परिशिष्ट पाँच: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग दुई) खण्ड तीन

२. ख्रीष्टविरोधीहरू परमेश्‍वरप्रति के गर्छन्

ख्रीष्टविरोधीहरूले मानिसहरूप्रति प्रदर्शन गर्ने विभिन्न दुष्ट प्रकटीकरणहरूबारे सङ्गति गरिसकेपछि, अब हामी ख्रीष्टविरोधीहरूले दिनभरि दुष्ट कुराहरू मात्रै सोच्ने सन्दर्भमा परमेश्‍वरप्रति कस्ता प्रकटीकरणहरू प्रदर्शन गर्छन् भन्नेबारे सङ्गति गरौँ। हामीले यस विषयबारे धेरै कुरा समेटिसकेका छौँ, त्यसैले सारांश निकालौँ। हामी हल्का मामिलाहरूबाट सुरु गर्नेछौँ र बिस्तारै गम्भीर मामिलाहरूमा परिगमन गर्नेछौँ। पहिलो हो शङ्का, त्यसपछि आउँछ परमेश्‍वरलाई छानबिन गर्नु, अनि आशङ्का, रक्षात्मकता, माग गर्नु, र लेनदेन पनि छन्। अरू केही पनि छ कि? (परमेश्‍वरलाई जाँच्नु।) यो व्यवहारको प्रकृति निकै गम्भीर हुन्छ। अघि बढ्दै जाँदा, हरेक व्यवहारको प्रकृति झन्-झन् गम्भीर बन्दै जान्छ—अस्वीकार, निन्दा, फैसला गर्नु, ईशनिन्दा, दुर्वचन, आक्रमण, कोलाहल, र विरोध। यीमध्ये केही शब्दहरूको अर्थ बाहिरी रूपमा केही हदसम्म समान देखिए पनि, नजिकबाट जाँच गर्दा, तिनको गहिराइ वा जोड फरक हुन्छ। ख्रीष्टविरोधीहरूका विविध दृष्टिकोण अपनाएर वा फरक-फरक तरिकालाई ख्याल गरेर, हामी यी शब्दहरूको प्रकृतिको भिन्नता छुट्याउन सक्छौँ।

(१) शङ्का

शङ्का, छानबिन, र आशङ्का तुलनात्मक रूपमा प्रारम्भिक प्रकटीकरण हुन्। कतिपय मानिसले आफ्नो हृदयमा शङ्का पाल्ने मात्र गर्छन्, र सोच्छन्, “के देहधारी देह साँच्चै परमेश्‍वर हुनुहुन्छ? मलाई त उहाँ व्यक्ति जस्तै लाग्छ। के उहाँका सबै वचन सत्यता हुन्? तीमध्ये कुन चाहिँ सत्यताजस्तै सुनिन्छ? उहाँले बोल्ने केही कुरा मानव बोली र ज्ञानको दायराभन्दा बाहिर हुन सक्छ। मानिसहरूले रहस्य र अगमवाणीहरूलाई स्पष्ट रूपमा व्याख्या नगर्लान्, तर के अगमवक्ताहरूले पनि त्यस्ता कुराहरू भन्न सक्दैनन् र? परमेश्‍वर धर्मी हुनुहुन्छ भनेर भनिन्छ, तर परमेश्‍वर कसरी धर्मी हुनुहुन्छ? परमेश्‍वरले सबथोकमाथि सार्वभौमिकता राख्नुहुन्छ भनेर भनिन्छ, तर त्यसोभए शैतानले किन सधैँ खराब कुराहरू गरिरहेको हुन्छ त? जब शैतानले हामीलाई पक्रन्छ र सताउँछ, जब त्यसले हामीमाथि अत्याचार गर्छ, तब परमेश्‍वरले किन हस्तक्षेप गर्नुहुन्न? परमेश्‍वर कहाँ हुनुहुन्छ? के परमेश्‍वर साँच्चै अस्तित्वमा हुनुहुन्छ?” जब मानिसहरूमा साँचो आस्थाको कमी हुन्छ, जब तिनीहरूले परमेश्‍वरको सार्वभौमिकतालाई पहिचान गर्दैनन्, परमेश्‍वरको स्वभाव, वा परमेश्‍वरको सारलाई चिन्दैनन्, र सत्यता बुझ्दैनन्, तब तिनीहरूको हृदयमा यस्ता शङ्का उत्पन्न हुनेछन्। तर, मानिसहरूले बिस्तारै परमेश्‍वरको काम अनुभव गर्दै, सत्यता बुझ्दै, र परमेश्‍वरको सार्वभौमिकता पहिचान गर्दै जाँदा, यी शङ्का क्रमिक रूपमा हल हुँदै जान्छन् र साँचो आस्थामा परिणत हुनेछन्। परमेश्‍वरलाई पछ्याउने सबैका लागि अपरिहार्य मार्ग यही नै हो। तर के दुष्ट सार भएका ख्रीष्टविरोधीका शङ्कालाई बदल्न सकिन्छ? (अहँ, सकिन्न।) किन बदल्न सकिन्न? (ख्रीष्टविरोधीहरू अविश्‍वासी हुन्—तिनीहरू परमेश्‍वरलाई स्विकार्दैनन्।) सैद्धान्तिक रूपमा भन्नुपर्दा, तिनीहरू अविश्वासी हुन्, त्यसैले तिनीहरूले लगातार परमेश्‍वरमाथि शङ्का गर्छन्। वस्तुगत कारण के हो भने, यस्ता मानिसले अन्तर्निहित रूपमा नै सत्यता र सकारात्मक कुराहरू स्विकार्न मान्दैनन्। तर, परमेश्‍वरले गर्ने सबथोक सकारात्मक र सत्यता हुन्छ। ख्रीष्टविरोधीहरू सत्यताप्रति वितृष्ण र शत्रुवत् भएका कारण, परमेश्‍वरले गर्ने हरेक कुरा तथ्य हो, त्यो सब परमेश्‍वरको सार्वभौमिकताअन्तर्गत पर्छ, र परमेश्‍वरजस्तै—परमेश्‍वरको सार्वभौमिकता पनि—निश्चय नै अस्तित्वमा छ भनेर सबैले स्विकार्ने भए पनि, ख्रीष्टविरोधीहरूले यी तथ्य हुन् भनेर मान्दैनन् वा स्विकार्दैनन्। तिनीहरूको हृदयमा परमेश्‍वरबारे शङ्का सदाका लागि रहिरहन्छ। स्पष्टतः यी तथ्य हुन्, तिनलाई सबैले देख्छन्, र धेरै वर्षसम्म परमेश्‍वरको काम अनुभव गरेपछि सामान्यतया सबैभन्दा थोरै आस्था राख्नेहरूको समेत परमेश्‍वरसम्बन्धी शङ्का हटेर जान्छ, र तिनीहरूमा परमेश्‍वरप्रतिको साँचो आस्था विकास हुन्छ। ख्रीष्टविरोधीहरूले मात्रै परमेश्‍वरबारेको आफ्ना शङ्का बदल्न सक्दैनन्। वस्तुगत रूपमा भन्नुपर्दा, यी व्यक्तिहरू सैद्धान्तिक रूपमा, सत्यता नस्विकार्ने अविश्वासी हुन्, तर वास्तवमा, ख्रीष्टविरोधीहरू सत्यताप्रति वितृष्ण हुने र तिनीहरूमा दुष्ट सार हुने भएकाले यस्तो हुन्छ—मूलभूत कारण यही नै हो। परमेश्‍वरले गर्नुभएको कुराको पुष्टि गर्ने वा गवाही दिने मानिसहरू चाहे जति नै भए पनि, वा ख्रीष्टविरोधीहरूको आँखाअगाडि जतिसुकै जबरजस्त प्रमाण राखिदिए पनि, तिनीहरू परमेश्‍वरको सार वा परमेश्‍वर यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ भन्ने कुरामा विश्वास गर्न इन्कार गर्छन्—यो अत्यन्तै दुष्ट कुरा हो। यसलाई एउटा बुँदाले चित्रण गर्न सकिन्छ: जब ख्रीष्टविरोधीहरूले यावत् थोकमाथि परमेश्‍वरको सार्वभौमिकताको जबरजस्त र सुस्पष्ट तथ्यलाई देख्छन्, तब तिनीहरू न त त्यसमा विश्वास गर्छन्, न त त्यसलाई मान्छन्, र तिनीहरूले परमेश्‍वरलाई शङ्का समेत गर्छन्। तर, गैरविश्‍वासी, दियाबलस र दुष्टात्माहरूले कुरा गर्ने तथाकथित बुद्ध वा अमरहरूका कार्यहरू—ख्रीष्टविरोधीहरूले नदेखेका, र मूर्त प्रमाण नभएका कार्यहरूको कुरा आउँदा—तिनीहरूले तत्परताका साथ विश्वास गर्छन्। यो चरम रूपमा दुष्टता देखाउनु हो। परमेश्‍वरका कार्य जतिसुकै महान् वा पृथ्वी हल्लाउने भए पनि, ख्रीष्टविरोधीहरूले अझै पनि शङ्का र अवहेलना गर्छन्, हृदयमा लगातार शङ्का पालिरहन्छन्। तैपनि, जब दियाबलस वा शैतानले कुनै विचित्रको काम गर्छन्, तब तिनीहरू वशीभूत हुन्छन्, र प्रशंसामा शिर झुकाउँछन्। परमेश्‍वरले जति महान् काम गरे पनि, तिनीहरूले परमेश्‍वरप्रतिको डर वा साँचो आस्था उत्पन्न गर्न सक्दैनन्। त्यस विपरीत, तिनीहरूले तत्परताका साथ शैतानका झूटलाई विश्वास गर्छन्, र पूर्ण हृदयले तिनलाई श्रद्धा गर्छन्। यो दुष्टता प्रदर्शन गर्नु हो। ख्रीष्टविरोधीहरूले परमेश्‍वरलाई शङ्का गर्छन् भन्ने तथ्य सधैँ अस्तित्वमा रहन्छ। तिनीहरू परमेश्‍वर यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ भन्ने कुरालाई कहिल्यै विश्वास गर्दैनन्, र परमेश्‍वर सत्य हुनुहुन्छ भन्ने कुरा कहिल्यै मान्दैनन्; यी कुराहरूको गवाही जतिसुकै मानिसहरूले दिए पनि वा जतिसुकै प्रमाण पेश गरिए पनि, तिनीहरूले तिनलाई न त मान्न सक्छन्, न त विश्वास गर्न नै सक्छन्। एकातिर, यो ख्रीष्टविरोधीहरूको दुष्ट स्वभाव सारका कारण हुन्छ, र अर्कोतिर, यसले यी मानिसहरूमा सामान्य मानवताको विचार प्रक्रियाको कमी भएकाले त्यस्ता व्यक्तिहरू निश्चय नै मानव होइनन् भन्ने कुरालाई सङ्केत गर्छ। तिनीहरूसँग सामान्य मानवताका विचार प्रक्रियाको कमी हुन्छ भन्नुको अर्थ के हो? यसको अर्थ के हो भने, तिनीहरूमा सकारात्मक कुराहरू, सत्यता, र यावत् थोकपछाडिको सार र मूलबारे सही मूल्याङ्कन र बुझाइको कमी हुन्छ। परमेश्‍वरका वचन पढेर, प्रवचनहरू सुनेर, अनि परमेश्‍वरका वचनहरू अनुभव गरेर पनि तिनीहरू पुष्टि वा विश्वास गर्न सक्दैनन्, बरु शङ्कामै डुबिरहन्छन्। यो कुरा स्पष्ट छ कि यी व्यक्तिहरूमा सामान्य मानवताका विचार प्रक्रियाको कमी हुन्छ। के सामान्य विचार प्रक्रियाको कमी भएका, सत्यता, परमेश्‍वरका वचन, र सकारात्मक कुरा र तथ्यहरू बुझ्न नसक्ने मानिसहरू मानव नै हुन् त? (होइनन्। तिनीहरू मानव होइनन्।) तिनीहरू मानव होइनन्, तर तिनीहरू जनावर हुन् भनेर भन्न त सकिन्न, किनकि जनावरहरूमा दुष्ट स्वभाव हुँदैन; यी व्यक्तिहरूमा दुष्ट स्वभाव हुने भएकाले, यो वाक्य सही ठहरिन्छ: यी व्यक्तिहरू वास्तवमा नै पैशाचिक प्रकृति भएका खाँटी ख्रीष्टविरोधी हुन्। शङ्का भनेको ख्रीष्टविरोधीहरूले परमेश्‍वरप्रति प्रकट गर्ने सोचहरूमा रहेको एउटा स्थिति हो, र यो तिनीहरूको व्यवहारमा प्रकाश हुने एक खालको स्वभाव सार पनि हो, जुन सबैभन्दा सतही, आधारभूत, बाहिरी, र आम प्रकटीकरण हो।

(२) छानबिन

ख्रीष्टविरोधीहरूको हृदय, परमेश्‍वरबारेको शङ्काले भरिएको हुन्छ, त्यसोभए के तिनीहरूले साँचो रूपमा परमेश्‍वरका वचन, उहाँको स्वभाव, र उहाँको कामलाई स्विकार्छन्? के तिनीहरू साँचो रूपमा यी सबमा समर्पित हुन्छन्? के तिनीहरूले साँच्चै परमेश्‍वरलाई पछ्याउँछन्? स्पष्ट छ, यसको उत्तर हो, अहँ, तिनीहरूले त्यसो गर्दैनन्। यसपछि के हुन्छ? जब यी व्यक्तिहरू परमेश्‍वरको घरमा आउँछन्, तब तिनीहरूले सोच्छन्: “परमेश्‍वर कहाँ छन्? म उनलाई देख्न सक्दिनँ, म उनको आवाज सुन्न मात्र सक्छु। आवाजबाट मूल्याङ्कन गर्दा त, उनी महिला हुन् जस्तो लाग्छ; शब्दहरूबाट मूल्याङ्कन गर्दा, उनी शिक्षित छिन्, अशिक्षित छैनन् जस्तो देखिन्छ; तर उनको बोल्ने शैली र उनका शब्दका विषयवस्तुबाट मूल्याङ्कन गर्दा, उनले के भनिरहेकी छिन्? यो किन अन्योलपूर्ण सुनिन्छ? सुनिसकेपछि, धेरै मानिसहरू त्यो सत्यता हो भन्छन्, तर मलाई किन त्यस्तो लाग्दैन? यो सब मानवता, मानव स्वभाव, मानिसहरूले आफ्ना कार्यमा प्रकाश गर्ने विविध स्थितिसँग सम्बन्धित विषय हुन्—के यसमा जीवन र मार्ग छ? म साँच्चै बुझ्दिनँ। सुनिसकेपछि सबैले भन्छन् कि तिनीहरूले आफ्नो कर्तव्य बफादारीपूर्वक पूरा गर्नुपर्छ, परमेश्‍वरलाई सन्तुष्ट पार्नुपर्छ, र मुक्ति पछ्याउनुपर्छ। धेरै मानिसले त अनुभवात्मक गवाहीका लेख लेख्ने र गवाही दिने समेत गर्छन्। के यी व्यक्ति परमेश्‍वर हुन्? के उनी परमेश्‍वरजस्तो देखिन्छिन्? मैले उनको अनुहार देखेको छैन; देखेको भए, सायद मैले उनको अनुहारको भाव पढेर ठोस जवाफ पाउनेथिएँ। अहिले, उनको आवाज र उनले भनेका कुरा सुन्दा, म अझै अलि अनिश्चित छु।” तिनीहरूले के गरिरहेका छन्? तिनीहरूले छानबिन र परीक्षा गरिरहेका छन्, वास्तविक परिस्थिति बोध गर्ने प्रयास गरिरहेका छन्, उहाँ साँच्चै परमेश्‍वर हुनुहुन्छ कि हुनुहुन्न भनी हेर्ने, अनि त्यसपछि उहाँलाई पछ्याउने कि नपछ्याउने, उहाँलाई कसरी पछ्याउने भनी निर्धारण गर्ने प्रयास गरिरहेका छन्, र तिनीहरूले प्राप्त गर्न चाहेको आशिष् र गन्तव्यका साथै आफ्ना चाहनाको उत्तर यस व्यक्तिमा पाउन सकिन्छ कि सकिन्न, र तिनीहरूले यस व्यक्तिमार्फत स्वर्गमा हुनुहुने परमेश्‍वर कस्तो हुनुहुन्छ, उहाँ साँच्चै अस्तित्वमा हुनुहुन्छ कि हुनुहुन्न, उहाँको स्वभाव कस्तो छ, मानवप्रति उहाँको विधि र मनोवृत्ति कस्तो हुन सक्छ, र उहाँसँग कस्ता क्षमता, सीप, र अख्तियार छन् भनी निश्चय गर्न खोजिरहेका छन्। के यो परमेश्‍वरलाई छानबिन गर्नु होइन र? स्पष्ट रूपमै हो।

के ख्रीष्टविरोधीहरूले परमेश्‍वरलाई छानबिन गरिरहँदा, परमेश्‍वरका वचनलाई आफ्नो जीवनका रूपमा स्विकार्न, र आफ्नो दैनिक जीवन र व्यवहारका लागि मार्गदर्शन र उद्देश्यका रूपमा लिन सक्छन्? (सक्दैनन्।) एक साधारण भ्रष्ट व्यक्तिले केही समयका लागि परमेश्‍वरलाई छानबिन गर्न सक्ला र त्यसपछि यस्तो सोच्ला, “यो मार्ग गलत हो, मलाई हृदयमा अशान्ति महसुस भइरहेको छ; यसरी परमेश्‍वरलाई छानबिन गरेर मैले उत्तरहरू पाउन सक्दिनँ। परमेश्‍वरको विश्वासीले कसरी उहाँलाई छानबिन गर्न सक्छ? परमेश्‍वरलाई छानबिन गरेर के पाउन सकिन्छ? जब विश्वासीहरूले परमेश्‍वरलाई छानबिन गर्छन्, परमेश्‍वरले तिनीहरूबाट आफ्नो मुहार लुकाउनुहुन्छ, र तिनीहरूले सत्यता पाउन सक्दैनन्। परमेश्‍वरका वचन सत्यता हुन् र मानिसहरूले उहाँका वचनभित्रबाट मार्ग भेट्टाउन र जीवन प्राप्त गर्न सक्छन् भनेर भनिन्छ। मैले यसरी कार्य गर्नु मेरा लागि राम्रो हुँदैन—मैले उहाँलाई छानबिन गरिरहन मिल्दैन।” प्रवचनहरू सुन्दै जाँदा र परमेश्‍वरका वचन पढ्दै जाँदा, तिनीहरूले मानिसहरूमा भ्रष्ट स्वभावहरू हुन्छन् भन्ने कुरा क्रमिक रूपमा पत्ता लगाउँछन्, र यी भ्रष्ट स्वभाव नसुल्झेसम्म तिनीहरू परमेश्‍वरसँग मिल्न, आफ्ना कर्तव्य उचित रूपमा पूरा गर्न, वा कुनै पनि कुरा राम्ररी गर्न सक्दैनन् भन्ने कुरा बिस्तारै महसुस गर्न थाल्छन्। तिनीहरूले मानिसहरूका भ्रष्ट स्वभाव र विद्रोहीपनले तिनीहरूलाई बाधा पुऱ्याइरहेकाले, र तिनीहरूले आफ्ना भ्रष्ट स्वभावअनुसार कार्य गरिरहेकाले, र सत्यता सिद्धान्तहरूअनुसार मामलाहरू सम्हाल्न नसक्ने हुनाले, मानिसहरूले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्दैनन् भन्ने कुरा बिस्तारै पत्ता लगाउँछन्। तिनीहरू त्यसपछि, यस्तो सोच्न थाल्छन्, “मैले कसरी सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्न सक्छु? मेरा भ्रष्ट स्वभाव प्रकट हुँदा, म कसरी तिनलाई सुल्झाउन सक्छु?” मानिसहरूका भ्रष्ट स्वभावको सर्वोत्तम समाधान भनेको सत्यता र परमेश्‍वरका वचन हुन्। मानिसहरूले सत्यताभित्र प्रवेश गर्ने सबैभन्दा सीधा तरिका भनेको तिनीहरूले सत्यता सिद्धान्तहरूको खोजी गर्नु, र आफूले गर्ने सबथोकका लागि सिद्धान्तहरू फेला पार्नु हो। यसले लक्ष्य, दिशा, मार्ग, र अभ्यासका विधि स्थापित गर्छ। यी स्थापित भइसकेपछि, मानिसहरूसँग पछ्याउने मार्ग हुन्छ, र तिनीहरूले, कार्य गर्दा, प्रशासनिक आदेशहरू उल्लङ्घन गर्ने, आफ्ना भ्रष्ट स्वभाव प्रकट गर्ने, वा बाधा र अवरोध पुऱ्याउने खासै सम्भावना हुँदैन, र तिनीहरूले परमेश्‍वरको प्रतिरोध गर्ने सम्भावना त झनै कम हुन्छ। तिनीहरूले यस्तो अनुभव भोगेपछि, आफूले परमेश्‍वरमाथिको विश्वासका लागि उपयुक्त मार्ग भेट्टाएको, र त्यो नै तिनीहरूलाई आवश्यक, तिनीहरूले प्रवेश गर्नुपर्ने, परमेश्‍वरमाथिको विश्वास र जीवनका लागि सही मार्ग भएको, र त्यो उहाँलाई छानबिन गर्नुभन्दा र उहाँप्रति सधैँ पर्ख र हेरको रवैया अपनाउनुभन्दा धेरै राम्रो भएको महसुस गर्छन्। तिनीहरूले परमेश्‍वरलाई छानबिन गर्नु व्यर्थ हो, र कसैले उहाँलाई जतिसुकै छानबिन गरे पनि, यसले तिनीहरूले प्रकट गर्ने विविध भ्रष्ट स्वभावलाई, वा आफ्नो कर्तव्य निर्वाह गर्दा उत्पन्न हुने समस्याहरूलाई सुल्झाउँदैन भन्ने महसुस गर्छन्। त्यसकारण, तिनीहरू परमेश्‍वरलाई छानबिन गर्ने मार्गबाट सत्यता सिद्धान्तहरू खोज्ने मार्गमा बिस्तारै परिगमन गर्छन्। साधारण भ्रष्ट मानवहरूका लागि प्रवेशको सामान्य तरिका र अनुभवात्मक प्रक्रिया यही नै हो। तर, ख्रीष्टविरोधीहरूका हकमा यो अलग छ। परमेश्‍वरको घरमा प्रवेश गरेको र त्यसको सङ्घार पार गरेको पहिलो दिनदेखि नै तिनीहरूले यस्तो सोच्छन्, “परमेश्‍वरको घरभित्रका सबथोक निकै चाखलाग्दा छन्। सबै कुरा कति नयाँ छ—यो गैरविश्‍वासी संसारभन्दा फरक छ। परमेश्‍वरको घरमा सबैजना इमानदार हुनैपर्छ; यो एउटा ठूलो परिवारजस्तो छ, र निकै जीवन्त छ!” आफ्ना ब्रदर-सिस्टरहरूलाई छानबिन गरेपछि, उनीहरूसँग परिचित भएपछि, र उनीहरूलाई राम्ररी बुझेपछि, परमेश्‍वरलाई छानबिन गर्ने समय आउँछ। तिनीहरूले मनमनै सोच्छन्, “परमेश्‍वर कहाँ छन्? परमेश्‍वरले के गर्दैछन्? उनले त्यो कसरी गर्दैछन्? स्वर्गमा हुने परमेश्‍वरलाई छानबिन गर्न गाह्रो छ; उनलाई बुझ्न गाह्रो छ र हामी त्यहाँसम्म पुग्न सक्दैनौँ। तर अब एउटा सुविधाजनक छोटो बाटो छ—परमेश्‍वर पृथ्वीमा आएका छन्, जसले उनलाई छानबिन गर्न सजिलो बनाइदिएको छ।” तीमध्ये केही भाग्यले पृथ्वीमा आउनुभएका परमेश्‍वरको सम्पर्कमा आउँछन् र यस व्यक्तिलाई आफ्नै आँखाले देख्छन्, जसले गर्दा तिनीहरूलाई परमेश्‍वरको छानबिन गर्न झनै सजिलो हुन्छ। तिनीहरूले यो कसरी गर्छन्? तिनीहरूले पृथ्वीमा हुनुहुने परमेश्‍वरका हर्षिलो कुराकानीलाई, उहाँले कुन मामिलाहरूमा एक प्रकारको बोल्ने शैली प्रयोग गर्नुहुन्छ र कुन मामिलाहरूमा अर्को प्रकारको बोल्ने शैली प्रयोग गर्नुहुन्छ भन्ने कुरालाई, उहाँ कुन प्रसङ्गमा हाँस्नुहुन्छ र खुसी हुनुहुन्छ भन्ने कुरालाई, अनि ती समयमा उहाँ केबारे कुरा गरिरहनुभएको हुन्छ भन्ने कुराका साथै, उहाँ खुसी नहुँदा वा रिसाउँदा केका बारेमा कुरा गर्नुहुन्छ भन्ने कुरालाई छानबिन गर्छन्। तिनीहरूले उहाँले के-कस्ता परिस्थितिमा मानिसहरूलाई बेवास्ता गर्नुहुन्छ वा उनीहरूसँग निकै सौहार्दपूर्ण बन्नुहुन्छ, उहाँले कहिले मानिसहरूलाई काटछाँट गर्नुहुन्छ र कहिले गर्नुहुन्न, उहाँले कस्ता मामिलाहरूलाई ध्यान दिनुहुन्छ र कस्तालाई वास्ता गर्नुहुन्न, साथै मानिसहरूले उहाँको पिठ्यूँपछाडि उहाँलाई छानबिन गर्छन्, छलकपट गर्छन् वा चोट पुऱ्याउँछन् भन्ने उहाँलाई थाहा छ कि छैन भन्ने कुराको छानबिन गर्छन्। फराकिला पक्षहरूको छानबिन गरिसकेपछि, ख्रीष्टविरोधीहरू खास-खास मुद्दामा छिर्छन्, जस्तै पृथ्वीमा हुनुहुने परमेश्‍वरले के खानुहुन्छ, के लगाउनुहुन्छ, र उहाँको दैनिकी कस्तो छ। तिनीहरू उहाँले के मन पराउनुहुन्छ, उहाँ कहाँ जान मन पराउनुहुन्छ, र उहाँले कुन रङ्ग मन पराउनुहुन्छ र कुन मन पराउनुहुन्न, उहाँलाई घमाइलो मौसम मन पर्छ कि बादल लागेको, र उहाँ खराब मौसममा बाहिर निस्कनुहुन्छ कि निस्कनुहुन्न भन्ने कुरा—यी सबै विशिष्ट विवरणहरूको छानबिन गर्छन्। ख्रीष्टविरोधीहरू सुरुदेखि अन्त्यसम्म छानबिन गरिरहेका हुन्छन्, र परमेश्‍वरको पहिचान बोकेको यो व्यक्ति के गर्न आएको हो भन्ने कुरालाई बेवास्ता गर्छन्। तिनीहरू भन्छन्, “तिमी यहाँ के गर्न आएका हौ, मलाई त्यसको मतलब छैन; मैले देख्नेबित्तिकै तिमी मेरो छानबिनको पात्र बन्नेछौ।” तिनीहरूको छानबिनको उद्देश्य के हो? तिनीहरू सोच्छन्, “यदि तिमी साँच्चै परमेश्‍वर हौ भन्ने कुराको पुष्टि गर्न सकेँ भने, म दृढतापूर्वक र पूरै हृदयले तिमीलाई पछ्याउन सबथोक छोड्न सक्छु। परमेश्‍वरमा विश्वास गर्नु भनेको बाजी थाप्नु बराबर भएकाले, र तिमीले आफू परमेश्‍वर र परमेश्‍वरको देहधारी देह भएको दाबी गर्ने हुनाले, तिमीमा विश्वास गर्नु भनेको तिमीमा बाजी थाप्नु बराबर हो। म तिम्रो छानबिन नगर्न कसरी सक्छु? मैले तिमीलाई छानबिन गरिनँ भने, त्यो मेरा लागि अन्यायपूर्ण हुनेछ। मैले तिमीलाई छानबिन गरिनँ भने, मैले आफ्नै गन्तव्य, भविष्य, र नियतिको जिम्मेवारी उठाइरहेको हुनेछैनँ। मैले अन्त्यसम्मै तिमीलाई छानबिन गर्नुपर्छ।” आजसम्म, तिनीहरूको सबै छानबिनपछि पनि, तिनीहरू निश्चित छैनन्: “के यो व्यक्ति साँच्चै ख्रीष्ट हो? के ऊ साँच्चै देहधारी परमेश्‍वर हो? यो त्यति स्पष्ट छैन। जे भए पनि, धेरै मानिसहरूले उनलाई पछ्याइरहेका छन्, र सुसमाचार फैलाउने कार्यको परिस्थिति तुलनात्मक रूपमा आशाजनक छ। यो अझै फैलिन्छ जस्तो देखिन्छ, त्यसैले मैले आफूलाई पछि पर्न दिनु हुँदैन। तर मैले अझै पनि उनलाई छानबिन गरिरहनुपर्छ।” तिनीहरूलाई सुधार्न सकिन्न।

ख्रीष्टविरोधीहरूमा दुष्ट स्वभाव सार हुन्छ, त्यसैले तिनीहरूले आफ्नो छानबिन कहिल्यै रोक्दैनन्। तिनीहरूले गैरविश्वासीहरूको कुनै संस्था वा समुदायमा, सबै खालका मानिसहरूलाई छानबिन र शोषण गर्छन्, तिनीहरूका वरिष्ठहरूलाई मन पर्ने कुरा पत्ता लगाउँछन्, तिनीहरूका कमजोरीहरू पहिचान गर्छन्, र त्यसपछि ती वरिष्ठहरूको चापलुसी गर्न आफ्ना कार्यलाई तिनीहरूकै स्वादअनुसार ढाल्छन् र तिनीहरूको सेवा गर्छन्। परमेश्‍वरको घरमा प्रवेश गरेपछि पनि तिनीहरूको प्रकृति बदलिँदैन—तिनीहरूले आफ्नो छानबिन जारी राख्छन्। तिनीहरू परमेश्‍वरलाई छानबिन गर्नु भनेको विश्वासीहरूले पछ्याउनुपर्ने मार्ग होइन भन्ने कुरा बुझ्न असफल हुन्छन्। परमेश्‍वरलाई छानबिन गरेर, तिनीहरूले कहिल्यै परमेश्‍वरका कार्य बुझ्नेछैनन्, वा परमेश्‍वरले व्यक्त गर्नुहुने सबथोक सत्यता हो भन्ने कुरा देख्नेछैनन्, वा परमेश्‍वरका यी सबै सत्यता र कार्य मानवजातिको मुक्तिका लागि हुन् भनी बुझ्नेछैनन्। ख्रीष्टविरोधीहरूले यो बुँदा कहिल्यै बुझ्दैनन्। तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूले लगातार शैतानको सतावट र पछ्याइ भोगेको मात्र देख्छन्। तिनीहरूले दुष्ट मानिसहरूले दुष्ट कार्य गरिरहेको र मण्डलीभित्र बाधा पुऱ्याइरहेको, र धार्मिक संसारका ख्रीष्टविरोधी शक्तिहरूले परमेश्‍वरलाई निरन्तर बदनाम र निन्दा गरेको, तर परमेश्‍वरले यी कुनै कुरा समाधान नगरेको मात्र देख्छन्। त्यसैले, ख्रीष्टविरोधीहरू आफ्ना धारणा र कल्पनाहरूमा टाँसिइरहन्छन्, र परमेश्‍वरले व्यक्त गर्नुभएको कुनै पनि सत्यता स्विकार्न जिद्दीपूर्वक इन्कार गर्छन्। नतिजा के हुन्छ? परमेश्‍वरको प्रतिरोध गर्नका लागि तिनीहरूका धारणा र कल्पना तिनीहरूको प्रमाण बन्छन्। ख्रीष्टविरोधीहरूको नजरमा, यी तथाकथित प्रमाणका टुक्राहरू नै तिनीहरूले परमेश्‍वरको पहिचान र सारमा विश्वास नगर्ने वा तिनलाई स्वीकार नगर्ने कारण हुन्। सत्यता स्विकार्न इन्कार गर्ने हुनाले नै तिनीहरूले कहिल्यै यी तथ्यभित्र रहेका सत्यता, मानिसहरूले बुझ्नुपर्ने र बोध गर्नुपर्ने सत्यता, र परमेश्‍वरका अभिप्रायहरू देख्नेछैनन्। यो तिनीहरूकै छानबिनको नतिजा हो। यी तथ्यहरूको सामना गर्दा, सत्यता पछ्याउने, सत्यतालाई प्रेम गर्ने, र परमेश्‍वरमा साँचो आस्था हुनेहरूले परमेश्‍वरको घरमा जेसुकै घटित भए पनि परमेश्‍वरबाट आउने कुराहरू स्विकार्न र सही तरिकाले प्रतिक्रिया जनाउन सक्छन्, र तिनीहरू परमेश्‍वरलाई पर्खिन, परमेश्‍वरसामु शान्त हुन र उहाँलाई प्रार्थना गर्न, परमेश्‍वरका अभिप्राय बोध गर्न खोज्न, र यी सबथोक हुनुपछाडि परमेश्‍वरका असल अभिप्रायहरू छन् भनेर बुझ्न र बोध गर्न सक्छन्। दुष्ट मानिसहरूलाई प्रकाश गर्न र जरैदेखि उखेलेर फाल्न परमेश्‍वरले मानिसहरूले सोच्नै नसक्ने धेरै कुरा गर्नुहुन्छ। साथसाथै, परमेश्‍वरका चुनिएका मानिसहरूलाई सिद्ध पार्न, र तिनीहरूलाई सुझबुझ पाउने र पाठ सिक्ने तुल्याउन उहाँले सेवा प्रदान गर्नका निम्ति दुष्ट मानिस र तिनीहरूका दुष्कर्म पनि प्रयोग गर्नुहुन्छ। एकातिर, उहाँले तिनीहरूलाई प्रकाश गर्नुहुन्छ र जरैदेखि उखेलेर फाल्नुहुन्छ; अर्कोतिर, उहाँले आफ्ना चुनिएका मानिसहरूलाई कुन कुरा सकारात्मक हुन् र कुन नकारात्मक हुन्, परमेश्‍वरले कसलाई अनुमोदन गर्नुहुन्छ, कसलाई तिरस्कार गर्नुहुन्छ, परमेश्‍वरले कसलाई हटाउनुहुन्छ, र कसलाई आशिष् दिनुहुन्छ भनेर देख्न सक्षम तुल्याउनुहुन्छ। यी सब परमेश्‍वरका चुनिएका मानिसहरूले सिक्नुपर्ने पाठ, सत्यता पछ्याउनेहरूले हासिल गर्नुपर्ने सकारात्मक नतिजा, र मानिसहरूले बुझ्नुपर्ने सत्यता हुन्। तर, तिनीहरूको दुष्ट स्वभाव सारका कारण, ख्रीष्टविरोधीहरूले यी सबैभन्दा बहुमूल्य कुराहरू कहिल्यै पाउनेछैनन्। त्यसकारण, तिनीहरूमा एउटा मात्र स्थिति हुन्छ—परमेश्‍वरको उपस्थितिमा हुँदा उहाँलाई शङ्का गर्नुबाहेक, तिनीहरू उहाँलाई निरन्तर छानबिन गरिरहेका हुन्छन्। तिनीहरू यसको जरामा पुग्न नसके पनि उहाँलाई छानबिन गर्न जारी राख्छन्। यदि तैँले तिनीहरूलाई तिनीहरू थाके कि भनेर सोधिस् भने, तिनीहरू यसो भन्छन्, “बिलकुलै छैन। परमेश्‍वरलाई छानबिन गर्नु त कति रमाइलो, रोचक, चाखलाग्दो, र आकर्षक कुरा हो!” के यी दुष्ट शब्दहरू होइनन् र? तिनीहरूमा शैतानको मुहार छ, तिनीहरूमा ख्रीष्टविरोधीहरूको प्रकृति सार छ। तिनीहरूले सत्यता वा परमेश्‍वरको मुक्ति स्विकार्ने कुनै अभिप्राय राख्दैनन्; तिनीहरू परमेश्‍वरलाई छानबिन गर्न मात्र यहाँ छन्।

(३) आशङ्का

यसपछि, हामी परमेश्‍वरप्रति ख्रीष्टविरोधीहरूको आशङ्काबारे सङ्गति गर्नेछौँ। आशङ्काको शाब्दिक अर्थ के हो? परमेश्‍वरलाई छानबिन गर्नुका निश्चित प्रकटीकरण, सोच, र व्यवहारहरू छन्, र यही कुरा आशङ्काको हकमा पनि साँचो हो भनेर भन्नु पूर्णतः सही हुन्छ। कतिपय मानिसहरूले परमेश्‍वरलाई छानबिन गरिसकेपछि पनि, परमेश्‍वरको स्वभाव साँच्चै के हो वा परमेश्‍वरसँग कस्ता भावनाहरू छन् भन्ने कुरा जान्दैनन्, र परमेश्‍वर साँच्चै अस्तित्वमा हुनुहुन्छ कि हुनुहुन्न भन्नेबारेमा निश्चित हुँदैनन्। तिनीहरू यो साधारण व्यक्ति ख्रीष्ट हो कि होइन वा ऊसँग परमेश्‍वरको सार छ कि छैन भनेर निर्धारण गर्न त झनै सक्दैनन्। तिनीहरू यी कुरा बुझ्दैनन् र तीबारे स्पष्ट हुँदैनन्। पछि, परमेश्‍वरसँग अन्तरक्रिया गर्ने अवसर पाउँदा तिनीहरूले सोच्छन्, “ख्रीष्टले मसँग मानिसहरूले झारा टारुवा तरिकाले कर्तव्य निर्वाह गर्नेबारे सङ्गति गरे; के कसैले मैले झारा टारुवा तरिकाले आफ्नो कर्तव्य निर्वाह गरेको बारे भनेको अनि ख्रीष्टले त्यसबारे थाहा पाएका हुन सक्छन्? के त्यसैकारण हामी भेटेको बेला उनले त्यो कुरा निकाले? यो पक्कै पनि कसैले मेरोबारे कुरा लगाइदिएकाले हो, र ख्रीष्टले थाहा पाएपछि उनले मलाई खुलासा गर्न निसाना साँधे। म कस्तो खालको व्यक्ति हुँ भन्ने जानेर पनि ख्रीष्टले मलाई मन पराउँछन् र? के उनी मप्रति वितृष्ण महसुस गर्छन्, वा मलाई तुच्छ ठान्छन्? के उनले मलाई बर्खास्त गर्ने तयारी गरिरहेका छन्?” केही समय पर्खँदा आफूलाई बर्खास्त नगरिएको देखेपछि, तिनीहरूले यसो सोच्छन्, “उफ्फ, म त निकै तर्सिएको थिएँ। म त ख्रीष्ट क्षुद्र होलान् भन्ने सोचिरहेको थिएँ, तर उनले त्यसो गरेनन्। अब म निश्चिन्त हुन सक्छु।” कतिपयले भन्लान्, “ख्रीष्टसँगको पछिल्लो भेटमा, म अशिक्षित व्यक्तिझैँ असङ्गत रूपमा बोलेँ, र मेरो बोली विचलित थियो। मैले आफ्नो साँचो रूप खुलासा गरेँ। के ख्रीष्टमाथि मेरो नराम्रो छाप पर्नेछ? के पछि उनले मलाई हटाउनेछन्? उनलाई नदेख्दा सबै कुरा ठीक हुन्छ—उनलाई भेटेपछि मात्र मेरा समस्याहरू आइपर्छन्। मैले उनलाई फेरि भेट्नु हुँदैन, उनलाई देख्दा म तर्कनुपर्छ, र उनीदेखि सकेसम्म टाढा बस्नुपर्छ, र मैले ख्रीष्टसँग व्यवहार, अन्तरक्रिया, वा निकट सम्पर्क गर्नु त हुँदै हुँदैन। अन्यथा, उनले मलाई तुच्छ ठान्न सक्छन्।” यी कस्ता सोच र तरिका हुन्? (आशङ्का।) यी आशङ्का हुन्। यसो भन्नेहरू पनि छन्, “गएको भेलामा परमेश्‍वरले एउटा सरल प्रश्न सोध्नुभयो, तर मैले त्यसको जवाफ राम्ररी दिइनँ, जसले मेरा कमजोरी खुलासा गऱ्यो। के परमेश्‍वरले ममा असल क्षमता छैन भन्ने सोच्नुहुनेछ, र के भविष्यमा उहाँले मलाई संवर्धन गर्नुहुनेछैन? पछिल्लो पटक कसैले म मूर्ख छु र मैले सोचविचारै नगरी कार्य गरेँ भन्दै मैले गरेको कुनै कुराको खुलासा गरिदियो। परमेश्‍वरले यो थाहा पाउनुभयो भने, के भविष्यमा उहाँले अझै पनि मलाई सिद्ध पार्नुहुनेछ? परमेश्‍वरको मनमा मेरो हैसियत के छ—उच्च कि निम्न, श्रेष्ठ कि निकृष्ट? म कुन कोष्ठकमा पर्छु? भविष्यमा, परमेश्‍वरसँग कुरा गर्दा, मैले आफ्ना शब्दहरूको खाका तयार पार्नुपर्छ। मैले त्यतिकै बोल्न वा मनमा भएको कुरा भन्न मिल्दैन। मैले अझ धेरै चिन्तन गर्नुपर्छ, कामकुराहरूबारे अझ धेरै सोचविचार गर्नुपर्छ, अझ धेरै ख्याल गर्नुपर्छ, आफ्नो भाषालाई सुव्यवस्थित बनाउनुपर्छ, र ख्रीष्टसामु आफ्नो सबैभन्दा उत्कृष्ट र कुशल पक्ष प्रस्तुत गर्नुपर्छ। त्यो कति अद्भुत र उत्तम हुनेथ्यो!” यो पनि आशङ्का नै हो।

ख्रीष्टविरोधीहरूको दुष्ट स्वभावको अर्को विशेषता भनेको आशङ्का हो। शङ्का र छानबिन गर्नुबाहेक, ख्रीष्टविरोधीहरूले आशङ्का पनि पाल्छन्। छोटकरीमा भन्नुपर्दा, तिनीहरूका सोचमा जुनसुकै पक्ष हाबी भए पनि, तीमध्ये कुनै पनि सत्यता अभ्यास गर्नु र खोज्नुसँग सम्बन्धित छैनन्। के यी तरिका, सोच, वा विधिहरूले ख्रीष्टविरोधीहरूको स्वभाव सार दुष्ट हुन्छ भन्ने कुरालाई पुष्टि गर्न सक्छन्? (सक्छन्।) ख्रीष्टविरोधीहरूले चाहे परमेश्‍वरलाई शङ्का गरिरहेका, परमेश्‍वरको छानबिन गरिरहेका, वा परमेश्‍वरप्रति आशङ्का पालिरहेका भए पनि, तिनीहरू जहिल्यै सत्यतामा केन्द्रित हुन असफल हुन्छन्, तिनीहरू कहिल्यै पछि फर्कँदैनन्, र तिनीहरू सत्यता खोज्दै नखोजी परमेश्‍वरसँग सम्बन्धित मामिलाहरूबारे चिन्तन गर्न र परमेश्‍वरसँग व्यवहार गर्न लगातार यी विधिहरू प्रयोग गर्छन्। यी कार्यहरू जतिसुकै थकाइलाग्दा र कठिन भए पनि, तिनीहरू अथक रूपमा ती गरिरहन्छन् र तिनलाई दोहोऱ्याइरहन्छन्। तिनीहरूले परमेश्‍वरलाई जतिसुकै लामो समयसम्म छानबिन गरेका वा उहाँबारे आशङ्का पालेका भए पनि, वा तिनीहरूले कुनै नतिजा हासिल गरेका वा नगरेका भए पनि, तिनीहरू पहिलेझैँ यो मार्ग पछ्याइरहन्छन्, यसरी नै व्यवहार गरिरहन्छन् र आफ्ना कार्य दोहोऱ्याइरहन्छन्। तिनीहरू यस्तो सोच्दै कहिल्यै आफूलाई जाँच गर्दैनन्, “के सृजित प्राणीले यही विधि र मनोवृत्तिले परमेश्‍वरसँग व्यवहार गर्नुपर्छ? मैले परमेश्‍वरलाई कस्तो व्यवहार गर्छु भन्ने कुराको प्रकृति के हो? मैले कस्तो खालको स्वभाव प्रकाश गरिरहेको छु? के उहाँलाई यस्तो व्यवहार गर्नु सत्यताअनुरूप छ? के परमेश्‍वरले यसलाई घृणा गर्नुहुन्छ? मैले परमेश्‍वरले घृणा गर्नुहुने कामकुराहरू गरिरहेँ भने, अन्तिम परिणाम के हुनेछ? के म परमेश्‍वरद्वारा त्यागिने र हटाइने छु? नकारात्मक परिणामहरू आउने हुनाले, मैले किन परमेश्‍वरका वचन र मागहरूअनुसार कार्य र अभ्यास गर्न सक्दिनँ?” के तिनीहरू यी मामिलाबारे चिन्तन गर्छन्? (गर्दैनन्।) किन गर्दैनन्? किनकि तिनीहरूको चरित्रमा विवेक र चेतनाको कमी हुन्छ। तिनीहरूमा विवेक हुँदैन, त्यसैले थाहै नपाई त्यस्ता अतार्किक र बेतुका कार्य गर्छन्। चेतनाको कमीले तिनीहरूलाई तिनीहरू को हुन् भन्ने कुरा, वा तिनीहरूले अपनाउनुपर्ने पद, दृष्टिकोण, र हैसियत कहिल्यै नबुझ्ने तुल्याउँछ। तिनीहरू कहिल्यै आफू साधारण व्यक्ति, भ्रष्ट मानव, वा परमेश्‍वरले घृणा गर्नुहुने शैतानसमान व्यक्ति वा शैतानको सन्तान भएको महसुस गर्दैनन्। मानिसहरूले स्विकार्नुपर्ने कुराहरू भनेको परमेश्‍वरका वचन, परमेश्‍वरका माग, तिनीहरूलाई परमेश्‍वरले आपूर्ति गर्नुहुने सत्यता हुन्; तिनीहरूले आफू परमेश्‍वरको बराबर भएझैँ गरी उहाँलाई छानबिन गर्नुहुन्न, र अन्य कुनै व्यक्तिसँग अन्तरक्रिया गरेझैँ परमेश्‍वरसँग हाँस्नु र कुरा गर्नुहुन्न—के यी गैर-मानवले गर्ने कुरा होइनन् र? यस क्षणमा ख्रीष्टविरोधीहरूको चरित्र प्रकाश हुन्छ, र ख्रीष्टविरोधीहरूको दुष्ट स्वभाव सार तिनीहरूमाथि हाबी हुन्छ, जसले तिनीहरूलाई अरूलाई हानि गर्ने र आफैलाई पनि कुनै फाइदा नपुऱ्याउने मूल्यहीन र अर्थहीन कार्यहरूमा अथक रूपमा संलग्न हुने तुल्याउँछ। तैपनि, तिनीहरूले छोड्न सक्दैनन्; तिनीहरू यस मार्गका त्रुटि र यी कार्यहरू पछाडिको प्रकृतिबारे अनभिज्ञ नै रहन्छन्। यस मामिलामा जतिसुकै मेहनत, कष्ट, र असफलता संलग्न भए पनि, तिनीहरूले अलिकति पनि आत्म-दोष, आरोप भाव, र ऋणीपन महसुस गर्दैनन्। तिनीहरू परमेश्‍वरको बराबर रहने जिद्दी गरिरहन्छन्, उच्च स्थानबाट परमेश्‍वरलाई छानबिन र घृणासमेत गर्छन्, र उहाँलाई बारम्बार शङ्का गर्छन् र उहाँबारे आशङ्का पाल्छन्। तिनीहरूले जतिसुकै वर्ष परमेश्‍वरमा विश्वास गरेका भए पनि, परमेश्‍वरप्रतिको तिनीहरूको मनोवृत्ति र उहाँसँग व्यवहार गर्ने तरिका कहिल्यै बदलिएको हुँदैन। यदि तिनीहरूले उहाँलाई शङ्का गरिरहेका छैनन् भने, तिनीहरूले उहाँलाई छानबिन गरिरहेका हुन्छन्, अनि उहाँलाई छानबिन गरिरहेका छैनन् भने, उहाँबारे आशङ्का पालिरहेका हुन्छन्। यस्तो लाग्छ, तिनीहरूलाई भूत चढेको छ वा मोहनी लागेको छ—ख्रीष्टविरोधीहरूको दुष्ट सारका विविध प्रकटीकरणहरू यिनै हुन्। ख्रीष्टविरोधीहरू प्राकृतिक रूपमै दुष्ट हुन्छन्; ख्रीष्टविरोधीहरूको सारलाई छर्लङ्ग देख्न नसक्ने केही मानिसहरूले यसो भन्लान्, “के तँ परमेश्‍वरलाई छानबिन गर्नबाट पर रहन सक्दैनस्? के तँ उहाँलाई शङ्का गर्न बन्द गर्न सक्दैनस्? के तँ उहाँबारे आशङ्का पाल्ने कार्य बन्द गर्न सक्दैनस्? यदि तैँले यी कुराहरू गर्न बन्द गरिस् भने, तँ सत्यता बुझ्न, परमेश्‍वरलाई परमेश्‍वरझैँ व्यवहार गर्न, परमेश्‍वरप्रति साँचो आस्था विकास गर्न, र जायज रूपमै परमेश्‍वरका मानिसहरूमध्ये एक बन्न सक्नेछस्; तँसँग अझै पनि एक मानक अनुरूपको सृजित प्राणी बन्ने अवसर हुनेछ, अनि के तँ त्यसपछि परमेश्‍वरका चुनिएका मानिसहरूमध्ये एकको नामको योग्य हुनेछैनस् र? त्यो कति अद्भुत हुनेथ्यो!” तर ख्रीष्टविरोधीहरूले यस्तो प्रत्युत्तर दिन्छन्, “म त्यति मूर्ख छैनँ। मानक अनुरूपको सृजित प्राणी बन्नुको के फाइदा छ र? त्यो निकै पट्यारलाग्दो हुन्छ। मैले परमेश्‍वरलाई शङ्का गर्नु, छानबिन गर्नु, र उहाँबारे आशङ्का पाल्नु मात्र चाखलाग्दो हुन्छ!” ख्रीष्टविरोधीहरूको यो प्रकटीकरण ठूलो रातो अजिङ्गरले भन्ने कुराजस्तै छ: “अरू मानिस र स्वर्गसँग लडाइँ गर्नु अनन्त रमाइलोको स्रोत हो।” ख्रीष्टविरोधीहरूको दुष्ट प्रकृति सारको सही परिभाषा र साँचो प्रतिबिम्ब यही नै हो। सारांशमा भन्नुपर्दा, ख्रीष्टविरोधीहरू अत्यन्तै दुष्ट हुन्छन्, तिनीहरू चरम रूपमा दुष्ट हुन्छन्। परमेश्‍वरमा विश्वास गर्ने तर सत्यता स्विकार्न सरासर इन्कार गर्नेहरू दुष्ट मानिस हुन्। धेरै मानिसहरू ख्रीष्टविरोधीहरूले एक दिन पश्चात्ताप गर्नेछन् भन्ने सोच्दै तिनीहरूलाई सधैँ पश्चात्तापको एउटा मौका दिन चाहन्छन्—के यो तर्क सही छ? भनाइ नै छ नि, “नानीदेखिको बानी कहिल्यै हट्दैन” र “कुकुरको पुच्छर बाह्र वर्ष ढुङ्ग्रोमा राखे पनि बाङ्गो नै हुन्छ।” त्यसकारण, तैँले मानवसँग व्यवहार गर्ने मानकहरू र विधिहरू ख्रीष्टविरोधीहरूसँग व्यवहार गर्न वा तिनीहरूबाट माग गर्नका निम्ति प्रयोग गर्न सक्दैनस्। तिनीहरू जे हुन्, त्यही नै हुन्। तिनीहरूले परमेश्‍वरलाई छानबिन वा शङ्का गरेनन् भने, वा उहाँबारे आशङ्का पालेनन् भने, तिनीहरूले असहज महसुस गर्छन्, किनकि तिनीहरू आफ्नो दुष्ट प्रकृतिद्वारा शासित हुन्छन्।

(४) रक्षात्मकता

यसपछि, हामी प्रतिरक्षात्मकताबारे सङ्गति गर्नेछौँ। ख्रीष्टविरोधीहरूमा एउटा प्रधान र सबैभन्दा स्पष्ट सोच र दृष्टिकोण हुन्छ। तिनीहरू भन्छन्, “मानिसहरूले परमेश्‍वरलाई तिनीहरूको नियतिलाई नियन्त्रण गर्न वा त्यसमाथि सार्वभौम हुन दिनुहुन्न; यदि परमेश्‍वरले कुनै व्यक्तिको नियति नियन्त्रण गरे भने, उसका लागि सब खतम भयो। खुसी प्राप्त गर्न, र कुनै चिन्ता नगरी खान, पिउन, र रमाइलो गर्नका लागि मानिसहरूले नै आफूमाथि नियन्त्रण राख्नुपर्छ। परमेश्‍वरले मानिसहरूलाई खान, पिउन, र रमाइलो गर्न दिँनुहुन्न, उहाँले तिनीहरूलाई राम्रोसँग जिउन दिनुहुन्न; उहाँले मानिसहरूलाई कष्ट भोग्न मात्र लगाउनुहुन्छ। त्यसकारण, हामीले आफ्नो खुसीको कमान आफै लिनुपर्छ; हामीले आफ्नो नियति परमेश्‍वरलाई सुम्पनु, वा निष्क्रिय रूपमा सबथोकका लागि पर्खेर बस्नु, वा परमेश्‍वरलाई तयारी गर्न, र हामीलाई अन्तर्दृष्टि दिन र अगुवाइ गर्न दिनु हुँदैन—हामी त्यस्तो व्यक्ति बन्न मिल्दैन। हामीसँग मानव अधिकार, स्वायत्त कार्यवाहीको अधिकार, र स्वतन्त्र इच्छा छ। हामीले सबथोक परमेश्‍वरलाई रिपोर्ट गर्नु र सबथोकमा उहाँबाट खोजी गर्नुपर्दैन—त्यसले हामीलाई निकै असक्षम देखाउनेछ; मूर्खहरूले मात्र त्यस्तो गर्छन्!” तिनीहरूले के गरिरहेका छन्? (परमेश्‍वरविरुद्ध रक्षात्मक भइरहेका छन्।) कतिपय मानिसले भन्छन्, “परमेश्‍वरसामु शपथ खाँदा सावधान हुनु; आफ्ना शब्दबारे होसियारीपूर्वक सोच्नु। मानिसले कार्य गर्दा स्वर्गले हेरिरहेको हुन्छ!” कतिपयले यसो भन्दै प्रार्थना गर्छन्, “हे परमेश्‍वर, म आफ्नो सम्पूर्ण जीवन र युवावस्था तपाईँलाई अर्पण गर्छु; म जोडी खोज्ने वा विवाह गर्नेछैनँ।” तर यसो भनेपछि तिनीहरूले पछुतो गर्छन्, र सोच्छन्, “के परमेश्‍वरले मेरा शब्दहरू पूरा गर्नेछन्? मलाई साँच्चै जीवनसङ्गीको आवश्यकता पऱ्यो वा बिहे गर्न मन लाग्यो भने के गर्ने? के परमेश्‍वरले मलाई दण्ड दिनेछन्? यो त खराब कुरो हो!” तिनीहरू त्यसबेलादेखि अवसादी र हर्षविहीन हुन्छन्, विपरित लिङ्गीदेखि टाढा बस्छन् र दण्डको डर मान्छन्। तिनीहरूले के गरिरहेका हुन्छन्? (परमेश्‍वरविरुद्ध रक्षात्मक भइरहेका हुन्छन्।) अर्को खालको व्यक्तिले भन्छ, “परमेश्‍वरप्रति आफूलाई समर्पित गर्न न त सजिलो छ, न त सरल नै। तँसँग एउटा वैकल्पिक योजना हुनुपर्छ; आफूलाई परमेश्‍वरप्रति समर्पित गर्नुअघि, तैँले उम्किने एउटा बाटो तयार गर्नुपर्छ। नत्र, साधनस्रोत समाप्त भएपछि परमेश्‍वरले तेरो हेरचाह गर्नेछैनन्! परमेश्‍वरप्रति आफूलाई समर्पित गर्नु तेरो मामिला हो; परमेश्‍वर यावत् थोकमाथि सार्वभौम हुनु अर्कै कुरा हो। परमेश्‍वर यावत् थोकमाथि सार्वभौम छन्—के उनले तँजस्तो सानो व्यक्तिको हेरचाह गर्नेछन्? परमेश्‍वरले ठूल्ठूला मामिलाहरू मात्र सम्हाल्छन्; उनले यी झिनामसिना कुराहरूको वास्ता गर्दैनन्। त्यसकारण, तैँले योजना बनाउनुपर्छ र उम्किने बाटो तयार गर्नुपर्छ; परमेश्‍वरले पछि तँलाई चाहेनन् र निकाले भने, उनले तँलाई कुनै कृपा देखाउनेछैनन्।” यो कस्तो खालको सोचाइ हो? (परमेश्‍वरविरुद्धको रक्षात्मकता।) सामान्यतया, मानिसहरूले धेरै लेखाजोखा गरिरहेका हुन्छन्। कतिपयले चाहिँ अगुवा बनेपछि, केही मूल्य चुकाउँछन्, र आफूलाई साँच्चै अलिकति समर्पित गर्छन्, तर तिनीहरूको खराब मानवता, घिनलाग्दो स्वभाव, र तिनीहरूसँग भएको ख्रीष्टविरोधीहरूको स्वभावका कारण, तिनीहरूले परमेश्‍वरको घरमा ठूलो नोक्सानी निम्त्याउँछन्। फलस्वरूप, तिनीहरूलाई निकालिन्छ। पछि, तिनीहरूले आफूलाई आचरणमा ढाल्न सिक्छन्, आफूतिर ध्यान आकर्षित गराउँदैनन्, कसैसँग आफ्ना कुरा खोल्दैनन्, र यसो भन्छन्, “म सधैँ मानिसहरूसँग आफ्ना कुरा खोल्ने गर्थेँ, त्यसैले मेरो वास्तविकता सबैलाई थाहा हुन्थ्यो, तर त्यसपछि कसैले परमेश्‍वरको घरमा मलाई रिपोर्ट गरिदियो र मलाई निकालियो। त्यसैले अब मैले आफ्नो मनको ढोका बन्द गर्न, आफैलाई लुकाउन, आफ्नो प्रतिरक्षा र सुरक्षा गर्न सिक्नुपर्छ। म मानिसहरूसँग आफ्ना कुरा खोल्नेबारे सतर्क हुनुपर्छ, र मैले परमेश्‍वरसँग पनि आफ्ना कुरा खोल्नु हुँदैन। म उप्रान्त परमेश्‍वर सत्यता हुन्, र उनी विश्वासयोग्य छन् भनेर विश्वास गर्दिनँ। ब्रदर-सिस्टरहरूमा त मलाई झनै कम भरोसा छ। कोही पनि मेरो भरोसाको लायक छैन, मेरो परिवारका सदस्यहरू वा आफन्तहरू पनि छैनन्, सत्यता पछ्याउनेहरूको त कुरै नगरौँ।” तिनीहरूले के गरिरहेका छन्? (तिनीहरू रक्षात्मक भइरहेका छन्।) ख्रीष्टविरोधीहरूले काटछाँट, असफलता, गिरावट, र प्रकट अनुभव गर्दा यो सबैको लेखाजोखा राख्छन्, र यो भनाइ लिएर आउँछन्: “अरूलाई हानि गर्ने मनसाय कहिल्यै नराख्‍नू, तर अरूले गर्ने हानिप्रति सधैँ रक्षात्मक रहनु।” वास्तवमा, तिनीहरूले अरूलाई निकै हानि पुऱ्याएका हुन्छन्, र अन्त्यमा, तिनीहरूले आफ्नो भेष बदल्छन् र यो भ्रान्ति विकास गर्छन्। धेरै वर्षसम्म परमेश्‍वरमा विश्वास गरेपछि र अनेकौँ असफलता र ठक्करका साथै परमेश्‍वरको प्रकट र काटछाँट अनुभव गरेपछि, सामान्य परिस्थितिहरूमा मानिसहरूले यी असफलताका पाठहरूमार्फत आत्मचिन्तन गर्नुपर्छ र आफूलाई चिन्नुपर्छ, समस्या समाधान गर्न सत्यता खोज्नुपर्छ, र परमेश्‍वरका वचनहरूमा तिनीहरूका असफलता र गिरावटका कारणहरूका साथै तिनीहरूले अपनाउनुपर्ने अभ्यासको मार्ग खोज्नुपर्छ। तर ख्रीष्टविरोधीहरूले यस्तो गर्दैनन्। कैयौँ भूल र असफलतापश्चात्, तिनीहरूले आफ्नो व्यवहारलाई झनै तीव्र बनाउँछन्, परमेश्‍वरबारे तिनीहरूको शङ्का झनै बढ्छन् र झनै गम्भीर बन्छन्, तिनीहरूले परमेश्‍वरलाई गर्ने छानबिन झनै उग्र बन्छ, परमेश्‍वरबारे तिनीहरूको आशङ्का झनै गहन बन्छ, र त्यसरी नै, तिनीहरूको हृदय परमेश्‍वरविरुद्धको रक्षात्मकताले भरिन्छ। तिनीहरूको प्रतिरक्षात्मकता गुनासा, रिस, अवज्ञा, र आक्रोशले भरिपूर्ण हुन्छ, र तिनीहरूले बिस्तारै परमेश्‍वरविरुद्ध इन्कार, आलोचना, र निन्दा समेत विकास गर्छन्। के तिनीहरू बढ्दो खतरामा छैनन् र? (छन्।)

परमेश्‍वर, परमेश्‍वरले खडा गर्नुभएका वातावरण र मानिस, घटना, र कामकुराहरू, परमेश्‍वरले ख्रीष्टविरोधीहरूलाई प्रकाश गर्नु र ताडना दिनु, इत्यादिप्रति ख्रीष्टविरोधीहरूको मनोवृत्तिबाट मूल्याङ्कन गर्दा, के तिनीहरूले सत्यताको खोजी गर्ने अलिकति पनि अभिप्राय राख्छन् त? के तिनीहरूले परमेश्‍वरमा समर्पित हुने अलिकति पनि अभिप्राय राख्छन्? के तिनीहरूमा यो सब आकस्मिक रूपमा भएको होइन, बरु परमेश्‍वरको सार्वभौमिकताअन्तर्गत पर्छ भन्ने अलिकति पनि आस्था छ त? के तिनीहरूमा यो बुझाइ र सचेतना छ? स्पष्ट छ, छैन। तिनीहरूको रक्षात्मकताको जड परमेश्‍वरबारे तिनीहरूको शङ्काबाट आउँछ भनेर भन्न सकिन्छ। तिनीहरूको आशङ्काको जड पनि परमेश्‍वरबारे तिनीहरूको शङ्काबाट आउँछ भनेर भन्न सकिन्छ। तिनीहरूले परमेश्‍वरलाई गर्ने छानबिनका नतिजाले तिनीहरूमा परमेश्‍वरबारे थप आशङ्का उत्पन्न गराउँछ, र साथसाथै परमेश्‍वरविरुद्ध थप प्रतिरक्षात्मक बनाउँछ। ख्रीष्टविरोधीहरूको सोचाइबाट उत्पन्न विविध सोच र दृष्टिकोण, साथै यी सोच र दृष्टिकोणको प्रभुत्वअन्तर्गत पैदा भएका विविध तौरतरिका र व्यवहारबाट मूल्याङ्कन गर्दा, यी मानिसहरू एकदम समझहीन छन्; तिनीहरू सत्यता बुझ्न सक्दैनन्, तिनीहरू परमेश्‍वरप्रति साँचो आस्था विकास गर्न सक्दैनन्, तिनीहरू परमेश्‍वरको अस्तित्वमा पूर्ण रूपमा विश्वास गर्न र त्यसलाई स्विकार्न सक्दैनन्, र तिनीहरू परमेश्‍वर सारा सृष्टिमाथि सार्वभौम हुनुहुन्छ, उहाँ सबथोकमाथि सार्वभौम हुनुहुन्छ भन्ने कुरालाई विश्वास गर्न र स्विकार्न सक्दैनन्। यो सब तिनीहरूको दुष्ट स्वभाव सारका कारण हो।

डिसेम्‍बर १९, २०२०

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्