अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (१०) खण्ड पाँच

अगुवा र कामदारहरू मानकअनुरूप छन् कि छैनन् भनी जाँच्ने मापदण्ड

आजको सङ्गतिमार्फत, के तिमीहरूले अब अगुवा र कामदारहरू र सुपरिवेक्षकहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरूबारे अझ प्रस्ट बुझाइ प्राप्त गरेका छौ? के तिमीहरूको मनमा अझ राम्रो उपाय छ? के अगुवा र कामदारहरूको भूमिकाबारे तिमीहरूको बुझाई अझ सही भएको छ? (छ।) एकातिर, अगुवा र कामदारहरूले आफूले कुन-कुन कार्यहरू गर्नुपर्छ भनेर केही बुझाइ प्राप्त गरेका छन्; अर्कोतिर, अरू सबैले कुनै अगुवा वा कामदार मानकअनुरूप छ कि छैन भनी खुट्ट्याउने केही मार्गहरू प्राप्त गरेका छन्। अगुवा र कामदारहरूको नवौँ जिम्मेवारीका मागहरूअनुसार, के अधिकांश अगुवा र कामदारहरू मानकअनुरूप छन् त? (छैनन्।) त्यसोभए, कुन-कुन अगुवा र कामदारहरू मानकअनुरूप बन्‍न सक्छन्, र कुन-कुन बन्‍न सक्दैनन् त? मानकअनुरूपको क्षमता हुने, केही व्यावहारिक अनुभव हुने, कामकुरा सम्हाल्दा केही सिद्धान्तहरू हुने, र मण्डलीको कामका लागि बोझको बोध भएकाहरू केही अवधिको प्रशिक्षणपछि मानकअनुरूपका अगुवा र कामदार बन्‍न सक्छन्। तर, कमजोर क्षमता भएका र बुझ्ने क्षमता नभएका, सत्यताबारे चाहे जति सङ्गति गरे पनि सिद्धान्तहरू बोध गर्न नसक्नेहरू, अगुवा र कामदारका रूपमा मानकअनुरूप बन्‍न सक्दैनन् र तिनीहरूलाई हटाउन मात्र सकिन्छ। त्यसकारण, यदि तँ मानकअनुरूपको अगुवा वा कामदार बन्‍न चाहन्छस्, र अरूद्वारा अगुवा वा कामदारका रूपमा चुनिन चाहन्छस् भने, तैँले सुरुमा आफ्नो क्षमता पर्याप्त छ कि छैन भनी मूल्याङ्कन गर्नुपर्छ। तैँले यो कसरी मूल्याङ्कन गर्न सक्छस्? तैँले कामका प्रबन्धलाई कार्यान्वयन गर्न सक्छस् कि सक्दैनस् भन्‍ने कुरालाई हेरेर। हालसालको कुनै कामको प्रबन्ध लिएर त्यो पढ्, अनि आफूसँग त्यसलाई कार्यान्वयन गर्ने कदम र योजनाहरू छन् कि छैनन् भनी हेर्न आफैलाई जाँच्। यदि तँसँग जुक्ति र योजनाहरू छन् र तँलाई त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्‍ने थाहा छ भने, दाजुभाइ-दिदीबहिनीहरूले तँलाई चयन गर्दा तैँले उक्त कामलाई अपरिहार्य कर्तव्यका रूपमा लिनुपर्छ। तर, यदि कामको प्रबन्ध पढेपछि तेरो दिमाग खाली हुन्छ, तैँले कामको जिम्मेवारी लिन कसलाई खटाउनु सबैभन्दा उपयुक्त हुन्छ भनी छर्लङ्ग देख्न पटक्कै सक्दैनस्, र तैँले मण्डलीका विभिन्‍न कामहरूलाई विशिष्ट रूपमा कसरी कार्यान्वयन गर्ने भनेर छर्लङ्ग देख्न झनै सक्दैनस्, न त तैँले कसरी सङ्गति, सुपरिवेक्षण, निरीक्षण, र अनुगमन गर्ने भनेर नै जानेको छस्, र तेरो मनमा कार्यान्वयनका कुनै पनि कदम वा योजनाहरू छैनन्, तर केही दाजुभाइ-दिदीबहिनीहरूले भूलवश तँ अगुवा वा कामदार हुन निकै प्रतिभाशाली र उपयुक्त भएको ठान्छन् भने, तेरो मनोवृत्ति कस्तो हुनुपर्छ? तैँले यसो भन्‍नुपर्छ, “प्रशंसाका लागि धन्यवाद, तर वास्तवमा ममा धेरै प्रतिभा छैन। ममा त्यसका लागि चाहिने कुरा छैन—तपाईँहरूले मलाई गलत मूल्याङ्कन गर्नुभएको छ। यदि तपाईँहरूले मलाई अगुवाका रूपमा छनोट गर्नुभयो भने, त्यसले मण्डलीको काममा ढिलाइ गर्नेछ। मलाई आफ्नो कद थाहा छ; मलाई त एउटा सरल कामको प्रबन्ध कसरी कार्यान्वयन गर्ने भन्‍ने समेत थाहा छैन—मलाई कहाँबाट सुरु गर्ने भन्‍ने थाहा छैन र मसँग कुनै सुरागहरू छैनन्। सत्यता नबुझी मण्डलीको काम राम्ररी सम्पन्‍न गर्न सकिँदैन। माथिले मलाई नियुक्त गरे पनि, मैले त्यो गर्न सक्नेछैनँ। म साँच्चिकै यो भूमिकाका लागि उपयुक्त छैनँ।” तँलाई यस किसिमको स्वीकारोक्तिबारे के लाग्छ? यस्तो शैलीले समझ देखाउँछ; यसो भन्‍ने मानिसहरूमा झूटा अगुवाहरूमा भन्दा धेरै बढी समझ हुन्छ। झूटा अगुवाहरूले यति धेरै समझ भएको कुरा कहिल्यै भन्‍न सक्ने थिएनन्। झूटा अगुवाहरूले यस्तो सोच्छन्, “मलाई चुनिएको हो, त्यसैले म अगुवा हुनैपर्छ। म किन अगुवा नहुनु र? म प्रतिभावान् छु, त्यसैले म यसको लायक छु। के कामका प्रबन्धहरू कार्यान्वयन गर्न नसक्नु समस्या हो र? जन्मिँदै त्यो कसरी गर्ने भनेर जानेर आएको को हुन्छ र? के त्यो मैले सिक्न सक्ने कुरा होइन र? मैले प्रचार गर्न सकेसम्म, त्यो काफी हुन्छ। मसित आत्मिक बुझाइ छ, म परमेश्‍वरका वचनहरू जान्दछु र बुझ्दछु, म सङ्गति गर्न सक्छु, र म परमेश्‍वरका वचनहरूमा अभ्यासको मार्ग भेट्टाउन सक्छु। म मानिसहरूका भ्रष्ट स्वभाव र विभिन्‍न स्थितिहरू समाधान गर्नमा पोख्त छु। परमेश्‍वरको घरका कामका प्रबन्धहरू कार्यान्वयन गर्नु कुनै ठूलो कुरा होइन। के त्यो प्रशासनिक व्यवस्थापनको काम मात्र होइन र? मैले यसअघि प्रशासनिक व्यवस्थापन अध्ययन गरेको छु, त्यसैले परमेश्‍वरको घरको यो काम मेरा लागि कुनै समस्या होइन!” के त्यस्तो व्यक्ति खतरामा हुँदैन र? (हुन्छ।) के कुरामा खतरा हुन्छ? के तिमीहरूले यस मामलालाई छर्लङ्ग देख्न सक्छौ? (तिनीहरूले काम गर्न सक्दैनन् र परमेश्‍वरको घरको कामलाई अवरोध गर्नेछन् र बाधा दिनेछन्, आफू र दाजुभाइ-दिदीबहिनीहरूलाई हानि गर्ने मात्र नभएर परमेश्‍वरको घरका काममा समेत ढिलाइ गराउनेछन्।) के यो हानि मात्र हो र? के त्यसले अन्ततः निकाल्ने परिणाम त्यही हो? यदि त्यति मात्र भएको भए, त्यसलाई अझै ठीक पार्न सकिन्थ्यो। मुख्य समस्या त यो हो कि यदि कुनै झूटो अगुवा लामो समयसम्म आफ्नो भूमिकामा रहिरह्यो भने, उसले ख्रीष्टविरोधीहरूको मार्ग पछ्याउनेछ र ऊ अन्ततः ख्रीष्टविरोधी बन्‍नेछ। के तँलाई अगुवा वा कामदार हुनु त्यति सरल छ जस्तो लाग्छ? हैसियतसँगै परीक्षा आउँछ, र परीक्षासँगै खतरा आउँछ। यो खतरा के हो? त्यो ख्रीष्टविरोधीहरूको मार्ग पछ्याउने सम्भावना हो। ख्रीष्टविरोधीहरूको मार्ग पछ्याउनुको सबैभन्दा खराब परिणाम भनेको ख्रीष्टविरोधी बन्‍नु हो।

कतिपय मानिसहरूले यस्तो भन्छन्, “कतिपय झूटा अगुवाहरूमा अलि कमजोर क्षमता हुने मात्र हो, तर तिनीहरूको मानवता खराब हुँदैन। के तिनीहरूले ख्रीष्टविरोधीहरूको मार्ग पछ्याउन सक्छन्?” कसले भन्छ कि मानवता खराब नहुनुको अर्थ तिनीहरूले ख्रीष्टविरोधीहरूको मार्ग पछ्याउँदैनन् भन्‍ने हुन्छ? ख्रीष्टविरोधी मानिन तिनीहरू कति खराब हुनुपर्ने हो? के तैँले यो कुरा छर्लङ्ग देख्न सक्छस्? यदि कुनै झूटो अगुवा लामो समयसम्म आफ्नो भूमिकामा रहिरह्यो भने, ऊ ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्न थालिसकेको हुन्छ। के ख्रीष्टविरोधीहरूको मार्ग पछ्याउनु र ख्रीष्टविरोधी बन्‍नुबीच कुनै अन्तर छ र? (छैन।) विगतमा फर्केर सोच्: ती झूटा अगुवाहरूले कुन मार्ग पछ्याइरहेका छन्? झूटा अगुवाहरूले विशिष्ट काम गर्दैनन्, न त तिनीहरू विशिष्ट काम गर्न सक्षम नै हुन्छन्, तैपनि तिनीहरू अरूलाई भाषण दिन र मानिसहरूलाई आफ्नो कुरा सुन्‍न र आफूलाई पालन गर्न लगाउन उच्च स्थानमा रहन चाहन्छन्। के यो ख्रीष्टविरोधीहरूको मार्ग पछ्याउनु हो? ख्रीष्टविरोधीहरूको मार्ग पछ्याउनुको परिणाम के हुन्छ? (तिनीहरू स्वतः ख्रीष्टविरोधी बन्छन्।) झूटा अगुवाहरू जन्मजात रूपमा ख्रीष्टविरोधी वा दुष्ट मानिस नभए पनि, यदि तिनीहरूले लामो समयसम्म ख्रीष्टविरोधीहरूको मार्ग पछ्याउँछन् र त्यसक्रममा तिनीहरूको सुपरिवेक्षण हुँदैन वा तिनीहरूलाई कसैले पनि रिपोर्ट वा बर्खास्त गर्दैन भने, के तिनीहरूले शक्ति हत्याउन र स्वतन्त्र राज्यहरू स्थापना गर्न सक्छन्? (सक्छन्।) त्यस बिन्दुमा, के तिनीहरू ख्रीष्टविरोधी बनेका हुँदैनन् र? त्यसकारण देख्यौ नि, झूटो अगुवाको भूमिका खतरनाक हुँदैन र? (हुन्छ।) झूटो अगुवा हुनु पहिल्यै निकै खतरनाक कुरा हो। हामीले अहिले झूटा अगुवाहरूको चिरफार गरिरहेको र ख्रीष्टविरोधीहरूलाई नछोइरहेको भए पनि, यी दुईको सारबीच एउटा सम्बन्ध छ। वास्तवमा, झूटा अगुवाहरूले ख्रीष्टविरोधीहरूको मार्ग पछ्याइरहेका हुन्छन्। यो मार्ग पछ्याउनुले तिनीहरूलाई ख्रीष्टविरोधी बन्‍नतर्फ स्वतः डोर्‍याउँछ, जुन तिनीहरूको प्रकृति सारद्वारा निर्धारित हुन्छ। त्यो अवस्थामा, तिनीहरूको मानवता सारलाई हेर्नुपर्ने आवश्यकता नै हुँदैन; तिनीहरूको मार्गले नै तिनीहरू ख्रीष्टविरोधी हुन् कि होइनन् भन्‍ने कुरा निर्धारण गर्छ। ती बर्खास्त भएका झूटा अगुवाहरूका बारेमा सोच् त। यदि तिनीहरूलाई समयमै बर्खास्त नगरिएको भए, तिनीहरूले आफ्नो कार्यकालको अवधिमा कस्तो व्यवहार गर्थे र के प्रकाश गर्थे भन्‍ने कुराद्वारा तिनीहरूको सारलाई मूल्याङ्कन गर्दा, के तिनीहरूले अन्ततः ख्रीष्टविरोधीहरूको मार्ग पछ्याउने थिए? के तिनीहरू ख्रीष्टविरोधी बन्‍ने थिए? वास्तवमा, कतिपय मानिसहरूले यसका सङ्केतहरू देखाइसकेका छन्, र तिनीहरूलाई तुरुन्तै बर्खास्त गर्ने परमेश्‍वरको घर नै थियो। यदि तिनीहरूलाई बर्खास्त नगरिएको भए, तिनीहरूले मण्डलीको भरमा बाँच्न र मानिसहरूलाई बहकाउन थालेका हुने थिए। तिनीहरूले मानिसहरूमाथि हैकम चलाउँदै, आदेशहरू जारी गर्दै, र आफू परमेश्‍वर भएझैँ अरूलाई आफ्नो पालन गर्न लगाउँदै, उच्च-पदस्थ अधिकारी वा अधिपतिझैँ व्यवहार गर्न थालेका हुने थिए। तिनीहरूले आफू परमेश्‍वरद्वारा सिद्ध पारिएको र परमेश्‍वरद्वारा प्रयोग गरिएका मानिस भएको दाबी समेत गर्ने थिए। के त्यो समस्याजनक छैन र? त्यसकारण हामीले त्यस्ता झूटा अगुवाहरूका स्थिति र प्रकटीकरणहरूलाई कसरी हेर्ने र चित्रण गर्ने गर्नुपर्छ त? तिनीहरूलाई प्रारम्भिक रूपमा पाखण्डी, मण्डलीबाट आफ्नो गुजारा चलाउने मानिसहरू, फरिसीका रूपमा चित्रण गर्न सकिन्छ। अनि यो थप विकसित हुँदै गयो भने के हुन्छ? झूटा अगुवाहरू ख्रीष्टविरोधीहरू जत्तिकै क्रूर वा दुष्ट नहुन सक्ने भए पनि, र सतहमा तिनीहरू कठिनाइ सहन र कडा परिश्रम गर्न सक्षम, हरेक मोडमा अरूलाई सहयोग गर्ने, अनि प्रवचन दिन र काम गर्न जमिन र समुद्र चहार्ने फरिसीहरू जस्तै तिनीहरू मानिसहरूसित धैर्यवान् र सहनशील हुन सक्ने देखिए पनि, अन्ततः यसले के नै फरक पार्छ र? यदि तिनीहरूले एउटा पनि कार्य कार्यान्वयन गर्न सक्दैनन् भने, तिनीहरूका क्रियाकलापहरू र व्यवहार फरिसीहरूको भन्दा कसरी फरक हुन्छन् त? के तिनीहरूका कार्यहरूले परमेश्‍वरको कामसँग सहकार्य गरिरहेका हुन्छन्, कि तिनले परमेश्‍वरको कामको प्रतिरोध गरिरहेका र त्यसलाई बाधा दिइरहेका हुन्छन्? प्रस्ट रूपमै, तिनले परमेश्‍वरको कामको प्रतिरोध गरिरहेका र मण्डलीका विभिन्‍न कामहरूको सामान्य प्रगतिमा अवरोध पुर्‍याइरहेका हुन्छन्। के यो फरिसीहरूको र धार्मिक संसारका ती पाष्टर र एल्डरहरूको व्यवहारभन्दा फरक छ त? झूटा अगुवाहरू ठ्याक्कै तिनीहरू जस्तै हुन्छन्। त्यसोभए हामीले तिनीहरूलाई कसरी चित्रण गर्नुपर्छ? झूटा अगुवाहरू क्रियाशील हुन जारी राखेमा के हुनेछ? तिनीहरू परमेश्‍वरको घरका कामका प्रबन्धहरू कार्यान्वयन गर्न असफल हुने मात्र नभई, तिनीहरूले यी प्रबन्धहरूलाई निन्दा, आलोचना, मूल्याङ्कन, भर्त्सना, र त्यस्ता अन्य कामहरू पनि गर्न थाल्नेछन्—ख्रीष्टविरोधी व्यवहारहरूको एउटा पूरै श्रृङ्खला नै देखा पर्नेछ। तिनीहरू कामका प्रबन्धहरू कार्यान्वयन गर्न असफल हुने मात्र नभई, तिनीहरूले तिनको कार्यान्वयनलाई प्रतिरोध गर्न र अवरोध पुर्‍याउन विभिन्‍न बहानाहरू पनि खोज्छन्। यो परमेश्‍वरको कामसँग सहकार्य गर्नु नभई परमेश्‍वरको घरको कामलाई अवरोध पुर्‍याउनु र बाधा दिनु हो। यो तिनीहरूले परमेश्‍वरको घरका कामका प्रबन्धहरूको कार्यान्वयनमा अवरोध पुर्‍याउन आफ्नै धारणा र कल्पनाहरू, अनि परमेश्‍वरको घरले तिनीहरूलाई दिएको शक्ति र हैसियतलाई प्रयोग गर्नु हो। के समस्याको सार यही नै होइन र? (हो।) झूटा अगुवाहरूले वास्तविक काम गर्दैनन् र माथिद्वारा प्रबन्ध गरिएका विभिन्‍न कार्यहरू कार्यान्वयन गर्न सक्दैनन्, तैपनि तिनीहरू मानिसहरूलाई प्रवचन दिन अझै आफ्नो हैसियत प्रदर्शन गर्छन्, र आफू परमेश्‍वरका चुनिएका मानिसहरूको प्रमुख, कप्तान भएको महसुस गर्छन्। यसले तिनीहरूलाई पहिल्यै ख्रीष्टविरोधी अर्थात् खाँटी ख्रीष्टविरोधी बनाउँछ। के त्यस्ता मानिसहरूको यो चित्रण सही हुन्छ? यो अत्यन्तै सही हुन्छ, त्यसमा कुनै त्रुटि हुँदैन! यो युक्तिसङ्गत तर्कना नभई तिनीहरूको सारमा आधारित चित्रण हो। परमेश्‍वरको घरका कामका प्रबन्धहरू कार्यान्वयन गर्न नसक्नेहरू झूटा अगुवा हुन्, र परमेश्‍वरको घरका कामका प्रबन्धहरू कार्यान्वयन नगर्नेहरू पनि झूटा अगुवा नै हुन्। फरिसीका रूपमा प्रकाश गरिनुअघि, तिनीहरूलाई झूटा अगुवाका रूपमा चित्रण गर्न सकिन्छ। तर, जबदेखि तिनीहरू फरिसी बनेर मण्डलीबाट आफ्नो गुजारा चलाउन थाल्छन्, आफ्ना “विगतका उपलब्धिहरूमा” भर पर्छन्, र कामका प्रबन्धहरूलाई कार्यान्वयन नगरी वा विशिष्ट कार्यहरू नगरी पद ओगट्छन्, परमेश्‍वरको घरको काममा तगारो बन्छन्, तबदेखि नै त्यस्ता मानिसहरूलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गरिनुपर्छ। कुनै व्यक्ति झूटो अगुवा हो कि ख्रीष्टविरोधी हो भनेर तैँले कसरी निर्धारण गर्छस्? झूटो अगुवालाई उसले कामका प्रबन्धहरू कार्यान्वयन गर्न र वास्तविक काम गर्न सक्छ कि सक्दैन भन्‍ने आधारमा चित्रण गरिन्छ। कामका प्रबन्धहरू कार्यान्वयन नगर्ने र वास्तविक काम नगर्नेहरू झूटा अगुवा हुन्। तर, यदि तिनीहरूलाई आफूले वास्तविक काम गर्न र माथिबाट गरिएका कामका प्रबन्धहरू कार्यान्वयन गर्न नसक्ने कुरा थाहा छ, तैपनि तिनीहरू प्रचार गर्न अझै आफ्नो हैसियत प्रदर्शन गर्न र मानिसहरूको मन जित्न नाराहरू फलाक्न चाहन्छन्, र परमेश्‍वरको घरका कामका प्रबन्धहरूलाई बेवास्ता गर्छन्, अनि तिनीहरूले मण्डलीको भरमा बाँच्न र परमेश्‍वरको घरलाई अवकाश गृहका रूपमा दुरुपयोग गर्न, दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाउन जारी राख्न सकौँ, र यहाँसम्म कि वार्तालापलाई आकार दिने शक्ति र निर्णय गर्ने अख्तियार समेत खोज्न सकौँ भनेर तिनीहरूले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेको र धेरै वर्षदेखि मण्डलीको कामका लागि कष्ट भोगेको आधारमा परमेश्‍वरको घरले तिनीहरूलाई वरपर राखोस् भन्‍ने अपेक्षा गर्छन् भने, त्यस्ता मानिसहरू ख्रीष्टविरोधी हुन्। तैँले कुनै व्यक्ति झूटो अगुवा हो कि ख्रीष्टविरोधी हो भनेर निर्धारण गर्ने यसरी नै हो। के यो चित्रणको सिद्धान्त र मानक स्पष्ट छ? (हजुर।)

अगुवा र कामदारहरूको नवौँ जिम्मेवारीले मुख्य रूपमा कामका प्रबन्धहरूलाई समेट्छ। एक अगुवा वा कामदारले कामका प्रबन्धहरू कार्यान्वयन गर्छ कि गर्दैन भन्‍ने कुरा नै ऊ मानकअनुरूप छ कि छैन भनी जाँच्ने मापदण्ड हो। अगुवा र कामदारहरू कामका प्रबन्धहरूअनुसार मण्डलीको काम निर्वाह गर्छन् कि गर्दैनन् भन्‍ने आधारमा उनीहरू साँचो हुन् कि झूटा हुन् भनी मूल्याङ्कन गर्नु नै सबैभन्दा सही विधि हो। झूटा अगुवाहरूलाई खुट्ट्याउन र विश्लेषण गर्न, र तिनीहरू झूटा अगुवा हुन् कि ख्रीष्टविरोधी हुन् भनी निर्धारण गर्न कामका प्रबन्धहरूप्रति तिनीहरूको मनोवृत्तिलाई प्रयोग गर्नु पूर्ण रूपमा जायज हुन्छ। अगुवा र कामदारहरूलाई उनीहरूले कामका प्रबन्धहरू कसरी कार्यान्वयन गर्छन्, उनीहरूले कामका प्रबन्धहरू कार्यान्वयन गर्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरा, र तिनको कार्यान्वयनको प्रभावकारिता र पूर्णताका आधारमा मूल्याङ्कन गर्नु कुनै पनि अगुवा वा कामदारका लागि जायज र उचित हुन्छ। यो कसैका लागि कामकुराहरू जानाजानी गाह्रो बनाउने अभिप्रायले गरिएको होइन। के तिमीहरूले कतिपय झूटा अगुवाहरूले कामका प्रबन्धहरू कार्यान्वयन गर्दैनन् र अन्ततः तिनीहरू ख्रीष्टविरोधी बन्छन् भन्‍ने कुरा खुट्ट्याउन सक्छौ? के यो दाबी खरो उत्रन्छ? (उत्रन्छ।) यो किन खरो उत्रन्छ? (किनभने झूटा अगुवाहरूले कामका प्रबन्धहरू कार्यान्वयन गर्दैनन् र तिनीहरूका आफ्नै स्वतन्त्र राज्यहरू स्थापना गर्नका लागि आफ्ना पदहरू ओगटेर बस्छन्। यसको मतलब तिनीहरू ख्रीष्टविरोधीहरूको मार्गमा लागिसकेका छन्।) घटना यही हो—समस्याको सार चाहिँ के हो त? कामका प्रबन्धहरू कार्यान्वयन नगर्नु भनेको परमेश्‍वरको प्रतिरोध र विरोध गर्नु हो। परमेश्‍वरको विरोध गर्नु भनेको के हो? ख्रीष्टविरोधीहरूको मार्ग पछ्याउनेहरूले सिधै परमेश्‍वर विरुद्ध खडा भएर उहाँको विरोध गरिरहेका हुन्छन्। यदि कोही झूटो अगुवा मात्र हो भने, उसलाई काम कसरी गर्ने वा कामका प्रबन्धहरू कसरी कार्यान्वयन गर्ने भन्‍ने नै थाहा हुँदैन; उसले जानाजानी परमेश्‍वरको प्रतिरोध गरिरहेको हुँदैन। तर, ख्रीष्टविरोधीहरूका गुणहरू प्रकृतिमा झूटा अगुवाहरूको भन्दा धेरै गम्भीर हुन्छन्। कतिपय झूटा अगुवाहरूले लामो समयदेखि ख्रीष्टविरोधीहरूको मार्ग पछ्याइरहेका छन्। यस्ता व्यक्तिहरूले सुरुमा वास्तविक काम गर्दैनन् र कामका प्रबन्धहरू कार्यान्वयन गर्दैनन्। लामो समयसम्म अगुवा बनेर केही शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्न सक्ने भएपछि, तिनीहरूले आफ्नो पद सुरक्षित भएको, आफूसँग पुँजी भएको, र आफूले मानिसहरूमाझ प्रतिष्ठा प्राप्त गरेको महसुस गर्छन्। त्यसपछि तिनीहरू मनपरी गर्ने आँट गर्न थाल्छन् र परमेश्‍वरको विरोध गर्छन्। तिनीहरू सधैँ आफ्नो अधिमूल्यन गर्छन्, र तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूमाझ प्रतिष्ठा प्राप्त गरेको, तिनीहरूको कुरामा वजन भएको, र त्यसकारण तिनीहरूले गर्ने सबथोकमा तिनीहरूको पूर्ण वार्तालापीय वर्चस्व र निर्णय गर्ने अख्तियार हुनुपर्ने विश्‍वास गर्छन्। तिनीहरू सोच्छन् कि मानिसहरूले तिनीहरूको कुरा सुन्‍नुपर्छ; यदि तिनीहरूले केही गर्दा आफूलाई लज्जित तुल्याएमा वा गलत शब्दहरू बोलेमा मानिसहरूले तिनीहरूको इज्जत जोगाइदिनुपर्छ—र परमेश्‍वरको घरले पनि त्यही गरिदिनुपर्छ। परमेश्‍वरको घरले कुनै पनि समस्याहरू देखा पर्दा तिनीहरूको परामर्श लिनुपर्छ र तिनीहरूलाई राम्रा कुराहरूको एक अंश दिनुपर्छ, साथै तिनीहरूले अरूले भन्दा राम्रा सुविधाहरू र अझ उच्च प्रशंसा पाउनुपर्छ। तिनीहरू परमेश्‍वरले पनि तिनीहरूलाई फरक रूपमा हेर्नुपर्छ भन्ठान्छन्। तिनीहरूका यी कथित फाइदा र श्रेष्ठताका आधारमा, तिनीहरू परमेश्‍वरको घरले तिनीहरूलाई सजिलै काटछाँट गर्न वा अरूका अगाडि तिनीहरूको भ्रष्ट स्वभावहरूको खुलासा गर्न नहुने, तिनीहरूका भावनाहरूको ख्याल नै नगरी तिनीहरूलाई बर्खास्त गर्न त झनै नहुने विश्‍वास गर्छन्। त्यस्ता मानिसहरू खतरामा हुन्छन्। तिनीहरू आफ्ना “विगतका उपलब्धिहरूमा” भर परिरहेका हुन्छन्। तिनीहरू फरिसी हुन्, र ख्रीष्टविरोधी बनिसकेका हुन्छन्। के यो तिनीहरूको प्रकृति सारद्वारा निर्धारित हुँदैन र? यदि कसैले सत्यता पछ्याउँछ र ऊसँग सत्यता वास्तविकता छ भने, के उसले परमेश्‍वरको घर र परमेश्‍वरबाट यस्ता अनुचित मागहरू गर्ने थियो त? (गर्ने थिएन।) एक प्रकारको व्यक्ति यस्तो हुन्छ जसले लामो समय काम गरेपछि, आफूले हैसियत प्राप्त गरेको र आफूसँग पूँजी भएको महसुस गर्छ, र यसर्थ यस्ता किसिमका सोचहरू र यो श्रेष्ठताको भावना विकास गर्छ। यो कस्तो प्रकारको व्यक्ति हो? यो ख्रीष्टविरोधीको सार भएको व्यक्ति हो। उसले सत्यता नपछ्याउने र ख्रीष्टविरोधीहरूको मार्ग पछ्याउने हुनाले, ऊ अहङ्कारी र आत्म-धर्मी हुन्छ, र उसले परमेश्‍वर र परमेश्‍वरको घरबाट यावत् किसिमका अव्यावहारिक मागहरू गर्छ। ऊ आफ्ना “विगतका उपलब्धिहरूमा” भर पर्छ, मण्डलीबाट आफ्नो गुजारा चलाउँछ, आफ्ना हैसियतमा टाँसिन्छ, र अन्त्यमा ख्रीष्टविरोधी बन्छ। यो एक खाँटी ख्रीष्टविरोधी हो। के मण्डलीमा त्यस्ता मानिसहरू छन्? आत्मिक व्यक्ति भएकोमा घमण्ड गर्ने जोकोही यस प्रकारको व्यक्ति हुन्छ। तिनीहरू स्पष्ट रूपमा व्यर्थका हुन्छन् र तिनीहरूले कुनै विशिष्ट काम गर्न सक्दैनन्, तैपनि अझै आफूलाई आत्मिक ठान्छन्; तिनीहरूले आफूलाई परमेश्‍वरद्वारा निगाहका साथ हेरिने र उहाँको सिद्धताको पात्र भएको व्यक्ति ठान्छन्। तिनीहरूले आफू परमेश्‍वरका प्रिय पुत्र, अर्थात् विजेता भएको विश्‍वास गर्छन्। त्यस्ता मानिसहरूले कुन मार्ग पछ्याइरहेका हुन्छन्? के तिनीहरू सत्यता पछ्याउने मानिस हुन् त? के तिनीहरू सत्यतामा समर्पित हुने मानिस हुन्? के तिनीहरू परमेश्‍वरका योजनाबद्ध कार्य र प्रबन्धहरूमा समर्पित हुने मानिस हुन्? बिलकुलै होइनन्, शतप्रतिशत होइनन्। तिनीहरू त हैसियत, ख्याति, र आशिष्‌हरू पछ्याउने, अनि ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्ने मानिसहरू हुन्। जब त्यस्ता मानिसहरूले लामो समयसम्म कुनै पद सम्हाल्छन्, लामो समय झूटा अगुवाका रूपमा सेवा गर्छन्, तब तिनीहरू अपरिहार्य रूपमा नै ख्रीष्टविरोधी बन्छन्। ख्रीष्टविरोधीहरू परमेश्‍वरको घरको कामका अवरोधहरू हुन्। तिनीहरूले अवश्यै कामका प्रबन्धहरूअनुसार काम गर्न सक्दैनन्, र अवश्यै परमेश्‍वरको इच्छा पालना गर्न वा परमेश्‍वरका मागहरूअनुसार कामकुरा गर्न सक्दैनन्; अझ बढी, तिनीहरूले मण्डलीको काम गर्न अवश्यै आफ्नो हैसियत, ख्याति, र स्वार्थहरू त्याग्न सक्दैनन्, किनभने तिनीहरू ख्रीष्टविरोधी हुन्।

अगुवा र कामदारहरूको नवौँ जिम्मेवारीमाथिको सङ्गति मूलतः कामका प्रबन्धहरूको कार्यान्वयनबारे रहेको छ। एउटा अगुवा वा कामदार मानकअनुरूप छ कि छैन र उसले आफ्ना जिम्मेवारीहरू पूरा गर्छ कि गर्दैन भन्‍ने कुरा प्राथमिक रूपमा उसले कामका प्रबन्धहरू कार्यान्वयन गर्ने तरिका र यी कार्यान्वयनहरूका नतिजाहरूद्वारा निर्धारित हुन्छ। यो मानक, अवश्य पनि, झूटा अगुवाहरू र तिनीहरूले पछ्याउने मार्ग, साथै तिनीहरूले मण्डलीको काम र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा ल्याउने परिणामहरूको खुलासा गर्नका लागि पनि प्रयोग गरिन्छ। यी सबै निर्धारण, मूल्याङ्कन, र अन्तिम चित्रणहरू झूटा अगुवाहरूले गर्ने कामका प्रबन्धहरूका कार्यान्वयनमा आधारित हुन्छन्। कामका प्रबन्धहरू कार्यान्वयन गर्नु प्राथमिक कार्य हो, त्यसकारण एक अगुवा वा कामदार मानकअनुरूप छ कि छैन भन्‍ने कुरा उसले गर्ने कामका प्रबन्धहरूको कार्यान्वयनका आधारमा निर्धारण गर्नु निकै वास्तविक र अत्यन्तै आधारभूत कुरा हो। यसबाहेक, हरेक अगुवा र कामदारलाई यस मानकमा राख्नु पूर्णतया समझपूर्ण र जायज हुन्छ, त्यसमा कुनै अशुद्धता हुँदैन।

अप्रिल २४, २०२१

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्