अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (१०) खण्ड दुई

कामका प्रबन्धहरू कसरी कार्यान्वयन गर्ने भन्‍नेबारे एउटा उदाहरणसहितको सङ्गति

माथिकाले गरेका कामका प्रबन्धहरू कसरी कार्यान्वयन गर्ने भन्‍ने सम्बन्धमा, एउटा विशिष्ट उदाहरण दिऔँ। उदाहरणका लागि, मानौँ उक्त कामको प्रबन्धका लागि मानिसहरूले अनुभवात्मक गवाही लेखहरू लेख्न आवश्यक हुन्छ। यो एउटा निश्चित कार्य हो जसले वृहत् पक्षहरूलाई समेट्छ र यो कुनै अस्थायी कामको प्रबन्ध नभई दीर्घकालीन, र चलिरहेको कार्य हो। त्यसोभए, यो कामको प्रबन्ध जारी भएपछि, अगुवा र कामदारहरूले सुरुमा के गर्नुपर्छ? अगुवा र कामदारहरूबाट उनीहरूले कामका प्रबन्धहरूमा मार्गनिर्देशन, सुपरिवेक्षण, र प्रोत्साहन प्रदान गर्नुपर्ने, र तिनको कार्यान्वयनको स्थितिको निरीक्षण र अनुगमन गर्नुपर्ने माग गरिने उनीहरूको नवौँ जिम्मेवारीअनुसार, अगुवा र कामदारहरूले गर्नुपर्ने पहिलो काम भनेको कसरी यो कार्यलाई विशिष्ट रूपमा र नतिजाहरू निकाल्ने तरिकाले अघि बढाउने भन्‍नेबारे समूहका अगुवा र सुपरभाइजरहरूसँग सङ्गति गर्नु, र त्यसो गरेर सबै जनासँग यस कामका लागि पछ्याउने मार्ग र सिद्धान्तहरू भएको सुनिश्चित गर्ने हो। यो हदसम्म सङ्गति गरेर मात्र काम राम्ररी गर्न सकिन्छ। सुरुमा, गवाही लेखहरू लेख्नका लागि माथिले माग गर्ने मानकहरू के-के हुन् र कस्ता किसिमका गवाही लेखहरू आवश्यक छन् भन्‍ने कुरा सबैले बुझेका छन् भनी सुनिश्चित गर्। सुरुमा, यी लेखहरूका निश्चित विषयवस्तु, सिद्धान्तहरू, र दायरा स्थापित गर्, अनि सबै अगुवा र कामदारहरू यसबारे सचेत छन् भन्‍ने सुनिश्चित गर्। यसका साथै, लेखहरूको लम्बाइ, ढाँचा, विषयवस्तु, र भाषा शैलीबारे निश्चित सङ्गति र मार्गनिर्देशन प्रदान गर्—उदाहरणका लागि, उनीहरूलाई लेखहरू कुनै आख्यान, डायरी, व्यक्तिगत वर्णन, गद्य कविता, आदि स्वरूपमा लेख्न सकिन्छ भनेर जानकारी दे। के यो मार्गनिर्देशन प्रदान गर्नु होइन र? (हो।) मार्गनिर्देशन प्रदान गरेपछि, सबै जनाले आफूले लेख्नुपर्ने गवाही लेखहरूको निश्चित अवधारणा र परिभाषा जान्‍नेछन्। त्यसपछि, कोसँग अनुभवात्मक गवाही लेखहरू लेख्ने क्षमता र अनुभव छ, र कोसँग गहिरो अनुभवको कमी छ र कसले औसत गवाही लेखहरू लेख्नमा मात्र प्रशिक्षण लिन सक्छ भन्‍ने कुरा निर्धारण गर्। मण्डली अगुवाहरू यी परिस्थितिहरूबारे उत्सुकतापूर्वक सचेत हुनुपर्छ। लेखहरू लेखिएपछि, ती सच्चा र शिक्षाप्रद छन् कि छैनन् भनी जाँच गर्न तिनको समीक्षा गर्। यदि ती मानकअनुरूप छन् भने, तिनलाई अहिलेसम्म लेखहरू नलेखेका वा लेख्न नजानेका दाजुभाइ-दिदीबहिनीहरूका लागि पढ्न र सन्दर्भका रूपमा लिन नमुना लेखका रूपमा प्रयोग गर्न सकिन्छ। यदि कोहीसँग अनुभवहरू छन् र ऊ गवाही लेखहरू लेख्न इच्छुक छ भने, उसले सिद्धान्त र मागहरू पालना गर्नुपर्छ, आफ्नो हृदयका सामग्रीहरू बाँड्नुपर्छ र व्यावहारिक शब्दहरू बोल्नुपर्छ ताकि तिनले पाठकहरूलाई शिक्षा दिऊन्। यदि कतिपय मानिसहरू लेखहरू लेख्नमा राम्रा छैनन् र घटनाहरूको सामान्य विवरण मात्र लेख्न सक्छन् भने, उनीहरूलाई के गर्नुपर्छ? उनीहरूका लेखहरू मानकअनुरूप नभए पनि, उनीहरूले अझै प्रशिक्षण चाहिँ लिनुपर्छ। उनीहरूले परमेश्‍वरका वचनहरू अनुभव गरेर प्राप्त गरेका सच्चा बुझाइ र सराहनाबारे लेखहरू लेख्नुपर्छ। यी लेखहरूको प्रतिलिपि सम्पादन र समीक्षा गरेपछि, यदि उक्त विषयवस्तुले गवाही लेखका मानकहरू पूरा गर्छ भने, त्यस्ता लेखहरू मान्य हुन्छन्। लेखको लेखन शैली जस्तोसुकै भए पनि, र त्यो जुनसुकै स्वरूपमा भए पनि—चाहे त्यो आख्यानका रूपमा लेखिएको होस् वा डायरीका रूपमा—यदि त्यो पाठकहरूका लागि लाभदायक र शिक्षाप्रद छ भने, त्यो लेख्न मिल्छ। शैक्षिक स्तर कम भएका कतिपय मानिसहरू पनि छन् जोसँग केही अनुभवात्मक गवाहीहरू हुन्छ तर उनीहरूले गवाही लेखहरू लेख्न जानेका हुँदैनन्। त्यस्ता अवस्थामा के गर्नुपर्छ? उनीहरूले मौखिक रूपमा आफ्ना अनुभवहरू सुनाउन सक्छन्, र बढी शिक्षा भएको कसैले उनीहरूलाई आफ्ना अनुभवहरूको अभिलेख राख्न र त्यसपछि तिनलाई त्यस व्यक्तिले भन्‍न खोजेको साँचो अर्थअनुसार सही रूपमा व्यक्त गर्न, र त्यसलाई प्रतिलिपि सम्पादन गरेर मानकअनुरूपको गवाही लेख बनाउन सकिन्छ। त्यस्ता लेखहरू पनि मान्य हुन्छन्। यो काम सुरु गर्न, पहिला एउटा गवाही लेख भनेको के हो र त्यसको ढाँचा कस्तो हुन्छ भन्‍नेबारे सङ्गति गर्। त्यसपछि, फरक-फरक शैक्षिक स्तरका, फरक-फरक उमेर समूहका, र फरक-फरक अनुभव र कदहरू भएकाहरूका लागि निश्चित मागहरू र प्रबन्धहरू तयार गर्। अनुभव भएकाहरूलाई सुरुमा केही लेखहरू लेख्न लगा। त्यो सँगसँगै, दाजुभाइ-दिदीबहिनीहरूलाई लेखहरू लेख्नमा मार्गनिर्देशन गर्न र यी निश्चित कार्यहरूलाई अघि बढाउनका लागि लेखहरूको प्रतिलिपि सम्पादन र शुद्धाशुद्धि जाँच्न उचित व्यक्तिहरू पहिचान गर्। यसले यो कामका लागि प्रारम्भिक प्रबन्ध प्रदान गर्छ। के त्यसलाई यस तरिकाले प्रबन्ध गर्नुले काम पूर्ण रूपमा कार्यान्वयन भयो र अब यसलाई छोड्न सकिन्छ भन्‍ने अर्थ दिन्छ? दिँदैन, यो त कामको प्रबन्धका मागहरूका आधारमा निश्चित निर्देशन, सहयोग, र कार्यान्वयन योजनाहरू प्रदान गर्नु मात्र हो। त्यसपछि अगुवा र कामदारहरूले के गर्नुपर्छ? तैँले कामको सुपरिवेक्षण गर्नुपर्छ। के यो सुपरिवेक्षणको एउटा लक्ष्य हुनुपर्छ? सुपरिवेक्षण भनेको जथाभावी गरिने आकस्मिक जाँच होइन; यसको एउटा मुख्य लक्ष्य हुनुपर्छ। कसको सुपरिवेक्षण गर्नुपर्छ र कामका कुन चरणका लागि सुपरिवेक्षणको आवश्यकता छ भनेर तँसित एउटा प्रस्ट बुझाइ हुनैपर्छ। उदाहरणका लागि, यदि एउटी सिस्टर मण्डली अगुवा हो, जो प्रायः आफ्नो काममा निष्ठावान् हुँदिन, धाक देखाउन मन पराउँछे, ठूलो उद्देश्य राख्छे तर अयोग्य छे, आफूभन्दा वरिष्ठलाई धोका दिन र आफूभन्दा मुनिकाहरूबाट कुराहरू लुकाउन प्रवृत्त छे, अत्यन्तै कर्णप्रिय तरिकाले बोल्छे, र आफ्नो काममा झारा टार्न प्रवृत्त छे भने, उसलाई काममा सुपरिवेक्षण गर्नु अनिवार्य हुन्छ। तैँले उसलाई पूर्ण रूपमा विश्‍वास गर्न सक्दैनस्। त्यसैले, पहिलो चरण भनेको उसको कामको निरीक्षण गर्नु र उसले गरेको कामका प्रबन्धहरूको कार्यान्वयन कस्तो चलिरहेको छ भनेर हेर्नु हो। के यो मानिसहरूलाई जथाभावी सुपरिवेक्षण गर्नु मात्र हो त? (होइन।) यो कामको लागि जरुरी छ किनभने यो काम अत्यन्तै महत्त्वपूर्ण छ र यस किसिमको काम गर्ने मानिसहरू भरपर्दो हुनैपर्छ। यदि उनीहरूले निश्चित कार्यहरू निर्वाह गर्दैनन् र उनीहरू भरोसायोग्य छैनन् भने, उनीहरूलाई अन्धाधुन्ध भरोसा गर्दा मण्डलीको काममा ढिलाइ हुनेछ, र तँ आफ्नो जिम्मेवारीबाट विमुख पनि हुनेछस्। त्यस्ता मानिसहरूको हकमा, तँ तिनीहरूका शब्दहरू कति मीठा सुनिन्छन् वा उनीहरूले कति बलियो रूपमा आफ्नो प्रतिबद्धता उद्घोष गर्छन् भन्‍ने कुराद्वारा विचलित हुन मिल्दैन; वास्तवमा तिनीहरूले केवल राम्ररी बोल्छन् तर पर्दापछाडि ठोस काम केही पनि गर्दैनन्। ठ्याक्कै त्यस्ता मानिसहरू नै सुपरिवेक्षणका निसाना हुन्। सुपरिवेक्षण गरेर, तिनीहरूले पश्चात्ताप गरेका छन् कि छैनन् भनेर हेर्। यदि तिनीहरूले गरेका छैनन् भने, तिनीहरूलाई तुरुन्तै बर्खास्त गर् अनि तिनीहरूमाथि मेहनत खेर फाल्न छोड्। वास्तवमा, तैँले धेरैजसो अगुवा र कामदारहरूलाई अनुगमन गर्ने, सुपरिवेक्षण गर्ने, र निर्देशन प्रदान गर्ने अभ्यास गर्नुपर्छ। वास्तविक काम गर्न सक्ने र जिम्मेवारीको बोध भएका मानिसहरूका हकमा, यदि त्यो उनीहरूले गर्न जानेको काम हो भने, सुपरिवेक्षणको आवश्यकता हुँदैन। तर, नयाँ वा महत्त्वपूर्ण कामको हकमा भने अनुगमन, सुपरिवेक्षण, र निर्देशन प्रदान गर्नु अझै पनि जरुरी नै हुन्छ। यस्तो कामको सुपरिवेक्षण र अनुगमन गर्नु अगुवा र कामदारहरूको कार्य हो भनेर भन्‍न सकिन्छ। अनुगमन, सुपरिवेक्षण, र निर्देशन प्रदान गर्नु भनेको अविश्‍वासको कुरा नभई कामको सहज प्रगति सुनिश्चित गर्ने कुरा हो। मानिसहरूमा विभिन्‍न कमीकमजोरीहरू हुने, र त्यसमाथि, विभिन्‍न भ्रष्ट स्वभावहरू हुने भएकाले, यस तरिकाले अभ्यास नगरी, काम राम्रोसँग गरिने कुराको प्रत्याभूति गर्न असम्भव हुन्छ। काम गर्न भर्खरै बढुवा गरिएकाहरूलाई अनुगमन, सुपरिवेक्षण र निर्देशनको झनै बढी आवश्यकता हुन्छ। यो अगुवा र कामदारहरूले निर्वाह गर्नैपर्ने निश्चित कार्य हो। यदि तैँले अनुगमन, सुपरिवेक्षण, र निर्देशन दिने अभ्यास गरिनस् भने, धेरै कामहरू राम्ररी गर्न सकिँदैन, र कतिपय काम त गडबड तरिकाले गरिन वा गतिरोधमा पुग्न समेत सक्छ। यो निकै आम रूपमा घट्ने घटना हो। विशेषगरी, सत्यता नपछ्याउने अगुवा र कामदारहरूका लागि सुपरिवेक्षण झनै बढी आवश्यक हुन्छ। अरूका हकमा, काम निकै राम्रो तरिकाले कार्यान्वयन गर्न सकिन्छ, तर त्यस्ता मानिसहरूका हकमा, काम कार्यान्वयन गर्न सकिन्छ कि सकिँदैन वा कति राम्ररी कार्यान्वयन हुन्छ भन्‍ने कुरा अनिश्चित हुन्छ, र त्यो कामका प्रबन्धहरू अनुसार कार्यान्वयन हुन्छ कि हुँदैन भन्‍न झनै कठिन हुन्छ। त्यस्ता मानिसहरू आफ्नो काममा धेरै भरपर्दो हुँदैनन्। यदि तैँले तिनीहरूको कामको सुपरिवेक्षण नगरी तिनीहरूलाई भरोसा गर्छस् भने, यो मूलतः कामप्रति झाराटारुवा र गैरजिम्मेवार हुनु हो। त्यस्ता मानिसहरूका हकमा, तैँले अनुगमन र सुपरिवेक्षण गर्नुपर्छ, साथै तिनीहरूको मण्डलीको काममा संलग्न हुनुपर्छ। यदि तिनीहरू तँलाई आउन दिन अनिच्छुक हुन्छन् वा तँलाई स्वागत गर्दैनन् भने, तैँले के गर्नुपर्छ? तैँले यसो भन्‍न सक्छस्, “म आफ्नो आत्मसम्मान त्यागेर भए पनि जानेछु।” के यी शब्दहरू सही छन् त? (छैनन्।) त्यो तिनीहरूको व्यक्तिगत इलाका होइन; त्यो त एउटा मण्डली हो, र त्यो तेरो जिम्मेवारीको दायराभित्रै पर्छ। तँ सित्तैँमा खानका लागि तिनीहरूको घरमा आफ्नो बसाइ लम्ब्याइरहेको छैनस्; तँ त काम गर्नका लागि मण्डलीमा गइरहेको छस्। यो तेरो आत्मसम्मान त्याग्ने कुरा नै होइन। तिनीहरू अगुवा भए पनि, परमेश्‍वरका चुनिएका मानिसहरू तिनीहरूका होइनन्। तिनीहरू आफ्नो काममा गैरजिम्मेवार र अबफादार भएकाले नै तैँले तिनीहरूको कामको अनुगमन र सुपरिवेक्षण गर्नु परेको हो। त्यसोभए, तैँले त्यहाँ गएर के गर्नुपर्छ त? पहिला, तिनीहरूलाई मण्डलीमा कोसँग जीवन अनुभवहरू छ र अनुभवात्मक गवाही लेखहरू लेख्न सक्छ, सत्यता पछ्याउनमा तुलनात्मक रूपमा कसले बढी ध्यान केन्द्रित गर्छ, डायरी र आत्मिक भक्तिका नोटहरू लेख्नमा कसले बढी ध्यान केन्द्रित गर्छ, भेलाहरूमा कसले आफ्ना अनुभवहरू बाँड्नमा ध्यान केन्द्रित गर्छ, र कोसँग सबैभन्दा बढी अनुभवात्मक गवाहीहरू छन् भनेर सोध्। तिनीहरूलाई पहिला यी मानिसहरू औँल्याउन दे। यदि तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्नमा तुलनात्मक रूपमा बढी ध्यान केन्द्रित गर्ने, पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति भएका, प्रायः आत्मिक भक्तिका नोटहरू लेख्ने, परिस्थितिहरू सामना गर्दा सत्यता अभ्यास गर्नमा ध्यान केन्द्रित गर्ने, र अरू सुन्‍न इच्छुक हुने अनुभवात्मक गवाहीहरू बारम्बार बाँड्ने मानिसहरू यिनै हुन् भनेर अनेक दाजुभाइ-दिदीबहिनीहरू उपलब्ध गराएमा, तैँले यी दाजुभाइ-दिदीबहिनीहरूलाई भेटेर उनीहरूसँग सङ्गति गर्नुपर्छ। यसको अतिरिक्त, मण्डलीमा निश्चय नै केही मानिसहरू हुन्छन् जसको शैक्षिक स्तर कम हुन्छ र जसले लेखहरू लेख्न सक्दैनन् तर उनीहरूसँग व्यावहारिक अनुभवहरू हुन्छन्। यस्ता मानिसहरूलाई मार्गनिर्देशन र प्रशिक्षणको आवश्यकता हुन्छ, र तैँले लेखहरू कसरी लेख्ने भनी जान्‍नेहरूलाई केही समयावधिका लागि उनीहरूलाई सहयोग गर्न लगाउन सक्छस्। त्यो सँगसँगै, परमेश्‍वरका चुनिएका मानिसहरूले अनुभवात्मक गवाही लेखहरू लेख्ने निश्चित काम कार्यान्वयन गर्ने कार्यको कमान सम्हाल्नका लागि एउटा व्यक्ति छनोट गर्। यो व्यक्ति लेखिसकिएका लेखहरू सङ्कलन, तिनको प्रतिलिपि सम्पादन, र समीक्षा गर्न, र त्यसपछि तिनलाई पेस गर्न जिम्मेवार हुनेछ। अनि मण्डली अगुवाले के गर्नुपर्छ? उनीहरूलाई यी कार्यहरूको सुपरिवेक्षण र अनुगमन गर्न लगाउनुपर्छ। कतिपय मानिसहरूले यसो भन्लान्, “मण्डली अगुवा छँदै छ त, अरू कसैलाई कमान सम्हाल्न किन चयन गर्नुपर्‍यो? के त्यो अनावश्यक होइन र?” के त्यो अनावश्यक हो? (होइन।) किन होइन? किनभने यस मण्डली अगुवाले वास्तविक काम गर्दैन र ऊ अत्यन्तै अविश्‍वसनीय भएकाले यो कामका लागि विशेष रूपमा जिम्मेवार हुन तैँले अर्को व्यक्ति छनोट गर्नुपर्छ। यदि मण्डली अगुवा भरपर्दो भएको भए, उसले कामका प्रबन्धहरू प्राप्त गरेपछि कामलाई स्थिर रूपमा अघि बढाउन सक्नेथ्यो, र तैँले उसलाई यसरी सुपरिवेक्षण गर्नुपर्ने थिएन। कमान सम्हाल्न कसैलाई छनोट गर्नु भनेको मण्डली अगुवालाई पाखा लगाउनु नभई अझ राम्रा नतिजाहरू हासिल गर्नु हो। यदि तैँले यो व्यक्ति छनोट गरिनस् भने, काम असफल हुन सक्छ, र त्यो कहिले सम्पन्‍न हुनेछ वा त्यसले कहिले नतिजाहरू निकाल्नेछ भन्‍ने कुरा अनिश्चित हुनेछ।

अगुवा र कामदारहरू मण्डलीको काममा सहभागी हुनुपछाडिको उद्देश्य भनेको परमेश्‍वरका चुनिएका मानिसहरूलाई व्यावहारिक रूपमा परमेश्‍वरको काम अनुभव गर्न अगुवाइ गर्नु हो। उनीहरूले आफ्नै कर्तव्य राम्ररी पूरा गर्नुपर्ने मात्र होइन, परमेश्‍वरका चुनिएका मानिसहरूलाई कामका प्रबन्धहरूले माग गर्ने मानकहरूअनुसार मण्डलीको सारा कामलाई अघि बढाउन सहयोग र अगुवाइ पनि गर्नुपर्छ। यसो गर्ने अगुवा र कामदारहरू मात्र परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुन्छन्। तर यदि तँ विशिष्ट रूपमा काममा सहभागी हुँदैनस् र वास्तविक काम नगर्ने अगुवा र कामदारहरूलाई सुपरिवेक्षण गर्ने अभ्यास गर्दैनस् भने, झूटा अगुवाहरूले बरबाद पारेका कारण मण्डलीका यी कार्यहरूको नतिजा व्यर्थ हुन सक्छ। यदि तैँले कुनै मण्डलीको परिस्थितिलाई प्रस्ट रूपमा बुझ्छस्, र तँलाई हृदयमा यस मण्डलीका अगुवाहरू गैरजिम्मेवार छन् भन्‍ने थाहा छ, तर तैँले सामयिक रूपमा अनुगमन गर्दैनस् र निर्देशन प्रदान गर्दैनस् भने, के यो जिम्मेवारी विमुखता होइन र? यस प्रकारको कामका हकमा, यदि तैँले विशिष्ट रूपमा अनुगमन गरेको र सहभागिता जनाएको छस्, र काम गर्नका लागि सुपरिवेक्षक र मानिसहरू दुवैको प्रबन्ध गरेको छस् भने, के तैँले तुरुन्तै छोडेर जान मिल्छ? (मिल्दैन।) केही समयावधिका लागि अनुगमन गर्नु उत्तम हुन्छ। अनुगमनको दौरान, एक हिसाबले, तैँले मण्डली अगुवाहरूलाई यस काममा सक्रिय रूपमा काम गर्न प्रोत्साहन दिन र मार्गनिर्देशन गर्न सक्छस्। यसको अतिरिक्त, तैँले आफूले प्रबन्ध गरेका मानिसहरूको कामको परिस्थितिबारे सही बुझाइ प्राप्त गर्न सक्छस्, र त्यो सँगसँगै तैँले उनीहरूले कुनै पनि बेला सामना गर्ने समस्याहरूमा उनीहरूलाई सामयिक रूपमा सच्याउन र सहयोग गर्न सक्छस्। यदि तँ धेरै चाँडो छोडेर गइस्, र त्यसपछि समस्याहरू देखा पर्दा तिनलाई सम्हाल्न र समाधान गर्न फर्केर आइस् भने, त्यसले काममा ढिलाइ गराउनेछ। सारांशमा, यो निश्चित कामका लागि, कर्मचारी र सुपरिवेक्षकको प्रबन्ध गर्नमा सहभागी हुनुको अतिरिक्त, उनीहरूको कामको दौरान कस्ता समस्याहरू उत्पन्‍न हुन्छन् भनी हेर्न केही समयका लागि अनुगमन पनि गर्नु सर्वोत्तम हुन्छ। एकातिर, मण्डली अगुवाहरूले आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन् कि छैनन् भनी सुपरिवेक्षण गर्; अर्कोतिर, कर्मचारीहरूले आफ्नो काम कसरी गरिरहेका छन् भनेर हेर्। धेरैजसो मानिसहरूले पहिला यो काम नगरेका र देखा पर्न सक्ने समस्याहरू अज्ञात हुने हुनाले, यो काममा सहभागी हुँदा तैँले थाहा नपाएका केही समस्याहरू निरन्तर पत्ता लगाउनेछस्। अवश्य पनि, सामयिक समाधानहरू प्रदान गर्नु पनि सर्वोत्तम हुन्छ। कार्यस्थलमा रहनु, सुपरिवेक्षण गर्नु, र अनुगमन गर्नु नै सर्वोत्तम अभ्यासहरू हुन्। जसोतसो आलटाल गरेर दिन कटाउने मात्र नगर्। यो एउटा विशेष अवस्थाका लागि गरिने काम हो, जसले केही सहयोग र मार्गनिर्देशन प्रदान गर्दछ। समस्याहरू समाधान गरेपछि, केही समयका लागि उनीहरूको कामको अनुगमन गर्। केही लेखहरू लेखिसकिएका छन्, र विभिन्‍न समस्याहरूलाई सम्बोधन गर्ने र फरक-फरक विषयहरू समेट्ने धेरै प्रकारका लेखहरू छन् भन्‍ने कुरा तैँले देख्छस्—केही लेख चिनियाँ कम्युनिष्ट पार्टीको सतावटका अनुभवहरूबारे हुन्छन्, केही पारिवारिक सतावटका अनुभवहरूबारे हुन्छन्, केही लेख मानिसहरूले आफूले प्रकाश गर्ने भ्रष्ट स्वभावहरू कसरी बुझ्न पुग्छन्, वा मानिसहरूले आफ्ना कर्तव्यहरू पूरा गर्ने क्रममा प्रदर्शन गर्ने विभिन्‍न भ्रष्ट स्थितिहरू कसरी समाधान हुन्छन्, आदिबारे हुन्छन्। यी सबै गवाही लेखहरूलाई अनुमोदन गरेर तिनको भिडियो बनाउनु अघि ती पूर्ण रूपमा तथ्यहरूसँग मिल्ने र तिनले साँचो रूपमा मानिसहरूलाई शिक्षा दिने सुनिश्चित गर्न तिनको समीक्षा गर्नैपर्छ। जब काम यो स्तरमा पुग्छ, तब तैँले नतिजाहरू देखिसकेको हुनेछस्। यसले प्रारम्भिक हिसाबले यस कामका लागि तैँले प्रबन्ध गरेका कर्मचारी र सुपरिवेक्षक तुलनात्मक रूपमा उपयुक्त छन् भन्‍ने प्रमाणित गर्छ। त्यसपछि, यदि उनीहरू आफैले यो काम पूरा गर्न सक्छन् भने, तँ पछि हट्नु उचित हुन्छ। के यस तरिकाले काम गर्ने अगुवा र कामदारहरूले पनि शिक्षा प्राप्त गर्छन्? के यो दिनभरि सिद्धान्तहरूबारे गफ लडाउँदै समय खेर फाल्नुभन्दा बढी फलदायी हुन्छ? (हुन्छ।) यस किसिमको कामले ठूला इनामहरू दिन्छन्। एकातिर, तैँले वास्तविक समस्याहरू समाधान गर्न सिक्छस्। अर्कोतिर, तैँले अगुवा र कामदारहरूका जिम्मेवारीहरू पूरा गर्छस्। यसको अतिरिक्त, सत्यताबारे तेरो बुझाइ शब्द र धर्मसिद्धान्तहरूको स्तरमै रोकिँदैन; बरु, तैँले सत्यतालाई वास्तविक जीवनमा बढी लागु गर्छस्। यसरी, मानिसहरूले व्यावहारिक अनुभव प्राप्त गर्छन्, र सत्यताबारे उनीहरूको बुझाइ अझ ठोस र व्यावहारिक बन्छ।

एउटा मण्डलीको एउटा प्रायोगिक कार्य परियोजनालाई यो हदसम्म मार्गनिर्देशन गरिएर त्यसका प्रारम्भिक नतिजाहरू हासिल भएपछि, अगुवा र कामदारहरूले त्यसपछि के काम गर्नुपर्छ? के एउटा प्रायोगिक परियोजना पूरा भएपछि तेरो कार्य सकिन्छ त? के तैँले गर्नुपर्ने अरू काम हुन्छ? अझै धेरै काम हुन्छ! यस मण्डलीको काम मार्गनिर्देशित भएपछि, अर्को कुन मण्डलीको काममा केन्द्रित मार्गनिर्देशन आवश्यक छ भनेर हेर्, अनि त्यसपछि त्यस मण्डलीमा गएर मार्गनिर्देशन प्रदान गर्न जारी राख्। तँसँग कामको केही अनुभव भइसकेकाले र तैँले केही सत्यता सिद्धान्तहरू बोध गरिसकेकाले, फेरि मार्गनिर्देशनको काम प्रदान गर्न धेरै सहज हुनेछ। अवश्य पनि, यसअघि छलफल गरिएका कामका कदमहरूअनुसार, तैँले सुरुमा चयन गरिएका कर्मचारीहरू मानकअनुरूपका छन् कि छैनन्, उनीहरू यस कामका लागि उपयुक्त छन् कि छैनन्, र उनीहरूको क्षमता, मानवता, शैक्षिक स्तर, सत्यता पछ्याइको मात्रा, आफ्नो कर्तव्यप्रतिको मनोवृत्ति, र सत्यताको बुझाइ लगायतका अन्य पक्षहरू तुलनात्मक रूपमा आदर्शमय छन् कि छैनन्, साथै उनीहरू तुलनात्मक रूपमा सर्वोत्कृष्ट व्यक्तिहरू हुन् कि होइनन् भनी जाँच्नुपर्छ। निश्चित समय कामको सुपरिवेक्षण र निरीक्षण गरेपछि, तँसँग कतिपय अगुवा र कामदारहरू वा सुपरिवेक्षकहरू मानकअनुरूप छैनन् भनी पत्ता लगाउने अवसर हुनेछ। उदाहरणका लागि, कतिपय मानिसहरूमा कमजोर क्षमता हुन्छ र उनीहरूले त्यो काम गर्न सक्दैनन्। अन्यसँग विकृत बुझाइ, गलत दृष्टिकोणहरू हुन्छन्, उनीहरूमा सामान्य सोचाइको कमी हुन्छ, र आत्मिक बुझाइ हुँदैन। उनीहरू आफ्नो शैक्षिक ज्ञानका आधारमा मात्र लेखहरूको शुद्धाशुद्धि जाँच गर्न सक्छन् तर निश्चित आत्मिक शब्दावलीहरूको उपयुक्तता र परमेश्‍वरका वचनहरू उद्धृत गर्नुको उपयुक्तताका सम्बन्धमा अनजान हुन्छन्; उनीहरूले यी कुराहरूलाई छर्लङ्गै देख्न बिलकुलै सक्दैनन्, जसले उनीहरूलाई छनोट गर्नु नै अनुपयुक्त रहेछ र उनीहरूलाई तुरुन्तै प्रतिस्थापित गर्नुपर्छ भन्‍ने देखाउँछ। यसैबीच, अझै अरू चाहिँ सुपरिवेक्षकका रूपमा छनोट गरिन्छन्, र उनीहरूले केही काम गर्न सक्ने भए पनि, उनीहरू आफैले लेखहरू लेख्दा अझ राम्रा नतिजाहरू हासिल हुन्छन्। जब उनीहरूलाई सुपरिवेक्षकका रूपमा सेवा गर्न भनिन्छ, तब काममा व्यस्त हुँदा उनीहरूसँग लेख्ने समय हुँदैन, र उनीहरूले सुपरिवेक्षकको काम त्यति राम्ररी गर्दैनन्। उनीहरू मार्गनिर्देशन प्रदान गर्न, कामको निरीक्षण गर्न, वा समस्याहरू सच्याउन पोख्त हुँदैनन् तर एउटै, निश्चित कार्य निर्वाह गर्नमा राम्रा हुन्छन्। त्यसैले, त्यस्तो व्यक्तिलाई सुपरिवेक्षकका रूपमा छनोट गर्नु उपयुक्त हुँदैन, र अर्को उम्मेदवारलाई चयन गरिनुपर्छ। त्यसकारण, जब अगुवा र कामदारहरूले कुनै निश्चित कार्यको निरीक्षण र अनुगमन गरिरहेका हुन्छन्, उनीहरूले केवल प्रश्नहरू सोध्नु र सुपरिवेक्षकले सिद्धान्तहरू बुझेको छ कि छैन भनी सोधपुछ गर्नु पर्याप्त हुँदैन। तैँले त्यस व्यक्तिको मानवता ठ्याक्कै कस्तो छ, र उसको क्षमता, बोध क्षमता, र कद यो कर्तव्य पूरा गर्नका लागि उपयुक्त छ कि छैन भन्‍ने कुरा पनि हेर्नुपर्छ। यदि निरीक्षणले मानकअनुरूप नभएका कर्मचारीहरूको प्रकाश गरेमा, सामयिक रूपमा समायोजनहरू गर्नैपर्छ। कामको निरीक्षण गर्नुमा यही कुरा पर्छ।

गवाही लेखहरू लेख्ने कामलाई कार्यान्वयन गर्नका लागि, अगुवा र कामदारहरूले यस कामको सुपरिवेक्षक उपयुक्त छ कि छैन भनी निरीक्षण गर्नुका साथै, लेखहरू जाँच्न र लेखहरू लेख्ने कामका लागि केही निर्देशन र परीक्षण प्रदान गर्न पनि सिक्नैपर्ने हुन्छ। विशिष्ट र व्यावहारिक रूपमा लेखिएका लेखहरूलाई उदाहरणका रूपमा प्रयोग गर्न सकिन्छ। खोक्रो र अव्यावहारिक तरिकाले लेखिएका, महत्त्वहीन र मानिसहरूलाई शिक्षाप्रद नहुने लेखहरूलाई सिधै हटाइनुपर्छ। यसरी, दाजुभाइ-दिदीबहिनीहरूले कस्ता किसिमका लेखहरू मूल्यवान् छन् र कस्ता किसिमका चाहिँ मूल्यवान् छैनन् भनेर थाहा पाउनेछन्, र भविष्यमा, उनीहरूले मूल्यहीन लेखहरू लेखेर यसरी ऊर्जा र समय खेर फाल्नेछैनन्। यसरी, तेरो काम मूल्यवान् हुनेछ। जब तँ कामको निरीक्षण गर्न जान्छस्, तैँले उनीहरूले लेखेका सबै प्रकारका अनुभवात्मक गवाही लेखहरू जाँचेर तिनमा कुनै मिलावट वा झूटहरू मिसिएका छन् कि छैनन् र ती लेखहरू शिक्षाप्रद छन् कि छैनन् भनी हेर्नुपर्छ। तैँले सुरुमा यी कुराहरूको परीक्षण गर्नुपर्छ। परीक्षण गर्दा, के तैँले सिकिरहेको पनि हुँदैनस् र? (हुन्छु।) तैँले सिक्दै गर्दा, तैँले यो काम झन्-झन् राम्ररी गर्नेछस्। मानौँ तैँले निरीक्षण गर्दैनस्, कामकुरालाई गम्भीर रूपमा लिँदैनस्, र तँ गैरजिम्मेवार हुन्छस्, र कार्य सकाएर आफूभन्दा माथिकालाई त्यो सकियो भनी रिपोर्ट गर्ने उद्देश्य मात्र राखेर आलटाल मात्र गर्छस्, र यस्तो सोच्छस्, “जे भए पनि, हाम्रो मण्डलीसँग गवाही लेखहरू लेख्न सक्ने मानिसहरू धेरै छन्। उनीहरूले लेखेर सकाएपछि, म ती सबै बुझाउनेछु। ती मानकअनुरूप छन् कि छैनन् भन्‍ने कुराको कसलाई पो वास्ता छ र? यदि मैले धेरै काम गरेको छु, कामका प्रबन्धहरू कार्यान्वयन गरेको छु, र आफूलाई व्यस्त राखेको छु भनेर माथिल्लो तहका अगुवाहरूलाई थाहा भएसम्म त्यो काफी हुन्छ!” के यो जिम्मेवार मनोवृत्ति हो? (होइन।) यो गैरजिम्मेवार हुनु हो। यदि तैँले जिम्मेवारी लिन्छस् भने, तैँले सुरुमा आफ्नो तर्फबाट कामकुराको परीक्षण गर्नुपर्छ। तँमार्फत बुझाइएको जुनसुकै लेख मानकअनुरूप हुनैपर्छ; त्यो पढ्ने जोसुकैले त्यो शिक्षाप्रद छ भनेर भन्‍नुपर्छ र ऊ त्यो पढ्न इच्छुक हुनुपर्छ। यो मात्र अगुवा र कामदारहरूको जिम्मेवारी पूरा गर्नु हो। कामको निरीक्षण गर्नु भनेको आलटाल गर्नु, नाराहरू फलाक्नु, धर्मसिद्धान्तहरू प्रचार गर्नु, वा स्वेच्छाचारी रूपमा मानिसहरूलाई भाषण दिनु होइन। यो त कामको दक्षता र नतिजाहरूको निरीक्षण गर्नु, तैँले गरेको काम मानकअनुरूप छ कि छैन, त्यसले कामका प्रबन्धहरू कार्यान्वयन गर्नुका नतिजा हासिल गर्छ कि गर्दैन, त्यसले परमेश्‍वरका मागहरू पूरा गर्छ कि गर्दैन, कुन क्षेत्रहरू मानकअनुरूप छन् र कुन छैनन् भनी निरीक्षण गर्नु हो—निरीक्षण गर्नुपर्ने कुराहरू यिनै हुन्। यसमा निश्चित काम गर्नुपर्ने हुन्छ, र यो मानिसहरूको क्षमता कस्तो छ, उनीहरूसँग आत्मिक बुझाइ छ कि छैन, उनीहरूले कति सत्यता बुझ्छन्, उनीहरूसँग कति सत्यता वास्तविकता छ, र उनीहरूको कामकुराहरू हेर्ने क्षमता कस्तो छ भन्‍ने कुरासँग सम्बन्धित छ। यदि तैँले कामको निरीक्षण कसरी गर्ने भनी जानेको छस्, र कामको निरीक्षण गर्ने क्रममा तैँले समस्याहरू पत्ता लगाउन, समस्याहरूको जड बुझ्न, समस्याहरूको सार बोध गर्न, र समस्याहरू समाधान गर्न सक्छस्, अनि गवाही लेखहरू बुझाउनु अघि तैँले सिद्धान्तहरूअनुसार तिनको परीक्षण गर्छस्, र तैँले बुझाउने लेखहरू सबै मानकअनुरूप भएको र ती पढ्नेहरूका लागि शिक्षाप्रद भएको प्रत्याभूति गराउँछस् भने, तँ एक अगुवा वा कामदारका रूपमा मानकअनुरूप छस्, र तैँले आफ्नो काम राम्रोसँग गरेको छस्।

अधिकांश मानिसहरूले मार्गनिर्देशन, सुपरिवेक्षण र प्रोत्साहन प्रदान गर्ने काम गर्न सक्छन्। तर, जब निरीक्षण र परीक्षणको आवश्यकता पर्छ, त्यसले अगुवा र कामदारहरूको क्षमता र उनीहरूसँग सत्यता वास्तविकता छ कि छैन भन्‍ने कुरा जाँच्दछ। कतिपय मानिसहरूले मार्गनिर्देशन प्रदान गर्न, कामको सुपरिवेक्षण गर्न, र अनुपयुक्त कर्मचारीहरूलाई काटछाँट वा बर्खास्त गर्न र निराकरण गर्न सक्छन्, तर उनीहरूले आफूले प्रबन्ध गरेको कामको दक्षता र नतिजाहरू कसरी मूल्याङ्कन गर्ने, त्यो कामका प्रबन्धहरूसँग मिल्छ कि मिल्दैन, र मिल्दैन भने त्यसलाई कसरी हल गर्ने भन्‍ने कुरा जानेका हुँदैनन्। धेरैजसो अगुवा र कामदारहरूले बढीमा मार्गनिर्देशन, सुपरिवेक्षण र प्रोत्साहन प्रदान गर्न सक्छन्, तर कामको निरीक्षण गर्ने कुरा आउँदा, उनीहरूलाई के गर्ने भन्‍ने थाहा हुँदैन, उनीहरूसित कुनै सिद्धान्तहरू हुँदैनन्, र उनीहरू अलमल्ल पर्छन्। उनीहरूले यस्तो सोच्छन्, “कामका प्रबन्धहरू कार्यान्वयन भएका छन्, त्यसैले निरीक्षण गर्नुपर्ने के छ र? सबै जनाले काम गरिरहेका छन्, कोही पनि केही नगरी बसिरहेका छैनन्, बाधा र अवरोध सिर्जना गर्ने मानिसहरूलाई निराकरण गरिएको छ, र बर्खास्त गर्नुपर्ने वा पखाल्नुपर्ने मानिसहरू सोही अनुसार तह लगाइएका छन्। निरीक्षण गर्नुपर्ने अरू के नै छ र?” उनीहरू बस बेखबर हुन्छन्। कामको निरीक्षण गर्नका लागि परीक्षण आवश्यक हुन्छ। परीक्षणको अर्थ के हो? यसको अर्थ तैँले एउटा निष्कर्ष निकाल्नुपर्छ। उदाहरणका लागि, अनुभवात्मक गवाही लेखहरू लेख्ने कामको सुपरिवेक्षकले तँकहाँ एउटा लेख ल्याउँछ, र लेखन शैली निकै राम्रो छ, भाषा सरल छ, साथै भाषा शैली र लेखको विषयवस्तु दुइटै असल छन् भनेर भन्छ। तर, उसलाई त्यसमा व्यावहारिक सामग्रीको कमी छ र त्यो मानिसहरूका लागि शिक्षाप्रद हुन सक्दैन, त्यसमा पूरक सामग्री र सुधारको आवश्यकता छ भन्‍ने लाग्छ, तर ऊ आफैले यो कुरा छर्लङ्ग देख्न सक्दैन, त्यसैले उसले तँलाई हेर्न आग्रह गर्छ। उसले तँलाई हेर्न आग्रह गर्नुको अर्थ के हो? यसको अर्थ तैँले उसका लागि त्यसको परीक्षण गर्नुपर्छ। तैँले त्यो कसरी परीक्षण गर्छस् र तैँले त्यसलाई राम्ररी परीक्षण गर्छस् कि गर्दैनस् भन्‍ने कुराले तेरो वास्तविक कदको जाँच गर्दछ। वास्तविक कदको अर्थ के हो? यसको अर्थ तैँले सत्यता सिद्धान्तहरू बुझ्छस् कि बुझ्दैनस् भन्‍ने हो। यदि सुपरिवेक्षकले गवाही लेखहरू लेख्नुका सिद्धान्तहरू बुझ्दैन, कुनै लेख व्यावहारिक र साँचो हो कि होइन भनी लेखाजोखा गर्न सक्दैन, र मूल्याङ्कन गर्न जान्दैन, अनि तँ पनि त्यस्तै मूल्याङ्कन वा निर्णय गर्न नसक्ने नै छस् भने, यसले एउटा कुरा प्रमाणित गर्छ: तेरो क्षमता लगभग उसको जति नै छ, र तैँले लेखहरूको परीक्षण गर्न सक्दैनस्। कुरा यही होइन र? तैँले बुझेको सत्यता लगभग उसले बुझेको जति नै छ, र उसले छर्लङ्ग देख्न नसक्ने समस्याहरू तैँले पनि छर्लङ्ग देख्न सक्दैनस्—यसले एउटा समस्या इङ्गित गर्छ। यदि उसले छर्लङ्ग देख्न नसक्ने समस्यालाई तैँले छर्लङ्ग देख्न सक्छस्, र निरीक्षणमार्फत उसले पत्ता लगाउन नसक्ने समस्याहरू तैँले पत्ता लगाउन सक्छस् भने, यसले तैँले लेखहरू परीक्षण गर्न सक्छस् भन्‍ने प्रमाणित गर्छ। उदाहरणका लागि, उसले धेरैजसो लेखहरू मानकअनुरूप भएको र तिनमा उल्लेखनीय समस्याहरू नभएको ठान्छ, तर निरीक्षण र परीक्षणमार्फत, तैँले सानो अंश चाहिँ मानकअनुरूप नभएको पाउँछस्। तैँले विश्लेषण र सङ्गतिमार्फत यी लेखहरूमा भएका समस्याहरूको व्याख्या गर्छस्; सबैले तेरा तर्कहरू उचित छन्, सिद्धान्तहरूसँग मेल खान्छन्, र तैँले झिनामसिना गल्तीहरू खोजेको नभई ती वास्तवमै वास्तविक समस्याहरू हुन्, र तिनलाई सच्याइनुपर्छ भनेर स्विकार्छन्। कतिपय लेखहरू खोक्रा हुन्छन् र तिनमा व्यावहारिक अनुभवात्मक बुझाइको कमी हुन्छ; कतिपय लेखहरूमा व्यावहारिक अनुभवात्मक बुझाइ हुन्छ तर ती पर्याप्त मात्रामा ठोस रूपमा व्यक्त गरिएका हुँदैनन्; कतिपय लेखहरूले परमेश्‍वरका वचनहरू अनुचित रूपमा उद्धृत गरेका हुन्छन्, तिनले परमेश्‍वरका वचनका बढी उचित खण्डहरू चुनेका हुँदैनन्, जसले गर्दा नतिजाहरू झन् खराब हुन्छन्; कतिपय लेखहरूमा गलत दृष्टिकोणहरू हुन्छन्, तिनमा विकृत बुझाइ र सत्यताको बुझाइबारे सङ्गतिको कमी हुन्छ, जुन पाठकहरूका लागि शिक्षाप्रद हुँदैन र जसले उनीहरूमा सजिलै नकारात्मकता र गलतफहमीहरू विकास गराउँछ; आदि इत्यादि। तैँले यी सबै समस्याहरू पत्ता लगाउन र छर्लङ्ग देख्न सक्छस्। तेरो सङ्गतिमार्फत, तैँले उनीहरूलाई सिद्धान्तहरू बोध गर्न मदत गर्छस्, अनुभवहरू भएकाहरूलाई वास्तविक अनुभवात्मक गवाहीहरू लेख्न सक्षम तुल्याउँछस्। तैँले मानिसहरूका लागि शिक्षाप्रद र मूल्यवान् हुने लेखहरूलाई मानकअनुरूपका अनुभवात्मक गवाहीका रूपमा छनोट गर्छस्, ताकि जब परमेश्‍वरका चुनिएका मानिसहरूले ती पढ्छन्, तब उनीहरूले शिक्षा प्राप्त गरून्। यसै बीचमा, वास्तविक अनुभवात्मक बुझाइको कमी भएका वा विकृत बुझाइ समाविष्ट लेखहरू हटाइन्छन्। यदि तैँले यसो गरिस् भने, के तैँले परीक्षण गरिरहेको हुँदैनस् र? यदि तँसित मामलाहरू बुझेर काम गर्ने यस्तो क्षमता छ भने, के तेरो क्षमता पर्याप्त छैन र? के तैँले अगुवा र कामदारहरूका जिम्मेवारीहरू पूरा गरिरहेको हुँदैनस् र? (हुन्छु।) यदि उसले धेरैजसो लेखहरू स्वीकार्य ठानेर तँकहाँ परीक्षणका लागि ल्याउँछ, र तँलाई पनि तीमध्ये धेरैजसो राम्रा नै लाग्छन्, जबकि वास्तवमा तीमध्ये कतिपयमा समस्याहरू हुन्छन् र थप छनोट, सम्पादन, र समस्याहरूको सच्याइ आवश्यक हुन्छ, तर तैँले तिनलाई छर्लङ्ग देख्न सक्दैनस् भने—जब तैँले ती माथिलाई बुझाउँछस्, र माथिले कतिपय लेखहरू मानकअनुरूप नभएको पाउँछन् र तिनलाई हटाउँछन्—के यसको अर्थ तैँले राम्रोसँग परीक्षण गरिनस् भन्‍ने हुँदैन र? एकातिर, कामको निरीक्षण गर्नुले अगुवा र कामदारहरूको क्षमताको जाँच गर्दछ, र अर्कोतिर, त्यसले उनीहरूको सत्यता बुझाइको हदको जाँच गर्दछ। कतिपय मानिसहरूले आफूमा कमजोर क्षमता भएका कारण परीक्षण गर्न सक्दैनन् र त्यसकारण यसले उनीहरूलाई त्यसो गर्नबाट रोक्छ, उनीहरूले यस क्षेत्रमा सत्यता बुझ्दैनन्, र समस्याहरू छर्लङ्ग देख्न सक्दैनन्। उनीहरूका निरीक्षणहरू आलटाल गर्ने मात्र हुन्छन्, र उनीहरूलाई के निरीक्षण गर्ने भन्‍ने थाहा हुँदैन। कतिपय मानिसहरूमा पर्याप्त क्षमता हुन्छ, तर उनीहरूको सत्यताको बुझाइ सतही हुने भएकाले, उनीहरूले समस्याहरू पत्ता लगाउन सक्छन् तर तिनलाई समाधान गर्न जानेका हुँदैनन्। यी मानिसहरूमा अझै पनि सुधारका लागि ठाउँ हुन्छ। तर, यदि मानिसहरूले समस्याहरू पत्ता लगाउन समेत सक्दैनन् भने, उनीहरूले प्रगति गर्ने कुनै उपाय हुँदैन।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्