अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (१०) खण्ड चार

कामका प्रबन्धहरूसम्बन्धी झूटा अगुवाहरूका मनोवृत्ति र प्रकटीकरणहरू

हामीले भर्खरै कामका प्रबन्धहरूको कुरा आउँदा अगुवा र कामदारहरूका जिम्मेवारीहरू के-के हुन् भन्‍नेबारे सङ्गति गर्‍यौँ। यसपछि, हामी झूटा अगुवाहरूमा के-कस्ता प्रकटीकरणहरू हुन्छन् भन्‍नेबारे सङ्गति गर्नेछौँ। तिमीहरूले भेटेका झूटा अगुवाहरूमध्ये, कामका प्रबन्धहरूप्रति उनीहरूको मनोवृत्ति कस्तो हुन्छ? तिनीहरूले कस्ता व्यवहार र प्रकटीकरणहरू प्रदर्शन गर्छन्? झूटा अगुवाहरूले प्रायः कामका प्रबन्धहरूका शब्दहरूबाटै के गर्नुपर्छ, माथिका निश्चित मागहरू के-के हुन्, र निश्चित कामका परियोजनाहरू के-के हुन् भनेर बुझ्छन्, तर तिनीहरूले त्यसलाई धर्मसिद्धान्तको हिसाबले मात्र बुझ्छन्। तिनीहरूले अझै पनि कामका प्रबन्धहरू कार्यान्वयन गर्ने निश्चित सिद्धान्त, मानक, र अभ्यासका मार्गहरू बुझेका वा पूर्ण रूपमा बोध गरेका हुँदैनन्। कामका प्रबन्धहरू प्राप्त गरेपछि, तिनीहरूले काम कसरी गर्ने र कामका प्रबन्धहरू कसरी जारी र कार्यान्वयन गर्ने भन्‍नेबारे सङ्गति गर्दै आलटाल पनि गर्छन्। तर, तिनीहरूले चाहे जति नै सङ्गति गरे पनि, त्यो कामका प्रबन्धहरूको शाब्दिक र धर्मसैद्धान्तिक बुझाइ मात्र हुन्छ। कामका प्रबन्धहरू कसरी विशिष्ट रूपमा कार्यान्वयन गर्ने र के-के नतिजाहरू हासिल गर्न सकिन्छ, साथै तिनीहरूले काम गर्नका लागि निश्चित मानिसहरू छनोट गरेमा वा त्यसलाई कार्यान्वयन गर्न निश्चित योजना रोजेमा कार्यान्वयन कति प्रभावकारी हुनेछ, वा कामका प्रबन्धहरूद्वारा माग गर्ने लक्ष्य र नतिजाहरू पूरा गर्न सकिन्छ कि सकिँदैन भन्‍ने सम्बन्धमा, तिनीहरू यी पक्षहरूबारे अनजान र अस्पष्ट हुन्छन्। झूटा अगुवाहरूले कामका प्रबन्धहरू कार्यान्वयन गर्दा, तिनीहरूले केही शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्न, काम तोक्न, परमेश्‍वरका केही मागहरू उल्लेख गर्न प्रायः केवल एउटा भेला राख्ने गर्छन्, र त्यसपछि सबैलाई आफ्नो सङ्कल्प व्यक्त गर्न लगाउँछन्। तिनीहरू यसलाई आफ्नो कार्य पूरा गर्नुका रूपमा लिन्छन्। तिनीहरू के विश्‍वास गर्छन् भने, तिनीहरूले काम तोकेसम्म, कसैलाई जिम्मेवार व्यक्तिका रूपमा नियुक्त गरेसम्म, र परमेश्‍वरको घरले माग गर्ने नतिजाहरू उल्लेख गरेसम्म, तिनीहरूले आफ्नो जिम्मेवारी पूरा गरेका हुन्छन्। त्यसपछि तिनीहरू काम सम्पन्‍न भएझैँ गरी पूर्ण रूपमा ढुक्क महसुस गर्छन्। तिनीहरूलाई कामको निरीक्षण कहिले गर्ने, काममा के-के समस्या र कठिनाइहरू देखा पर्न सक्छन्, र कुन समस्याहरू आफूभन्दा मुनिकाहरूले समाधान गर्न सक्छन् र सक्दैनन् भन्‍नेबारे केही थाहा हुँदैन। तिनीहरूलाई कुन महत्त्वपूर्ण कार्यहरूमा अनुगमन गरिनुपर्छ र मार्गनिर्देशन प्रदान गरिनुपर्छ भन्‍ने कुरा पनि थाहा हुँदैन। उदाहरणका लागि, सुपरिवेक्षण, प्रोत्साहन, र निरीक्षण गर्ने जस्ता महत्त्वपूर्ण कदमहरू झूटा अगुवाहरूको दिमागमा कहिल्यै आउँदैन। तुलनात्मक रूपमा केही विवेक भएका र सित्तैँमा खान नचाहने अलि असल झुटा अगुवाहरूले आफूले केही काम गर्नुपर्छ भन्‍ने विश्‍वास गर्छन्। तिनीहरू मण्डली भ्रमण गर्ने गर्छन् र दाजुभाइ-दिदीबहिनीहरूलाई कुनै समस्याहरू छन् कि भनी सोध्ने गर्छन्। कसैले तिनीहरूलाई यसो भन्छ, “हामी दाजुभाइ-दिदीबहिनीहरू सँगै हुँदा प्रायः विवादहरू भइरहन्छ। हाम्रा रायहरू नमिल्दा, हामी अन्त्यहीन रूपमा बहस गर्छौँ र गरम मिजास देखाउँछौँ।” ती झूटा अगुवाहरूले “यसलाई समाधान गर्न सजिलो छ” भनेर भन्छन् र त्यसपछि एउटा भेला राख्छन्, जहाँ तिनीहरूले यस्तो सङ्गति दिन्छन्: “मानिसहरूले सहनशीलता र धैर्य सिक्नुपर्छ; मानिसहरूले विनम्र हुन, अहङ्कारी नहुन सिक्नुपर्छ, र समर्पण सिक्नुपर्छ। यो परमेश्‍वरको अभिप्राय हो। भ्रष्ट स्वभाव प्रकाश गर्ने जोसुकैले आत्मचिन्तन गरेर काटछाँट स्विकार्नुपर्छ, आफ्नो भ्रष्ट स्वभावअनुसार जिउनु हुँदैन।” उनीहरूले यो सबै धर्मसिद्धान्त सङ्गति गरिसकेपछि यसो भन्छन्, “बाँकी समस्याहरूलाई तिमीहरू आफैले सम्हाल्न सक्छौ। म प्राविधिक मामलाहरूमा धेरै पोख्त छैनँ। जे भए पनि, मैले तिमीहरूका लागि यो भेला राखेको छु; तिमीहरूले आफूलाई जसरी उचित लाग्छ त्यसरी काम गर। प्रमुख र महत्त्वपूर्ण कुरा भनेको आफ्ना कर्तव्यहरू पूरा गर्दा बफादार हुनु र आफ्नै विचारहरूमा नटाँसिनु हो।” सुनेपछि, मानिसहरूले मनन गर्छन् र यसो भन्छन्, “हाम्रो समस्या त भ्रष्टता, गरम मिजास, र स्वार्थी चाहनाहरूको प्रकटीकरण मात्र होइन, हामी केही प्राविधिक समस्याहरूबारे अनिश्चित र अस्पष्ट छौँ र सिद्धान्तहरूअनुसार कार्य गर्न पनि जान्दैनौँ। यो समस्या समाधान भएको छैन!” ती झूटा अगुवाहरूले जबाफ दिन्छन्, “परमेश्‍वरका वचनहरू अझ धेरै पढ। तिमीहरूले प्रकाश गर्ने भ्रष्ट स्वभावहरू समाधान भएपछि, यी समस्याहरू पनि समाधान हुनेछन्।” झूटा अगुवाहरू सबैभन्दा बढी पोख्त भएको काम भनेको धर्मसिद्धान्तहरू ओकल्ने र नाराहरू फलाक्ने हो। तिनीहरूले काममा बारम्बार देखा पर्न सक्ने समस्याहरूको अनुमान लगाउँदैनन्। कसैले कुनै मामला उठाउँदा, तिनीहरूसँग एउटै मात्र समाधान हुन्छ, जुन केही शब्द र धर्मसिद्धान्तहरूका साथ व्याख्या गर्नु, त्यसपछि केही अर्ती वा सल्लाह दिनु, र काम सकिएको ठान्‍नु हो। तिनीहरूले कुनै निश्चित योजनाहरू बनाउन र सही मार्गनिर्देशन र सहयोग प्रदान गर्न सक्दैनन्। के झूटा अगुवाहरूको काम सरल र सजिलो छैन र? तिनीहरू चाहे जहाँ गए पनि, मूलतः धर्मसिद्धान्तहरू बोल्न र नाराहरू फलाक्नमा केन्द्रित भएर प्रचार मात्र गर्छन्। यो अवस्था अगुवा र कामदारहरूमाझ निकै आम हुन्छ, हुँदैन र? तिनीहरूले निश्चित काम कार्यान्वयन गर्न सक्दैनन् र जारी भएका कामका प्रबन्धहरू अघि बढाउन, कार्यान्वयन गर्न, वा अनुगमन गर्न जान्दैनन्। तिनीहरूलाई आफ्ना कामका जिम्मेवारीहरू के-के हुन् वा तिनीहरूले कस्ता कार्यहरू गर्नुपर्छ भन्‍ने थाहा हुँदैन। निश्चित काम गर्न आग्रह गरिँदा, तिनीहरूले नाराहरू मात्र फलाक्छन्। कसैले कुनै मामला उठाउँदा, तिनीहरूले त्यसलाई प्रचार गर्न थाल्ने अवसरका रूपमा लिन्छन्। यदि तिनीहरूले समाधान गर्न नसक्ने कुनै महत्त्वपूर्ण समस्या उठाइन्छ भने, तिनीहरूले मानिसहरूलाई काटछाँट र हप्काउने उपायको सहारा लिन्छन्। तिनीहरूसँग अरू कुनै पनि समाधानहरू हुँदैनन् र तिनीहरूले काममा देखा पर्ने समस्या र विचलनहरूलाई बिलकुलै समाधान गर्न सक्दैनन्। झुटा अगुवाहरूको प्रमुख विशेषता यही हो। कुनै कामका प्रबन्धहरू कार्यान्वयन गर्न र कामलाई अघि बढाउँदा कस्ता कठिनाइहरू देखा पर्छन् भनी निरीक्षण गर्न भनिएका झूटा अगुवाहरू पनि हुन्छन्—यदि तिनीहरूले कठिनाइहरू समाधान गर्न सक्छन् भने, तिनीहरूले तुरुन्तै समाधान गर्नुपर्छ; यदि सक्दैनन् भने, तिनीहरूले केही प्रश्नहरू सङ्कलन गरेर माथिबाट जबाफ खोज्न सक्छन्, र माथिले तिनलाई समाधान गर्नेछन्। तर के हुन्छ भने, जब तिनीहरू यो काममा सहभागी हुन कार्य-स्थलमा जान्छन्, तिनीहरूले सबैलाई दिनभरि भेलाका लागि जम्मा गर्छन्, र कसको कोसँग द्वन्द्व छ, को सधैँ कोसँग बहस गर्छ, कसको मानवता त्यति असल छैन, कसको बुझाइ विकृत छ, को अहङ्कारी छ र सधैँ आफ्नै विचारहरूमा टाँसिन्छ, को खन्चुवा र अल्छी छ, को अविश्‍वासीहरू जस्तो देखिन्छ, र को-को चाहिँ दुष्ट मानिस हुन् भनी पत्ता लगाउने बाहेक, तिनीहरूले काम कार्यान्वयन गर्दा देखा पर्ने कुनै पनि समस्या वा कठिनाइहरू पहिचान गर्न सक्दैनन्, न त तिनीहरूले यी समस्याहरू देख्न नै सक्छन्। के तिमीहरूलाई त्यस्ता अगुवा र कामदारहरूले आफ्नो काम गर्न सक्छन् जस्तो लाग्छ? (लाग्दैन।) समस्या केमा हुन्छ? (तिनीहरूको क्षमता निकै कमजोर हुन्छ, तिनीहरूसँग खुट्ट्याउने क्षमता हुँदैन, र तिनीहरूले समस्याहरू पहिचान गर्न सक्दैनन्।) तिमीहरूका वरपर त्यस्ता अगुवाहरू कति जना छन्? के तिमीहरूका अगुवाहरूले समस्याहरू पहिचान गर्न सक्छन्? यदि कुनै कामको प्रबन्ध जारी गरियो तर अगुवा र कामदारहरूले नाराहरू फलाक्ने र कामका प्रबन्धहरूलाई कार्यान्वयन गर्ने कुनै निश्चित योजना वा कदमहरूबिना प्रचार गर्ने मात्र गर्छन्, र कसरी काम गर्ने भन्‍ने जान्दैनन् भने, उक्त कामलाई कार्यान्वयन गर्न सकिँदैन। त्यो व्यवहारतः शून्य र अमान्य बन्छ। मण्डलीमा कामको प्रबन्ध कति राम्ररी कार्यान्वयन हुन्छ र त्यो कति प्रभावकारी हुन्छ भन्‍ने कुराको कडी अगुवा र कामदारहरूले वास्तविक काम गर्न सक्छन् कि सक्दैनन् भन्‍नेमा निर्भर हुन्छ। यदि अगुवा र कामदारहरूसँग असल क्षमता, काम गर्ने सक्षमता, र बफादारी छ भने, कामको प्रबन्ध राम्ररी कार्यान्वयन हुनेछ। यदि अगुवा र कामदारहरूसँग कमजोर क्षमता छ, उनीहरू अन्योलग्रस्त छन्, र उनीहरूमा काम गर्ने सक्षमताको कमी छ भने, मण्डलीमा कामको क्षेत्रमा प्रतिभाशाली कोही भए पनि वा नभए पनि अथवा दाजुभाइ-दिदीबहिनीहरू आफ्नो भूमिका निभाउन जति इच्छुक भए पनि, कामका प्रबन्धहरू कार्यान्वयन गर्न सकिँदैन, कुनै नतिजाहरू हासिल गर्न सकिने त कुरै छोडौँ।

झूटा अगुवाहरूको काम मानिसहरूले सतहमा देख्न सक्ने कुरामा मात्र सीमित हुन्छ। तिनीहरूले कामका प्रबन्धहरू कार्यान्वयन गर्दा समेत, त्यो औपचारिकताका रूपमा मात्र गरिएको हुन्छ, पछि कुनै अनुगमन वा निरीक्षण गरिँदै गरिँदैन। तिनीहरूको काम आलटाल गर्ने स्तरमा नै रहन्छ; त्यसको पछाडि कुनै वास्तविक शक्ति हुँदैन र त्यसले कुनै नतिजाहरू निकाल्न सक्दैन। उदाहरणका लागि, अनुभवात्मक गवाही लेखहरू लेख्ने काममा, यो कामको प्रबन्ध प्राप्त गरेपछि, एउटा झूटा अगुवाले सङ्गति गर्न भेलाहरूका लागि मानिसहरूलाई जम्मा गर्छ र उनीहरूले नबुझेका कामका प्रबन्धहरूबारे उनीहरूका विभिन्‍न प्रश्नहरूलाई सम्बोधन गर्छ। उसले धर्मसिद्धान्तहरू प्रचार गरिसकेपछि, अनि मानिसहरूले बुझे झैँ देखिएपछि, उक्त झूटो अगुवाले यस्तो सोच्छ, “काम तोकिएको छ, त्यसैले म के गरूँ? परमेश्‍वरको घरले अनुभवात्मक गवाही लेखहरू लेख्नुपर्ने माग गर्ने भएकाले, मैले पनि लेख्नुपर्छ। यदि मैले लेखिनँ भने, के मानिसहरूले मलाई अगुवाका रूपमा कम आँक्नेछैनन् र?” उसले के लेख्ने भन्‍नेबारे घरमा बसेर मनन गर्छ र एक दिनपछि, उसले अझै पनि केही लेखेको हुँदैन। उसले यस्तो सोच्छ, “लेख लेख्नु निकै चुनौतीपूर्ण कुरा हो। सामान्यतया, मलाई आफूसँग अनुभवहरू भएको महसुस हुन्छ, तर मैले लेख्न सुरु गरेपछि ती किन गायब हुन्छन्? ती अनुभवहरू कहाँ गए? होइन, मसित अनुभवहरू त छन्, यति मात्र हो कि लेखन विधिले मलाई अलमल्याइरहेको छ। म बाहिर गएर मानिसहरूसित धेरै अन्तरक्रिया गर्दै आएको छु, जसले मेरो ध्यान भङ्ग गरिरहेको छ, र एकाग्र हुन गाह्रो पारिरहेको छ। म सधैँ मानिसहरूसित सङ्गति गरिरहन र कामबारे छलफल गरिरहन सक्दिनँ; नत्र, मेरो मन बरालिरहनेछ, र म लेख लेख्न सक्षम हुनेछैन। मैले त्यो कसरी राम्रोसँग लेख्ने भन्‍नेबारे ध्यानपूर्वक सोच्न केही शान्त समय निकालेपछि मात्र लेख्न सक्छु।” उसले लेखहरू लेख्नुलाई आफ्नो मुख्य कार्य बनाएको हुन्छ र अगुवा वा कामदारले गर्नुपर्ने कामलाई अतिरिक्त कार्यका रूपमा लिन्छ। उसले घरमै लेखहरू लेख्दै पूरै दिन बिताउँछ, कामको कार्यान्वयनप्रति कुनै ध्यान दिँदैन र विभिन्‍न मण्डलीहरूमा कति जना मानिसहरूले लेखहरू लेख्न सक्छन् वा कामको निर्देशन र परीक्षण गर्ने उपयुक्त मानिसहरू छन् कि छैनन् भन्‍नेबारे जानकारी लिने वा बोध गर्ने गर्दैन—उसलाई यी कुराहरूबारे केही पनि थाहा हुँदैन। एक महिना बित्छ, तर उसले आफैले एउटा पनि लेख नलेखेको मात्र नभई मण्डलीमा यो कामको प्रगति कस्तो भइरहेको छ भनेर जानेको पनि हुँदैन। यसमा के समस्या छ? कामका प्रबन्धहरू जारी भएपछि, कमजोर क्षमता भएका कतिपय मण्डली अगुवाहरूलाई वास्तविक काम कसरी गर्ने भन्‍ने थाहा हुँदैन। यो व्यक्तिले जस्तै, तिनीहरूले केवल केही शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्छन् र नाराहरू फलाक्छन्, अनि त्यतिमै सीमित हुन्छन्। दाजुभाइ-दिदीबहिनीहरू लेख्न इच्छुक हुनु वा नहुनुले तिनीहरूलाई फरक पार्दैन; अगुवा र कामदारहरूले उनीहरूलाई प्रोत्साहन वा मार्गनिर्देशन प्रदान गर्ने गर्दैनन्, उनीहरूलाई सच्याउने त झनै गर्दैनन्। अनि झूटो अगुवाले त्यस्ता अगुवा र कामदारहरूप्रति चासो राख्दैन। कतिपय दाजुभाइ-दिदीबहिनीहरूले एक प्रकारको लेख लेख्छन्, र कतिपयले अर्को प्रकारको लेख्छन्, तर उनीहरूले जे लेख्छन्, त्यो व्यावहारिक र सिद्धान्तहरूअनुरूप छ कि छैन भनी परीक्षण गर्ने कोही पनि हुँदैन। दाजुभाइ-दिदीबहिनीहरूले सिद्धान्तहरू बुझ्दैनन् र उनीहरूलाई कसलाई सोध्ने भनेर थाहा हुँदैन; उनीहरू आफूलाई लेख्न भनिएकाले मात्र लेख्छन्, उनीहरूले परमेश्‍वरको घरका प्रबन्धहरू पालन गर्छन्। अनुभवहरू भएका तर शिक्षाको कमी भएका मानिसहरू पनि हुन्छन्; यी मानिसहरूलाई उनीहरूका लेखहरू सम्पादन गर्न सहयोग गर्ने कोही हुँदैन, र यस मामलाका लागि कसैले पनि प्रबन्धहरू गरिदिदैँन। हर प्रकारका समस्याहरू देखा पर्छन्, तर अगुवा र कामदारहरू कहाँ हुन्छन्? तिनीहरू के गरिरहेका हुन्छन्? तिनीहरू “एकान्तमा” लेखहरू लेखिरहेका हुन्छन्! झूटा अगुवाहरूलाई आफू केमा व्यस्त हुनुपर्छ वा आफूले के कामहरू गर्नुपर्छ भन्‍ने थाहा हुँदैन। कामका प्रबन्धहरू मण्डलीमा विभिन्‍न तरिकाले, फरक-फरक शैलीहरू अपनाएर कार्यान्वयन गरिन्छन्, र तिनीहरूले तीमध्ये कुनै कुराबारे सोधपुछ गर्दैनन्। जब दाजुभाइ-दिदीबहिनीहरूले आफ्ना कर्तव्यहरू पूरा गर्दा विभिन्‍न समस्याहरूको सामना गर्छन् र तिनीहरूलाई तीबारे रिपोर्ट गर्छन्, तब तिनीहरूले तिनलाई समाधान गर्दैनन्। फलस्वरूप, धेरै समस्या र कठिनाइहरू थुप्रिन्छन्, र हर प्रकारका अनुभवात्मक गवाही लेखहरू पनि थुप्रिन्छन्, जसको सम्पादन, समीक्षा वा परीक्षण गर्ने कोही पनि हुँदैन। तैपनि झूटा अगुवाहरूले यी समस्याहरूको अनुगमन वा निरीक्षण गर्दैनन्, र दाजुभाइ-दिदीबहिनीहरूले समस्याहरू पर्दा तिनीहरूलाई भेट्टाउन सक्दैनन्। झूटा अगुवाहरूले यो काम तिनीहरूको जिम्मेवारी हो र तिनीहरूले यो कामको अनुगमन गरिरहेको हुनुपर्छ भनी बुझ्दैनन्। के तिनीहरू रद्दी होइनन् र? (हुन्।)

एउटा अगुवा वा कामदारले काम कार्यान्वयन गर्ने तरिका, साथै उसको कामको दक्षता र नतिजाहरूले ऊ मानकअनुरूप छ कि छैन भन्‍ने कुरा जाँच्दछ। यसले उसको मानवता, क्षमता र काम गर्ने सक्षमता, साथै उनीहरूमा बोझको बोध छ कि छैन भन्‍ने कुरा पनि जाँच्दछ। जब झूटा अगुवाहरूले कुनै कामको प्रबन्ध प्राप्त गर्छन्, तिनीहरूले त्यसबारे सङ्गति गरेपछि काम सकिएको ठान्छन्। तिनीहरूले त्यसमा सहभागी हुने, त्यसको सुपरिवेक्षण गर्ने, त्यसलाई प्रोत्साहन दिने, वा त्यसको निरीक्षण गर्ने गर्दैनन्, न त तिनीहरूले त्यसको अनुगमन नै गर्छन्। तिनीहरूले बुझ्दैनन् कि तिनीहरूले गरिरहेको हुनुपर्ने कार्यहरू यिनै हुन्; तिनीहरूले बुझ्दैनन् कि अगुवा र कामदारका रूपमा यी कार्यहरू तिनीहरूका जिम्मेवारीहरू हुन्। तिनीहरू के विश्‍वास गर्छन् भने, अगुवा वा कामदार हुनका लागि केवल प्रवचन दिन सक्नुपर्छ। के तिनीहरू लट्ठक होइनन् र? के लट्ठकहरू मानकअनुरूपका अगुवा र कामदार बन्‍न सक्छन्? (सक्दैनन्।) तिनीहरू मानकअनुरूपका अगुवा र कामदार बन्‍न सक्दैनन्, तैपनि तिनीहरूले आफू निकै राम्रो भएको सोच्छन् र आफूले काम गर्न सक्ने विश्‍वास गर्छन्। के तिनीहरू दिमाग फुस्केका मान्छे होइनन् र? तिनीहरूले अनुभवात्मक गवाही लेखहरू लेख्ने जस्तो सरल कार्य समेत कार्यान्वयन गर्न सक्दैनन्। यो सबैभन्दा सजिलो काममध्येको एक हो—बस असल क्षमता र जीवन अनुभव भएकाहरूलाई गवाही लेखहरू लेख्न खटा र त्यसपछि अनुगमन र निर्देशन प्रदान गर्। कतिपय अगुवा र कामदारहरूको क्षमता औसत र शैक्षिक स्तर कम हुन्छ र उनीहरू लेखन-पठनको काममा कुशल नहुन सक्छन्, तर तिनीहरूले उपयुक्त मानिसहरूलाई जिम्मेवारी लिन खटाउन सक्छन्। यसरी, तिनीहरूले अझै पनि केही वास्तविक काम गर्न सक्छन्। यदि तिनीहरूलाई कस्ता प्रकारका मानिसहरूलाई जिम्मेवारीमा खटाउने र परीक्षण गर्ने भन्‍ने समेत थाहा छैन भने, तिनीहरूले काम गर्न सक्दैनन् र तिनीहरू झूटा अगुवा हुन्। कतिपय मानिसहरू भन्छन्, “झूटा अगुवाको कम क्षमता र कम शिक्षाका कारण उसले लेखन-पठनको काम गर्न नसक्ला, तर उसले अरू काम गर्न सक्नुपर्ने हो।” के यो भनाइ मान्य छ? (छैन।) यो किन मान्य छैन? (अनुभवात्मक गवाही लेखहरू लेख्ने काम सरल हुन्छ। यदि तिनीहरूले प्रस्ट रूपमा त्यो कामको व्याख्या गर्न वा काम कार्यान्वयन गर्न सक्दैनन् भने, तिनीहरूले निश्चय नै अरू कार्यहरू सम्हाल्न सक्दैनन्। तिनीहरूलाई काम कसरी गर्ने वा त्यसको अनुगमन कसरी गर्ने भन्‍ने थाहा हुँदैन।) यसले तिनीहरूको क्षमता अत्यन्तै कमजोर छ भन्‍ने देखाउँछ। तिनीहरू लट्ठकहरू हुन्। तिनीहरू के सोच्छन् भने, अगुवा वा कामदार हुनु भनेको ठूलो रातो अजिङ्गरको एक अधिकारी हुनु जस्तै हो: तिनीहरूले चिल्लो घस्न, ठूलो कुरा गर्न, नाराहरू फलाक्न, र छलकपटमा संलग्न हुन सिकेसम्म, आफूभन्दा माथिकालाई धोका दिएर आफूभन्दा मुनिकाहरूबाट कुराहरू लुकाएसम्म, तिनीहरूले आफूलाई स्थापित गरेर सरकारी तलब लिन सक्छन्। तिनीहरू अगुवा वा कामदार हुनुको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको वास्तविक काम गर्न सिक्नु हो भन्‍ने बुझ्दैनन्। तिनीहरूले अगुवा र कामदारहरूको कार्य निकै सरल हुन्छ भन्‍ने कल्पना गर्छन्। फलस्वरूप, तिनीहरूले कुनै वास्तविक काम गर्दैनन् र तिनीहरू झूटा अगुवा बन्छन्।

झूटा अगुवाहरूमा अरू के-कस्ता खास प्रकटीकरणहरू हुन्छन्? के झूटा अगुवाहरूले कामका प्रबन्धहरूमा माग गरिएका सिद्धान्त र मापदण्डहरू छर्लङ्ग देख्‍न र बुझ्न सक्छन्? (सक्दैनन्।) किन सक्दैनन्? तिनीहरू यो कामका सिद्धान्तहरू के हुन् भनेर छर्लङ्ग देख्‍न सक्दैनन्, र यसको राम्ररी जाँच गर्न सक्दैनन्। कामको कुनै निश्‍चित कार्यान्वयनको दौरान विशेष परिस्थितिहरू देखा पर्दा, तिनलाई कसरी समाधान गर्ने भन्‍ने कुरा तिनीहरूलाई थाहै हुँदैन। जब दाजुभाइ-दिदीबहिनीहरूले यी परिस्थितिहरूमा के गर्ने भनेर तिनीहरूलाई सोध्छन्, तब तिनीहरू अन्योलमा पर्छन्: “कामको प्रबन्धमा यसबारे उल्लेख गरिएको छैन, त्यसकारण यसलाई कसरी सम्हाल्ने भनी मलाई कसरी थाहा हुन्छ?” यदि तँलाई थाहा छैन भने, तैँले यो काम कसरी कार्यान्वयन गर्न सक्छस्? तँलाई थाहासमेत छैन, तर पनि तँ अरूलाई कार्यान्वयन गर्नू भनेर भन्छस्—के त्यो यथार्थपरक हुन्छ? के त्यो उचित हुन्छ? जब झूटा अगुवा र झूटा कामदारहरूले कामका प्रबन्धहरू कार्यान्वयन गर्छन्, एकतर्फ, तिनीहरूलाई कामका प्रबन्धहरू कार्यान्वयन गर्ने चरण र योजनाहरूबारे थाहै हुँदैन। अर्कोतर्फ, समस्याहरू आइपर्दा, तिनीहरूले कामका प्रबन्धहरूले माग गरेका सिद्धान्तहरूअनुसार राम्ररी जाँच गर्न सक्दैनन्। त्यसकारण, जब कामका प्रबन्धहरू कार्यान्वयन गर्ने क्रममा असङ्ख्य समस्याहरू देखा पर्छन्, तब तिनीहरूले तिनलाई पटक्‍कै समाधान गर्न सक्दैनन्। किनभने प्रारम्भिक चरणहरूमा झूटा अगुवाहरूले समस्याहरू पहिचान वा पूर्वानुमान गर्न सक्दैनन् र अग्रिम रूपमा सङ्गति गर्न सक्दैनन्, र पछिल्ला चरणहरूमा, समस्याहरू देखा पर्दा, तिनीहरूले तिनलाई समाधान गर्न सक्दैनन्, बरु केवल खोक्रो तरिकाले धर्मसिद्धान्तहरू प्रचार गर्छन् र कठोरतापूर्वक प्रावधानहरू लागू गर्छन्, अनि समस्याहरू आइरहन्छन् र रहिरहन्छन्, र कतिपय कामको कार्यान्वयनमा ढिलाइ हुन्छ, र कति अरू कामचाहिँ पर्याप्त हदसम्म कार्यान्वयन नै हुँदैनन्। उदाहरणका लागि, मानिसहरूलाई निकाल्ने र निष्कासित गर्नेसम्बन्धी परमेश्‍वरको घरको कामको प्रबन्धबारे भन्‍नुपर्दा, जब झूटा अगुवाहरूले यो काम गर्छन्, तब तिनीहरूले बाधा र अवरोधहरू ल्याउने स्पष्ट दुष्ट मानिस, ख्रीष्टविरोधी र दुष्टात्माहरू, साथै दाजुभाइ-दिदीबहिनीहरू सबैले पटक्कै मन नपराउने र घृणित ठान्‍ने अविश्‍वासीहरूलाई मात्रै निकाल्छन्। तर, त्यहाँ अझै पनि निकालिनुपर्ने कति मानिसहरू हुन्छन्, अर्थात् त्यहाँ लुकेका, धूर्त, चतुर दुष्ट मानिस र ख्रीष्टविरोधीहरू हुन्छन्। दाजुभाइ-दिदीबहिनीहरू तिनीहरूलाई छर्लङ्ग देख्न सक्दैनन्, न त झूटा अगुवाहरूले नै देख्‍न सक्छन्। वास्तवमा, परमेश्‍वरको घरका कामका प्रबन्धहरूअनुसार, ती मानिसहरू निकालिनुपर्ने स्तरमा पुगिसकेका हुन्छन्। तर, झूटा अगुवाहरूले तिनीहरूलाई छर्लङ्ग देख्‍न नसक्‍ने हुनाले, तिनीहरूले अझै पनि ती मानिसहरूलाई असल ठान्छन् र तिनीहरूलाई पदोन्नति गरी संवर्धन गर्ने, र महत्त्वपूर्ण काममा प्रयोग गर्नेसमेत गर्छन्, जसले गर्दा तिनीहरूले मण्डलीमा शक्ति हत्याउन र कामका महत्त्वपूर्ण पदहरू ओगट्न सक्छन्। त्यसपछि, के मानिसहरूलाई निकाल्ने र निष्कासित गर्ने परमेश्‍वरको घरको कामको प्रबन्ध कार्यान्वयन गर्न सकिन्छ? के विभिन्‍न समस्याहरू पूर्ण रूपमा समाधान गर्न सकिन्छ? के सुसमाचार फैलाउने काम सामान्य रूपमा अघि बढ्न सक्छ? स्पष्टै छ, परमेश्‍वरको घरका कामका प्रबन्धहरू पूर्ण रूपमा कार्यान्वायन गर्न सकिँदैन, र कैयौँ महत्त्वपूर्ण कामहरू राम्ररी गर्न सकिँदैन। झूटा अगुवाहरूले प्रयोग गर्ने मानिसहरूमा कुनै सत्यता वास्तविकता हुँदैन र तिनीहरूले दुष्ट कार्यहरूसमेत गर्न सक्छन्, त्यसकारण यसले मण्डलीका विभिन्‍न काम राम्ररी पूरा हुनबाट रोक्छ। झूटा अगुवाहरू ती दुष्ट मानिसहरूलाई प्रयोग गर्छन्, तिनीहरूलाई मण्डलीमा महत्त्वपूर्ण कर्तव्यहरू निर्वाह गर्न र महत्त्वपूर्ण काम गर्न दिन्छन्, साथै ती दुष्ट मानिसहरूलाई भेटीहरूको व्यवस्थापन गर्नसमेत स्वीकृति दिन्छन्। के यसले मण्डलीको काममा बाधा र अवरोध ल्याउनेछ? के यसले परमेश्‍वरका भेटीहरूमा क्षति गर्नेछ? (गर्नेछ।) यो अत्यन्तै गम्भीर परिणाम हो। झूटा अगुवाहरूले ती मानिसहरूलाई छर्लङ्ग देख्‍न नसक्‍ने हुनाले, तिनीहरूलाई जाँच गर्न नसक्‍ने हुनाले, र ती दुष्ट मानिसहरूलाई महत्त्वपूर्ण काम गर्न दिने हुनाले, काम पूरै भताभुङ्ग हुन्छ। ती दुष्ट मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा सधैँ झाराटारुवा व्यवहार गर्छन्, आफूभन्दा माथिकालाई धोका दिन्छन् र आफूभन्दा तलकाबाट कुरा लुकाउँछन्, र कुनै वास्तविक काम गर्दैनन्; तिनीहरूले जानीजानी बेपरवाह व्यवहार गर्छन्, मानिसहरूलाई बहकाउँछन्, र हरकिसिमका दुष्ट कार्यहरू गर्छन्। तर, झूटा अगुवाहरूले ती कुरा छर्लङ्ग देख्‍न सक्दैनन्, र तिनीहरूले समस्याहरू देख्दासम्‍ममा, ठूलै प्रकोप आइसकेको हुन्छ। उदाहरणका लागि, हेनानको पाष्टरीय एकाइमा, अगुवा बनेका केही दुष्ट मानिसहरूले परमेश्‍वरको भेटी चोर्न विभिन्‍न घृणित माध्यमहरू प्रयोग गरे; तिनीहरूले धेरै रकम चोरे, र यी रकम कहिल्यै फिर्ता पाइएको छैन। के यो अगुवा र कामदारहरूले गलत मानिसहरूलाई छनौट र प्रयोग गर्ने कार्यसँग सम्बन्धित छ? (छ।) कामका प्रबन्धहरूअनुसार, यदि छनौट गरिएका मानिसहरूलाई छर्लङ्ग देख्‍न सकिएन भने, सुरुमा तिनीहरूलाई केही सरल काम गर्न लगाउन सकिन्छ, र कसैले केही समय तिनीहरूको कामको अनुगमन गर्न र तिनीहरूलाई अवलोकन गर्न सक्छ। जुन मानिसहरूलाई छर्लङ्ग देख्‍न सकिँदैन, तिनीहरूलाई कुनै पनि महत्त्वपूर्ण काम दिइनै हुँदैन, विशेषगरी जोखिम हुने किसिमको काम दिइनु हुँदै हुँदैन। दीर्घकालीन अवलोकन गरेर अनि तिनीहरूको सार छर्लङ्ग देखेपछि मात्रै तिनीहरूसँग कसरी व्यवहार गर्ने र तिनीहरूलाई कसरी सम्हाल्ने भन्‍नेबारे निर्णय गर्नुपर्छ। झूटा अगुवाहरूले कामका प्रबन्धहरूअनुसार काम गर्दैनन् र सिद्धान्तहरू बुझ्न सक्दैनन्; अझ बढी त, तिनीहरूले मानिसहरूलाई छर्लङ्ग देख्‍न सक्दैनन् र गलत मानिसहरू प्रयोग गर्छन्। यसले गर्दा मण्डलीको काम र परमेश्‍वरको भेटी दुवैमा क्षति पुग्छ। झूटा अगुवाहरूले ल्याउने विपत्ति यही नै हो। ख्रीष्टविरोधीहरूले जानाजानी दुष्ट मानिसहरू प्रयोग गर्छन्, जबकि झूटा अगुवाहरू अन्योलग्रस्त हुन्छन्, तिनीहरूले कसैलाई छर्लङ्ग देख्न सक्दैनन्, र आफूले पहिचान गरेका जुनसुकै समस्याहरूको सार छर्लङ्ग देख्न सक्दैनन्। तिनीहरूले मानिसहरूलाई आफ्ना भावनाकै आधारमा मात्र प्रयोग र खटनपटन गर्छन्। झूटा अगुवाहरूले प्रबन्ध गरेका अधिकांश मानिसहरू अनुपयुक्त हुन्छन्; तिनीहरूले मण्डलीको काममा क्षति पुर्‍याउँछन्, जसका परिणामहरू ख्रीष्टविरोधीहरूले जानाजानी दुष्ट मानिसहरू प्रयोग गर्नुका परिणामहरू जस्तै हुन्छन्। कमजोर क्षमता र काम गर्ने असक्षमता भएका झूटा अगुवाहरूले अत्यन्तै गम्भीर परिणामहरू पनि निम्त्याउँछन्, होइन र? (हो।) त्यसैले ख्रीष्टविरोधीहरूले मात्र कामका प्रबन्धहरू उल्लङ्घन गर्छन् भन्‍ने नसोच्; झूटा अगुवाहरूले पनि कामका प्रबन्धहरू उल्लङ्घन गर्न सक्छन्। त्यो जानीजानी गरिएको नभए पनि, त्यसको प्रकृति अन्ततः कामका प्रबन्धहरूको उल्लङ्घन नै हुन्छ। झूटा अगुवाहरूले सत्यता सिद्धान्तहरू नबुझ्ने र मानिसहरू वा मामलाहरू छर्लङ्गै देख्न नसक्ने कारणले, अन्ततः कामका प्रबन्धहरू उल्लङ्घन गर्छन् र वास्तविक काम गर्न असक्षम हुन्छन्। यसले मण्डलीको काममा ढिलाइ गराउँछ र परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानि गर्छ। तिनीहरूका क्रियाकलापहरूका प्रकृति र परिणामहरू ख्रीष्टविरोधीहरूले काम गर्नु सरह हुन्छन्, तिनले पनि मण्डलीको काममा क्षति पुर्‍याउँछन् र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशलाई हानि गर्छन्।

झूटा अगुवाहरूले काम गर्दा र कामका प्रबन्धहरू कार्यान्वयन गर्दा आलटाल मात्र गर्छन् र कामकुरालाई पूर्णतया अस्तव्यस्त पार्छन्। तिनीहरू अत्यन्तै आत्मधर्मी हुन्छन् र कहिल्यै खोजी वा सङ्गति गर्दैनन्, मूर्खतापूर्वक आफूमा असल क्षमता छ भन्‍ने सोच्छन्; तिनीहरूले कदम चाल्ने साहस गर्छन्, र वाक्पटुतासाथ बोल्न सक्छन्। दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई चयन गर्ने वा परमेश्‍वरको घरले तिनीहरूलाई अस्थायी रूपमा पदोन्नति र संवर्धन गर्ने हुनाले, तिनीहरूले आफू अगुवाको मानकअनुरूप भएको र आफूले आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्ने भन्ठान्छन्। तिनीहरू केही पनि होइनन् र तिनीहरूले अगुवा र कामदारहरूका कुनै पनि जिम्मेवारीहरू पूरा गर्न सक्दैनन् भन्‍ने तिनीहरूलाई थाहा नै हुँदैन। तिनीहरूले आफ्नै कमीहरूको मापन गर्नै सक्दैनन्; तिनीहरूले केवल निर्लज्ज रूपमा कामकुरा गर्ने हिम्मत गर्छन्। फलस्वरूप, विभिन्‍न कामका प्रबन्धहरू जारी भएपछि, तिनीहरूले ती कुनैलाई पनि माथिका मागहरूअनुसार कार्यान्वयन गर्न सक्दैनन्। तिनीहरूले सम्हाल्ने हरेक कामको प्रबन्ध अन्त्यमा पूर्णतया अस्तव्यस्त र पूर्ण रूपमा भद्रगोल हुन्छ। तिनीहरूले गर्ने प्रशासनिक कामको कार्यान्वयन कमजोर हुन्छ; तिनीहरू सुसमाचार प्रचारमार्फत कति जना नयाँ विश्‍वासीहरू प्राप्त भए, मण्डलीहरू कसरी स्थापना गर्ने, अगुवा र डिकनहरू कसरी छनोट गर्ने, र मण्डली जीवन कसरी सञ्चालन गर्ने भन्‍नेबारे अस्पष्ट हुन्छन्। सुसमाचारको कामको जिम्मेवारी लिएर कसले सबैभन्दा बढी नतिजाहरू निकालेको छ, कसले सबैभन्दा प्रभावकारी रूपमा गवाही दिन्छ, मण्डली मलजल गर्न सबैभन्दा उपयुक्त को छ, कुन टोली अगुवाहरूको कर्तव्य समायोजन गरिनुपर्छ वा अथवा गैरजिम्मेवार भएकोमा बर्खास्त गरिनुपर्छ, र कामका निश्चित पक्षहरूमा देखा पर्ने समस्याहरूलाई कसरी समाधान गर्ने भन्‍ने सम्बन्धमा, झूटा अगुवाहरू यी सबै विशिष्ट कार्यहरूबारे अस्पष्ट हुन्छन्, र तिनीहरूले आफ्नो कामलाई पूर्ण रूपमा अस्तव्यस्त पार्छन्। झूटा अगुवाहरूले उच्च-स्तरीय प्राविधिक विज्ञता आवश्यक पर्ने मण्डलीका विभिन्‍न पेसागत कार्यहरूलाई पनि पूर्णतया अस्तव्यस्त पार्छन्। तिनीहरूलाई यी कार्यहरू विशिष्ट रूपमा कसरी गर्ने भन्‍ने कुनै अत्तोपत्तो नै हुँदैन। तिनीहरूले तिनका बारेमा सोधपुछ गर्न चाहे पनि, त्यो कसरी गर्ने भनेर जानेका हुँदैनन्। तिनीहरू माथिलाई यी कार्यहरू कसरी अघि बढाउने भनेर सोध्न चाहन्छन्, तर तिनीहरूलाई आफ्ना प्रश्नहरू मिलाएर कसरी सोध्ने भन्‍नेसमेत थाहा हुँदैन। फलस्वरूप, काम सम्पन्‍न गर्न सकिँदैन। कामका प्रबन्धहरूले माग गरेका सम्पत्ति व्यवस्थापन—उपयुक्त मानिसहरूलाई सम्पत्तिको सुरक्षा र बाँडफाँडमा खटाउने, र विभिन्‍न प्रणालीहरू स्थापना गर्ने—जस्ता सरल कार्य समेत झूटा अगुवाहरूले सम्हाल्न सक्दैनन्। तिनीहरूले त्यसलाई पूर्णतया अस्तव्यस्त पार्छन्। झूटा अगुवाहरू आफूले सम्हाल्ने हरेक कार्यबारे पूर्ण अन्योलमा हुन्छन्। तिनीहरूलाई तिनीहरूले कामका प्रबन्धहरू कार्यान्वयन गरेका छन् कि छैनन् भनी सोध्दा, तिनीहरूले गौरव महसुस गर्छन् र आत्मविश्‍वासका साथ यसो भन्छन्, “हो, मैले गरेको छु। सबै जनासँग कामका प्रबन्धहरूको एउटा प्रति छ, र परमेश्‍वरको घरले कस्तो कामको माग गर्छ भनेर सबैलाई थाहा छ।” यदि तैँले तिनीहरूलाई तिनीहरूले कसरी गरे भनेर सोधिस्, कामका निश्चित कदमहरू के-के थिए, कुन कार्यहरू तुलनात्मक रूपमा कमजोर तवरले गरिएका थिए, कुन कार्यहरू बढी सहज रूपमा सम्पन्‍न गरिएका थिए, हरेक कार्य सही तरिकाले सम्पन्‍न गरियो कि गरिएन, कुन कार्यहरूमा निरन्तर अनुगमन र निरीक्षणको आवश्यकता पर्छ, र निरीक्षणपश्चात कुनै समस्याहरू फेला परे कि भनेर व्याख्या गर्न लगाइस् भने, तिनीहरू यी सबै कुराबारे अनजान हुन्छन्। कतिपय झूटा अगुवाहरूलाई अगुवा बनेदेखि नै आफूले के-कस्ता कार्यहरू गर्नुपर्छ वा आफ्नो जिम्मेवारीको दायरा के हो भन्‍ने कुरासमेत थाहा हुँदैन। के यो झनै समस्याजनक कुरा होइन र? के अधिकांश अगुवा र कामदारहरूमा हाल फरक-फरक हदमा यो समस्या छ? (छ।)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्