नियमित निरीक्षणहरू, मर्मत-सम्भार र सुधार गर्ने; साथै, दुष्ट मानिसहरूलाई ती कुराहरू स्वामित्वमा लिनबाट रोक्ने” बारे सङ्गति गर्नतिर लाग्नेछौँ। नवौँ विषयवस्तु तुलनात्मक रूपले अगुवा र कामदारहरूबाट गरिने वृहत् माग हो। दसौँ विषयवस्तु कामको अर्को ठूलो खण्ड हो, जसले अगुवा र कामदारहरूका जिम्मेवारीहरूको अर्को विशिष्ट माग समेट्छ। कामको यो भाग परमेश्‍वरको घरका सामानहरूसँग सम्बन्धित छन्, जसमध्ये केही पूर्णकालीन कर्तव्य पूरा गर्ने मानिसहरूका जीवन आवश्यकताहरू पूरा गर्नका लागि खरिद गरिएका हुन्छन्, र अरूचाहिँ सुसमाचार फैलाउने कामका लागि खरिद गरिएका उपकरण, सामग्री, आदि हुन्। परमेश्‍वरका वचनहरूका केही पुस्तकहरू र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशसँग सम्बन्धित यस्ता केही कुराहरू पनि छन्, र तिनलाई परमेश्‍वरको घरले राख्नुपर्छ। यी परमेश्‍वरमाथि मानिसहरूको विश्‍वाससँग सम्बन्धित सामानहरू हुन्। जम्मा तीनवटा वर्गहरू छन्: जीवनका लागि आवश्यक सामानहरू, कामका लागि आवश्यक सामानहरू, र परमेश्‍वरमाथिको विश्‍वासका लागि आवश्यक सामानहरू। चाहे यी सामानहरू परमेश्‍वरको घरले किनेका हुन् वा दाजुभाइ-दिदीबहिनीहरूले चढाएका हुन्, ती एक पटक परमेश्‍वरको घरको स्वामित्वमा आइसकेपछि, ती अगुवा र कामदारहरूले गर्ने भौतिक सामानहरूको व्यवस्थापन र बाँडफाँडको मामलासँग सम्बन्धित हुन्छन्। बाहिरबाट हेर्दा यो काम मण्डली जीवन, प्रशासनिक काम, वा पेसागत कामका तुलनामा त्यति महत्त्वपूर्ण, र कार्यसूचीमा हुनुपर्ने कुराझैँ नदेखिए पनि, यो अझै पनि अगुवा र कामदारहरूले गर्नुपर्ने महत्त्वपूर्ण काम नै हो। परमेश्‍वरको घरका यी विभिन्‍न सामानहरू कर्तव्य पूरा गरिरहेका सबै कर्मचारीहरूको काम, जीवन, पढाइ, र यस्ता यावत् कुराहरूसँग सम्बन्धित हुन्छन्, त्यसैले तिनको सुरक्षा र समझदारीपूर्ण बाँडफाँड निकै महत्त्वपूर्ण हुन्छ र तिनलाई बेवास्ता गर्नु हुँदैन।

उचित सुरक्षा

अगुवा र कामदारहरूका रूपमा, मण्डलीको प्रशासनिक काम राम्ररी गर्नु र मण्डली जीवनलाई असल बनाउनु भन्दा झनै बढी केन्द्रीय काम भनेको सुसमाचार फैलाउने काम, र त्यससँग सम्बन्धित विभिन्‍न कामहरू राम्रोसँग गर्नु हो। यसका साथै, परमेश्‍वरको घरका विभिन्‍न भौतिक सामग्रीहरूको पनि उचित व्यवस्थापन गरिनुपर्छ। यी चीजहरूको राम्रोसँग सुरक्षा गरिनुपर्छ; तिनलाई ढुसी लाग्न वा कीराले खान नदे, र मानिसहरूलाई ती तिनीहरूको निजी सम्पत्ति भएझैँ तिनको स्वामित्व लिन नदे। परमेश्‍वरको घरसित अगुवा र कामदारहरूले कसरी यो काम राम्रोसँग गर्नुपर्छ भन्‍नेसम्बन्धी विशिष्ट माग र कदमहरू पनि हुन्छन्। उनीहरूले सुरुमा यी सामग्रीहरूको व्यवस्थापन गर्ने कर्मचारीहरू उपयुक्त, जिम्मेवार मानिस हुन् कि होइनन्, र उनीहरूलाई तिनको व्यवस्थापन गर्न आउँछ कि आउँदैन, र उनीहरूले लगनका साथ आफ्नो जिम्मेवारी पूरा गर्न सक्छन् कि सक्दैनन्—यी चीजहरू उनीहरूको हातमा सुरक्षित राखिनेछन् कि छैनन् भनी जाँच्नुपर्छ। उदाहरणका लागि, अन्‍नपात भण्डारण गर्दा, बर्खायाममा—जब मौसम आर्द्र हुन्छ र धेरै पानी पर्छ—के त्यसलाई राखिएको ठाउँ ओसिलो छ? के यसको व्यवस्थापन गर्ने मानिसहरूले समयमै यसको जाँच गर्छन्? यदि अन्‍नपात ओसियो भने, के उनीहरूले त्यसलाई सुकाउन निकाल्छन्? के उनीहरूले यी कुराहरू आफ्नै भएझैँ होसियारी साथ तिनको व्यवस्थापन गर्छन्? के उनीहरूमा यस्तो मानवता हुन्छ? के उनीहरूमा यस्तो बफादारी हुन्छ? उनीहरूले यी चीजहरूको व्यवस्थापन गर्ने मानिसहरूको मानवता कस्तो छ, र उनीहरूमा विवेक छ कि छैन र उनीहरू सद्गुणी छन् कि छैनन् भनी हेर्न लेखा परीक्षण गरेर सुरु गर्नुपर्छ। यदि कुनै व्यक्ति राम्रै मानवता भएको र दयालु हृदय भएको झैँ देखिन्छ, र अरू धेरैजसोले उसबारे राम्रो रिपोर्ट दिन्छन्, तैपनि ऊ परमेश्‍वरको घरका सामग्रीहरूको व्यवस्थापन गर्न उपयुक्त छ कि छैन भनेर तँलाई थाहा छैन भने, त्यसबेला के गर्नुपर्छ? तैँले अनुगमन, सामानहरूको जाँच, र सुपरिवेक्षण गर्नैपर्छ। तैँले संरक्षकले आफ्नो जिम्मेवारी पूरा गरिरहेको छ कि छैन भनी हेर्न, केही समयपछि कामकुराहरूको अवस्थाबारे सोधपुछ गर्नुपर्छ। उदाहरणका लागि, अन्‍नपातको सबैभन्दा ठूलो चिन्ता ओस हो। संरक्षकले गोदाम आर्द्र छ कि छैन र अन्‍नपातमा कीरा लाग्ने सम्भावना छ कि छैन भनेर जाँच्नुपर्छ, र उसले परामर्श लिन र कस्ता अभ्यासहरूले अन्‍न नओसिने र ढुसी नलाग्ने वा कीरा नपर्ने सुनिश्चित हुन्छ भन्‍नेबारे बुझाइ प्राप्त गर्न यस्ता कुराहरूबारे जानकार कसैलाई खोज्नुपर्छ। अन्‍नपात भण्डारण गरेपछि, उसले बारम्बार गोदामको जाँच गर्नुपर्छ, वा हावा सञ्चार गर्न झ्यालहरू खोल्नुपर्छ। त्यो साँच्चिकै आफ्नो जिम्मेवारी पूरा गर्नु हुनेछ। यदि संरक्षकले कसैले झकझकाउनु वा सम्झाउनु नपर्ने गरी यी कामहरू गर्न आफै पहल गर्छ भने, ऊ भरपर्दो छ, जुन ढुक्कलाग्दो कुरा हो। त्यसोभए, विभिन्‍न किसिमका उपकरणहरूको सुरक्षा गर्ने मानिसहरू—के उनीहरू कामका लागि सही छन् त? तँलाई थाहा भइसकेको छैन; तैँले उनीहरूको पनि जाँच गर्नैपर्छ। धेरैजसो उपकरणहरू—विद्युतीय सामग्री, काठका सामग्री, सुविधाहरू, आदि—सामान्यतया प्रयोगमा आउँदैनन् भने तिनको कस्तो सुरक्षा गरिएको छ? के संरक्षकले त्यसको हेरचाह र मर्मत-सम्भार गर्छ? के उसले विद्युतीय उपकरणहरू नियमित रूपमा जाँच्ने, पावर अन गर्ने र तिनलाई चालु गर्ने गर्छ? यताउति सोधेर, तैँले यी सामानहरूको संरक्षकले नियमित रूपमा यी कुराहरू गरिरहेको छ भनेर थाहा पाउन सक्छस्। ती सामानहरू बिनाकाम त्यहीँ बसिरहेका हुन सक्छन्, तर तीमाथि धूलो लागेको छैन, जसको मतलब कसैले बारम्बार आएर तिनको हेरचाह गर्ने गर्छ—तैँले तिनको संरक्षक ठीक छ, उसले आफ्नो जिम्मेवारी पूरा गरिरहेको छ भनेर देख्नेछस्। त्यसपछि तँ ढुक्क हुन सक्छस्। परमेश्‍वरका वचनका पुस्तकहरू पनि छन्। तीमध्ये प्रत्येकलाई पाउन कठिन छ, र यसको अतिरिक्त, परमेश्‍वरका वचनका पुस्तकहरू परमेश्‍वरको हरेक विश्‍वासीका लागि अन्य कुनै पनि चीजभन्दा बढी महत्त्वपूर्ण हुन्छ—अन्‍नपात, विद्युतीय उपकरणहरू, वा त्यस्ता अन्य कुनै पनि सामानभन्दा बढी महत्त्वपूर्ण हुन्छ। त्यसैले, यी चीजहरूका हकमा, तैँले तिनको व्यवस्थापन गर्ने सही व्यक्ति र तिनलाई भण्डारण गर्ने सही ठाउँ खोज्न झनै बढी आवश्यक छ। उचित हावा सञ्चार, निगरानी, र निरीक्षण पनि जरुरी छ—उनीहरूले पुस्तकहरू ओसिन वा भिज्न, वा मुसालाई खान दिन मिल्दैन। यी सबै कुरामा ध्यान दिनुपर्छ। त्यसैले, के त्यस्ता सामग्रीहरूको व्यवस्थापन गर्ने मानिसहरू कार्यका लागि उचित छन् त? तैँले यसको पनि बारम्बार जाँच गर्नुपर्छ। यदि हेरचाहकर्ताहरू अल्छी, बेपरवाह, र लापरवाह छन् भने, कतिपय सामानहरू बिग्रिनेछन्, ओसिएनन् वा ढुसी लागेनन् भने पनि तिनलाई कीराले खानेछ। यी सबै अगुवा र कामदारहरूको कमजोर निगरानी र निरीक्षणका कारण हुने क्षतिहरू हुन्। यदि हेरचाहकर्ताहरूले यी सामानहरूको उचित हेरचाह गर्छन् भने, अगुवा र कामदारहरूको यो जिम्मेवारी पूरा भएको हुन्छ। चाहे यी सामानहरू ठूला होऊन् वा साना, र चाहे ती बारम्बार प्रयोगमा आउने होऊन् वा नहोऊन्, यदि ती परमेश्‍वरको घरको स्वामित्वमा पर्ने सामानहरूको वर्गमा पर्छन् भने, तिनको व्यवस्थापन गर्न कसैको प्रबन्ध गर्नुपर्छ। सामान चाहे जुन किसिमको भए पनि र चाहे जहाँ भण्डारण गरिएको भए पनि, त्यो सुरक्षित हुनुपर्छ, र त्यो अलिकति पनि नबिग्रिने सुनिश्चित गर्नुपर्छ। बफादार र जिम्मेवार हुनु भनेको त्यही नै हो। यदि सामानहरूको व्यवस्थापन गर्ने व्यक्ति अनुपयुक्त भएको भेटियो भने के गर्नुपर्छ? उसलाई तोकिएको कर्तव्य तुरुन्तै समायोजन गर्नुपर्छ, र उसलाई प्रतिस्थापन गर्न अरू कोही खोज्नुपर्छ। उदाहरणका लागि, कतिपय मानिसहरू निष्क्रिय कामचोर हुन्छन्, खान रुचाउँछन् तर काम गर्न रुचाउँदैनन्, र उनीहरूले कुनै जिम्मेवारी लिँदैनन्। उनीहरूले मण्डलीका सामानहरूलाई सार्वजनिक सम्पत्ति जस्तो गरी लापरवाह व्यवहार गर्छन्, र ती नहराएसम्म सब ठिक छ भन्ठान्छन्। ती सामानहरू ढुसी वा कीरा परेको, वा बिग्रिएका छन् कि छैनन् भनेर उनीहरूले न त वास्ता गर्ने गर्छन्, न सोध्ने नै गर्छन्। तैँले उनीहरूलाई जहिले सोध्दा पनि, उनीहरूले आफू तिनको जाँच गर्न गएको, र सबथोक ठीक रहेको भन्छन्। वास्तवमा, उनीहरू लामो समयदेखि सामानहरूको जाँच गर्न गएका हुँदैनन्। त्यसपछि, एक दिन कसैले अचानक अन्‍नपातमा ढुसी परेको, र कुनै उपकरणको तार मुसाले काटेको, र परमेश्‍वरका वचनका पुस्तकहरू समेत तिनमा लेखिएका कुराहरू धमिलो र अस्पष्ट हुने गरी निकै ओसिएको पाउँछ। त्यसबेला मात्र यी कुराहरूबारे थाहा पाउनु—के त्यो ज्यादै ढिलो होइन र? (हो, क्षति पुगिसकेको हुन्छ।) त्यो अनुचित व्यवस्थापनको नतिजा हो। त्यसोभए, के तिनको व्यवस्थापन गरिरहेको व्यक्ति अयोग्य छ? के ऊ कमजोर मानवताको र अनैतिक छैन र? (छ।) गैरविश्‍वासीहरूले यस किसिमको व्यक्तिलाई अनैतिक भन्‍नेथिए; हामी के भन्छौँ? हामी भन्छौँ कि यस व्यक्तिको मानवता खराब छ, र ऊ बफादार छैन। उसले त्यति सानो जिम्मेवारी समेत पूरा गर्न सक्दैन; उसले त्यस्तो काम समेत गर्न सक्दैन जुन थोरै पीडा वहन गर्ने, थोरै मात्र विवेक र मानवता भएको व्यक्तिले गर्न सक्छ। के ऊ अझै पनि परमेश्‍वरको विश्‍वासी हो? गैरविश्‍वासीहरूले समेत “अरूले जिम्मा दिएको कुरा बफादारीपूर्वक पूरा गर्न सक्दो प्रयास गर” भन्‍ने विचार बोकेका हुन्छन्—यो व्यक्ति त गैरविश्‍वासीहरूको न्यूनतम नैतिक मानकअनुरूप समेत छैन, त्यसकारण ऊ स्पष्ट रूपमा नै सामान व्यवस्थापन कर्मचारीको सदस्यका रूपमा सेवा गर्न अनुपयुक्त छ। अनुपयुक्त मानिसहरूलाई तुरुन्तै तह लगाउनुपर्छ, र तिनीहरूको स्थानमा उपयुक्त मानिसहरू खोज्नुपर्छ। यदि तँ तेरो सामान व्यवस्थापन कर्मचारीलाई भरोसा गर्दैनस्, र तँसँग आफै सामानहरूको जाँच गर्ने समय छैन, वा तैँले कुनै परिस्थितिजन्य कारणले कामकुराहरूको अनुगमन र जाँच गर्न सक्दैनस् भने, त्यस अवस्थामा के गर्नुपर्छ? तैँले सामानहरूको व्यवस्थापन गर्ने व्यक्तिलाई उसले व्यवस्थापन गर्ने सामानहरूमा क्षति पुगेमा, उसले त्यसको पैसा तिर्नेछ, वा ऊ परमेश्‍वरको घरबाट जस्तोसुकै जरिवाना स्विकार्न इच्छुक हुनेछ भनी प्रत्याभूति लेख्न लगाउन सक्छस्। त्यसलाई प्रशासनिक प्रणालीअनुसार नै समाधान गरिनुपर्छ। यदि कुनै अगुवा वा कामदारले यो स्तरसम्म आफ्नो कार्य गर्न सक्छ भने, उसले आफ्नो जिम्मेवारी पूरा गरिरहेको हुनेछ।

परमेश्‍वरको घरको कुनै पनि भौतिक सामान, चाहे त्यो ठूलो होस् वा सानो, महँगो होस् वा सस्तो, चाहे त्यो तँलाई काम लाग्ने होस् वा नहोस्, यदि तँलाई त्यसको व्यवस्थापन गर्न लगाइएको छ भने, त्यो तेरो जिम्मेवारी हो। यो काम अगुवा र कामदारहरूको जिम्मेवारीको दायराभित्र नै पर्छ, त्यसकारण तैँले त्यसलाई उचित तरिकाले सुरक्षित गर्नका लागि सही व्यक्ति र सही स्थान खोज्नुपर्छ। परमेश्‍वरको घरका सामानहरूमा क्षति पुग्न नदे। उदाहरणका लागि, परमेश्‍वरका वचनहरूका पुस्तकहरूको सुरक्षा गर्ने कुरा आउँदा—कुनै अगुवा वा कामदारले तिनका लागि उचित कर्मचारीहरूको प्रबन्ध गरेपछि, उसले अझै पनि बारम्बार त्यसबारे सोधपुछ गर्ने गर्नुपर्छ: “हालसालै थुप्रै पुस्तकहरू जारी भएका छन्, तर झन् थोरै बाँकी भए पनि, लापर्बाही नगर। पुस्तकहरू भण्डारण गर्दा, मुख्य कुरा भनेको तिनलाई ओसिन वा घामले बिग्रन नदिनु र तिनलाई थिचिएर बिग्रन वा मोडिन नदिनु हो।” उसले बारम्बार त्यसबारे सोधपुछ गर्ने र जानकारी लिने गर्नुपर्छ। यदि नयाँ पुस्तकहरू आएका छन् भने, उसले तिनको सुरक्षा कति राम्रोसँग भइरहेको छ; ती सबैलाई पहिलेकै ठाउँमा राख्न मिल्छ कि मिल्दैन, र यदि मिल्दैन भने, तिनका लागि नयाँ ठाउँ भेटिएको छ कि छैन, र त्यो ठाउँ कस्तो छ, त्यो सुरक्षित र सुक्खा छ कि छैन; पुस्तकहरू राम्ररी भण्डारण गरिएका छन् कि छैनन्; र यदि मुसाको चिन्ता छ भने, बिरालो राख्न आवश्यक छ कि छैन भनेर सोध्नैपर्छ। यस्ता सबै कामकुराहरू अगुवा र कामदारहरूले गर्नैपर्ने काम, र उनीहरूले पूरा गर्नुपर्ने जिम्मेवारी हो। यो काम अलि महत्त्वहीन देखिएला, तर त्यो पनि अगुवा र कामदारहरूले नियमित रूपमा गर्नुपर्ने एउटा कार्य नै हो। यसको अवमूल्यन नगर्—यसलाई गम्भीर रूपमा लिइनुपर्छ। ती चीजहरू सार्वजनिक सम्पत्ति हुन र कुनै व्यक्तिको नहुन सक्लान्, तर तिनको राम्रो सुरक्षा गर्नैपर्छ; चाहे तँलाई भविष्यमा ती काम लागून् वा नलागून्, र ती तेरै उपयोगका लागि होऊन् वा नहोऊन्, तिनलाई राम्रोसँग सुरक्षित राख्नु तेरो जिम्मेवारी हो, यो तेरो काँधमा आइपर्ने मामला हो, र तैँले त्यसलाई पन्छाउन वा बेवास्ता गर्न कुनै कारण वा बहाना खोज्नु हुँदैन। कुनै कुरा तेरो जिम्मेवारी भएसम्म, त्यो तैँले व्यवस्थापन गर्नुपर्ने कुरा हो, र तैँले गर्नुपर्ने काम हो। यी सबै कुराबारे तैँले सोधपुछ गरेर कामकुरा बुझ्ने कोसिस गर्नुपर्छ, वा त्यसमा व्यक्तिगत रूपमा सहभागी हुनुपर्छ। यदि तँसित कार्य-स्थलमै गएर हेर्ने समय छ भने, त्यो अवश्य पनि झनै राम्रो हुनेथियो। तर यदि परिस्थिति र अवस्थाहरूले दिएनन्, वा यदि तँ काममा अति व्यस्त छस् भने, तैँले अझै पनि सामयिक रूपमा त्यसबारे खोजीनिती गर्ने र सोधपुछ गर्ने गर्नुपर्छ, ताकि परमेश्‍वरको घरका सामानहरू बिग्रिन वा कुनै पनि रूपमा खेर जानबाट बचाउने प्रयास गर्न सकियोस्। यसो गर्नुको मतलब यो हो कि तैँले अगुवा र कामदारहरूको जिम्मेवारी पूरा गरेको छस्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्