परिशिष्ट तीन: नोआ र अब्राहामले कसरी परमेश्वरका वचनहरू पालना गरे र उहाँप्रति समर्पित भए (भाग दुई) खण्ड तीन
आ. परमेश्वरका वचनहरूप्रति अब्राहामको मनोवृत्ति
अब अब्राहाममा भएका ती कुराहरूलाई हेरौँ जुन पछिल्ला पुस्ताहरूका निम्ति अनुकरणीय छन्। परमेश्वरको सामु अब्राहामको मुख्य कार्य त्यही थियो जुनसँग पछिल्ला पुस्ताहरू राम्ररी परिचित छन् र जुन तिनीहरूलाई राम्रोसँग थाहा छ: इसहाकको बलिदान। अब्राहामले यस मामलामा प्रकट गरेका हरेक पक्ष—चाहे त्यो उनको चरित्र होस्, उनको आस्था होस् वा उनको समर्पण होस्—पछिल्ला पुस्ताहरूका लागि अनुकरणीय छ। त्यसोभए, वास्तवमा, उनले प्रदर्शन गरेका अनुकरणीय विशेष प्रकटीकरणहरू ठ्याक्कै के-के थिए? स्वाभाविक रूपमा, उनले प्रकट गरेका यी विभिन्न कुराहरू खोक्रा थिएनन्, र ती अमूर्त त झनै थिएनन्, अनि ती निश्चित रूपमा कुनै पनि व्यक्तिले बनाएका कपोकल्पित कुरा थिएनन्, यी सबै कुराहरूको प्रमाण छ। परमेश्वरले अब्राहामलाई एउटा छोरा दिनुभयो; परमेश्वरले व्यक्तिगत रूपमा अब्राहामलाई यसको बारेमा बताउनुभयो र अब्राहाम १०० वर्षको हुँदा, उनीबाट इसहाक नामको छोराको जन्म भयो। स्पष्ट रूपमा, यस बालकको उत्पत्ति सामान्य थिएन, ऊ अरू कोही जस्तो थिएन—ऊ परमेश्वरद्वारा व्यक्तिगत रूपमा प्रदान गरिएको थियो। जब एउटा बालक परमेश्वरद्वारा व्यक्तिगत रूपमा प्रदान गरिएको हुन्छ, तब मानिसहरू परमेश्वरले पक्कै पनि उसमा केही महान् कार्य गर्नुहुनेछ, परमेश्वरले उसलाई केही महान् कुरा सुम्पनुहुनेछ, परमेश्वरले ऊमाथि असाधारण कार्यहरू गर्नुहुनेछ, उहाँले त्यस बालकलाई असाधारण बनाउनुहुनेछ, आदि कुराहरू सोच्छन्—अब्राहाम र अन्य मानिसहरूले उच्च आशा राखेका कुराहरू यिनै थिए। तैपनि, परिस्थितिहरूले फरक मोड लिए, र अब्राहामलाई कसैले पनि अपेक्षा गर्न नसक्ने कुरा भयो। परमेश्वरले अब्राहामलाई इसहाक प्रदान गर्नुभयो, अनि जब बलिदानको समय आयो, परमेश्वरले अब्राहामलाई भन्नुभयो, “आज तैँले इसहाक बाहेक केही पनि चढाउनु पर्दैन—त्यो नै पर्याप्त हुन्छ।” यसको अर्थ के थियो? परमेश्वरले अब्राहामलाई एउटा छोरा दिनुभएको थियो अनि जब यो छोरा भर्खरै हुर्कन लागेको थियो, परमेश्वरले उसलाई फिर्ता लिन चाहनुभयो। यसबारे अरू मानिसहरूको दृष्टिकोण यस्तो हुनेथियो: “इसहाक दिने तपाईं नै हुनुहुन्थ्यो। मलाई यो कुरामा विश्वास लागेन, तैपनि तपाईंले यो बालक दिन अड्डी कस्नुभयो। अहिले तपाईं उसको बलिदान चढाउन माग गर्दै हुनुहुन्छ। यो त तपाईंले उसलाई फिर्ता लिनु होइन र? तपाईंले मानिसहरूलाई दिनुभएको कुरा कसरी फिर्ता लिन सक्नुहुन्छ? यदि तपाईं उसलाई लैजान चाहनुहुन्छ भने, लैजानुहोस्। तपाईंले उसलाई चुपचाप फिर्ता लिन सक्नुहुन्छ। मलाई यस्तो पीडा र कष्ट दिन आवश्यक छैन। तपाईं कसरी मैले उसलाई आफ्नै हातले बलि दिएको माग गर्न सक्नुहुन्छ?” के यो धेरै कठिन माग थियो? यो अत्यन्तै कठिन थियो। यो माग सुनेपछि, केही मानिसहरूले भन्नेथिए, “के यो साँच्चै परमेश्वर हुनुहुन्छ? यसरी व्यवहार गर्नु एकदमै अनुचित हो! तपाईंले नै इसहाक दिनुभयो अनि अहिले तपाईं उसलाई फिर्ता माग्दै हुनुहुन्छ। के तपाईं साँच्चिकै सधैँ न्यायोचित हुनुहुन्छ? के तपाईंले गर्ने सबै कुरा सधैँ सही हुन्छ? हुन्छ नै भन्ने छैन। मानिसहरूको जीवन तपाईंको हातमा छ। तपाईंले मलाई एउटा छोरो दिन्छु भन्नुभयो र दिनुभयो पनि; तपाईंसँग त्यो अख्तियार छ, जसरी तपाईंसँग उसलाई फिर्ता लिने अख्तियार छ—तर के तपाईंले फिर्ता लिने तरिका र यो कुरा अलिकति अन्यायपूर्ण भएन र? तपाईंले नै यो बालक दिनुभयो, त्यसैले तपाईंले उसलाई हुर्कन, ठूला कामहरू गर्न र तपाईंका आशिष्हरू हेर्न दिनुपर्छ। तपाईंले कसरी ऊ मरोस् भन्ने माग गर्न सक्नुहुन्छ? उसको मृत्युको आदेश दिनुको सट्टा, तपाईंले मलाई ऊ नदिनुभए राम्रो हुन्थ्यो! त्यसोभए तपाईंले मलाई ऊ किन दिनुभयो? तपाईंले मलाई इसहाक दिनुभयो अनि अहिले तपाईं उसको बलि चढाउन भनिरहनु भएको छ—यो त तपाईंले मलाई थप पीडा दिएको भएन र? के तपाईंले मलाई कठिनाइमा पारिरहनुभएको छैन? त्यसोभए, पहिले तपाईंले मलाई यो छोरो दिनुको के अर्थ भयो?” तिनीहरूले जति नै प्रयास गरे पनि, यस माग पछाडिको तर्क बुझ्न सक्दैनन्; तिनीहरूले यो कुरा जसरी भने पनि, यो तिनीहरूलाई तर्कसङ्गत लाग्दैन र कुनै पनि व्यक्ति यो कुरा बुझ्न सक्षम हुँदैन। तर के परमेश्वरले अब्राहामलाई यसको पछाडिको कारण बताउनुभयो? के उहाँले उसलाई यसका कारणहरू र आफ्नो अभिप्राय बताउनुभयो? के उहाँले बताउनुभयो त? अहँ। परमेश्वरले यति मात्र भन्नुभयो, “भोलिको बलिदानमा, इसहाक चढा,” त्यति मात्रै भन्नुभयो। के परमेश्वरले कुनै स्पष्टीकरण दिनुभयो? (अहँ।) त्यसोभए यी वचनहरूको प्रकृति कस्तो थियो? परमेश्वरको पहिचानको हिसाबले हेर्दा, यी वचनहरू एउटा आदेश थिए जसलाई पूरा गर्नुपर्छ, पालना गर्नुपर्छ र जसमा समर्पित हुनुपर्छ। तर परमेश्वरले भन्नुभएका कुराहरू र यस मामलाको हिसाबले हेर्दा, के मानिसहरूलाई तिनीहरूले गर्नुपर्ने काम गर्न कठिन हुँदैन? मानिसहरू गरिनुपर्ने कामहरू तर्कसङ्गत अनि मानवीय भावनाहरू र विश्वव्यापी मानवीय संवेदनासँग मिल्दो हुनुपर्छ भन्ने सोच्छन्—तर के यीमध्ये कुनै कुरा परमेश्वरले भन्नुभएको कुरामा लागु भयो? (भएन।) त्यसोभए के परमेश्वरले स्पष्टीकरण दिनुपर्थ्यो, अनि आफ्ना विचारहरू र अर्थ व्यक्त गर्नुपर्थ्यो वा मानिसहरूले बुझ्न सकून् भनेर उहाँका वचनहरूबाट उहाँले भन्न खोज्नुभएको कुरा थोरै भए पनि प्रकाश पारिदिनुपर्थ्यो? के परमेश्वरले यस्तो केही गर्नुभयो? उहाँले गर्नुभएन, न त गर्ने योजना नै बनाउनुभयो। यी वचनहरूमा सृष्टिकर्ताले माग गर्नुभएका कुराहरू, उहाँले दिनुभएका आदेशहरू र उहाँले मानिसबाट अपेक्षा गर्नुभएका कुराहरू थिए। यिनै सरल वचनहरू, यी अनुचित वचनहरू—मानिसहरूका भावनाहरूलाई ख्याल नराखिएको यो आदेश र माग—लाई अरू मानिसहरूले, अर्थात् यो दृश्य हेर्ने जो कोहीले पनि केवल गाह्रो, कठिन र अनुचित ठान्ने थिए। तर अब्राहाम, जो वास्तवमा यसमा सामेल थिए, यो सुनेपछि उनको पहिलो अनुभूति हृदयविदारक पीडा थियो! उनले परमेश्वरद्वारा प्रदान गरिएको यस बालक ग्रहण गरेका थिए, त्यतिका वर्ष उसलाई हुर्काउनमा बिताएका थिए, र त्यतिका वर्ष पारिवारिक आनन्द पाएका थिए, तर परमेश्वरको एउटा वाक्य, एउटा आदेशसँगै, यो खुशी, यो जीवित प्राणी, गुम्ने र लगिनेवाला थियो। अब्राहामले सामना गर्नुपरेको कुरा यो पारिवारिक आनन्द गुमाउनु मात्र थिएन, बरु त्यस बालकलाई गुमाएपछिको अनन्त एक्लोपन र लालसाको पीडा थियो। एक वृद्ध मानिसको लागि, यो असह्य थियो। त्यस्ता वचनहरू सुनेपछि, कुनै पनि साधारण व्यक्ति आँसुको भेल बगाएर रुने थियो, होइन र? त्यति मात्र होइन, तिनीहरूले हृदयमा परमेश्वरलाई सराप्ने थिए, परमेश्वरको बारेमा गुनासो गर्ने थिए, परमेश्वरलाई गलत बुझ्ने थिए र परमेश्वरसँग तर्क गर्ने प्रयास गर्ने थिए; तिनीहरूले आफूले गर्न सक्ने सबै कुराहरू, आफ्ना सबै क्षमताहरू र आफ्नो सबै विद्रोहीपन, अशिष्टता र अनुचितता प्रदर्शन गर्नेथिए। तैपनि, आफूलाई पनि उत्तिकै पीडा भए तापनि अब्राहामले यसो गरेनन्। कुनै पनि सामान्य व्यक्तिले जस्तै, उनले तुरुन्तै त्यो पीडा महसुस गरे, तुरुन्तै आफ्नो हृदय छेडिएको अनुभव गरे र तुरुन्तै छोरा गुमाउनुको एक्लोपन महसुस गरे। परमेश्वरका यी वचनहरू मानवीय भावनाको ख्याल नगर्ने, मानिसहरूका लागि अकल्पनीय र मानिसहरूका धारणाहरूसँग अमिल्दो थिए, ती मानवीय भावनाहरूको दृष्टिकोणबाट बोलिएका थिएनन्; ती वचनहरूले मानवीय कठिनाइहरू वा मानवीय भावनात्मक आवश्यकताहरूलाई ध्यान दिँदैनथे र निश्चित रूपमा मानवीय पीडालाई ध्यान दिँदैनथे। परमेश्वरले कठोर तवरले अब्राहामलाई यी वचनहरू प्रहार गर्नुभयो—के परमेश्वरले यी वचनहरू उनको निम्ति कति पीडादायी छन् भनेर वास्ता गर्नुभयो? बाहिरी रूपमा, परमेश्वर असंवेदनशील र बेपरवाह देखिनुहुन्थ्यो; उनले सुनेको सबै कुरा परमेश्वरको आदेश र उहाँको माग थियो। जोकोहीलाई, यो माग मानव संस्कृतिसँग, परम्पराहरूसँग, संवेदनाहरूसँग, यहाँसम्म कि मानवीय नैतिकता र आचारसँग अमिल्दो लाग्ने थियो; यसले नैतिकता र आचारको सीमा नाघेको थियो र यो मानिसहरूको आचरण र मानिसहरूसँग व्यवहार गर्ने नियमहरूका साथै मानिसका भावनाहरूको विरुद्धमा गएको थियो। यस्तो विश्वास गर्नेहरू पनि छन्, “यी वचनहरू अनुचित र अनैतिक मात्र छैनन्—अझ बढी, तिनले कुनै मान्य कारणबिना समस्या मात्रै निम्त्याइरहेका छन्! यी वचनहरू कसरी परमेश्वरद्वारा बोलिएका हुनसक्थे? परमेश्वरका वचनहरू तर्कसङ्गत र न्यायोचित हुनुपर्छ र तिनले मानिसलाई पूर्णतया विश्वस्त पार्नुपर्छ; तिनले कुनै असल कारणबिना समस्या निम्त्याउनु हुँदैन, साथै ती अनाचारी, अनैतिक वा तर्कहीन हुनु हुँदैन। के यी वचनहरू साँच्चिकै सृष्टिकर्ताद्वारा बोलिएका थिए? के सृष्टिकर्ताले त्यस्ता कुराहरू भन्न सक्नुहुन्थ्यो? के सृष्टिकर्ताले आफूले सृष्टि गरेका मानिसहरूलाई यसरी व्यवहार गर्न सक्नुहुन्थ्यो? कुनै पनि हालतमा त्यस्तो हुन सक्दैन।” तैपनि, यी वचनहरू वास्तवमा परमेश्वरको मुखबाट नै निस्केका हुन्। परमेश्वरको मनोवृत्ति र उहाँका वचनहरूको भावको आधारमा हेर्दा, परमेश्वरले आफूले चाहेको कुरा निर्णय गर्नुभएको थियो र छलफलको लागि कुनै ठाउँ थिएन, साथै मानिसहरूलाई छनौट गर्ने अधिकार थिएन; उहाँले मानिसलाई छनौट गर्ने अधिकार दिइरहनुभएको थिएन। परमेश्वरका वचनहरू एउटा माग थिए, ती उहाँले मानिसलाई जारी गर्नुभएको आदेश थिए। अब्राहामको लागि, परमेश्वरका यी वचनहरू अडिग र निर्विवाद थिए; ती परमेश्वरले उनीसँग गरिरहनुभएको अडिग माग थिए जसमा छलफलका लागि ठाउँ नै थिएन। अनि अब्राहामले के निर्णय गरे? हामीले सङ्गति गर्न लागेको मुख्य बुँदा यही नै हो।
परमेश्वरका वचनहरू सुनेपछि, अब्राहामले दुःखित र ठूलो भारीले आफूलाई थिचिरहेको महसुस गर्दै आफ्नो तयारी सुरु गरे। उनले मनमनै चुपचाप प्रार्थना गरे: “हे मेरा परमप्रभु, हे मेरा परमेश्वर। तपाईंले गर्ने सबै कुरा प्रशंसा योग्य छ; यो छोरा तपाईंले दिनुभएको हो, र यदि तपाईंले उसलाई फिर्ता लिन चाहनुहुन्छ भने, मैले उसलाई फिर्ता गर्नुपर्छ।” अब्राहामलाई पीडा भएको हुन सक्छ, तर के यी वचनहरूबाट उनको मनोवृत्ति स्पष्ट थिएन? मानिसहरूले यहाँ के देख्न सक्छन्? तिनीहरूले सामान्य मानवताको कमजोरी, सामान्य मानवताका भावनात्मक चाहनाहरू, साथै अब्राहामको तर्कसङ्गत पक्ष र परमेश्वरप्रति उनको साँचो आस्था समर्पणका पक्षहरू देख्न सक्छन्। उनको तर्कसङ्गत पक्ष के थियो? अब्राहामलाई राम्ररी थाहा थियो कि इसहाक परमेश्वरले दिनुभएको हो, परमेश्वरसँग उसलाई आफ्नो इच्छाबमोजिम व्यवहार गर्ने शक्ति छ, मानिसहरूले यस विषयमा कुनै मूल्याङ्कन गर्नु हुँदैन, सृष्टिकर्ताले भन्नुभएका सबै कुराले सृष्टिकर्ताको प्रतिनिधित्व गर्दछ र चाहे त्यो तर्कसङ्गत देखियोस् कि नदेखियोस्, चाहे त्यो मानव ज्ञान, संस्कृति र नैतिकतासँग मेल खाओस् कि नखाओस्, परमेश्वरको पहिचान र उहाँका वचनहरूको प्रकृति परिवर्तन हुँदैनन्। उनलाई स्पष्ट रूपमा थाहा थियो कि यदि मानिसहरूले परमेश्वरका वचनहरू बुझ्न, बोध गर्न वा पत्ता लगाउन सक्दैनन् भने, त्यो तिनीहरूको काम हो, परमेश्वरले यी वचनहरू व्याख्या गर्नुपर्ने वा स्पष्ट पार्नुपर्ने कुनै कारण छैन, साथै मानिसहरूले परमेश्वरका वचनहरू र अभिप्रायहरू बुझेपछि समर्पण गर्ने मात्र होइन, बरु परिस्थितिहरू जस्तोसुकै भए पनि परमेश्वरका वचनहरूप्रति उस्तै मनोवृत्ति राख्नुपर्छ: सुन्ने, त्यसपछि स्वीकार गर्ने, अनि समर्पण गर्ने। परमेश्वरले अब्राहामलाई गराउनुभएका सबै कुराहरूप्रति अब्राहामको स्पष्ट रूपले खुट्ट्याउन सकिने मनोवृत्ति यही थियो, र यसमा सामान्य मानवताको चेतनाका साथै साँचो आस्था र साँचो समर्पण पनि समावेश छ। सर्वप्रथम, अब्राहामले के गर्नु आवश्यक थियो? परमेश्वरका वचनहरूका सही र गलत कुराहरूको विश्लेषण नगर्नु, ती ठट्टामा भनिएका हुन् कि भनेर नजाँच्नु वा उहाँको जाँच नगर्नु वा अन्य यस्तै कुराहरू। अब्राहामले त्यस्ता कुराहरूको जाँच गरेनन्। परमेश्वरका वचनहरूप्रति उनको तात्कालिक मनोवृत्ति कस्तो थियो? उनको मनोवृत्ति परमेश्वरका वचनहरू तर्कद्वारा व्याख्या गर्न सकिँदैन—चाहे तिनीहरू तर्कसङ्गत हुन् वा नहुन्, परमेश्वरका वचनहरू परमेश्वरका वचन नै हुन् र परमेश्वरका वचनहरूप्रति मानिसहरूको मनोवृत्तिमा छनौट र जाँचको कुनै ठाउँ हुनु हुँदैन भन्ने थियो; मानिसहरूमा हुनुपर्ने समझ र तिनीहरूले गर्नुपर्ने कुरा भनेको सुन्नु, स्वीकार गर्नु र समर्पण गर्नु हो। सृष्टिकर्ताको पहिचान र सार के हो र सृजित मानिसले कुन स्थान ओगट्नुपर्छ भनेर अब्राहामलाई हृदयमा राम्ररी थाहा थियो। ठ्याक्कै भन्नुपर्दा अब्राहामसँग यस्तो चेतना र यस प्रकारको मनोवृत्ति भएकै कारण उनले असाध्यै पीडा भोग्नुपरे पनि, उनले इसहाकलाई सङ्कोच वा कुनै हिचकिचाहट बिना परमेश्वरलाई अर्पण गरे, र परमेश्वरको चाहनाबमोजिम नै ऊ उहाँलाई फिर्ता गरे। उनलाई परमेश्वरले माग्नुभएको हुनाले उनले इसहाकलाई उहाँकहाँ फर्काउनुपर्छ र उहाँसँग तर्क गर्ने प्रयास गर्नु हुँदैन, वा आफ्नै इच्छा वा मागहरू राख्नु हुँदैन भन्ने महसुस भयो। सृजित प्राणीले सृष्टिकर्ताप्रति राख्नुपर्ने मनोवृत्ति ठ्याक्कै यही नै हो। यसो गर्नको लागि सबैभन्दा कठिन कुरा नै अब्राहामको सबैभन्दा बहुमूल्य कुरा थियो। परमेश्वरले बोल्नुभएका यी वचनहरू अनुचित र मानवीय भावनाहरूको ख्याल नराख्ने किसिमका थिए—मानिसहरूले तिनलाई बुझ्न वा स्विकार्न सक्दैनन् अनि जुनसुकै युग भए पनि वा यो जसलाई यस्तो भए पनि, यी वचनहरूले अर्थ राख्दैनन्, ती अप्राप्य छन्—तर परमेश्वरले अझै पनि यसो गर्न लगाउनुभयो। त्यसोभए के गर्नुपर्छ? धेरैजसो मानिसहरूले यी वचनहरू जाँच्थे अनि यसो गरेको धेरै दिन पछि, तिनीहरूले मनमनै सोच्थे: “परमेश्वरका वचनहरू अनुचित छन्—परमेश्वरले कसरी यसो गर्न सक्नुहुन्छ? के यो एक प्रकारको यातना होइन र? के परमेश्वरले मानिसलाई प्रेम गर्नुहुन्न? उहाँले कसरी मानिसहरूलाई यसरी सताउन सक्नुहुन्छ? म मानिसहरूलाई यसरी सताउने परमेश्वरमाथि विश्वास गर्दिनँ र मैले यी वचनहरूमा समर्पित नहुने निर्णय गर्न पाउँछु।” तर अब्राहामले त्यसो गरेनन्; उनले समर्पित हुने निर्णय गरे। सबैलाई परमेश्वरले बोल्नुभएको र माग गर्नुभएको कुरा गलत थियो, परमेश्वरले मानिसहरूबाट यस्ता मागहरू गर्नु हुँदैन भन्ने लागे पनि, अब्राहाम समर्पित हुन सक्षम भए—जुन उनको सबैभन्दा बहुमूल्य कुरा थियो र अरू मानिसहरूमा ठीक यही कुराको अभाव थियो। यो नै अब्राहामको साँचो समर्पण हो। यसबाहेक, परमेश्वरले उनीबाट अपेक्षा गर्नुभएको कुरा सुनेपछि, उनलाई पहिलो कुरा पक्का थियो कि परमेश्वरले यो ठट्टामा भन्नुभएको थिएन, र त्यो कुनै खेल थिएन। अनि परमेश्वरका वचनहरू यी कुराहरू नभएकाले, ती के थिए त? यो परमेश्वरले गर्नैपर्छ भनेर तय गर्नुभएको कुरालाई कुनै पनि मानिसले परिवर्तन गर्न सक्दैन, परमेश्वरका वचनहरूमा कुनै ठट्टा, जाँच, वा सतावट हुँदैनन्, परमेश्वर भरोसायोग्य हुनुहुन्छ भन्ने कुरा साँचो हो, अनि उहाँले भन्नुभएका सबै कुरा उचित लागे पनि नलागे पनि साँचो हुन् भन्ने अब्राहामको गहन विश्वास थियो। के यो अब्राहामको साँचो आस्था थिएन र? के उनले यसो भने, “परमेश्वरले मलाई इसहाकको बलि चढाउन भन्नुभयो। इसहाक पाएपछि, मैले परमेश्वरलाई राम्रोसँग धन्यवाद दिइनँ—के यो परमेश्वरले मबाट कृतज्ञता माग गरिरहनुभएको हो? त्यसोभए मैले राम्रोसँग आभार देखाउनैपर्छ। मैले म इसहाकलाई अर्पण गर्न इच्छुक छु, म परमेश्वरलाई धन्यवाद दिन इच्छुक छु, म परमेश्वरको अनुग्रहलाई जान्दछु र सम्झन्छु अनि मैले परमेश्वरलाई चिन्तित बनाउने छैनँ भनेर देखाउनैपर्छ। निस्सन्देह, परमेश्वरले मलाई जाँच्न र परीक्षण गर्न यी वचनहरू भन्नुभयो, त्यसैले मैले झारा टार्नुपर्छ। म सबै तयारी गर्नेछु, त्यसपछि म इसहाकसँगै एउटा भेडा ल्याउनेछु, अनि यदि बलिदानको समयमा परमेश्वरले केही भन्नुभएन भने, म भेडाको बलि चढाउनेछु। औपचारिकता पूरा गरे पुग्छ। यदि परमेश्वरले मलाई साँच्चै इसहाकको बलि चढाउन लगाउनुभयो भने, मैले उसलाई वेदीमा देखाउन लैजानुपर्छ; जब समय आउँछ, परमेश्वरले मलाई अझै पनि मेरो बच्चाको नभई भेडाको बलि चढाउन दिन सक्नुहुन्छ”? के अब्राहामले सोचेको कुरा यही थियो? (थिएन।) यदि उनले त्यस्तो सोचेका भए, उनको हृदयमा कुनै पीडा हुने थिएन। यदि उनले त्यस्ता कुराहरू सोचेका भए, उनीसँग कस्तो प्रकारको निष्ठा हुने थियो? के उनीसँग साँचो आस्था हुने थियो? के उनीसँग साँचो समर्पण हुने थियो? अहँ, हुने थिएन।
इसहाकलाई बलि चढाउने कुरा आउँदा अब्राहामले महसुस गरेको र उत्पन्न गरेको पीडालाई हेर्दा, यो स्पष्ट छ कि उनले परमेश्वरको वचनमा पूर्ण रूपमा विश्वास गरे, परमेश्वरले बोल्नुभएको हरेक वचनमा विश्वास गरे, उनले परमेश्वरले भन्नुभएको सबै कुरालाई ठ्याक्कै परमेश्वरले भन्न खोज्नुभएकै तरिकाले हृदयको गहिराइबाट बुझे, साथै र उनमा परमेश्वरप्रति कुनै शङ्का थिएन। के यही साँचो आस्था हो कि होइन? (हो।) अब्राहामले परमेश्वरमा साँचो आस्था राखे, र यसले अब्राहाम एक इमानदार व्यक्ति थिए भन्ने कुराको चित्रण गर्दछ। परमेश्वरका वचनहरूप्रति उनको एक मात्र मनोवृत्ति आज्ञाकारिता, स्वीकार र समर्पण थियो—उनले परमेश्वरले जे भन्नुभयो त्यो पालना गर्थे। यदि परमेश्वरले कुनै चिज कालो छ भन्नुभयो भने, अब्राहामले यसलाई कालो देख्न नसके पनि, उनले परमेश्वरले भन्नुभएको कुरालाई सत्य मान्थे र उनी त्यो कालो नै हो भनेर विश्वस्त हुन्थे। यदि परमेश्वरले कुनै चिज सेतो छ भन्नुभयो भने, उनी त्यो सेतो छ भन्ने कुरामा विश्वस्त हुन्थे। यो यति सरल छ। परमेश्वरले उनलाई एउटा बच्चा प्रदान गर्नेछु भन्नुभयो र अब्राहामले मनमनै सोचे, “म १०० वर्ष पुगिसकेँ, तर यदि परमेश्वरले नै मलाई एउटा बच्चा दिन गइरहेको छु भन्नुहुन्छ भने, म मेरो परमप्रभु, परमेश्वरप्रति कृतज्ञ हुन्छु!” उनीसँग अरू धेरै विचारहरू थिएनन्, उनी केवल परमेश्वरमा विश्वास गर्थे। यो विश्वासको सार के थियो? उनले परमेश्वरको सार र पहिचानमा विश्वास गरे र सृष्टिकर्ताबारे उनीसँग वास्तविक ज्ञान थियो। उनी ती मानिसहरू जस्तो थिएनन् जसले परमेश्वरलाई सर्वशक्तिमान् र मानवजातिको सृष्टिकर्ता भनेर विश्वास गर्छौँ त भन्छन्, तर हृदयमा यस्ता शङ्काहरू बोक्छन् “के मानिसहरू वास्तवमा बाँदरहरूबाट विकसित भएका हुन्? परमेश्वरले सबै कुराहरू सृष्टि गरेको हो भनिन्छ, तर मानिसहरूले यो कुरा आफ्नै आँखाले देखेका छैनन्।” परमेश्वरले जे भन्नुभए पनि, ती मानिसहरू जहिले पनि आधा विश्वास र आधा शङ्का गर्छन् अनि कुराहरू साँचो वा झूटो छन् भनेर निर्धारण गर्न आफूले देखेको कुरामा भर पर्छन्। तिनीहरू आफ्ना आँखाले देख्न नसकेका कुनै पनि कुरामा शङ्का गर्छन्, त्यसैले जब तिनीहरूले परमेश्वरले बोल्नुभएको सुन्छन्, तिनीहरूले उहाँका वचनहरूको पछाडि प्रश्न चिन्हहरू खडा गर्छन्। तिनीहरू परमेश्वरले अगाडि सार्नुभएका हरेक तथ्य, मामला र आदेशलाई सावधानी, लगन र सतर्कताका साथ जाँच र विश्लेषण गर्छन्। तिनीहरू सोच्छन् कि, परमेश्वरमा विश्वास गर्दा, तिनीहरूले यी वचनहरू वास्तवमा सत्यता हुन् कि होइनन् भनेर हेर्न परमेश्वरका वचनहरू र सत्यतालाई वैज्ञानिक अनुसन्धानको मनोवृत्तिले जाँच्नुपर्छ, अन्यथा तिनीहरू ठगी र छलमा पर्न सक्छन्। तर अब्राहाम यस्तो थिएनन्, उनी विशुद्ध हृदयले परमेश्वरको वचन सुन्थे। यद्यपि, यस अवसरमा, परमेश्वरले अब्राहामलाई आफ्नो एकमात्र छोरा इसहाक उहाँलाई बलि चढाउन आग्रह गर्नुभयो। यसले अब्राहामलाई पीडा दियो, तर उनले अझै पनि समर्पित हुने निर्णय गरे। अब्राहामले परमेश्वरका वचनहरू अपरिवर्तनीय छन् र परमेश्वरका वचनहरू वास्तविकतामा परिणत हुनेछन् भनी विश्वास गरे। सृजित मानवहरूले स्वाभाविक रूपमा परमेश्वरको वचनलाई स्वीकार र पालन गर्नुपर्छ, अनि परमेश्वरको वचनको सामुन्ने, सृजित मानवहरूलाई छनौट गर्ने कुनै अधिकार हुँदैन, तिनीहरूले परमेश्वरको वचनलाई विश्लेषण वा जाँच गर्ने कुरा त परै जाओस्। अब्राहामले परमेश्वरको वचनप्रति राखेको मनोवृत्ति यही थियो। अब्राहाम ठूलो पीडामा भएको, र आफ्नो छोराप्रतिको प्रेम र उसलाई त्याग्ने अनिच्छाले उनलाई अत्यधिक तनाव र पीडा दिएको भए पनि, उनले अझै पनि आफ्नो बच्चालाई परमेश्वरकहाँ फर्काउन नै रोजे। उनी किन इसहाकलाई परमेश्वरकहाँ फर्काउन गइरहेका थिए? परमेश्वरले अब्राहामलाई यसो गर्न नभन्नुभएको भए, उनले आफ्नो छोरालाई फर्काउन पहल गर्नुपर्ने कुनै आवश्यकता नै थिएन, तर परमेश्वरले माग्नुभएको हुनाले उनले आफ्नो छोरा परमेश्वरलाई फिर्ता दिनुपर्थ्यो, बहाना बनाउनुपर्ने कुनै कुरै थिएनन् र उनले परमेश्वरसँग तर्क गर्ने प्रयास गर्नु हुँदैनथ्यो—अब्राहामले बोकेको मनोवृत्ति यही नै थियो। उनी यस्तो शुद्ध हृदयले परमेश्वरमा समर्पित भए। परमेश्वरले चाहनुभएको हेर्ने इच्छा गर्नुभएको कुरा यही नै थियो। अब्राहामको व्यवहार र इसहाकलाई बलि चढाउने सन्दर्भमा उनले हासिल गरेको कुरा नै परमेश्वरले हेर्न चाहनुभएको थियो, अनि यो कुरा परमेश्वरले उनको जाँच र पुष्टि गर्नु थियो। तैपनि, परमेश्वरले अब्राहामलाई नोआलाई जस्तो व्यवहार गर्नुभएन। उहाँले अब्राहामलाई यस मामलाका कारणहरू, यसको प्रक्रिया, वा यसबारे सबै कुरा बताउनुभएन। अब्राहामलाई परमेश्वरले उनलाई इसहाक फिर्ता दिन अनुरोध गर्नुभएको कुरा मात्र थियो, कुरा त्यति नै थियो। उनलाई परमेश्वरले, यसो गर्ने क्रममा, उनको जाँच गरिरहनुभएको छ भन्ने थाहा थिएन, न त उनी यो जाँचमा परिसकेपछि, परमेश्वरले उनी र उनका सन्तानमा के कुरा पूरा गर्न चाहनुभएको थियो भन्नेबारे नै सचेत थिए। परमेश्वरले अब्राहामलाई यो कुनै पनि कुरा बताउनुभएन, उहाँले उनलाई एउटा सामान्य आदेश मात्र दिनुभयो, एउटा अनुरोध मात्र गर्नुभयो। अनि परमेश्वरका यी वचनहरू अत्यन्तै सरल थिए, र तिनले मानव भावनाहरूलाई ख्याल गर्दैनथे भने पनि, अब्राहामले परमेश्वरका इच्छा र आवश्यकता अनुसार काम गरेर परमेश्वरका अपेक्षाहरू पूरा गरे: उनले इसहाकलाई वेदीमा बलिको रूपमा चढाए। उनको हरेक कदमले उनले इसहाकको बलिदान दिनु औपचारिकता पूरा गर्नु मात्रै होइन, उनले झारा टार्ने तरिकाले गरिरहेका थिएनन्, बरु उनी इमानदार थिए र अन्तस्करणदेखि त्यो काम गरिरहेका थिए भन्ने देखाउँथ्यो। उनले इसहाकलाई त्याग्न सहन नसके पनि, त्यसले उनलाई पीडा दिए पनि, सृष्टिकर्ताको मागलाई सामना गर्नुपर्दा, अब्राहामले त्यस्तो विधि रोजे, जुन अरू कुनै पनि व्यक्तिले रोज्दैनथे: सृष्टिकर्ताले माग्नुभएको कुरामा पूर्ण समर्पण, सम्झौता, बहाना, र कुनै पनि सर्तहरू बिनाको समर्पण—परमेश्वरले जस्तो भन्नुभएको थियो उनले त्यस्तै कार्य गरे। अनि परमेश्वरले भन्नुभएको कुरा गर्न सक्ने बेलामा, अब्राहाममा के थियो? एकातिर, उनीभित्र परमेश्वरप्रति साँचो आस्था थियो; उनी सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ, उनको परमेश्वर, उनको प्रभु हुनुहुन्छ, यावत थोकमाथि सार्वभौम र मानवजातिको सृष्टि गर्ने एउटै परमेश्वर हुनुहुन्छ भन्ने कुरामा निश्चित थिए। यो साँचो आस्था थियो। अर्कोतिर, उनको हृदय शुद्ध थियो। उनी सृष्टिकर्ताले बोल्नुभएको हरेक वचनलाई विश्वास गर्थे, र उहाँले बोल्नुभएको हरेक वचनलाई सरल र सिधा रूपमा स्विकार्न सक्थे। त्यसै गरी अर्कोतिर, आंशिक रूपमा के पनि देखियो भने, सृष्टिकर्ताले उनलाई गर्न लगाउनुभएको कुरा जति नै कठिन भए पनि, उनलाई यसले जति नै पीडा दिए पनि, उनले समर्पणको मनोवृत्ति नै रोजे, परमेश्वरसँग तर्क गर्ने, वा प्रतिरोध गर्ने, वा इन्कार गर्ने प्रयास गरेनन्, बरु, परमेश्वरको मागबमोजिम, उहाँको हरेक वचन, र उहाँले जारी गर्नुभएको आदेशअनुसार कार्य र अभ्यास गर्दै पूर्ण समर्पण गरे। ठ्याक्कै परमेश्वरले गर्न लगाउनुभएको र हेर्न चाहनुभएको अनुसार नै, अब्राहामले इसहाकलाई वेदीमा बलिको रूपमा चढाए, तिनले उसलाई परमेश्वरमा अर्पित गरे—र तिनले गरेको सबै कुराले परमेश्वरले सही व्यक्तिलाई चुन्नुभएको छ भन्ने प्रमाणित गर्यो, र परमेश्वरको नजरमा, तिनी धर्मी थिए।
परमेश्वरले अब्राहामलाई इसहाकको बलिदान दिन आग्रह गर्नुहुँदा सृष्टिकर्ताको स्वभाव र सारको कुन पक्ष प्रकट भयो? परमेश्वरले आफूले स्विकारेका धर्मीहरूलाई उहाँको आफ्नै आवश्यक मापदण्डहरूअनुसार पूर्ण रूपमा व्यवहार गर्नुहुन्छ, जुन उहाँको स्वभाव र सारसँग पूर्ण रूपमा मेल खान्छ भन्ने पक्ष। यी मापदण्डहरूमा कुनै सम्झौता हुन सक्दैन; ती योभन्दा बढी वा कम पूरा हुन मिल्दैन। यी मापदण्डहरूलाई दुरुस्तै पूरा गर्नुपर्छ। अब्राहामले आफ्नो दैनिक जीवनमा गरेका धर्मी कार्यहरू देख्नु परमेश्वरका लागि पर्याप्त थिएन, परमेश्वरले उहाँप्रतिको अब्राहामको साँचो समर्पण अवलोकन गर्न अझै बाँकी थियो र परमेश्वरले जे गर्नुभयो यसैको कारणले गर्नुभयो। परमेश्वरले किन अब्राहाममा साँचो समर्पण देख्न चाहनुभयो? उहाँले अब्राहामलाई किन यो अन्तिम जाँचमा पार्नुभयो? किनभने, हामी सबैलाई थाहा छ, परमेश्वरले अब्राहाम सबै राष्ट्रहरूका पिता भएको चाहनुहुन्थ्यो। के “सबै राष्ट्रहरूका पिता” कुनै पनि साधारण व्यक्तिले थेग्न सक्ने उपाधि हो? होइन। परमेश्वरसँग उहाँका आवश्यक मापदण्डहरू छन् अनि उहाँले जसलाई चाहनुहुन्छ र सिद्ध बनाउनुहुन्छ, र उहाँले जसलाई धर्मी ठान्नुहुन्छ, ती सबैका लागि उहाँका मापदण्डहरू एउटै छन्: साँचो आस्था र पूर्ण समर्पण। परमेश्वरले अब्राहाममा यति महान् कार्य गर्न चाहनुभएकाले, के उहाँले उनीसँग यी दुई कुराहरू नदेखी हतारमा अगाडि बढेर त्यसो गर्नुहुन्थ्यो त? पक्कै गर्नुहुन्नथ्यो। त्यसैले, परमेश्वरले अब्राहामलाई एउटा छोरा दिनुभएपछि, अब्राहामले यस्तो जाँच सामना गर्नु अपरिहार्य थियो; परमेश्वरले गर्ने भनेर दृढनिश्चय गर्नुभएको पहिले नै गर्ने योजना बनाउनुभएको कुरा यही थियो। कामकुराहरू परमेश्वरको इच्छाअनुसार भइदिनुका साथै अब्राहामले परमेश्वरका अपेक्षाहरू पूरा गरेपछि मात्र, परमेश्वरले आफ्नो अर्को चरणको कार्य गर्ने योजना गर्न थाल्नुभयो: अब्राहामका सन्तानहरूलाई आकाशका तारा र समुद्री किनारको बालुवा जत्तिकै असङ्ख्य बनाएर उनलाई सबै राष्ट्रहरूका पिता बनाउने। उहाँले अब्राहामलाई इसहाकको बलिदान दिन आग्रह गर्नुको परिणाम अज्ञात हुँदा र यो अझै साकार हुन बाँकी हुँदा, परमेश्वरले हतारमा काम गर्नुहुनेथिएन; तर यो एकचोटि साकार भएपछि, अब्राहामसँग भएको कुराले परमेश्वरका मापदण्डहरू पूरा गरे, जसको अर्थ परमेश्वरले उनका लागि योजना गर्नुभएका सबै आशिष्हरू उनले प्राप्त गर्नु थियो। तसर्थ, इसहाकको बलिदानबाट यो देख्न सकिन्छ कि परमेश्वरले मानिसहरूमा गर्नुहुने जुनसुकै कार्यका लागि वा तिनीहरूले खेल्ने जुनसुकै भूमिकाका लागि वा उहाँको व्यवस्थापनको योजनामा स्वीकार गर्नुपर्ने जुनसुकै आज्ञाका लागि परमेश्वरले मानिसहरूका निम्ति अपेक्षा र आवश्यक मापदण्डहरू राख्नुहुन्छ। मानिसहरूमाथि परमेश्वरका अपेक्षाहरूका दुई प्रकारका परिणामहरू छन्: एउटा यदि तैँले उहाँले जे माग्नुहुन्छ त्यो गर्न सक्दैनस् भने, तँ हटाइनेछस्; अर्को यदि तैँले गर्न सक्छस् भने, परमेश्वरले तँमा उहाँले चाहनुभएको कुरा उहाँको योजनाबमोजिम पूरा गर्न जारी राख्नुहुनेछ। परमेश्वरले मानिसहरूबाट माग गर्नुहुने साँचो आस्था र पूर्ण समर्पण प्राप्त गर्न मानिसहरूका लागि वास्तवमा धेरै गाह्रो छैनन्। तर चाहे ती सजिला हुन् वा कठिन हुन्, यी दुई कुराहरू, परमेश्वरका निम्ति, मानिसहरूमा पाइनुपर्छ। यदि तैँले यो मापदण्ड पूरा गर्न सक्छस् भने, परमेश्वरले तँलाई योग्य पाउनुहुनेछ र परमेश्वरले थप केही पनि माग्नुहुने छैन; यदि गर्न सक्दैनस् भने, त्यो फरक कुरा हो। परमेश्वरले अब्राहामलाई आफ्नो छोरालाई बलि चढाउन आग्रह गर्नुभएको तथ्यले के देखाउँछ भने अब्राहामसँग अहिलेसम्म परमेश्वरको डर मान्ने हृदय र उहाँप्रति साँचो आस्था हुनु परमेश्वरलाई पर्याप्त लागेन, केही हदसम्म पर्याप्त छ भन्ने लागेन। त्यो पक्कै पनि परमेश्वरको मागको तरिका थिएन; उहाँले आफ्नो तरिकाले अनि मानिसहरूले हासिल गर्न सक्नेअनुसार माग गर्नुहुन्छ र यसमा सम्झौता गर्न सकिन्न। के यो नै परमेश्वरको पवित्रता होइन? (हो।) परमेश्वरको पवित्रता यस्तो हुन्छ।
अब्राहाम जस्तो असल व्यक्ति, जो शुद्ध थियो, जसमा साँचो आस्था र चेतना थियो, उसले पनि परमेश्वरको जाँचलाई स्वीकार गर्नुपर्यो—त्यसैले मानवजातिको नजरमा, के यो जाँचले केही हदसम्म मानवीय भावनाहरूलाई ख्याल नराखेको थिएन र? तर मानवीय भावनाहरूलाई ख्याल नराख्नु नै परमेश्वरको स्वभाव र सारको मूर्त रूप हो र अब्राहामले यस प्रकारको जाँच भोगे। यस जाँचमा, अब्राहामले परमेश्वरप्रति आफ्नो अटल आस्था र सृष्टिकर्ताप्रति अटल समर्पण देखाए। अब्राहाम जाँचमा उत्तीर्ण भए। साधारणतया, अब्राहामले कहिल्यै पनि कुनै उतारचढावहरूको अनुभव गरेका थिएनन्, तर परमेश्वरले उनलाई यसरी जाँच गर्नुभएपछि, उनको सामान्य आस्था र समर्पण वास्तविक साबित भए; यो बाह्य कुरा थिएन, यो कुनै नारा थिएन। परमेश्वरले यस्ता वचनहरू बोल्नुका साथै अब्राहामप्रति यस्तो माग राखेपछि यस्तो परिस्थितिमा उनले अझै पनि अडिग समर्पण कायम राख्न सक्नुले निश्चित रूपमा एउटा कुरा दर्शाउँथ्यो: अब्राहमको हृदयमा, परमेश्वर परमेश्वर नै हुनुहुन्थ्यो र सधैँ परमेश्वर नै रहनुहुने थियो; कुनै पनि परिवर्तनशील कारकहरूका बाबजुद परमेश्वरको पहिचान र सार अपरिवर्तनीय थियो। उनको हृदयमा मानवहरू सधैँभरि मानव नै हुनेथिए र तिनीहरूलाई सृष्टिकर्तासित प्रतिस्पर्धा गर्ने, तर्क गर्ने वा प्रतिस्पर्धा गर्ने अधिकार थिएन, न त तिनीहरूसँग सृष्टिकर्ताले बोलेका वचनहरूको विश्लेषण गर्ने अधिकार नै थियो। अब्राहामले सृष्टिकर्ताका वचनहरू वा सृष्टिकर्ताले माग गर्नुभएका कुनै पनि कुराको सन्दर्भमा मानिसहरूसँग छनौट गर्ने अधिकार छैन; तिनीहरूले गर्नुपर्ने एउटै मात्र कुरा भनेको समर्पित हुनु भन्ने विश्वास गर्थे। अब्राहामको मनोवृत्ति धेरै स्पष्ट थियो—उनीसँग परमेश्वरप्रति साँचो आस्था थियो र यस साँचो आस्थाबाट साँचो समर्पण आउँथ्यो, त्यसैले परमेश्वरले उनलाई जे गर्नुभयो वा उनीबाट जे कुराको माग गर्नुभयो वा परमेश्वरले जे कार्य गर्नुभयो, चाहे त्यो अब्राहामले देखेको, सुनेको वा व्यक्तिगत रूपमा अनुभव गरेको कुरा होस्, यी कुनै पनि कुराले परमेश्वरमाथि उनको साँचो आस्थालाई असर गर्न सक्ने थिएन, यसले परमेश्वरप्रति उनको समर्पणकारी मनोवृत्तिलाई असर गर्न सक्ने त झन् कुरै थिएन। जब सृष्टिकर्ताले मानवीय भावनाहरूलाई ख्याल नगरी मानिसबाट अनुचित माग गर्ने केही कुरा भन्नुभयो, जतिसुकै मानिसहरू यी वचनहरूबाट चिढिए पनि, र तिनीहरूले तिनको प्रतिरोध, विश्लेषण र जाँच गरे पनि, वा तिनलाई तिरस्कार समेत गरे पनि, अब्राहामको मनोवृत्ति बाहिरी संसारको वातावरणबाट प्रभावित भएन। परमेश्वरप्रति उनको आस्था र समर्पण परिवर्तन भएन, अनि ती उनको मुखबाट बोलिएका शब्दहरू वा औपचारिकताहरू मात्र थिएनन्; बरु, उनले आफूले विश्वास गरेको परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ, आफूले विश्वास गरेको परमेश्वर स्वर्गका परमेश्वर हुनुहुन्छ भनी प्रमाणित गर्न तथ्यहरूको प्रयोग गरे। अब्राहाममा प्रकट भएका सबै कुराहरूबाट हामी के देख्छौँ? के हामी परमेश्वरको बारेमा उनको शङ्का देख्छौँ? के उनीसँग शङ्काहरू थिए? के उनले परमेश्वरका वचनहरूको जाँच गरे? के उनले तिनको विश्लेषण गरे? (गरेनन्।) कतिपय मानिसहरू भन्छन्, “यदि उनले परमेश्वरका वचनहरूको जाँच वा विश्लेषण गरेनन् भने, उनी केका लागि दुःखी भइरहेका थिए?” के तैँले उनलाई दुःखी हुन दिँदैनस्? उनी धेरै दुःखी भए पनि समर्पित हुन अझै सक्षम थिए—के तँ दुःखी नहुँदापनि समर्पित हुन सक्छस्? तँभित्र कति समर्पण छ? त्यस्तो दुःख र पीडाले अब्राहामको समर्पणमा कुनै प्रभाव नपार्नुले त्यो समर्पण साँचो थियो, त्यो झूट थिएन भन्ने प्रमाणित गर्छ। यो शैतानको सामु, सबै कुराहरू सामु, सबै सृष्टिको सामु सृजित मानवजातिको गवाही थियो, अनि यो गवाही अति शक्तिशाली, अति बहुमूल्य थियो!
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।