परिशिष्ट छ: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग तीन) खण्ड एक

इ. ख्रीष्टविरोधीहरूको स्वभाव सार

क. दुष्टता

२. ख्रीष्टविरोधीहरू परमेश्‍वरप्रति के गर्छन्

हामीले यसअघिको भेलामा मुख्यतः ख्रीष्टविरोधीको स्वभाव सारबारे सङ्गति गऱ्यौँ र त्यसको सारांश निकाल्यौँ, र भ्रष्ट मानवताका छ वटा स्वभावबाट तीन वटा विशेषताहरू छानेर तिनलाई विश्लेषण गऱ्यौँ। यी तीन विशेषता हुन्, सत्यताप्रतिको वितृष्णा, क्रूरता, र दुष्टता। हामीले पछिल्लो पटक दुष्टताबारे सङ्गति गऱ्यौँ, र ख्रीष्टविरोधीहरूको सोच दिनभरि नै दुष्टताले भरिएको हुन्छ भन्‍ने तिनीहरूको दुष्ट प्रकटीकरणको विश्लेषणमार्फत हामीले ख्रीष्टविरोधीहरूलाई पहिचान गऱ्यौँ र यी प्रकटीकरणमार्फत तिनीहरूको दुष्ट स्वभाव सार पुष्टि गऱ्यौँ। हामी तिनीहरूका सोच दिनभरि नै दुष्टताले भरिएका हुन्छन् भन्‍ने तथ्यलाई दुइटा पक्षबाट विश्लेषण गर्दै छौँ: पहिलो, अरूसँग व्यवहार गर्दा तिनीहरूको सोचमा के हुन्छ, आफ्नो भ्रष्ट सारमा तिनीहरूले के-कस्ता तौरतरिका र प्रकटीकरणहरू प्रकाश गर्छन्; दोस्रो, परमेश्‍वरबारे तिनीहरूको सोचमा के हुन्छ। तिनीहरूले मानिसहरूसँग कस्तो व्यवहार गर्छन् भन्‍नेबारे हामीले सङ्गति सकायौँ। ख्रीष्टविरोधीहरूमा के-कस्ता विचार, धारणा, दृष्टिकोण, र उत्प्रेरणा हुन्छन्, र तिनीहरूको मनमा परमेश्‍वरप्रति के-कस्ता पूर्वनिर्धारित कार्य हुन्छन् भन्‍ने कुरामा समेत हामीले पछिल्लो पटक आंशिक रूपमा सङ्गति गऱ्यौँ: उदाहरणका लागि, शङ्का, छानबिन, अनि अरू के? (सन्देह र सावधानी।) शङ्का, छानबिन, सन्देह, र सावधानी। अब ख्रीष्टविरोधीहरूले परमेश्‍वरलाई जाँच्नेबारे सङ्गति गरौँ।

उ. जाँच

जाँचका प्रकटीकरणहरू के-के हुन्? कुन तौरतरिका वा सोचले जाँचको स्थिति वा सार प्रकट गर्छ? (यदि मैले कुनै अपराध वा कुनै दुष्टता गरेको छु भने, म सधैँ परमेश्‍वरलाई सोधखोज गर्न, स्पष्ट जवाफ माग्न, र मैले असल परिणाम वा गन्तव्य पाउनेछु कि पाउनेछैनँ भनेर हेर्न चाहन्छु।) यो सोचहरूसँग सम्बन्धित कुरा हो; त्यसैले, सामान्यतया कसैले बोल्दा वा कार्य गर्दा, वा उसले कुनै कुरा सामना गर्दा उसको कुन प्रकटीकरणचाहिँ जाँच हो? यदि कसैले कुनै अपराध गरेको छ र परमेश्‍वरले उसको अपराध याद राख्नुहोला वा त्यसलाई निन्दा गर्नुहोला भनेर महसुस गर्छ, र ऊ आफै अनिश्‍चित छ, परमेश्‍वरले उसलाई वास्तवमै निन्दा गर्नुहुनेछ कि गर्नुहुनेछैन भनेर उसलाई थाहा छैन भने, उसले परमेश्‍वरको मनोवृत्ति साँच्चै कस्तो छ भनी हेर्नका लागि त्यसको जाँच गर्न एउटा उपाय निकाल्छ। उसले प्रार्थनाबाट सुरु गर्छ, र त्यसबाट कुनै ज्योति वा अन्तर्दृष्टि पाएन भने पछ्याइको अघिल्लो विधिलाई पूर्ण रूपमा त्याग्नेबारे सोच्छ। यसअघि उसले सधैँ झाराटारुवा तरिकाले कामकुरा गर्थ्यो, ५०% मेहनत लगाउन सक्ने ठाउँमा ३०%, वा ३०% लगाउन सक्ने ठाँउमा १०% मात्र लगाउँथ्यो। अहिले, यदि उसले ५०% मेहनत लगाउन सक्छ भने लगाउनेछ। ऊ अरूले गर्न नमान्‍ने फोहोरी वा थकाइलाग्दो काम गर्छ, सधैँ अरूलेभन्दा पहिले नै त्यो काम गर्छ, र अधिकांश दाजुभाइ-दिदीबहिनीहरूले त्यो देखून् भन्‍ने कुरा सुनिश्‍चित गर्छ। अझ महत्त्वपूर्ण कुरा त, ऊ परमेश्‍वरले यस मामिलालाई कसरी हेर्नुहुन्छ र उसको अपराधको परिपूर्ति गर्न सकिन्छ कि सकिन्‍न भनेर हेर्न चाहन्छ। अधिकांश मानिसहरूले पार गर्न नसक्ने कठिनाइ वा कामकुराको सामना गर्दा, ऊ परमेश्‍वरले के गर्नुहुनेछ, उहाँले उसलाई अन्तर्दृष्टि र मार्गदर्शन प्रदान गर्नुहुनेछ कि गर्नुहुनेछैन भनी हेर्न चाहन्छ। यदि उसले परमेश्‍वरको उपस्थिति र उहाँको विशेष निगाह महसुस गर्न सक्यो भने, ऊ विश्‍वास गर्छ कि परमेश्‍वरले उसको अपराधलाई सम्झनुभएको वा निन्दा गर्नुभएको छैन, जसले त्यो कुरा माफ हुन सक्ने प्रमाणित गर्छ। यदि उसले आफूलाई यसरी समर्पित गर्छ र यस्तो मूल्य चुकाउँछ, यदि उसको मनोवृत्ति उल्लेखनीय रूपमा बदलिए पनि उसले परमेश्‍वरको उपस्थिति महसुस गर्दैन, र पहिलेभन्दा खुट्ट्याउन सकिने कुनै फरक महसुस गर्दैन भने, यो सम्भव छ कि परमेश्‍वरले उसको पहिलेको अपराधलाई निन्दा गर्नुभएको छ र अबउप्रान्त उसलाई चाहनुहुन्‍न। परमेश्‍वरले उसलाई नचाहने भएपछि, उसले भविष्यमा आफ्नो कर्तव्य निर्वाह गर्दा पहिले जत्तिको मेहनत लगाउनेछैन। यदि परमेश्‍वरले उसलाई अझै पनि चाहनुहुन्छ, उसलाई निन्दा गर्नुहुन्‍न, उसले आशिष्‌हरू पाउने आशा अझै पनि बाँकी छ भने, उसले आफ्नो कर्तव्य निर्वाहमा अलि सच्चाइका साथ आफ्नो कर्तव्य निर्वाह गर्नेछ। के यी प्रकटीकरण र विचार जाँचकै एउटा स्वरूप हुन्? के यो एउटा निश्‍चित तौरतरिका हो? (हो।) तिमीहरूले भर्खरै एउटा सैद्धान्तिक पक्ष मात्रै उल्लेख गऱ्यौ, तर परमेश्‍वरलाई जाँच्नेसम्बन्धी विस्तृत प्रकटीकरणमा र तिनीहरूको हृदयमा यस मामिलाप्रति के-कस्ता ठोस तौरतरिका र योजनाहरू छन् भन्‍ने विषयमा विशिष्ट रूपमा प्रवेश गरेनौ, वा ख्रीष्टविरोधीहरू यस क्रियाकलापमा संलग्न हुँदा तिनीहरूका दृष्टिकोण र स्थितिहरू कस्ता हुन्छन् भन्‍ने कुराको खुलासा गरेनौ।

कतिपय मानिसमा सधैँ परमेश्‍वरको सर्वशक्तिमान्‌ता र उहाँले गर्नुहुने मानव हृदयको गहिराइको छानबिन सम्बन्धी ज्ञान वा अनुभवको कमी हुन्छ। तिनीहरूमा परमेश्‍वरले गर्नुहुने मानव हृदयको छानबिनबारे साँचो बोधको पनि कमी हुन्छ, त्यसैले स्वाभाविक रूपमा तिनीहरू यस मामिलाबारे शङ्काले भरिएका हुन्छन्। तिनीहरूले आफ्ना व्यक्तिपरक इच्छाहरूमा परमेश्‍वरले मानव हृदयको गहिराइलाई छानबिन गर्नुहुन्छ भनी विश्‍वास गर्न चाहे पनि, तिनीहरूसँग निर्णायक प्रमाण हुँदैन। फलस्वरूप, तिनीहरूले हृदयमा निश्‍चित कुराहरूको योजना बनाउँछन् र एकैसाथ तिनलाई कार्यान्वयन र लागू गर्न थाल्छन्। लागू गर्दै गर्दा, तिनीहरूले परमेश्‍वरलाई यीबारे साँच्चै थाहा छ कि छैन, उक्त मामिला खुलासा हुनेछन् कि हुनेछैनन्, र तिनीहरू चुपचाप बसे भने यो कुरा कसैले पत्ता लगाउन सक्छ कि सक्दैन, वा परमेश्‍वरले कुनै निश्‍चित वातावरणमार्फत यसलाई प्रकाश गर्न सक्नुहुन्छ कि सक्नुहुन्‍न भनेर निरन्तर नियालिरहेका हुन्छन्। अवश्य नै, साधारण मानिसहरूमा परमेश्‍वरको सर्वशक्तिमान्‌ता र उहाँले गर्नुहुने मानव हृदयको गहिराइको छानबिनबारे केही अनिश्‍चितता हुन सक्छ, तर ख्रीष्टविरोधीहरू अनिश्‍चित मात्र हुँदैनन्—साथसाथै, तिनीहरू शङ्काले भरिएका र परमेश्‍वरविरुद्ध पूर्ण सावधानी अपनाइरहेका हुन्छन्। त्यसकारण, तिनीहरूले परमेश्‍वरलाई जाँच्ने धेरै तौरतरिकाहरू विकास गर्छन्। तिनीहरूले परमेश्‍वरले गर्नुहुने मानव हृदयको छानबिनलाई शङ्का गर्ने, र अझ परमेश्‍वरले त्यसलाई छानबिन गर्नुहुन्छ भन्‍ने तथ्यलाई इन्कार्ने हुनाले, तिनीहरूले प्रायः निश्‍चित मामिलाहरूबारे सोच्ने गर्छन्। त्यसपछि, अलिकति डर वा कुनै अवर्णनीय त्रासको भावनासाथ, तिनीहरूले गोप्य रूपमा सुटुक्क यी विचारहरू फैलाएर निश्‍चित मानिसहरूलाई बहकाउँछन्। यसैबीच, तिनीहरूले अलिअलि गर्दै आफ्ना तर्क र विचारहरू लगातार खुलासा गर्छन्। तिनलाई खुलासा गरिरहँदा, तिनीहरू परमेश्‍वरले तिनीहरूको यो व्यवहारलाई अवरोध पुऱ्याउनुहुन्छ वा खुलासा गर्नुहुन्छ कि भनी हेर्छन्। यदि उहाँले यसलाई खुलासा वा चित्रण गर्नुभयो भने, तिनीहरू तुरुन्तै पछि हट्छन्, र अर्को तरिका अपनाउँछन्। यदि यसबारे कसैलाई थाहा छैन, र तिनीहरूलाई कसैले पनि छर्लङ्ग देख्न वा खोतल्न सक्दैन भन्‍ने देखिएमा, तिनीहरू आफ्नो अन्तर्ज्ञान सही छ, र परमेश्‍वरबारे आफ्नो ज्ञान सही छ भनेर हृदयमा झनै पूर्ण रूपमा विश्‍वस्त हुन्छन्। तिनीहरूको दृष्टिकोणमा, परमेश्‍वरले मूलतः मानव हृदयको छानबिन गर्दै गर्नुहुन्‍न। यो कस्तो खालको तौरतरिका हो? यो जाँचको तौरतरिका हो।

आफ्नो अन्तर्निहित दुष्ट स्वभावका कारण, ख्रीष्टविरोधीहरू कहिल्यै सिधै बोल्ने वा कार्य गर्ने गर्दैनन्। तिनीहरू इमानदार मनोवृत्ति र निष्कपटतासाथ कामकुराहरू सम्हाल्दैनन्, वा इमानदार शब्द प्रयोग गरेर बोल्ने र हार्दिक मनोवृत्तिसाथ कार्य गर्ने गर्दैनन्। तिनीहरूले बोल्ने वा गर्ने कुनै पनि कुरा सुस्पष्ट हुँदैन, बरु घुमाउरो र गुपचुप हुन्छ, र तिनीहरूले कहिल्यै आफ्ना सोच वा उत्प्रेरणा सिधै व्यक्त गर्दैनन्। किनभने तिनीहरू विश्‍वास गर्छन् कि यदि ती व्यक्त गरियो भने, तिनीहरूलाई पूर्ण रूपमा बुझिनेछ र छर्लङ्गै देखिनेछ, तिनीहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरू ज्योतिमा परेर खुलासा हुनेछन्, र तिनीहरूलाई अन्य व्यक्तिहरूमाझ उच्च वा कुलीन मानिनेछैन, वा तिनीहरूलाई अरूले आदरभावले हेर्ने वा आराधना गर्नेछैनन्; तसर्थ, तिनीहरू जहिल्यै आफ्ना निन्दनीय मनसाय र चाहनाहरूलाई ढाक्ने र लुकाउने प्रयास गर्छन्। त्यसोभए, तिनीहरूले कसरी बोल्छन् र कार्य गर्छन् त? तिनीहरूले विभिन्‍न विधि प्रयोग गर्छन्। गैरविश्‍वासीहरूमाझ प्रचलित “परिस्थितिको नाडी छाम्ने” भन्‍ने भनाइजस्तै, ख्रीष्टविरोधीहरूले त्यस्तै तौरतरिका अपनाउँछन्। तिनीहरूले केही गर्न चाहँदा र कुनै निश्‍चित दृष्टिकोण वा मनोवृत्ति राख्दा, तिनीहरू कहिल्यै त्यसलाई सिधै व्यक्त गर्दैनन्; बरु तिनीहरू आफूले खोजेको जानकारी बटुल्न सूक्ष्म वा सोधपुछ गर्ने विधि वा मानिसहरूबाट कुरा धुत्नेजस्ता निश्‍चित विधिहरू प्रयोग गर्छन्। आफ्नो दुष्ट स्वभावका कारण ख्रीष्टविरोधीहरू कहिल्यै सत्यता खोजी गर्दैनन्, न त त्यसलाई बुझ्न नै चाहन्छन्। तिनीहरूको एक मात्र चासो भनेको आफ्नै ख्याति, प्राप्ति, र हैसियत हो। तिनीहरू आफूलाई ख्याति, लाभ, र हैसियत दिलाउन सक्ने क्रियाकलापहरूमा संलग्न हुन्छन्, र त्यस्ता कुरा दिन नसक्नेहरूबाट टाढै बस्छन्। तिनीहरू प्रतिष्ठा, हैसियत, अलग पहिचान, र महिमासँग सम्बन्धित क्रियाकलापहरू उत्सुकतासाथ गर्छन्, जबकि मण्डलीको कामको सुरक्षा गर्ने वा अरूलाई चिढ्याउन सक्ने कुराहरूदेखि टाढै बस्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरू कुनै पनि कुरालाई खोजीको मनोवृत्तिले लिँदैनन्; बरु तिनीहरू कामकुरा परीक्षण गर्नका लागि जाँचको विधि प्रयोग गर्छन्, र त्यसपछि अघि बढ्ने कि नबढ्ने भनेर निर्णय गर्छन्—ख्रीष्टविरोधीहरू यति धूर्त र दुष्ट हुन्छन्। उदाहरणका लागि, परमेश्‍वरको नजरमा आफू कस्तो व्यक्ति हुँ भनेर जान्‍न चाहँदा, तिनीहरूले आफूलाई चिनेर परमेश्‍वरका वचनमार्फत आफूलाई मूल्याङ्कन गर्दैनन्। बरु, तिनीहरू वरपर सोधखोज गर्छन् र इङ्गित बोली सुन्‍न कान थाप्छन्, अगुवा र माथिको लबज र मनोवृत्तिलाई हेर्छन्, र परमेश्‍वरले तिनीहरूजस्ता मानिसहरूको परिणाम कसरी निर्धारण गर्नुहुन्छ भनी हेर्न उहाँका वचनमा खोजतलास गर्छन्। तिनीहरू परमेश्‍वरको घरभित्र आफ्नो स्थान कहाँ छ भनी हेर्न र आफ्नो भावी परिणाम के हुनेछ भनी पत्ता लगाउन यी मार्ग र विधिहरू प्रयोग गर्छन्। के यसमा जाँचको कुनै प्रकृति संलग्न हुँदैन र? उदाहरणका लागि, कतिपय मानिसहरूलाई काटछाँट गरिएपछि, तिनीहरूले आफूलाई काटछाँट गरिनुको कारण, काम गर्ने क्रममा आफूले प्रकाश गरेका भ्रष्ट स्वभाव र गल्तीहरू, र आफूलाई चिन्‍न र आफ्ना विगतका गल्ती सुधार्न आफूले सत्यताका कस्ता पक्षहरूको खोजी गर्नुपर्छ भनी जाँच गर्नुको साटो, तिनीहरू आफूप्रति माथिको साँचो मनोवृत्ति पत्ता लगाउन अप्रत्यक्ष माध्यम प्रयोग गर्दै अरूमा आफ्नो झूटो छाप पार्छन्। उदाहरणका लागि, काटछाँट गरिएपछि तिनीहरू माथिको खोजी गर्न, माथिको लबज कस्तो छ, माथि धैर्यवान छ कि छैन, तिनीहरूले खोजी गरिरहेका प्रश्नहरूको जवाफ गम्भीरतापूर्वक दिइन्छ कि दिइन्‍न, उनीहरूले तिनीहरूप्रति नरम मनोवृत्ति अपनाउँछन् कि अपनाउँदैनन्, उनीहरूले तिनीहरूलाई कार्यहरू सुम्पनेछन् कि सुम्पनेछैनन्, उनीहरूले तिनीहरूलाई अझै पनि उच्च प्रशंसा गर्नेछन् कि गर्नेछैनन्, र तिनीहरूका पहिलेका गल्तीहरूबारे माथिले वास्तवमा के सोच्छ भनी हेर्न तुरुन्तै कुनै चानचुने मामिलाको कुरा उठाउँछन्। यी सबै तौरतरिका एक खालको जाँच हो। छोटकरीमा भन्‍नुपर्दा, मानिसहरूले यस्ता परिस्थितिको सामना गर्दा र यी प्रकटीकरणहरू प्रदर्शन गर्दा, के तिनीहरूलाई हृदयमा थाहा हुन्छ? (हजुर, हुन्छ।) त्यसोभए, तिमीहरूलाई थाहा हुँदा र तिमीहरूले यी कुरा गर्न चाहँदा, त्यसलाई कसरी सम्हाल्छौ? पहिलो कुरा, सबैभन्दा सरल स्तरमा, के तँ आफूविरुद्ध विद्रोह गर्न सक्छस्? कतिपय मानिसहरूलाई समय आउँदा आफूविरुद्ध विद्रोह गर्न चुनौतीपूर्ण लाग्छ; तिनीहरू यसमाथि विचार गर्छन्, “होस्, यसपालि यो कुरा मेरा आशिष् र परिणामसँग सम्बन्धित छ। म आफूविरुद्ध विद्रोह गर्न सक्दिनँ। अर्कोपालि गरौँला।” अर्कोपालि आउँदा, र फेरि तिनीहरूका आशिष् र परिणामसँग सम्बन्धित कुनै मुद्दा सामना गर्दा, तिनीहरूले अझै आफूविरुद्ध विद्रोह गर्न सक्दैनन्। यस्ता व्यक्तिहरूमा विवेकको भावना हुन्छ, र तिनीहरूसँग ख्रीष्टविरोधीको स्वभाव सार नभए पनि, यो तिनीहरूका लागि निकै समस्याजनक र खतरनाक हुन्छ। अर्कोतिर, ख्रीष्टविरोधीहरू प्रायः यी सोचहरू पाल्छन् र त्यस्तो स्थितिमा जिउँछन्, तर तिनीहरू कहिल्यै आफूविरुद्ध विद्रोह गर्दैनन्, किनकि तिनीहरूमा विवेकको भावना हुँदैन। कसैले तिनीहरूको स्थिति औल्याउँदै तिनीहरूलाई खुलासा र काटछाँट गरे भने पनि, तिनीहरू अडिग रहन्छन् र आफूविरुद्ध बिलकुलै विद्रोह गर्दैनन्, न त त्यसले गर्दा तिनीहरूले आफूलाई घृणा गर्छन् न यस स्थितिलाई त्याग्छन् र सुल्झाउँछन्। बर्खास्त गरिएपछि कतिपय ख्रीष्टविरोधीहरू सोच्छन्, “बर्खास्त हुनु त सामान्य कुराजस्तो देखिन्छ, तैपनि यो अलि अपमानजनक लाग्छ। यो कुनै उल्लेखनीय मामला नभए पनि, म एउटा महत्त्वपूर्ण कुरालाई छोड्नै सक्दिनँ। यदि म बर्खास्त भएँ भने, के त्यसको अर्थ परमेश्‍वरको घरले अबउप्रान्त मलाई संवर्धन गर्नेछैन भन्‍ने हुन्छ? त्यसपछि म परमेश्‍वरका नजरमा कस्तो खालको व्यक्ति हुनेछु? के मसँग अझै पनि आशा हुनेछ? के म अझै पनि परमेश्‍वरका घरमा उपयोगी हुनेछु?” तिनीहरूले यो चिन्तन गर्छन् र एउटा योजना बनाउँछन्, “मसँग दस हजार युआन छ, र त्यो प्रयोग गर्ने समय अहिले नै हो। म यो दस हजार युआन भेटीका रूपमा चढाउनेछु, र मप्रति माथिको मनोवृत्ति अलिकति बदलिन सक्छ कि, अनि उनीहरूले मप्रति केही निगाह देखाउन सक्छन् कि भनी हेर्नेछु। यदि परमेश्‍वरको घरले पैसा स्विकाऱ्यो भने, त्यसको अर्थ मसँग अझै पनि आशा छ भन्‍ने हुन्छ। यदि त्यसले पैसा स्विकारेन भने, त्यसले मसँग कुनै आशा छैन भन्‍ने प्रमाणित गर्छ, र म अरू नै योजना बनाउनेछु।” यो कस्तो खालको तौरतरिका हो? यो जाँच हो। छोटकरीमा भन्‍नुपर्दा, जाँच भनेको दुष्ट स्वभाव सारको तुलनात्मक रूपमा सुस्पष्ट प्रकटीकरण हो। मानिसहरू आफूले चाहेको जानकारी प्राप्त गर्न, निश्‍चित हुन, र त्यसपछि मनको शान्ति हासिल गर्न विभिन्‍न उपायहरू प्रयोग गर्छन्। जाँच गर्ने अनेकौँ तरिका छन्, जस्तै शब्दहरू प्रयोग गरेर परमेश्‍वरबाट कुराहरू धुत्ने, वस्तुहरू प्रयोग गरेर उहाँको जाँच गर्ने, मनमनै सोच्ने र चिन्तन-मनन गर्ने। तिमीहरूले परमेश्‍वरलाई जाँच्ने सबैभन्दा आम विधि के हो? (कहिलेकाहीँ परमेश्‍वरलाई प्रार्थना गर्दा, म आफूप्रति परमेश्‍वरको मनोवृत्ति जाँच्छु र आफ्नो हृदयमा शान्ति छ कि छैन भनी हेर्छु। परमेश्‍वरलाई जाँच्न म यही विधि प्रयोग गर्छु।) यो विधि निकै आम रूपमा प्रयोग गरिन्छ। अर्को विधि भनेको भेलामा सङ्गतिको दौरान कसैलाई केही भन्‍नु छ कि छैन, परमेश्‍वरले अन्तर्दृष्टि वा ज्योति प्रदान गर्नुहुन्छ कि गर्नुहुन्‍न भनी हेर्नु, र त्यसलाई प्रयोग गरेर परमेश्‍वर अझै पनि तिनीहरूसँग हुनुहुन्छ कि हुनुहुन्‍न, उहाँले अझै पनि तिनीहरूलाई प्रेम गर्नुहुन्छ कि गर्नुहुन्‍न भनी जाँच्नु हो। साथै, तिनीहरूले कर्तव्य निर्वाह गर्ने क्रममा, परमेश्‍वरले तिनीहरूलाई अन्तर्दृष्टि दिने वा मार्गदर्शन गर्ने काम गर्नुहुन्छ कि गर्नुहुन्‍न, तिनीहरूसँग कुनै विशेष सोच, विचार, वा अन्तर्दृष्टि छन् कि छैनन् भनी हेर्नु—यिनलाई प्रयोग गरेर तिनीहरूप्रति परमेश्‍वरको मनोवृत्ति कस्तो छ भनी जाँच्नु हो। यी सबै विधिहरू निकै आम रूपमा प्रयोग गरिन्छन्। अरू केही छ? (यदि मैले प्रार्थनामा परमेश्‍वरप्रति कुनै सङ्कल्प गरेको छु तर त्यो पूरा गर्न सकिनँ भने, म परमेश्‍वरले मलाई मैले खाएको शपथअनुसार व्यवहार गर्नुहुनेछ कि गर्नुहुनेछैन भनी नियाल्छु।) यो पनि एक प्रकारको विधि हो। मानिसहरूले परमेश्‍वरलाई व्यवहार गर्न जुनसुकै विधि प्रयोग गरे पनि, यदि तिनीहरूलाई त्यसबारे आत्म-ग्लानि भयो, र त्यसपछि तिनीहरूले यी कार्य र स्वभावबारे ज्ञान पाए र तिनलाई तुरुन्तै उल्ट्याउन सके भने, उक्त समस्या त्यति ठूलो होइन—यो एउटा सामान्य भ्रष्ट स्वभाव हो। तर, यदि कसैले निरन्तर र हठपूर्वक यसो गरिरहन सक्छ, यो गलत हो र परमेश्‍वरले यसलाई तिरस्कार गर्नुहुन्छ भन्‍ने थाहा पाएर पनि ऊ त्यसैमा अडिग रहन्छ, त्यसविरुद्ध कहिल्यै विद्रोह गर्दैन वा त्यसलाई त्याग्दैन भने, यो ख्रीष्टविरोधीको सार हो। ख्रीष्टविरोधीहरूको स्वभाव सार साधारण मानिसहरूकोभन्दा कुन हिसाबले फरक हुन्छ भने, तिनीहरूले कहिल्यै आत्म-चिन्तन गर्दैनन् वा सत्यता खोज्दैनन्, बरु निरन्तर रूपमा र हठपूर्वक विभिन्‍न विधिहरू प्रयोग गरेर परमेश्‍वर, मानिसहरूप्रति उहाँको मनोवृत्ति, कुनै व्यक्तिसम्बन्धी उहाँको निष्कर्ष, र व्यक्तिको विगत, वर्तमान र भविष्यबारे उहाँका सोच र विचार के छन् भनी जाँच्छन्। तिनीहरूले परमेश्‍वरका अभिप्राय, सत्यता, र विशेष गरी आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न सत्यताप्रति समर्पित हुने तरिका कहिल्यै खोज्दैनन्। तिनीहरूका सबै कार्यपछाडिको उद्देश्य परमेश्‍वरका सोच र विचारलाई सोधखोज गर्नु हो—यो एक ख्रीष्टविरोधी हो। ख्रीष्टविरोधीहरूको यो स्वभाव स्पष्ट रूपमा दुष्ट हुन्छ। तिनीहरू यी कार्यहरूमा संलग्न हुँदा र तिनीहरूले यी प्रकटीकरणहरू प्रदर्शन गर्दा, तिनीहरूमा अलिकति पनि ग्लानि वा पछुतोको झल्को हुँदैन। तिनीहरूले आफूलाई यी कुराहरूसँग जोडे पनि कुनै पश्‍चात्ताप वा रोकिने अभिप्राय देखाउँदैनन्, बरु तिनीहरू आफ्ना तरिकामै अडिग रहन्छन्। परमेश्‍वरप्रति तिनीहरूको व्यवहार, तिनीहरूको मनोवृत्ति, र तिनीहरूको तौरतरिकालाई हेर्दा, यो कुरा स्पष्ट हुन्छ कि तिनीहरू परमेश्‍वरलाई आफ्नो प्रतिद्वन्द्वी मान्छन्। तिनीहरूका सोच र दृष्टिकोणमा परमेश्‍वरलाई जान्‍ने, परमेश्‍वरलाई प्रेम गर्ने, परमेश्‍वरमा समर्पित हुने, वा परमेश्‍वरको डर मान्‍ने कुनै विचार वा मनोवृत्ति हुँदैन; तिनीहरू केवल परमेश्‍वरबाट आफूले चाहेको जानकारी प्राप्त गर्न, र आफ्नै विधि र उपायहरू प्रयोग गरेर तिनीहरूप्रति परमेश्‍वरको यथार्थ मनोवृत्ति र परिभाषा निश्‍चित गर्न चाहन्छन्। झनै गम्भीर कुरा त के हो भने, तिनीहरूले आफ्ना तौरतरिकालाई परमेश्‍वरका खुलासाका वचनहरूसँग मिलाए पनि, यो व्यवहारलाई परमेश्‍वरले तिरस्कार गर्नुहुन्छ र यो मानिसले गर्नुपर्ने कुरा होइन भन्‍ने कुराको अलिकति सचेतना भए पनि, तिनीहरूले त्यसलाई कहिल्यै त्याग्नेछैनन्।

विगतमा, परमेश्‍वरका घरमा एउटा प्रावधान थियो: निष्कासित गरिएका वा निकालिएका मानिसहरूले पछि साँचो पश्‍चात्ताप प्रकट गरे, र तिनीहरू परमेश्‍वरका वचनहरू पढ्नमा, सुसमाचार प्रचार गर्नमा, र परमेश्‍वरको गवाही दिनमा दृढतापूर्वक लागिरहे, र तिनीहरूले साँच्चै पश्‍चात्ताप गरे भने, तिनीहरूलाई मण्डलीमा पुनः भित्र्याउन सकिन्छ। एउटा व्यक्ति थियो, जसले निकालिएपछि यी मापदण्ड पूरा गऱ्यो, र मण्डलीले उसलाई खोज्न, ऊसँग सङ्गति गर्न, उसलाई पुनः मण्डलीमा भित्र्याइएको छ भनी बताउन कसैलाई पठायो। यो सुनेपछि, ऊ निकै खुसी भयो, तर उसले गम खायो, “के यो स्वीकार साँचो हो, कि यसपछाडि कुनै विचार छ? के परमेश्‍वरले साँच्चै मेरो पश्‍चात्ताप देखेका हुन्? के उनले मलाई साँच्चै कृपा देखाएका र माफ गरेका हुन्? के मेरा विगतका कार्यहरूलाई साँच्चै बेवास्ता गरिएको हो?” उसले त्यो विश्‍वास गरेन, र सोच्यो, “तिनीहरूले मलाई फिर्ता लिन चाहे पनि, म संयमित हुनुपर्छ र तुरुन्तै सहमत हुनु हुँदैन, मैले निष्कासित भएपछिका यी वर्षहरूमा ठूलो कष्ट भोगेझैँ र निकै दयनीय भएझैँ व्यवहार गर्नु हुँदैन। मैले अलिक संयमित व्यवहार गर्नुपर्छ र पुनः भित्र्याइनेबित्तिकै मण्डली जीवनमा कहाँ सहभागी हुन सक्छु वा कुन कर्तव्य निर्वाह गर्न सक्छु भनेर सोध्नुहुँदैन। म धेरै उत्साहित देखिनु हुँदैन। भित्र निकै खुसी महसुस भए पनि, म शान्त रहनुपर्छ र परमेश्‍वरको घरले मलाई साँच्चै फेरि भित्र्याउन चाहेको हो कि मलाई निश्‍चित कार्यहरूमा प्रयोग गर्नका निम्ति कपट गरेको मात्र हो भनी हेर्नुपर्छ।” मनमा यो कुरा राखेर उसले भन्यो, “निष्कासित गरिएपछिको समयमा मैले चिन्तन गरेँ र आफूले गरेका गल्ती निकै ठूला भएको महसुस गरेँ। मैले परमेश्‍वरको घरका हितमा निकै ठूला नोक्सानी पुऱ्याएको थिएँ, र म कहिल्यै तिनको परिपूर्ति गर्न सक्दिनँ। म साँच्चै परमेश्‍वरद्वारा श्रापित दियाबलस र शैतान हुँ। तर, मेरो आत्मचिन्तन अझै अपूरो छ। परमेश्‍वरको घरले मलाई फिर्ता ल्याउन चाहेकाले, मैले अझ बढी परमेश्‍वरका वचन खानु र पिउनुपर्छ र चिन्तन गर्नुपर्छ र आफूलाई अझ बढी चिन्‍नुपर्छ। अहिले, म परमेश्‍वरका घरमा फिर्ता जान, परमेश्‍वरका घरमा आफ्नो कर्तव्य निर्वाह गर्न, आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई भेट्न योग्य छैनँ, र म निश्‍चय नै परमेश्‍वरको सामना गर्न निकै लज्जित छु। म आफ्नो आत्मज्ञान र चिन्तन पर्याप्त भएको महसुस भएपछि मात्रै मण्डलीमा फर्कनेछु, ताकि सबैले मलाई मान्यता दिऊन्।” यो भनिरहँदा, ऊ यो सोच्दै घबराइरहेको पनि थियो, “म यसो भन्‍ने ढोँग मात्रै गरिरहेको छु। मलाई मण्डलीमा फिर्ता नलैजान अगुवाहरू सहमत भए भने के गर्ने? के म खतम हुदिनँ र?” वास्तवमा, ऊ निकै व्यग्र थियो, तैपनि उसले यसरी बोल्नुपऱ्यो र मण्डलीमा फिर्ता जान त्यति आतुर नभएको नाटक गर्नुपऱ्यो। उसले यी कुराहरू भन्‍नुको अर्थ के थियो? (ऊ मण्डलीले उसलाई साँच्चै पुनः स्विकार्छ कि स्विकार्दैन भन्‍ने कुरा जाँच्दै थियो।) के यो जरुरी छ? के यो शैतान र दियाबलसहरूले गर्ने काम होइन र? के सामान्य व्यक्तिले यस्तो व्यवहार गर्ला त? (अहँ, गर्दैन।) सामान्य व्यक्तिले त्यसो गर्दैन। त्यस्तो सुनौलो अवसर पाउँदा पनि उसले त्यस्तो कदम उठाउन सक्नु दुष्ट कुरा हो। मण्डलीमा पुनः भित्र्याइनु परमेश्‍वरको प्रेम र कृपाको अभिव्यक्ति हो, र उसले आफ्नै भ्रष्टता र कमीकमजोरीमाथि चिन्तन गर्नुपर्छ र तिनलाई चिन्‍नुपर्छ, र विगतका ऋण चुक्ता गर्ने तरिकाहरू खोज्नुपर्छ। यदि कसैले अझै पनि यसरी परमेश्‍वरलाई जाँच्न र परमेश्‍वरको कृपालाई यस तरिकाले व्यवहार गर्न सक्छ भने, उसले साँच्चै उहाँको दयालाई कदर गर्न सक्दैन! मानिसहरूले आफ्नो दुष्ट सारका कारण नै त्यस्ता सोच र तौरतरिका विकास गर्छन्। मूलतः, मानिसहरूले परमेश्‍वरलाई जाँच्दा, तिनीहरूले प्रकट र प्रकाश गर्ने कुरा सैद्धान्तिक रूपमा सधैँ अन्य कुराबाहेक परमेश्‍वरका सोचका साथै, मानिसहरूबारे उहाँका दृष्टिकोण र परिभाषा जाँच्नेसँग सम्बन्धित हुन्छन्। यदि मानिसहरू सत्यता खोजी गर्छन् भने, तिनीहरूले त्यस्ता अभ्यासविरुद्ध विद्रोह गर्नेछन् र तिनलाई त्याग्नेछन्, साथै सत्यता सिद्धान्तहरूअनुसार कार्य र व्यवहार गर्नेछन्। तर, ख्रीष्टविरोधीको स्वभाव सार भएका व्यक्तिहरूले त्यस्ता अभ्यास त्याग्न नसक्ने र तिनीहरूलाई ती घृणित नलाग्ने मात्र होइन, बरु तिनीहरू आफूसँग त्यस्ता उपाय र विधिहरू भएकोमा प्रायजसो आफैलाई सराहना गर्छन्। तिनीहरूले सोच्लान्, “हेर त, म कति चलाख छु। म तिमीहरूजस्तो मूर्ख होइन, जसले केवल परमेश्‍वर र सत्यतामा समर्पित हुन र तिनलाई पालन गर्न जानेको हुन्छ—म तिमीहरूजस्तो बिलकुलै छैनँ! म उपाय र विधिहरू प्रयोग गरेर यी कुराहरू पत्ता लगाउने प्रयास गर्छु। मैले समर्पित हुनुपऱ्यो र पालन गर्नुपऱ्यो भने पनि, म कुरोको चुरोमा पुग्ने नै छु। मबाट केही कुरा लुकाउन वा मलाई छल्न र मूर्ख बनाउन सक्छु भन्‍ने नसोच।” तिनीहरूको सोच र दृष्टिकोण यही नै हो। ख्रीष्टविरोधीहरूले कहिल्यै समर्पण, डर, वा निष्ठा देखाउँदैनन्, र देहधारी परमेश्‍वरलाई गर्ने व्यवहारमा बफादारी त झनै देखाउँदैनन्। जाँचसँग सम्बन्धित प्रकटीकरणहरूबारे हाम्रो छलफल यहीँ सक्किन्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्