परिशिष्ट छ: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग तीन) खण्ड चार
ख. सत्यताप्रति वितृष्ण हुनु
यसपछि, हामी ख्रीष्टविरोधीहरूको स्वभाव सारको दोस्रो विषयवस्तु—सत्यताप्रति वितृष्ण हुनेबारे सङ्गति गर्नेछौँ। हामीले सत्यताप्रति वितृष्ण हुने यस विषयबारेका धेरै विवरणमा यसभन्दा पहिले सङ्गति गरिसकेका छौँ, तर यहाँ हामी मुख्यतः ख्रीष्टविरोधीहरूको सत्यताप्रति वितृष्ण हुने स्वभाव सारको विश्लेषण गरेर तिनीहरूलाई चित्रण गर्नेछौँ। ख्रीष्टविरोधीहरूले सत्यतालाई कसरी लिन्छन् भन्ने कुराको प्रमुख स्वभावगत विशेषता भनेको अरुचि हुनु मात्र नभई वितृष्ण हुनु हो। अरुचि भनेको शत्रुता, निन्दा, वा विरोधको स्तरसम्म नपुगिसकेको सत्यताप्रतिको तुलनात्मक रूपमा नरम मनोवृत्ति मात्र हो। यो त केवल सत्यताप्रति रुचि नहुनु, त्यसलाई ध्यान दिन नचाहनु, र यसो भन्नु हो, “कस्ता सकारात्मक कुरा, कस्तो सत्यता? यदि मैले यी कुरा पाएँ भने पनि, के हुन्छ? के तिनले मेरो जीवन सुधार्नेछन् वा मेरा क्षमता बढाउनेछन्?” तिनीहरूलाई यी कुराहरूमा अरुचि हुन्छ, त्यसैले तिनीहरू तिनलाई वास्ता गर्दैनन्, तर यो वितृष्णाको स्तरसम्म पुग्दैन। वितृष्णाले निश्चित मनोवृत्तिलाई सङ्केत गर्छ। कस्तो प्रकारको मनोवृत्ति? कुनै पनि सकारात्मक कुरा र सत्यतासँग सम्बन्धित कुनै पनि कुरा सुन्नेबित्तिकै तिनीहरूले घृणा, विकर्षण, प्रतिरोध, र सुन्ने अनिच्छा महसुस गर्छन्। तिनीहरूले सत्यतालाई निन्दा र बदनाम गर्न प्रमाण खोज्ने प्रयास समेत गर्न सक्छन्। तिनीहरूको सत्यताप्रति वितृष्ण हुने स्वभाव सार यही नै हो।
अन्य मानिसहरूजस्तै, ख्रीष्टविरोधीहरूले पनि परमेश्वरका वचन पढ्न, परमेश्वरले भन्नुहुने कुरा सुन्न, र परमेश्वरको काम अनुभव गर्न सक्छन्। बाहिरबाट हेर्दा, तिनीहरूले परमेश्वरका वचनहरूको शाब्दिक अर्थ बुझ्न, परमेश्वरले भन्नुभएको कुरा थाहा पाउन, र यी वचनहरूले मानिसहरूलाई सही मार्ग लिन र असल मानिस बन्न सक्षम बनाउँछन् भनेर पनि जान्न सक्छन् जस्तो देखिन्छ। तर तिनीहरूका लागि यी कुरा सैद्धान्तिक मात्र रहन्छन्। ती सैद्धान्तिक मात्र रहन्छन् भन्नुको अर्थ के हो? यो कतिपय मानिसले कुनै किताबमा भएको निश्चित प्रतिपादित सिद्धान्त राम्रो छ भनेर विश्वास गर्नु, तर त्यसलाई वास्तविक जीवनसँग तुलना गर्दा, र दुष्ट प्रचलन, मानव भ्रष्टता, र समस्त मानवजातिका विभिन्न आवश्यकताहरूबारे सोच्दा, त्यो प्रतिपादित सिद्धान्त अव्यावहारिक र वास्तविक जीवनसँग नजोडिएको पाउनु, अनि यसले मानिसहरूलाई यी दुष्ट प्रचलन र यस दुष्ट समाजसँग घुलमिल हुन र तिनलाई पछ्याउन मद्दत गर्न सक्दैन भनेर बुझ्नुजस्तै हो। त्यसैले, तिनीहरूले यो प्रतिपादित सिद्धान्त राम्रो छ, तर यो सुन्दर चीजहरूप्रति मानवजातिका कामना र स्वैरकल्पना पूरा गर्न बोलिनुपर्ने कुरा मात्र हो भन्ने महसुस गर्छन्। उदाहरणका लागि, यदि कसैलाई हैसियत मन पर्छ, र ऊ एक अधिकारी बन्ने, मानिसहरूमाझ उच्च पारिने र आराधना गरिने कामना गर्छ भने, ऊ यो लक्ष्य हासिल गर्नका लागि झूट बोल्ने, आफूलाई प्रदर्शन गर्ने, र अरूलाई दमन गर्ने, इत्यादि जस्ता असामान्य विधिहरूमा भर पर्नै पर्छ। तर, सत्यताले निन्दा गर्ने कुराहरू ठ्याक्कै यिनै हुन्। त्यसले मानिसहरूका यी चाहना र महत्त्वाकाङ्क्षाहरूलाई निन्दा र इन्कार गर्छ। वास्तविक जीवनमा, मानिसहरू आफूलाई विशिष्ट देखाउनु उचित कार्य हो भन्ने सोच्छन्, तर त्यस्ता मागहरू परमेश्वर र सत्यताद्वारा निन्दित हुन्छन्। त्यसकारण, परमेश्वरका घरमा यी मागहरू स्विकारिँदैनन्, तिनलाई कार्यान्वयन गर्ने कुनै स्थान हुँदैन, र तिनलाई साकार पार्नका लागि कुनै ठाउँ हुँदैन। तर के ख्रीष्टविरोधीहरूले ती कुराहरू त्याग्नेछन्? (तिनीहरूले त्याग्नेछैनन्।) हो, तिनीहरूले ती कुरा त्याग्नेछैनन्। ख्रीष्टविरोधीहरूले यो देख्नेबित्तिकै यस्तो सोच्छन्, “अब मैले बुझेँ। त्यसोभए, सत्यताले मानिसहरू निःस्वार्थ होऊन्, आफ्नो बलिदान दिऊन्, सहनशील र उदार होऊन्, आफ्नो अहम्लाई फालेर अरूका लागि जिऊन् भन्ने माग गर्छ। यो नै सत्यता हो।” सत्यतालाई यसरी परिभाषित गरिसकेपछि, तिनीहरू सत्यतामा रुचि राख्छन्, कि त्यसबाट विकर्षित हुन्छन्? तिनीहरू त्यसबाट र परमेश्वरबाट विकर्षित हुन्छन्, र यसो भन्छन्, “परमेश्वर सधैँ सत्यता बोल्नुहुन्छ, उहाँ सधैँ मानव चाहना र महत्त्वाकाङ्क्षाजस्ता अशुद्ध कुराहरूको खुलासा गर्नुहुन्छ, र उहाँ सधैँ मानव प्राणको गहनतम स्थानमा रहेका कुराको खुलासा गर्नुहुन्छ। परमेश्वरले मानिसहरूलाई तिनीहरूको हैसियत, चाहना, र महत्त्वाकाङ्क्षाको पछ्याइबाट वञ्चित गर्ने उद्देश्यले सत्यताबारे सङ्गति गर्नुभएको जस्तो देखिन्छ। सुरुमा, म परमेश्वरले मानिसहरूका चाहना, कामना र सपनाहरू पूरा गर्न, र मानिसहरूलाई तिनीहरूले चाहेका कुरा दिन सक्नुहुन्छ भन्ने सोच्थेँ। मैले परमेश्वर यस्तो खालको परमेश्वर हुनुहोला भनेर अपेक्षा नै गरेको थिइनँ। उहाँ त्यति महान् त देखिनुहुन्न। म महत्त्वाकाङ्क्षा र चाहनाहरूले भरिएको छु: के परमेश्वरले मजस्तो व्यक्तिलाई मन पराउन सक्नुहुन्छ? परमेश्वरले सधैँ भन्दै आउनुभएका कुरालाई मूल्याङ्कन गर्दा, र उहाँका वचनहरूको भित्री अर्थ बुझ्दा, परमेश्वरले मजस्ता मानिसलाई मन पराउनुहुन्न, र मजस्तो व्यक्तिसँग मिलेर बस्न सक्नुहुन्न जस्तो देखिन्छ। म यस्तो खालको व्यावहारिक परमेश्वरसँग मिलेर बस्न सक्दिनँ जस्तो देखिन्छ। उहाँले बोल्नुहुने वचनहरू, उहाँले गर्नुहुने काम, उहाँका कार्यका सिद्धान्तहरू, र उहाँको स्वभाव—मलाई किन ती यति अप्रिय लाग्छ? परमेश्वरले मानिसहरूलाई इमानदार हुन, विवेक राख्न, तिनीहरूमाथि कामकुरा आइपर्दा खोजी गर्न, पालन गर्न, र परमेश्वरको डर मान्न, अनि आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरू त्याग्न भन्नुहुन्छ—यी मैले गर्न नसक्ने कुरा हुन्! परमेश्वरको माग मानव धारणाहरूसँग नमिल्ने मात्र नभई, मानव भावनाप्रति असंवेदनशील पनि हुन्छ। म कसरी उहाँमा विश्वास गर्न सक्छु?” आफ्नो मनमा यसरी कुरा खेलाएपछि, के तिनीहरू परमेश्वरप्रति असल भावना विकास गर्छन् कि तिनीहरू उहाँबाट टाढिन्छन्? (तिनीहरू टाढिन्छन्।) एक अवधिको अनुभवपछि, ख्रीष्टविरोधीहरूले महत्त्वाकाङ्क्षा र चाहनाहरू भएका, र आकाङ्क्षाले भरिएका तिनीहरूजस्ता मानिसलाई परमेश्वरका घरमा स्वागत गरिनेछैन, यहाँ तिनीहरूका लागि आफ्ना सीपहरू प्रयोग गर्ने कुनै ठाउँ छैन, र तिनीहरूले यहाँ आफ्ना आकाङ्क्षाहरूलाई स्वतन्त्र रूपमा व्यवहारमा उतार्न सक्दैनन् भनेर झन्-झन् महसुस गर्दै जान्छन्। तिनीहरू यस्तो सोच्छन्, “मैले परमेश्वरका घरमा आफ्नो असाधारण प्रतिभा उजागर गर्न सक्दिनँ। मैले अब्बल हुने मौका कहिल्यै पाउनेछैन। तिनीहरू मसँग आत्मिक बुझाइ छैन, म सत्यता बुझ्दिनँ, र ममा ख्रीष्टविरोधीको स्वभाव छ भनेर भन्छन्। मलाई बढुवा नगरिएको वा महत्त्वपूर्ण पदमा नराखिएको मात्र नभई, निन्दा पनि गरिएको छ। मेरो आफ्नै स्वतन्त्र राज्य स्थापना गर्नुमा के गलत छ र? मैले अरूलाई यातना दिनुमा के गलत छ र? मसँग शक्ति भएकाले, मैले यस्तै व्यवहार गर्नुपर्छ! शक्ति भएको भए कसले यस्तो व्यवहार गर्नेथिएन र? त्यसैले चुनावका बेला म केही छलछाम र छक्कापन्जामा संलग्न भएँ भने, त्यसमा के गलत छ र? के सबै गैरविश्वासीहरूले त्यही गर्दैनन् र? परमेश्वरका घरमा किन त्यसो गर्न दिइँदैन? तिनीहरू त यो निर्लज्ज कुरा हो समेत भन्छन्। यसलाई कसरी निर्लज्ज कुरा मान्न सकिन्छ? मानिस उँभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ। यो उचित कुरो हो! परमेश्वरको घर रमाइलो छैन। तर यस संसारमा मानिसहरू निकै क्रूर छन्, र तिनीहरूसँग मिलजुल गर्न सजिलो छैन। तुलना गर्दा, परमेश्वरका घरमा भएका मानिसहरू अलिक राम्रो व्यवहार गर्ने हुन्छन्। कुनै परमेश्वर नभएको भए, यतातिर हल्लिएर बस्न निकै मज्जा आउनेथियो; यदि मानिसहरूलाई शासन गर्ने परमेश्वर र सत्यता नभएका भए, परमेश्वरका घरमा म नै हाकिम, मालिक, र राजा हुनेथिएँ।” परमेश्वरका घरमा आफ्नो कर्तव्य निर्वाह गर्दै गर्दा, तिनीहरूले निरन्तर विभिन्न कुराहरू अनुभव गर्छन्, तिनीहरू लगातार काटछाँटमा पर्छन्, र तिनीहरू विविध फरक-फरक कर्तव्यमा लाग्छन्, अनि अन्ततः केही कुरा थाहा पाउँछन्, र यसो भन्छन्, “परमेश्वरका घरमा घट्ने कुनै पनि घटनालाई सत्यता प्रयोग गरेर मापन र समाधान गरिन्छ। सत्यतालाई जहिल्यै जोड दिइन्छ, र परमेश्वरले सधैँ त्यसबारे कुरा गरिरहनुभएको हुन्छ। म यहाँ आफ्ना आकाङ्क्षा स्वतन्त्र रूपमा व्यक्त गर्न सक्दिनँ!” आफ्ना अनुभवहरूमा यो बिन्दुमा पुगिसकेपछि, तिनीहरू सत्यता, सत्यताको शासन, परमेश्वरले गर्नुहुने सबथोक सत्यता हुने तथ्य, र सत्यताको खोजीप्रति झन्-झन् वितृष्ण बन्दै जान्छन्। तिनीहरू कुन हदसम्म यी कुराहरूप्रति वितृष्णा महसुस गर्छन्? तिनीहरू आफैले सुरुमा स्विकारेका सत्यताका धर्मसिद्धान्तहरूसमेत स्विकार्न वा मान्न चाहँदैनन्, र तिनीहरू आफ्नो हृदयमा चरम विकर्षण महसुस गर्छन्। त्यसकारण, भेला हुने समय आउनेबित्तिकै, तिनीहरूलाई निद्रा लाग्छ र बेचैनी हुन्छ। तिनीहरू किन बेचैन हुन्छन्? तिनीहरू सोच्छन्, “यी भेलाहरू एकै पटक तीन-चार घण्टासम्म चल्छन्—यो कहिले सकिन्छ? म अब सुन्न चाहन्नँ!” तिनीहरूको मुडलाई वर्णन गर्न सक्ने एउटा वाक्यांश छ, जुन “काँटी र सियोमाथि बस्नु” हो। तिनीहरूले जबसम्म परमेश्वरका घरमा सत्यताले शासन गर्छ, तबसम्म तिनीहरूले अब्बल हुने मौका कहिल्यै पाउनेछैनन्, बरु तिनीहरूलाई सबैले रोक्नेछन्, निन्दा र अस्वीकार गर्नेछन्, अनि तिनीहरू जतिसुकै सक्षम भए पनि, तिनीहरूलाई महत्त्वपूर्ण भूमिका दिइनेछैन भनेर बुझ्छन्। फलस्वरूप, सत्यता र परमेश्वरप्रतिको तिनीहरूको घृणा झनै तीव्र हुन्छ। कसैले यस्तो सोध्न सक्छ, “तिनीहरूले किन सुरुदेखि नै घृणा महसुस गरेनन्?” तिनीहरूले वास्तवमै सुरुदेखि नै घृणा महसुस गरेका थिए, तर त्यतिबेला परमेश्वरको घरका सबैथोक तिनीहरूका लागि अपरिचित थिए। तिनीहरूसँग त्यसको कुनै अवधारणा थिएन, तर त्यसको मतलब यो होइन कि तिनीहरूले घृणा वा वितृष्णा महसुस गरेनन्। वास्तवमा, तिनीहरूले आफ्नो प्रकृति सारभित्रै सत्यताप्रति वितृष्णा महसुस गर्थे, यति मात्र हो कि तिनीहरू आफैले यो कुरा बुझेका थिएनन्। यी मानिसहरूको प्रकृति सार निस्सन्देह रूपमै सत्यताप्रति वितृष्ण हुन्छ। म किन यसो भन्छु? तिनीहरू अन्तर्निहित रूपमै अन्याय, दुष्टता, शक्ति, दुष्ट प्रचलनहरू, प्रभारी हुन, मानिसहरूलाई नियन्त्रण गर्न, र यस्ता सबै नकारात्मक कुराहरू मन पराउँछन्। तिनीहरूले प्रेम गर्ने यी कुराहरूका आधारमा हेर्दा, ख्रीष्टविरोधीहरू सत्यताप्रति वितृष्णा महसुस गर्छन् भन्ने कुरामा कुनै शङ्का छैन। अझ, तिनीहरू केका लागि लागिपर्छन् भन्ने सन्दर्भमा भन्नुपर्दा, तिनीहरू हैसियत पाउन, आफूलाई विशिष्ट देखाउन, आफ्नो टाउकोमाथि प्रभामण्डल राख्न, मानिसहरूमाझ अगुवा बन्न, रोबदार र शक्तिशाली बन्न, आफूले जहाँसुकै बोल्दा र कार्य गर्दा प्रतिष्ठा र बल पाउन, साथै मानिसहरूलाई नियन्त्रण गर्ने क्षमता पाउन लागिपर्छन्—तिनीहरू यी कुराहरूका लागि लागिपर्छन्। यो पनि सत्यताप्रति वितृष्णा महसुस गर्नुको एउटा प्रकटीकरण हो। सत्यताप्रतिको तिनीहरूको मनोवृत्तिका आधारमा अझ हेर्दा, यी व्यक्तिहरूले जतिसुकै सत्यता सुने पनि, त्यो कुनै कामको हुनेछैन। कतिपयले सोध्न सक्छन्, “के तिनीहरूको खराब स्मरणशक्तिका कारण यस्तो भएको हो?” अहँ, होइन। कतिपय ख्रीष्टविरोधीहरूसँग उत्कृष्ट स्मरणशक्ति हुन्छ, तिनीहरू निकै वाक्पटु हुन्छन्, र तिनीहरू आफूले सिकेका कुरालाई तुरुन्तै लागु र देखावट गर्न सक्छन्। फलस्वरूप, खुट्ट्याउन नसक्ने मानिसहरूले यी व्यक्तिहरूमा राम्रो क्षमता छ र पवित्र आत्माले तिनीहरूमा काम गरिरहनुभएको छ भन्ने सोच्छन्। तर, खुट्ट्याउन सक्ने मानिसहरूले तिनीहरूले बोल्ने कुरा सब धर्मसिद्धान्त र खोक्रा शब्द हुन्, तिनमा कुनै सत्यता वास्तविकता छैन, र तिनको उद्देश्य मानिसहरूलाई बहकाउनु हो भनेर एकैपटकमा चिन्न सक्छन्। ख्रीष्टविरोधीहरू यस्तै मानिस हुन्: तिनीहरू विशेष गरी उच्च प्रवचनहरू प्रचार गर्न, आत्मिक सिद्धान्तवादहरूबारे खोक्रो तरिकाले छलफल गर्न, र शब्दहरूको खोलो बगाउन मन पराउँछन्, जुन एकचोटी सुरु भइसकेपछि विषयबाहिर जान्छ र गनगन हुन्छ। धेरै मानिसहरूले ती बुझ्न सक्दैनन्, अनि ख्रीष्टविरोधीहरूले यसो भन्छन्, “यो त तेस्रो स्वर्गको भाषा हो; तिमीहरूले कसरी बुझ्न सक्थ्यौ र?” ख्रीष्टविरोधीहरू सत्यताप्रति वितृष्ण हुनुको मुख्य प्रकटीकरण तिनीहरूको त्यसप्रतिको मनोवृत्तिमा देखिन्छ, अनि, निश्चित रूपमा, यो तिनीहरूको आम दैनिक जीवन र क्रियाकलापमा, विशेष गरी तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्ने तरिकामा प्रकट हुन्छ। तिनीहरूले कैयौँ प्रकटीकरणहरू प्रदर्शन गर्छन्। पहिलो कुरा, तिनीहरू आफूले सत्यताको खोजी गर्नुपर्छ भन्ने कुरा स्पष्ट रूपमा थाहा हुँदा हुँदै पनि कहिल्यै त्यसो गर्दैनन्। दोस्रो कुरा, तिनीहरू कहिल्यै सत्यता अभ्यास गर्दैनन्। तिनीहरूले सत्यताको खोजी नै नगर्ने भएपछि कसरी त्यसलाई अभ्यास गर्न सक्छन् त? खोजी गरेर मात्रै बुझाइ पाउन सकिन्छ, र बुझाइले मात्रै अभ्यासतर्फ डोऱ्याउन सक्छ; तिनीहरूले खोजी गर्दैनन्, र सत्यता सिद्धान्तहरूलाई हृदयमा बिलकुलै लिँदैनन्। यहाँसम्म कि तिनीहरू तिनलाई तिरस्कार गर्छन्, तीप्रति वितृष्णा महसुस गर्छन्, र तिनलाई शत्रुताको नजरले हेर्छन्। फलस्वरूप, तिनीहरूले सत्यताको अभ्यासलाई छुँदा पनि छुँदैनन्, र बेलाबेलामा सत्यता बुझे पनि, त्यसलाई अभ्यास गर्दैनन्। उदाहरणका लागि, तिनीहरूमाथि केही आइपर्दा, र अरूले कुनै राम्रो उपाय सुझाउँदा, तिनीहरूले यसरी प्रतिवाद गर्न सक्छन्, “त्यसमा के राम्रो छ? यदि मैले त्यसो गरेँ भने, मेरा आफ्नै विचारहरू खेर जानेछैनन् र?” कतिपयले यसो भन्न सक्छन्, “हामीले तिम्रो तरिकाले कामकुरा गऱ्यौँ भने परमेश्वरको घरलाई नोक्सानी हुनेछ; हामीले सिद्धान्तहरूअनुसार कार्य गर्नैपर्छ।” तिनीहरूले यस्तो जवाफ फर्काउँछन्, “के सिद्धान्त! मेरो तरिका नै सिद्धान्त हो; म जे सोच्छु, त्यही नै सिद्धान्त हो!” के यो सत्यता अभ्यास नगर्नु होइन र? (हो।) तिनीहरूको अर्को प्रमुख प्रकटीकरण के हो भने, तिनीहरू कहिल्यै परमेश्वरका वचनहरू पढ्ने वा आत्मिक भक्तिमा संलग्न हुने गर्दैनन्। काममा व्यस्त भएर परमेश्वरका वचनहरू पढ्ने समय नपाउँदा, कतिपय मानिसहरू चुपचाप चिन्तन गर्छन् वा केही भजन गाउँछन्, र परमेश्वरका वचन नपढी धेरै दिन बिताए भने खोक्रोपनको भाव महसुस गर्छन्। व्यस्तताका बीचमा, तिनीहरूले एउटा खण्ड पढ्ने र आफूलाई पुनः भरणपोषण गर्ने समय निकाल्छन्, परमेश्वरको उपस्थिति महसुस गर्न नसकुञ्जेल मनन गरिरहन्छन्, अनि तिनीहरूको हृदय स्थिर बन्छ। त्यस्ता मानिसहरू परमेश्वरबाट त्यति धेरै टाढा हुँदैनन्। अर्कोतिर, ख्रीष्टविरोधीहरूले कुनै दिन परमेश्वरका वचनहरू नपढी बिताए भने, तिनीहरूलाई व्यथा हुँदैन। तिनीहरूले १० दिनसम्मै परमेश्वरका वचनहरू नपढे पनि केही महसुस गर्दैनन्। तिनीहरू एक वर्षसम्मै परमेश्वरका वचनहरू नपढी पनि राम्रैसँग जिउन सक्छन्, र तिनीहरू तीन वर्षसम्म पनि परमेश्वरका वचनहरू नपढी बस्न सक्छन्, र तिनीहरूलाई केही महसुस हुँदैन—तिनीहरूले हृदयमा डर वा खोक्रो महसुस गर्दैनन्, र तिनीहरू आरामदायी जीवन जिइरहन्छन्। तिनीहरूलाई परमेश्वरका वचनहरूप्रति घोर वितृष्णा महसुस हुनुपर्छ! कुनै व्यक्तिले व्यस्तताका कारण एक दिन वा सायद दस दिनसम्म परमेश्वरका वचनहरू नपढी जिउन सक्छ। तर, यदि कसैले परमेश्वरका वचनहरू नपढी पूरै महिना बिताएर पनि केही महसुस गर्दैन भने, त्यहाँ समस्या छ। परमेश्वरका वचनहरू नपढी कुनै व्यक्तिको एक वर्ष बित्यो भने, उसमा परमेश्वरका वचनहरूप्रति तिर्सना नहुने मात्र होइन—उसमा सत्यताप्रति वितृष्णा हुन्छ।
ख्रीष्टविरोधीहरूले सत्यताप्रति वितृष्ण महसुस गर्नुको अर्को प्रकटीकरण भनेको तिनीहरूले ख्रीष्टलाई गर्ने अवहेलना हो। हामीले यसअघि पनि तिनीहरूले ख्रीष्टलाई गर्ने अवहेलनाबारे सङ्गति गरेका छौँ। त्यसोभए, ख्रीष्टले तिनीहरूलाई त्यस्तो के गर्नुभएको छ, जसका कारण तिनीहरू उहाँलाई अवहेलना गर्छन्? के उहाँले तिनीहरूलाई हानि वा चोट पुऱ्याउनुभयो, वा तिनीहरूको कामना विपरीत केही गर्नुभयो? के उहाँले तिनीहरूका कुनै पनि हितलाई हानि गर्नुभयो? अहँ। ख्रीष्टले तिनीहरूविरुद्ध कुनै पनि व्यक्तिगत तुस राख्नुहुन्न, र तिनीहरूले त उहाँलाई भेटेका समेत छैनन्। त्यसोभए, तिनीहरूले कसरी उहाँलाई अवहेलना गर्न सक्छन्? यसको मूल जड सत्यताप्रति वितृष्ण महसुस गर्ने ख्रीष्टविरोधीहरूको सारमा छ। ख्रीष्टविरोधीहरूले सत्यताप्रति वितृष्ण महसुस गर्नुको अर्को प्रकटीकरण भनेको सारा सकारात्मक कुराहरूको वास्तविकताप्रतिको तिनीहरूको अवहेलना हो। सारा सकारात्मक कुराहरूको वास्तविकताले धेरै प्रकारका कुराहरू समावेश गर्छ जस्तै परमेश्वरले सृष्टि गर्नुभएका यावत् थोक र तिनका व्यवस्थाहरू, विविध जीवित प्राणीहरू र तिनको जीवनलाई शासन गर्ने व्यवस्थाहरू, र मुख्यतः मानव भनिने यी जीवित प्राणीका जीवनलाई शासन गर्ने विभिन्न व्यवस्थाहरू। उदाहरणका लागि, मानव जीवनको सबैभन्दा नजिक रहेका जन्म, उमेर, बिमारी, र मृत्युका मामिलाहरू—बुढो हुँदै गएपछि सामान्य मानिसहरूका खुट्टा कमजोर बन्छन्, तिनीहरूको स्वास्थ्य खस्किन्छ, आँखा धमिलो हुन्छन्, तिनीहरूको श्रवनशक्ति कम हुन्छ, तिनीहरूका दाँत खुकुला हुन्छन्, र तिनीहरूले सोच्छन् कि तिनीहरूले बुढ्यौलीसँग सम्झौता गर्नुपर्छ। परमेश्वर यो सबथोकमाथि सार्वभौम हुनुहुन्छ, र यो प्राकृतिक व्यवस्थाविरुद्ध कोही पनि जान सक्दैन—साधारण मानिसहरूले यी सब कुराहरू मान्न र स्विकार्न सक्छन्। तर, कुनै व्यक्ति जतिसुकै लामो समय जिए पनि, वा उसको शारीरिक स्वास्थ्य स्थिति जस्तोसुकै भए पनि, केही निश्चित कुराहरू बदलिँदैनन्, जस्तै, उसले आफ्नो कर्तव्य पूरा गर्दा अपनाउनुपर्ने तरिका, उसले लिनुपर्ने स्थान, र उसले आफ्नो कर्तव्य पूरा गर्दा अपनाउनुपर्ने मनोवृत्ति। अर्कोतिर, ख्रीष्टविरोधीहरू झुक्न तयार हुँदैनन्। तिनीहरू भन्छन्, “म को हुँ? म बुढो हुन सक्दिनँ। म हरसमय साधारण मानिसहरूभन्दा फरक हुनुपर्छ। के तिमी मलाई बुढो देख्छौ? त्यस्ता केही कुराहरू छन् जुन तिमीहरूले यो उमेरमा गर्न सक्दैनौ, तर म गर्न सक्छु। पचास कटेपछि तिमीहरूका खुट्टा कमजोर हुन सक्छन्, तर मेरा खुट्टाचाहिँ फुर्तिला नै रहन्छन्। म एउटा छतबाट अर्को छतमा हाम फाल्ने अभ्यास पनि गर्छु!” तिनीहरू सधैँ परमेश्वरले तोक्नुभएका यी सामान्य व्यवस्थाहरूलाई चुनौती दिन चाहन्छन्, तिनीहरू लगातार तिनलाई तोड्ने र अरूलाई आफू साधारण मानिसहरूभन्दा फरक, असाधारण, र श्रेष्ठ भएको देखाउने प्रयास गरिरहेका हुन्छन्। तिनीहरू किन यसो गर्छन्? तिनीहरू परमेश्वरका वचनहरूलाई चुनौती दिन र उहाँका वचनहरू सत्यता हुन् भन्ने कुरालाई इन्कार गर्न चाहन्छन्। के यो सत्यताप्रति वितृष्णा महसुस गर्ने ख्रीष्टविरोधीहरूको सारको प्रकटीकरण होइन र? (हो।) अर्को पक्ष पनि छ, त्यो के हो भने, ख्रीष्टविरोधीहरू दुष्ट प्रचलन र काला शक्तिहरूलाई आदर गर्छन्; यसले तिनीहरू सत्यताका शत्रु हुन् भन्ने कुरालाई थप पुष्टि गर्छ। ख्रीष्टविरोधीहरू शैतानको शासन, साथै दन्त्यकथामा भनिएका दुष्टात्माहरूका विभिन्न क्षमता, सीप, र कार्यहरूका साथसाथै दुष्ट प्रचलन र काला शक्तिहरूलाई गहिरो रूपमा प्रशंसा र आदर गर्छन्। यी कुराहरूमाथि तिनीहरूको विश्वास अटल हुन्छ, र तिनीहरू तिनलाई कहिल्यै शङ्का गर्दैनन्। तिनीहरूको हृदय वितृष्ण नहुने मात्र होइन, त्यो त ती कुराप्रतिको सम्मान, आदर, र ईर्ष्याले भरिएको हुन्छ। हृदयको गहिराइमा समेत, तिनीहरू यी कुराहरूलाई नजिकबाट पछ्याउँछन्। ख्रीष्टविरोधीहरूको हृदयको गहिराइमा यी दुष्ट र काला कुराप्रति यस प्रकारको मनोवृत्ति हुन्छ—के यसको अर्थ तिनीहरू सत्यताप्रति वितृष्ण हुन्छन् भन्ने होइन र? बिलकुलै हो! यी दुष्ट र काला कुरालाई प्रेम गर्ने कुनै पनि व्यक्तिले कसरी सत्यतालाई प्रेम गर्न सक्छ र? यिनीहरू दुष्ट शक्ति र शैतानको गिरोहका मानिस हुन्। अवश्य नै, तिनीहरू शैतानका कुराहरूमा अटल भई विश्वास गर्छन्, जबकि तिनीहरूको हृदय सत्यता र सकारात्मक कुराहरूप्रतिको विकर्षण र तिरस्कारले भरिएको हुन्छ। हामी सत्यताप्रतिको वितृष्णाको विषयवस्तुको सारांश करिब करिब यहीँ टुङ्ग्याउनेछौँ।
ग. क्रूरता
ख्रीष्टविरोधीहरूको स्वभाव सारको अर्को भाग भनेको क्रूरता हो। ख्रीष्टविरोधीहरूलाई एउटा वाक्यांशमा संक्षेप गर्न सकिन्छ: ख्रीष्टविरोधीहरू दुष्ट मानिस हुन्। तिनीहरूसँग हैसियत हुँदा, तिनीहरू ख्रीष्टविरोधी हुन् भन्ने कुरा स्पष्ट हुन्छ। तिनीहरूसँग हैसियत नहुँदा, तिमीहरूले तिनीहरू ख्रीष्टविरोधी हुन् कि होइनन् भनेर कसरी मूल्याङ्कन गर्न सक्छौ? तिमीहरूले तिनीहरूको मानवता नै हेर्नुपर्छ। यदि तिनीहरूको मानवता दुर्भावनापूर्ण, कपटी, र विषालु छ भने, तिनीहरू शतप्रतिशत ख्रीष्टविरोधी हुन्। यदि कुनै व्यक्तिले कहिल्यै हैसियत पाएको छैन, र ऊ कहिल्यै अगुवा बनेको छैन, र उसको मानवता असल छैन भने, तिमीहरूले ऊ ख्रीष्टविरोधी हो कि होइन भनी कसरी निर्धारण गर्न सक्छौ? तिमीहरूले उसको मानवता विषालु छ कि छैन, र ऊ दुष्ट व्यक्ति हो कि होइन भनी हेर्नुपर्छ। यदि ऊ दुष्ट व्यक्ति हो भने, ऊसँग हैसियत छैन भने पनि, ऊ शतप्रतिशत ख्रीष्टविरोधी हो। त्यसकारण, ख्रीष्टविरोधीहरूको स्वभाव सारको अर्को प्रतिनिधिमूलक पक्ष भनेको क्रूरता हो। के ख्रीष्टविरोधीहरूको क्रूर स्वभाव सिकार गर्ने सिंह वा बाघको क्रूरता समान हुन्छ? (हुँदैन।) मांसाहारी जनावरहरू भोकका कारण सिकार गर्छन्; यो शारीरिक आवश्यकता र नैसर्गिक प्रवृत्ति हो। तर ती भोका नहुँदा, तिनले सिकार गर्नेछैनन्। यो ख्रीष्टविरोधीहरूको क्रूरता भन्दा कसरी फरक छ? ख्रीष्टविरोधीहरूलाई उक्साइएन भने तिनीहरू उग्र नहुने, र उक्साइयो भने मात्र उग्र हुने हुन् र? कि तैँले तिनीहरूको कुरा सुनिनस् भने तिनीहरूले तँलाई नियन्त्रण नगर्ने, तर सुनिस् भने चाहिँ नियन्त्रण गर्ने हो? कि तैँले तिनीहरूको कुरा सुनुञ्जेल तिनीहरूले तँलाई यातना नदिने, तर सुनिनस् भने चाहिँ तँलाई यातना दिने हो? (होइन।) ख्रीष्टविरोधीहरूको क्रूरता एउटा स्वभाव, एउटा सार हो—यो वास्तविक शैतानी सार हो। यो नैसर्गिक प्रवृत्ति होइन, न त देहको आवश्यकता नै हो, बरु ख्रीष्टविरोधीहरूको स्वभावको एउटा प्रकटीकरण र विशेषता हो। त्यसोभए, ख्रीष्टविरोधीहरूका क्रूर स्वभावका प्रकटीकरण, प्रकाश, र तौरतरिकाहरू के-के हुन्? तिनीहरूका कुन-कुन कार्यले तिनीहरूको स्वभाव क्रूर छ, तिनीहरूमा दुष्ट मानिसहरूको सार छ भन्ने कुरा दर्शाउँछ? आफ्ना विचारहरू बताओ। (तिनीहरू अरूलाई कष्ट दिन्छन्।) (तिनीहरू आफूभन्दा फरक मानिसहरूलाई दमन र अलग गर्छन्।) (तिनीहरू अरूलाई फसाउँछन् र उनीहरूका लागि पासो थाप्छन्।) (तिनीहरू मानिसहरूलाई नियन्त्रण र चालबाजी गर्छन्।) (तिनीहरू गिरोह सिर्जना गर्छन् र कलहको बिउ रोप्छन्।) गिरोह सिर्जना गर्नु र कलहको बिउ रोप्नु अलिकति कपटी कुरा हुन्; यी दुष्ट स्वभावका प्रकटीकरण हुन्, तर क्रूरताको स्तरसम्म पुग्दैनन्। धारणहरू फैलाउनु, स्वतन्त्र राज्यहरू स्थापना गर्नु—के यी क्रूर कुरा हुन्? (हुन्।) कामका प्रबन्धहरूको विरोध गर्नु, परमेश्वरको घरको काममा बाधा पुऱ्याउनु, परमेश्वरका भेटीहरू कब्जा गर्नु, र परमेश्वरलाई सिधै विरोध गर्नु—के यी क्रूर कुरा हुन्? (हुन्।) भेटीहरू कब्जा गर्नु लोभी कुरा मात्र होइन; यो क्रूर स्वभावको प्रकटीकरण पनि हो। ख्रीष्टविरोधीहरूले भेटीहरू कब्जा गर्न सक्छन् भन्ने कुराले डाँकाहरूको स्वभाव समान अत्यन्त क्रूर स्वभावलाई सङ्केत गर्छ। हामीले भर्खरै सारांश गरेका विषयवस्तुहरू फेरि भन त। (तिनीहरू अरूलाई यातना दिन्छन्, आफूभन्दा फरक मानिसहरूलाई दमन र अलग गर्छन्, उनीहरूलाई फसाउँछन् र उनीहरूका लागि पासो थाप्छन्, मानिसहरूलाई नियन्त्रण र चालबाजी गर्छन्, धारणाहरू फैलाउँछन्, स्वतन्त्र राज्यहरू स्थापना गर्छन्, कामका प्रबन्धहरूको विरोध गर्छन्, परमेश्वरलाई आक्रमण गर्छन्, र भेटीहरू कब्जा गर्छन्।) जम्मा नौ वटा विषयवस्तु छन्। ख्रीष्टविरोधीहरूको क्रूर स्वभावका प्रकटीकरणहरू लगभग यिनै हुन्। वास्तवमा, अझै केही विशिष्ट प्रकटीकरणहरू पनि छन्, तर ती करिब करिब यीसँग मिल्दाजुल्दा छन्, त्यसैले म तिनलाई विस्तृत रूपमा सूचिकृत गर्नेछैनँ। छोटकरीमा भन्नुपर्दा, यी तौरतरिका र रणनीतिहरू अपनाउनेहरू दुष्ट मानिस हुन्। एकातिर, तिनीहरूका तौरतरिका कपटी हुन्छन्, उदाहरणका लागि, फसाउनु, पासो थाप्नु, र धारणाहरू फैलाउनु, यी सब तुलनात्मक रूपमा कपटी कुरा नै हुन्। अर्कोतिर, तिनीहरूका रणनीतिहरू निकै विषाक्त र उग्र हुन्छन्, जुन तिनीहरूमा क्रूर स्वभाव छ भन्ने देखाउन पर्याप्त हुन्छ।
ख्रीष्टविरोधीहरूको स्वभाव सारका यी तीन पक्षहरूबाट मूल्याङ्कन गर्दा, के तिनीहरूले मुक्ति पाउन सक्छन् त? (अहँ, सक्दैनन्।) के तिनीहरू परमेश्वरका घरमा श्रम गर्न इच्छुक हुन्छन् त? (अहँ, हुँदैनन्।) तिनीहरू सत्यता पछ्याउँदैनन्, तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्, र तिनीहरूको हृदय परमेश्वर र सकारात्मक कुराहरूप्रतिको शत्रुताले भरिएको हुन्छ। तिनीहरू सबैभन्दा आधारभूत कुराहरू—परमेश्वरका घरमा श्रम गर्न र आफ्नो कर्तव्य पूरा गर्न—समेत अनिच्छुक हुन्छन् अर्थात्, तिनीहरू एउटा व्यक्तिले सामान्य रूपमा गर्नुपर्ने कामकुरासमेत गर्न सक्दैनन्। तिनीहरूले त्यो गर्न नसक्ने मात्र नभई, त्यसविपरीत तिनीहरू आफ्नो कर्तव्य पूरा गरिरहेका दाजुभाइ-दिदीबहिनीहरूको सामान्य व्यवस्था, साथै सामान्य मण्डली जीवनलाई बाधा, अवरोध पुऱ्याउँछन् र बरबाद पार्छन्। साथसाथै, तिनीहरूले परमेश्वरको घरको काम, मानिसहरूको सामान्य जीवन प्रवेश, मानिसहरूमा परमेश्वरले गर्नुहुने सामान्य काममा बाधा पुऱ्याउँछन्। अनि त्यति मात्र होइन, तिनीहरू परमेश्वरका घरमा शासन गर्ने र शक्ति चलाउने चाहना पनि राख्छन्; तिनीहरू मानिसहरूलाई बहकाउने, आकर्षित गर्ने र नियन्त्रण गर्ने, परमेश्वरका घरमा आफ्नै स्वतन्त्र राज्यहरू र गुटहरू स्थापना गर्ने, र परमेश्वरलाई पछ्याउनेहरूलाई पूर्ण रूपमा आफ्नै अनुयायीमा बदल्ने कामना गर्छन्, ताकि तिनीहरूले शक्ति र प्रभाव जमाउने, परमेश्वरका चुनिएका मानिसहरूलाई नियन्त्रण गर्ने, परमेश्वरसँग प्रतिस्पर्धा गर्ने महत्त्वाकाङ्क्षा र चाहना हासिल गर्न सकून्। त्यसोभए, के परमेश्वरका घरमा ख्रीष्टविरोधीहरूलाई प्रयोग गर्नुको कुनै मूल्य छ त? के तिनीहरू परमेश्वरका घरमा कुनै राम्रो भूमिका निर्वाह गर्न सक्छन्? (सक्दैनन्।) तिनीहरूको मानवतादेखि तिनीहरूका पछ्याइसम्म, तिनीहरूका महत्त्वाकाङ्क्षा र चाहनादेखि तिनीहरू हिँड्ने मार्गसम्म, अनि सत्यता र परमेश्वरप्रतिको तिनीहरूको मनोवृत्तिसम्मलाई मूल्याङ्कन गर्दा, परमेश्वरका घरमा त्यस्ता मानिसहरूले परमेश्वरको कामलाई बाधा, अवरोध पुऱ्याउने र बरबाद गर्ने कार्य मात्र गर्न सक्छन्। तिनीहरूले अलिकति पनि सकारात्मक कार्य गर्न सक्दैनन्, किनकि तिनीहरू कहिल्यै सत्यता पछ्याउँदैनन्, तिनीहरूको प्रकृति सारमा तिनीहरू सत्यताप्रति वितृष्ण हुन्छन्, र सत्यता र परमेश्वरप्रतिको शत्रुताले भरिएका हुन्छन्। यो ख्रीष्टविरोधीहरूको सार हो।
अहिलेसम्म, हामीले ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणहरूबारे पूर्ण रूपमा सङ्गति गरिसकेका छौँ। आज हामीले जेबारे सङ्गति गरेका छौँ, तीमार्फत के तिमीहरू अब ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन सक्छौ त? त्यसलाई सबैभन्दा सरल वाक्यांशमा सारांशीकृत गर्नुपर्दा: दुष्ट मानिसहरू ख्रीष्टविरोधी हुन्, र ख्रीष्टविरोधीहरू सबै दुष्ट मानिस हुन्। त्यसलाई यसरी भन्दा, के तिमीहरूलाई कुराहरू धेरै स्पष्ट भएका छैनन् र? अब तिनलाई बुझ्न झनै सजिलो भए न र? हामीले विगत दुई वर्षदेखि लगातार रूपमा ख्रीष्टविरोधीहरूको प्रकृति सारलाई विश्लेषण गर्दै आइरहेका छौँ, र तिमीहरूले आफू ख्रीष्टविरोधी पो हौँ कि भन्ने चिन्ता गर्दै धेरै शोधन भोगेका छौ। अब, अन्ततः नतिजा आएको छ। यो प्रक्रिया निकै चुनौतीपूर्ण रहेको छ, तर अन्तिम नतिजा राम्रो छ: तिमीहरूमा ख्रीष्टविरोधीको स्वभाव छ, तर तिमीहरू ख्रीष्टविरोधी होइनौ। तिमीहरू कसरी यो बुझाइमा पुग्यौ? मेरा सङ्गतिहरूको कुन हरफले तिमीहरूलाई यो महसुस गरायो? (अस्ति, ख्रीष्टविरोधीहरू र अन्य मानिसहरूको चरित्र र स्वभाव सारबीचका भिन्नताबारे परमेश्वरको सङ्गतिमार्फत, हामीले अलिअलि बुझ्न थाल्यौँ। विवेक र समझ भएका मानिसहरूले दुष्टता गरेपछि पश्चात्ताप गर्न सक्छन् र तिनीहरू बदलिन सक्छन्, जबकि ख्रीष्टविरोधीहरूको स्वभाव सार भएकाहरू अडिग रूपमा पश्चात्तापहीन हुन्छन्, र तिनीहरूले जतिसुकै दुष्टता गरे पनि केही महसुस गर्दैनन्।) मानिसहरूमा ख्रीष्टविरोधीहरूको स्वभावका केही प्रकाशहरू हुन्छन्, तर ती अनैच्छिक हुन्छन् र तिनीहरूको सक्रिय इच्छाबाट आउँदैनन्; यी प्रकाशहरू पत्ता लाग्दा, मानिसहरूले असहजता, पीडा, पछुतो, र ऋणीपनको बोध महसुस गर्छन्, र त्यसपछि तिनीहरूले बिस्तारै आफ्नो बाटो उल्ट्याउन सक्छन्। मानिसहरूले यो बुँदा बुझेपछि झन् बढी सहज महसुस गर्छन्, र तिनीहरूले मुक्ति पाउने मौका अझै पनि बाँकी छ, र तिनीहरू ख्रीष्टविरोधी होइनन् भनी थाहा पाउँछन्। ख्रीष्टविरोधीहरूको स्वभावसँग तिनीहरूको कुनै न कुनै सम्बन्ध हुने भए पनि, सौभाग्यवश, ख्रीष्टविरोधीहरूको स्वभाव सारसँग तिनीहरूको कुनै सम्बन्ध हुँदैन। जबसम्म तँ दुष्ट व्यक्ति होइनस्, तबसम्म तँ ख्रीष्टविरोधी होइनस्। तर के त्यसको अर्थ तँमा ख्रीष्टविरोधीहरूको स्वभाव छैन भन्ने हो त? (अहँ, होइन।) अहिले मैले सबैजनामा ख्रीष्टविरोधीहरूको स्वभाव छ भनेर भन्दा, के तिमीहरू आफ्नो हृदयमा प्रतिरोध महसुस गर्छौ? (म गर्दिनँ।) तिमीहरू प्रतिरोध महसुस गर्दैनौ; अब तिमीहरूले यो तथ्य स्विकार्न सक्छौ। ख्रीष्टविरोधीहरूको स्वभाव सारका प्रकटीकरणहरूलाई सारांशीकृत गर। (ख्रीष्टविरोधीहरू सत्यताप्रति वितृष्ण हुन्छन्, तिनीहरूले सत्यतालाई घृणा गर्छन्, र सत्यतालाई कहिल्यै स्विकार्नेछैनन्।) यो सारसम्मै पुग्छ; ख्रीष्टविरोधीहरूले सत्यतालाई कहिल्यै स्विकार्नेछैनन्; तिनीहरू सत्यताप्रति वितृष्ण र शत्रुवत् महसुस गर्छन्। कतिपय मानिसहरू सत्यता पछ्याउँदैनन्, तर तिनीहरू त्यसप्रति शत्रुवत् हुँदैनन् र परमेश्वरले भन्नुहुने सबथोक सही र राम्रो हुन्छ भनेर पनि सोच्छन्, अनि तिनीहरू त्यसको प्रशंसा गर्छन् र त्यसलाई पछ्याउन चाहन्छन्, तर तिनीहरूमा कमजोर क्षमता हुन्छ र मार्ग हुँदैन। अरूलाई सत्यतामा कुनै रुचि हुँदैन, तर तिनीहरू त्यसप्रति शत्रुवत् पनि हुँदैनन्; तिनीहरू मनतातो किसिमका हुन्छन्। तर, ख्रीष्टविरोधीहरू फरक हुन्छन्; तिनीहरू सत्यताप्रति वितृष्ण र शत्रुवत् महसुस गर्छन्। सत्यता वा परमेश्वरको उल्लेख हुनेबित्तिकै तिनीहरूले घृणा महसुस गर्छन्, र तिनीहरूलाई सत्यता स्विकार्न लगाउने प्रयत्नले तिनीहरूलाई असामान्य बनाउँछ, तिनीहरू हृदयमा विकर्षित महसुस गर्छन् र त्यसलाई कहिल्यै स्विकार्दैनन्—ख्रीष्टविरोधीहरूको सार यही नै हो। अरू के छ? (ख्रीष्टविरोधीहरूले जस्तोसुकै गल्ती गरे पनि तिनीहरू अडिग रूपमा पश्चात्तापहीन रहन्छन्, र तिनीहरूले कहिल्यै सत्यता अभ्यास गर्नेछैनन्।) तिनीहरूले आफ्नै गल्तीहरू चिन्नेछैनन्, तिनीहरू कहिल्यै पश्चात्ताप गर्दैनन्, र धेरै वर्षसम्म पनि आफूलाई परिवर्तित गर्नेछैनन्। तिनीहरूले परमेश्वर सत्यता हुनुहुन्छ, परमेश्वरका वचन सत्यता हुन् भनेर स्विकार्दैनन्, त्यसैले तिनीहरूले कसरी सत्यता अभ्यास गर्न सक्थे त? तिनीहरूमा मानवता हुँदैन, तिनीहरू मानव होइनन्, तिनीहरू दियाबलस, शैतान, र परमेश्वरका शत्रु हुन्, त्यसैले तिनीहरूले बिलकुलै सत्यता अभ्यास गर्नेछैनन्।
डिसेम्बर २६, २०२०
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।