परिशिष्ट छ: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग तीन) खण्ड दुई
ऊ. माग राख्नु
अर्को विषयवस्तु के हो भने, ख्रीष्टविरोधीहरू परमेश्वरसँग मागहरू राख्छन्, र यसका झनै विशिष्ट प्रकटीकरणहरू छन्। ख्रीष्टविरोधीहरूलाई गैरविश्वासीहरूको “इनामविना औँलो पनि नउठाउनू” भन्ने भनाइले वर्णन गर्न सकिन्छ। अरू के छ? (तिनीहरूले “खरायो नदेखुञ्जेल बाजलाई छोड्दैनन्।”) तिनीहरूले खरायो नदेखुञ्जेल बाजलाई छोड्दैनन्—नाफा हुन्छ भने तिनीहरू लागिपर्छन्, तर नाफा हुँदैन भने लागिपर्दैनन्। परिस्थिति चाहे जस्तो भए पनि, तिनीहरूले यस्तो सोच्दै मनमा यसको लेखाजोखा गर्नुपर्छ, “यो गरेर मैले कति ठूलो फाइदा पाउन सक्छु? मैले कति नाफा कमाउन सक्छु? के यसका लागि यति ठूलो मूल्य तिर्नु जायज हो? यदि मैले ठूलो मूल्य तिरेँ तर फाइदा भने अरूलाई नै भयो, र मैले आफूलाई प्रदर्शन गर्न पाइनँ भने, म अवश्यै त्यसो गर्नेछैनँ!” के परमेश्वरका आज्ञा र मागहरूप्रति ख्रीष्टविरोधीहरूको मनोवृत्ति यही होइन र? यदि तिनीहरूले आफ्नो कर्तव्य निर्वाहमा अलिकति मेहनत लगाए, तर कुनै फाइदा पाएनन्, र केही कष्ट सहेर पनि अनुग्रह पाएनन् भने, तिनीहरूले तुरुन्तै मनमनै यस्तो प्रतिक्रिया जनाउँछन्, र भन्छन्, “मैले कति धेरै मेहनत लगाएँ—मैले किन कुनै लाभ पाइनँ? मेरो पारिवारिक व्यवसाय लाभप्रद छ कि छैन?” यदि तिनीहरूले हिसाबकिताब गरेर आफ्नो आम्दानी गएको महिनाको भन्दा बढी भएको पत्ता लगाए भने, तिनीहरू बाहिर गएर सुसमाचार प्रचार गर्न जारी राख्छन्, त्यसमा हुने जोखिमहरूदेखि डराउँदैनन्। तर पारिवारिक व्यवसायमा कुनै समस्या देखिनेबित्तिकै, र तिनीहरूको नाफा अघिल्लो महिनाभन्दा उल्लेखनीय रूपमा कम हुनेबित्तिकै तिनीहरूले तुरुन्तै परमेश्वरबारे गुनासो गर्छन्, हृदयमा उहाँलाई शङ्का गर्छन्, र सोच्छन्, “परमेश्वर, मैले अल्छी वा धूर्त नभई आफ्नो कर्तव्य निर्वाह गरेँ, र त्यो पनि मैले झाराटारुवा तरिकाले गरिनँ। यो महिनामा, मैले अघिल्लो महिनामा भन्दा बढी यात्रा र बढी काम गरेँ। तपाईँ किन मेरो परिवारलाई आशिष् दिइरहनुभएको छैन? मेरो पारिवारिक व्यवसाय किन राम्ररी चलिरहेको छैन?” परमेश्वर र परमेश्वरको आज्ञाप्रति तिनीहरूको मनोवृत्ति तुरुन्तै परिवर्तन हुन्छ, र तिनीहरू सोच्छन्, “यदि तपाईँले मेरो परिवारलाई आशिष् दिनुभएन भने, मैले झाराटारुवा तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्दा मलाई दोष नदिनुहोला। अर्को महिना, म त्यति नै मेहनत लगाउनेछैनँ। म पाँच बजे उठ्नुपर्ने हो भने छ बजे उठ्नेछु। म आठ बजे जानुपर्ने हो भने दस बजे जानेछु। विगतमा, मैले महिनामा सुसमाचार स्विकार्ने पाँच जनालाई धर्मान्तरित गर्न सक्थेँ; यसपालि, म दुई जनालाई मात्र धर्मान्तरित गर्नेछु। त्यति भए त पुग्ला नि!” तिनीहरू केको हिसाबकिताब गरिरहेका हुन्छन्? तिनीहरू आफ्नो लगानी र योगदान परमेश्वरले तिनीहरूलाई दिनुहुने कुरा बराबर छ कि छैन भनेर हिसाबकिताब गरिरहेका हुन्छन्। यसबाहेक, यदि परमेश्वरले तिनीहरूलाई दिनुहुने कुरा तिनीहरूले मागेको र चाहना गरेको भन्दा कैयौँ गुणा बेसी छ भने मात्रै तिनीहरूले त्यसलाई मितव्ययी साथै कष्ट भोग्न र मूल्य चुकाउन लायक ठान्छन्। अन्यथा, परमेश्वरको घरले तिनीहरूलाई जे-जस्तो काम वा कर्तव्यमा खटाए पनि, तिनीहरूले तिनलाई एउटै तरिकाले लिन्छन्—झाराटारुवा शैलीमा कार्य गर्छन्, सकेको बेला काम चलाउ गर्छन्, सकेको बेला झारा टार्छन्, र कहिल्यै अलिकति पनि सच्चापन अर्पण गर्दैनन्। यो प्रकटीकरण मागहरू राख्नु र सौदा गर्नु दुवै हो; मानिसहरूले सौदा गर्नुपर्दा मात्रै मागहरू राख्छन्, र सौदाविना कुनै माग राख्दैनन्।
परमेश्वरको आज्ञा, परमेश्वरको घरको काम, वा आफ्नै कर्तव्यप्रति ख्रीष्टविरोधीहरूले कहिल्यै अलिकति पनि निष्कपटता वा बफादारी राखेका हुँदैनन्। तिनीहरू केवल आशिष्प्रतिका चाहना, पाउन चाहेका इनाम, र अवश्य पनि, देहको शान्ति र हर्ष, आन्तरिक स्थिरता, यस जुनीमा पारिवारिक खुसी, र आफू वरिपरिको वातावरणमा सहजताका साथै अरू मानिसहरूको सम्मान, प्रशंसा, र सकारात्मक मूल्याङ्कनको बदलामा आफ्नो बुद्धिमत्ता, ऊर्जा, समय, र शारीरिक कष्ट र आफूले तिर्ने मूल्य उपयोग गर्छन्। छोटकरीमा भन्नुपर्दा, ख्रीष्टविरोधीहरूले कहिल्यै परमेश्वरका घरमा निष्कपटताका साथ आफ्नो कर्तव्य निर्वाह गर्दैनन्, र तिनीहरूले अलिकति पनि बफादारी अर्पण गर्दै-गर्दैनन्। कष्टहरू सहे पनि र मूल्य चुकाए पनि वा झाराटारुवा तरिकाले काम चलाए पनि, तिनीहरूको अन्तिम उद्देश्य आफ्ना चाहनाहरू पूरा गर्नका लागि परमेश्वरबाट आफूले चाहेको कुरा माग्नु हो। त्यसैले, प्रतिकूलता, काटछाँट, आफूले समर्थन नगर्ने मानिस, घटना, र कामकुराको सामना गर्दा, तिनीहरूले तुरुन्तै यस्तो सोच्छन्, “के यी कुराहरूको आगमनले मेरा हितलाई असर गरिरहेको छ? के तिनले मेरो प्रतिष्ठालाई असर गर्नेछन्? के तिनले मेरा सम्भाव्यता र भावी विकासलाई प्रभाव पार्नेछन्?” कर्तव्य निर्वाह गर्ने क्रममा तिनीहरूका प्रकटीकरणहरू चाहे सकारात्मक वा नकारात्मक, जे भए पनि, तिनीहरू कहिल्यै सत्यता सिद्धान्तहरूअनुसार चल्दैनन्। तिनीहरूको दिमाग लेनदेनले भरिएको हुन्छ, तिनीहरू एक व्यवसायीले जस्तै आफूले चुकाउने र अर्पण गर्ने कुराको मूल्यको मूल्याङ्कन गर्छन्, र तिनीहरूको लागतले कति ठूलो नाफा निकाल्न सक्छ भनेर आकलन गर्छन्। कतिपयले यसो भन्न सक्छन्, “हामी सत्यता र जीवन प्राप्त गर्न, मुक्ति पाउन परमेश्वरमा विश्वास गर्छौँ।” तर ख्रीष्टविरोधीहरू सोच्छन्, “मुक्तिको मूल्य कति हो? अनि सत्यता बुझ्नुको चाहिँ नि? यी कुराहरूको कुनै मूल्य छैन। साँच्चै मूल्यवान् कुरा त यस जीवनमा एक सय गुणा प्राप्त गर्नु र आउँदो संसारमा अनन्त जीवन पाउनु हो। यस जीवनमा अरूद्वारा उच्च मानिनु र सम्मान पाउनु, परमेश्वरको घरमा र आउँदो संसारमा महान् भनी सम्मानित हुनु, असङ्ख्य देशहरूमाथि अख्तियार जमाउनु—यो पो साँच्चै निकै ठूलो नाफा हो त।” ख्रीष्टविरोधीहरूको महत्त्वाकाङ्क्षा, तिनीहरूले कर्तव्य निर्वाहको पछाडि आफ्नो हृदयको गहिराइमा गर्ने हिसाबकिताब यही नै हो। यो हिसाबकिताब लेनदेन र मागहरूले भरिएको हुन्छ। आफ्नो कर्तव्य र परमेश्वरप्रतिको तिनीहरूको जाबो “निष्कपटता” परमेश्वरले तिनीहरूलाई अनन्त जीवन दिनुहोओस्, विपत्तिबाट बचाउनुहोओस्, तिनीहरूलाई आशिष् र अनुग्रह दिनुहोओस्, र तिनीहरूका सबै चाहनाहरू पूरा गर्नुहोओस् भन्ने कुरा सुनिश्चित गर्नका लागि मात्र हो। त्यसकारण, ख्रीष्टविरोधीहरूको हृदय परमेश्वरप्रतिका विभिन्न मागहरूले भरिएको हुन्छ, जसलाई समग्रमा माग राख्नु भनिन्छ। सत्यता नचाहनुबाहेक, ख्रीष्टविरोधीहरू अरू सबथोक—भौतिक तथा अभौतिक दुइटै कुराको चाहना राख्छन्।
केही ख्रीष्टविरोधीहरू छन् जसले कुनै बेला दाजुभाइ-दिदीबहिनी वा मण्डलीलाई सानो योगदान पुर्याएका थिए। उदाहरणका लागि, तिनीहरूले मण्डलीमा केही जोखिमपूर्ण कार्य गरेका वा घर फर्कन नपाएका दाजुभाइ-दिदीबहिनीलाई आफ्नो घरमा राखेका हुन सक्छन्। तिनीहरूले परमेश्वरमाथि तुलनात्मक रूपमा लामो समय आस्था राखेका कारण, अधिकांश मानिसले तिनीहरूलाई इनामको हकदार र योग्य व्यक्ति मान्छन्। साथसाथै, तिनीहरू आफैले श्रेष्ठता र लाभको भावना महसुस गर्छन्। तिनीहरू आफ्नो वरिष्ठतामा भर परेर त्यसको धाक दिन्छन्, र भन्छन्, “मैले परमेश्वरमा धेरै वर्ष विश्वास गरेको छु र परमेश्वरको घरलाई केही योगदान दिएको छु। परमेश्वरले मलाई विशेष व्यवहार गर्नुपर्दैन र? उदाहरणका लागि, विदेश जानु भनेको एउटा आशिष् हो जसमा मानिसहरू रमाउँछन्। मानिसहरूको वरिष्ठतालाई ध्यानमा राख्दा मैले प्राथमिकता पाउनुपर्ने होइन र? मैले परमेश्वरको घरलाई योगदान पुर्याएकाले मलाई प्राथमिकता र विशेष हेरचाह दिइनुपर्छ, र मलाई सिद्धान्तअनुसार मूल्याङ्कन गरिनुहुन्न।” कतिपय मानिसहरूलाई त कैदसमेत गरिएको हुन्छ, र जेलबाट छुटेपछि आफू घरबारविहीन भएको पाउँदा, तिनीहरूलाई लाग्छ कि परमेश्वरको घरले तिनीहरूलाई विशेष हेरचाह प्रदान गर्नुपर्छ: उदाहरणका लागि, त्यसले तिनीहरूलाई घर किन्न मद्दत गर्न अलिकति पैसा छुट्ट्याइदिनुपर्छ, जीवनको उत्तरार्धमा तिनीहरूको जीविकाको जिम्मेवारी लिइदिनुपर्छ, वा तिनीहरूले अघि सार्ने सम्पूर्ण भौतिक आवश्यकताहरू पूरा गरिदिनुपर्छ। आवश्यक परेको खण्डमा परमेश्वरको घरले तिनीहरूलाई कार उपलब्ध गराइदिनुपर्छ। यदि तिनीहरूलाई कुनै स्वास्थ्य समस्या भएमा, परमेश्वरको घरले तिनीहरूलाई स्वास्थ्य पूरक किनिदिनुपर्छ। के तिनीहरूले आफ्नो वरिष्ठताका आधारमा फाइदा उठाइरहेका र आफ्ना योग्यताको सान देखाइरहेका छैनन् र? यी व्यक्तिहरू आफूले योगदान गरेको छु भनेर विश्वास गर्छन्, त्यसैले तिनीहरू निर्लज्ज रूपमा र खुल्लमखुल्ला परमेश्वरसँग मागहरू राख्छन्। तिनीहरू गाडी, घर, र विलासी जीवनशैली माग्छन्। तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्नो नोकर वा दास बनाएर कामकुरा सम्हाल्न र तिनीहरूका निम्ति निःशुल्क रूपमा कामकाज गर्न लगाउँछन्। के तिनीहरू मण्डलीको भरमा बाँच्ने व्यक्तिमा परिणत भएका छैनन् र? परमेश्वरमाथिको तेरो आस्था वास्तवमा तेरै खातिर हो, र तँ आफ्नै खातिर जेल पर्छस्। तैँले निर्वाह गर्ने जुनसुकै कर्तव्य तेरै जिम्मेवारी हो। तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा र सत्यता प्राप्त गर्दा, त्यो तेरै खातिर हुन्छ। परमेश्वरमाथिको तेरो विश्वास स्वैच्छिक हो, तँलाई कसैले पनि जोरजबर्जस्ती गरिरहेको छैन। जीवन प्राप्त गर्नु अरूका लागि नभई तेरै खातिर हो। तैँले परमेश्वरको घर वा मण्डलीका लागि केही जोखिमपूर्ण कार्य गरेको भए पनि, के त्यसलाई इनामयोग्य मान्न सकिन्छ? त्यो इनामयोग्य होइन; यो त तैँले गर्नुपर्ने कुरा नै हो। यो त परमेश्वरले तँलाई उचाल्नु र तँलाई त्यस्तो अवसर दिनु हो; यो त परमेश्वरबाट प्राप्त आशिष् हो। यो तैँले मण्डलीको भरमा बाँच्न पुँजीका रूपमा उपयोग गर्नका लागि होइन। त्यसोभए के यी मानिसहरू ख्रीष्टविरोधी हुन् त? विशेष गरी, यी मानिसहरूले कुनै पनि सत्यता वास्तविकताबारे सङ्गति गर्न सक्दैनन्, र अलि कम समय विश्वास गरेका र आफूभन्दा कम उमेरका दाजुभाइ-दिदीबहिनीहरूसँग हुँदा, तिनीहरूले केवल आफ्ना पुराना अनुभवबारे सङ्गति गर्ने र आफ्ना योग्यताको सान देखाउने गर्छन्; तिनीहरूले मूल्यवान् जीवन अनुभवबारे कुनै सङ्गति गरेका वा ज्ञान प्राप्त गरेका हुँदैनन्। तिनीहरूले अरूलाई सुधार्दैनन्, बरु रवाफ देखाउँछन् र उच्च र शक्तिशाली भएको स्वाङ पार्छन्। तिनीहरू परमेश्वरका घरमा कुनै आधारभूत काम गर्न सक्दैनन्, न त कुनै वास्तविक कर्तव्य राम्ररी निर्वाह गर्न नै सक्छन्। तैपनि, तिनीहरू मण्डलीको भरमा बाँच्छन्, र हात फैलाएर परमेश्वरसँग मागहरू राख्छन्। के यो निर्लज्ज कुरा होइन र? यदि हामीले योग्यताका बारेमा कुरा गर्ने हो भने, के म तिमीहरूभन्दा बढी योग्य छैनँ र? के मैले तिमीहरूलाई रवाफ देखाएको छु? के मैले तिमीहरूबाट केही मागेको छु? (छैन।) त्यसोभए ख्रीष्टविरोधीहरूले किन त्यस्तो काम गर्न सक्छन्? किनभने तिनीहरू निर्लज्ज हुन्छन्। तिनीहरूले आफ्नो कर्तव्य स्विकार्दा तिनीहरूको मन लेनदेनले भरिएको हुन्छ। जब तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्छन्, तब तिनीहरूमा सही दृष्टिकोण हुँदैन र तिनीहरू यसलाई आफ्नो कर्तव्य वा दायित्व, अर्थात् सृजित प्राणीले गर्नुपर्ने कुरा मान्दैनन्। तिनीहरूले केही कर्तव्य निर्वाह गर्लान्, केही कष्ट सहलान्, र मूल्य चुकाउलान्, तर तिनीहरूले हृदयमा के सोचिरहेका हुन्छन्? “यो अरू कसैले गर्न नसक्ने कार्य हो। यदि मैले यो गरेँ भने म परमेश्वरका घरमा प्रख्यात हुनेछु, जहाँ गए पनि सम्मानित हुनेछु, जताततै सर्वोत्तम आनन्द पाउन योग्य हुनेछु। म परमेश्वरका घरमा प्रभावशाली व्यक्ति हुनेछु, जे चाह्यो त्यही पाउन सक्षम हुनेछु, र मसँग योग्यता भएकाले कसैले पनि केही भन्ने आँट गर्नेछैन!” तिनीहरूको चरित्रका आधारमा हेर्दा, ख्रीष्टविरोधीहरूले सम्भवतः परमेश्वर, उहाँको आज्ञा, वा परमेश्वरको घरको कामलाई थोरै पनि निष्कपट वा तत्परताका साथ व्यवहार गर्न सक्दैनन्। बाहिरी रूपमा तिनीहरू कष्ट सहन र मूल्य चुकाउन इच्छुक र सक्षम देखिए पनि, तिनीहरू यसलगत्तै परमेश्वरसँग माग राख्न र इनाम माग्नका लागि हात पसार्न तयार हुन्छन्, मण्डलीको भरमा बाँच्ने र जताततै फाइदा लुट्ने प्रयास गर्छन्। त्यसकारण, तिनीहरूका तौरतरिकाबाट मूल्याङ्कन गर्दा, तिनीहरूको ख्रीष्टविरोधी स्वभाव सारलाई दुष्ट भनेर परिभाषित गर्नु सबैभन्दा उपयुक्त हुन्छ। आफ्ना कर्तव्य र परमेश्वरको आज्ञाप्रति तिनीहरूले पाल्ने सोच र दृष्टिकोण दुष्ट हुन्छन्, सत्यतासँग मिल्दैनन्, र विवेकको मानकसँग त निश्चय नै मिल्दैनन्।
ख्रीष्टविरोधीहरू आफूले गर्ने जुनै पनि कर्तव्यमा, आफ्नै इच्छाहरू पछ्याउँछन्, व्यक्तिगत ख्याति र हैसियतको खोजी गर्छन्। तिनीहरू कहिल्यै सत्यताको खोजी वा आत्मचिन्तन गर्दैनन्। काममा कुनै विचलन वा समस्या उत्पन्न हुँदा, तिनीहरूको मनोवृत्ति न त सत्यता खोज्ने न त त्यसलाई स्विकार्ने हुन्छ। बरु, तिनीहरू सधैँ तथ्यहरूलाई ढाकछोप गर्न, आफ्नो इज्जत र व्यर्थको महिमा बचाउन लागिपर्छन्, हरेक पक्षमा आफूलाई प्रदर्शन गर्छन्, मानिसहरूको सम्मान जित्छन्। छोटकरीमा भन्नुपर्दा, तिनीहरूको हृदय दुष्टता, शैतानको दर्शन साथै मानव धारणा र कल्पनाहरूले भरिएको हुन्छ, र सत्यतासँग मिल्ने केही पनि हुँदैन। ख्रीष्टविरोधीहरू आफूले निर्वाह गर्ने कुनै पनि कर्तव्यमा कहिल्यै सत्यता खोज्दैनन्, र कहिल्यै परमेश्वरको घरका कार्य प्रबन्धहरूमा समर्पित हुने अभिप्राय राख्दैनन्। तिनीहरू सधैँ कामकुरा गर्ने आफ्नै तरिकाहरूमा टाँसिइरहन्छन्, र आफ्नै प्राथमिकताअनुसार कार्य गर्छन्। जुनसुकै काम गरिरहेका भए पनि, तिनीहरू हृदयमा आफूले कसरी लाभ लिन सकिन्छ भनेर हिसाबकिताब गरिरहेका हुन्छन्। तिनीहरू कुन कर्तव्य निर्वाह गर्दा ख्याति, लाभ र हैसियत, अरू मानिसहरूको सम्मान, र अलिकति मान जित्न सकिन्छ भनेर मात्र मापन गर्छन्। एकपटक आफ्नो कर्तव्य निर्वाह गरिसकेपछि तिनीहरू परमेश्वरको अभिलेख पुस्तकमा आफ्ना उपलब्धिहरू अभिलेख गरियोस् भन्ने आशा गर्छन्, मनमा तिनको लेखाजोखा राख्छन् र हरेक योगदान राम्ररी अभिलेख गरिएको र केही पनि नछुटाइएको सुनिश्चित गर्छन्। तिनीहरू आफूले जति धेरै काम गरियो र जति ठूलो योगदान दिइयो, तिनीहरूको राज्यमा प्रवेश गर्ने र इनाम र मुकुट पाउने आशा त्यति नै धेरै हुन्छ भनेर विश्वास गर्छन्। ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्यप्रति राख्ने मनोवृत्ति र दृष्टिकोण यस्तै हुन्छन्। तिनीहरूको मन लेनदेन र मागहरूले भरिएको हुन्छ—के यसले तिनीहरूको प्रकृति सार प्रकाश गर्दैन र? तिनीहरूको मन किन परमेश्वरप्रतिका लेनदेन र मागहरूले भरिएको हुन्छ? किनभने तिनीहरूको स्वभाव सार दुष्ट हुन्छ—यो बिलकुलै साँचो हो। यो कुरा ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्यप्रति पाल्ने विचार र दृष्टिकोणमार्फत देख्न सकिन्छ—यिनले तिनीहरूको स्वभाव सार दुष्ट छ भनेर पूर्ण रूपमा पुष्टि गर्छन्। जतिसुकै सत्यता सङ्गति गरिए पनि वा मानिसहरूका भ्रष्ट स्वभावहरू जतिसुकै खुलासा र विश्लेषण गरिए पनि, ख्रीष्टविरोधीहरूले आफ्नो स्वभाव सारबारे कुनै ज्ञान देखाउँदैनन्। तिनीहरूले सत्यता स्विकार्न इन्कार गर्ने मात्र नभई हृदयमा रोष पनि विकास गर्छन्। जब तिनीहरूलाई आशिष् र इनामहरू पाउने आफ्नो आशा चकनाचुर भएको महसुस हुन्छ, तब तिनीहरू परमेश्वरले छल गरिरहनुभएको छ भन्ने विश्वास गर्छन्, र परमेश्वरको खुलासा र विश्लेषण गर्नु भनेको जानीजानी इनामहरू रोक्ने प्रयास हो, जसले मानिसहरूलाई व्यर्थैमा परमेश्वरप्रति समर्पित हुने र अन्त्यमा केही पनि प्राप्त नगर्ने तुल्याउँछ भनेर सोच्छन्। तिनीहरूको हृदयमा परमेश्वरको काम र सत्यता सम्बन्धी सकारात्मक बुझाइ नहुने मात्र नभई तिनीहरूले धारणा र गलतफहमीहरूसमेत विकास गर्छन्, जसले गर्दा परमेश्वरविरुद्ध तिनीहरूको प्रतिरोध उग्र बन्छ। त्यसकारण, भ्रष्ट मानवजातिको शैतानी स्वभाव र सारलाई जति विश्लेषण गरिन्छ, र शैतानका षड्यन्त्र, उत्प्रेरणा, र उद्देश्यहरूको जति धेरै खुलासा गरिन्छ, ख्रीष्टविरोधीहरू सत्यताप्रति त्यति नै बढी वितृष्ण हुन्छन् र त्यसप्रति घृणा पाल्छन्। यो किन हुन्छ? तिनीहरू विश्वास गर्छन् कि सत्यताबारे जति धेरै सङ्गति गरियो, तिनीहरूको आशिष् पाउने आशा त्यति नै मत्थर हुन्छ। सत्यताबारे जति धेरै सङ्गति गरियो, उति नै तिनीहरूलाई लाग्छ कि इनाम र मुकुटका लागि कष्ट भोग्ने र मूल्य चुकाउने मार्ग व्यवहार्य छैन, जसले तिनीहरूलाई आशिष्हरू प्राप्त गर्ने कुनै आशा छैन भन्ने विश्वास गराउँछ। यसरी सत्यताबारे जति बढी सङ्गति गरिन्छ र यस्तो खालको खुलासा जति धेरै हुन्छ, ख्रीष्टविरोधीहरूले परमेश्वरप्रतिको आस्थामा त्यति नै कम रुचि राख्छन्। परमेश्वरले भन्नुभएको कुनै पनि कुराले कति कष्ट सहँदा र मूल्य चुकाउँदा तिनीहरूले त्यसबराबरको इनाम पाउन सक्छन् भनेर उल्लेख नगरेको, र केवल मेहनतका आधारमा स्वर्गको राज्यमा प्रवेश गर्नेबारे उहाँले केही नभन्नुभएको देखेर, तिनीहरू परमेश्वरसँग लेनदेन गर्ने तिनीहरूको मार्ग अन्त्यमा पुगेझैँ महसुस गर्छन्। तिनीहरू परमेश्वरले दण्ड दिन दृढनिश्चय गर्नुभएको तिनीहरूलाई नै हो भनेर भित्री रूपमा अनुभूति गर्छन्, बेचैन डर अनुभव गर्छन् र तिनीहरूसँग अब धेरै दिन बाँकी छैन भन्ने महसुस गर्छन्, मानौँ तिनीहरूको अन्तिम समय आएको छ। ख्रीष्टविरोधीहरूलाई खुलासा गर्ने एकपछि अर्को प्रवचन सुनेर तिमीहरूलाई कस्तो महसुस हुन्छ? म तिमीहरू सबैले टाउको निहुर्याइरहेको देख्छु; के तिमीहरूलाई केही हतोत्साहको अनुभूति हुन्छ? के तिमीहरूले आफू ख्रीष्टविरोधीहरूको मार्गमा हिँडिरहेको थाहा पाएका छौ? के तिमीहरूको सोच पनि परमेश्वरसँग सौदाबाजी गर्ने यी दुष्ट सोचहरूले भरिएको छ? के अब तिमीहरूले केही बुझेका छौ? के तिमीहरू कामकुरालाई चाँडै उल्ट्याउन सक्छौ? (म पनि कामकुरालाई चाँडै उल्ट्याउनुपर्छ भनेर सोच्दैछु; म यी ख्रीष्टविरोधी स्वभावहरू बोकेर जिइरहन सक्दिनँ।) तिमीहरू सबैमा ख्रीष्टविरोधीहरूका स्वभाव र परमेश्वरसँग सौदाबाजी गर्ने र आशिष्हरू पाउने अभिप्राय भए पनि, तिमीहरू ख्रीष्टविरोधी भइसकेका छैनौ। त्यसकारण, तिमीहरूले समाधानका लागि तत्कालै सत्यता खोज्नुपर्छ, खतराबाट आफूलाई पछाडि तान्नुपर्छ, र सत्यता पछ्याउने मार्गमा हिँड्न थाल्नुपर्छ। के त्यसपछि समस्या समाधान हुँदैन र? ख्रीष्टविरोधीहरूको स्वभाव हुनु र तिनीहरूको मार्गमा हिँड्नु भनेको सजिलै समाधान गर्न सकिने समस्या हो। यदि तैँले सत्यता स्विकार्न, आत्मचिन्तन गर्न, आफूभित्रको भ्रष्ट स्वभावलाई चिन्न, ख्याति, लाभ, र हैसियत पछ्याउने समस्याको सार बुझ्न सक्छस्, र त्यसपछि पछ्याइको यो त्रुटिपूर्ण विधिलाई त्याग्छस्, परमेश्वरमाथिको आस्थाको गलत दृष्टिकोणलाई फाल्छस्, आशिष्हरू पाउने अभिप्रायलाई हटाउँछस्, सत्यता पछ्याउन र नयाँ व्यक्ति बन्नका लागि मात्रै परमेश्वरमा विश्वास गर्छस्, केवल परमेश्वरमा समर्पित हुने व्यक्ति बन्न खोज्छस्, परमेश्वरको मात्रै आराधना गर्छस्, मानवहरूलाई आदर्श मान्दैनस् वा पछ्याउँदैनस् भने, तेरो स्थिति बिस्तारै सामान्य बन्दै जानेछ। तैँले सत्यता पछ्याउने मार्गमा पाइला राख्नेछस्—यसमा कुनै शङ्कै छैन। यदि तँ सत्यतालाई स्विकार्दैनस्, यदि तँ सत्यताप्रति वितृष्ण छस्, र यदि तँ, परमेश्वरसँग सौदाबाजी गर्नु गलत हो र ख्याति, लाभ, र हैसियत पछ्याउनु पनि गलत हो भन्ने थाहा हुँदा हुँदै पनि जिद्दी नै रहन्छस् र कहिल्यै पश्चात्ताप गर्दैनस् भने, यी कुराको चाहिँ डर मान्नुपर्छ। त्यस्तो अवस्थामा तँमा ख्रीष्टविरोधीको प्रकृति सार छ र तँलाई हटाइनैपर्छ। यदि तैँले धेरै दुष्ट कुराहरू गरिस् भने, तैँले दण्ड सामना गर्नेछस्।
ख्रीष्टविरोधीहरू र साधारण भ्रष्ट मानवहरूबीचको भिन्नता यस तथ्यमा निहित छ कि ख्रीष्टविरोधीहरूका लागि ख्याति, प्राप्ति, हैसियत, र आशिष् पछ्याउनु र परमेश्वरसँग लेनदेन गर्नु अस्थायी वा आक्कल-झुक्कल हुने प्रकटीकरण मात्र होइन—तिनीहरू यी कुराअनुसार नै जिउँछन्। तिनीहरू एउटै मार्ग रोज्छन्, जुन ख्रीष्टविरोधीहरूको मार्ग हो, र तिनीहरू ख्रीष्टविरोधीहरूको प्रकृति र शैतानी दर्शनहरूअनुसार जिउँछन्। साधारण भ्रष्ट मानिसहरू दोस्रो रोजाइमा पुग्न र सत्यता पछ्याउने मार्गमा हिँड्न सक्छन्, तर ख्रीष्टविरोधीहरू सत्यतालाई मन पराउँदैनन् र तिनीहरूलाई यसको खाँचो हुँदैन। तिनीहरूको प्रकृति शैतानी दर्शनहरूले भरिएको हुन्छ, र तिनीहरूले सही छनोट गर्नेछैनन्। ख्रीष्टविरोधीहरूले कहिल्यै सत्यता स्विकार्नेछैनन्; तिनीहरू अन्त्यसम्मै आफ्ना गल्तीहरूमा अडिग रहनेछन्, कहिल्यै बाटो बदल्दैनन् वा पश्चात्ताप गर्दैनन्। तिनीहरूलाई थाहा छ कि तिनीहरू परमेश्वरसँग गरिने सौदाले भरिएका छन्, तिनीहरूले हर मोडमा उहाँको परीक्षा लिन्छन् र उहाँप्रति वैरभाव राख्छन्। तर तिनीहरूका आफ्नै कारण हुन्छन् र तिनीहरूले सोच्छन्, “यसमा के गलत छ र? परमेश्वरसँग केही भौतिक आशिष्हरू माग्नु र हैसियतका केही लाभहरूमा लिप्त हुनु लज्जास्पद कार्य होइनन्। मैले हत्या वा आगजनी गरेको छैन, न त मैले सार्वजनिक रूपमा परमेश्वरको प्रतिरोध गरेको छु। निश्चय नै, मैले एउटा स्वतन्त्र राज्य स्थापना गर्न काम गर्दै आइरहेको छु र एक हदसम्म स्वेच्छाचारी रूपमा कार्य गरेको छु, तर मैले कसैलाई हानि वा चोट पुर्याएको छैन, न त मैले परमेश्वरको घरका काममा असर पारेको वा नोक्सानी पुर्याएको छु।” के यो अपूरणीय कुरा होइन र? परमेश्वरको घरले सत्यताबारे जसरी सङ्गति गरे पनि वा तिनीहरूलाई जसरी खुलासा र काटछाँट गरे पनि, तिनीहरू आफ्ना गल्ती स्विकार्न इन्कार गर्छन्—यो अपूरणीय कुरा हो। ख्रीष्टविरोधीहरूको सार यही नै हो। यदि तैँले तिनीहरू दुष्ट वा क्रूर छन् भनेर भनिस् भने, तिनीहरूले मतलब गर्दैनन्, तिनीहरू आफ्नो दुष्टता र क्रूरतामा लागिरहनेछन्। यसले ख्रीष्टविरोधीहरू कट्टर रूपमा अपश्चात्तापी व्यक्ति हुन् भन्ने देखाउँछ। के तैँले अझै पनि त्यस्ता मानिसहरूसँग सत्यताबारे सङ्गति गर्नेथिइस्? तिनीहरूलाई त कुन कुराहरू सकारात्मक हुन् र कुन नकारात्मक हुन् भन्ने समेत थाहा हुँदैन; तैँले तिनीहरूलाई के भन्न सक्छस्? भन्नका लागि केही पनि हुँदैन। ख्रीष्टविरोधीहरू दुष्ट स्वभाव सारले भरिएका हुन्छन्, र तिनीहरू यही स्वभावभित्र जिउँछन्। परमेश्वरको जाँच लिनु र उहाँसँग लेनदेन गर्नु तिनीहरूको अन्तर्निहित प्रकृति हो, र तिनीहरूलाई कसैले पनि परिवर्तन गर्न सक्दैन—तिनीहरू हरेक परिस्थितिमा अपरिवर्तित नै रहन्छन्। तिनीहरू किन परिवर्तन हुँदैनन्? किनभने तिनीहरूलाई चाहे जति वटा सत्यता सङ्गति गरिए पनि, वचनहरू जतिसुकै बुझ्न सकिने र छर्लङ्गै खुलासा गर्ने भए पनि, तिनीहरू वास्तविक समस्याबारे सचेत हुँदैनन्। तिनीहरू सत्यता बुझ्न सक्दैनन् र सत्यता के हो र नकारात्मक कुरा के हुन् भनी जान्दैनन्; कारण त्यही हो।
ख्रीष्टविरोधीहरू परमेश्वरसँग लेनदेन गर्छन् र विविध मामिलामा उहाँसँग माग राख्छन्। अवश्य नै, तिनीहरूले कैयौँ कुराहरूको माग गर्छन्—मूर्त र अमूर्त, भौतिक र अभौतिक, वर्तमान र भविष्य। यदि तिनीहरूले त्यसको कल्पना गर्न सक्छन्, यदि तिनीहरूले आफू त्यसको हकदार भएको विश्वास गर्छन्, र यदि त्यो तिनीहरूले चाहना गरेको कुरा हो भने, तिनीहरूले निर्लज्ज रूपमा परमेश्वरसँग माग राख्छन्, र उहाँले ती माग पूरा गरिदिनुहुनेछ भन्ने आशा गर्छन्। उदाहरणका लागि, जब तिनीहरू कुनै निश्चित कर्तव्य निर्वाह गरिरहेका हुन्छन्, तिनीहरू अलग देखिन र असाधारण व्यक्तित्व बन्न, चर्चामा रहने अवसर पाउन र आफूले चाहेको हैसियतका साथै अझ धेरै मानिसहरूको सम्मान पाउन, परमेश्वरले तिनीहरूलाई केही विशेष क्षमताहरू प्रदान गर्नुहुनेछ भन्ने आशा गर्छन्। तिनीहरू यसो भन्दै उहाँलाई प्रार्थना गर्छन्, “परमेश्वर, म बफादारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्न इच्छुक छु। तपाईँबाट यो कर्तव्य स्वीकार गरेपछि, म हरदिन यो कसरी राम्ररी निर्वाह गर्ने भन्नेबारे सोचिरहन्छु। म यसका लागि जुनीभरको ऊर्जा अर्पण गर्न, तपाईँलाई आफ्नो युवावस्था र आफूसँग भएको सबथोक अर्पण गर्न इच्छुक छु; यसका लागि म कष्ट सहन इच्छुक छु। कृपया मलाई बोल्नका लागि वचनहरू प्रदान गर्नुहोस्, मलाई बौद्धिकता र बुद्धि प्रदान गर्नुहोस्, र यो कर्तव्य निर्वाह गर्ने क्रममा मेरा पेसागत सीप र क्षमताहरू सुधार्न दिनुहोस्।” आफ्नो बफादारी व्यक्त गरेपछि र आफ्नो दृष्टिकोण बताएपछि, ख्रीष्टविरोधीहरू यी कुराहरू माग्न सिधै परमेश्वरकहाँ जान्छन्। यी कुराहरू अमूर्त भए पनि, र मानिसहरूलाई परमेश्वरसँग यी कुराहरू माग्नु उचित हो भन्ने लागे पनि, के यो लेनदेन गर्नु र माग राख्नुकै एउटा स्वरूप होइन र? (हो।) यस लेनदेनको केन्द्रबिन्दु के हो? हामीले विश्लेषण गरिरहेको सार के हो? परमेश्वरले सुम्पनुभएका कर्तव्यप्रति ख्रीष्टविरोधीहरूमा अलिकति पनि इमानदारी हुँदैन, न त तिनीहरूको यस मामिलामा बफादार हुने अभिप्राय नै हुन्छ। त्यो गर्नुअघि, यो मौकाको सदुपयोग गरेर आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न र आफूले बुझ्नुपर्ने सत्यता र त्यो निर्वाह गर्ने क्रममा आफूले खोज्नुपर्ने सिद्धान्तहरू खोज्नुको साटो, तिनीहरूका सोच मानिसहरूमाझ आफ्नो प्रतिभा प्रदर्शन गर्न र ख्याति पाउन यस अवसरलाई कसरी हात पार्ने भन्ने कुराको वरिपरि घुमिरहेका हुन्छन्। त्यसैले, जब ख्रीष्टविरोधीहरू प्रार्थना गर्न परमेश्वरसामु आउँछन्, तिनीहरू सुरुमा बौद्धिकता, बुद्धि, अद्वितीय अन्तर्ज्ञान, सर्वोत्कृष्ट सीप, आफ्ना आत्मिक आँखा खुलाउने, इत्यादि जस्ता आफ्नो प्रतिष्ठा र हैसियतलाई लाभ पुर्याउने कुराहरूतिर हात लम्काउँछन् र ती कुराहरू माग्छन्। तिनीहरूले सत्यता बुझ्न वा आफ्नो इमानदारी अर्पण गर्न र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नका लागि यी कुराहरू चाहने होइन। स्पष्टतः यी अनुरोधहरू सौदाबाजी र मागहरूले भरिएका हुन्छन्, तैपनि तिनीहरूलाई आफू अझै न्यायसङ्गत छौँ भन्ने लाग्छ। मानिसहरूले गर्ने यस खालको प्रार्थना र यस्ता लेनदेनको कुरा आउँदा, मानिसहरूले कर्तव्य निर्वाह गर्ने क्रममा कष्ट भोगे र मूल्य चुकाए पनि, र तिनीहरूले केही मात्रामा समय र ऊर्जा खर्चिए पनि, के परमेश्वरले त्यो स्विकार्नुहुनेछ? परमेश्वरको दृष्टिकोणबाट, उहाँले त्यस्तो कर्तव्य निर्वाहलाई बिलकुलै स्विकार्नुहुनेछैन, किनकि त्यस्ता मानिसहरूमा कुनै इमानदारी, बफादारी हुँदैन, र निश्चय नै साँचो समर्पण हुँदैन। यस पक्षका आधारमा, तिनीहरूले व्यक्तिपरक रूपमा पछ्याउन चाहेको कुरा हैसियत र ख्याति साथै अरूको सम्मान र प्रशंसा हो, तैपनि आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, तिनीहरूको जीवन प्रवेश वा स्वभाव परिवर्तनमा कुनै सुधार भएको हुँदैन।
मामिलाहरू आइपर्दा, ख्रीष्टविरोधीहरू तुरुन्तै हृदयमा षड्यन्त्र बुन्न, हिसाबकिताब गर्न, र योजना बनाउन थालिहाल्छन्। तिनीहरू लेखापाल जस्तै हुन्, जो हरेक कुरामा परमेश्वरसँग लेनदेन गर्छन्, धेरै कुरा चाहन्छन् र परमेश्वरसँग धेरै मागहरू राख्छन्। छोटकरीमा भन्नुपर्दा, परमेश्वरका नजरमा यी सबै मागहरू अनुचित छन्; ती परमेश्वरले मानिसहरूलाई दिन चाहनुभएका कुरा होइनन्, न त ती मानिसहरूले पाउनुपर्ने कुरा नै हुन्, किनकि यी कुराहरूले मानिसहरूको स्वभाव परिवर्तनको पछ्याइ वा मुक्ति प्राप्तिमा अलिकति पनि फाइदा पुर्याउँदैनन्। कर्तव्य निर्वाह गर्ने क्रममा, यदि परमेश्वरले तँलाई केही ज्योति वा तेरो पेसासम्बन्धी केही नयाँ विचार प्रदान गर्नुभयो भने पनि, त्यो परमेश्वरसँग माग राख्ने तेरो चाहना पूरा गर्नका लागि होइन, मानिसहरूमाझ भएको तेरो लोकप्रियता वा प्रतिष्ठा बढाउनका लागि त झनै होइन। परमेश्वरबाट त्यस्तो ज्योति र अन्तर्दृष्टि प्राप्त गरेपछि, एउटा साधारण व्यक्तिले तिनलाई आफ्नो कर्तव्यमा लागु गर्छ, आफ्नो कर्तव्य अझ राम्ररी निर्वाह गर्छ, आफूलाई अझ सही रूपमा सिद्धान्तहरू बुझ्ने बनाउँछ, र आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा परमेश्वरबाट धेरै अन्तर्दृष्टि, ज्योति, र अनुग्रह कसरी पाउँछ भन्ने कुरा प्रत्यक्ष रूपमा बिस्तारै अनुभव गर्छ—यो सब परमेश्वरद्वारा नै गरिन्छ। तिनीहरूले जति धेरै अनुभव गर्छन्, त्यति नै तिनीहरूलाई परमेश्वरले गर्नुहुने कामकुरा महान् लाग्छ, र त्यति नै तिनीहरूले आफूसँग धाक लगाउनका लागि केही छैन, यो सब परमेश्वरको अनुग्रह र मार्गदर्शन हो भनेर थाहा पाउँछन्। यो एक साधारण व्यक्तिले महसुस गर्न र सचेत रहन सक्ने कुरा हो। तर, ख्रीष्टविरोधीहरू फरक हुन्छन्, र परमेश्वरले तिनीहरूलाई जतिसुकै अन्तर्दृष्टि र ज्योति दिनुभए पनि, तिनीहरू यो सबको श्रेय आफैलाई दिन्छन्। कुनै दिन, जब तिनीहरूले आफ्नो योगदानको हिसाब निकालेर परमेश्वरसँग इनामहरू माग्न पुग्छन्, तब उहाँले आफ्नो अन्तर्दृष्टि र ज्योति फिर्ता लिनुहुन्छ, र ख्रीष्टविरोधीहरू प्रकाश हुन्छन्। पहिले, तिनीहरूले जे-जे गर्न सक्थे ती सबै पवित्र आत्माको काम र परमेश्वरको मार्गदर्शनका कारण थियो। तिनीहरू अरू मानिसहरूभन्दा फरक छैनन्: परमेश्वरको अन्तर्दृष्टि र ज्योतिविना, तिनीहरूले आफ्ना वरदान, बौद्धिकता, बुद्धि, असल विचार र असल सोच गुमाउँछन्—तिनीहरू केही न कामका र मूर्ख बन्छन्। ख्रीष्टविरोधीहरूले यस्ता कुराहरू सामना गर्दा र तिनीहरू यति टाढासम्म पुग्दा पनि, तिनीहरू आफ्नो मार्ग गलत छ भन्ने तथ्यबारे अझै पनि बेखबर हुन्छन्, र तिनीहरूले परमेश्वरसँग लेनदेन गरिरहेका र अनुचित रूपमा उहाँसँग मागहरू राखिरहेका छन् भन्नेबारे अनभिज्ञ हुन्छन्। तिनीहरू अझै पनि आफू जे पनि गर्न सक्षम र योग्य भएको, अरूको उच्च सम्मान, प्रशंसा, आदर, साथ, र बढाइ पाउन लायक भएको सोच्छन्। यदि तिनीहरूले यी कुराहरू पाएनन् भने, तिनीहरू परिस्थिति आशाविहीन भएको मान्छन् र झनै जथाभाबी रूपमा कार्य गर्छन्, साथै परमेश्वर र दाजुभाइ-दिदीबहिनीहरू दुवै विरुद्ध रोषले भरिन्छन्। तिनीहरू परमेश्वर अधर्मी हुनुहुन्छ भन्दै हृदयमा उहाँलाई गाली गर्छन् र उहाँबारे गुनासो गर्छन्, दाजुभाइ-दिदीबहिनीहरूलाई विवेक नभएको र काम सकिएपछि सम्बन्ध तोडिदिएको भन्दै सराप्छन्, र यहाँसम्म कि परमेश्वरको घरले तिनीहरूलाई प्रयोग गरिसकेपछि हटाउन खोजेको आरोपसमेत लगाउँछन्। यो के हो? यो एक निर्लज्ज व्यक्ति हो! के सबै ख्रीष्टविरोधीहरू यस्तै हुँदैनन् र? के तिनीहरूले प्रायः यस्तै कुरा गर्दैनन् र? तिनीहरू भन्छन्, “म उपयोगी छँदा र महत्त्वपूर्ण स्थानमा हुँदा, सबै जना मेरै वरिपरि झुम्मिन्थे। अहिले म महत्त्वपूर्ण स्थानमा नहुँदा, कसैले पनि मलाई ध्यान दिँदैन, सबैले मलाई हेयको दृष्टिले हेर्छन्, र मसँग बोल्दा तिमीहरू सबैले रुखो मनोवृत्ति देखाउँछौ।” यी शब्दहरू कहाँबाट आउँछन्? के तिनको जड ख्रीष्टविरोधीहरूको दुष्ट स्वभावमा नै हुँदैन र? तिनीहरूको दुष्ट स्वभाव मानिसहरू र परमेश्वरसँग गर्ने सौदाबाजीले भरिएको हुन्छ, जसमा तिनीहरूले परमेश्वर र मानिसहरूसँग मागहरू राख्छन्, मानौँ तिनीहरूले यसो भनिरहेका छन्, “म तिमीहरूका लागि कामकुराको ख्याल राख्छु, तिमीहरूको तर्फबाट आफूलाई समर्पित गर्छु, मूल्य चुकाउँछु, र चिन्ता गर्छु, त्यसकारण तिमीहरूले मलाई सम्मानसाथ हेर्नुपर्छ र मसँग नम्र भएर कुरा गर्नुपर्छ। चाहे मसँग हैसियत होस् वा नहोस्, मैले गरेका सबथोक तिमीहरूले सधैँ याद राख्नुपर्छ, मलाई सदैव आफ्नो मनमा राख्नुपर्छ, र मलाई कहिल्यै बिर्सनु हुँदैन—मलाई बिर्सनु भनेको तिमीहरूमा विवेक नहुनु हो। जब-जब तिमीहरूले राम्रा कुरा खान्छौ वा प्रयोग गर्छौ, तब-तब तिमीहरूले मेरा बारेमा सोच्नुपर्छ, र मैले सधैँ प्राथमिकता पाउनुपर्छ।” के ख्रीष्टविरोधीहरूले प्रायः यस्तै मागहरू राख्दैनन् र? (हो, राख्छन्।) यस्ता मानिसहरू पनि छन् जो यसो भन्छन्, “तिमीहरूले पढ्ने गरेको परमेश्वरका वचनको पुस्तक कसले छापेको हो? तिनलाई तिमीहरूका हातसम्म कसले पुर्यायो? यदि मैले जोखिम मोलेर पक्राउ पर्ने, जेल हालिने वा मृत्युदण्ड पाउने खतराको सामना नगरेको भए, के तिमीहरूले यी पुस्तक पढ्न पाउनेथियौ? यदि मैले तिमीहरूलाई मलजल गर्न कठिनाइ नसहेको र मूल्य नचुकाएको भए, के तिमीहरूले मण्डली जीवन पाउन सक्नेथियौ? यदि मैले सुसमाचार प्रचार गर्न कष्ट नसहेको र मूल्य नचुकाएको भए, के मण्डलीले यति धेरै मानिस प्राप्त गर्न सक्नेथियो? यदि मैले तिमीहरूलाई दिनभरि परमेश्वरका वचनहरू सङ्गति नगरेको भए, के तिमीहरूमा यति ठूलो आस्था हुनेथियो? यदि मैले तिमीहरूलाई रसद प्रबन्धको सहयोग गर्न दौडधुप नगरेको भए, के तिमीहरूले अहिले शान्तिपूर्वक आफ्ना कर्तव्य निर्वाह गर्न सक्नेथियौ? यदि मैले कमान नसम्हालेको भए, के मण्डलीको काम अहिले जति विकसित हुन सक्नेथियो?” के तिमीहरूले यस्ता मानिसहरू भेटेका छौ? तिनीहरूको कुरा सुन्दा लाग्छ कि तिनीहरूविना परमेश्वरको घरका काममा प्रगति नै हुन सक्नेथिएन, र पृथ्वी नै घुम्न छोड्नेथियो। के यो ख्रीष्टविरोधीहरूको मानसिकता होइन र? तिनीहरूले यी शब्दहरू चिच्याउनुको उद्देश्य के हो? तिनीहरूले कामकुराको श्रेय लिइरहेका छन् कि विलाप र गुनासो गरिरहेका छन्? तिनीहरू अब उप्रान्त आफू परमेश्वरको घरलाई आवश्यक नरहेको, दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई उपेक्षा गरेको, परमेश्वरको घर मानिसहरूप्रति अन्यायपूर्ण रहेको, परमेश्वरको घरले तिनीहरूका लागि आपूर्ति नगरिरहेको, तिनीहरूलाई सम्मान नगरिरहेको, वा तिनीहरूलाई त्यहाँ वृद्ध हुन नदिइरहेको विश्वास गर्छन्। के तिनीहरूको चिच्च्याइमा सरापको तत्त्व पनि छैन र? तिनीहरू अरूलाई विवेक नभएको भन्दै सराप्दैछन्। ख्रीष्टविरोधीहरूले वास्तवमा कस्तो सेवा प्रदान गर्छन्? तिनीहरूले गर्ने सबै कुराले बाधा र अवरोध पुर्याउँछ, र तिनीहरूले भन्ने सबै कुरा बहकाउने खालका हुन्छन्। तिनीहरूमा मानवता हुँदैन; तिनीहरू दियाबलस हुन्। तिनीहरूप्रति कसैले पनि किन विवेक प्रयोग गर्ने? के यसो गर्नु उपयोगी हुन्छ? (हुँदैन।) किन उपयोगी हुँदैन? के कसैले तिनीहरूलाई पछ्याएर सत्यता बुझ्न सक्छ? (सक्दैन।) ख्रीष्टविरोधीहरूलाई आराधना गर्ने र पछ्याउने सबैले के प्राप्त गर्छन्? तिनीहरू सबैले यी ख्रीष्टविरोधीहरूसँगै मिलेर परमेश्वरलाई धोका दिन्छन् र तिनीहरू नर्कमा डोर्याइन्छन्। ख्रीष्टविरोधीहरू आफूलाई केका रूपमा हेर्छन्? (तिनीहरू आफूलाई परमेश्वरका रूपमा हेर्छन्।) यो एक निर्लज्ज सोच हो। मानिसहरूमा परमेश्वरप्रति विवेक हुनुपर्छ, तर परमेश्वरले मानिसहरूबाट कहिल्यै त्यो माग गर्नुहुन्न; उहाँले त केवल मानिसहरूले सत्यता बुझून्, तिनीहरू सत्यता अभ्यास गर्न र मुक्ति पाउन सक्षम होऊन् र मानकअनुरूपका सृजित प्राणी होऊन् भन्ने माग गर्नुहुन्छ। मैले आजसम्म तिमीहरूले मीठो खाना खाइरहेको बेला तिमीहरूलाई कहिले मलाई सम्झन र मेरा लागि अलिकति बचाएर राख्न भनेको छु, वा राम्रो ठाउँमा बस्दा मलाई सम्झन भनेको छु? तिमीहरूले राम्रो खाइरहेको, राम्रोसँग जिइरहेको र तिमीहरू खुसी भएको बेला, मैले कहिले ईर्ष्या गरेको छु र? मैले कहिले तिमीहरूमा विवेक छैन भनेर भनेको छु? तैपनि ख्रीष्टविरोधीहरू यस्ता कुराहरू भन्न र विवेक नभएकोमा मानिसहरूलाई सराप्न सक्छन्—के यो निर्लज्ज कुरा होइन र? जब परमेश्वरको घरले तिनीहरूलाई बर्खास्त गर्छ, जब तिनीहरूप्रति दाजुभाइ-दिदीबहिनीहरू पहिलेको जस्तो उत्साहित हुन छोड्छन्, तब तिनीहरूले यस्ता कुरा भन्न, आफ्ना गुनासाबारे रोइकराइ गर्न, र मानिस र परमेश्वरलाई सराप्न सक्छन्। तिनीहरूको मुखबाट हरेक प्रकारका कुराहरू निस्कन सक्छन्, र तिनीहरूको पैशाचिक प्रकृति पूर्ण रूपमा खुलासा हुन्छ। ख्रीष्टविरोधीहरूको दुष्ट स्वभावले प्रकाश गर्ने विभिन्न प्रकटीकरणहरू यिनै हुन्। तिनीहरूको हृदय परमेश्वरसँग गरिने सौदाले भरिएको हुनाले, तिनीहरू उहाँसँग विभिन्न माग र सर्तहरू राख्न थाल्छन्। ख्रीष्टविरोधीहरूलाई बढुवा वा बर्खास्त गरिँदा, परमेश्वरको घरले तिनीहरूलाई महत्त्वपूर्ण पदमा राख्दा वा नराख्दा, तिनीहरूबाट पैदा हुने विविध प्रकारका सबै प्रकटीकरणहरू तिनीहरूको दुष्ट सारसँग सम्बन्धित हुन्छ—यो पूर्णतः सही हो।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।