परिशिष्ट दुई: नोआ र अब्राहामले कसरी परमेश्‍वरका वचनहरू पालना गरे र उहाँप्रति समर्पित भए (भाग एक) खण्ड चार

के मैले भर्खरै कुरा गरेका, कुखुरा र अण्डासँग सम्बन्धित मानिसहरूले आज्ञापालन र समर्पण गरे? (गरेनन्।) तिनीहरूले परमेश्‍वरका वचनहरूलाई कसरी लिए? तिनीहरूले एउटा कानले सुनेर अर्को कानले उडाए, र तिनीहरूका मनमा एउटा निश्चित विचार थियो: “तिमीलाई जे भन्नु छ भन, र मैले जे गर्नुपर्छ म गर्नेछु। मलाई तिम्रा मागहरूबारे चासो छैन! मैले तिमीलाई खानका लागि अण्डा आपूर्ति गरे पुग्छ—तिमीले जस्तो अण्डा खाए पनि कसैलाई मतलब हुँदैन। के तिमी जैविक अण्डा खान चाहन्छौ? सम्भव नै छैन। सपना देखि बस! तिमीले मलाई कुखुरा पाल्न भन्यौ, र म तिनलाई यसरी नै पाल्छु, तर तिमी त्यसमाथि आफ्नै मागहरू थप्दैछौ—के तिमीलाई यसबारे बोल्ने अधिकार छ?” के यी आज्ञापालन गर्ने र समर्पित हुने मानिसहरू हुन्? (होइनन्।) तिनीहरू के गर्न खोजिरहेका छन्? तिनीहरू विद्रोह गर्न खोजिरहेका छन्! परमेश्‍वरको घर भनेको त्यो ठाउँ हो जहाँ परमेश्‍वरले बोल्नुहुन्छ र काम गर्नुहुन्छ, र त्यो ठाउँ हो जहाँ सत्यताले शासन गर्छ—यदि, परमेश्‍वरले तिनीहरूको मुखैमा केही भन्‍नुहुँदा, यी मानिसहरूले पालन गरेनन्, र तिनीहरू समर्पित भएनन् भने, के तिनीहरूले परमेश्‍वरको पिठ्यूँ पछाडि उहाँको वचन अभ्यास गर्न सक्छन्? त्यो त झनै सम्भव छैन! सम्भावना छैन भन्ने देखि सम्भावना झनै कम छ भन्ने सम्म: यी दुई कुरालाई विचार गर्दा, के परमेश्‍वर तिनीहरूको परमेश्‍वर हुनुहुन्छ त? (हुनुहुन्न।) त्यसोभए तिनीहरूको परमेश्‍वर को हो त? (तिनीहरू आफै हुन्।) ठिक भनिस्—तिनीहरूले आफैलाई परमेश्‍वरका रूपमा व्यवहार गर्छन्, तिनीहरू आफैमा विश्वास गर्छन्। त्यस्तो अवस्थामा, तिनीहरू अझै किन यतै केही नगरी अल्मलिरहेका छन्? जब तिनीहरू आफै आफ्नो परमेश्‍वर हुन् भने, तिनीहरू परमेश्‍वरमाथिको विश्वासको झण्डा फहराएर के गरिरहेका छन्? के यो अरू मानिसलाई झुक्क्याउनु होइन? के तिनीहरू आफैलाई झुक्क्याइरहेका छैनन् र? यदि त्यस्ता मानिसहरूमा परमेश्‍वरप्रति यस्तो मनोवृत्ति हुन्छ भने, के तिनीहरूले पालन गर्न सक्छन् त? (बिलकुलै सक्दैनन्।) यति सानो कुरामा समेत, तिनीहरू परमेश्‍वरको वचन पालन गर्न वा परमेश्‍वरमा समर्पित हुन सक्दैनन्, परमेश्‍वरका वचनहरूले तिनीहरूमा कुनै प्रभाव पार्दैनन्, र तिनीहरू तिनलाई ग्रहण गर्दैनन् र तिनमा समर्पित हुन सक्दैनन्। के त्यस्ता मानिसहरूलाई मुक्ति दिन सकिन्छ? (सकिँदैन।) त्यसोभए तिनीहरू मुक्तिबाट कति टाढा छन्? अत्यन्तै टाढा छन्, नजिक त छँदै छैनन्! भित्री रूपमा, के परमेश्‍वर उहाँका वचन पालन नगर्ने र आफूलाई उहाँको विरुद्धमा खडा गर्नेहरूलाई मुक्ति दिन इच्छुक हुनुहुन्छ? पक्कै हुनुहुन्न। मानिसहरूले आफ्नै सोचका आधारमा यो मापन गर्दा, तिनीहरू समेत यसो गर्न इच्छुक हुने थिएनन्। यदि यस प्रकारका दियाबलस र शैतानहरू, हर हिसाबमा तेरो विरोध गर्न, तँविरुद्ध खडा भए भने, के तैँले तिनीहरूलाई मुक्ति दिने थिइस्? असम्भव। त्यस्ता मानिसहरूलाई कसैले मुक्ति दिन चाहँदैन। त्यस्ता मानिसहरूलाई कसैले पनि साथी बनाउन चाहँदैन। कुखुरा पालनजस्तो यति सानो कुरामा, मानिसहरूको प्रकृतिको खुलासा भयो; यति सानो कुरामा, मानिसहरू मैले भनेको कुरा पालन गर्न असक्षम भए। के यो गम्भीर समस्या होइन र?

अब, भेडासँग सम्बन्धित एउटा मामिलाबारे कुरा गरौँ। पक्कै पनि, यो मानिसहरूसँग नै सम्बन्धित छ। वसन्त ऋतु आइसकेको थियो। मौसम न्यानो थियो र फूलहरू फुलेका थिए। हरियाली बढ्दै थियो, घाँस हरियो थियो। सबथोक जीवन्तताले धपक्क बल्न सुरु भइरहेको थियो। भेडाहरूले जाडो यामभरि पराल खाइरहेका थिए, र उप्रान्त खान चाहँदैनथे, त्यसैले तिनीहरू घाँस हरियो भएपछि ताजा घाँस खान उत्साहित थिए। यो भेडीहरूले थुमाहरू जन्माउने बेला पनि थियो, जसको मतलब तिनीहरूले हरियो घाँस खानु अझ बढी आवश्यक थियो। घाँसको गुणस्तर जति उच्च भयो, र घाँस जति धेरै भयो, तिनीहरूले त्यति नै धेरै दूध उत्पादन गर्नेथिए, र थुमाहरू त्यति नै चाँडो हुर्कनेथिए; मानिसहरू पनि यो देखेर खुसी हुने थिए, यो एउटा आशापूर्वक प्रतीक्षा गर्ने कुरा थियो: शरद ऋतुको आगमनसँगै खानका लागि एउटा राम्रो मोटो थुमा हुने थियो। अनि मानिसहरूसँग आशापूर्वक प्रतीक्षा गर्नुपर्ने केही कुरा छ भने, के तिनीहरूले थुमाहरूलाई अझ राम्रो घाँस खुवाउने, तिनलाई बलियो र मोटो हुने गरी खुवाउने उपायहरू सोच्नुपर्थ्यो? के तिनीहरूले यस्तो सोच्नुपर्थेन, “अहिले चरनमा घाँस राम्रो छैन। थुमाहरूले यो खाए भने ती सुस्तरी बढ्नेछन्। राम्रो घाँस कहाँ छ?” के तिनीहरूले यसमा अलिकति मिहिनेत लगाएको भए हुँदैनथ्यो? तर भेडाको हेरचाह गर्ने व्यक्तिले के सोचिरहेको थियो भनेर कसलाई थाहा छ र। एक दिन म भेडाहरू हेर्न गएँ। मैले थुमाहरू राम्रो अवस्थामा बसिरहेको देखेँ, र तिनीहरू मानिसहरू देख्दा उफ्रन्थे, आफ्ना अगाडिका खुट्टा मानिसहरूको गोडामा राखेर माथि उठ्थे, र तिनीहरूसँग कुरा गर्न चाहन्थे। कतिपय थुमाहरूका सिङहरू उम्रेका थिए, त्यसैले मैले तिनीहरूका स-साना सिङहरू समातेर तिनीहरूसँग खेलेँ। ती थुमाहरू राम्रो अवस्थामा थिए, तर निकै दुब्ला र सुकेका थिए। मैले सोचेँ, भेडाहरू निकै नरम छन् र तिनीहरूको ऊन बाक्लो छैन, तैपनि तिनीहरू न्याना छन्, अनि मलाई तिनीहरू अलिकति मोटाए भने कति राम्रो हुन्थ्यो होला भन्ने लाग्यो। यो कुरा मनमनै सोच्दै मैले भेडा पाल्ने व्यक्तिलाई सोधेँ, “के यो घाँस कम गुणस्तरको छ? के चरनमा भेडाहरूलाई खानका लागि पर्याप्त घाँस छैन? के जमिन जोतेर अलिकति नयाँ घाँस रोपिनुपर्छ, ताकि तिनीहरूले पर्याप्त खान पाऊन्?” उसले भन्यो, “खानका लागि पर्याप्त मात्रामा हरियो घाँस छैन। अहिले पनि भेडाहरूले पराल खाइरहेका छन्।” यो सुनेर मैले भनेँ, “तँलाई यो कुन ऋतु हो भनेर थाहा छैन? किन अझै तिनीहरूलाई पराल खान लगाइरहेको छस्? भेडीहरूले थुमा जन्माएका छन्, तिनीहरूले राम्रो हरियो घाँस खानुपर्छ। तँ किन अझै पनि तिनीहरूलाई पराल खान लगाइरहेको छस्? के तिमीहरूले यसको कुनै समाधानबारे सोचेका छौ?” उसले धेरै बहानाहरू बनायो। जब मैले उसलाई जमिन जोत्न भनेँ, उसले सक्दिनँ भन्यो—यदि जोत्यो भने, भेडाहरूले तत्काल खानेकुरा पाउने थिएनन्। यो सब सुनेपछि तिमीहरूलाई के लाग्यो? के तिमीहरूलाई कुनै बोझ महसुस हुन्छ? (मैले राम्रो घाँसे-मैदान खोज्ने उपायहरू सोच्ने थिएँ, वा अन्त कतैबाट घाँस काटेर ल्याउने थिएँ।) त्यो समाधान गर्ने एउटा तरिका हो। तैँले समाधानका बारेमा सोच्नुपर्छ। आफ्नो पेट मात्रै भरेर अरू सबथोक नबिर्सी—भेडाहरूले पनि पेटभरि खानुपर्छ। पछि, मैले अरू केही मानिसहरूलाई भनेँ, “के यो जमिन जोत्न सकिन्छ? शरद ऋतुमा रोपे पनि, भेडाहरूले अर्को वर्ष हरियो घाँस खान पाउनेछन्। अझ भन्नुपर्दा, अन्य ठाउँहरूमा दुइटा चरन छन्, के भेडाहरूलाई ताजा घाँस खुवाउन हरेक दिन त्यता चराउन सकिन्छ? यदि दुइटा ठाउँमा पालैपालो चराइयो भने, के भेडाहरूले ताजा घाँस खान पाउने थिएनन् र?” के मैले भनेको कुरा गर्न सजिलो थियो? (थियो।) कतिपय मानिसहरूले भने, “त्यो गर्नलाई भनेजति सजिलो छैन। तपाईँ सधैँ कामकुरा गर्न सजिला छन् भनेर भन्नुहुन्छ—त्यो कसरी त्यति सजिलो छ? भेडाहरू धेरै छन्, र तिनीहरू दौडिरहँदा, तिनीहरूलाई गोठालो गर्न पटक्कै सजिलो हुँदैन।” तिनीहरूलाई भेडा चराउनै धौधौ थियो, तिनीहरूसँग कति धेरै बहाना र कठिनाइहरू थिए, तर अन्तिममा तिनीहरू सहमत भए। धेरै दिनपछि म फेरि हेर्न गएँ। घाँस यत्ति बढेको थियो कि झन्डै-झन्डै कम्मरसम्म पुग्थ्यो। मलाई अचम्म लाग्यो कि भेडाहरूले खाइरहँदा पनि त्यो कसरी यति धेरै बढ्न सक्यो होला। केही प्रश्नहरू सोधेपछि, मैले थाहा पाएँ: भेडाहरूलाई यहाँ चराउन ल्याइएकै थिएन। ती मानिसहरूसँग बहाना पनि थियो: “त्यो मैदानमा कुनै गोठ छैन, भेडाहरूलाई निकै गर्मी भइरहेको थियो।” मैले भनेँ, “त्यसोभए तिनीहरूलाई एउटा गोठ किन नबनाइदिएको त? भेडाहरू थोरै मात्र छन्। तिमीहरू यहाँ के गर्नका लागि छौ त? के तिमीहरूले यी सरल मामिलाहरू सम्हाल्नुपर्ने होइन?” तिनीहरूले जवाफ दिए, “हामीले त्यो बनाउने कोही भेट्टाउनै सकेका छैनौँ।” मैले भनेँ, “अरू काम गर्नका लागि मान्छे छन् त, यो गर्नका लागि किन कोही छैन? के तैँले कसैलाई खोजेको छस्? तेरो ध्यान भेडाहरूलाई हुर्काउनमा होइन, तिनीहरूलाई खानमा मात्रै छ। तँ कसरी यति स्वार्थी हुन सक्छस्? तँ थुमा खान चाहन्छस् तर तिनीहरूलाई हरियो घाँस खान दिँदैनस्—तँ कसरी यति अनैतिक हुन सक्छस्!” एकपटक तिनीहरूलाई बाध्य पारिएपछि, गोठ बनाइयो र भेडाहरूले हरियो घाँस खान पाए। के तिनीहरूलाई अलिकति ताजा घाँस खान सजिलो थियो? त्यति सरल कार्य गर्न पनि यी मानिसहरूलाई त्यति गाह्रो भयो। हरेक पाइलामा तिनीहरूले बहानाहरू निकाल्थे। जब तिनीहरूसँग कुनै बहाना हुन्थ्यो, र कुनै पनि कठिनाइहरू आइपर्थे, तब तिनीहरूले हार मान्थे र त्यो कुरा सल्टाउन मलाई नै पर्खन्थे। मैले सधैँ के भइरहेको छ भनेर जानकारी राखिरहनुपर्थ्यो, सधैँ यसमा नजर राख्नुपर्थ्यो, मैले सधैँ तिनीहरूलाई दबाब दिनुपर्थ्यो—मैले तिनीहरूलाई दबाब नदिनै मिल्दैनथ्यो। भेडा चराउने जस्तो मामुली कुरामा मैले किन चिन्ता लिनुपर्छ? म तिमीहरूका लागि सबै कुरा तयार गर्छु, त्यसोभए तिमीहरूलाई मेरा केही वचनहरू पालन गराउन किन यति धेरै मिहिनेत लाग्छ? के मैले तँलाई धारिलो पहाड चढ्न वा आगोको समुद्रमा पौडी खेल्न भनिरहेको छु र? कि यो लागु गर्न निकै नै गाह्रो छ? के यो तेरै जिम्मेवारी होइन र? यो हासिल गर्ने शक्ति सबै तँभित्र नै छ, यो तेरो क्षमताहरूको दायराभित्र नै पर्छ। यो धेरै ठूलो माग होइन। तैँले यो कुरा कसरी सम्पन्न गर्न सकिरहेको छैनस्? समस्या कहाँ छ? के मैले तँलाई जहाज निर्माण गर्न भनेँ र? (होइन।) त्यसोभए तँलाई गर्न भनिएको कुरा र जहाज निर्माण गर्नुमा कति ठूलो भिन्नता छ? ठूलो भिन्नता छ। तँलाई गर्न भनिएको कार्य गर्न एक दुई दिन मात्र लाग्नेथियो। यसमा केवल केही शब्दहरू बोल्नुपर्ने हुन्थ्यो। यो हासिल गर्न सकिने थियो। जहाज निर्माण गर्नु एउटा ठूलो कार्य थियो, १०० वर्ष लाग्ने कार्य थियो। म निर्धक्क भएर भन्न सक्छु कि यदि तिमीहरू नोआकै युगमा जन्मेका भए, तिमीहरूमध्ये एक जनाले पनि परमेश्‍वरका वचनहरू पालन गर्न सक्ने थिएनौ। जब नोआले परमेश्‍वरका वचनहरू पालन गरे, जब उनले परमेश्‍वरको आदेश अनुसार, अलि-अलि गरी, जहाज निर्माण गरे, एक छेउमा उभिएर, नोआलाई रोक्ने, उनको गिल्ला गर्ने, उनलाई जिस्क्याउने र उनीमाथि हाँस्ने मानिसहरू तिमीहरू नै हुने थियौ। तिमीहरू बिलकुलै त्यस्तै व्यक्ति हौ। तिमीहरूमा पालन र समर्पण गर्ने मनोवृत्ति पटक्कै छैन। बरु उल्टै, तिमीहरू परमेश्‍वरले तिमीहरूलाई विशेष अनुग्रह देखाउनुहोस्, र विशेष रूपमा आशिष् र अन्तर्दृष्टि दिनुहोस् भन्ने माग गर्छौ। तिमीहरू कसरी यति निर्लज्ज हुन सक्छौ? तिमीहरू के भन्छौ, मैले भर्खरै भनेका कुराहरू मध्ये कुनचाहिँ मेरो जिम्मेवारी हो? मैले कुनचाहिँ गर्नुपर्छ? (कुनै पनि गर्नुपर्दैन।) यी सबै कुराहरू मानव मामिला हुन्। ती मेरो सरोकारका विषय होइनन्। मैले तिमीहरूलाई हस्तक्षेप नगर्नुपर्ने हो। त्यसोभए म किन संलग्न हुनुपऱ्यो? म यो मेरो दायित्व भएकाले नभई तिमीहरूकै भलाइका लागि गर्छु। तिमीहरू कसैलाई पनि यसबारे चिन्ता छैन, तिमीहरू कसैले पनि यो जिम्मेवारी लिएका छैनौ, तिमीहरू कसैले पनि यी असल अभिप्रायहरू राख्दैनौ—त्यसैले मैले यस सन्दर्भमा थप चिन्ता लिनु परेको छ। तिमीहरूले पालन र सहकार्य मात्र गरे हुन्छ, यो निकै सरल छ—तर तिमीहरूले त्यो समेत गर्न सक्दैनौ। तिमीहरू मान्छे त हौ?

त्यस्तै अर्को झन् गम्भीर घटना पनि घटेको थियो। एउटा स्थानमा भवन निर्माण भइरहेको थियो। भवन निकै अग्लो थियो र त्यसले ठूलै क्षेत्रफल ओगटेको थियो। त्यसभित्र तुलनात्मक रूपमा ठूलो सङ्ख्यामा सर-सामानहरू राखिएका थिए, र तिनलाई सार्न सहज गराउन, कम्तीमा पनि दुई-पाटे ढोका चाहिने थियो, र ती कम्तीमा आठ फिट अग्लो हुनुपर्ने थियो। सामान्य मानिसहरूले भए यी सबै कुरा विचार गरेका हुने थिए। तर कसैले एउटै, छ फिटे ढोका हाल्न अड्डी कस्यो। उसले अरू सबैको सुझावलाई बेवास्ता गऱ्यो, चाहे ती जोसुकैबाट आएको होस्। के यो व्यक्ति मूढ थियो? ऊ पूर्ण रूपमा फटाहा थियो। पछि, जब कसैले मलाई यसबारे बतायो, मैले त्यस व्यक्तिलाई भनेँ, “तैँले दुईवटा ढोकाहरू हाल्नैपर्छ, र ती अझै अग्लो हुनैपर्छ।” ऊ अनिच्छापूर्वक सहमत भयो। ऊ देखावटी रूपमा त सहमत भयो, तर उसले एकान्तमा के भन्यो? “तिनलाई यति अग्लो बनाएर के अर्थ? ती होचो हुँदैमा के बिग्रिन्छ र?” म पछि फेरि हेर्न गएँ। थप एउटा मात्रै ढोका राखिएको थियो, तर उचाइ उही थियो। अनि उचाइ किन उही थियो? के त्योभन्दा अग्लो ढोका बनाउन असम्भव थियो र? कि ढोकाले छत छुनेथ्यो? खास कुरा के थियो? खास कुरा के थियो भने, ऊ पालन गर्नै चाहँदैनथ्यो। उसले वास्तवमा यस्तो सोचिरहेको थियो, “के यो तिमीमा निर्भर छ र? यहाँको मालिक त म हुँ, मेरै हैकम चल्छ। अरू मानिसहरूले मैले भनेजस्तै गर्छन्, त्यसको उल्टो होइन। तिमीलाई के थाहा छ? के तिमी निर्माण कार्य बुझ्छौ?” के निर्माण कार्य नबुझ्नुको अर्थ मैले अनुपातहरू कस्ता देखिन्छन् भनेर हेर्न मिल्दैन भन्ने हो र? यति अग्लो भवनमा यति होचो ढोका राखियो भने त, ६’२” अग्लो मानिस त्यसमा छिर्दा, ऊ झुकेन भने उसको टाउको ढोकाको फ्रेममा ठोक्किने थियो। यो कस्तो खालको ढोका थियो? मैले निर्माण कार्य बुझ्नु आवश्यक नै थिएन—ल भन् त, के यसबारे मेरो सोच जायज थियो? के त्यो व्यावहारिक थियो? तर त्यस्तो व्यावहारिकता त्यो व्यक्तिले बुझ्दैनथ्यो। उसले केवल प्रावधानहरू पछ्याउन जान्दथ्यो, र यसो भन्थ्यो: “म जहाँबाट आएको हुँ, त्यहाँ ढोकाहरू सबै यस्तै हुन्छन्। मैले यसलाई तिमीले भने जस्तो अग्लो किन बनाउनुपर्थ्यो? तिमीले मलाई यो गर्न भन्यौ, र मैले यो यसरी नै बनाएँ। यदि तिमीलाई मेरो कुनै उपयोग छैन भने, बिर्सिदिनू! मेरो कामकुरा गर्ने शैली यही हो, र म तिम्रो पालन गर्नेछैनँ!” यो कस्तो प्रकारको लन्ठू थियो? के तिमीहरूलाई परमेश्‍वरको घरले अझै पनि उसलाई प्रयोग गर्न सक्छ भन्ने लाग्छ? (लाग्दैन।) त्यसोभए उसलाई प्रयोग गर्न नसकिने नै भए के गरिनुपर्छ? त्यस्ता मानिसहरूले परमेश्‍वरको घरमा झारा टार्ने प्रयास गर्छन्, तिनीहरू तुरुन्तै निकालिँदैनन्, ब्रदर-सिस्टरहरूले तिनीहरूलाई सहन सक्छन्, र म पनि तिनीहरूलाई सहन सक्छु, तर जब तिनीहरूको मानवताको कुरा आउँछ—तिनीहरूले सत्यता बुझ्छन् कि बुझ्दैनन् भन्ने कुरा बिर्सिदिऊँ—परमेश्‍वरको घरजस्तो वातावरणमा काम गर्ने र बस्ने व्यक्तिहरू टिकिरहने सम्भावना हुन्छ त? (हुँदैन।) के हामीले तिनीहरूलाई निकाल्नु पर्छ? (पर्दैन।) के तिनीहरू लामो समय मण्डलीमा बस्ने सम्भावना छ? (छैन।) किन छैन? तिनीहरूले आफूलाई भनिएको कुरा बुझ्न सक्छन् कि सक्दैनन् भन्ने कुरालाई छोडौँ। तिनीहरूको स्वभाव यस्तो हुन्छ कि, तिनीहरूले झारा टार्ने प्रयास गरेपछि, घमन्ड गर्न थाल्छन्, र हुकुम चलाउन खोज्छन्। के यस्तो व्यवहारले परमेश्‍वरको घरका अपेक्षाहरू पूरा गर्न सक्छ? तिनीहरू केही पनि होइनन्, तर आफू निकै असल भएको, परमेश्‍वरको घरको खम्बा र मुख्य आधार भएको ठान्छन्, जहाँ तिनीहरूले लापरवाहीपूर्वक दुष्कर्महरू गर्छन्, र हुकुम चलाउने प्रयास गर्छन्। तिनीहरू समस्याहरूमा परिहाल्छन्, र लामो समयसम्म रहने छैनन्। यस प्रकारका मानिसहरूलाई, परमेश्‍वरको घरले ननिकाले पनि, यहाँ केही बेर बसेपछि, तिनीहरूले परमेश्‍वरको घरमा मानिसहरू सधैँ सत्यताका बारेमा, सिद्धान्तका बारेमा कुरा गरिरहेका हुन्छन् भन्ने थाहा पाउनेछन्; तिनीहरूलाई यस कुरामा कुनै रुचि हुँदैन, तिनीहरूको कार्यशैली यहाँ केही काम लाग्दैन। तिनीहरू जहाँसुकै गए पनि र जेसुकै गरिरहेका भए पनि, तिनीहरू अरूसँग सहकार्य गर्न सक्दैनन्, र सधैँ हुकुम चलाउन चाहन्छन्। तर त्यसले काम गर्दैन, र तिनीहरूले आफूलाई हरेक हिसाबमा सीमित भएको पाउँछन्। समय बित्दै जाँदा, धेरैजसो ब्रदर-सिस्टरहरूले सत्यता र सिद्धान्तहरू बुझ्न थाल्छन्; जब यी मानिसहरूले आफूखुसी गर्ने, मालिक बन्ने र हुकुम चलाउने प्रयास गर्छन्, र सिद्धान्तअनुसार कार्य गर्दैनन्, तब धेरै मानिसहरूले तिनीहरूलाई तिरस्कारको दृष्टिले हेर्छन्—के तिनीहरूले यो सहन सक्छन्? जब त्यस्तो समय आउँछ, तिनीहरूले आफू यी मानिसहरूसँग नमिल्ने, तिनीहरू प्राकृतिक रूपमै यहाँका नभएको, तिनीहरू गलत ठाउँमा भएको महसुस गर्नेछन्: “म कसरी गल्तीले परमेश्‍वरको घरमा आइपुगेँ? मेरो सोचाइ अति सामान्य थियो। मलाई यदि मैले अलिकति प्रयत्न गरेँ भने, म विपत्तिबाट जोगिन सक्छु र आशिषित हुनेछु भन्ने लाग्यो। त्यस्तो नहोला भन्ने मलाई कहिल्यै लागेन!” तिनीहरू प्राकृतिक रूपमा नै परमेश्‍वरको घरका होइनन्; केही समय बसेपछि, तिनीहरूको रुचि हराउँछ, तिनीहरू उदासीन हुन्छन्, र तिनीहरूलाई निकालिरहनै पर्दैन—तिनीहरू आफै निस्किन्छन्।

कतिपय मानिस भन्छन्, “के तपाईँले हस्तक्षेप नगर्ने कुनै कुरा छैन? तपाईँ लाउके हुनुहुन्छ, हैन? तपाईँ आफ्नो प्रतिष्ठा बनाउन, आफ्नो उपस्थिति महसुस गराउन, र सर्वशक्तिमान् छु भनेर मानिसहरूलाई थाहा दिन अरूका मामिलाहरूमा हस्तक्षेप गर्नुहुन्छ, होइन त?” ल भन् त, यदि मैले यी कुराहरूको हेरचाह नगरेको भए ठिक हुन्थ्यो? वास्तवमा, म यी कुराहरूको हेरचाह गरिरहन चाहन्नँ, यी त अगुवा र कामदारहरूको जिम्मेवारी हो, तर मैले ख्याल नगरेको भए समस्या आउनेथ्यो र भावी काम प्रभावित हुनेथ्यो। यदि तिमीहरूले ती समाधान गर्न सकेका भए, मैले भनेअनुसार गरेका भए, के म त्यस्ता मामिलामा संलग्न हुनुपर्थ्यो? यदि मैले तिमीहरूको चासो नराखेको भए, तिमीहरू कुनै मानव स्वरूपमा जिउने थिएनौ, न त राम्ररी नै जिउने थियौ। तिमीहरू आफैले केही गर्न सक्ने थिएनौ। अनि त्यस्तो अवस्थामा समेत तिमीहरू अझै मलाई पालन गर्दैनौ। म तिमीहरूसँग अत्यन्तै सरल कुराबारे कुरा गर्नेछु: स्वच्छता र आफू जिउने वातावरणको ख्याल गर्ने अत्यन्तै सानो मामिला। तिमीहरू यस मामिलामा कसरी कार्य गर्छौ? यदि म कतै गएँ र तिमीहरूलाई पहिले नै जानकारी गराइनँ भने, त्यो ठाउँ असाधारण रूपमा फोहोर हुनेछ, र तिमीहरूले त्यो ठाउँ तुरुन्तै सफा गर्नुपर्नेछ, जसले गर्दा तिमीहरूलाई व्याकुल र असहज महसुस हुनेछ। यदि मैले तिमीहरूलाई पहिले नै म आउँदै छु भनेर भनेको भए, परिस्थिति यति खराब हुने थिएन—तर के तिमीहरूलाई मलाई पर्दापछाडि के भइरहेको छ भन्ने थाहा छैन भन्ने लाग्छ? यी सबै सानातिना मामिला हुन्, सामान्य मानवताका कतिपय सबैभन्दा सरल र आधारभूत पक्ष हुन्। तर तिमीहरू यस्ता अल्छी छौ। के तिमीहरू साँच्चै आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्छौ? म मूलभूमि चीनका केही ठाउँमा दश वर्षसम्म बसेँ, मैले त्यहाँका मानिसहरूलाई सिरक पट्टाएर घाममा सुकाउने, घर सफा गर्ने र घरमा चुलो बाल्ने तरिकाहरू सिकाएँ। तर मैले दश वर्ष सिकाएपछि पनि तिनीहरूलाई सिकाउन सकेको थिइनँ। के म सिकाउन असक्षम भएको हुँ? होइन, यी मानिसहरू अति नै नीच छन्। पछि मैले सिकाउन छोडेँ। मैले कतै जाँदा सिरक नपट्टाइएको पाएँ भने, म फनक्क फर्केर निस्किहाल्थेँ। किन म यसो गर्थेँ? मलाई त्यो दुर्गन्धित र घिनलाग्दो लाग्थ्यो। म सुँगुरको खोरभन्दा पनि खराब ठाउँमा किन बस्नु? म त्यस्ता ठाउँमा बस्न मान्दिनँ। यी साना समस्याहरूसमेत परिवर्तन गर्न एकदमै गाह्रो हुन्छ। यदि मैले मापदण्डलाई परमेश्‍वरको मार्ग र उहाँको इच्छा पछ्याउनेसम्म बढाइदिएको भए, साँच्चै भन्नुपर्दा, तिमीहरू त्यसको एकछेउ पनि पुग्ने थिएनौ। आज मैले भन्न खोजेको मुख्य कुरा के हो? परमेश्‍वरका वचनहरू पालन गर्नु एकदमै महत्त्वपूर्ण छ, र तिमीहरूले यसलाई बेवास्ता गर्नु हुँदैन। परमेश्‍वरका वचनहरू पालन गर्नुको अर्थ तैँले तिनको विश्लेषण, अध्ययन, छलफल वा खोजीनिती गर्नुपर्छ, वा तीपछाडिका कारणहरू अनुसन्धान गर्नुपर्छ, र त्यसको कारण निकाल्ने प्रयास गर्नुपर्छ भन्ने होइन; बरु, तैँले उहाँका वचनहरू लागु र पूरा गर्नुपर्छ। जब परमेश्‍वर तँसँग बोल्नुहुन्छ, जब उहाँ तँलाई कुनै कार्य गर्ने आदेश दिनुहुन्छ वा कुनै कुरा सुम्पनुहुन्छ, तब परमेश्‍वर त्यसपछि तैँले पाइला चालेको र यसलाई चरणबद्ध रूपमा कसरी लागु गर्छस् भनेर हेर्न चाहनुहुन्छ। परमेश्‍वर तैँले यो मामिला बुझ्छस् कि बुझ्दैनस् भन्ने कुरा वास्ता गर्नुहुन्न, न त तँ हृदयमा यसबारे उत्सुक छस् कि छैनस्, वा तँलाई यसबारे कुनै शङ्का छ कि छैन भन्ने कुरा नै वास्ता गर्नुहुन्छ। परमेश्‍वर त तैँले त्यो गर्छस् कि गर्दैनस्, तँमा पालन गर्ने र समर्पित हुने मनोवृत्ति छ कि छैन भनेर हेर्नुहुन्छ।

संयोगवश, म केही मानिससँग कार्यक्रमहरूका लागि पोसाकका बारेमा कुरा गरिरहेको थिएँ। मूल सिद्धान्त भनेको पोसाकको रङ्ग र स्टाइल शिष्ट, मर्यादित, रुचिपूर्ण र सभ्य हुनुपर्छ भन्ने थियो। ती अनौठा पोसाकजस्तो देखिनु हुँदैनथ्यो। त्योभन्दा पनि, धेरै पैसा खर्च गर्नु पर्दैनथ्यो। ती कुनै विशेष डिजाइनरको हुनुपर्दैनथ्यो, ती किन्न नामी ब्रान्डका पसलहरूमा त झनै जान पर्दैनथ्यो। पोसाकले कलाकारहरूलाई सभ्य, शिष्ट र मर्यादित देखाउनुपर्छ, तिनीहरू प्रस्तुत गर्न योग्य हुनुपर्छ भन्ने मेरो विचार थियो। मञ्चमा एकदमै फुङ उडेको वा अँध्यारो देखिने कुरा बाहेक रङ्गमा कुनै रोकटोक थिएन। अरू अधिकांश रङ्गहरू ठिकै थिए: जस्तै रातो, सुन्तले, पहेँलो, हरियो, निलो, आसमानी, बैजनी—यसका लागि कुनै प्रावधानहरू थिएनन्। यो सिद्धान्त किन? परमेश्‍वरका सृष्टिमा हरेक रङ्ग हुन्छ। फूल, साथै रूख, बोटबिरुवा र चराचुरुङ्गी रङ्गमै देखा पर्छन्। त्यसैले हामीसँग रङ्गबारे कुनै धारणा वा नियम हुनै हुँदैन। यसो भनिसकेपछि मलाई तिनीहरूले बुझ्दैनन् भन्ने डर लाग्यो। मैले तिनीहरूलाई फेरि सोधेँ, र मेरो कुरा सुन्नेहरू सबैले बुझ्यौँ भनेपछि मात्रै म आश्वस्त भएँ। मैले भनेको सिद्धान्तअनुसार तिनीहरूले काम कार्यान्वयन गर्न बाँकी थियो। के यो सरल मामिला थियो? के यो ठूलै कुरा थियो? यो जहाज निर्माण गर्नुभन्दा ठूलो कार्य थियो कि सानो? (सानो।) अब्राहामले इसहाकको बलि चढाएका तुलनामा, के यो गाह्रो थियो? (थिएन।) त्यसमा बिलकुलै कठिनाइ थिएन, र त्यो सरल थियो—केवल पोसाकको कुरा थियो। मानिसहरू जन्मेदेखि नै कपडासँग परिचित हुन्छन्; त्यो कुनै गाह्रो मामिला थिएन। मैले निश्चित सिद्धान्त निर्धारण गरेपछि मानिसहरूलाई कामकुरा पूरा गर्न झन् सजिलो भएको थियो। मुख्य कुरा तिनीहरूले त्यो पालन गर्छन् कि गर्दैनन्, र तिनीहरू त्यसो गर्न इच्छुक छन् कि छैनन् भन्ने थियो। केही समयपछि, जब केही कार्यक्रम र चलचित्र निर्माण भइसकेका थिए, तब मैले सबै मुख्य पात्रहरूका पोसाक निला छन् भन्ने देखेँ। मैले यसबारे अलिक सोचेँ: “के यी कार्यक्रम निर्माताहरूका दिमागमा कुनै समस्या छ? म आफूले भनेको कुरामा निकै प्रस्ट थिएँ। मैले पोसाक निलो हुनुपर्छ, र निलो नलगाउने कसैलाई मञ्चमा आउन दिइनेछैन भन्ने नियम बनाएको थिइनँ। यी मानिसहरूको समस्या के हो? के कुराले तिनीहरूलाई उक्साइरहेको र नियन्त्रण गरिरहेको थियो? के बाहिरी संसारमा प्रचलनहरू परिवर्तन भएर मानिसहरू अब निलो मात्र लगाउँछन्? होइन। बाहिरी संसारमा रङ्ग र स्टाइलबारे कुनै नियम छैन, मानिसहरू हर प्रकारको रङ्गका पोसाक लगाउँछन्। त्यसैले हाम्रा मण्डलीमा यस्तो परिस्थिति आउनु अनौठो कुरा हो। पोसाकको अन्तिम जाँचपडताल कसले गरिरहेको छ? यो मामिला कसको नियन्त्रणमा छ? के यो कसैका इसारामा चलिरहेको छ?” यो वास्तवमै कसैका इसारामा चलिरहेको थियो; फलस्वरूप, शैली जस्तोसुकै भए पनि, एउटै पनि नछोडी सबै पोसाक निला थिए। मैले भनेको कुराले कुनै फरक पारेन। तिनीहरूले सबै पोसाकहरू निलो हुनुपर्छ भनेर पहिल्यै तय गरिसकेका थिए—मानिसहरूले निलो बाहेक अरू केही लगाउने थिएनन्। निलोले आत्मिकता र पवित्रतालाई जनाउँथ्यो; यो परमेश्‍वरको घरको प्रतीक रङ्ग थियो। यदि तिनीहरूको पोसाक निलो थिएन भने, तिनीहरूले कार्यक्रम प्रदर्शन हुन दिने थिएनन्, र त्यसो गर्ने आँट गर्ने थिएनन्। मैले यी मानिसहरू सक्किए भनेर भनेँ। यो यति सरल कुरा थियो, मैले हरेक बुँदालाई निकै स्पष्ट रूपमा व्याख्या गरेको थिएँ, र त्यसो गरेपछि तिनीहरूले बुझून् भन्ने निश्चित गरेको थिएँ; हामी सबै सहमत भएपछि मात्र मैले त्यो विषयलाई बन्द गरेको थिएँ। अनि अन्तिम परिणाम के भयो? मैले भनेको कुरा हावै भएर गयो। त्यसलाई कसैले महत्त्व दिएन। तिनीहरूले अझै पनि आफूखुसी कार्य र अभ्यास गरे; मैले भनेको कुरा कसैले कार्यान्वयन गरेन, कसैले पूरा गरेन। वास्तवमा तिनीहरूले बुझेको छु भन्नुको अर्थ के थियो त? यी मानिसहरूले मलाई झुक्क्याइरहेका थिए। तिनीहरू सडकमा बस्ने अधबैँसे महिलाहरू जस्तै दिनभर गफ गर्थे। तिनीहरूले मसँग कुरा गर्ने तरिका र तिनीहरूको मनोवृत्ति पनि यही थियो। त्यसैले मेरो हृदयमा एउटा भावना जाग्यो: यी मानिसहरूले ख्रीष्टप्रति देखाएको मनोवृत्ति नै तिनीहरूको परमेश्‍वरप्रतिको मनोवृत्ति थियो, र यो निकै चिन्ताजनक मनोवृत्ति थियो, एउटा खतरनाक, र खराब सङ्केत थियो। के तिमीहरू यसले के सङ्केत गर्छ भनी जान्न चाहन्छौ? तिमीहरूले थाहा पाउनुपर्छ। मैले तिमीहरूलाई यो भन्नैपर्छ, र तिमीहरूले ध्यानपूर्वक सुन्नैपर्छ: तिमीहरूमा प्रदर्शन हुने कुरालाई मूल्याङ्कन गर्दा, परमेश्‍वरका वचनहरूप्रति तिमीहरूको मनोवृत्तिलाई हेर्दा, तिमीहरूमध्ये धेरै जना विपत्तिमा डुब्नेछौ; तिमीहरूमध्ये कतिपय दण्डित हुनका लागि अनि कतिपय चाहिँ शोधन गरिनका लागि विपत्तिमा डुब्नेछौ, र विपत्तिबाट भाग्न सकिँदैन। दण्डित हुनेहरू तुरुन्तै मर्नेछन्, तिनीहरू नष्ट हुनेछन्। यद्यपि, विपत्तिमा शोधन भोग्नेहरूका हकमा, यदि त्यसले तिनीहरूलाई पालन गर्न र समर्पित हुन, अनि दृढ रहन सक्षम बनाउँछ, र तिनीहरूसँग गवाही हुन्छ भने, तब सबैभन्दा कठिन परीक्षा समाप्त हुनेछ; नत्र, भविष्यमा तिनीहरूका लागि कुनै आशा रहँदैन, तिनीहरू खतरामा हुनेछन्, र तिनीहरूले थप अवसरहरू पाउने छैनन्। के तिमीहरूले मलाई स्पष्ट रूपमा सुन्यौ? (सुन्यौँ।) के यो तिमीहरूका लागि राम्रो कुरा हो जस्तो लाग्छ? छोटकरीमा भन्दा, मेरा लागि, यसले राम्रो सङ्केत गर्दैन। मलाई यो नराम्रो सङ्केत हो जस्तो लाग्छ। मैले तिमीहरूलाई तथ्यहरू दिएको छु; तिमीहरूले जे निर्णय गर्छौ त्यो तिमीहरूमै भर पर्छ। म यसबारे थप केही भन्दिनँ, म आफ्नो कुरा दोहोर्‍याउने छैनँ, म यो कुरालाई फेरि कोट्याउने छैनँ।

आज मैले सङ्गति गरिरहेको विषय परमेश्‍वरका वचनहरूलाई कसरी लिने भन्ने रहेको छ। परमेश्‍वरका वचनहरू पालन गर्नु र तिनमा समर्पित हुनु निकै महत्त्वपूर्ण हुन्छ। तिनलाई कार्यान्वयन गर्न, लागु गर्न र अभ्यास गर्न सक्नु निकै महत्त्वपूर्ण हुन्छ। कतिपय मानिसहरू भन्छन्, “आज पनि, हामीलाई ख्रीष्टलाई कसरी व्यवहार गर्ने भनेर थाहा नै छैन।” ख्रीष्टलाई कसरी व्यवहार गर्ने भन्ने कुरा निकै सरल छ: ख्रीष्टप्रतिको तेरो मनोवृत्ति नै परमेश्‍वरप्रतिको तेरो मनोवृत्ति हो। परमेश्‍वरको नजरमा, परमेश्‍वरप्रतिको तेरो मनोवृत्ति नै ख्रीष्टप्रतिको तेरो मनोवृत्ति हो। अवश्य नै, ख्रीष्टप्रतिको तेरो मनोवृत्ति स्वर्गमा हुनुहुने परमेश्‍वरप्रतिको मनोवृत्ति हो। ख्रीष्टप्रतिको तेरो मनोवृत्ति सबै भन्दा वास्तविक हुन्छ—त्यसलाई देख्न सकिन्छ, र त्यसैलाई नै परमेश्‍वरले सूक्ष्म जाँच गर्नुहुन्छ। मानिसहरू परमेश्‍वरले चाहनुहुने शैलीमा परमेश्‍वरलाई कसरी व्यवहार गर्ने भनी बुझ्न चाहन्छन्, र यो सरल छ। तीनवटा बुँदाहरू छन्: पहिलो निष्कपट हुनु हो; दोस्रो भनेको सम्मान, ख्रीष्टलाई कसरी सम्मान गर्ने भनेर सिक्नु हो; अनि तेस्रो—र सबैभन्दा महत्त्वपूर्ण बुँदा—उहाँका वचनहरू पालन गर्नु हो। उहाँका वचनहरू पालन गर्नु: के यसको अर्थ कानले सुन्नु हो कि अरू कुनै कुराले? (आफ्नो हृदयले।) के तँसँग हृदय छ? यदि तँसँग हृदय छ भने, त्यसले सुन्। यदि तैँले आफ्नो हृदयले सुनिस् भने मात्र बुझ्नेछस्, र सुनेको कुरालाई अभ्यास गर्न सक्नेछस्। यी तीनवटै बुँदा निकै सरल छन्। तिनको शाब्दिक अर्थ बुझ्न सजिलो हुनुपर्छ, र तार्किक रूपमा भन्दा, तिनलाई अघि बढाउन सजिलो हुनुपर्छ—तर तिमीहरूले तिनलाई कसरी अघि बढाउँछौ, र बढाउन सक्छौ कि सक्दैनौ भन्ने कुरा तिमीहरूमै निर्भर हुन्छ; म थप व्याख्या गर्नेछैनँ। कतिपय मानिसहरू भन्छन्, “तिमी एउटा साधारण व्यक्ति मात्र हौ। हामी किन तिमीसँग इमानदार हुनुपऱ्यो? हामीले तिमीलाई किन सम्मान गर्नुपऱ्यो? हामीले तिम्रा वचनहरू किन पालन गर्नुपऱ्यो?” मसँग मेरा कारणहरू छन्। ती पनि तीनवटै छन्। ध्यान दिएर सुन अनि मेरो कुरा अर्थपूर्ण छ कि छैन भनी हेर। यदि छ भने, तिमीहरूले यसलाई स्विकार्नुपर्छ; यदि तँलाई छैन जस्तो लाग्छ भने, तैँले यसलाई स्विकार्नु पर्दैन, र अर्को मार्ग खोज्न सक्छस्। पहिलो कारण के हो भने, जबदेखि तैँले परमेश्‍वरको कामको यो चरणलाई स्वीकार गरिस्, तैँले मैले भनेका हरेक वचन खाँदै, पिउँदै, तिनको आनन्द लिँदै, र प्रार्थनार्थ पढ्दै आइरहेको छस्। दोस्रो कारण के हो भने, तँ आफै सर्वशक्तिमान् परमेश्‍वरलाई पछ्याउने व्यक्ति भएको, र तँ उहाँका विश्वासीहरूमध्ये एक भएको कुरा स्विकार्छस्। त्यसोभए के तैँले आफू परमेश्‍वर देहधारी हुनुभएको साधारण देहलाई पछ्याउने व्यक्ति भएको स्विकार्छस् भनेर भन्न मिल्छ? मिल्छ। सङ्क्षेपमा भन्दा, दोस्रो कारण के हो भने, तैँले आफू सर्वशक्तिमान् परमेश्‍वरलाई पछ्याउने व्यक्ति भएको स्विकार्छस्। तेस्रो कारण चाहिँ सबैभन्दा महत्त्वपूर्ण छ: सम्पूर्ण मानवजातिमध्ये, म मात्र तिमीहरूलाई मानिसहरूका रूपमा हेर्छु। के यो बुँदा महत्त्वपूर्ण छ? (छ।) तिमीहरूले यी तीन बुँदाहरूमध्ये कुनचाहिँ स्विकार्न सक्दैनौ? तिमीहरू के भन्छौ, के मैले भर्खरै बोलेका यी बुँदाहरूमध्ये कुनै पनि असत्य, अवस्तुगत, तथ्यहीन छन्? (छैनन्।) त्यसैले जम्मा-जम्मी छवटा बुँदाहरू छन्। म ती प्रत्येकका बारेमा विस्तृत वर्णन गर्नतिर लाग्ने छैन; तिनलाई आफै मनन गर। मैले यी विषयहरूका बारेमा निकै बोलिसकेको छु, त्यसैले तिमीहरूले बुझ्न सक्नुपर्छ।

जुलाई ४, २०२०

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्