परिशिष्ट एक: सत्यता के हो (खण्ड पाँच)
“अपमान” भनेको ठ्याक्कै के हो? के विश्वासीहरूले अपमान सहनुपर्छ? के यो “अपमान” अस्तित्वमा छ? (अहँ, यो अस्तित्वमा छैन।) यो अस्तित्वमा छैन, त्यसोभए के यो समस्या समाधान भएको छैन? तैँले अर्कोपटक कसैले यसो भनेको सुन्छस्: “तैँले विश्वासीका हैसियतमा सिक्नैपर्ने पहिलो कुरा भनेको सहनु हो। जे भए पनि, तैँले त्यो सहनैपर्छ र भित्र दबाउनैपर्छ।” के तैँले तिनीहरूले यी शब्दहरू भनेको सुन्दा तिनीहरूलाई केही कुरा भन्नुपर्छ? (पर्छ।) तैँले के भन्नुपर्छ? तँ भन्छस्: “तँ केका लागि सहँदै छस्? यदि तँ साँच्चै अपमान सहँदै छस् भने, तँ निकै दयनीय छस्, र यसले तँ सत्यता बुझ्दैनस् भन्ने देखाउँछ। यदि तैँले सत्यता बुझेको भए, यो अपमान अस्तित्वमा हुनेथिएन, अनि तैँले परमेश्वरद्वारा तेरा लागि योजनाबद्ध गरिएका सबै परिस्थिति स्वेच्छाले र खुसीसाथ स्विकार्नेथिइस्। यो मानिसहरूले भोग्नुपर्ने कष्ट हो, कुनै अपमान होइन। यो त परमेश्वरले तँलाई उच्च पारिरहनुभएको हो। हामीले यो कष्ट भोग्न सक्ने तथ्यले के प्रमाणित गर्छ भने, परमेश्वरले अझै पनि हामीलाई मौका दिइरहनुभएको छ र मुक्ति पाउन सक्ने बनाइरहनुभएको छ। यदि हामीले कष्ट सहने अवसरसमेत नपाएका वा हामी त्यसको योग्य नभएका भए, हामीले मुक्ति पाउने मौका पाउनेथिएनौँ। यो अपमान होइन; तँ त्यसबारे स्पष्ट हुनैपर्छ, र तैँले आफूले भनिरहेको कुरा वास्तवमै सही हो कि होइन भनेर हेर्नुपर्छ। यो अपमान अस्तित्वमा छैन—हामी भ्रष्ट मानिस हौँ र यो कष्ट भोग्न लायक छौँ। तँ बिमारी परेको बेला, औषधि लिँदा र शल्यक्रिया गर्दा अलिकति कष्ट त हुन्छ नै। के तैँले आफ्नो रोग निको पार्न भोग्ने कष्टलाई अपमान भन्न मिल्छ? त्यो अपमान होइन; त्यो त तँलाई निको पार्न गरिन्छ। परमेश्वरप्रतिको हाम्रो विश्वास अनि न्याय र सजायको अनुभव हाम्रो भ्रष्ट स्वभाव फाल्न, अनि मानव रूपमा जिउन, परमेश्वरको मागअनुसार जिउन, परमेश्वरप्रति समर्पित हुन, उहाँको आराधना गर्न, र अझ राम्रोसँग र अझ मर्यादासाथ जिउनका लागि हुन्। हामी आफ्ना भ्रष्ट स्वभावका कारण यो कष्ट भोग्न लायक छौँ। यो कष्ट भोगाइ सत्यता र जीवन पाउनका लागि हो। हामीले यसलाई अपमान भनेर अर्थ्याउन मिल्दैन। हामीले यसलाई आफूले पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्व, अनि हिँड्नुपर्ने मार्गका रूपमा स्विकार्नुपर्छ। यो त परमेश्वरले उच्च पार्नुभएको हो, र हामीलाई उच्च पार्नुभएकोमा र उहाँले दिने मौकाका लागि हामीले परमेश्वरको प्रशंसा गर्नैपर्छ। हामीले गरेका सबै कुरा र हामीले व्यवहार गरेको तरिकाका आधारमा, हामी यो कष्ट भोग्नयोग्य छैनौँ, र हामी संसारका मानिसहरूजस्तै नष्ट पारिनुपर्छ। यदि हामी आफूले भोग्नुपर्ने कष्ट र परमेश्वरले हामीलाई दिएका यो सब अनुग्रहलाई अपमान ठान्छौँ भने, हामीमा विवेकको एकदमै कमी छ र हामीले परमेश्वरको हृदयमा चोट पुऱ्याइरहेका हुन्छौँ! हामी परमेश्वरको मुक्ति पाउनयोग्य छैनौँ।” कुरा यही होइन त? (हो।) धर्मसिद्धान्तको यो पक्ष एकदमै सरल छ। के व्यक्तिले त्यो कसैले नबताईकनै बुझ्न सक्नुपर्दैन र? यसरी अन्तर्दृष्टि पाएर र यी कुराहरू बुझेर, मानिसहरूको हृदय अझ धेरै ढुक्क हुनेछ, र तिनीहरूले आफूमाथि परिस्थितिहरू आइपर्दा अनुचित रूपमा व्यवहार गर्नेछैनन्। कतिपय मानिसलाई हृदयमा यो नै सत्यता हो र आफूले त्यो स्विकार्नैपर्छ भन्ने स्पष्टसँग थाहा हुन्छ, तर जब तिनीहरू बोल्छन्, तब अझै यो एकदमै अन्यायपूर्ण छ भनेर भन्छन्, परमेश्वरको आलोचना गर्ने शब्दहरू मुखबाट ननिस्कुञ्जेल बोलेको बोलेकै गर्छन्। यस्ता कुराहरू नगर्। तँलाई परिस्थितिहरू आइपर्दा, सत्यता खोजी गर्। यो नै पहिलो महत्त्वपूर्ण कुरा हो; त्यसलाई कहिल्यै अनदेखा नगर्। यदि तँ परमेश्वर नै सत्य, मार्ग र जीवन हुनुहुन्छ भनेर मानिलिन्छस् भने, तैँले परमेश्वरले खडा गर्नुहुने कुनै पनि परिस्थितिलाई मानिसको काम ठान्नु हुँदैन। बरु, तैँले परमेश्वरले खडा गर्नुहुने हरेक परिस्थितिलाई आफ्नो स्वभाव परिवर्तन गर्ने र सत्यता स्विकार्ने मौका ठान्नुपर्छ।
मैले “अपमान” को अर्थबारे सङ्गति सकाएको छु। अब, म “गह्रौँ बोझ बोक्नु” को अर्थ के हो भन्ने अर्को भागबारे सङ्गति गर्नेछु। हामीले भर्खरै मानिसहरूले बोक्ने गह्रौँ बोझ कसरी मानिसहरूका हृदयमा हुने चाहना र उन्मत्त महत्त्वाकाङ्क्षा, अर्थात् तिनीहरूले हासिल गर्न आशा गर्ने उद्देश्य हो भन्नेबारे कुरा गऱ्यौँ। परमेश्वरका विश्वासीहरूलाई परमेश्वरद्वारा मुक्ति दिइने र तिनीहरूले परमेश्वरको अगुवाइ स्विकार्ने सन्दर्भमा भन्नुपर्दा, के तिनीहरूले अपमान सहनु र गह्रौँ बोझ बोक्नु आवश्यक छ? अहिले भर्खरै, मैले “अपमान सहनु” भन्ने वाक्यांशको परमेश्वरको घरमा कुनै औचित्य छैन भनेर भनेको थिएँ। तैँले अपमान सहनु आवश्यक छैन; तैँले आफूले एकदमै धेरै कष्ट भोगिरहेको महसुस गर्नुपर्दैन; तेरो हृदयले अन्यायपूर्ण व्यवहार गरिएको महसुस गर्नुपर्दैन; र तैँले आफू अत्यन्तै श्रेष्ठ भएझैँ गरी परमेश्वरलाई सन्तुष्ट पार्न यो सब अपमान सहनुपर्दैन। तैँले यी कुराहरू गर्नुपर्दैन। त्यसोभए गह्रौँ बोझ बोक्नुको अर्थ के हो? यदि कसैले परमेश्वर मानिसहरूलाई अझ ठूला जिम्मेवारी र मिसनहरू लिन अनि अझ ठूला आशिष् र राम्रो गन्तव्य प्राप्त गर्न सकून् भनी यो सब कष्ट भोग्न लगाउनुहुन्छ भनेर भन्यो भने, के त्यो कथन उचित र तर्कसङ्गत हुनेछ? (अहँ, त्यो उचित हुँदैन।) त्यो उचित हुँदैन। त्यसोभए हामीले त्यसलाई कसरी चित्रण गर्नुपर्छ? परमेश्वर मानिसहरूलाई मुक्ति पाउन अनि उहाँको डर मान्न र दुष्टताबाट अलग बस्न दिनुहुन्छ, र अझ राम्ररी जिउने बनाउनुहुन्छ। परमेश्वरले वास्तवमा यो मानिसहरूका खातिर गर्नुहुन्छ कि आफ्नै खातिर? (मानिसहरूका खातिर।) अवश्य नै यो मानिसहरूका खातिर गर्नुहुन्छ। मानिसहरू सबैभन्दा ठूला लाभार्थी हुन्। त्यसैले, म यो परमेश्वरले यसबाट के पाउनुहुन्छ भन्ने कुरासँग सम्बन्धित छैन भनेर भन्छु, झन् मानिसहरूले यो कष्ट भोगेर कति आशिष् प्राप्त गर्न सक्छन् भन्ने कुरासँग सम्बन्धित हुनु त परको कुरा हो। तैँले सहनुपर्दैन, र तैँले यस्तो खालका “ठूला महत्त्वाकाङ्क्षाहरू” राख्नुपर्दैन, न त तैँले कामकुरालाई यसरी त्याग्नु नै पर्छ। वास्तवमा, तैँले कुनै कुरा त्यागेको छैनस्, न त कुनै कुरा फालेको नै छस्। त्यसविपरीत, अन्त्यमा मानिसहरूले नै सबैभन्दा धेरै प्राप्त गरेका छन्। एउटा कारण त, मानिसहरूले आत्मआचरणका विभिन्न खालका सबै मापदण्ड बुझेका छन्। साथै, मानिसहरू परमेश्वरले स्थापित गरेका यो सम्पूर्ण व्यवस्था र यी सबै नियम पालन गर्न, र व्यवस्थित ढङ्गले जिउन सक्षम छन्। मानिसहरू अहिले जिइरहेको तरिकाको तुलनामा यो जिउने तरिका कस्तो छ? (यो अझ राम्रो छ।) त्यो त मानिसहरू अहिले जिइरहेको तरिकाभन्दा राम्रो छ। त्यसोभए, यी दुई जिउने तरिकामध्ये कुन चाहिँ अझ धेरै आशिषित, साँचो सृजित प्राणीको जिउने तरिकासँग अझ धेरै मिल्ने, र त्योभन्दा पनि, मानवजातिमा हुनुपर्ने जीवन हो? (पहिलो चाहिँ।) अवश्य नै, त्यो पहिलो चाहिँ हो। तैँले यो कष्ट भोगेपछि, परमेश्वरका अभिप्रायहरू बुझ्छस्, र त्यससँगै धेरै सत्यता बुझ्छस्, अनि सत्यताको बुझाइलाई जगका रूपमा लिएपछि, आफूलाई आचरणमा ढाल्ने तरिका सिक्छस्, र तेरो मानवताभित्र जीवनका रूपमा काम गर्ने सत्यता हुन्छ। के यसले तँलाई मूल्यवान् बनाउँछ? सुरुमा मानिसहरूसँग कुनै सत्यता हुँदै हुँदैन। तिनीहरू केवल व्यर्थका नीच व्यक्ति हुन्छन् जो कमिलाभन्दा कमसल हुन्छन् र जिउन योग्य हुँदैनन्, तर अहिले तैँले सत्यता बुझेको छस्, अनि तँ सत्यताअनुसार बोल्छस् र कार्य गर्छस्। परमेश्वरले तँलाई जे गर्न लगाउनुभए पनि, तैँले त्यो मान्न सक्छस्, अनि त्यसलाई ठ्याक्कै भनेबमोजिम पूरा गर्न सक्छस्, अनि परमेश्वरले तेरा लागि जे बन्दोबस्तहरू मिलाउनुभए पनि, तँ तीप्रति समर्पित हुन सक्छस्। त्यसोभए, के तैँले अझै परमेश्वरको आलोचना गर्नेछस्? के तैँले सक्रिय रूपमा उहाँविरुद्ध विद्रोह गर्नेछस्? यदि कसैले तँलाई परमेश्वरविरुद्ध विद्रोह गर्न उक्सायो भने, के तँ त्यो गर्नेछस्? (अहँ।) यदि कसैले तँलाई बहकाउन परमेश्वरबारे झुट बोल्यो भने, के तँ त्यो पत्याउनेछस्? (अहँ, पत्याउनेछैनँ।) अहँ, तैँले पत्याउनेछैनस्। त्यसैले, तैँले व्यक्तिपरक अर्थमा होस् कि वस्तुपरक अर्थमा, परमेश्वरविरुद्ध विद्रोह गर्नेछैनस्। यस्ता मानिसहरू पूर्णतया परमेश्वरको प्रभुत्वमा जिउँछन्। त्यसोभए, के अहिले यस्ता मानवहरूले अझै पनि मानिसहरूको पीडा सहनुपर्छ? के तिनीहरूका हृदयमा अझै घृणा र पीडा छ? के तिनीहरूका हृदयमा दुःखलाग्दा र पीडादायी कुराहरू छन्? (छैनन्।) त्यसमा यो पीडा छैन। यस्ता मानिसहरू आफूले गर्ने हरकुरामा सिद्धान्तनिष्ठ हुन्छन् र जथाभावी गर्दैनन्। साथै, परिस्थितिहरू आइपर्दा, परमेश्वरसँग सार्वभौम अख्तियार हुन्छ, र शैतानले तँलाई हानि गर्न सक्दैन; तँ साँचो व्यक्तिका रूपमा जिउँछस्। के परमेश्वरले यस्ता मानिसहरूलाई नष्ट गर्नुहुनेछ? के यस्ता मानिसहरूले आफैलाई नष्ट गर्नेछन्? (गर्नेछैनन्।) अहँ, गर्नेछैनन्। तिनीहरू आजका भ्रष्ट मानिसहरूका तुलनामा पूर्णतया फरक प्रकारका मानिस हुन्। आजकलका मानिसहरूको हृदय घृणा र पीडाले भरिएको छ। तिनीहरूले कुनै पनि समय वा ठाउँमा आत्महत्या गर्न सक्छन्, लडाइँ गर्न र मान्छे मार्न सक्छन्, अनि खराब कुराहरू गर्न सक्छन्, र यसरी मानव संसारमा विपत्ति ल्याउँछन्। जबकि, परमेश्वरबाट मुक्ति पाउने र जीवनका रूपमा सत्यता प्राप्त गरेकाहरू लडाइँ वा घृणा नगरी शान्तिसँग सहअस्तित्वमा रहन सक्छन्। तिनीहरू परमेश्वरका बन्दोबस्तहरूप्रति समर्पित हुन, अनि परमेश्वरले भन्ने हरेक शब्दप्रति एकताबद्ध हृदय र प्रयाससाथ समर्पित हुन सक्छन्। यी मानिसहरू सबै परमेश्वरको वचनमा जिउँछन्, र एकै दिशामा कडा परिश्रम गर्छन्। परमेश्वरको इच्छालाई अघि बढाउनका खातिर—तैँले सत्यता बुझ्दा, उसले सत्यता बुझ्दा, उनले सत्यता बुझ्दा, र तिनीहरूले सत्यता बुझ्दा—के तिनीहरूले एकसाथ हुँदा अझै फरक-फरक दृष्टिकोण राख्न सक्छन्? (सक्दैनन्।) यसरी, तिनीहरू सबै जना परमेश्वरसामु जिउने, उहाँका वचनमा जिउने, सत्यताअनुसार जिउने, र मानिसहरूको हृदय मिल्ने बिन्दुमा पुग्न सक्छन्। यसरी, के मानिसहरूबीच अझै काटमार र लडाइँ हुन सक्छ? (सक्दैन।) सक्दैन। के मानिसहरूले अझै पीडा सहनुपर्छ? त्यहाँ पीडा हुँदैन। यस्ता मानिसहरू कुनै लडाइँ वा हत्याविनाको आशिषित् जीवन जिउँछन्। त्यसोभए, मानिसहरूले कसरी परमेश्वरले तिनीहरूलाई सुम्पेका सबै कुराको व्यवस्थापन गर्नुपर्छ? (तिनीहरू शान्तिपूर्ण सहअस्तित्वमा रहनुपर्छ।) त्यसको एउटा पाटो के हो भने, तिनीहरू शान्तिपूर्ण सहअस्तित्वमा रहनुपर्छ। अर्को पाटो हो, तिनीहरूले परमेश्वरले स्थापित गरेका व्यवस्था र नियमअनुसार सबथोक व्यवस्थापन गर्नुपर्छ। त्यसको अर्थ, यो सम्पूर्ण व्यवस्था र यी सबै नियम अनि जीवित कुराहरू मानवजातिको स्वामित्वमा हुन्छन्, मानवजातिद्वारा प्रयोग गरिन्छन्, र ती कुराले मानवजातिलाई लाभ पुऱ्याउँछन्। यस्तो प्रकारको मानवजाति कति राम्रो हुन्छ! त्यतिबेला, मानवजातिको जिउने परिवेश मानवहरूलाई व्यवस्थापन गर्न दिइन्छ। परमेश्वरले मानिसहरूका खातिर यस संसारका लागि व्यवस्था र नियमहरू स्थापित गर्नुहुन्छ, र त्यसपछि परमेश्वरले त्यसमा हस्तक्षेप गर्नुहुनेछैन। यदि तैँले कुनै दिन ब्वाँसोले खरायो खाइरहेको देखिस् भने, के गर्नेछस्? तैँले ब्वाँसोलाई त्यो खान दिनैपर्छ। तैँले ब्वाँसोलाई खरायो खानबाट रोकेर घाँस खान लाउन मिल्दैन। तैँले कस्तो गल्ती गरिरहेको हुनेछस्? (तँ वस्तुहरूको प्राकृतिक व्यवस्थाविरुद्ध गइरहेको हुनेछस्।) तँ वस्तुहरूको प्राकृतिक व्यवस्थाविरुद्ध गइरहेको हुनेछस्। खरायोले घाँस खान्छ र ब्वाँसोले मासु खान्छ, त्यसैले तैँले तिनको अन्तर्निहित प्रकृतिलाई आदर गर्नैपर्छ र तिनलाई स्वतन्त्र रूपमा विकसित हुन दिनैपर्छ। तिनीहरूको क्रियाकलाप र जीवनशैलीमा कृत्रिम, अतिरिक्त तरिकाले हस्तक्षेप गर्नु आवश्यक छैन। तैँले यी कुराहरूको व्यवस्थापन गर्नुपर्दैन; परमेश्वरले यी कुराहरूलाई जसरी स्थापित गर्नुपर्ने हो, त्यसरी स्थापित गरिसक्नुभएको छ। यदि केही ठाउँमा धेरै पानी पर्छ र उपयुक्त हावापानी छैन भने, पशुहरू अन्यत्र सरेर जानैपर्छ। तँ भन्छस्, “हामीले यो ठाउँलाई ठिक गर्नैपर्छ। यहाँ किन जहिले पनि यति धेरै पानी पर्छ? पशुहरूलाई सधैँ बसाइँसराइ गर्दा पक्कै पनि थकाइ लाग्छ होला!” के यो फेरि मूर्खता होइन? (हो।) यो कसरी मूर्खता हो? के यो हावापानी परमेश्वरले स्थापित गर्नुभएको होइन र? (हो।) परमेश्वरले यो हावापानी स्थापित गर्नुभयो र यी पशुहरूलाई यस क्षेत्रमा रहन दिनुभयो। के तिनीहरूको बसाइँसराइ परमेश्वरले स्थापित गर्नुभएको होइन र? (हो।) त्यसोभए, तँ किन यसका बीचमा आउन चाहन्छस्? तँ किन असल अभिप्रायहरू राखेर अन्धाधुन्ध कार्य गर्दैछस्? बसाइँसराइ गर्नुको राम्रो पक्ष के हो? पशुहरूको ठूलो बगाल कुनै क्षेत्रमा छ महिना रहँदा, त्यहाँको घाँस सबै खाइसकिएको हुन्छ। यदि पानी परेन र ती त्यहाँबाट जान चाहेनन् भने, के हुन्छ? सधैँ पानी परिरहनुपर्ने हुन्छ। जमिन भिजेपछि, ती त्यहाँ रहन सक्दैनन् र घाँस वर्षाको पानीमा चुर्लुम्मै डुब्छ, त्यसैले तिनले त्यो ठाउँ छोड्नैपर्छ। यो बसाइँसराइले तिनको शरीरलाई तन्दुरुस्त बनाउँछ र घाँसलाई फेरि पलाउने मौका दिन्छ। तिनले अर्को ठाउँमा धेरैजसो घाँस खाइसकेपछि, त्यहाँ हिउँ पर्ने समय हुनेछ, र भन्ने हो भने, तिनको फेरि त्यहाँबाट बास उठ्नेछ, र ती चाँडै ठाउँ सरेर जानैपर्छ। ती फर्केर फेरि आफ्नो पुरानै ठाउँमा जान्छन्। त्यहाँ पानी परेको हुँदैन, घाँस बढेको हुन्छ र तिनले त्यहाँ फेरि घाँस खान पाउँछन्। यसरी, यो पारिस्थितिकी प्रणालीले प्राकृतिक तवरमा निरन्तर सन्तुलन कायम राख्छ। कतिपय मानिस भन्छन्, “नीलगाईहरू सधैँ सिंहको शिकार बन्छन्—कठै, ती दयनीय जनावर! के हामी नीलगाईलाई अलि चलाक बनाउन सक्दैनौँ?” तँ किन असल अभिप्रायहरू राखेर अन्धाधुन्ध कार्य गर्छस्? के तैँले आफूलाई दयालु देखाउन खोजिरहेको होस्? तेरो भलाइ हदभन्दा बाहिर जान्छ। यदि नीलगाईहरू धूर्त भएका भए, सिंहहरू भोकै रहनेथिए। के तँ सिंहहरू भोकै भएको हेर्न सक्छस्? अरू मानिसहरू यसो भन्छन्, “सिंहहरू खराब हुन्छन्। तिनले मृग र जेब्रालाई दार्छन्। त्यो अत्यन्तै रक्तरंजित र क्रूर हुन्छ!” यदि तैँले सिंहलाई नामेट पारिस् भने, जेब्रा र मृगको सङ्ख्या अत्यधिक धेरै हुनेछ। अन्तिम परिणाम के हुनेछ? सबै घाँस खाएर सकिनेछ, र घाँसे मैदान मरुभूमिमा परिणत हुनेछ। के तँ त्यो सहन सक्नेछस्? के तँ अझै यी असल अभिप्रायहरू राखेर कार्य गर्नेछस्? त्यसोभए, तैँले के गर्नुपर्छ? तिनीहरूलाई स्वतन्त्र रूपमा विकसित हुन दे। जनावरहरूलाई यस्तै हुन्छ। परमेश्वरले धेरैअघि यो सम्पूर्ण व्यवस्था स्थापित गर्नुभएको थियो र तैँले त्यो चाहे पनि वा नचाहे पनि स्विकार्नैपर्छ; हरकुरा जसरी व्यवस्थित गरिएको छ, त्यसरी नै अगाडि बढ्नैपर्छ। यदि तँ प्राकृतिक व्यवस्थाविरुद्ध गइस् भने, जीवन कायम रहन सक्दैन। तैँले यी सबै नियम बुझेपछि, ती नियमहरूलाई आदर गर्नेछस् र यी कुराहरूलाई ती नियमअनुसार हेर्नेछस्। त्यसपछि, तैँले सबथोकमाथि परमेश्वरको सार्वभौमिकता रहेको बुद्धि देख्नेछस्। त्यसबाहेक, यी सबै नियमहरू जीवनमा अन्तर्निहित हुन्छन्। यो कसरी भएको हो? (त्यो परमेश्वरद्वारा निर्धारित गरिएको हो।) त्यो परमेश्वरद्वारा निर्धारित गरिएको हो। परमेश्वरले यसरी नै त्यसको बन्दोबस्त गर्नुभयो। मानिसहरू विज्ञान, जीव विज्ञान, अध्ययनका सबै प्रकारका क्षेत्रको अनुसन्धान गर्छन्। तिनीहरूले धेरै वर्ष अनुसन्धान गरेका छन्, तर सरल धर्मसिद्धान्त र व्यवस्था मात्र बुझ्छन्; कसैले पनि यस धर्मसिद्धान्त र घटनामा परमेश्वरको सार्वभौमिकता वा बुद्धि देख्दैन। किन यो सारा पारिस्थितिकी प्रणाली र खाद्य चक्र यति जटिल र अद्भुत उत्पन्न भयो? मानवहरू यस संसारमा मानिसहरूलाई केवल कुनै घटना स्पष्ट पार्छन् वा कुनै तथ्य घोषणा गर्छन्, तर त्यो सब परमेश्वरबाट आएको भनेर स्पष्टसित सारांशीकृत गर्न वा छर्लङ्ग देख्न कसैले पनि सक्दैन—त्यो आफै आएको होइन। यदि हामी त्यो आफै आएको हो भन्ने भनाइसँग सहमत हुन्छौँ भने, किन कसैले यतिका वर्षमा बाँदर मानव बनेको कहिल्यै देखेको छैन त? यी सब नियम परमेश्वरले स्थापित गर्नुभएको हो। के तिनको बाँदर मानवमा परिणत हुनुसँग कुनै सम्बन्ध छ? (छैन।) त्यस्तो केही छैन। परमेश्वरले यी सबै नियमहरू र यो सम्पूर्ण व्यवस्था स्थापित गर्नुभयो। यदि मानिसहरू भाग्यमानी भएर बाँकी रहे भने, त्यो बेला तिनीहरूले यो सम्पूर्ण व्यवस्था र यी सबै नियमलाई आदर गर्ने, कायम राख्ने र व्यवस्थापन गर्ने मात्र होइन, त्योभन्दा महत्त्वपूर्ण, तिनीहरू यो सम्पूर्ण व्यवस्था र यी सबै नियमको सबैभन्दा ठूलो लाभार्थी पनि बन्नेछन्। परमेश्वरले यो सब मानवताका लागि तयार पार्नुभयो, र मानिसहरूका लागि स्थापित गर्नुभयो—मानिसहरूका आनन्दका लागि सबै कुरा तम्तयार छन्। सबै कुरामध्ये सृजित प्राणीहरू अर्थात् मानिसहरू सबैभन्दा आशिषित् हुन्। मानिसहरूसँग भाषा छ, सोचाइ छ, तिनीहरू परमेश्वरको स्वर सुन्न सक्छन्, परमेश्वरका वचन बुझ्न सक्छन्, तिनीहरूसँग परमेश्वरसित कुराकानी गर्ने भाषा छ, र तिनीहरू परमेश्वरका वचन बुझ्न सबैभन्दा दक्ष छन्। तिनीहरू कसरी सबैभन्दा आशिषित् छन् भने, परमेश्वरले तिनीहरूलाई सबैभन्दा ठूलो पूँजी दिनुभएको छ, जसद्वारा तिनीहरू मुक्ति प्राप्त गर्न र उहाँसामु आउन सक्छन्। अन्ततः परमेश्वरले गरेका सबै कुरा, अनि उहाँले स्थापित गरेको यो सम्पूर्ण व्यवस्था र यी सब नियमहरूलाई मानिसहरूले व्यवस्थापन गर्नुपर्नेछ, र कायम राख्नुपर्नेछ। यो सम्पूर्ण व्यवस्था र यी सबै नियमको अनुसन्धान गर्ने, तिनलाई तहसनहस पार्ने, बर्बाद गर्ने र बङ्ग्याउने काम मात्र गर्ने मानिसहरूलाई नामेट पार्नुपर्छ। मानिसहरूले एकदमै धेरै कष्ट भोगेका छन्। के मानिसहरूले आफ्ना हृदयमा विश्वास गर्ने, अनि पछ्याउने र तृष्णा गर्ने त्यो सुन्दर गन्तव्य वास्तवमै अस्तित्वमा छ? वास्तवमा त्यो अस्तित्वमा छैन। त्यो त मानिसहरूको चाहना र उन्मत्त महत्त्वाकाङ्क्षा मात्र हो, अनि त्यो परमेश्वरले मानिसहरूलाई दिन चाहने कुराभन्दा फरक हो। ती दुई फरक-फरक कुराहरू हुन् र तिनको एकअर्कासँग कुनै सम्बन्ध छैन। त्यसैले मानिसहरूमा अपमान सहनु र गह्रौँ बोझ बोक्नु को एक भाग “गह्रौँ बोझ बोक्नु” को अस्तित्व छैन। मैले यो अस्तित्वमा छैन भन्नुको अर्थ के हो? त्यसको अर्थ हो, तैँले विश्वास गर्ने सुन्दर गन्तव्य, र आफ्नो हृदयको गहिराइमा रहेका चाहना र उन्मत्त महत्त्वाकाङ्क्षाभित्र रहेका हासिल गर्न चाहेका कुराहरू अस्तित्वमा छँदै छैनन्। तैँले जति नै धेरै कष्ट भोगे पनि वा जति नै धेरै अपमान सहे पनि, अन्त्यमा तैँले तृष्णा गर्ने गन्तव्य, तैँले हासिल गर्न चाहेका कुराहरू, तैँले बन्न चाहेको व्यक्ति, र तैँले आशिष् पाउन चाहेको हद मान्य छैन। ती परमेश्वरले तँलाई दिन चाहने कुराहरू होइनन्। यहाँ अरू कस्तो समस्या छ? अपमान सहनु र गह्रौँ बोझ बोक्नु भनेको मानिसहरूले अपमान सहेर आफ्नो वास्तविक क्षमता लुकाउनु, र त्यसपछि आफ्ना उद्देश्यहरू हासिल गर्न अनादर भोग्नु हो। यी उद्देश्यहरू के हुन्? ती मानिसहरूको हृदयको गहिराइका आकाङ्क्षा र कामनाहरूसमेत हुन्। त्यसोभए, जब विश्वासीहरूले कष्ट भोग्छन्, के त्यो कुनै चाहना पूरा गर्नका लागि हो त? (होइन।) त्यसोभए, त्यो केका लागि हो त? विश्वासीहरूले कष्ट भोग्दा, तिनीहरूले पछ्याउन र हासिल गर्न चाहने उद्देश्य सकारात्मक हुन्छ कि नकारात्मक? (सकारात्मक।) के त्यो चाहनासित सम्बन्धित हुन्छ? (हुँदैन।) त्यसोभए, यो सकारात्मक उद्देश्य के हो? (आफ्नो भ्रष्ट स्वभाव फाल्नु, साँचो व्यक्ति बन्नु, र अझ राम्रोसँग जिउन सक्नु।) आफ्नो भ्रष्ट स्वभाव फाल्नु, साँचो व्यक्ति बन्नु, र अझ राम्रोसँग जिउन सक्नु। अरू के? मुक्ति पाउने व्यक्ति बन्नु, र फेरि परमेश्वरविरुद्ध विद्रोह नगर्नु। के तिमीहरू अय्यूब र पत्रुसजस्तो व्यक्ति बन्न चाहन्छौ? (चाहन्छौँ।) त्यसोभए, के यो उद्देश्य होइन र? (हो।) के यो उद्देश्य चाहनासँग सम्बन्धित छ? (छैन।) यो उद्देश्य उचित पछ्याइ हो, र परमेश्वरले मानिसहरूलाई दिनुभएको उद्देश्य र मार्ग हो। यो उचित छ। त्यसैले म तैँले पछ्याइको यो उचित उद्देश्यका कारण कष्ट भोग्नु भनेको अपमान सहनु होइन भनेर भन्छु। बरु, त्यो त मानिसहरूले पछ्याउनुपर्ने कुरा, र हिँड्नुपर्ने मार्ग हो। के हृदयको गहिराइमा आफूलाई अपमान सहने व्यक्ति ठान्ने ती मानिसहरू यस मार्गमा हिँड्न सक्छन्? तिनीहरू सक्दैनन्, न त तिनीहरूले यो उद्देश्य पूरा गर्न नै सक्छन्।
अहिले त्यसलाई हेर्दा, के “अपमान सहनु र गह्रौँ बोझ बोक्नु” भन्ने वाक्यांश सत्यता हो? (होइन।) यो सत्यता होइन, र यो मानिसहरूले कसरी कार्य गर्नुपर्छ, आफूलाई कसरी आचरणमा ढाल्नुपर्छ, वा कसरी परमेश्वरको आराधना गर्नुपर्छ भन्ने मापदण्ड होइन। के मानिसहरूले परमेश्वरबाट मुक्ति पाउनका निम्ति अपमान सहन र गह्रौँ बोझ बोक्न आवश्यक छ? (छैन।) कुनै व्यक्तिले अपमान सहेर र गह्रौँ बोझ बोकेर मुक्ति प्राप्त गऱ्यो भनी भन्नु सही हो कि गलत? (गलत।) यो कसरी गलत हो? अपमान सहनु र गह्रौँ बोझ बोक्नु सत्यता अभ्यास गर्नु होइन, त्यसैले तिनीहरूले कसरी मुक्ति प्राप्त गर्न सक्छन्? त्यो त कुनै व्यक्तिले मान्छे माऱ्यो, आगजनी गऱ्यो र धेरै खराब कुरा गऱ्यो, र अन्त्यमा ऊ “मानिसहरूले प्रेम गर्ने अगुवा” बन्यो भन्नुझैँ हो। के त्यो यसो भन्नुझैँ होइन र? (हो।) त्यसको अर्थ यही हो। ऊ अवश्य नै दुष्टताको मार्गमा छ, तैपनि सकारात्मक व्यक्ति बन्यो। यो विरोधाभास हो। यदि कसैले कुनै व्यक्तिले अपमान सह्यो र गह्रौँ बोझ बोक्यो, र अन्त्यमा ऊ परमेश्वरसँग मिल्दो बन्यो, वा कुनै व्यक्तिले अपमान सह्यो र गह्रौँ बोझ बोक्यो, अनि अन्त्यमा परीक्षाका क्रममा ऊ दृढ रह्यो, वा कुनै व्यक्तिले अपमान सह्यो र गह्रौँ बोझ बोक्यो, अनि अन्त्यमा परमेश्वरको आज्ञा पूरा गऱ्यो भनेर भनेमा—यीमध्ये कुन-कुन चाहिँ कथनहरू सही हुन्? (कुनै पनि होइनन्।) ती कुनै पनि सही होइनन्। के कसैले सारा गाउँभरि सुसमाचार प्रचार गर्दा अपमान सह्यो र गह्रौँ बोझ बोक्यो भनेर भन्नु सही हो? (होइन।) म कतिपय मानिस यस्तो सोच्दै अनिश्चित भएको देख्छु, “के यो सही हो? मलाई लाग्छ, त्यो कथन सही हो, होइन र? धेरै पटक मानिसहरूले सुसमाचार प्रचार गर्दा र परमेश्वरको गवाही दिँदा अपमान सहनुपर्छ र गह्रौँ बोझ बोक्नुपर्छ।” यस प्रसङ्गमा यो वाक्यांश प्रयोग गर्नु सही हो, होइन र? (अहँ, त्यो सही होइन।) किन होइन? मलाई बता। (किनभने अपमान सहेर र गह्रौँ बोझ बोकेर प्राप्त गरेको परिणाम सकारात्मक हुँदैन।) के यो सही प्रयोग हो? यो वाक्यांश कसरी गलत हो भनेर विश्लेषण गर्। त्यसलाई चिरफार गर्। “तिनीहरूले सुसमाचार प्रचार गर्दा अपमान सहेर र गह्रौँ बोझ बोकेर धेरै मानिसलाई विश्वासमा ल्याए, धेरै फल फलाए, र परमेश्वरको नामको घोषणा गरे।” के तँलाई यो कथन सही हो कि होइन भन्ने थाहा छैन? यदि हामी त्यसलाई आज हामीले सङ्गति गरेको हरेक कथनअनुरूप लागु गर्छौँ भने, यस परिस्थितिमा यो वाक्यांश प्रयोग गर्नु बेठिक हुनेछ, तर सुसमाचार प्रचार गर्दा कतिपय मानिसलाई कसरी सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूले पिट्छन् वा गाली गर्छन र ढोकैबाट फर्काउँछन् भन्नेबारे एक कदम अघि बढेर सोच्दा, के यो अपमान सहनु हो भनेर मान्न सकिन्छ? (सकिँदैन।) त्यसोभए यो के हो? (विश्वासीहरूले सुसमाचार प्रचार गर्दा भोग्नैपर्ने कष्ट हो।) ठीक भनिस्। यो मानिसहरूले भोग्नैपर्ने कष्ट हो। यो तिनीहरूको जिम्मेवारी, दायित्व, र परमेश्वरले मानिसहरूलाई दिएको आज्ञा हो। यो प्रसव पीडा जस्तै हो—के यो भोग्नैपर्ने कष्ट होइन र? (हो।) यदि कुनै स्त्रीले आफ्नो बच्चालाई “मैले तँलाई संसारमा ल्याउन अपमान सहेँ र गह्रौँ बोझ बोकेँ” भनेर भन्छे भने, के त्यसो भन्नु सही हुन्छ? (हुँदैन।) उसले कष्ट भोगेकै हो, त्यसोभए त्यसो भन्नु किन गलत हो? किनभने यो उसले भोग्नैपर्ने कष्ट हो। उदाहरणका लागि, यदि ब्वाँसोले खरायो पक्रनअघि धेरै समय सिकार गऱ्यो, र “मैले खरायो खान अपमान सहेँ र गह्रौँ बोझ बोकेँ” भनेर भन्यो भने, के त्यो सही हुनेथियो? (हुनेथिएन।) त्यस ब्वाँसोले खरायो खान त्यसको बदलामा केही त्याग गर्नैपर्छ। खरायो ब्वाँसोको सिकार बन्न त्यतिकै कुरेर बसिरहेको हुँदैन। कुन चाहिँ काम त्यस्तो सजिलो हुन्छ र? काम जे भए पनि, व्यक्तिले सधैँ निश्चित त्याग गर्नैपर्छ। यो अपमान सहनु र गह्रौँ बोझ बोक्नु होइन। अहिले भर्खरै, हामीले “अपमान सहनु र गह्रौँ बोझ बोक्नु” भन्ने वाक्यांशलाई केका रूपमा राम्रोसँग वर्गीकरण गरेका छौँ? (नकारात्मक।) हामीले त्यसलाई नकारात्मक र होच्याउने वाक्यांशका रूपमा वर्गीकरण गरेका छौँ, र त्यसलाई शैतानको तर्क र संसारसँग व्यवहार गर्ने शैतानको दर्शनका रूपमा वर्गीकरण गरेका छौँ। यसको परमेश्वरप्रतिको विश्वास र सकारात्मक कुराहरूसँग कुनै सम्बन्ध छैन। यदि कसैले “मैले धेरै वर्षदेखि सुसमाचार प्रचार गर्दै आएको छु। मैले साँच्चै अपमान सहेको छु र गह्रौँ बोझ बोकेको छु!” भनेर भन्छ भने, यो उचित होइन। सुसमाचार प्रचार गर्नु तेरो जिम्मेवारी र यो तैँले भोग्नुपर्ने कष्ट हो। तैँले सुसमाचार प्रचार नगरे पनि, जिएर नै कष्ट भोग्नेछैनस् र? यो त मानिसहरूले भोग्नुपर्ने कष्ट हो; यो उचित हो। “अपमान सहनु र गह्रौँ बोझ बोक्नु” भन्ने वाक्यांश मूलतः परमेश्वरको घरबाट उन्मूलन भइसकेको छ। यदि कसैले यो वाक्यांश फेरि उल्लेख गर्छ भने, तैँले त्यसलाई कसरी अर्थ्याउनेछस्? यदि कसैले “मैले यहूदा नबन्नका लागि जेलमा अपमान सहेँ र गह्रौँ बोझ बोकेँ!” भनेर भन्छ भने, के यो कथन सही हो? (होइन।) किन होइन? “यहूदा नबन्नका लागि” भन्ने वाक्यांश एकदमै न्यायोचित उद्देश्य र भन्नुपर्ने न्यायोचित कुरा हो, त्यसोभए त्यो कसरी अपमान सहनु र गह्रौँ बोझ बोक्नु हुन सक्दैन? (विश्वासी यहूदा हुनु हुँदैन।) ठिक भनिस्। कुनै विश्वासी यहूदा हुनु कसरी उचित हो र? यहूदा नहुनु भनेको अपमान सहनु र गह्रौँ बोझ बोक्नु हो भनेर भन्नु हास्यास्पद कुरा होइन र? परमेश्वरको गवाही दिनु नै तेरो मिसन हो। सृजित प्राणीहरू यही गवाहीमा र यही अडानमा दृढ रहनुपर्छ। शैतान मानिसहरूको प्रशंसा पाउनयोग्य छैन। मानिसहरूले आराधना त परमेश्वरकै गर्नुपर्छ, अनि उहाँको आराधना गर्नु एकदमै स्वाभाविक र न्यायसङ्गत कुरा हो। शैतानले तँलाई त्यसको इच्छाअनुसार चलाउन खोज्दा, तँ परमेश्वरप्रति आफ्नो गवाहीमा दृढ हुनुपर्छ, तैँले आफ्नो जीवन त्याग्नुपर्छ, र यहूदा हुनु हुँदैन। यो अपमान सहनु र गह्रौँ बोझ बोक्नु होइन। मैले अहिले यो वाक्यांश स्पष्टसँग व्याख्या गरेको छु। यदि कसैले फेरि आफूले कसरी अपमान सहेको र गह्रौँ बोझ बोकेको छु भनेर भन्छ भने, तैँले त्यो मामला कसरी सम्हाल्नुपर्छ? तैँले तिनीहरूलाई आज मैले प्रचार गरेको प्रवचन सुन्न दिइस् भने, तिनीहरूले बुझ्नेछन्। त्यो नै सबैभन्दा सजिलो तरिका हो।
ग. लड्न कहिल्यै हार नमान्ने इच्छा
झिँगटोमा सुतेर पित्त चाट्नुको तेस्रो प्रकटीकरण लड्न कहिल्यै हार नमान्ने इच्छा हो। लड्न कहिल्यै हार नमान्नु कस्तो स्वभाव हो? अहङ्कारी स्वभाव। मानिसहरू कसरी कहिल्यै असफल नहुन सक्छन्? मानिसहरूले कसरी कहिल्यै कुनै कुरा गलत नगर्न, कहिल्यै कुनै गलत कुरा नभन्न, वा कहिल्यै कुनै गल्ती नगर्न सक्छन्? तैँले यसो भनेर स्विकार्नैपर्छ: “म साधारण व्यक्ति हुँ, र म सामान्य व्यक्ति हुँ। ममा कमी र कमीकमजोरीहरू छन्। कहिलेकाहीँ म गलत कुरा गर्छु र कहिलेकाहीँ गलत कुरा भन्छु। म गलत कुरा गर्न र गलत मार्ग पछ्याउन सक्छु। म साधारण व्यक्ति हुँ।” त्यसोभए, कहिल्यै हार नमान्नुको अर्थ के हो? यसको अर्थ कुनै व्यक्ति असफल हुँदा, उसलाई रोकावट आइपर्दा, वा ऊ तर्केर गलत मार्गमा हिँड्दा उसले त्यो नस्विकार्नु हो। ऊ अटेर भई त्यसमा लागिरहन्छ। ऊ असफल हुन्छ तर निरुत्साहित हुँदैन, असफल हुन्छ तर आफ्नो गल्ती स्विकार्दैन। उसलाई जति जना मानिसले हप्काए वा निन्दा गरे पनि, ऊ पछि फर्कँदैन। ऊ लड्न, काम गर्न अनि आफ्नै दिशा र उद्देश्य पछ्याउन ढिपी गर्छ, र त्यसको मूल्यबारे केही सोच्दैन। यो नै त्यसले जनाउने मानसिकता हो। के यो मानिसहरूलाई एकत्रित गर्ने निकै राम्रो मानसिकता होइन र? सामान्यतया कस्ता परिस्थितिहरूमा “कहिल्यै हार नमान्नु” भन्ने भनाइ प्रयोग गरिन्छ? हरेक प्रकारका परिस्थितिमा। जहाँ-जहाँ भ्रष्ट मानवहरू अस्तित्वमा हुन्छन्, त्यहाँ-त्यहाँ यो वाक्यांश अस्तित्वमा हुन्छ; यो मानसिकता अस्तित्वमा हुन्छ। त्यसोभए, शैतानका मानिसहरूले केका लागि यो भनाइ सोचेका हुन्? ताकि मानिसहरूले आफूलाई कहिल्यै नबुझून्, आफ्ना गल्तीहरू कहिल्यै नचिनून्, र आफ्ना गल्तीहरू कहिल्यै नस्विकारून्। मानिसहरूले आफ्नो कमजोर, दुर्बल र अयोग्य पक्ष नदेखून् भनेर मात्र नभई, बरु आफ्नो सक्षम, शक्तिशाली र दह्रिलो पक्ष देखून, आफूलाई कम नठानून् तर योग्य ठानून् भन्नाका लागि बनाएका हुन्। यदि तँ आफूलाई सक्षम ठान्छस् भने, सक्षम नै हुन्छस्; यदि तँ आफू सफल हुन सक्छु, असफल हुनेछैनँ, र हिरामध्ये कोहिनुर बन्न सक्छु भनी सोच्छस् भने, त्यही हुनेछस्। यदि तँमा त्यो अठोट र सङ्कल्प छ, त्यो कामना र उन्मत्त महत्त्वाकाङ्क्षा छ भने, तैँले त्यो सब हासिल गर्न सक्छस्। मानिसहरू महत्त्वहीन छैनन्; तिनीहरू शक्तिशाली छन्। गैरविश्वासीहरूको यस्तो भनाइ छ: “तिम्रो मञ्च तिम्रो हृदय जत्तिकै ठूलो छ।” कतिपय मानिसलाई यो भनाइ सुन्नासाथ मन पर्छ: “वाह, म दस क्यारेटको हिरा चाहन्छु, के त्यसको अर्थ मैले त्यो पाउनेछु? म मर्सिडेज बेन्ज चाहन्छु, के त्यसको अर्थ मैले त्यो पाउनेछु?” के तैँले पाउने कुरा तेरो हृदयको चाहनाको विशालतासँग मेल खान्छ? (खाँदैन।) यो भनाइ भ्रम हो। स्पष्टसित भन्नुपर्दा, “कहिल्यै हार नमान्नु” भन्ने वाक्यांशलाई विश्वास गर्ने र स्विकार्नेहरूको अहङ्कारको कुनै सीमा हुँदैन। परमेश्वरका कुन वचनहरू यी मानिसहरूको सोच्ने तरिकासँग सिधै बाझिन्छन्? परमेश्वर मानिसहरूले आफूलाई बुझून्, र आफूलाई व्यावहारिक तरिकामा आचरणमा ढालून् भन्ने माग गर्नुहुन्छ। मानिसहरूमा भ्रष्ट स्वभावहरू हुन्छन्; तिनीहरूमा कमीकमजोरी र परमेश्वरको प्रतिरोध गर्ने स्वभाव हुन्छ। मानिसहरूमाझ कोही पनि सिद्ध छैनन्; कोही पनि सिद्ध हुँदैन; तिनीहरू सामान्य मानिस मात्रै हुन्। परमेश्वरले मानिसहरूलाई आफूलाई कसरी आचरणमा ढाल्न चेतावनी दिनुभयो? (शिष्ट शैलीले आचरणमा ढाल्न।) आफूलाई शिष्ट शैलीले आचरणमा ढाल्न, र व्यावहारिक तरिकामा सृजित प्राणीका रूपमा आफ्ना स्थानमा दृढ रहन। के परमेश्वरले कहिल्यै मानिसहरूले कहिल्यै हार नमानून् भनेर माग गर्नुभएको छ? (छैन।) अहँ, छैन। त्यसोभए मानिसहरूले गलत मार्ग पछ्याउनु, वा भ्रष्ट स्वभाव प्रकट गर्नुबारे परमेश्वर के भन्नुहुन्छ? (उहाँ त्यसलाई मानिलिनू र स्विकार्नू भन्नुहुन्छ।) त्यसलाई मानिलिनू र स्विकार्नू, त्यसपछि त्यसलाई बुझ्नू, आफूलाई बदल्न सक्षम हुनु, र सत्यता अभ्यास हासिल गर्न सक्षम हुनू भन्नुहुन्छ। त्यसको विपरीत, कहिल्यै हार नमान्नु भनेको मानिसहरूले आफ्ना समस्याहरू नबुझ्नु, आफ्ना गल्तीहरू नबुझ्नु, आफ्ना गल्तीहरू नस्विकार्नु, कुनै हालतमा आफूलाई नबदल्नु, र कुनै हालतमा पश्चात्ताप नगर्नु हो, झन् परमेश्वरको सार्वभौमिकता वा बन्दोबस्तहरू स्विकार्नु त परको कुरा हो। तिनीहरूले मानिसहरूको भाग्य ठ्याक्कै के हो, वा परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरू के हुन् भनेर खोजी नगर्ने मात्र होइनन्—तिनीहरूले यी कुराहरूको खोजी नगर्ने मात्र होइनन्, तर बरु आफ्नो भाग्य पनि आफ्नै हातमा लिन्छन्; तिनीहरू अन्तिम निर्णय गर्न चाहन्छन्। साथै, परमेश्वर मानिसहरूले आफूलाई बुझून्, आफूलाई सही तरिकाले मूल्याङ्कन र आँकलन गरून्, अनि आफूले राम्ररी गर्न सक्ने जुनसुकै कुरा व्यावहारिक र शिष्ट ढङ्गमा अनि आफ्नो सारा हृदय, मन, र प्राणले गरून् भन्ने माग गर्नुहुन्छ, जबकि शैतानले मानिसहरूलाई आफ्नो अहङ्कारी स्वभावको पूर्ण प्रयोग गर्न, र आफ्नो अहङ्कारी स्वभावलाई खुल्ला छोड्न लगाउँछ। त्यसले मानिसहरूलाई महामानव हुन, महान् हुन र महाशक्ति प्राप्त गर्नसमेत लगाउँछ—त्यसले मानिसहरूलाई हुनै नसक्ने कुरा हुन लगाउँछ। तसर्थ, शैतानको दर्शन के हो? त्यो के हो भने, तँ गलत भए पनि, तँ गलत होइनस्, अनि यदि तँमा हार नस्विकार्ने मानसिकता छ भने, र यदि तँमा कहिल्यै हार नमान्ने मानसिकता छ भने, ढिलो-चाँडो कुनै दिन तँ हिरामध्ये कोहिनूर बन्नेछस्, अनि ढिलो-चाँडो कुनै दिन तेरा इच्छा र उद्देश्यहरू साकार हुनेछन्। त्यसोभए, के कुनै अर्थमा कहिल्यै हार नमान्नु भनेको तैँले कुनै कुरा हासिल गर्न कुनै पनि उपायहरू प्रयोग गर्छस् भन्ने हुन्छ? तैँले आफ्ना उद्देश्यहरू हासिल गर्नका लागि आफू असफल हुन सक्छु भनेर स्विकार्नै हुँदैन, तैँले आफूलाई सामान्य व्यक्ति पटक्कै ठान्नु हुँदैन, र तैँले गलत मार्ग पछ्याउन सक्छस् भनेर ठान्नै हुँदैन। यसबाहेक, तैँले आफ्ना कामना र उन्मत्त महत्त्वाकाङ्क्षाहरू साकार पार्न हरप्रकारको तरिका वा गोप्य युक्ति बेइमानीपूर्वक प्रयोग गर्नैपर्छ। के कहिल्यै हार नमान्नुबारे कुनै कुरा छ, जसमा मानिसहरूले आफ्नो भाग्यलाई प्रतीक्षा र समर्पण गर्ने मनोवृत्तिले लिन्छन्? (छैन।) अहँ छैन। मानिसहरू आफ्नो भाग्य पूर्ण रूपले आफ्नै हातमा लिने अड्डी कस्छन्; तिनीहरू आफ्नै भाग्य नियन्त्रण गर्न चाहन्छन्। तिनीहरूले जुनै मार्ग लिए पनि, तिनीहरू आशिषित् भए पनि वा तिनीहरूको जीवनशैली जस्तो प्रकारको हुने भए पनि, तिनीहरूले हरकुरामा अन्तिम निर्णय गर्नैपर्छ। गैरविश्वासीहरूको यस्तो भनाइ छ: “अवसर तयार व्यक्तिको पक्षधर हुन्छ।” यो कस्तो भनाइ हो? धेरै वर्ष तयारी गर्ने मानिसहरू धेरै हुन्छन्, जसले आफ्नो सारा जीवन तयारी गरेर बिताउँछन्, तर कहिल्यै अवसर नपाई मर्छन्। अवसर कसरी आउँछ? (परमेश्वरबाट आउँछ।) यदि परमेश्वरले तेरा लागि अवसर तयार पार्नुभएन भने, के तैँले जति नै तयारी गरे पनि, त्यो कुनै काम लाग्छ? (लाग्दैन।) यदि परमेश्वरले तँलाई कुनै अवसर दिने योजना बनाउनुभएन र त्यो भाग्यमै छैन भने, तैँले जति नै वर्ष तयारी गरे पनि, त्यो के काम लाग्छ? के तैँले यतिका वर्ष तयारी गरेका कारण परमेश्वरले तँलाई दया देखाएर अवसर दिनुहुनेछ? के परमेश्वरले यसो गर्नुहुनेछ? (गर्नुहुनेछैन।) यदि परमेश्वरले तेरा लागि अवसर तयार पार्नुभएको छ भने, त्यो मिल्नेछ, अनि यदि परमेश्वरले तेरा लागि अवसर तयार पार्नुभएको छैन भने, तैँले त्यो पाउनेछैनस्। के कहिल्यै हार नमान्नु कुनै काम लाग्छ? (लाग्दैन।) कतिपय मानिस भन्छन्, “म कहिल्यै हार मान्दिनँ। म आफ्नो भाग्य आफ्नै हातमा लिन्छु!” तिनीहरूका शब्दहरू उग्र हुन्छन्, तर तिनीहरूले त्यो हासिल गर्न सक्नु नसक्नु तिनीहरूका हातमा हुँदैन। उदाहरणका लागि, कुनै स्त्री छोरो चाहन्छे। उसले केही बच्चा जन्माउँछे, तर ती सबै छोरी जन्मन्छन्। अरू मानिसले उसलाई अब थप छोराछोरी नजन्माउनू, र छोरो जन्माउनु उसको भाग्यमै छैन भनेर भन्छन्, तर ऊ हार मान्दिन, र भन्छे, “म त्यो विश्वास गर्दिनँ। म कहिल्यै हार मान्नेछैनँ!” उसको दसौँ बच्चा पनि छोरी जन्मेपछि, ऊ बल्ल हार मान्छे: “यस्तो लाग्छ, छोरो जन्माउनु मेरो भाग्यमै छैन।” के ऊ अझै हार मान्दिन? के उसमा अझै आत्मविश्वास छ? के ऊ अझै बच्चा जन्माउने आँट गर्छे? अहँ, ऊ आँट गर्दिन। अन्य कुनै व्यक्तिले व्यापार गर्दा, दुई वर्षमा पाँच लाख डलर कमाउने योजना बनाउँछ। सुरुमा, ऊ आफूले सुरुको छ महिनासम्म केही नकमाउँदा यसो भन्छ, “केही छैन। सुरुको छ महिनामा एक पैसा पनि नकमाउँदा केही बिग्रँदैन। म पछिल्ला छ महिनामा अवश्य नै पैसा कमाउनेछु।” एक वर्षभन्दा बढी समय बितेर गए पनि उसले एक पैसा कमाएको हुँदैन, ऊ अझै हार मान्दैन: “म कहिल्यै हार मान्दिनँ। म सबै कुरा मानिसका हातमा छ भन्ने विश्वास गर्छु—मसँग प्रचुर अवसरहरू छन्!” दुई वर्ष बितिसक्दा, उसले पचास हजार पनि कमाएको छैन, झन् पाँच लाख कमाउनु त परको कुरा हो। उसलाई आफूसँग पर्याप्त समय र अनुभव थिएन भन्ने लाग्छ, त्यसैले ऊ थप दुई वर्ष अध्ययन गर्छ। चार वर्ष बितिसकेपछि, उसले पाँच लाख नकमाएको मात्र होइन, लगभग आफ्नो सबै सावाँसमेत गुमाएको हुन्छ तर अझै हार मान्दैन: “मेरो भाग्यमै पैसा कमाउनु लेखेको छ। म कसरी पाँच लाख डलर कमाउन सक्दिनँ र?” लगभग दस वर्ष बितिसकेपछि, के ऊसँग अझै पाँच लाख कमाउने उद्देश्य हुनेछ? यदि तैँले फेरि उसलाई यो वर्ष कति कमाउने योजना छ भनेर सोधिस् भने, उसले भन्छ, “आ, खान-लाउन पुगे भइहाल्यो।” के ऊ अझै कहिल्यै हार मान्दैन? ऊ असफल भएको छ, होइन र? कसरी ऊ असफल भएको छ? के उसको कमाउने लक्ष्य अति उच्च भएकाले ऊ असफल भएको हो? के कारण त्यही हो? होइन। चाहे त्यो मानिसहरूको सम्पत्ति, छोराछोरी, तिनीहरूले जीवनमा भोग्ने कष्ट होस्, वा तिनीहरू जहिले र जहाँ जाऊन्, त्यो कुनै पनि निर्णय गर्न सक्दैनन्। कतिपय मानिस सार्वजनिक प्रशासनमा प्रवेश गर्न चाहन्छन्, तर तिनीहरूले कहिल्यै अवसर पाउँदैनन्—के यसका लागि क्षमता नहुनुलाई दोष दिन मिल्छ? तिनीहरू सक्षम हुन्छन्, चलाक हुन्छन्, र मानिसहरूलाई चिप्लो घस्न जान्दछन्, त्यसोभए तिनीहरूलाई सरकारी अधिकारी हुन किन यति गाह्रो हुन्छ? तिनीहरू जत्तिका सक्षम नभएका धेरै मानिस अधिकारी बनेका छन्, अनि तिनीहरूले तुच्छ ठान्ने धेरै मानिस अधिकारी बनेका छन्। यी मानिसहरू बोल्नमा सिपालु हुन्छन्, तिनीहरूमा साँचो प्रतिभा हुन्छ, र तिनीहरूले ठोस शिक्षा पाएका हुन्छन्, त्यसैले यदि तिनीहरू सरकारी अधिकारी बन्न चाहन्छन् भने, त्यो किन यति गाह्रो हुन्छ? जवान छँदा, तिनीहरूले कहिल्यै हार मानेनन्, तर वृद्ध भएपछि पनि औसत कारिन्दा नै रहँदा, तिनीहरूले अन्त्यमा हार माने र भने, “मान्छेको भाग्य स्वर्गले निर्धारण गर्छ। यदि भाग्यमा छ भने त्यो पाइन्छ। यदि भाग्यमा छैन भने, प्रयास गरेर त्यो प्राप्त गर्न सकिँदैन।” तिनीहरूले आफूलाई आफ्नो भाग्यको हातमा छाडेका हुन्छन्, हुँदैनन् त? तिनीहरूको कहिल्यै हार नमान्ने मानसिकता के भयो? मानिसहरू तथ्यसामु अपमानित हुन्छन्।
कहिल्यै हार नमान्ने मानसिकताले मानिसहरूमा के ल्याउँछ? त्यसले तिनीहरूका चाहना र महत्त्वाकाङ्क्षालाई उर्वर बनाउँछ। यसले मानिसहरूमा सकारात्मक प्रभाव वा मार्गदर्शन ल्याउँदैन; बरु, त्यसले तिनीहरूमा एक प्रकारको नकारात्मक, प्रतिकूल प्रभाव ल्याउँछ। मानिसहरूलाई ब्रह्माण्डमा आफ्नो स्थानबारे आफैलाई केही थाहा हुँदैन, स्वर्गले तिनीहरूका लागि योजना गरेको भाग्यबारे केही थाहा हुँदैन, र परमेश्वरका सार्वभौमिकता वा बन्दोबस्तहरूबारे केही थाहा हुँदैन। त्यसमाथि, तिनीहरूले यो तथाकथित मानसिक सहारा प्राप्त गरेका हुन्छन्। मानिसहरू बहकिन मात्र सक्ने परिस्थितिमा हुँदा अन्त्यमा के हुन्छ? तिनीहरू व्यर्थमा धेरै कामकुरा गर्छन्, र धेरै बेकारका काम गर्छन्। आफ्नो उद्देश्य हासिल गर्न, मानिसहरूको शरीर र मनले ठूलो क्षति र आघात भोग्छ, र तिनीहरूले निश्चय नै आफ्ना चाहना, उन्मत्त महत्त्वाकाङ्क्षा र उद्देश्यहरू पूरा गर्न ज्यादै दुष्टता पनि गरेका हुन्छन्। यस दुष्टताले मानिसहरूलाई अर्को जुनीमा कस्तो परिणाम ल्याउनेछ? यसले दण्ड मात्र निम्त्याउनेछ। भ्रष्ट स्वभावले मानिसहरूमा कामना र उन्मत्त महत्त्वाकाङ्क्षा ल्याउँछ। के मानिसहरूलाई तिनीहरूका कामना र उन्मत्त महत्त्वाकाङ्क्षाले गर्न लगाउने कुराहरूमध्ये कुनै वैध हुन्छन्? के यी कुनै कुराहरू सत्यताअनुरूप हुन्छन्? (हुँदैनन्।) यी कुराहरू के हुन्? ती दुष्टताका कार्यहरू मात्र हुन्। यस दुष्टतामा केके पर्छन्? अरूप्रति धूर्त हुनु, अरूलाई छलकपट गर्नु, अरूलाई हानि गर्नु, र अरूलाई छल गर्नु। मानिसहरू अरूप्रति अत्यन्तै ऋणी बन्छन्, र अर्को जुनीमा पशुका रूपमा पुनर्जन्म लिन सक्छन्। तिनीहरू जोप्रति सबैभन्दा धेरै ऋणी हुन्छन्, तिनीहरूले जसलाई सबैभन्दा धेरै छल गर्छन्, र तिनीहरूले जसलाई सबैभन्दा बढी धोका दिन्छन्, तिनीहरू उसकै घरमा बोल्न नसक्ने र मानिसहरूको आदेश मान्नुपर्ने पशुका रूपमा जिउनेछन्। तिनीहरूले व्यक्तिका रूपमा पुनर्जन्म लिए पनि अनन्त कष्टको जीवन भोग्नेछन्; तिनीहरूले आफूले गरेको कुराको मूल्य चुकाउनैपर्छ। त्यसको नतिजाअनुरूप आउने प्रतिकूल परिणाम यही हो। यदि तिनीहरू “कहिल्यै हार नमान्नु” भन्ने भनाइद्वारा निर्देशित नभएका भए, तिनीहरूका महत्त्वाकाङ्क्षा र चाहनाले पोषण पाउनेथिएनन्, अनि यदि मानिसहरूका महत्त्वाकाङ्क्षा र चाहना दुई वा तीन वर्षमा साकार नभएका भए, मानिसहरूले सम्भवतः ती त्याग्नेथिए, तर शैतानले आगोमा घिउ थप्नेबित्तिकै, तिनीहरूका चाहनाहरू झन्-झन् बढ्दै जान्छन्। यो बढ्ने काम आफैमा समस्या होइन, तर त्यसले तिनीहरूलाई दुष्ट मार्गमा पाइला चाल्न लगाउँछ। जब कुनै व्यक्तिले दुष्ट मार्गमा पाइला चाल्छ, तब के उसले असल कामकुरा गर्न सक्छ? के उसले मानवीय कामकुरा गर्न सक्छ? अहँ, सक्दैन। उसले आफ्नो उद्देश्य र लक्ष्यहरू पूरा गर्न कुनै पनि उपाय प्रयोग गर्नेछ, आफ्नो लक्ष्य पूरा नहुन्जेल नबिसाउने कसम खानेछ, र कुनै पनि प्रकारको खराब कुरा गर्न सक्छ। हेर् त, के छोराछोरीले सम्पत्ति पाउनका निम्ति आफ्ना आमाबुबालाई मार्ने घटनाहरू हुँदैनन् र? (हुन्छन्।) मानिसहरूले आफ्नो स्वार्थका खातिर आफ्नै हातले साथीसँगी र प्रियजनलाई मार्ने एकदमै धेरै घटनाहरू हुन्छन्। दुई व्यक्तिले एउटै फाइदाजनक अवसर पाएर त्यसका लागि एक-आपसमा लडाइँ गर्नुपर्दा, तिनीहरू त्यो प्राप्त गर्न आफूले सक्ने कुनै पनि माध्यम प्रयोग गर्छन्। सबैभन्दा महत्त्वपूर्ण क्षणमा तिनीहरूको विश्वास के-कस्तो हुन्छ? “म कहिल्यै हार मान्दिनँ। यसपटक म असफल हुनै मिल्दैन। यदि मैले यो अवसर गुमाएँ भने, बाँकी जीवनभरि यस्तो राम्रो अवसर फेरि कहिल्यै नपाउन सक्छु। त्यसैले, मैले यसपटक जित्नैपर्छ। मैले जसरी पनि यो अवसर प्राप्त गर्नैपर्छ। मेरो बाटो जसले रोके पनि, म कुनै कृपा नदेखाई उसलाई मारिदिनेछु!” अन्त्यमा के हुन्छ? उसले त्यो अर्को व्यक्तिलाई मार्छ। उसले आफ्नो उद्देश्य र चाहना पूरा गर्यो होला, तर दुष्टता पनि गरेको छ, अनि त्यसले विपत्ति ल्याएको छ। उसको हृदय जीवनभर अशान्त रहन सक्छ, हृदयमा दोषी महसुस हुन सक्छ, वा त्यसबारे केही अत्तोपत्तो नहुन सक्छ। तथापि, वास्तविकता के हो भने उसले त्यो पटक्कै नबुझ्नुको अर्थ परमेश्वरले यस मामलालाई परिभाषित गर्नुभएको छैन भन्ने होइन। परमेश्वरसँग यसलाई सम्हाल्ने तरिका छ। यस व्यक्तिले जीवनमा उद्देश्य प्राप्त गर्यो होला, उसले त्यो हत्यायो होला, तर अर्को जुनीमा आफूले यस जुनीमा गरेको सम्भवतः दुष्ट कार्यको पीडादायी मूल्य चुकाउनुपर्नेछ। उसले त्यसको मूल्य एक जुनी, वा दुई जुनी, तीन जुनी वा अनन्तसम्म चुकाउनुपर्ने हुन सक्छ। यो मूल्य अत्यन्तै भयानक हुन्छ! त्यसोभए, यो परिणाम कसरी आयो? त्यो एउटा वाक्यांश, एउटा विश्वासले ल्याएको हो। यो व्यक्तिले त्यो अवसर पाउन चाहन्छ। ऊ हार स्विकार्दैन, ऊ हार मान्दैन, र उसले आफूलाई असफल हुन दिँदैन। ऊ त्यो अवसर च्याप्पै समात्न चाहन्छ। परिणामस्वरूप, त्यसले विपत्ति पैदा गर्छ। विपत्ति पैदा भइसकेपछि, मूल्य चुकाउन र नतिजाको क्षतिपूर्ति गर्न एक वा दुई वर्षले पुग्नेछैन। के यो अति महँगो मूल्य होइन र? मानिसको आयु अस्सीदेखि नब्बे वर्षसम्मको हुन्छ, र छोटोमा पचासदेखि साठी वर्षसम्मको हुन्छ। तैँले व्यक्तिगत लाभ, हैसियत, पैसा वा अन्य भौतिक कुराहरू प्राप्त गरेको छस् भने पनि, यी कुराहरू सचेत रूपमा बीस वा तीस वर्षसम्म उपभोग गर्नेछस्। तथापि, उपभोग गर्ने यी बीस वा तीस वर्षका लागि तैँले आफ्नो हरेक जीवनमा, बाँकी अनन्तकालभरि मूल्य चुकाउनुपर्ने हुन सक्छ। के यो मूल्य अति महँगो होइन र? (हो।) परमेश्वरमा विश्वास नगर्ने मानिसहरूले सत्यता बुझ्दैनन्, न त तिनीहरूलाई परमेश्वर यी सबै थोकमाथि सार्वभौम हुनुहुन्छ भनेर नै थाहा हुन्छ। त्यसैले, तिनीहरूले निश्चित धारणा वा शैतानी तर्कका वशमा परेर आफ्नो स्वार्थी चाहना, स्वार्थका लागि क्षणिक अन्धो चाहनाका खातिर मूर्खतापूर्ण कुराहरू गर्न सक्छन्, जसले गर्दा तिनीहरूलाई अनन्तकालसम्म पछुतो हुन्छ। “अनन्त” को अर्थ यस जीवनको बीस वा तीस वर्ष होइन, बरु तिनीहरूले यो जीवनलगायत हरेक जीवनमा कष्ट भोग्नैपर्छ भन्ने हो। परमेश्वरमा विश्वास नगर्ने मानिसहरूले यी कुराहरू बुझ्नेछैनन्, र यदि परमेश्वरमा विश्वास गर्ने मानिसहरूले सत्यता बुझ्दैनन् वा परमेश्वरलाई जान्दैनन् भने, यी कुराहरू पनि बुझ्नेछैनन्। कतिपय मानिसहरू प्रस्ट देखिने दुष्ट कुराहरू गर्दैनन्। तैँले तिनीहरूलाई बाहिरबाट हेर्दा, तिनीहरूले मानिसहरू मार्ने वा आगो लगाउने गर्दैनन्, अनि खुल्लमखुल्ला अरू मानिसहरूलाई पासो थाप्दैनन्, तर तिनीहरूसँग धेरै गोप्य तरकिब हुन्छन्। परमेश्वरका नजरमा यो दुष्टता र प्रस्ट दुष्टताको चरित्र उही हुन्छ। मैले तिनको चरित्र उही हुन्छ भन्नुको अर्थ के हो? त्यसको अर्थ परमेश्वरका नजरमा, उहाँले यस्ता कुराहरूको निन्दा गर्न प्रयोग गर्ने सिद्धान्तहरू उही हुन्छन्। उहाँ ती कुरालाई निन्दा गर्न उही विधि र उही सत्यता प्रयोग गर्नुहुन्छ। ती मानिसहरूले गरेका यी सबै कुरा परमेश्वरद्वारा निन्दित हुन्छन्, चाहे तिनीहरूले ती जुनै प्रेरणाले गरेका हुन्, र चाहे तिनीहरूले ती परमेश्वरका घरमा गरेका हुन् वा बाहिर संसारमा नै गरेका किन नहुन्। यदि तँ परमेश्वरमा विश्वास गर्छस् तर अझै यी कुराहरू गर्छस् भने, के परमेश्वरले अन्त्यमा तँलाई दिने परिणाम गैरविश्वासीहरूको भन्दा कुनै फरक हुनेछ? मलाई बता, के तैँले परमेश्वरमा धेरै वर्षदेखि विश्वास गरेको छस् र केही वर्षदेखि मण्डलीका लागि सेवा प्रदान गरेको छस् भन्दैमा उहाँले तँप्रति नरम भएर आफ्नो धर्मी स्वभाव परिवर्तन गर्नुहुनेछ? के तिमीहरूलाई यो सम्भव छ भन्ने लाग्छ? यो बिलकुलै सम्भव छैन। मैले यसो भन्नुको अर्थ के हो? यदि तँ सत्यता बुझ्दैनस् भने, तैँले गर्ने दुष्टता दुष्टता नै हुन्छ, र तैँले सत्यता बुझेपछि पनि, तैँले गर्ने दुष्टता दुष्टता नै हुन्छ। परमेश्वरको दृष्टिकोणमा, यो सब दुष्टता हो। यी दुई प्रकारका दुष्टता आपसमा समान हुन्। यी दुईबीच कुनै भिन्नता छैन। कुनै कुरा सत्यताअनुरूप छैन भने, त्यो दुष्टता हो। परमेश्वरको दृष्टिकोणमा, ती दुईका चरित्रमा कुनै भिन्नता हुँदैन। ती दुवै दुष्टता भएकाले, मानिसहरूले दुवै मामलामा आफूले गरेको दुष्टताको मूल्य चुकाउनैपर्छ—तिनीहरूले मूल्य चुकाउनैपर्छ। यो परमेश्वरको धर्मी स्वभाव हो। तैँले त्यसलाई शङ्का गरे पनि वा विश्वास गरे पनि, परमेश्वर यही गर्नुहुन्छ, र उहाँ कामकुरालाई यसरी नै परिभाषित गर्नुहुन्छ। मैले यसो भन्नुको मतलब के हो? म तिमीहरू सबैलाई एउटा तथ्य बताउन चाहन्छु: तैँले यस्तो ठान्नु हुँदैन, “परमेश्वरले मलाई रोज्नुभयो, त्यसैले मैले उहाँका नजरमा निगाह पाएको छु। म धेरै सत्यताहरू बुझ्छु। यदि मैले सानो दुष्टता गरेँ भने, परमेश्वरले त्यसलाई त्यसरी चित्रण वा त्यसको निन्दा गर्नुहुनेछैन। म आफूलाई जे मन लाग्छ त्यो गर्न सक्छु। म सत्यता अभ्यास गर्नका लागि कष्ट भोगेको बहाना बनाएर आफ्नो हातमा परेको दुष्टता सम्पन्न गर्न सक्छु। त्यसपछि परमेश्वरले त्यसलाई निन्दा गर्नुहुनेछैन, गर्नुहुनेछ त?” तँ गलत छस्। दुष्टतालाई निन्दा गर्ने परमेश्वरका सिद्धान्तहरू उही हुन्छन्। त्यो जुनै परिवेश वा मानिसहरूको जुनै समूहमा घटित भए पनि, त्यसले फरक पार्दैन। परमेश्वरले फरक-फरक जातिहरूबीच भिन्नता छुट्याउनुहुन्न, न त आफूले चुनेका र नचुनेकाहरूबीच नै भिन्नता छुट्याउनुहुन्छ। चाहे तिनीहरू गैरविश्वासी हुन् वा विश्वासी, परमेश्वरले तिनीहरूलाई एउटै नजरले हेर्नुहुन्छ। के तिमीहरूले बुझ्यौ? (हजुर, बुझ्यौँ।)
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।