परिशिष्ट छ: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग तीन) खण्ड तीन
ए. अस्वीकार, निन्दा, आलोचना गर्नु, र ईश्वरनिन्दा
अब, हामी अस्वीकार, निन्दा, आलोचना गर्नु, र ईश्वरनिन्दा भन्ने शब्दहरूबारे सङ्गति गरौँ। ख्रीष्टविरोधीहरू परमेश्वरबारेका शङ्काहरूले भरिएका हुनाले तिनीहरू परमेश्वरद्वारा व्यक्त कुनै पनि सत्यतामा कुनै रुचि देखाउँदैनन्। तिनीहरूको हृदय वितृष्णा र घृणाले भरिएको हुन्छ, र तिनीहरू ख्रीष्ट सत्य हुनुहुन्छ भनेर कहिल्यै स्वीकार गर्दैनन्, अलिकति पनि समर्पण देखाउनु त टाढाको कुरा हो। तिनीहरूले प्रायः हृदयमा परमेश्वरलाई शङ्का उपशङ्का गर्ने, बारम्बार परमेश्वरका कार्यबारे धारणा र विभिन्न विचारहरू बुनिरहने हुनाले, तिनीहरूले लगातार अनि अनैच्छिक रूपमै मूल्याङ्कन गर्छन्, र यस्तो सोच्छन्, “के परमेश्वर साँच्चै अस्तित्वमा हुनुहुन्छ? उहाँले भन्नुहुने कुराको अर्थ के हो? यदि तिनलाई ज्ञान र धर्मसिद्धान्तको दृष्टिकोणबाट मूल्याङ्कन गरिने हो भने, यी वचनहरूलाई कसरी बुझ्नुपर्छ? परमेश्वरले यी कुराहरू भन्नुको अर्थ के हो? उहाँले यो शब्द प्रयोग गर्नुको अर्थ के हो? उहाँले कसलाई सम्बोधन गरिरहनुभएको छ?” तिनीहरूले अनुसन्धानमाथि अनुसन्धान गर्छन् अनि वर्षौँको त्यस्तो छानबिनपछि पनि परमेश्वरले व्यक्त गर्नुहुने वचन र उहाँले गर्नुहुने काममा सबैभन्दा महत्त्वपूर्ण सत्यता देख्न सक्दैनन्: अर्थात् परमेश्वर सत्य, जीवन, र मार्ग हुनुहुन्छ भन्ने कुरा तिनीहरूले बुझ्न वा देख्न सक्दैनन्। जब मानिसहरूले परमेश्वरका सबै वचन सत्यता हुन् भनेर भन्छन्, तब ख्रीष्टविरोधीहरूले गम खान्छन् र सोच्छन्, “उहाँका सबै वचन सत्यता हुन् रे? के ती केही साधारण वचन मात्रै होइनन् र? केही चल्तीका भनाइ मात्र होइनन् र? तिनमा कुनै गहन कुरा छैन।” परमेश्वरको कामलाई हेर्दा, तिनीहरू यस्तो सोच्छन्, “परमेश्वरले मण्डलीमा र आफ्ना चुनिएका जनहरूमाझ गर्ने कामबाट म त परमेश्वरको आभा देख्दिनँ। परमेश्वर यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ भनेर भनिन्छ, तर म त्यो देख्न सक्दिनँ। चाहे मैले अभिवर्धक काँचले हेरूँ वा खगोलीय दूरबिनले, म परमेश्वरको स्वरूप देख्न सक्दिनँ, र मैले चाहे जसरी हेरे पनि म उहाँका कार्य पत्ता लगाउन सक्दिनँ। त्यसैले, अहिले म परमेश्वर साँच्चिकै अस्तित्वमा हुनुहुन्छ भनेर १००% पुष्टि गर्न सक्दिनँ। तर यदि मैले परमेश्वर अस्तित्वमा हुनुहुन्न भनेर भने पनि, संसारमा केही अनौठा र असाधारण कुराहरू छन् भन्ने सुनेको छु; त्यसैले यदि त्यसो हो भने, परमेश्वर अस्तित्वमा हुनुपर्ने हो। तर परमेश्वर वास्तवमा कस्तो देखिनुहुन्छ? परमेश्वरले कसरी कार्य गर्नुहुन्छ? मलाई थाहा छैन। सबैभन्दा सरल उपाय भनेको परमेश्वरले आफूलाई पछ्याउनेहरूमा के गर्नुहुन्छ र तिनीहरूलाई के भन्नुहुन्छ भनेर हेर्नु हो।” तिनीहरूले अवलोकनमार्फत देख्छन् कि परमेश्वरको घरले मानिसहरूलाई प्रायः काटछाँट गर्छ, मानिसहरूलाई बारम्बार बढुवा र बर्खास्त गरिरहन्छ, र बारम्बार मानिसहरूसँग विभिन्न कर्तव्य र विभिन्न पेसागत कामका बारेमा सङ्गति, छलफल, आदान प्रदान, र इत्यादि गरिरहन्छ। तिनीहरू यस्तो सोच्छन्, “के यी सब मानिसहरूले गर्ने कुरा होइनन् र? तीमध्ये कुनै पनि अलौकिक कुरा होइनन्; ती सब त निकै सामान्य कुरा हुन्, र म परमेश्वरको आत्माले कसरी काम गरिरहेका छन् भनेर देख्न वा महसुस गर्न सक्दिनँ। यदि म त्यो महसुस गर्न सक्दिनँ भने, पवित्र आत्माको काम अस्तित्वमा छैन भनेर भन्न सकिन्न र? के यो सब मानिसहरूको चेतना र मनमा कल्पित कुरा होइन र? यदि पवित्र आत्माको काम अस्तित्वमा छैन भने, के परमेश्वरको आत्मा साँच्चै अस्तित्वमा छ त? यो पनि शङ्कास्पद नै छ जस्तो छ। यदि परमेश्वरको आत्मा अस्तित्वमा छैन भने, के परमेश्वर साँच्चै अस्तित्वमा हुनुहुन्छ त? भन्न गाह्रो छ।” पाँच वर्षको अनुभवपछि पनि तिनीहरू पक्का हुन सक्दैनन्, र दश-पन्ध्र वर्षको अनुभवपछि पनि सक्दैनन्। यी कस्ता मानिस हुन्? तिनीहरूको खुलासा भएको छ—तिनीहरू अविश्वासी हुन्। यी अविश्वासीहरू यसरी नै परमेश्वरका घरमा हल्लिएर बस्छन्, र प्रवाह सँगसँगै चल्छन्। यदि अरूले सुसमाचार प्रचार गरिरहेका छन् भने तिनीहरूले पनि गर्छन्; अरूले आफ्नो कर्तव्य पूरा गरिरहेका छन् भने, तिनीहरूले पनि गर्छन्। यदि तिनीहरूले बढुवाको अवसर पाए भने, तिनीहरू आफूले परमेश्वरका घरमा “पद सम्हाल्न” सक्ने सोच्छन् र हैसियतका खातिर केही मेहनत गर्न सक्षम हुन्छन्। साथसाथै, तिनीहरूले जथाभाबी दुष्कर्म गर्न पनि सक्छन्, जसले गर्दा बाधा र अवरोध निम्तिन्छन्; यदि तिनीहरू हैसियतविनाका साधारण मण्डली सदस्य हुन् भने, तिनीहरूले केही देखावटी काम गर्नका लागि छोटो बाटो अपनाउन सक्छन्। हल्लिएर बस्नुको अर्थ यही हो। म किन “हल्लिएर बस्छन्” भन्छु? तिनीहरू हृदयमा परमेश्वरप्रति शङ्का र अस्वीकार पाल्छन्, परमेश्वरको अस्तित्व र सारप्रति अस्वीकारको मनोवृत्ति कायम राख्छन्, जसले तिनीहरूलाई परमेश्वरका घरमा आफ्नो कर्तव्य अनिच्छापूर्वक निर्वाह गर्ने तुल्याउँछ। तिनीहरू बुझ्दैनन् र सधैँ मनमनै यस्तो सोचिरहेका हुन्छन्, “यसरी आफ्नो कर्तव्य पूरा गर्नु र परमेश्वरलाई पछ्याउनुको के अर्थ हुन्छ र? मैले कुनै जागिर खाएर पैसा कमाइरहेको वा सामान्य जीवन जिइरहेको छैनँ। कतिपय युवाहरूले त आफ्नो सारा जीवन नै परमेश्वरप्रति आफूलाई समर्पित गर्नमा लगाउँछन्, तर तिनीहरूले के प्राप्त गर्नेछन्? त्यसैले, म सुरुमा नियालेर हेर्नेछु। यदि म साँच्चै कुरोको चुरोमा पुग्न र मैले आशिष्हरू पाउने आशा देख्न सकेँ भने, मेहनत गर्नु र आफूलाई समर्पित गर्नु व्यर्थ हुनेछैन। यदि मैले परमेश्वरका सटिक वचन पाउन वा कुरोको चुरोमा पुग्न सक्दिनँ भने, हल्लिएर बस्दा कुनै नोक्सानी हुँदैन। आखिरमा, म थकित हुनेछैनँ र मैले धेरै दिएको हुनेछैनँ।” के यो यतिकै हल्लिएर बस्नु होइन र? तिनीहरू आफूले गर्ने कुनै पनि कुरामा निष्कपट हुँदैनन्, तिनीहरू कुनै पनि कुरामा टिक्न वा त्यसमा उत्कृष्ट हुन सक्दैनन्, र तिनीहरूले साँचो रूपमा मूल्य चुकाउन सक्दैनन्। हल्लिएर बस्नुको अर्थ यही हो। तिनीहरू हल्लिएर बसिरहेका भए पनि, तिनीहरूका सोच निष्क्रिय हुँदैनन्—ती निकै व्यस्त हुन्छन्। तिनीहरू परमेश्वरले गर्नुहुने विभिन्न कुराबारे धारणा र विचारहरूले भरिएका हुन्छन्, अनि आफ्ना धारणासँग नमिल्ने धेरै कुराहरूलाई तिनीहरूले आफ्नो हृदयमा ज्ञान, कानुन, सामाजिक नैतिकता, परम्परागत संस्कृति, इत्यादि प्रयोग गरेर मूल्याङ्कन गर्छन्। तिनीहरूका सबै मूल्याङ्कन बाबजुद तिनीहरूले आफ्नो लेखाजोखामार्फत सत्यता देख्न वा सत्यता अभ्यास गर्ने सिद्धान्तहरू भेट्टाउन नसक्ने मात्र होइन, बरु तिनीहरू परमेश्वर र उहाँको कामप्रति हरप्रकारका निन्दा, आलोचना र ईश्वरनिन्दासमेत निर्माण गर्न पुग्छन्। ख्रीष्टविरोधीहरूले सुरुमा के कुराको आलोचना गर्छन्? तिनीहरू यसो भन्छन्, “परमेश्वरको घरको काम सबै मानिसहरूले नै तय गर्छन्; त्यो सब मानिसहरूले नै गर्छन्। म परमेश्वरले काम गर्नुभएको वा पवित्र आत्माले अगुवाइ वा मार्गदर्शन गर्नुभएको त देख्न सक्दिनँ।” के यो अविश्वासीहरूको भनाइ होइन र? सबथोक मानिसहरूले नै गर्छन् भनेर दाबी गर्नुले धेरै समस्याहरू प्रकाश गर्छ। उदाहरणका लागि, परमेश्वरको घरले तिनीहरूलाई मन नपर्ने कसैलाई चुन्यो र संवर्धन गऱ्यो भने, तिनीहरूको हृदय खरो बन्छ। के ख्रीष्टविरोधीहरू साँच्चै समर्पित हुन सक्छन् त? (अहँ, सक्दैनन्।) त्यसोभए, तिनीहरूले के गर्नेछन्? तिनीहरूले त्यसलाई कमजोर पार्ने प्रयास गर्नेछन्। यदि त्यसलाई कमजोर पार्ने कार्य असफल भयो, र दाजुभाइ-दिदीबहिनीहरूमध्ये कसैले पनि तिनीहरूको कुरा सुनेन वा तिनीहरूलाई सहयोग गरेन भने, तिनीहरू त्यसलाई निन्दा गर्न थाल्छन्, र यसो भन्छन्, “परमेश्वरको घर अन्यायपूर्ण छ र यसले मानिसहरूलाई सम्हाल्ने तरिकामा सिद्धान्तहरू छैनन्। संसारमा द्रुत घोडाहरू धेरै छन्, तर तिनलाई चिन्न सक्ने कोही पनि छैन।” यसको अर्थ के हो? यसले तिनीहरू द्रुत घोडा हुन्, तर दुर्भाग्यवश, परमेश्वरका घरमा तिनीहरूलाई चिन्न सक्ने व्यक्ति छैन भन्ने अर्थ दिन्छ। परमेश्वरको घरले गरेको आफ्ना धारणाहरूसँग मेल नखाने यस मामलालाई निन्दा गरेपछि, तिनीहरूले आधारहीन अफवाह, धारणा, र नकारात्मकताजस्ता कुराहरू फैलाउन थाल्नेछन्। अवश्य नै, तिनीहरूका सारा शब्दहरू कठोर हुनेछन्। कतिपयले त यस्तो समेत भन्न सक्छन्, “यी मानिसहरू शिक्षित छन्, राम्रा देखिन्छन्, राम्रा पहिरनमा छन् र सहरबाट आएका हुन्; हामी ग्रामीण मानिस हौँ, हामीमा केही प्रतिभा छ तर हामी आफ्ना कुरा व्यक्त गर्न, वा माथिसँग कुराकानी गर्न सक्दैनौँ—हामीलाई बढुवा पाउन सजिलो छैन। परमेश्वरका घरमा बढुवा पाउनेहरू सबै वाक्पटु, खुसामद गर्न माहिर हुन्छन्, र तिनीहरूसँग दाउपेचहरू हुन्छन्। अर्कोतिर, म स्पष्ट-वक्ता वा वाक्पटु होइन, र भित्री प्रतिभाहरू मात्र हुनु बेकार हो। त्यसैले, ‘द्रुत घोडाहरू धेरै छन्, तर तिनलाई चिन्न सक्ने थोरै मात्र छन्’ भन्ने भनाइ संसारमा जस्तै परमेश्वरका घरमा पनि लागु हुन्छ।” यस भनाइको अर्थ के हो? के यो आलोचना गर्नु होइन र? तिनीहरू परमेश्वरको घरको कामको आलोचना गर्छन् र पर्दापछाडि आफ्ना आलोचना फैलाउँछन्। परमेश्वर, उहाँको काम, उहाँका अभिव्यक्तिहरू, उहाँका वचनहरू, उहाँको स्वभाव, र उहाँका काम गर्ने विविध तरिकाहरूका सन्दर्भमा, ख्रीष्टविरोधीहरूले ती बारे लेखाजोखा, अनुसन्धान, र तर्क गर्न ज्ञान र दर्शन प्रयोग गर्छन्। अन्ततः तिनीहरू एउटा त्रुटिपूर्ण निष्कर्षमा पुग्छन्। त्यसकारण, परमेश्वरले बोल्नुभएका कुनै पनि वचनलाई तिनीहरू आफ्नो हृदयमा कहिल्यै गम्भीरतापूर्वक स्विकार्दैनन्, बुझ्दैनन्, वा मनन गर्दैनन्। बरु, तिनीहरू परमेश्वरका वचनलाई एक प्रकारको प्रतिपादित सिद्धान्त वा कर्णप्रिय शब्दका रूपमा मात्र लिन्छन्। मामिलाहरू उत्पन्न हुँदा, तिनीहरूले परमेश्वरका वचनलाई हरेक मामिलालाई हेर्ने, परिभाषित गर्ने, र मापन गर्ने तरिकाको आधार र सिद्धान्तका रूपमा लिँदैनन्। बरु तिनीहरूले यी मामिलाहरूलाई मूल्याङ्कन गर्न मानव दृष्टिकोण र शैतानको दर्शन र प्रतिपादित सिद्धान्तहरू प्रयोग गर्छन्। तिनीहरूले निकाल्ने निष्कर्ष के हो भने, तिनीहरूका धारणासँग कुनै पनि कुरा मेल खाँदैन, र परमेश्वरले व्यक्त गर्नुहुने हरेक वचन र उहाँले गर्नुहुने हरेक कार्य तिनीहरूलाई मनपर्दो हुँदैन। अन्त्यमा, ख्रीष्टविरोधीहरूको दृष्टिकोणबाट परमेश्वरले गर्नुहुने हरेक कुरा निन्दित हुन्छ।
कतिपय ख्रीष्टविरोधीहरू सधैँ परमेश्वरका घरमा शक्तिमा रहन चाहन्छन्, तर तिनीहरूमा क्षमता र विशेष सीपहरूको कमी हुन्छ, त्यसैले तिनीहरू अपरिहार्य रूपमा परमेश्वरका घरमा सरसफाइ, सामान बाँडफाँट, र अन्य सामान्य, नित्यचर्या जस्ता सानातिना कार्य गर्न पुग्छन्। छोटकरीमा भन्नुपर्दा, यस्ता मानिसहरू निश्चित रूपमा मण्डली अगुवा, प्रचारक, इत्यादि बन्न सक्दैनन्। तर, तिनीहरू साधारण अनुयायी हुन वा तिनीहरूलाई औसत लाग्ने काम गर्नमै सन्तुष्ट हुँदैनन्, किनकि तिनीहरू महत्त्वाकाङ्क्षाले भरिएका हुन्छन्। महत्त्वाकाङ्क्षाले भरिनुको प्रकटीकरण कसरी हुन्छ? तिनीहरू परमेश्वरको घरका हरेक साना वा ठूला मामिलाबारे जिज्ञासा राख्न, सोधपुछ गर्न, जानकार रहन, र विशेष गरी त्यसमा हस्तक्षेप गर्न चाहन्छन्। यदि तिनीहरूको श्रम आवश्यक पर्ने कुनै काम छ भने, तिनीहरूले सधैँ यस्तो सोध्ने गर्छन्, “हाम्रो परमेश्वरको घरको किताब छपाइ कस्तो चल्दैछ? हाम्रो मण्डलीको चलचित्र निर्देशकको छनोट कस्तो छ? हाल निर्देशक को छ? पटकथा कसले लेख्दैछ? यहाँको जिल्ला अगुवा को हो, र ऊ कस्तो छ?” तिनीहरूले यी कुराहरूबारे सोध्नुको अर्थ के हो? के तिनीहरूले यी मामिलाबारे सोधपुछ गर्नु वा तिनमा संलग्न हुनुपर्छ र? (अहँ, पर्दैन।) यी सब सत्यतासँग असम्बन्धित सामान्य मामिला हुन्। यी “असल मनसाय राख्ने मानिसहरू” किन सधैँ सोधखोज गरिरहन्छन्? तिनीहरूलाई साँच्चै चिन्ता लागेर हो कि तिनीहरूसँग अरू केही काम नभएर हो? दुवै होइन—तिनीहरूमा महत्त्वाकाङ्क्षा भएकाले र तिनीहरूले पदोन्नति र शक्ति कब्जा गर्न चाहने हुनाले हो। के तिनीहरूले यो महत्त्वाकाङ्क्षा र शक्ति कब्जा गर्ने चाहना हो भनेर थाहा पाउन सक्छन्? अहँ, सक्दैनन्; तिनीहरूमा त्यो समझ नै हुँदैन। तिनीहरूको घिनलाग्दो मानवता र कमजोर क्षमताका कारण, तिनीहरू कुनै पनि कुरा हासिल गर्न वा सबैभन्दा सरल कर्तव्यसमेत राम्ररी निर्वाह गर्न सक्दैनन्। आफ्नो कर्तव्य निर्वाह गरुन्जेल, तिनीहरू निरन्तर रूपमा खराब व्यवहार गर्छन्, अल्छे हुन्छन्, आराम गर्न उद्धत हुन्छन्, र विविध मामिलाबारे सोधखोजसमेत गर्छन्। अन्त्यमा, यी प्रकटीकरणहरूका कारण तिनीहरू निकालिन्छन्। के परमेश्वरको घरले तिनीहरूलाई निकाल्नु सही हो? (हो।) के तिनीहरू ज्यादा चासो राख्ने र जिज्ञासु भएका कारण निकालिएका हुन्? (होइनन्।) तिनीहरूले उचित मामलाहरूमा ध्यान नदिएकाले र परमेश्वरका घरमा निरन्तर सित्तैँमा खान चाहेकाले तिनीहरूलाई अन्तै पठाइएको र हल्लिएर बस्न नदिइएको हो। तिनीहरूले केही पनि राम्ररी गर्न सक्दैनथे, त्यसैले तिनीहरूलाई राख्नु सार्थक हुनेथिएन—के तिनीहरू अविश्वासी होइनन् र? के तिनीहरूलाई निकाल्नुपर्दैन र? निकालिने समय आउँदा तिनीहरू बेचैन भए र त्यसपछि मात्र तिनीहरूले सत्यता सिद्धान्तहरूको खोजी गरे, र सोधे, “परमेश्वरको घरले मानिसहरूलाई निकाल्ने र निष्कासित गर्ने सिद्धान्त वास्तवमा के हुन् भनेर मैले खोज्नुपर्छ: मलाई केका आधारमा निकालिँदैछ?” तैँले तिनीहरूलाई यस्तो प्रतिक्रिया दिनुपर्छ, “आराम मन पराउने र कामलाई घृणा गर्ने, आफूले गर्ने हरेक कुरामा बाधा र विनाश उत्पन्न गराउने तँजस्तो व्यक्ति, निकाल्नुका सिद्धान्तहरूसँग पूर्ण रूपमा मेल खान्छस्।” तिनीहरूले आफू कस्तो प्रकारको व्यक्ति हुँ भन्ने नबुझी त्यति धेरै खराब कुराहरू गरेपछि मानिसहरूलाई निकाल्नुका सिद्धान्तहरू खोज्नु अलिक हास्यास्पद देखिन्न र? (हो, देखिन्छ।) यस्ता केही मानिसहरू निकालिएका छन्, जबकि अरूलाई साधारण मण्डलीहरूमा पठाइएको छ। तिनीहरू परमेश्वरका घरमा कर्तव्य निर्वाह गर्न उपयुक्त छैनन् र तिनीहरूमा आफ्नो कर्तव्य निर्वाह गर्न चाहिने अवस्था छैन। के यस प्रकारका व्यक्तिहरूले परमेश्वरले गर्नुभएको कुरा सत्यतासँग मिल्छ भन्ने कुरा बुझ्न सक्छन्? म भन्न सक्छु कि ख्रीष्टविरोधीहरूले यो कहिल्यै बुझ्नेछैनन्, किनकि तिनीहरू अविश्वासी हुन्, र तिनीहरूले सत्यतासँग मिल्ने कुनै पनि सकारात्मक कुरालाई निन्दा र आलोचना गर्छन्। त्यो ख्रीष्टविरोधी, जो सोधखोज गर्न सधैँ आतुर हुन्छ, महत्त्वाकाङ्क्षाले भरिएको छ, र लगातार माथि उक्लन खोज्छ, जबकि आफ्नो कर्तव्य पूरा गर्ने सन्दर्भमा अलिकति पनि निष्कपट र बफादार हुँदैन, अन्यत्रै पठाइँदा ऊ थचक्क भुईँमा बस्छ र जोडले विलाप गर्छ। उसले भन्छ, “मेरो असल मनसाय बोकेको हृदय, मेरो निष्कपटता र बफादारीलाई कसैले पनि बुझ्दैन। मलाई किन अन्यत्र पठाइँदै छ? ममाथि अन्याय भएको छ, र म इच्छुक छैनँ! परमेश्वरबारे यत्ति चिन्तित कोही पनि छैन, र परमेश्वरका घरमा यत्ति बफादार कोही पनि छैन। मेरो ठूलो जोस र ठूलो दयालाई खराब आशयका रूपमा लिइँदैछ—परमेश्वर निकै अन्यायपूर्ण हुनुहुन्छ!” के यो निर्दोषताको याचना होइन र? के तिनीहरूका कुनै पनि शब्द मानिसहरूले भन्नुपर्ने कुरा हुन् त? के तीमध्ये कुनै सत्य-तथ्यसँग मिल्छन्? (मिल्दैनन्।) ती सब गुनासा, गनगन, र निन्दाले भरिएका बेमनासिब, बेतुका, अविश्वासीहरूका शब्द हुन्। यो तिनीहरू प्रकाश हुनु हो। यदि तिनीहरूलाई अन्यत्र नपठाइएको भए, तिनीहरूले आफ्नो ढोँग जारी राख्नेथिए र परमेश्वरको घरको मालिक बन्ने आकाङ्क्षा राख्नेथिए। के कुनै मालिकले यस्तो व्यवहार गर्ला त? के कुनै मालिकले यसरी झर्कोफर्को गर्ला त? के कुनै मालिकले परमेश्वरको घरलाई यसरी व्यवस्थापन गर्ला त? तिनीहरूलाई सरसफाइ गर्न भनिएको थियो, तर तिनीहरू जताततै चहारेर बसे र तिनीहरूले कुनै काम गरेनन्। तिनीहरूलाई खाना पकाउन भनिएको थियो, तर तिनीहरू दुई जनाका लागि समेत खाना पकाउन इच्छुक थिएनन्। तिनीहरूलाई थकित हुने डर थियो र तिनीहरूलाई त्यो निम्न-वर्गीय कुरा हो भन्ने लाग्यो—त्यसोभए तिनीहरूले अरू के गर्न सक्छन् त? के तिनीहरूले अगुवा हुनु र आदेशहरू जारी गर्नुबाहेक केही गर्न सक्छन् त? के परमेश्वरको घरले तिनीहरूलाई निकाल्नु उचित होइन र? (हो।) यो पूर्णतः उचित कुरा हो, तैपनि तिनीहरू पर्दापछाडि सरापिरहन्छन्, झर्कोफर्को गर्छन् र उद्दण्ड महिलाहरूले जस्तो व्यवहार गर्छन्। के यिनीहरू ख्रीष्टविरोधी होइनन् र? यो ख्रीष्टविरोधीको स्वभाव सारको प्रकटीकरण हो। आफ्ना हित वा प्राथमिकतासँग नमिल्ने मामिलाहरू सामना गर्दा, आफ्ना कामना वा चाहनाहरू पूरा नगर्ने कुराहरू सामना गर्दा, के तिनीहरू अलिकति पनि समर्पित हुन्छन्? के तिनीहरू सत्यता खोज्न सक्छन्? के तिनीहरू शान्त हुन, आफ्ना पाप स्विकार्न, र पश्चात्ताप गर्न सक्छन्? अहँ, सक्दैनन्। तिनीहरूको तात्कालिक प्रतिक्रिया भनेको उठेर निन्दा, आलोचना, ईश्वरनिन्दा, र श्रापले भरिएका शब्दहरू प्रयोग गर्दै परमेश्वरविरुद्ध रडाको मच्चाउनु हो। तिनीहरू यस्तो सोच्छन्, “यदि परमेश्वरको घरले मलाई चाहँदैन भने, ठीकै छ। तिमी कुनै कृपा देखाउँदैनौ, त्यसैले हृदयविहीन भएकोमा मलाई दोष नदेऊ। भिडौँ र को बढी क्रूर छ भन्ने हेरौँ!” के यो सत्यताको खोजी गर्नुको प्रकटीकरण हो? के यो सामान्य सृजित प्राणीमा हुनुपर्ने प्रकटीकरण हो? (अहँ, होइन।) त्यसोभए यो कस्तो खालको प्रकटीकरण हो त? साँचो रूपमा परमेश्वरमा विश्वास गर्ने र उहाँलाई पछ्याउनेहरूले उहाँसँग कस्तो व्यवहार गर्नुपर्छ? तिनीहरू साँचो र निसर्त रूपमा परमेश्वरप्रति समर्पित हुनैपर्छ। केवल परमेश्वरका शत्रुहरू—शैतान र दियाबलसहरूले—परमेश्वरलाई इन्कार, निन्दा, आलोचना, ईश्वरनिन्दा गर्नेछन् र सराप्नेछन्, यहाँसम्म कि उहाँविरुद्ध रडाको मच्चाउने र उहाँको विरोध गर्नेछन्। तैँले अहिले नै यो तथ्य स्विकार्न नसक्ने र परमेश्वरको घरले तँलाई अन्यायपूर्ण व्यवहार गरेको दाबी गर्दै सयौँ कारणहरू अघि सार्न सक्ने भए पनि, यदि तँमा चेतना, मानवता, र परमेश्वरको अलिकति पनि डर छ भने, के तैँले परमेश्वरसँग यसरी व्यवहार गर्न सक्छस्? बिलकुलै सक्दैनस्! यदि कसैले त्यसो गर्न सक्छ भने, के उसमा अलिकति पनि विवेक हुन्छ? के उसमा कुनै मानवता हुन्छ? के उसमा अलिकति पनि परमेश्वरको डर हुन्छ? (अहँ, हुँदैन।) स्पष्ट छ कि ऊ परमेश्वरका भेडाहरूमध्येको एक होइन। उसले परमेश्वरलाई कहिल्यै आफ्नो मालिकका रूपमा व्यवहार गरेको छैन; उसले कहिल्यै पनि परमेश्वरलाई आफ्नो परमेश्वर मानेन। उसका हृदयमा, परमेश्वर उसको परमेश्वर नभई उसको शत्रु हुनुहुन्छ। परमेश्वरका शत्रुहरू ख्रीष्टविरोधी र शैतान हुन्; त्यसविपरित, ख्रीष्टविरोधीहरू परमेश्वरका शत्रु हुन्—तिनीहरू शैतान र दियाबलस हुन्। ख्रीष्टविरोधीहरूले परमेश्वरले गर्ने कुनै पनि कुरा कहिल्यै पनि स्विकार्नेछैनन् र परमेश्वरले बोल्नुभएको कुनै पनि वचनलाई आमेन भन्नेछैनन्। परमेश्वरको शत्रु—शैतान—को सार यही हो र ख्रीष्टविरोधीहरूको अन्तर्निहित सार यही हो। तिनीहरू विनाकारण परमेश्वरप्रति शत्रुवत् हुन्छन्, र विनाकारण परमेश्वरलाई निन्दा गर्न सक्षम हुन्छन्। के यो दुष्टता होइन र? यो सरासर दुष्टता हो।
हरेक व्यक्तिमा ख्रीष्टविरोधीका यी स्वभावहरू फरक-फरक मात्रामा हुन्छन्, तर के तिमीहरू यी स्वभावहरूको प्रकटीकरण र मानिसहरूले विश्वास गर्दा चयन गर्ने मार्गमार्फत को ख्रीष्टविरोधी हो, को श्रमिक हो, र कोचाहिँ मुक्ति दिन सकिने परमेश्वरका चुनिएका मानिसहरूमध्येको एक हो भनेर मूल्याङ्कन गर्न सक्छौ? (सबैले ख्रीष्टविरोधी स्वभाव प्रकाश गरे पनि, आफ्नो भ्रष्ट स्वभाव प्रकाश गरेपछि केही मानिसहरूमा विवेक बोध पलाउँछ, तिनीहरूले दोषी महसुस गर्छन्, तिनीहरूले पश्चात्ताप गर्न, र सत्यता अभ्यास गर्न सक्छन्—मुक्ति पाउन सक्नेहरू यिनै हुन्। तर, विवेक बोध नभएका, गल्ती गरेपछि पनि आफूलाई सही ठान्ने, जिद्दी भई पश्चात्ताप गर्न इन्कार गर्ने, र सत्यतालाई पूर्ण रूपमा इन्कार गर्नेहरू—यी मानिसहरू ख्रीष्टविरोधी हुन् र तिनीहरूले मुक्तिको कुनै अवसर पाउँदैनन्।) के यी दुई भनाइ सही छन्? (छन्।) भर्खरै भनिएको कुरा आधारभूत रूपमा सही छ, तर यो पर्याप्त रूपमा निर्दिष्ट छैन। कतिपय मानिसहरूमा ख्रीष्टविरोधीहरूको स्वभाव भए पनि, परिस्थितिहरू सामना गर्दा तिनीहरू सत्यताको खोजी गर्न, देहविरुद्ध विद्रोह गर्न, आफ्नो भ्रष्ट स्वभाव चिनेपछि पश्चात्ताप महसुस गर्न, ऋणीपन महसुस गर्न, पछाडि फर्कन, सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्न, सही मार्ग चयन गर्न, सत्यता अभ्यास गर्ने छनोट गर्न, र अन्ततः सत्यताबारे बुझाइ प्राप्त गर्न र सत्यता वास्तविकतामा प्रवेश गर्न, परमेश्वरप्रति समर्पण हासिल गर्न सक्षम हुन्छन्। त्यस्ता मानिसहरूले मुक्ति पाउन सक्छन् र तिनीहरू परमेश्वरका चुनिएका मानिस हुन्। एउटा अर्को प्रकारको व्यक्ति हुन्छ, जसलाई आफूमा ख्रीष्टविरोधीको स्वभाव छ भनेर थाहा हुन्छ, तर परिस्थितिहरू आइपर्दा उसले आफूलाई जाँच गर्दैन। आफूले कुनै गल्ती गरेको पत्ता लाग्दा उसमा कुनै साँचो बुझाइ हुँदैन, उसले आफूभित्र ऋणीपनको दह्रो बोध विकास गर्न सक्दैन, ऊ पश्चात्ताप गर्न वा पछाडि फर्कन सक्षम हुँदैन, र सत्यता र मुक्तिबारे अलमल्ल हुन्छ। ऊ परमेश्वरका घरमा श्रम गर्न तयार र इच्छुक हुन्छ, उसले आफूलाई अह्राइएको जुनसुकै काम गर्न सक्छ, तैपनि त्यसलाई गम्भीरतापूर्वक लिँदैन; उसले बेलाबेलामा बाधा र अवरोध निम्त्याउन सक्छ, तर ऊ दुष्ट मानिस होइन। उसले काटछाँट स्विकार्न सक्छ, तर कामकुरा गर्दा कहिल्यै सक्रिय रूपमा सत्यताको खोजी गर्दैन वा कामकुरा सम्हाल्दा सत्यता सिद्धान्तहरू पछ्याउँदैन। उसले परमेश्वरका वचन खान र पिउनमा अनि सत्यतामा कुनै चाख राख्दैन। उसले आफ्ना कर्तव्यमा ठीकठाक मेहनत लगाउन सके पनि, सत्यतालाई पछ्याउने मामिलामा उसमा जोसको कमी हुन्छ र उसलाई यो गर्ने कुनै रुचि हुँदैन। उसले आफ्नो कर्तव्य निर्वाहमा कुनै बफादारी देखाउँदैन; उसले तुलनात्मक रूपमा केही इच्छुकता र निष्कपटता देखाउँछ। उसले विविध भ्रष्ट स्वभाव चिन्न सक्छ, तर परिस्थितिहरू सामना गर्दा उसले कहिल्यै आत्मचिन्तन गर्दैन, र ऊ सत्यता बुझ्न र त्यसलाई अभ्यास गर्न सक्ने मान्छे बन्ने पछ्याइमा लाग्दैन। ऊ श्रमिक हो। सबैभन्दा अन्तिम श्रेणीमा ख्रीष्टविरोधीहरू पर्छन्। तिनीहरू परमेश्वर, सत्यता र सकारात्मक कुराका शत्रु हुन्। तिनीहरूको हृदय दुष्टता, परमेश्वरविरुद्धको रडाको, परमेश्वरको विरोध, साथै इन्साफ, सकारात्मक कुराहरू, र सत्यताविरुद्धको निन्दा, मूल्याङ्कन, र ईश्वरनिन्दाले भरिएको हुन्छ। तिनीहरू परमेश्वरको अस्तित्व, यावत् थोकमाथिको उहाँको सार्वभौमिकतामा विश्वास गर्दैनन्, र परमेश्वरलाई मानवजातिको नियतिमाथि सार्वभौम हुन दिन त झनै अनिच्छुक हुन्छन्। तिनीहरू कहिल्यै पनि आफूलाई बुझ्दैनन्, र तिनीहरूले जतिसुकै गल्ती वा अपराध गरे पनि, ती कहिल्यै स्विकार्दैनन्, पश्चात्ताप गर्दैनन् वा पछाडि फर्कँदैनन्। तिनीहरूको हृदयमा कुनै पछुतो हुँदैन, र तिनीहरू सत्यतालाई पूर्ण रूपमा इन्कार गर्छन्। यी ख्रीष्टविरोधी हुन्। कुनै व्यक्ति कुन श्रेणीको व्यक्ति हो भनेर निर्धारण गर्नका लागि उसमा सत्यताप्रति स्वीकारको मनोवृत्ति छ कि छैन भनेर मूल्याङ्कन गर्नु सामान्यतया सही हुन्छ। तिमीहरू कुन श्रेणीमा पर्छौ? के तिमीहरू मुक्ति पाउन सक्ने परमेश्वरका चुनिएका मानिसहरूमध्येका हौ, कि ख्रीष्टविरोधी हौ, कि श्रमिक हौ? के तिमीहरू पहिलो श्रेणीतर्फ सर्दै छौ, कि यी कुनै पनि श्रेणीमा पर्दैनौ? यीमध्ये कुनै पनि श्रेणीमा नपर्ने कोही पनि छैन: सबैजना यी तीनमध्ये एउटामा पर्छन्। मानवता नभएका दुष्ट मानिसहरू ख्रीष्टविरोधीहरूको सार भएकाहरू हुन्; केही मानवता भएका, विवेक र समझ भएका, साथै तुलनात्मक रूपमा असल चरित्र भएका, सत्यता पछ्याउन सक्ने, सकारात्मक कुराहरूलाई प्रेम गर्न सक्ने, सत्यतालाई प्रेम गर्ने, र परमेश्वरको डर मान्ने र उहाँमा समर्पित हुन सक्नेहरूले मुक्ति पाउन सक्छन्—तिनीहरू परमेश्वरका चुनिएका मानिस हुन्। औसत चरित्र भएका, न त खासै असल, न त खासै खराब, सत्यताबारे अलिकति पनि रुचि नराख्ने र त्यसलाई पछ्याउन बिलकुलै इच्छुक नभएका, तर थोरै निष्कपटताका साथ आफ्नो कर्तव्य निर्वाह गर्नेहरू श्रमिक हुन्। मूल्याङ्कनको मानक यही हो। के कुनै ख्रीष्टविरोधी श्रमिक बन्न सक्छ? (सक्दैन।) त्यसोभए के श्रमिकहरूमध्ये मानिसहरूको कुनै श्रेणी छ, जुन परमेश्वरका चुनिएका मानिस बन्न सक्छ? (छ।) यहाँ परिवर्तनको कस्तो सम्भावना छ? (तिनीहरूले सत्यता पछ्याउनुपर्छ।) सायद, अझ धेरै वर्षको आस्था, अझ धेरै अनुभव र परिस्थितिहरू सामना गरेपछि, र अझ धेरै सत्यताको बुझाइ प्राप्त गरेपछि तिनीहरू बिस्तारै श्रम गर्ने चरणबाट परमेश्वरका चुनिएका मानिस बन्ने चरणमा प्रवेश गर्छन्। अहिले सत्यताबारे तिनीहरूको बुझाइ सानो र परमेश्वरमाथिको तिनीहरूको आस्था निकै सानो भएकाले, तिनीहरूलाई आफ्नो कर्तव्य पूरा गर्न र सत्यता अभ्यास गर्नमा त्यत्ति धेरै रुचि छैन। तिनीहरूसँग सत्यता पछ्याउने कद छैन र तिनीहरू देहका अन्य विभिन्न आवश्यकता साथै आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरू त्याग्न सक्दैनन्। त्यसकारण, तिनीहरू अहिलेका लागि श्रम गर्ने चरणमा मात्र रहन सक्छन्। तर, तुलनात्मक रूपमा भन्नुपर्दा, यी मानिसहरूमा विवेक छ र तिनीहरू सकारात्मक कुराहरूलाई प्रेम गर्छन्; तिनीहरूले बिस्तारै सत्यता बुझ्दै जाँदा, तिनीहरूको वातावरण परिवर्तन हुँदै जाँदा, परमेश्वरमा विश्वास गर्ने तिनीहरूको समय बढ्दै जाँदा, तिनीहरूले झनै गहन अनुभवहरू बटुल्दै जाँदा, र तिनीहरूले परमेश्वरमा साँचो आस्था विकास गर्दै जाँदा, तिनीहरूले बिस्तारै सत्यता र सकारात्मक कुराहरूलाई झनै प्रष्टसँग देख्न थाल्छन्, तिनीहरूले पछ्याउनुपर्ने मार्ग झनै स्पष्ट बन्छ, तिनीहरूले सत्यताप्रति रुचि विकास गर्छन्, र तिनीहरूले झन्-झन् सत्यतालाई प्रेम गर्छन्। त्यस्ता मानिसहरू बिस्तारै मुक्तिको मार्गमा पाइला चाल्न र परमेश्वरका चुनिएका मानिस बन्न सक्छन्; तिनीहरूमा सुध्रिने र परिवर्तन हुने ठाउँ हुन्छ। अर्कोतिर, ख्रीष्टविरोधीहरूको सार भएकाहरू परमेश्वरका चुनिएका मानिस बन्न र तिनीहरूले मुक्ति पाउन सक्छन् भन्नु जायज हुँदैन, किनकि ख्रीष्टविरोधीहरूको सार दियाबलस र परमेश्वरका शत्रुहरूको सार हो—ख्रीष्टविरोधीहरू कहिल्यै बदलिन सक्दैनन्।
हामीले भर्खरै तिनीहरूले परमेश्वरलाई र उहाँको कामलाई गर्ने व्यवहारमा तिनीहरूले प्रकाश गर्ने दुष्ट स्वभाव सारबाट उत्पन्न अस्वीकार, निन्दा, आलोचना, र ईश्वरनिन्दाबारे सङ्गति गरिरहेका थियौँ। जब कुनै कुरा ख्रीष्टविरोधीहरूका धारणा विपरीत हुन्छ वा जब त्यसले तिनीहरूको हितलाई हानि गर्छ, तब तिनीहरूको तात्कालिक प्रतिक्रिया भनेको यसो भन्दै उठ्नु, प्रतिरोध गर्नु, र त्यसलाई निन्दा गर्नु हो: “यो गलत हो, यो मानिसहरूद्वारा गरिएको हो, र म योसामु झुक्नेछैन। म यसको उजुरी गर्नेछु र यस मामिलालाई स्पष्ट पार्न प्रमाण खोज्नेछु। म आफ्नो अडान राख्नेछु, आफ्नो प्रतिरक्षा गर्नेछु, यस मामिलाका विस्तृत कुरा खोल्नेछु र यसमाझ समस्या खडा गर्ने, मेरो राम्रो प्रतिष्ठा र मेरा चलिरहेका राम्रा कामकुरा बिगार्ने व्यक्ति को हो भनेर हेर्नेछु।” ख्रीष्टविरोधीहरूका हृदयमा “यावत् थोकमा परमेश्वरका असल अभिप्राय हुन्छन्” भन्ने वाक्यांश एउटा खोक्रो भनाइ बन्छ, र त्यसले तिनीहरूको कार्य गर्ने साधन, विधि, र सिद्धान्तहरूलाई मार्गदर्शन गर्न वा बदल्न सक्दैन। त्यसविपरीत, कुनै पनि परिस्थिति सामना गर्दा तिनीहरू आफूलाई जे स्वाभाविक लाग्छ त्यसैमा भर पर्छन्, कार्य गर्नका लागि हरेक विधिबारे सोच्छन् र आफ्ना सबै क्षमता र रणनीति प्रयोग गर्छन्। निस्सन्देह रूपमा, तिनीहरूले गर्ने भनेको परमेश्वरविरुद्धको निन्दा, आलोचना, र ईश्वरनिन्दा हो। मानिसहरूका सोच शैतानका तर्क र विचारहरूले भरिपूर्ण हुन्छन्, र तिनमा कुनै सत्यता हुँदैन। त्यसकारण, त्यस्ता मामिलाहरू सामना गर्दा ख्रीष्टविरोधीहरूका प्रकटीकरणले शैतानकै प्रकटीकरणहरूलाई प्रतिविम्बित गर्छ: शैतानले परमेश्वरलाई जस्तो व्यवहार गर्छ, ख्रीष्टविरोधीहरूले पनि उहाँलाई त्यस्तै व्यवहार गर्छन्, र शैतानले परमेश्वरप्रति जे-जस्ता साधन वा शब्द प्रयोग गर्छ, ख्रीष्टविरोधीहरूले पनि त्यही प्रयोग गर्छन्। यसरी, परमेश्वरको शत्रु हुने ख्रीष्टविरोधीहरूको दुष्ट सारबारे केही भनिरहनै पर्दैन। यदि परमेश्वरमा एक-दुई दिन मात्रै विश्वास गरेको व्यक्ति छ भने पनि, के उसले आफ्नो सामान्य मानव सोचाइ र चेतनामा, मानव र परमेश्वरबीचको भिन्नता बुझ्छ? (हो, बुझ्छ।) सामान्य मानवता भएको वयस्क व्यक्तिका रूपमा, के उसले आफ्नो हृदयमा परमेश्वरसँग कसरी व्यवहार गर्ने भन्ने जान्दछ? (जान्दछ।) के मानव चेतनामा कसैले आराधना गर्ने व्यक्तिसँग व्यवहार गर्ने सबैभन्दा उपयुक्त र सर्वोत्तम तरिकासम्बन्धी मानक छ? (छ।) मानिसहरू चापलुसी गर्न, खुसामद गर्न, र आफूलाई कृपापात्र तुल्याउन प्रवृत्त हुन्छन्; यदि त्यस व्यक्तिले तिनीहरूलाई कुटे वा सरापे पनि, तिनीहरू विनम्र र आज्ञाकारी रहने उपाय भेट्टाउँछन्। यसैले, आफ्ना बाबुआमाको कुरा आउँदा, के मानिसहरूलाई सम्मान र प्रेम देखाउन आउँछ, अनि के तिनीहरूलाई कुन व्यवहार हानि र घृणा हो भन्ने थाहा हुन्छ? के यसको मूल्याङ्कन गर्न कुनै मानक छ? (छ।) यसले मानव, अर्थात् मानव छालाले ढाकिएका जीवित प्राणी जनावरहरूभन्दा फरक र माथि छन् भन्ने प्रमाणित गर्छ। तँलाई आफ्ना बाबुआमालाई सम्मान र प्रेम गर्न आउँछ, त्यसोभए परमेश्वरसँग प्रेम र सम्मानसाथ व्यवहार गर्न किन आउँदैन? तैँले कसरी परमेश्वरलाई यस्तो व्यवहार गर्न सक्छस्? यतिकै निन्दा र आलोचना गर्ने, यतिकै ईश्वरनिन्दा गर्न र सराप्न साहस गर्ने—के त्यो सामान्य मानिसहरूले गर्ने कुरा हो? (होइन।) जनावरहरूले समेत यस्तो व्यवहार गर्दैनन्। यदि कुनै व्यक्तिले कुनै जनावर पाल्यो, चाहे त्यो जङ्गली नै किन नहोस्, र त्योसँग केही समय बितायो भने, त्यसले आफ्नो मालिक को हो भनेर चिनेसम्म त्यसले त्यो मालिकलाई सधैँ सम्मान गर्नेछ, मालिकलाई आफ्नो आफन्त, आफ्नो परिवारको सदस्यका रूपमा व्यवहार गर्नेछ, जुन त्यसले अरू जनावर वा मानिसहरूलाई गर्ने व्यवहारभन्दा फरक हुन्छ। मानौँ, तँ त्यसको मालिक थिइस्: अरू दुई वा तीन वटा घरको हुन पुगेपछि तैँले त्यसलाई फेरि भेट्दा, त्यसले तेरो गन्ध मात्रै सुँघ्नुपर्छ अनि त्यसले तँप्रति स्नेह देखाउँछ। त्यो उग्र जनावर भए पनि, त्यसले तँलाई खानेछैन। त्यसको उग्रता अन्तर्निहित कुरा हो, जुन परमेश्वरको सृष्टि र पूर्वनिर्धारणबाट आउँछ। यो क्रूर वा दुष्ट स्वभाव नभई, परमेश्वरले त्यसलाई दिनुभएको बाँच्ने नैसर्गिक प्रवृत्ति हो—यो ख्रीष्टविरोधीहरूको दुष्टताभन्दा भिन्नै हुन्छ। दुई जना मानिस थिए, जसले एउटा सानो सिंहको बच्चालाई दत्तक लिएका थिए। त्यो सिंह हुर्कँदै गएपछि, त्यसको मांसाहारको खर्च उठाउन चुनौतीपूर्ण बन्यो, त्यसैले त्यो एक वर्षको भएपछि, तिनीहरूले त्यसलाई त्यसको प्राकृतिक वातावरणमै लगेर छोडिदिए। तीन वर्षपछि, तिनीहरूले त्यस सिंहलाई फेरि भेटे। सिंहले तिनीहरूलाई टाढैबाट देख्यो, र उत्सुकतासाथ तिनीहरूतिर दौडियो। तिनीहरू सुरुमा यस्तो सोच्दै चिन्तित भए, “कतै यसले हामीलाई खाने त होइन? यो त सिंह हो नि।” हेर्दै जाँदा त, त्यो सिंह नजिकै आयो, साथीले जस्तै गरी तिनीहरूलाई अङ्गालो हाल्यो, र तिनीहरूले पनि बदलामा त्यसलाई अङ्गालो हाले र सुमसुम्याए। त्यसपछि सिंहले तिनीहरूलाई आफ्नो परिवारका सदस्यहरू भेटायो, र जब तिनीहरू जाने बेला आयो, त्यसले तिनीहरूलाई बिदा गर्न हिचकिचायो। जनावरहरूमध्ये सबैभन्दा भयङ्कर जङ्गली, मांसाहारी जनावरले मानवहरूसँग अन्तरक्रिया गर्दा यस्तो दृश्य देख्न सकिन्छ। के यसले मन छुँदैन र? (छुन्छ।) मानिसहरूले भयङ्कर जनावरहरूमा पनि तिनको मैत्रीपूर्ण पक्ष देख्न सक्छन्, तर ख्रीष्टविरोधीमा यो कुरा हुँदैन। ख्रीष्टविरोधीहरूसँग शैतानको स्वभाव हुने र तिनीहरू शैतानी स्वभाव सार भएका मानिस भएकाले, फलस्वरूप तिनीहरूले परमेश्वरलाई आलोचना गर्न, निन्दा गर्न, र उहाँविरुद्ध ईश्वरनिन्दा गर्न सक्छन्। त्यस्ता मनोवृत्तिले सोहीअनुसारका प्रकटीकरण र विशेष गरी तौरतरिकाहरूमा पुऱ्याउँछन्। के ख्रीष्टविरोधीहरू जनावरभन्दा खराब हुँदैनन् र? मानिसहरू आफूले आराधना गर्नेहरू र आफ्ना सबैभन्दा नजिकका आफन्त र आमाबुबालाई सम्मान र प्रेमिलो हेरचाह देखाउन जान्दछन्, र तिनीहरूका कुन कार्यले उनीहरूलाई चोट र हानि पुऱ्याउन सक्छ भनेर जान्दछन्। तिनीहरू यी कुरा मूल्याङ्कन गर्न सक्छन्। तर, ख्रीष्टविरोधीहरू परमेश्वरप्रति त्यस्ता व्यवहार प्रदर्शन गर्न सक्षम हुन्छन्, जुन साँच्चिकै रिस उठ्दो कुरा हो। यसले त्यस्ता व्यक्तिहरूको अन्तर्निहित प्रकृति ख्रीष्टविरोधीहरूको सार हो भन्ने सङ्केत गर्छ। ठ्याक्कै भन्नुपर्दा, यी व्यक्तिहरू शैतानको मूर्तरूप हुन्, तिनीहरू जिउँदा शैतान हुन्, तिनीहरू दियाबलस हुन्—तिनीहरू परमेश्वरका भेडा होइनन्। के परमेश्वरका भेडाले उहाँलाई सराप्नेथिए? के परमेश्वरका भेडाले उहाँलाई निन्दा गर्नेथिए? (गर्नेथिएनन्।) किन गर्नेथिएनन्? (किनकि तिनीहरू परमेश्वरलाई सुन्छन् र उहाँमा समर्पित हुन्छन्।) तिनीहरू सुन्छन् र समर्पित हुन्छन्—त्यो एउटा पक्ष हो। मुख्य कुरा परमेश्वरमाथिको तिनीहरूको साँचो विश्वास हो। यदि तँ साँच्चै परमेश्वरको पहिचान, हैसियत, र सारमा विश्वास गर्छस् भने, परमेश्वरले चाहे जे गर्नुभए पनि वा उहाँले त्यो चाहे जसरी गर्नुभए पनि, त्यसले हानि नै पुऱ्याए पनि, तैँले उहाँलाई निन्दा गर्नेछैनस्। केवल साँचो रूपमा परमेश्वरमा विश्वास गर्ने, उहाँप्रति साँचो विश्वास राख्नेहरूले, आफूलाई सृजित प्राणीका स्थानमा राख्छन्, र परमेश्वरलाई सधैँ परमेश्वरझैँ व्यवहार गर्छन्। यो एक तथ्य हो।
हामीले ख्रीष्टविरोधीहरूले परमेश्वरलाई सरापेको, विरोध गरेको र उहाँविरुद्ध रडाको मच्चाएको बारे सङ्गति गरिसकेका छौँ। कतिपयले उहाँलाई खुल्लमखुल्ला विरोध गर्ने, गुटहरू स्थापित गर्ने, गठबन्धन निर्माण गर्ने, र स्वतन्त्र राज्यहरू सिर्जना गर्ने गर्छन्। अरूले बन्द ढोकापछाडि गोप्य रूपमा उहाँलाई सराप्छन्, कतिले हृदयमा उहाँलाई सराप्छन्, र हृदयमा उहाँलाई विरोध गर्छन् र उहाँविरुद्ध रडाको मच्चाउँछन्। तिनीहरूले उहाँलाई चाहे खुल्लमखुल्ला वा गोप्य रूपमा सरापे पनि, तिनीहरू सबै ख्रीष्टविरोधी हुन्; तिनीहरू परमेश्वरका भेडा होइनन्। तिनीहरू शैतानजस्तै नै हुन्, र तिनीहरू निस्सन्देह साधारण मानिस वा मानकअनुरूपका सृजित प्राणी होइनन्। धेरैजसो मानिसहरूले आफ्नै धारणासँग नमिल्ने परिस्थिति वा परमेश्वरको न्याय र सजाय सामना गर्दा, तिनीहरू केवल उदास, अलमल, र स्विकार्न असमर्थ रहेको अनुभूति गर्छन्। तिनीहरू गुनासो पोख्छन्, वा हठीपन प्रदर्शन गर्छन्; तिनीहरू नकारात्मक बन्न वा सुस्ताउन समेत सक्छन्, तर तिनीहरू विरोध गर्ने र रडाको मच्चाउने बिन्दु सम्म पुग्दैनन्। समय बित्दै जाँदा तिनीहरू प्रार्थना, परमेश्वरका वचनहरूको पठन, दाजुभाइ-दिदीबहिनीहरूको सहयोग, र पवित्र आत्माको अन्तर्दृष्टि, मार्गदर्शन, र ताडनामार्फत बिस्तारै बदलिन सक्छन्। कामकुरा आइपर्दा साधारण भ्रष्ट मानवहरूको प्रकटीकरण यही हुन्छ। अर्कोतिर, ख्रीष्टविरोधीहरूमा यी सकारात्मक प्रकटीकरणहरू हुँदैनन्, र तिनीहरूले आफ्नो बाटो बदल्नेछैनन्। यदि कुनै परिस्थिति तिनीहरूका चाहनासँग मिलेन भने, तिनीहरू सराप्छन्। यदि आगामी परिस्थिति पनि तिनीहरूका चाहनासँग मिलेन भने, तिनीहरू फेरि सराप्छन्। सराप्नु विरोध गर्नु र रडाको मच्चाउनुसँगसँगै चल्छ। कतिपय ख्रीष्टविरोधीहरूले त यसो समेत भन्छन्, “यदि मजस्तो मान्छेले मुक्ति पाउन सक्दैन भने, कसले चाहिँ सक्छ त?” के यो रडाको मच्चाउनु होइन र? के यो विरोध होइन र? (हजुर, हो।) यो विरोध हो। तिनीहरूमा समर्पणको कुनै निशान नै हुँदैन, र तिनीहरू परमेश्वरविरुद्ध रडाको मच्चाउने र उहाँलाई विरोध गर्ने आँट गर्छन्—यिनीहरू शैतान हुन्। दुष्ट स्वभावका विभिन्न प्रकटीकरणबारेको हाम्रो सङ्गतिलाई यहीँ टुङ्ग्याऔँ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।