परिशिष्ट दुई: नोआ र अब्राहामले कसरी परमेश्वरका वचनहरू पालना गरे र उहाँप्रति समर्पित भए (भाग एक) खण्ड तीन
इ. आजका मानिसहरूले परमेश्वरको वचनलाई कसरी लिन्छन् भन्ने कुराको खुलासा गर्नु
मैले भर्खरै भनेका कथाहरूको विषय क्षेत्र के थियो? (परमेश्वरप्रतिका मनोवृत्तिहरूका बारेमा र हामी कसरी परमेश्वरको वचन पालन गर्न र घटनाहरू घट्दा परमेश्वरमा समर्पित हुन सक्छौँ भन्ने बारेमा।) यी दुई कथाहरूले तिमीहरूलाई सिकाएको मुख्य कुरा के थियो? (आज्ञापालन गर्नु र समर्पित हुनु, अनि परमेश्वरको वचनका मागहरूअनुसार कार्य गर्नु।) आज्ञापालन गर्न सिक्नु, र परमेश्वरका वचनहरू पालन गर्ने अभ्यास गर्नु महत्त्वपूर्ण छ। तँ परमेश्वरको अनुयायी हुँ, एक सृजित प्राणी हुँ, परमेश्वरको नजरमा एउटा मानव हुँ भन्छस्। तर, तैँले जिउने र प्रकट गर्ने कुरामा, परमेश्वरका वचनहरू सुनेपछि आउने समर्पण वा अभ्यासको कुनै सङ्केत नै छैन। त्यसोभए, के “सृजित प्राणी,” “परमेश्वरलाई पछ्याउने व्यक्ति” र “परमेश्वरको नजरमा मानव” भन्ने शब्दहरू तँमा लागु हुँदा ती पछाडि प्रश्नवाचक चिन्हहरू राखिनुपर्छ? अनि यी प्रश्नवाचक चिन्हहरू हुँदा, तैँले मुक्तिको कति ठूलो आशा राख्छस्? यो अज्ञात छ, सम्भावनाहरू कम छन्, र तँ आफैले भन्ने हिम्मत गर्दैनस्। यस अघि, मैले तँलाई परमेश्वरका वचनहरू कसरी पालन गर्ने भन्नेबारे दुईवटा शास्त्रीय कथाहरू सुनाएँ। जसले बाइबल पढेको छ र धेरै वर्षदेखि परमेश्वरलाई पछ्याएको छ ऊ यी दुई कथाहरूसँग पहिल्यै परिचित हुन्छ। तर यी कथाहरू पढेर, कसैले पनि सबैभन्दा महत्त्वपूर्ण सत्यताहरू मध्ये एउटा सत्यता बुझेको छैन: परमेश्वरका वचनहरू पालन गर्ने। हामीले परमेश्वरका वचनहरू कसरी पालन गर्ने भन्नेबारे कथाहरू सुनिसकेकाले, अब हामी मानिसहरूले परमेश्वरको वचनहरूको अवज्ञा गरेकासम्बन्धी कथाहरूतर्फ जाऔँ। परमेश्वरका वचनहरूको अवज्ञा उल्लेख भएकाले, यी कथाहरू आजका मानिसहरूका बारेमा नै हुनुपर्छ। मैले भनेका कतिपय कुराहरू सुन्न असहज हुन सक्छन्, र यसले तिमीहरूको गौरव र आत्मसम्मानमा चोट पुर्याउन सक्छ, साथै तिमीहरूमा निष्ठा र मर्यादाको कमी भएको देखाइनेछ।
एउटा जमिनको टुक्रा छ जसमा मैले केही मानिसहरूलाई तरकारी रोप्न भनेँ। यसको उद्देश्य आफ्ना कर्तव्य निर्वाह गरिरहेका मानिसहरूले केही जैविक खाना खान सकून्, र कीटनाशकहरू छरिएका अजैविक तरकारीहरू किन्न नपरोस् भन्ने थियो। यो एउटा राम्रो कुरा थियो, हैन र? एक हिसाबले, सबैजना सँगै एउटा ठूलो परिवारझैँ भएर बस्छन्, र सबैले समाजका प्रचलन र कलहबाट टाढा रहेर, सँगै परमेश्वरमा विश्वास गर्न सक्छन्। यस्तो वातावरण सृजना गर्दा सबैलाई ढुक्क भएर आफ्नो कर्तव्य पूरा गर्न मद्दत मिल्छ। त्यो सानो दृष्टिकोण हो। ठूलो दृष्टिकोणबाट हेर्दा, कर्तव्य निर्वाह गर्नेहरूले खाऊन् भन्नका लागि तरकारीहरू रोप्नु, अनि परमेश्वरको सुसमाचार फैलाउनमा भूमिका खेल्नु पनि उपयुक्त हुन्छ। जब म, “नजिकै कर्तव्य निर्वाह गर्ने मानिसहरूका लागि केही तरकारीहरू रोप्नु” भन्छु, के यी वचनहरू बुझ्न सजिला छैनन् र? मैले एउटा निश्चित व्यक्तिलाई त्यसो गर्न भन्दा, उसले बुझ्यो, र सामान्यतया खाइने केही तरकारीहरू रोप्यो। मलाई लाग्छ तरकारी रोप्नु जस्तो कुरा सरल नै हुन्छ। सबै साधारण मानिसहरूले त्यो गर्न सक्छन्। यो सुसमाचार प्रचार गर्नु वा मण्डलीका विभिन्न कामहरू जत्तिको गाह्रो हुँदैन। त्यसैले मैले त्यसलाई खासै ध्यान दिइनँ। केही समयपछि, म त्यहाँ गएँ र तिनीहरू सबैले आफूले रोपेका तरकारीहरू आफै खाँदै गरेको देखेँ, र कहिलेकाहीँ केही बढी भएको तरकारी तिनीहरूले कुखुरालाई खुवाउने गरेको कुरा सुनेँ। मैले भनेँ, “तिमीहरूले ती सब तरकारीहरू रोप्यौ, अनि उपज राम्रो भयो। के तिमीहरूले मण्डलीहरूलाई केही तरकारी पठाइरहेका छौ? के अरू मण्डलीका मानिसहरूले हामीले रोपेका तरकारी खान पाएका छन्?” कतिपय मानिसहरूले थाहा छैन भने। केहीले अरू ठाउँका मानिसहरूले आफ्नै तरकारी किन्ने गरेका र यहाँका तरकारी नखाने गरेका बताए। सबैले फरक कुरा भने। यसबारे कसैलाई वास्तै थिएन; तिनीहरूले खानलाई आफूसँग अलिकति तरकारी भएसम्म, कुनै समस्या नभएको ठान्थे। के यो घृणित कुरा होइन र? मैले पछि प्रभारी व्यक्तिलाई भनेँ, “तिमीहरूले आफूले उब्जाएको चिज खानु पूर्णतया जायज हो, तर अरू मानिसहरूले पनि त खानु पर्छ। तिमीहरूले यति धेरै रोप्यौ र सबै खान सकेनौ, जबकि अरू ठाउँमा अझै तरकारी किनेरै खानुपर्छ, के यो ठिक हो? के मैले तँलाई यी तरकारीहरू तिमीहरूलाई खान मात्र रोपिएको होइन—तैँले नजिकैका अन्य मण्डलीहरूमा पनि पठाउनुपर्छ भनेर भनेको थिइनँ?” के तिमीहरूलाई यो सानो मामिलाको सम्बन्धमा मैले तिनीहरूलाई के गर्ने भनेर भनिरहनुपर्छ र स्पष्ट नियमहरू बनाइरहनुपर्छ जस्तो लाग्छ? के मैले सबैलाई सेवा सङ्गतिमा बोलाएर प्रवचन दिएर यसका बारेमा ठूलो बिगुल फुक्नुपर्थ्यो? (पर्थेन।) मलाई पनि त्यस्तो लाग्दैन। के मानिसहरूमा यस्तो सानो विवेकबोध नहुनु सम्भव छ? यदि त्यसो भएको भए, तिनीहरू मानव हुनेथिएनन्। त्यसैले मैले त्यो व्यक्तिलाई फेरि भनेँ, “ती तरकारी अरू मण्डलीहरूमा झट्टै पठा। जा, त्यो काम फत्ते गर्।” “हुन्छ,” उसले भन्यो, “म हेर्छु।” उसको मनोवृत्ति त्यस्तो थियो। केही समय पछि, म फेरि त्यहाँ गएँ, र खेतमा हर प्रकारका तरकारीहरूको ठूलो फैलावट देखेँ। मैले ती रोप्ने मानिसहरूलाई उब्जनी टन्नै भयो कि भएन भनेर सोधेँ। तिनीहरूले, यति धेरै उब्जनी भयो कि तिनीहरूले ती सबै खान नसकेर केही सडेर गए भनेर भने। मैले तिनीहरूलाई नजिकैका मण्डलीहरूमा तिनीहरूले केही पठाए कि पठाएनन् भनेर फेरि सोधेँ। तिनीहरूले थाहा छैन, निश्चित छैनौँ भन्ने जवाफ दिए। तिनीहरूले यो कुरा अत्यन्तै अस्पष्ट र झारा टारुवा तरिकामा भने। यो कुरालाई कसैले गम्भीरतापूर्वक लिएको थिएन भन्ने प्रस्टै थियो। तिनीहरूलाई खानका लागि केही भएसम्म, अरू कसैको प्रवाह थिएन। म फेरि जिम्मेवार व्यक्तिलाई खोज्न गएँ। मैले उसलाई तिनीहरूले कुनै तरकारी पठाएका थिए कि भनेर सोधेँ। उसले पठाएको थियो भनेर भन्यो। मैले वितरण कस्तो रह्यो भनेर सोधेँ। उसले ती वितरण भइसके भनेर भन्यो। यो बिन्दुमा, के तिमीहरूलाई त्यहाँ कुनै समस्या थियो जस्तो लाग्छ? यी मानिसहरूको मनोवृत्ति ठीक थिएन। आफ्नो कर्तव्य निर्वाह गर्दा, तिनीहरूमा वफादारी र जिम्मेवारीको मनोवृत्ति थिएन, जुन घृणित कुरा हो—तर जे हुनेवाला थियो त्यो झन् घृणित थियो। पछि, मैले नजिकैका मण्डलीहरूमा दाजुभाइ-दिदीबहिनीहरूलाई तिनीहरूले कुनै तरकारी पाएका थिए कि थिएनन् भनेर सोधेँ। तिनीहरूले जवाफ दिए, “पठाउन त पठाइएका थिए, तर ती बजारमा भुइँमा फालिएका जुन तरकारी हुन्छन् तीभन्दा खराब अवस्थामा थिए। त्यसमा बालुवा र गिट्टी मिसिएको सडेका पातहरूबाहेक केही थिएन। ती खानै नमिल्ने थिए।” यो सुन्दा तिमीहरूलाई कस्तो महसुस हुन्छ? के तिमीहरूको हृदयमा क्रोध जाग्छ? के तिमीहरू क्रोधित छौ? (हजुर।) यदि तिमीहरू सबै क्रोधित छौ भने, के तिमीहरूलाई म रिसाएको थिएँ भन्ने लाग्छ? तिनीहरूले अनिच्छापूर्वक केही तरकारी त पठाए, तर काम राम्रो गरेनन्। अनि यो खराब कामको कारण चाहिँ को थियो? त्यस ठाउँमा एउटा दुष्ट व्यक्ति थियो, जसले ती तरकारी पठाउन रोकेको थियो। मैले तरकारी पठाउन आदेश दिएपछि उसले के भन्यो? “तिमी मलाई यो काम गर्न भन्छौ भने, म केही सडेका पात र हामीले खान नचाहेका तरकारीहरू जम्मा गरेर उनीहरूलाई पठाउनेछु। त्यसलाई पठाइएको नै मानिन्छ, हैन र?” यो थाहा पाएपछि, मैले त्यो दानवी रद्दीको टुक्रालाई निकाल्ने आदेश दिएँ। उसले तानासाह जस्तै व्यवहार देखाउने आँट गर्नका लागि यो कस्तो प्रकारको ठाउँ थियो? यो परमेश्वरको घर हो। यो समाज होइन, यो खुला बजार होइन। यदि तँ यहाँ झर्कोफर्को गर्छस् र तानासाहझैँ व्यवहार गर्छस् भने, यो ठाउँ तेरा लागि होइन, र म तँलाई मेरो आँखा अगाडि राख्न सक्दिनँ, झट्ट गइहाल्! मबाट जति सक्छस् त्यत्ति टाढा जा, जहाँबाट आइस् त्यहीँ फर्केर जा! के तिमीहरूलाई मैले त्यसलाई यसरी सम्हाल्नु उचित थियो जस्तो लाग्छ? (लाग्छ।) किन? (यस्तो व्यक्तिमा मानवताको अत्यन्तै कमी हुन्छ।) त्यसोभए मानवताको कमी भएका केही मानिसहरूलाई किन निकालिएको छैन? कतिपय मानिसहरूमा कुनै विवेक वा समझ हुँदैन, र तिनीहरू सत्यता पछ्याउँदैनन्, तर तिनीहरूले दुष्ट कामकुरा गर्ने, मण्डलीको काममा बाधा पुर्याउने, अरू मानिसहरूको कर्तव्य निर्वाहमा, वा मण्डली जीवनमा प्रभाव पार्ने गर्दैनन्। यस्तो व्यक्तिलाई अहिलेका लागि सेवा दिन राख्नुपर्छ, तर जब उसले दुष्टता गर्छ, बाधा र अवरोध निम्त्याउँछ, तब मात्र उसलाई निकाल्दा फरक पर्दैन। त्यसोभए मैले यो फोहोरको टुक्रालाई किन फाल्नुपर्यो? उसले तानासाहझैँ व्यवहार गर्न र परमेश्वरको घरमा हैकम चलाउन चाहन्थ्यो। उसले दाजुभाइ—दिदीबहिनीहरूको सामान्य जीवन प्रभावित बनायो, र परमेश्वरको घरको काममा असर पाऱ्यो। कतिपय मानिसहरूले ऊ निकै स्वार्थी, निकै अल्छी छ र उसले झाराटारुवा तरिकाले कर्तव्य निर्वाह गर्छ भने। के कुरो त्यही थियो त? उसले सबै दाजुभाइ—दिदीबहिनीहरू विरुद्ध, कर्तव्य निर्वाह गर्नेहरू विरुद्ध अनि परमेश्वरका विरुद्ध आफूलाई खडा गर्न चाहन्थ्यो। ऊ परमेश्वरको घर कब्जा गर्न चाहन्थ्यो। ऊ परमेश्वरको घरमा हैकम चलाउन चाहन्थ्यो। यदि ऊ हैकम चलाउन चाहन्थ्यो भने, उसले केही असल कार्य गरेको भए हुन्थ्यो। तर उसले कुनै असल कार्य गरेन। उसले गरेको सबै कुराले परमेश्वरको घरको हितलाई हानि गर्यो र परमेश्वरका चुनिएका मानिसहरूलाई चोट दियो। के तिमीहरूले यस्तो व्यक्तिलाई सहन सक्थ्यौ? (सक्दैनथ्यौँ।) यदि तिमीहरू कसैले सक्दैनथ्यौ भने, मैले सक्थेँ जस्तो लाग्छ? त्यस दुष्ट व्यक्तिलाई निकालिएको तथ्यलाई लिएर अझै असन्तुष्ट हुने मानिसहरू आज पनि छन्। तिनीहरूले उसलाई छर्लङ्ग बुझ्न सक्दैनन्, र अझै पनि तिनीहरू मनमनै मेरो विरोध गर्छन्। आज त्यस्ता मानिसहरू छन्, जो त्यस व्यक्तिको कुरा उठ्नेबित्तिकै, अझै पनि मैले यो विषयलाई उचित रूपमा सम्हालेँ भन्ने सोच्दैनन्, जो परमेश्वरको घर धर्मी छैन भन्ने सोच्छन्। यो कस्तो खालको गिरोह हो? के तिमीहरूलाई त्यस व्यक्तिले तिनीहरूले उब्जाएको साग कसरी उखेल्थ्यो भन्ने कुरा थाहा छ? सामान्यतया, तिमीहरूले पूरै डाँक्लो उखेलेर खान्छौ, हैन? के कसैले पात मात्र टिप्छ? (टिप्दैन।) यो विचित्र केटोले अरूलाई पूरै डाँक्लो नै उखेल्न दिँदैनथ्यो; उसले तिनीहरूलाई पात मात्र टिप्न भन्थ्यो। मैले यस्तो कुरा देखेको यो पहिलोपटक थियो। तिमीहरूलाई उसले किन यसो गऱ्यो जस्तो लाग्छ? किन उसले अरूलाई पूरै बिरुवा उखेल्न दिएन? किनभने यदि तिनीहरूले पूरै बिरुवा उखेले भने, खेत खाली हुनेथ्यो, र फेरि खेत जोतेर बिरुवा रोप्नुपर्ने हुन्थ्यो। त्यो जमर्को नगर्न, उसले अरूलाई पातहरू टिप्न भन्थ्यो। उसले मानिसहरूलाई यसो गर्न भनेपछि, उसको विरोध गर्ने साहस कसैले गरेन। तिनीहरू उसका दासझैँ थिए—तिनीहरू उसले भनेको सबै कुरा गर्थे। त्यहाँ उसले हैकम चलाउँथ्यो। त्यसोभए के तिमीहरूलाई उसलाई ननिकाल्नु स्वीकार्य हुनेथियो भन्ने लाग्छ? (लाग्दैन।) यस्तो व्यक्तिलाई बस्न दिनु त आपत् हुनेथ्यो। जब उसले कहिलेकाहीँ केही राम्रो कुरा देखाउँछ भने, त्यो आफ्ना स्वार्थहरू संलग्न नभएकाले हो। उसले गर्ने हरेक कुरालाई राम्ररी हेर्: त्यस्तो एउटा पनि कुरा छैन जसले अरूको हितमा बाधा र क्षति नपुर्याओस्, जसले परमेश्वरको घरको हितलाई हानि नगरोस्। यो व्यक्ति जन्मिँदै पिशाच थियो, उसले आफूलाई परमेश्वरको विरुद्धमा खडा गर्छ, र ऊ ख्रीष्टविरोधी हो। के त्यस्तो व्यक्तिलाई परमेश्वरको घरमा रहने अनुमति दिन मिल्छ? के ऊ कर्तव्य निर्वाह गर्न लायक छ? (छैन।) तर अझै पनि केही मानिसहरू यस्तो व्यक्तिको प्रतिरक्षा गर्न खोज्छन्। तिनीहरू कति अलमलिएका छन्? यो घिनलाग्दो कुरा होइन र? के तँ आफूमा प्रेम छ भनेर देखाउन खोज्दैछस्? यदि तँमा प्रेम छ भने, तैँले नै उसको भरणपोषण गर्; यदि तँमा प्रेम छ भने, उसलाई तँलाई हानि पुऱ्याउन दे—तर उसलाई परमेश्वरको घरका हितलाई हानि पुऱ्याउन नदे! यदि तँमा प्रेम छ भने, ऊ पखालिएपछि, ऊसँगै जा—अझै यतै हल्लिएर के गर्दै छस्? के यी मानिसहरू आज्ञाकारी र समर्पित छन्? (छैनन्।) तिनीहरू पिशाचहरूको गिरोहका रूपमा जन्मेका थिए। त्यो व्यक्तिले मैले भनेको हरेक कुराको अवज्ञा गऱ्यो। यदि मैले पश्चिम भनेँ भने, ऊ पूर्वतिर लाग्थ्यो, र यदि मैले पूर्व भनेँ भने, ऊ पश्चिमतर्फ लाग्थ्यो। उसले हरेक कुरामा मेरो विरोध गर्ने अड्डी कसेको थियो। उसलाई मेरो अलिकति पनि आज्ञापालन गर्न किन यति गाह्रो भयो? के मैले उसलाई अरू दाजुभाइ—दिदीबहिनीहरूलाई तरकारी पठाउन भन्दा ऊ आफ्नो भागबाट वञ्चित हुनेथ्यो? के मैले उसलाई यी तरकारी खाने अधिकारबाट वञ्चित गरिरहेको थिएँ? (थिएन।) त्यसोभए उसले तिनीहरूलाई तरकारी किन पठाएन? उसले आफै बोक्नुपर्ने त थिएन, उसको तर्फबाट कुनै पनि मेहनत लाग्नेथिएन। तर उसले अरूलाई कुनै राम्रो तरकारी नदिएको मात्र होइन, तिनीहरूलाई कुहिएका तरकारी दियो। यसो गर्नका लागि ऊ कत्ति खराब होला? के उसलाई मान्छे मान्न सकिन्छ? मैले उसलाई फोहोर होइन तरकारी पठाउन भन्याथेँ। यति सरल, यति सजिलो, केवल आफ्नो पाखुरा चलाउनुपर्ने कुरा थियो, तर उसले यो समेत गर्न सकेन। के यो कुनै व्यक्ति हो? यदि तँ यस्तो कुरा समेत गर्न सक्दैनस् भने, तैँले कसरी परमेश्वरप्रति समर्पण रहेको दाबी गर्न सक्छस्? तँ जुध्छस्, प्रतिकार गर्छस्, र तैपनि परमेश्वरका घरमा सित्तै खाने बस्ने प्रयास गर्छस्। के त्यस्तो कहिल्यै हुन सक्छ? आज पनि, त्यस्ता मानिसहरू छन् जसले बिर्सेका छैनन्: “तिमीले एक पटक हाम्रो भावनामा चोट पुऱ्याएका थियौ। तिमीले एक पटक हामीमध्ये केहीलाई निकालेका थियौ, तर हामी सहमत थिएनौँ; हामी तिनीहरू बसून् भन्ने चाहन्थ्यौँ, तर तिमीले तिनीहरूलाई मौका नै दिएनौ। के तिमी धर्मी परमेश्वर हौ?” के तिमीहरूलाई पिशाचहरूले परमेश्वर धर्मी हुनुहुन्छ भनेर कहिल्यै भन्छन् जस्तो लाग्छ? (लाग्दैन।) तिनीहरूको मुखले त परमेश्वर धर्मी हुनुहुन्छ भन्ला, तर जब परमेश्वरले कार्य गर्नुहुन्छ, त्यो तिनीहरूलाई स्वीकार्य हुँदैन; तिनीहरूले परमेश्वरको धार्मिकताको प्रशंसा गर्नै सक्दैनन्। यिनीहरू पिशाच र पाखण्ड हुन्।
तरकारी पुर्याउने जस्तो सानो मामिलाले समेत के देखाउँछ? के मानिसहरूलाई परमेश्वरमा समर्पित हुन र परमेश्वरका वचनहरू पालन गर्न सजिलो छ? (छैन।) मानिसहरू परमेश्वरले प्रदान गर्नुभएको खाना खान्छन्, परमेश्वरले प्रदान गर्नुभएको घरमा बस्छन्, परमेश्वरले प्रदान गर्नुभएका चीजहरू उपयोग गर्छन्, तर परमेश्वरले तिनीहरूलाई उब्रेको तरकारी अरूसँग बाँड्न भन्नुहुँदा, के तिनीहरू समर्पित हुन्छन्? के यी वचनहरू तिनीहरूमा कार्यान्वयन हुन सक्छन्? मानिसहरूमा भए, हुन सक्छन्। तिनलाई कार्यान्वयन गर्न सकिन्छ। तर पिशाचहरू, शैतानहरू र ख्रीष्टविरोधीहरूमा, ती कहिल्यै कार्यान्वयन हुनेछैनन्। त्यो व्यक्तिले मनमनै सोच्थ्यो, “यदि मैले यी तरकारीहरू पठाएँ भने, के मेरो यो असल कार्य कसैले याद गर्नेछ? यदि अरूले यी तरकारी खाए र त्यो परमेश्वरको अनुग्रह हो, र परमेश्वरले नै मलाई त्यो कार्य गर्न लगाउनुभएको हो भनेमा, यदि सबैले परमेश्वरलाई धन्यवाद दिए भने मलाई चाहिँ कसले धन्यवाद दिनेछ? पर्दा पछाडिको नायक त म हुँ, परिश्रम गर्ने त म थिएँ। मैले नै तरकारी रोपेको थिएँ। तिमीले मलाई धन्यवाद दिनुपर्छ। र यदि दिँदैनौ भने, यदि तिमीलाई यो मैले गरेको हो भनेर थाहा छैन भने, यदि तिमीले मैले उमारेको तरकारी खान पाउँछु भन्ठान्छौ भने तिमी सपना देखिरहेका छौ!” के उसले सोचेको यही होइन र? के यो दुष्ट कुरा होइन र? यो अत्यन्तै दुष्ट कुरा हो! दुष्ट मानिसले कसरी सत्यता अभ्यास गर्न र परमेश्वरका वचनहरू पालन गर्न सक्छ होला र? यो व्यक्ति पिशाच र शैतानका रूपमा जन्मिएको थियो। ऊ परमेश्वरको विरोधमा खडा हुन्छ, उसले सत्यताको प्रतिरोध गर्छ, र सत्यतालाई तिरस्कार गर्छ। ऊ परमेश्वरका वचनहरू पालन गर्न असक्षम छ, त्यसकारण के उसले ती पालन गर्नुपर्ने कुनै आवश्यकता छ त? छैन। त्यसोभए यस्तो मामिलालाई कसरी सम्हाल्नुपर्छ? उसलाई निकाल्नुपर्छ, र उसको ठाउँमा आज्ञापालन गर्न सक्ने कोही खोज्नुपर्छ। त्यही हो, त्यो यति सरल छ। यसरी कुराहरू सम्हाल्नु उपयुक्त हुन्छ कि हुँदैन? (उपयुक्त हुन्छ।) मलाई पनि त्यस्तै लाग्छ। यदि ऊ गएन भने, उसले समस्या निम्त्याउनेछ, र अरू सबैलाई हानि पुऱ्याउनेछ। कतिपय मानिसहरू भन्छन्, “के तपाईं उसले तपाईँका वचनहरू पालन नगरेकाले असन्तुष्ट हुनुभएको हो? उसले तपाईँको अवज्ञा गरेको मात्र त हो—के त्यो त्यति गम्भीर कुरा थियो र? तपाईँले उसलाई त्यस्तो मामुली कुराका लागि निकाल्नुभयो, तर उसले वास्तवमा कुनै खराब कार्य गरेको थिएन। उसले केही सडेका तरकारीहरू पठाएको, र एक-दुई पटक केही नपठाएको र तपाईँको आज्ञापालन नगरेको मात्र हो। यो त सानो मामिला हो, हैन र?” के कुरा त्यही हो त? (होइन।) त्यसोभए तिमीहरूलाई मैले यसलाई कसरी हेर्छु जस्तो लाग्छ? उसले यति सानो कुरा समेत पालन गर्न सकेन, तैपनि अव्यावहारिक रूपमा कामकुरामा अवरोध पुर्याउने प्रयास गऱ्यो। यो परमेश्वरको घर हो, यहाँ केही पनि उसको थिएन। घाँसको हरेक त्यान्द्रो, हरेक रूख, हरेक डाँडापाखा, यहाँ भएको हरेक जलाशय—ऊसँग यी कुनै पनि कुराहरूमाथि नियन्त्रण गर्ने वा हैकम चलाउने अख्तियार थिएन। उसले हैकम चलाउने, कामकुरालाई अव्यावहारिक रूपमा अवरोध गर्ने प्रयास गऱ्यो। ऊ के थियो? उसको त केही पनि लिइने वा प्रयोग गरिने थिएन, न त उसको केही कुरा नै पठाइएको थियो; उसलाई केवल आफ्नो पाखुरा चलाउन र उसले गर्नुपर्ने जिम्मेवारी पूरा गर्न भनिएको थियो, तैपनि उसले त्यो समेत गर्न सकेन। उसले त्यसो गर्न नसकेकाले, मैले उसलाई विश्वासीका रूपमा स्वीकार गरिनँ, र ऊ परमेश्वरको घरबाट निस्कनुपर्यो, उसलाई निकाल्नुपर्यो! के मैले यसो गर्नु उचित थियो? (थियो।) यी परमेश्वरको घरका प्रशासनिक आदेशहरू हुन्। यदि मैले कुनै त्यस्तो दुष्ट व्यक्तिले दुष्टता गरिरहेको भेट्टाएँ र उसलाई पखालेर निकालिनँ भने, यदि मैले ऊप्रति कुनै पनि मनोवृत्ति व्यक्त गरिनँ भने, तिमीहरूको विचारमा कति जना मानिसहरूलाई हानि पुग्नेथ्यो? के यसले परमेश्वरको घरलाई अस्तव्यस्त बनाउने थिएन र? अनि के परमेश्वरको घरका प्रशासनिक आदेशहरू रित्ता शब्दहरूमा परिणत हुनेथिएनन् र? त्यसोभए अनाज्ञाकारी, बाधाहरू सिर्जना गर्ने, कामकुरामा अनुचित अवरोध पार्ने, र निर्लज्ज रूपमा कार्य गर्ने यी ख्रीष्टविरोधीहरू र दुष्ट पिशाचहरूका सम्बन्धमा परमेश्वरको घरका प्रशासनिक आदेशहरूले के-कस्ता कुराहरू तोकेका छन्? तिनीहरूलाई निकाल्ने र परमेश्वरको घरबाट निष्कासित गर्ने। तिनीहरूलाई दाजुभाइ—दिदीबहिनीहरूको दर्जाबाट पखालेर निकाल्ने। तिनीहरूलाई परमेश्वरको घरको सदस्यका रूपमा गणना नगरिने। तिनीहरूसँग यसरी व्यवहार गर्नेबारे तिमीहरूलाई के लाग्छ? एकपटक यस्ता प्रकारका मानिसहरूलाई पखालेपछि, सबै काम सहज रूपमा अघि बढ्नेछ। पिशाच र शैतानहरू तरकारी खानेजस्तो सानो कुरामा पनि शोषण गर्न खोज्छन्। यसमा पनि, तिनीहरू हैकम चलाउन र जे मन लाग्यो त्यही गर्न खोज्छन्। हामीले कुरा गरेका सबथोक सानो कुरा हो, तर पनि, यसले सबै सत्यताहरूको सबैभन्दा आधारभूत कुरालाई छुन्छ। सत्यताहरूमध्ये सबैभन्दा आधारभूत कुरा भनेको परमेश्वरका वचनहरू पालन गर्नु हो। त्यो समेत गर्न नसक्नेहरूको स्वभाव कस्तो हुन्छ? के तिनीहरूसँग सामान्य मानिसहरूको विवेक र समझ हुन्छ? बिलकुलै हुँदैन। यिनीहरू मानवता नभएका मानिसहरू हुन्।
तरकारीसँगै मानिसले आफ्नो दैनिक जीवनमा मासु र अण्डाको पनि उपभोग गर्नुपर्छ। त्यसैले मैले केही मानिसहरूलाई केही कुखुरा पाल्न, र यी कुखुराहरूलाई अन्न, तरकारी र इत्यादि खुवाउन भनेँ। तिनीहरूलाई छाडा छोडिदिनुपर्छ। त्यसो गरियो भने, तिनीहरूले बजारमा बेचिने भन्दा राम्रा अण्डा पार्नेछन्। कुखुराको मासु आफैमा पनि जैविक हुनेछ; कम्तीमा पनि, यसमा कुनै हर्मोन हुनेछैन, र मानिसहरूले खाँदा त्यो हानिकारक हुँदैन। कुखुराले धेरै मात्रामा अण्डा वा मासु उत्पादन नगर्लान्, तर गुणस्तरको ग्यारेन्टी चाहिँ हुनेछ। मैले यसबाट के भन्न खोजेको भनेर बुझिस्? (बुझेँ।) त्यसोभए ल भन्, मैले भर्खरै भनेको कुरामा कतिवटा जानकारी समावेश छन्? पहिलो, यसरी कुखुरा हुर्काउँदा हामीले खानलाई केही जैविक अण्डा पाउँछौँ। हामीले चाहे जतिवटा खान सके पनि, कम्तीमा, हामीले एन्टिबायोटिक भएको अण्डा खानुपर्ने थिएन। अण्डामा हुनुपर्ने कुरा त्यही नै थियो। दोस्रो, मासुमा चाहिँ हर्मोनहरू हुनु हुँदैन, ताकि मानिसहरूलाई त्यो खान कुनै सङ्कोच नहोस्। के यी कुनै पनि कुरा ठूलो माग थियो र? (थिएन।) मैले राखेका अनुरोधहरू अत्यधिक नभएका मात्र होइनन्, ती व्यावहारिक पनि थिए, हैन? (हो।) पछि, चल्लाहरू किनियो र तिनलाई खुवाइयो। तिनले अण्डा पार्न थालेपछि, हामीले ती अण्डा खायौँ; तैपनि, तिनमा सुपरमार्केटबाट किनेका अण्डामा जस्तै एन्टिबायोटिकको हल्का स्वाद थियो। मैले यसबारे अलिक सोचेँ: के तिनीहरूले तिनलाई एन्टिबायोटिक्स भएको दाना दिइरहेका थिए? पछि, मैले कुखुराको हेरचाह गर्ने मानिसहरूलाई कुखुराले के दाना खाइरहेका छन् भनेर सोध्दा, तिनीहरूले हड्डीको धुलो भने। “हामीलाई यी कुखुराहरूले चाँडै अण्डा पारून् भन्ने छैन। तिनलाई सामान्य जैविक, अप्रतिबन्धित विधिहरू प्रयोग गरेर खुवा। तिनलाई सामान्य रूपमा अण्डा पार्न दे,” मैले भनेँ। “हामीले तिनलाई धेरै अण्डाहरू पार्न पालेका होइनौँ, जैविक अण्डाहरू खान पाऔँ भनेर मात्र हो। चाहिएको त्यत्ति मात्र हो।” मैले यसो भन्नुको अर्थ के थियो? मैले तिनीहरूलाई, कुखुरालाई एन्टिबायोटिक्स, हर्मोन र इत्यादि हालिएका कुनै पनि कुराहरू नखुवाउनू भनिरहेको थिएँ। ती कुखुरालाई अन्य ठाउँका कुखुराले खाने भन्दा फरक दाना दिनुपर्थ्यो। अन्यत्र, कुखुराहरू तीन महिनामै पूर्ण रूपमा हुर्किन्छन्, तिनले हरेक दिन अण्डा पार्छन्, र तिनलाई मारिने दिनसम्म अण्डा दिने मेसिनका रूपमा प्रयोग गरिन्छ। के यसबाट राम्रो अण्डा उत्पादन हुन्छ? अनि के मासु स्वादिष्ठ हुन्छ? (हुँदैन।) मैले कुखुराहरू अप्रतिबन्धित होऊन्, तिनलाई बाहिर चर्न, कीरा र झारपातहरू खान दिइयोस्, र त्यसपछि तिनलाई केही अनाज, दाना इत्यादि खुवाइयोस् भनेँ। यसले गर्दा अण्डा कम उत्पादन हुने भए पनि, गुणस्तर राम्रो हुनेथ्यो; यो कुखुरा र मानिसका लागि राम्रो हुनेथ्यो। के मैले भनेको कुरा हासिल गर्न सजिलो थियो? (थियो।) अनि के यो बुझ्न सजिलो थियो? के मैले भनेको कुरा पालन गर्नमा कुनै कठिनाइ थियो? (यो बुझ्न सजिलो थियो। यो कठिन थिएन।) मलाई त्यसमा कुनै कठिनाइ भएको महसुस भएन। यो सजिलो थियो। मैले यतिवटा अण्डा उत्पादन हुनुपर्छ भनेर कुनै माग गरिनँ, केवल गुणस्तरको माग गरेँ। सामान्य समझ र सोच्ने तरिका सामान्य भएका मानिसहरूले यो सुन्ने बित्तिकै बुझ्नेथे। तिनीहरूले यो सरल छ, सम्भव छ भनेर महसुस गर्नेथे र त्यसपछि चाँडै यसलाई अघि बढाउनेथिए। यसलाई आज्ञाकारी हुनु भनिन्छ। त्यसोभए के ती कुखुरा पाल्ने मानिसहरूले यही गरे त? के तिनीहरूले यसो गर्न सके? यो गर्न सक्नु भनेको सामान्य मानवताको समझ हुनु हुनेथ्यो। यो गर्न नसक्नुको अर्थ भनेको केही समस्या छ भन्ने हुनेथ्यो। मैले यो भनेपछि छिट्टै मौसम चिसो भयो। प्रकृतिको सामान्य नियमका आधारमा, यसले कुखुरालाई अण्डा पार्नबाट रोक्नेथ्यो। तर एउटा निकै खुलासा गर्ने कुरा भइदियो: जब जाडो बढ्यो, कुखुराले कम होइन धेरै अण्डा पारे। हरेक दिन खानलाई अण्डा हुन्थे, तर अण्डाका पहेँला भाग पहिले जस्तै पहेँला हुन्थेन, र सेता भाग झन्-झन् कडा बन्दै गए। अण्डा झन्-झन् कम स्वादिलो हुँदै गए। के भइरहेको थियो? मैले भनेँ, “यो के हुँदैछ? यी कुखुराहरूलाई जाडो कटाउनै मुस्किल छ, तिनलाई अहिले मानिसहरूका लागि अण्डा पार्न लगाएर के गर्न खोजेको? यो त अलि क्रूर भयो!” जब पछि मैले गएर सोधेँ, मैले ती कुखुराहरूलाई अझै पनि अन्तैबाट किनेको दाना दिइएको थाहा पाएँ—त्यस्तो दाना जसले वसन्त, ग्रीष्म, शरद वा जाडो जुनसुकै याममा तिनले अण्डा पारिराख्ने प्रत्याभूत गर्छ। “सामान्यतया यो मौसममा कुखुराले अण्डा पार्दैनन्। हामी अण्डाबिना जिउन सक्छौँ। बस तिनको हेरचाह गरिराख्। आउँदो वसन्तमा तिनले फेरि अण्डा पार्न थाल्नेछन्, र ती राम्रो गुणस्तरका हुनेछन्,” मैले भनेँ। “घिचुवा नबन्। मैले तँलाई तिनलाई निरन्तर अण्डा पार्न लगा भनेको थिइनँ, न त जाडो याममा पनि अण्डाको आपूर्ति गर् नै भनेको थिएँ। मैले तँसँग यो माग गरेको थिइनँ, तर तैँले किन तिनलाई किनेको दाना दिइरहिस्? तैँले फेरि तिनलाई त्यही दाना खुवाउन पाउँदैनस्।” के मैले आफ्नो कुरा प्रस्ट रूपमा भनेँ? पहिलो कुरा, मैले चाहे जे मौसम भए पनि खानलाई अण्डा हुनैपर्छ भन्ने माग गरेको थिइनँ। दोस्रो कुरा, मैले तिनीहरूलाई कुखुरालाई त्यो दाना खान नदिनू, अण्डा पार्ने प्रक्रियालाई तीव्रता नदिनू भनेँ। के यो सानो अनुरोध हासिल गर्न गाह्रो थियो र? (थिएन।) तर नतिजा के भयो भने, केही समयपछि मैले फेरि हाम्रा कुखुराले पारेका केही अण्डा खाएँ। मैले मनमनै भनेँ: यिनीहरू कत्ति अल्मलिएका हुन्, मैले भनेको कुरा तिनीहरूले कसरी पालन गरेनन्? कुखुराले अझै अण्डा पारिरहेका थिए, त्यसैले तिनीहरूले पक्कै पनि दाना परिवर्तन गरेका थिएनन्—यही भइरहेको थियो।
कुखुरा पालनमा जे भयो, त्यसबाट तिमीहरूले के खुट्ट्याउन सक्छौ? (मानिसहरू परमेश्वरका वचनमा समर्पित हुँदैनन् वा तिनलाई पालन गर्दैनन् भन्ने कुरा।) कतिपय मानिसहरूले यसो भने, “परमेश्वरका वचनहरू पालन गर्नु—यसको अर्थ परमेश्वरको इच्छा पछ्याउनु हो। हामीले ठूला र उच्च मामिलाहरूमा आज्ञापालन गर्नैपर्छ, ती परमेश्वरको इच्छा, परमेश्वरको कामको कार्यान्वयन, र उहाँको प्रमुख कामसँग सरोकार राख्ने मामिला हुन्। तिमीले भन्दै आएका सबै कुराहरू दैनिक जीवनका मामुली मामिलाहरूसँग सम्बन्धित छन्, जसको परमेश्वरको इच्छा पछ्याउनुसँग कुनै सरोकार छैन—त्यसैले हामीले तिमीले भनेअनुसार गर्नुपर्दैन। तिमीले जे कुरा गरिरहेका छौ त्यो हाम्रो कर्तव्यसँग सम्बन्धित छैन, न त परमेश्वरका वचनहरूप्रति हाम्रो आज्ञापालन र समर्पणतासँग नै सम्बन्धित छ, त्यसैले हामीले तिम्रो विरोध गर्नु, हामीले पालन गर्ने कि नगर्ने भनी रोज्नु जायज छ। अझ भन्नुपर्दा, तिमीलाई सामान्य मानव जीवनबारे, पारिवारिक मामिलाबारे के थाहा छ र? तिमी बुझ्दैनौ, त्यसैले तिमीलाई बोल्ने कुनै अधिकार छैन। हामीसँग बकवास कुरा नगर—हामीले यो कुरामा तिम्रो आज्ञापालन गर्नुपर्दैन।” तिनीहरूले सोचिरहेको कुरा यही थिएन र? अनि के यस्तो सोच्नु ठिक थियो त? (थिएन।) गल्ती कहाँ भयो? (परमेश्वरको इच्छा पछ्याउने कार्यमा ठूला वा साना कुराहरूमा भिन्नता हुँदैन। यदि ती परमेश्वरका वचनहरू हुन् भने, मानिसहरूले पालन गर्नुपर्छ, र तिनीहरूले समर्पित भएर तिनको अभ्यास गर्नुपर्छ।) कतिपय मानिसहरूले भने, “म परमेश्वरका ती वचनहरू पालन गर्छु जुन सत्यता हुन्। सत्यता होइनन् भने मैले ती वचनहरू पालन गर्नु आवश्यक छैन। म सत्यतामा मात्र समर्पित हुन्छु। ‘परमेश्वरको मार्ग पछ्याउनु’ भनेको परमेश्वरको मुखबाट निस्केका वचनहरूको त्यो भाग, जुन सत्यता हो, त्यसलाई पछ्याउनु, पालन गर्नु र त्यसमा समर्पित हुनु हो। मानिसहरूको जीवनसँग सरोकार राख्ने र सत्यतासँग असम्बन्धित वचनहरूलाई बेवास्ता गर्न सकिन्छ।” के यस्तो बुझाइ सही हो? (होइन।) त्यसोभए तिमीहरू सत्यता र परमेश्वरका वचनहरूलाई कसरी लिन्छौ? के तिनीहरूले परमेश्वरका वचन र सत्यताका बीचमा भेद गरेनन् र? अनि के यसले सत्यतालाई नाम मात्रको बनाएन र? के तिनीहरूले सत्यतालाई धेरै खोक्रो ठानेनन् र? परमेश्वरले गर्नुभएको यावत् थोकको सृष्टि, रूखका पातहरूका आकार र रङ्ग, फूलहरूका आकार र रङ्ग, यावत् थोकहरूको अस्तित्व र विस्तार—के यी सबको सत्यतासँग कुनै सम्बन्ध छ? के यसको मानिसको मुक्तिसँग कुनै सम्बन्ध छ? के मानव शरीरको संरचना सत्यतासँग जोडिएको छ? यीमध्ये कुनै पनि कुरा सत्यतासँग सम्बन्धित छैन, तर ती सबै परमेश्वरबाट आउँछन्। यदि यीमध्ये कुनैले पनि सत्यतासँग सरोकार राख्दैन भने, के तैँले तिनको सहीपनलाई स्विकार्न मिल्दैन र? के तैँले तिनको सहीपनलाई इन्कार गर्न मिल्छ? के तैँले परमेश्वरको सृष्टिको नियमलाई आफ्नो इच्छाअनुसार नष्ट गर्न मिल्छ? (मिल्दैन।) त्यसोभए तेरो मनोवृत्ति कस्तो हुनुपर्छ? तैँले त्यसका नियमहरू पालन गर्नैपर्छ। तैँले नबुझेका कुराहरू छन् भने, परमेश्वरको मुखबाट बोलिएको कुरामा विश्वास गर्नु ठिक हुन्छ। तैँले तिनलाई अध्ययन गर्न, वा धेरै गहिरो रूपमा बुझ्ने प्रयास गर्न आवश्यक छैन—तैँले केवल तिनका नियमहरू उल्लङ्घन गर्नुहुँदैन। भरोसा गर्नु र समर्पित हुनुको अर्थ नै यही हो। जब परमेश्वरले मानिसहरूको दैनिक जीवनमा आवश्यक गराउने, र मानिसको मुक्तिलाई नसमेट्ने बानी, आम सुझबुझ, र दैनिक जीवनका नियमहरू, इत्यादिको कुरा आउँछ, ती सत्यताकै स्तर वा तहमा नभए पनि, ती सबै सकारात्मक कुराहरू हुन्। सबै सकारात्मक कुराहरू परमेश्वरबाट आउँछन्, त्यसैले मानिसहरूले तिनलाई स्वीकार गर्नुपर्छ—यी वचनहरू सही छन्। साथै, मानिस भएको नाताले, तिनीहरूमा कस्तो समझ र विवेक भेटिनुपर्छ? पहिलो नम्बरमा, तिनीहरूले कसरी पालन गर्ने भनेर सिक्नुपर्छ। कसका शब्दहरू पालन गर्ने? दियाबलस र शैतानका शब्दहरू पालन गर्ने? मानिसका शब्दहरू पालन गर्ने? महान् र उत्कृष्ट मानिसहरूका शब्दहरू पालन गर्ने? ख्रीष्टविरोधीहरूका शब्दहरू पालन गर्ने? यीमध्ये कुनै पनि होइन। तिनीहरूले परमेश्वरका वचनहरू पालन गर्नुपर्छ। परमेश्वरका वचनहरू पालन गर्ने सिद्धान्तहरू र निश्चित अभ्यासहरू के-के हुन्? तैँले ती सही छन् कि गलत भनेर विश्लेषण गर्नु पर्दैन, र किन भनेर सोध्नु पर्दैन। तैँले तिनलाई बुझेपछि मात्र अभ्यास गर्नुपर्छ भन्ने छैन। बरु, तैँले पहिला सुन्ने, लागु गर्ने, कार्यान्वयन गर्ने, र पालन गर्ने गर्नुपर्छ, र तेरो पहिलो मनोवृत्ति पनि त्यही नै हुनुपर्छ। तब मात्र तँ एक सृजित प्राणी, साथै योग्य र उचित मानव बन्नेछस्। यदि तैँले मानव हुनुका यी सबैभन्दा आधारभूत मानकहरू समेत पूरा गर्न सक्दैनस्, र परमेश्वरले तँ मानव होस् भनेर स्वीकार गर्नुहुन्न भने, के त उहाँसामु आउन सक्छस्? के तँ परमेश्वरका वचनहरू सुन्न लायक छस्? के तँ सत्यता सुन्न लायक छस्? के तँ मुक्तिको लायक छस्? तँ यी कुनै पनि कुराका लागि योग्य छैनस्।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।