अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (१०) खण्ड एक

विषयवस्तु नौ: परमेश्‍वरको घरका माग अनुसार त्यसका विभिन्‍न कामका प्रबन्धहरूलाई मार्गदर्शन, सुपरिवेक्षण, र प्रोत्साहन प्रदान गर्दै सही रूपमा सञ्चार, जारी र कार्यान्वयन गर्नु, अनि तिनको कार्यान्वयनको स्थितिलाई निरीक्षण र अनुगमन गर्नु (भाग दुई)

कामका बन्दोबस्तहरूको कार्यान्वयनका लागि मार्गनिर्देशन, सुपरिवेक्षण, र प्रोत्साहन प्रदान गर्नु, र तिनको कार्यान्वयनको स्थितिलाई निरीक्षण र अनुगमन गर्नु

आज, हामी अगुवा र कामदारहरूको नवौँ जिम्मेवारी, अर्थात् “परमेश्‍वरको घरका माग अनुसार त्यसका विभिन्‍न कामका प्रबन्धहरूलाई मार्गदर्शन, सुपरिवेक्षण, र प्रोत्साहन प्रदान गर्दै सही रूपमा सञ्चार, जारी र कार्यान्वयन गर्नु, अनि तिनको कार्यान्वयनको स्थितिलाई निरीक्षण र अनुगमन गर्नु” बारेको सङ्गतिलाई निरन्तरता दिनेछौँ। पछिल्लोपटक, हामीले मुख्य गरी मानिसहरूले बुझ्नुपर्ने कामका बन्दोबस्तहरूभित्रका विभिन्‍न सामग्री र निश्चित विषयवस्तुहरूबारे, साथै अगुवा र कामदारहरूका सबैभन्दा आधारभूत जिम्मेवारीहरू: कामका बन्दोबस्तहरू सञ्चार, जारी र कार्यान्वयन गर्नेबारे सङ्गति गर्‍यौँ। आज, हामी अगुवा र कामदारहरूले कसरी मार्गनिर्देशन, सुपरिवेक्षण, र प्रोत्साहन प्रदान गर्नुपर्छ, र उनीहरूले कामका बन्दोबस्तहरू जारी भएपछि कसरी तिनको कार्यान्वयनको स्थितिलाई निरीक्षण र अनुगमन गर्नुपर्छ भन्‍नेबारे विशिष्ट रूपमा सङ्गति गर्नेछौँ। अगुवा र कामदारहरूले कामका बन्दोबस्तहरूलाई कसरी लिनुपर्छ, र कामका बन्दोबस्तहरूको महत्त्व बुझिसकेपछि माथिका माग र चरणहरूअनुसार कसरी कामका बन्दोबस्तहरूलाई सही तरिकाले कार्यान्वयन र लागु गर्ने—अगुवा र कामदारहरूले सङ्गतिमार्फत बुझ्नैपर्ने सत्यता सिद्धान्तहरू यिनै हुन्, र उनीहरूले मण्डलीका विभिन्‍न काम राम्ररी गर्नका निम्ति यी सिद्धान्तहरू बोध गर्नु आवश्यक हुन्छ। अगुवा र कामदारहरूले के थाहा पाउनुपर्छ भने यस भूमिकामा सेवा गर्नेहरूका लागि परमेश्‍वरको घरको आधारभूत माग भनेको मुख्यगरी उनीहरूले विभिन्‍न कामका बन्दोबस्तहरूमा केन्द्रित भएर आफ्नो काम निर्वाह गर्नु हो। उनीहरू आफ्नै व्यक्तिगत उद्यममा लाग्नु वा उनीहरूका आफ्नै कामनाहरू अनुसार कामकुरा गर्नु होइन, र निश्चय नै उनीहरूले गर्ने कुनै पनि काममा अल्याङमल्याङ गर्नु होइन। अवश्य पनि, उनीहरूले केही आविष्कार वा सिर्जना गर्नु पनि होइन। त्यसको साटो, उनीहरूले परमेश्‍वरको घरको कामका बन्दोबस्तहरूका आधारमा विशिष्ट तरिकाले र विस्तृत रूपमा काम गर्नु हो। काम कसरी विशिष्ट तरिकाले गरिनुपर्छ? त्यसमा कस्ता विवरणहरू समावेश हुन्छन्? यी प्रश्नहरूको जबाफ नवौँ जिम्मेवारीका मागहरूमा छ: परमेश्‍वरको घरका विभिन्‍न कामका बन्दोबस्तहरू सञ्चार, जारी, र कार्यान्वयन गर्नेबाहेक, अगुवा र कामदारहरूले मार्गनिर्देशन, सुपरिवेक्षण, र प्रोत्साहन प्रदान गर्न, र तिनको कार्यान्वयनको स्थितिलाई निरीक्षण र अनुगमन गर्न पनि आवश्यक छ। अगुवा र कामदारहरूले कामका बन्दोबस्तहरू कार्यान्वयन गर्नका लागि अभ्यासका विशिष्ट मार्गहरू यिनै हुन्। यसपछि, हामी तिनका बारेमा एक-एक गर्दै छलफल गर्नेछौँ।

कामका बन्दोबस्तहरू जारी गरिएपछि, अगुवा र कामदारहरूले पहिला त्यसमा अघि सारिएका विभिन्‍न माग र सिद्धान्तहरूबारे मनन र सङ्गति गर्नैपर्छ। त्यसपछि, उनीहरूले विशिष्ट रूपमा काम कार्यान्वयन गर्नका लागि मार्गहरू खोज्नैपर्छ र योजनाहरू अभ्यास गर्नैपर्छ। सुरुमा, उनीहरूले कामका बन्दोबस्तहरूले के-के माग गर्छन्, के-कस्तो विशिष्ट काम गर्नु आवश्यक छ, र त्यसमा संलग्न सिद्धान्तहरू के-के हुन्, साथै कामका बन्दोबस्तहरूले कुन मानिसहरू र कामको कुन पक्षलाई सम्बोधन गरिरहेका छन् भनेर थाहा पाउनुपर्छ। अगुवा र कामदारहरूले कामका बन्दोबस्तहरू प्राप्त गरेपछि सुरुमा गर्नैपर्ने कुरा यही हो। उनीहरूले कामका बन्दोबस्तहरू केवल सरसर्ती पढ्ने अनि सबैलाई ठूलो स्वरमा पढेर सुनाउने, वा तिनलाई तल्लो तहमा पठाएर सबैलाई कामबारे जानकारी गराउने, अनि त्यति मात्रै गर्ने गर्नु हुँदैन। यो त कामका बन्दोबस्तहरू सञ्चार र जारी गर्नु मात्र हो; यो तिनलाई कार्यान्वयन गर्नु होइन। तिनको कार्यान्वयनमा पर्ने पहिलो विशिष्ट काम भनेको अगुवा र कामदारहरूले कामका बन्दोबस्तहरूको विशिष्ट सामग्री, मण्डलीका यी कामहरूका लागि परमेश्‍वरका माग र उद्देश्यहरू, र यस कामलाई अघि बढाउनुको महत्त्वबारे थाहा पाउनु, र त्यसपछि लागु र कार्यान्वयन गर्ने विशिष्ट योजनाहरू विकास गर्नु हो। यो पहिलो चरण हो। के पहिलो चरण हासिल गर्न सजिलो छ? (छ।) तैँले लिखित शब्दहरू र मानव भाषा बुझ्न सकेसम्म, पहिलो चरण हासिल गर्न सजिलै हुनुपर्ने हो। अवश्य पनि, पहिलो चरण पूरा गर्नका लागि अगुवा र कामदारहरू अलमल्ल हुनु, झाराटारुवा हुनु र आलटाल गर्नुको साटो, उनीहरूले कामप्रति गम्भीर, इमानदार, जिम्मेवार, र होसियार मनोवृत्ति राख्नुपर्ने माग पनि गरिन्छ। कामका बन्दोबस्तहरू यसअघि उल्लेख गरिएको भए पनि वा नभए पनि, मानिसहरूलाई त्यो कुरा हासिल गर्न सजिलो भए पनि वा अलि गाह्रो भए पनि, मानिसहरू त्यो गर्न इच्छुक भए पनि वा अनिच्छुक भए पनि, जे भए पनि, अगुवा र कामदारहरूले मण्डलीको कामप्रति सतही मनोवृत्ति राख्नु हुँदैन, केवल केही धर्मसिद्धान्त बोल्ने, नाराहरू फलाक्ने, वा त्यसलाई झाराटारुवा तरिकाले सम्हाल्नका लागि केही सतही प्रयास लगाउने गर्नु हुँदैन। मानिसहरूमा हुनुपर्ने मनोवृत्ति के हो त? पहिलो, उनीहरूमा गम्भीर, इमानदार, जिम्मेवार र होसियार मनोवृत्ति हुनुपर्छ। के यस्तो मनोवृत्ति हुनुको अर्थ व्यक्तिले कामका बन्दोबस्तहरूमा रहेका निश्चित विषयवस्तुहरूलाई राम्ररी कार्यान्वयन गर्न सक्छ भन्‍ने हो? होइन, यो त व्यक्तिले कुनै पनि काम गर्दा उसमा हुनुपर्ने मनोवृत्ति मात्र हो; यसले खास कार्यहरूको वास्तविक कार्यान्वयनलाई प्रतिस्थापन गर्न सक्दैन। उनीहरूमा यो मनोवृत्ति भएपछि र उनीहरू कामका बन्दोबस्तहरूका विशिष्ट सामग्री, मागहरू, र सिद्धान्तहरू पनि बुझ्ने भएपछि, अगुवा र कामदारहरूका लागि त्यसपछिको चरण भनेको उनीहरूले कामका बन्दोबस्तहरूमा भएका विशिष्ट कार्यहरू कसरी कार्यान्वयन गर्छन् भन्‍ने हो। पहिला के गरिनुपर्छ? उनीहरूले राम्रोसँग तयारीको काम गर्नैपर्छ; यो निकै महत्त्वपूर्ण छ। पहिला, उनीहरूले यी कार्यहरूका लागि विशिष्ट अभ्यासका सिद्धान्तहरूबारे सङ्गति गर्न अगुवा र कामदारहरू अनि सुपरभाइजरहरूलाई भेला गर्नैपर्छ। त्यसपछि, उनीहरूले विशिष्ट बन्दोबस्त र योजनाहरू विकास गर्नैपर्छ। त्यो सँगसँगै, उनीहरूले यी योजनाहरूका सम्बन्धमा परमेश्‍वरका चुनिएका मानिसहरूका सुझाव वा विचारहरू खोज्नुपर्छ। त्यसपछि सबैले कामका बन्दोबस्तहरूमा अघि सारिएका सबै माग र सिद्धान्त बुझुञ्जेल र प्रस्ट हुञ्जेल, अनि सबैले कामका यी बन्दोबस्तहरू कार्यान्वयन र अभ्यास गर्न जानुञ्जेल सँगै खोजी र सङ्गति गर्नुपर्छ—त्यसपछि कामका बन्दोबस्तहरूको सुरुवाती चरण पूरा भएको मानिन्छ। त्यसैले, सबैले कामका बन्दोबस्तहरू कसरी कार्यान्वयन गर्ने भन्‍ने थाहा पाएपछि, के त्यसको अर्थ कामका बन्दोबस्तहरू कार्यान्वयन गर्ने काम पूरा भएको छ भन्‍ने हुन्छ? अहँ, हुँदैन। कतिपय विस्तृत मामला र विशेष परिस्थितिहरू कामका बन्दोबस्तहरूमा उल्लेख भएका हुँदैनन्, तर ती वास्तवमै समाधान गरिनुपर्ने समस्याहरू हुन्। कामका बन्दोबस्तहरूबारे सङ्गति गर्दा, अगुवा र कामदारहरूले यी विशेष परिस्थितिहरू, समाधान गर्नैपर्ने यी समस्याहरू पत्ता लगाउनुपर्छ, र तिनलाई पूर्ण रूपमा समाधान गर्न सत्यता खोज्नुपर्छ, र त्यससँग सँगै उनीहरूले तिनका लागि विशिष्ट कार्यान्वयन योजनाहरू पनि विकास गर्नुपर्छ। यसरी, जब सबै तहका अगुवा र कामदारहरूले कामका बन्दोबस्तहरू कार्यान्वयन गरिरहेका हुन्छन्, तब उनीहरूलाई कुन सिद्धान्तहरू पालना गर्ने र कुन समस्याहरू समाधान गर्ने भनेर थाहा हुनेछ। कामका बन्दोबस्तहरूप्रति अगुवा र कामदारहरूमा हुनुपर्ने न्यूनतम बुझाइ र मनोवृत्ति यही नै हो। यस कार्यलाई अगुवा र कामदारहरूले मण्डलीको काम कसरी गर्ने भनी सिक्ने सुरुवाती बिन्दु मान्‍न सकिन्छ। खोजी र सङ्गति गरेर, मार्गनिर्देशन प्रदान गरेर अनि बन्दोबस्तहरू गरेर, उनीहरूले केही वास्तविक कठिनाइ र विशेष परिस्थितिहरूलाई सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्न र सम्हाल्न सिक्छन्। त्यसपछि मात्र उनीहरूले साँचो रूपमा कामका बन्दोबस्तहरू कार्यान्वयन गर्न सक्छन्।

अ. मार्गनिर्देशन प्रदान गर्ने

कुनै कार्यका लागि प्रारम्भिक मार्गदर्शन प्रदान गर्दा, विशेष परिस्थितिहरूका लागि विशिष्ट कार्यान्वयन योजनाहरू प्रस्ताव गर्ने बाहेक, औसत क्षमता र तुलनात्मक रूपमा कमजोर कार्य योग्यता भएका अगुवा र कामदारहरूलाई अझ विशिष्ट र विस्तृत मार्गदर्शन दिइनुपर्छ। यी मानिसहरूले धर्मसिद्धान्तका हिसाबमा कुनै कार्य सिद्धान्तहरू र विशिष्ट कार्यान्वयन योजनाहरू बुझ्न सक्ने भए पनि, वास्तविक कार्यान्वयनको कुरा गर्नुपर्दा उनीहरूले अझै पनि तिनलाई अभ्यास गर्न जानेका हुँदैनन्। तैँले कमजोर क्षमता भएका र कार्य योग्यताको कमी भएका ती केही अगुवा र कामदारलाई कसरी व्यवहार गर्नुपर्छ? कतिपय मानिस भन्छन्, “यदि कमजोर क्षमता भएको कुनै व्यक्तिले त्यो काम गर्न सक्दैन भने, उसलाई प्रतिस्थापन गर्न झनै राम्रो क्षमता भएको कसैलाई किन नखोज्ने?” कठिनाइ यहीँ नै हुन्छ: कतिपय मण्डलीले त्योभन्दा राम्रो कोही भेटाउन सक्दैनन्। ती मण्डलीहरूमा, सबैले लगभग समान वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका हुन्छन् र उनीहरू कदको हिसाबले लगभग उस्तै हुन्छन्; विशेषगरी, सबैको क्षमता र कार्य योग्यता औसत हुन्छ। अलि राम्रो कोही भेट्टाउनका लागि, तैँले अन्य मण्डलीहरूबाट मानिसहरू सार्नुपर्ने हुन्छ, तर त्यहाँ त्यसो गर्न त्यति सहज हुँदैन, र साँच्चिकै उपयुक्त उम्मेदवारहरू कोही हुँदैनन्। तैँले स्थानीय मण्डलीबाट तुलनात्मक रूपमा उपयुक्त उम्मेदवारहरू मात्र छान्‍न सक्छस्। यदि उनीहरूको कामले माग गरिएका मानकहरू पूरा गर्दैन भने, त्यस्ता परिस्थितिहरूमा के गर्नुपर्छ? तैँले उनीहरूलाई काम कसरी गर्ने र त्यसलाई कसरी कार्यान्वयन गर्ने भनेर किटेरै भन्‍नुपर्छ। तैँले उनीहरूलाई यस कार्यका लागि कसलाई नियुक्ति गरिनुपर्छ र जिम्मेवार बनाइनुपर्छ, र कुन-कुन मानिसहरूलाई त्यसमा सहकार्य गर्नका लागि चयन गरिनुपर्छ भनेर बताउनुपर्छ। उनीहरूलाई यी सबै विस्तृत विवरणहरू बुझाएर यसलाई अघि बढाउन दे। त्यो किन यस तरिकाले गरिनुपर्छ? किनभने स्थानीय मण्डलीका सदस्यहरूसँग सामान्यतया निकै सतही अनुभव मात्र हुन्छ र कार्य योग्यताको कमी हुन्छ, जसले उपयुक्त अगुवा र कामदारहरू चयन गर्न असम्भव बनाउँछ। यस तरिकाले काम गरेर मात्र कामका बन्दोबस्तहरू कार्यान्वयन गर्न सकिन्छ। यदि तँ यस तरिकाले काम गर्दैनस् र यी मानिसहरूलाई अन्य अगुवा र कामदारहरूझैँ व्यवहार गर्छस्, उनीहरूलाई विशिष्ट सिद्धान्त र योजनाहरूबारे मात्र बताउँछस्, र अविवेकी हुन्छस् भने, कामका बन्दोबस्तहरू कार्यान्वयन हुनेछैनन्। यदि तँ यसप्रति कुनै ध्यान दिँदैनस् भने, के त्यो जिम्मेवारीबाट विमुख हुनु होइन र? (हो।) यो अगुवा र कामदारहरूको जिम्मेवारी हो। कतिपय अगुवा र कामदारहरू यसो भन्छन्, “अरूलाई कामका बन्दोबस्तहरू कसरी कार्यान्वयन र अभ्यास गर्ने भनेर थाहा हुन्छ; यस व्यक्तिलाई चाहिँ किन थाहा छैन? यदि उसलाई थाहा छैन भने, म उसको चिन्ता गर्नेछैन। त्यो मेरो जिम्मेवारी होइन। जे भए पनि, मैले आफ्नो भागको काम गरेको छु।” के यो तर्क जायज छ? (छैन।) उदाहरणका लागि, मानौँ एउटी आमाका तीनवटा बच्चा छन्, र एउटा निर्बल छ, ऊ सधैँ बिरामी पर्छ, र खाना खान मन गर्दैन। यदि ती आमाले त्यस बच्चालाई नखान अनुमति दिने हो भने, त्यो बच्चा लामो समय नबाँच्न सक्छ। उसले के गर्नुपर्छ? एउटी आमाका रूपमा, उसले त्यस निर्बल बच्चाको विशेष हेरचाह गर्नुपर्छ। मानौँ ती आमा यसो भन्छे, “मैले मेरा बच्चाहरूलाई समान व्यवहार गर्नु नै काफी छ। मैले यस बच्चालाई जन्माएँ र उसलाई खाना बनाइदिएँ। मैले आफ्नो जिम्मेवारी पूरा गरेकी छु। उसले खाए पनि वा नखाए पनि मलाई मतलब छैन। यदि उसले खाँदैन भने, ऊ भोकै रहोस्, उसलाई साँच्चिकै भोक लागेपछि उसले खानेछ।” तँ यस्ती आमाबारे के सोच्छस्? (ऊ गैरजिम्मेवार छे।) के यस्ता आमाहरू हुन्छन्? मन्द-बुद्धिकी महिला वा सौतेनी आमा मात्र त्यस्ता हुन्छन्। यदि ऊ जैविक आमा हो र मन्द-बुद्धिकी छैन भने, उसले आफ्नै बच्चालाई कहिल्यै यस्तो व्यवहार गर्नेथिइन, होइन र? (हो।) यदि कुनै बच्चा निर्बल छ, सधैँ बिरामी हुन्छ, र खान रुचाउँदैन भने, उसकी आमाले अझ बढी हेरचाह र मेहनत गर्नुपर्छ। उसले बच्चालाई खाना खुवाउने उपायहरू खोज्नुपर्छ, बच्चाले जे खान चाहन्छ त्यो पकाइदिनुपर्छ, उसका लागि विशेष खानाहरू तयार गर्नुपर्छ, र जब बच्चाले खान मन गर्दैन, तब उसले फकाउनुपर्छ। जब ऊ अठार-उन्‍नाइस वर्ष पुग्छ र उसको शरीर सामान्य वयस्कको जस्तै स्वस्थ हुन्छ, तब आमा आराम गर्न र पछि हट्न सक्छे, र उसले उप्रान्त यस बच्चाको विशेष हेरचाह गर्नु पर्दैन। यदि एउटी आमाले विशेष परिस्थितिहरू भएको यस्तो बच्चालाई यसरी व्यवहार गरेर आफ्नो जिम्मेवारी पूरा गर्न सक्छे भने, अगुवा र कामदारले सक्छ कि सक्दैन? यदि तँमा दाजुभाइ-दिदीबहिनीहरूका लागि आमाको जस्तो प्रेमसमेत छैन भने, तँ बस गैरजिम्मेवार छस्। तैँले आफूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू पूरा गर्नैपर्छ; तैँले ती मण्डलीहरूलाई ख्याल गर्नैपर्छ, जसको कमान तुलनात्मक रूपमा कमजोर र तुलनात्मक रूपमा कार्य योग्यता कम भएकाहरूले सम्हालेका छन्। अगुवा र कामदारहरूले यस्ता मामलाहरूलाई विशेष ध्यान दिनैपर्छ र विशेष मार्गनिर्देशन प्रदान गर्नैपर्छ। विशेष मार्गनिर्देशनले के जनाउँछ? सत्यताबारे सङ्गति गर्ने बाहेक, तैँले अझ विशिष्ट र विस्तृत मार्गनिर्देशन र सहायता पनि प्रदान गर्नैपर्छ, जसका लागि सञ्चारको हिसाबले अझ बढी प्रयत्न आवश्यक पर्छ। यदि तैँले उनीहरूलाई कामका बारेमा व्याख्या गरेपछि पनि उनीहरूले बुझ्दैनन्, र त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्‍ने कुरा जान्दैनन्, वा उनीहरूले धर्मसिद्धान्तको हिसाबले त्यो बुझे पनि र त्यसलाई कार्यान्वयन गर्न जानेका जस्तो देखिए पनि, तँ वास्तविक कार्यान्वयन कस्तो हुनेछ भन्‍नेबारे अझै अनिश्चित र अलि चिन्तित छस् भने, तब तैँले के गर्नुपर्छ? तँ आफै स्थानीय मण्डलीको गहिराइमा गएर उनीहरूलाई मार्गनिर्देशन गर्नुपर्छ र उनीहरूसँगै त्यो कार्य कार्यान्वयन गर्नुपर्छ। कामका बन्दोबस्तहरूका मागहरूअनुसार गर्न आवश्यक कार्यहरूसम्बन्धी विशिष्ट बन्दोबस्तहरू गर्ने क्रममा उनीहरूलाई सिद्धान्तहरू बता, जस्तै पहिला के गर्ने र त्यसपछि के गर्ने, र मानिसहरूलाई कसरी सही तरिकाले बाँडफाँड गर्ने—यी सबै कुरालाई राम्ररी व्यवस्थित गर्। यो नाराहरू मात्र फलाक्नु वा जथाभावी हुकुम दिनु, र उनीहरूलाई केही धर्मसिद्धान्तका साथ भाषण दिनु, अनि आफ्नो काम सकिएको ठान्‍नु नभई व्यावहारिक रूपमा उनीहरूलाई तिनीहरूको काममा मार्गनिर्देशन गर्नु हो—त्यो विशिष्ट काम गर्नुको प्रकटीकरण होइन, र नाराहरू फलाक्नु र मानिसहरूमाथि हैकम चलाउनु अगुवा र कामदारहरूका जिम्मेवारी होइनन्। जब स्थानीय मण्डलीका अगुवा वा सुपरिवेक्षकहरूले काम वहन गर्न सक्छन्, र काम सही मार्गमा प्रवेश गरेको हुन्छ, र मूलतः ठूला समस्याहरू केही पनि हुँदैनन्, तब मात्र अगुवा वा कामदार जान मिल्छ। यो नै कामका बन्दोबस्तहरू कार्यान्वयन गर्नका लागि अगुवा र कामदारहरूको नवौँ जिम्मेवारीमा उल्लिखित पहिलो विशिष्ट कार्य हो—मार्गनिर्देशन प्रदान गर्ने। त्यसोभए, मार्गनिर्देशन ठ्याक्कै कसरी प्रदान गरिनुपर्छ त? अगुवा र कामदारहरूले पहिला कामका बन्दोबस्तहरूबारे मनन र सङ्गति गर्ने, कामका बन्दोबस्तहरूका विभिन्‍न विशिष्ट मागहरूबारे सिक्ने र बुझ्ने, साथै कामका बन्दोबस्तहरूभित्रका सिद्धान्तहरू बुझ्ने र बोध गर्ने अभ्यास गर्नुपर्छ। त्यसपछि, उनीहरूले कामका बन्दोबस्तहरू कार्यान्वयन गर्ने विशिष्ट योजनाहरूबारे सबै तहका अगुवा र कामदारहरूसँगै सङ्गति गर्नुपर्छ। त्यसबाहेक, उनीहरूले विशेष परिस्थितिहरूका लागि विशिष्ट कार्यान्वयन योजनाहरू प्रदान गर्नुपर्छ र, अन्त्यमा उनीहरूले तुलनात्मक रूपमा कमजोर र कमजोर क्षमता भएका अगुवा र कामदारहरूलाई अझ विस्तृत र विशिष्ट सहायता र निर्देशन दिनुपर्छ। यदि केही अगुवा र कामदारहरू कार्य कार्यान्वयन गर्न पूर्णतया असक्षम छन् भने, त्यस्ता परिस्थितिहरूमा के गर्नुपर्छ? माथिल्ला अगुवा र कामदारहरू मण्डलीको गहिराइमा गएर व्यक्तिगत रूपमै उक्त कार्यमा सहभागी हुनुपर्छ, र सत्यता सङ्गति गरेर वास्तविक समस्याहरू समाधान गर्नुपर्छ, र उनीहरूलाई काम कसरी गर्ने र कामलाई सिद्धान्तहरूअनुसार कार्यान्वयन कसरी गर्ने भनी सिक्न लगाउनुपर्छ। यी चरणहरू शब्दमा प्रस्ट रूपमा व्यक्त गरिएका छन्, तर के तिनलाई कार्यान्वयन गर्न सजिलो छ? के त्यसमा कुनै कठिनाइहरू संलग्न छन् त? कतिपयले यसो भन्लान्, “तपाईँले भन्दा यो सरल सुनिन्छ, तर यसलाई कार्यान्वयन गर्न त्यति सजिलो छैन। कहिलेकाहीँ कामका बन्दोबस्तहरू निकै जटिल हुन्छन्, र तिनलाई कसरी कार्यान्वयन गर्ने भनेर कसैले पनि जानेको हुँदैन!” पहिलो कार्य—कामका बन्दोबस्तहरूका विशिष्ट मागहरूबारे सङ्गति गर्नु र व्यावहारिक तरिकाले मार्गनिर्देशन प्रदान गर्नु—मात्र नै कतिपय अगुवा र कामदारलाई निकै कठिन लाग्छ। उनीहरू यसो भन्छन्, “मैले यी विशिष्ट कार्यहरू कहिल्यै गरेको छैनँ, त्यसैले मलाई तिनका बारेमा सङ्गति गर्न र मार्गनिर्देशन प्रदान गर्न आउँदैन। उनीहरूले केवल कामका बन्दोबस्तहरूमा भनिएका शब्दहरू जस्ताको तस्तै पालना गर्नुपर्छ—सङ्गति गर्नुपर्ने के नै छ र? के त्यो एउटा औपचारिकता मात्र होइन र?” तिनीहरूले सङ्गति गर्न जानेका हुँदैनन्, नाराहरू फलाक्न मात्र जानेका हुन्छन्: “हामीले यो काम राम्ररी कार्यान्वयन गर्नुपर्छ! यो परमेश्‍वरले हामीबाट गरेको माग हो। हामीले आफ्नो अडान एकदम कायम राख्नुपर्छ, परमेश्‍वरका मागहरू पूरा गर्नुपर्छ, र हामीबाट परमेश्‍वरले गरेका अपेक्षाहरूलाई निराशामा परिणत गर्नु हुँदैन। यो कसरी गर्ने भन्‍ने कुरा चाहिँ तिमीहरू आफैले पत्ता लगाउनुपर्छ।” यस्ता कुराहरू भन्‍ने मानिसहरूमा के समस्या हुन्छ? के तिनीहरूले उक्त काम पूरा गर्न सक्छन्? के तिनीहरूमा कार्य योग्यता हुन्छ? के तिनीहरूको क्षमता कमजोर हुन्छ? (हो, कमजोर हुन्छ।)

जेसुकै भए पनि, चाहे त्यो ठूलो मामला होस् वा सानो मामला, तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र उहाँबाट खोजी गर्नुपर्छ, साथै कुनै मूल्याङ्कन गर्नुअघि ध्यानपूर्वक र राम्रोसँग सोचविचार गर्नुपर्छ। यदि कुनै व्यक्तिमा सामान्य सोचाइ छैन भने, उसले परमेश्‍वरलाई प्रार्थना गर्नु, परमेश्‍वरसँग मदत माग्नु, र सत्यता बुझ्नेहरूबाट अझ बढी खोजी गर्नु झनै बढी महत्त्वपूर्ण हुन्छ। यसको अतिरिक्त, मण्डलीको कामका ठूला मामलाहरू र कर्तव्यहरू पूरा गर्दा सामना गरिने ठूला मामलाहरूका हकमा, तैँले ती कुराहरूबारे सम्बन्धित कर्मचारीहरूसँग सङ्गति र छलफल गरेर सर्वसम्मतिमा पुग्न र अन्ततः एउटा विशिष्ट र सम्भाव्य अभ्यासको योजना विकास गर्नैपर्छ। यो योजना ध्यानपूर्वक गरिएको विचार र परामर्शमार्फत हासिल भएको सर्वसम्मति हुनुपर्छ, र यो जुनसुकै तहका अगुवा र कामदारहरूका अगाडि खरो उत्रनुपर्छ। जसले खरो उत्रने अभ्यासका विशिष्ट योजनाहरू विकास गर्न सक्छन्, उनीहरूमा सामान्य सोचाइ भएको मानिन्छ। यदि ठूला वा साना, जस्तोसुकै समस्याहरू सामना गर्दा, व्यक्तिका सोचहरूभित्र ठोस कुरा केही पनि छैन, र उसले विशिष्ट अभ्यासका सिद्धान्तहरू सोच्न सक्दैन, र समस्याहरूलाई सम्हाल्नका लागि सिद्धान्तहरूलाई प्रतिस्थापन गर्न केही सरल सैद्धान्तिक नाराहरू मात्र प्रयोग गर्छ भने, के उसले आफ्नो काम राम्ररी गर्न सक्छ? के यस्तो व्यक्तिमा सोच्ने क्षमता र कामकुराबारे राम्ररी विचार गर्ने क्षमता हुन्छ? (हुँदैन।) कस्तो किसिमको व्यक्तिमा सोच्ने क्षमताको कमी हुन्छ? (कमजोर क्षमता भएको व्यक्तिमा।) कमजोर क्षमता भएको व्यक्ति हुनु भनेको यही नै हो। एउटा उदाहरण हेरौँ। मानौँ तँ विदेशमा बसिरहेको छस्, र एक दिन तैँले अचानक अदालतबाट बोलावटपत्र प्राप्त गर्छस्। यो निकै अनपेक्षित र अचानक हुन्छ, होइन र? सर्वप्रथम, तैँले कुनै गैरकानुनी काम गरेको छैनस्। दोस्रो कुरा, तैँले कुनै पनि मुद्दा दायर गरेको छैनस्, न त तैँले कसैले तँलाई कुनै कुराको आरोप लगाएको नै सुनेको छस्। तैँले त्यससम्बन्धी कुनै पनि परिस्थितिहरूबारे थाहा नै नपाई बोलावटपत्र पाउँछस्। यस्तो परिस्थितिको सामना गर्दा एउटा औसत व्यक्तिले अनुभूत गर्ने पहिलो कुरा के हुनेथियो? कानुनी मामलाहरूमा फस्नुले उसमा केही अत्यास, चिन्ता, र भय सिर्जना गराउने थियो; यसले उसलाई अक्क न बक्क बनाउने थियो, र उसलाई खासै खाना खाने मुड हुनेथिएन। चाहे कुनै व्यक्ति महत्त्वपूर्ण होस् वा नहोस्, ऊ आँटिलो होस् वा कायर होस्, वयस्क होस् वा नाबालिग होस्, कसैले पनि यस्तो परिस्थितिको सामना गर्न चाहँदैन किनभने त्यो राम्रो कुरा होइन। यस्तो परिस्थितिको सामना गर्दा, मानिसहरू दुई फरक तरिकाले प्रतिक्रिया जनाउँछन्। पहिलो प्रकारको व्यक्तिले यस्तो सोच्छ, “मैले कुनै गैरकानुनी काम गरेको छैन, न त मैले कुनै सरकारी प्रावधानहरू नै उल्लङ्घन गरेको छु। म केका लागि डराउनु? यो कानुनले शासित समाज हो, जहाँ सबै कुरा प्रमाणमा आधारित हुन्छ। मैले कुनै खराब काम नगरेकाले उनीहरूले ममाथि मुद्दा चलाए पनि मविरुद्ध कुनै पनि प्रमाण भेट्टाउनेछैनन्। म डराउनुपर्ने कुनै कुरा छैन। एउटा बोलावटपत्रले के नै गर्न सक्छ र? एउटा सोझो व्यक्तिले आरोपहरूको डर मान्‍नुपर्दैन। म मेरो बचाउका लागि एक जना वकिल नियुक्त गर्नेछु; कुनै समस्या हुनेछैन।” यसबारे विस्तृत रूपमा सोचेपछि, उसलाई हृदयमा कुनै तनाव महसुस हुँदैन, र उसको दैनिक जीवन अप्रभावित रहन्छ। यो एक प्रकारको व्यक्तिको प्रतिक्रिया हो। अब दोस्रो प्रकारको व्यक्तिको प्रतिक्रिया हेरौँ। बोलावटपत्र प्राप्त भएपछि, उसले यस्तो सोच्छ, “मैले कुनै पनि कानुन तोडेको छैन, न त मैले कुनै अपराध नै गरेको छु, त्यसोभए यो केका बारेमा हुन सक्छ? के यो मैले परमेश्‍वरमा विश्‍वास गर्ने भएकाले हुन सक्छ? परमेश्‍वरमा विश्‍वास गर्नु गैरकानुनी कुरा होइन। के कसैले जानाजानी मलाई फसाएर उजुरी गरेको हुन सक्छ? यो बढी सम्भव देखिन्छ। तर के अरू नै केही हुन सक्छ? मैले एक जना वकिलको परामर्श लिनुपर्छ र उसलाई अदालतमा गई मैले बोलावटपत्र प्राप्त गर्नुको कारण के हो र वादी को हो भनी पत्ता लगाउन भन्‍नुपर्छ। मैले यसको जबाफी उपायबारे निर्णय गर्नुअघि यसको गहिराइमा पुग्नुपर्छ। यदि वकिलले त्यो मेरो परमेश्‍वरमाथिको आस्थासँग सम्बन्धित छ भनेमा, मैले जबाफी उपाय तयार पार्न तुरुन्तै मानिसहरू खोज्नुपर्छ र कुनै पनि पुस्तक वा मेरो आस्थासम्बन्धी त्यस्ता अन्य चीजहरू चाँडो लुकाउनुपर्छ ताकि मेरो शत्रुले मविरुद्ध प्रयोग गर्ने कुनै कुरा नभेटोस्।” यी सुरुवाती सोचहरूपछि, उसले बोलावटपत्र प्राप्त गरेको बारेमा कुनै निश्चित निष्कर्षहरू ननिकालेको वा सही मूल्याङ्कनहरू नगरेको भए पनि, ऊसँग विशिष्ट अभ्यासको योजनाबारे पहिल्यै प्रस्ट अवधारणा हुन्छ: योजना ‘क’ का लागि के गर्ने, र योजना ‘ख’ का लागि के गर्ने, र यदि दुइटै सम्भाव्य छैनन् भने, उसले त्यसपछि के गर्नुपर्छ। उसले हरेक चरणबारे राम्रोसँग र ध्यानपूर्वक विचार गर्छ; उसले सुरुमा मनलाई शान्त बनाउँछ र तुरुन्तै हृदयमा प्रार्थना गर्छ, अनि त्यसपछि, आफूलाई स्थिर बनाएपछि, ऊ तुरुन्तै यस मामलालाई सम्हाल्नतिर लाग्छ। एकै दिनभित्रमै, उसले यी सबै कुराहरू पत्ता लगाएको हुन्छ र कसरी अघि बढ्ने भनेर थाहा पाएको हुन्छ। यस मामलाको अन्तिम परिणाम चाहे जे भए पनि, पहिला यी दुई किसिमका मानिसहरूलाई हेरौँ। कुन व्यक्तिसँग समस्याहरूबारे विस्तृत रूपमा सोच्ने सक्षमता छ? कुन व्यक्तिसँग क्षमता छ? (दोस्रो व्यक्तिसँग।) स्पष्ट छ, दोस्रो व्यक्तिसँग क्षमता छ। कुनै परिस्थितिको सामना गर्दा साहस र सङ्कल्प हुनु नै क्षमता हुनु बराबर होइन। व्यक्तिमा सोच्ने क्षमता, खुट्ट्याउने क्षमता, र समस्याहरू सम्हाल्ने क्षमता हुनैपर्छ। सोच्ने क्रममा, उसले विशिष्ट मूल्याङ्कनहरू गर्न र विशिष्ट सञ्चालन योजनाहरू विकास गर्न सक्नुपर्छ। यस प्रकारको व्यक्तिमा मात्र क्षमता हुन्छ। सतहमा, ऊ निकै कायर देखिएला, उसले स-साना मामलाहरूबारे पनि सतर्क र होसियार भएर कार्य गर्ला, र स-साना मामलाहरूलाई पनि महत्त्वपूर्ण ठान्ला। तर, उसले समस्याहरू सम्हाल्ने विधि र तरिकाले यो व्यक्तिसँग सोच्ने क्षमता र समस्याहरूबारे विस्तृत रूपमा विचार गर्ने र तिनलाई सम्हाल्ने क्षमता छ भन्‍ने प्रमाणित गर्छ। यसको उल्टो, पहिलो प्रकारको व्यक्ति निकै साहसी हुन्छ र ऊ केही कुरादेखि डराउँदैन। उसले कुनै परिस्थितिको सामना गर्दा, यति मात्र सोच्छ, “मैले कुनै खराब काम गरेको छैन। जे गलत भए पनि, सधैँ त्यसलाई सुल्झाउने कुनै न कुनै बढी सक्षम व्यक्ति त हुने नै छ। म के कुरादेखि डराउनुपर्छ र?” ऊ बेफिक्र हुन्छ र सहज जीवन जिउँछ, तर के ऊ अलि मूर्ख रूपमा साहसी र मन्दबुद्धिको हुँदैन र? यस प्रकारको व्यक्तिले चर्को स्वरमा नाराहरू फलाक्छ, र उसले भनेको कुरा गलत हुँदैन, तर उसमा के कुराको कमी हुन्छ? (उसमा सामान्य सोचाइ हुँदैन र समस्याहरूबारे विस्तृत रूपमा सोच्ने क्षमताको कमी हुन्छ।) उसको सामान्य सोचाइको कमी कहाँ प्रकट हुन्छ? कुनै परिस्थितिको सामना गर्दा, चाहे त्यो अचानक घटेको कुरा होस् वा उसलाई पहिल्यै थाहा भएको कुरा होस्, उसले त्यसबारे विस्तृत रूपमा सोच्न वा मूल्याङ्कन गर्न सक्दैन, त्यसैले स्वाभाविक रूपमै, ऊसँग उक्त समस्यालाई सम्हाल्ने योजना वा त्यसलाई समाधान गर्ने क्षमता हुँदैन। यो निकै प्रस्ट हुन्छ। बाहिरबाट, यस प्रकारको व्यक्ति कुशल वक्ताझैँ देखिन्छ र उसले धर्मसिद्धान्तहरू बोल्न सक्छ, साथै उसले मनोबल बढाउन पनि सक्छ; उसमा अगुवा हुने क्षमता भएझैँ देखिन्छ। तर, समस्याहरूको सामना गर्दा, उसले समस्याहरूको सार छर्लङ्गै देख्न सक्दैन र तिनलाई समाधान गर्न सत्यताबारे सङ्गति गर्न सक्दैन। उसले केही शब्द र धर्मसिद्धान्तहरू बोल्न र नाराहरू फलाक्न मात्र सक्छ। सतहमा, ऊ चतुर देखिन्छ, तर समस्याहरूको सामना गर्दा, उसले समस्याका कारणहरूको विश्लेषण वा मूल्याङ्कन गर्न सक्दैन, न त उसले समस्याहरू बढ्दै गएमा देखा पर्ने गम्भीर परिणामहरूको आकलन गर्न नै सक्छ। उसले मनमा यी मामलाहरूको छेउटुप्पो थाहा पाउन सक्दैन, ती समस्याहरू समाधान गर्न सक्ने त कुरै छाडौँ। यस्तो व्यक्ति कुशल वक्ताझैँ देखिन्छ तर वास्तवमा उसमा कमजोर क्षमता हुन्छ र उसले वास्तविक काम गर्न सक्दैन। त्यसैगरी, यदि अगुवा र कामदारहरूले कुनै कामका प्रबन्धहरू प्राप्त गरेपछि त्यो पढ्न र त्यसको शाब्दिक वर्णन गर्न मात्र सक्छन्, र तिनीहरूले कामका प्रबन्धहरू जारी गर्न र भेलाहरूमा त्यसका मुख्य बुँदाहरूबारे सङ्गति गर्न सके पनि, तिनीहरूले विशिष्ट प्रबन्धहरू गर्न र कामका प्रबन्धहरूका विशिष्ट मागहरू, सिद्धान्तहरू, ध्यान आवश्यक हुने मामलाहरू, विशेष परिस्थितिहरू, आदिका लागि विशिष्ट मार्गनिर्देशन प्रदान गर्न जानेका छैनन्, र तिनीहरूसँग कुनै योजनाहरू छैनन्, विचारहरू छैनन्, र समस्याहरू समाधान गर्ने सक्षमता छैन भने, उसमा कमजोर क्षमता छ। कामका प्रबन्धहरू कार्यान्वयन गर्दा, अगुवा र कामदारहरूले गर्नुपर्ने पहिलो कार्य—मार्गनिर्देशन प्रदान गर्नु—सजिलो वा सरल हुँदैन। यो पहिलो कामले कुनै अगुवा वा कामदारसँग उसमा हुनुपर्ने क्षमता र काम गर्ने सक्षमता छ कि छैन भनी जाँच गर्दछ। यदि अगुवा र कामदारहरूसँग यो क्षमता र काम गर्ने सक्षमता छैन भने, उनीहरूले कामका प्रबन्धहरूका लागि विशिष्ट मार्गनिर्देशन प्रदान गर्न वा तिनलाई कार्यान्वयन गर्न सक्नेछैनन्।

आ. सुपरिवेक्षण र प्रोत्साहन प्रदान गर्नु

अब, “सुपरिवेक्षण” को कार्यबारे सङ्गति गरौँ। शाब्दिक अर्थबाट मूल्याङ्कन गर्दा, सुपरिवेक्षणको अर्थ निरीक्षण: अर्थात् कुन मण्डलीहरूले कामका प्रबन्धहरू कार्यान्वयन गरेका छन् र कुनले गरेका छैनन्, कार्यान्वयनको प्रगति कस्तो छ, कुन अगुवा र कामदारहरूले वास्तविक काम गरिरहेका छन् र कुनले गरिरहेका छैनन्, र कुनै अगुवा वा कामदारहरू निश्चित कार्यहरूमा सहभागी नभई कामका प्रबन्धहरू मात्र बाँडफाँड मात्र गरिरहेका छन् कि भनी जाँच्नु हो। सुपरिवेक्षण एउटा निश्चित कार्य हो। कामका प्रबन्धहरूको कार्यान्वयनको सुपरिवेक्षण बाहेक—ती कार्यान्वयन भएको वा नभएको, कार्यान्वयनको गति, कार्यान्वयनको गुणस्तर, र हासिल गरिएका नतिजाहरू—उच्च तहका अगुवा र कामदारहरूले अगुवा र कामदारहरूले कामका प्रबन्धहरू कडाइका साथ पालना गरिरहेका छन् कि छैनन् भनी जाँच्नैपर्छ। कतिपय अगुवा र कामदारहरू बाहिरी रूपमा आफू कामका प्रबन्धहरू पालना गर्न इच्छुक रहेको भन्छन्, तर कुनै निश्चित वातावरणको सामना गरेपछि, उनीहरू पक्राउ पर्ने डर मान्छन् र लुक्नमा मात्र ध्यान केन्द्रित गर्छन्, र उनीहरूले कामका प्रबन्धहरूलाई धेरै पहिले नै मनको पछिल्तिर स्थानान्तरण गरिसकेका हुन्छन्; दाजुभाइ-दिदीबहिनीहरूका समस्याहरू समाधान हुँदैनन्, र उनीहरूलाई कामका प्रबन्धहरूले के तोकेका छन् वा अभ्यासका सिद्धान्तहरू के-के हुन् भन्‍ने थाहा हुँदैन। यसले कामका प्रबन्धहरू बिलकुलै कार्यान्वयन भएका छैनन् भन्‍ने देखाउँछ। अन्य अगुवा र कामदारहरूले कामका प्रबन्धहरूमा भएका केही मागहरूबारे राय, धारणा, र प्रतिरोध राखेका हुन्छन्। जब तिनलाई कार्यान्वयन गर्ने समय आउँछ, उनीहरू कामका प्रबन्धहरूको वास्तविक अर्थबाट विचलित हुन्छन्, आफ्नै विचारअनुसार कामकुरा गर्छन्, आलटाल गर्छन् र कामकुरा सकाउनकै लागि गरे जस्तो मात्र गर्छन्, वा आफ्नै मार्गमा हिँड्छन्, र मन लागे अनुसार कामकुरा गर्छन्। यस्ता सबै परिस्थितिहरूका लागि माथिल्लो तहका अगुवा र कामदारहरूको सुपरिवेक्षण आवश्यक हुन्छ। सुपरिवेक्षणको उद्देश्य भनेको कामका प्रबन्धहरूले माग गर्ने निश्चित कार्यहरूलाई विचलित नभईकन र सिद्धान्तहरूअनुसार झनै राम्रोसँग कार्यान्वयन गर्नु हो। सुपरिवेक्षण गर्ने क्रममा, उच्च तहका अगुवा र कामदारहरूले वास्तविक काम नगर्ने वा कामका प्रबन्धहरू कार्यान्वयन गर्नमा गैरजिम्मेवार र सुस्त कोही छ कि भनी पहिचान गर्नमा ठूलो जोड दिनैपर्छ; यदि कसैले कामका प्रबन्धहरूबारे प्रतिरोधी मुड देखाउँछ र ऊ तिनलाई कार्यान्वयन गर्न अनिच्छुक हुन्छ वा उसले तिनलाई छानीछानी कार्यान्वयन गर्छ, वा कामका प्रबन्धहरूलाई बिलकुलै पालना गर्दैन बरु आफ्नै इच्छाअनुसार चल्छ; यदि कसैले कामका प्रबन्धहरूलाई रोकिरहेको छ, र तिनलाई आफ्नै विचारअनुसार मात्र सञ्चार गर्छ, परमेश्‍वरका चुनिएका मानिसहरूलाई कामका प्रबन्धहरूका साँचो अर्थ र निश्चित मागहरू जान्‍न दिँदैन भने—यी समस्याहरूलाई सुपरिवेक्षण र निरीक्षण गरेर मात्र उच्च तहका अगुवाहरूले वास्तवमा के भइरहेको छ भनेर थाहा पाउन सक्छन्। यदि उच्च तहका अगुवाहरूले सुपरिवेक्षण र निरीक्षण गरेनन् भने, के यी समस्याहरूलाई पहिचान गर्न सकिन्छ त? (अहँ।) सकिँदैन। त्यसकारण, अगुवा र कामदारहरूले कामका प्रबन्धहरू प्रत्येक तहमा सञ्चार गर्ने र मार्गनिर्देशन प्रदान गर्ने मात्र नभई कामका प्रबन्धहरूलाई कार्यान्वयन गर्दा कामलाई प्रत्येक तहमा सुपरिवेक्षण पनि गर्नैपर्छ। क्षेत्रीय अगुवाहरूले जिल्लास्तरीय अगुवाहरूको कामको सुपरिवेक्षण गर्नैपर्छ, जिल्लास्तरीय अगुवाहरूले मण्डलीका अगुवाहरूको कामको सुपरिवेक्षण गर्नैपर्छ, र मण्डलीका अगुवाहरूले प्रत्येक समूहको कामको सुपरिवेक्षण गर्नैपर्छ। सुपरिवेक्षण प्रत्येक तहमा गरिनुपर्छ। सुपरिवेक्षणको उद्देश्य के हो? यसको उद्देश्य कामका प्रबन्धहरूको विषयवस्तुको सही कार्यान्वयनलाई तिनका निश्चित मागहरूअनुसार सहजीकरण गर्नु हो। त्यसकारण, सुपरिवेक्षणको कार्य निकै महत्त्वपूर्ण हुन्छ। सुपरिवेक्षण गर्दा, वातावरणले दिएमा, अगुवा र कामदारहरू मण्डलीहरूको गहिराइमा गएर वास्तविक काम गरिरहेका मानिसहरूसँग अन्तरक्रिया गर्नुपर्छ। उनीहरूले प्रश्नहरू सोध्नुपर्छ, काम कार्यान्वयनको अवस्थालाई नियाल्ने, त्यसबारे सोधपुछ गर्ने, जान्‍ने, र त्यसको अवस्था बोध गर्ने गर्नुपर्छ। त्यो सँगसँगै, उनीहरूले यस कामका सम्बन्धमा दाजुभाइ-दिदीबहिनीहरूसँग कस्ता कठिनाइ र सोचहरू छन् र उनीहरूले यस कामका सिद्धान्तहरू बोध गरेका छन् कि छैनन् भन्‍नेबारे जान्‍नुपर्छ। यी सबै अगुवा र कामदारहरूले निर्वाह गर्नु पर्ने निश्चित कार्यहरू हुन्। विशेषगरी तुलनात्मक रूपमा कमजोर क्षमता र मानवता भएका, अलि गैरजिम्मेवार, अबफादार, र आफ्नो काममा तुलनात्मक रूपमा सुस्तहरूका हकमा, अगुवा र कामदारहरूले तिनीहरूको कामलाई झनै बढी सुपरिवेक्षण र निर्देशन गर्नुपर्छ। सुपरिवेक्षण र निर्देशन कसरी गरिनुपर्छ? मानौँ तैँले “छिटो गर! माथिकाले हाम्रो कामको रिपोर्ट पर्खिरहेका छन्। यो कामको समयसीमा छ; यसलाई नलम्ब्याऊ!” भन्छस् भने, के तिनीहरूलाई यस तरिकाले प्रोत्साहन प्रदान गरेर हुन्छ होला त? के प्रोत्साहन प्रदान गर्नु भनेको तिनीहरूलाई अलिक जोड दिनु मात्र हो त? प्रोत्साहन प्रदान गर्ने त्योभन्दा राम्रो तरिका के हो? जब तिमीहरू काम गर्छौ, के तिमीहरूले प्रोत्साहन प्रदान गर्नुलाई आफ्ना कार्यको हिस्साका रूपमा समावेश गर्छौ? (गर्छु। यदि मैले केही कार्यहरू तुरुन्तै गरिँदै छैनन् भन्‍ने देखेँ भने, म उनीहरूले किन ती गरिरहेका छैनन् भनी बुझ्ने कोसिस गर्नेछु र उनीहरूको कामको अनुगमन गर्नेछु।) यदि तैँले उक्त काम गर्न नआउने कसैलाई देखिस् भने, तैँले निर्दिष्ट मार्गनिर्देशन र सहयोग प्रदान गर्नैपर्छ, र उसलाई निर्देशन दिनुपर्छ। यदि तैँले कोही सुस्ताइरहेको देखिस् भने, तैँले उसको काटछाँट गर्नैपर्छ। यदि उसलाई काम गर्न आउँछ तर त्यो काम गर्न अत्यन्तै अल्छी गर्छ, ऊ लोसे छ र कामलाई पछि सार्छ, र देहसुखमा लिप्त हुन्छ भने, उसलाई आवश्यकताअनुसार काटछाँट गरिनुपर्छ। यदि काटछाँट गरेर समस्या समाधान भएन र उसको मनोवृत्ति बदलिएन भने, के गर्नुपर्छ? (उसलाई यो काम गर्न नदिने।) पहिला, उसलाई यस्तो चेतावनी दे: “यो काम निकै महत्त्वपूर्ण छ। यदि तैँले यसलाई यस्तै मनोवृत्तिले व्यवहार गर्न जारी राखिस् भने, तेरो कर्तव्य खोसिनेछ र अरू कसैलाई दिइनेछ। यदि तँ त्यो गर्न इच्छुक छैनस् भने अरू कोही इच्छुक हुनेछ। तँ आफ्नो कर्तव्यप्रति बफादार छैनस्; तँ यो कामका लागि उपयुक्त छैनस्। यदि तँ यो कार्यको लायक छैनस् र शारीरिक कष्ट सहन सक्दैनस् भने, परमेश्‍वरको घरले तँलाई प्रतिस्थापन गरेर अरू कसैलाई राख्न सक्छ, र तैँले राजीनामा पनि बुझाउन सक्छस्। यदि तँ राजीनामा दिँदैनस् र तँ अझै त्यो काम गर्न इच्छुक छस् भने, राम्रोसँग गर्, र परमेश्‍वरको घरका मागहरू र सिद्धान्तहरूअनुसार गर्। यदि तैँले यो हासिल गर्न सक्दैनस् र बारम्बार प्रगतिमा ढिलाइ गराउँछस्, र काममा नोक्सान पुर्‍याउँछस् भने, परमेश्‍वरको घरले तँलाई निराकरण गर्नेछ। यदि तैँले यो कर्तव्य पूरा गर्न सक्दैनस् भने, माफ गर्, तर तैँले छोड्नैपर्ने हुनेछ!” यदि चेतावनी दिएपछि ऊ पश्चात्ताप गर्न इच्छुक हुन्छ भने, उसलाई राख्न सकिन्छ। तर यदि बारम्बारको चेतावनीपछि पनि उसको मनोवृत्ति बदलिँदैन र उसले पछुतोको कुनै सङ्केत देखाउँदैन भने, के गरिनुपर्छ? उसलाई तुरुन्तै बर्खास्त गर्नुपर्छ—के त्यसले समस्या समाधान हुनेछैन र? यस्तो होइन कि हामी सानातिना त्रुटि र झिनामसिना समस्याहरू भएकाहरूलाई दोष लगाउँछौ; बरु, हामी त मानिसहरूलाई अवसरहरू दिइरहेका हुन्छौँ। यदि तिनीहरू पश्चात्ताप गर्न इच्छुक छन् र बदलिन्छन्, र पहिलेभन्दा धेरै राम्रा बन्छन् भने, सम्भव भएसम्म तिनीहरूलाई राख्। यदि तिनीहरूलाई बारम्बार अवसरहरू दिँदा, सत्यताबारे सङ्गति गर्दा, काटछाँट गर्दा, र चेतावनी दिँदा पनि काम लाग्दैन, र कसैको सहयोग प्रभावकारी हुँदैन भने, यो कुनै साधारण समस्या होइन: यस व्यक्तिको मानवता अत्यन्तै कमजोर छ, र उसले सत्यतालाई बिलकुलै स्विकार्दैन। त्यो अवस्थामा, ऊ यस कर्तव्यका लागि उचित हुँदैन र उसलाई हटाइनुपर्छ। ऊ कर्तव्य पूरा गर्न योग्य छैन। मामलालाई यसरी सम्हाल्नुपर्छ।

मण्डलीको कामको सुपरिवेक्षण गर्दा, अगुवा र कामदारहरू विभिन्‍न समस्याहरू पहिचान गर्नमा पोख्त हुनुपर्ने मात्र नभई उनीहरूले आफूलाई असहज वा अविश्‍वसनीय लागेका केही मण्डली अगुवाहरूप्रति पनि विशेष ध्यान दिनुपर्छ। यी मानिसहरूलाई लामो अवधिसम्म सुपरिवेक्षण र अनुगमन गर्नुपर्छ; तैँले उनीहरूलाई कहिलेकाहीँ मात्र परिस्थितिबारे सोधेर वा केही शब्दहरू बोलेर यस मामलालाई पन्छाउन अनि यो पूरा भएको सोच्न मिल्दैन। कहिलेकाहीँ, कार्यस्थलमै रहेर उनीहरूको कामको सुपरिवेक्षण गर्न जरुरी हुन्छ। कार्यस्थलमै रहनुको उद्देश्य के हो? यसको उद्देश्य समस्याहरू अझ चाँडो पत्ता लगाएर समाधान गर्नु र काम राम्ररी सम्पन्‍न गर्नु हो। कहिलेकाहीँ, तैँले कार्यस्थलमै पुग्नेबित्तिकै समस्याहरू पत्ता लगाउन सक्दैनस्। बरु, विस्तृत बुझाइ, कामको निरीक्षण, र होसियारीपूर्ण अवलोकनमार्फत कतिपय समस्याहरू बिस्तारै सतहमा आउँछन् र पत्ता लाग्न सक्छन्। कार्यस्थलमै बसेर सुपरिवेक्षण गर्नु भनेको मानिसहरूको निगरानी वा रेखदेख गर्नु होइन। सुपरिवेक्षणको अर्थ के हो? सुपरिवेक्षणमा निरीक्षण गर्ने र निर्देशन प्रदान गर्ने कुरा संलग्न हुन्छन्। यसको अर्थ विशिष्ट रूपमा कामबारे विस्तृत रूपमा सोध्नु, कामको प्रगति र कमजोर कडीहरू जान्‍नु र बोध गर्नु, आफ्नो काममा को जिम्मेवार छ र को छैन, र काम गर्न को सक्षम छ र को छैन भन्‍ने लगायतका कुराहरू बुझ्नु हो। सुपरिवेक्षणमा कहिलेकाहीँ परिस्थितिबारे परामर्श लिने, बुझ्ने, र सोधपुछ गर्ने कुराहरू आवश्यक पर्छन्। कहिलेकाहीँ यसमा आमनेसामने सोधपुछ गर्न वा प्रत्यक्ष निरीक्षण गर्न आवश्यक हुन्छ। अवश्य पनि, धेरैजसो यसमा कमान सम्हालेका मानिसहरूसँग प्रत्यक्ष सङ्गति गर्नुपर्ने, कामको कार्यान्वयन, सामना गरिएका कठिनाइ र समस्याहरू, आदिबारे सोध्नुपर्ने हुन्छ। सुपरिवेक्षण गर्दा, तैँले कुन-कुन मानिसहरू बाहिरी रूपमा मात्र आफ्नो काममा लागिपर्छन् र सतही रूपमा मात्र कामकुरा गर्छन्, कुन-कुन मानिसहरूलाई विशिष्ट कामहरू कार्यान्वयन गर्न आउँदैन, कुन-कुन मानिसहरूलाई ती कार्यान्वयन गर्न आउँछ तर वास्तविक काम गर्दैनन्, र त्यस्तै अन्य कुराहरू पत्ता लगाउन सक्छस्। यदि पत्ता लागेका यी समस्याहरू सामयिक रूपमा समाधान गर्न सकिएमा, त्यो सर्वोत्तम हुन्छ। सुपरिवेक्षणको उद्देश्य के हो? यसको उद्देश्य कामका प्रबन्धहरूलाई अझ राम्ररी कार्यान्वयन गर्नु, तैँले प्रबन्ध गरेको काम उचित छ कि छैन, तैँले नजरअन्दाज गरेका वा ख्याल नगरेका कुराहरू छन् कि छैनन्, सिद्धान्तहरूसँग नमिल्ने कुनै क्षेत्रहरू छन् कि छैनन्, कुनै विकृत पक्षहरू वा गल्तीहरू भएका क्षेत्रहरू छन् कि छैनन्, आदि इत्यादि जस्ता कुरा हेर्नु हो—यी सबै समस्याहरू सुपरिवेक्षण गर्ने क्रममा पत्ता लगाउन सकिन्छ। तर यदि तँ घरमै बस्छस् र यो निश्चित काम गर्दैनस् भने, के तैँले यी समस्याहरू पत्ता लगाउन सक्छस् त? (सक्दिनँ।) धेरै समस्याहरू थाहा पाउन र बोध गर्नका लागि तिनका बारेमा सोधपुछ, अवलोकन गर्नुपर्छ, र कार्यस्थलमै गएर बुझ्नुपर्छ। सुपरिवेक्षण गर्दा, तैँले आफ्नो काममा गैरजिम्मेवार र लापरवाह हुने, आफूभन्दा माथिकालाई धोका दिने र आफूभन्दा मुनिकाबाट कुराहरू लुकाउने, साथै झाराटारुवा र सुस्त हुनेहरूलाई प्रोत्साहन प्रदान गर्नैपर्छ। हामीले भर्खरै तिनीहरूलाई कसरी प्रोत्साहन दिने भन्‍नेसम्बन्धी कैयौँ चरणहरूबारे छलफल गर्‍यौँ: तैँले तिनीहरूलाई मार्गनिर्देशन प्रदान गर्न, सङ्गति गर्न, काटछाँट गर्न, चेतावनी दिन, र बर्खास्त गर्न सक्छस्। के यी कदमहरू अघि बढाउन सजिला छन्? (छन्।)

इ. निरीक्षण र अनुगमन गर्ने

अगुवा र कामदारहरूले प्रोत्साहन प्रदान गरेर कामलाई अघि बढाएपछि, त्यस पछिको कदम भनेको कामको निरीक्षण गर्नु हो। कामको निरीक्षण गर्नुको आम उद्देश्य के हो? कामको निरीक्षण गर्नु भनेको प्रबन्ध गरिएका कार्यहरूको प्रगति निर्धारण गर्नु, तुरुन्तै समाधान गर्न आवश्यक कुनै पनि समस्याहरू पहिचान गर्नु, र अन्ततः काम पूर्ण रूपमा राम्ररी गरिएको सुनिश्चित गर्नु हो। कामको प्रबन्ध गरिएपछि, कैयौँ पक्षहरूको निरीक्षण गर्न जरुरी हुन्छ: त्यसपछिको काम कुन चरणमा पुगेको छ, त्यो पूरा भएको छ कि छैन, त्यो कति प्रभावकारी छ, नतिजाहरू के हुन्, कुनै विशिष्ट समस्याहरू पहिचान भएका छन् कि छैनन्, कुनै कठिनाइहरू छन् कि छैनन्, सिद्धान्तहरूअनुरूप नभएका कुनै क्षेत्रहरू छन् कि छैनन्, आदि इत्यादि। तैँले प्रबन्ध गरेको कामको निरीक्षण गर्नु पनि एउटा विशिष्ट र जरुरी कार्य हो। कतिपय अगुवा र कामदारहरूले प्रायः एउटा गल्ती गर्ने गर्छन्: उनीहरू आफूले कामको प्रबन्ध गरिसकेपछि, आफ्नो कार्य सकियो भन्‍ने सोच्छन्। उनीहरू यस्तो विश्‍वास गर्छन्, “मेरो कार्य सम्पन्‍न भयो, मेरो जिम्मेवारी पूरा भयो। जे भए पनि, मैले तिमीहरूलाई यो कसरी गर्ने भनेर बताएको छु। तिमीहरूलाई के गर्ने भन्‍ने थाहा छ, र तिमीहरू यो गर्न सहमत भएका छौ। कामकुरा कसरी अघि बढ्छन् भन्‍नेबारे मैले चिन्ता लिनु पर्दैन; तिमीहरूले सकाएपछि मलाई रिपोर्ट मात्र गर।” कामको योजना बनाएपछि र प्रबन्ध गरेपछि, उनीहरू आफ्नो काम पूरा भयो र सबथोक ठीक छ भन्‍ने विश्‍वास गर्छन्। उनीहरू कामको अनुगमन वा निरीक्षण गर्दैनन्। उनीहरूले कार्यको कमान सम्हाल्न प्रबन्ध गरेको व्यक्ति उपयुक्त छ कि छैन, धेरैजसो मानिसहरूको स्थिति कस्तो छ, समस्या र कठिनाइहरू छन् कि छैनन्, उनीहरूसँग मण्डलीको काम राम्रोसँग गर्ने आत्मविश्‍वास छ कि छैन, विकृत र गलत पक्षहरू छन् कि छैनन्, वा माथिबाट कामका प्रबन्धहरूको कुनै उल्लङ्घन भएका छन् कि छैनन् भन्‍ने सन्दर्भमा, उनीहरूले जान्‍ने, निरीक्षण गर्ने, वा अनुगमन गर्ने काम गर्दैनन्। उनीहरू कामको प्रबन्ध गरेपछि नै आफ्नो कार्य सकिएको ठान्छन्; यो निश्चित काम गर्नु होइन। काममा के कुराको निरीक्षण गर्नुपर्छ? जाँच्नुपर्ने मुख्य कुराहरू भनेको कार्यान्वयन योजना कामका प्रबन्धहरूसँग मिल्छ कि मिल्दैनन्, त्यसले कामका प्रबन्धहरूका सिद्धान्त र मागहरू उल्लङ्घन गर्छ कि गर्दैन, र बाधा र अवरोधहरू सिर्जना गर्ने मानिसहरू, अन्धाधुन्ध समस्या निम्त्याउने मानिसहरू, वा कामको अवधिमा उच्च सुनिने शब्दहरू फलाक्ने मानिसहरू छन् कि छैनन् भन्‍ने कुराहरू हुन्। अवश्य पनि, कामको निरीक्षण गर्दा, तैँले कामका प्रबन्धहरू आफैले कार्यान्वयन गर्दा कुनै गल्तीहरू भएका थिए कि भनेर पनि जाँचिरहेको हुन्छस्। अरूको कामको निरीक्षण गर्नु भनेको वास्तवमा तेरो आफ्नै कामको निरीक्षण गर्नु पनि हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्