परिशिष्ट पाँच: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग दुई) खण्ड एक

आ. चरित्र र स्वभाव सारबीचको भिन्नता

हामीले पछिल्लो पटक, ख्रीष्टविरोधीहरूको चरित्रको सारांश निकाल्यौँ। के तिमीहरू यसमा के-के पर्छन् भनेर बताउन सक्छौ? (पहिलो विषयवस्तु हो, झुट बोल्ने बानी; दोस्रो हो, कपटी र निर्दयी हुनु; तेस्रो हो, सम्मानबोध नभएको र लाजसरम पचेको बन्‍नु; चौथो हो, स्वार्थी र दुष्ट हुनु; पाँचौँ हो, शक्तिशालीसँग लपक्क टाँसिनु र कमजोरलाई दमन गर्नु; र छैठौँ हो, सामान्य मानिसहरूले भन्दा भौतिक वस्तुहरूको धेरै चाहना राख्ने हुनु।) समग्रमा छ वटा विषयवस्तु छन्। यी छ विषयवस्तु हेर्दा, ख्रीष्टविरोधीहरूको चरित्रमा मानवता, विवेक, र समझ नरहेको देख्न सकिन्छ। तिनीहरूमा न्यून निष्ठा हुन्छ, र तिनीहरूको चरित्र घिनलाग्दो हुन्छ। उदाहरणका लागि, मानौँ तँ कुनै व्यक्तिको स्वभाव, वा त्यो स्वभाव असल छ कि खराब भनेर जान्दैनस् वा बुझ्न सक्दैनस्, तर उसको चरित्रबारे जानेर तैँले उसको चरित्र घिनलाग्दो छ भन्ने पत्ता लगाउँछस्, जस्तै झुट बोल्ने बानी भएको, सम्मानबोध नभएको, वा कपटी र निर्दयी रहेको। त्यसपछि तैँले उसलाई विवेक, दयालु हृदय, वा भद्र चरित्र नभएको, बरु खराब, एकदमै कमजोर, र दुष्ट मानवता भएको व्यक्तिका रूपमा प्रारम्भिक रूपमा चित्रण गर्न सक्छस्। यदि त्यस्ता मानिसहरूसँग हैसियत छैन भने, तिनीहरूलाई अस्थायी रूपमा दुष्ट मानिसहरूका रूपमा चित्रण गर्न सकिन्छ; तिनीहरूको चरित्र मूल्याङ्कन गर्दा, के तिनीहरूलाई पूर्णतया र सम्पूर्ण रूपले ख्रीष्टविरोधीहरूका रूपमा चित्रण गर्न सकिन्छ? यदि हामीले तिनीहरूको मानवताका यी प्रकटीकरणहरूलाई मात्रै ख्याल गर्ने हो भने, त्यस्ता मानिसलाई ८०% निश्चिततासाथ ख्रीष्टविरोधीहरूका रूपमा चित्रण गर्न सकिन्छ। तिनीहरूमा ख्रीष्टविरोधीहरूको स्वभाव मात्र हुँदैन, र यो केवल तिनीहरूको मानवता दुष्ट, खराब, र कमजोर रहेको अवस्था मात्र होइन, त्यसैले हामीले प्रारम्भिक रूपमा तिनीहरूलाई ख्रीष्टविरोधीहरूका रूपमा चित्रण गर्न सक्छौँ। ख्रीष्टविरोधीहरूका रूपमा चित्रण गरिएको कुनै पनि व्यक्तिमा असल मानवता, इमानदारिता, दया, सरलता, सोझोपन, अरूप्रतिको निष्कपटता, वा सम्मानभाव हुँदैन; त्यसकारण चरित्रका यी पक्षहरू हुने कुनै पनि व्यक्ति ख्रीष्टविरोधी हुँदैन। ख्रीष्टविरोधीहरूको मानवता सर्वप्रथम निकै कमजोर हुन्छ। तिनीहरूमा विवेक र समझको कमी हुन्छ, अनि तिनीहरूमा मानवता र उच्च निष्ठा भएका मानिसहरूमा हुने चरित्र निश्चय नै हुँदैन। त्यसकारण, ख्रीष्टविरोधीहरूको चरित्रका आधारमा मूल्याङ्कन गर्दा, यदि तिनीहरूमा हैसियत छैन र तिनीहरू सामान्य अनुयायी वा आफ्नो कर्तव्य पूरा गरिरहेको कुनै समूहका साधारण सदस्य मात्र हुन्, तर तिनीहरूको चरित्र निकै कमजोर छ, अनि तिनीहरूमा ख्रीष्टविरोधीको चरित्रका विशेषताहरू छन् भने, हामीले प्रारम्भिक रूपमा यी मानिसहरूलाई ख्रीष्टविरोधीहरूका रूपमा चित्रण गर्न सक्छौँ। अनि छर्लङ्गै देख्न नसकिनेहरूका हकमा चाहिँ के गर्नुपर्छ? तिनीहरूलाई प्रवर्धन गर्नु वा हैसियत दिनु हुँदैन। कतिपयले भन्न सक्छन्, “यदि हामीले तिनीहरूलाई हैसियत दियौँ भने, के त्यसले तिनीहरू ख्रीष्टविरोधी हुन् होइनन् भन्ने कुरा निर्धारित गर्दैन र?” के यो भनाइ सही छ? (अहँ, छैन।) यदि हामीले त्यस्ता मानिसहरूलाई हैसियत दियौँ भने, तिनीहरूले ख्रीष्टविरोधीहरूले गर्ने कुराहरू नै गर्नेछन्, र तिनीहरूले ख्रीष्टविरोधी जे-जे गर्न सक्षम हुन्छ, ती सब गर्नेछन्। सबभन्दा पहिले, तिनीहरूले स्वतन्त्र राज्यहरू स्थापना गर्नेछन्, र त्यस-अतिरिक्त, तिनीहरूले मानिसहरूलाई नियन्त्रण गर्नेछन्। के यस्तो मानिसले परमेश्‍वरको घरलाई फाइदा हुने कामकुरा गर्नेछ? (अहँ, गर्नेछैन।) यस्ता मानिसहरूले एकपटक हैसियत पाएपछि स्वतन्त्र राज्यहरू स्थापना गर्न, मनोमानी रूपमा कार्य गर्न, बाधा र अवरोध पुर्‍याउन, गुटहरू बनाउन, र दुष्ट मानिसहरूका सबै कार्य अघि बढाउन सक्छन्। यो त दाखबारीमा स्याल पस्न दिनुसरह हो, अर्थात् परमेश्‍वरका चुनिएका मानिसहरूलाई दुष्ट मानिसहरूको हातमा राख्नु, र तिनीहरूलाई दियाबलसहरू र शैतानहरूको हातमा सुम्पनुसरह हो। एकपटक यी मानिसहरू सत्तामा आइसकेपछि, तिनीहरू निस्सन्देह नै ख्रीष्टविरोधीहरू हुन् भन्ने पूर्वनिष्कर्ष निस्कन्छ। यदि कसैले कुनै व्यक्ति ख्रीष्टविरोधी हो कि होइन भन्ने कुरा उसको चरित्रका आधारमा मात्रै निर्धारित गर्छ भने, सत्यतथ्य थाहा नभएका, ख्रीष्टविरोधीको स्वभाव सार नबुझ्ने वा खुट्ट्याउन नसक्ने धेरैलाई यो सब अलिक ज्यादा भएजस्तो लाग्न सक्छ। तिनीहरूले यस्तो सोच्न सक्छन्, “केवल यसैका आधारमा किन कसैलाई पूर्ण रूपमा नकार्नु वा निन्दा गर्नु? केही गर्नुअघि नै तिनीहरूलाई ख्रीष्टविरोधीको बिल्ला भिराउनु अन्यायपूर्ण देखिन्छ।” तर ख्रीष्टविरोधीहरूको स्वभाव सारका आधारमा मूल्याङ्कन गर्दा, तिनीहरूमा निस्सन्देह रूपमा नै असल मानवता हुँदैन। पहिलो कुरा त, तिनीहरू निश्चय नै सत्यता पछ्याउनेहरू होइनन्; दोस्रो कुरा, तिनीहरू निस्सन्देह रूपमा नै सत्यतालाई प्रेम गर्दैनन्; यसअतिरिक्त, तिनीहरू परमेश्‍वरका वचनहरूमा समर्पित हुने, परमेश्‍वरको डर मान्ने, र दुष्टताबाट अलग बस्ने खालका मानिसहरू बिलकुलै होइनन्। त्यस्ता गुण नहुने मानिसहरूका हकमा, तिनीहरूको चरित्र भद्र छ कि नीच, असल छ कि खराब भन्ने कुरा एकदमै प्रस्ट हुन्छ।

हामीले पछिल्लो भेलामा, ख्रीष्टविरोधीहरूको चरित्रमार्फत प्रकट हुने विविध व्यवहार, बोल्ने र मामला सम्हाल्ने तरिका, आदि इत्यादिबारे सङ्गति गर्‍यौँ। यदि हामीले कुनै व्यक्ति ख्रीष्टविरोधी हो होइन भन्ने कुरा उसको चरित्रका आधारमा पूर्ण रूपमा निर्धारित गर्न सक्दैनौँ भने, हामीले ख्रीष्टविरोधीहरूको स्वभाव सारबारे थप सङ्गति गर्नु आवश्यक हुन्छ। एकातिर ख्रीष्टविरोधीहरूको चरित्र, र अर्कोतिर तिनीहरूको स्वभाव सार जाँचेर अनि खुट्ट्याएर, र त्यसपछि यी दुवैलाई जोडेर हामीले कुनै व्यक्तिमा ख्रीष्टविरोधी स्वभाव मात्र छ कि ऊ वास्तवमै ख्रीष्टविरोधी हो भन्ने कुरा निर्धारित गर्न सक्छौँ। आज, हामी ख्रीष्टविरोधीहरूमा के-कस्ता स्वभाव सारहरू हुन्छन् त्यसको सारांश निकालौँ। यो एउटा झनै महत्त्वपूर्ण विशेषता हो, जसले हामीलाई कुनै व्यक्ति ख्रीष्टविरोधी हो कि होइन भनेर अझ राम्रोसँग पहिचान गर्ने, खुट्ट्याउने, वा निर्धारण गर्ने तुल्याउँछ।

स्वभावका सम्बन्धमा, हामीले पहिले त्यसको एक ठोस सारांश निकालेका थियौँ—मानिसहरूका भ्रष्ट स्वभावहरू के-के हुन्? (हठीपन, अहङ्कार, छलीपन, सत्यताप्रतिको वितृष्णा, क्रूरता, र दुष्टता।) ती करिबकरिब यिनै छ स्वभावहरू हुन्, अनि स्वार्थीपन र नीचताजस्ता स्वभावका अन्य व्याख्याहरू पनि यी छमध्येकै कुनै एकसँग कहीँकतै सम्बन्धित वा त्योजस्तै छन्। मलाई भन त, के कसैको चरित्र र स्वभाव सारबीच कुनै भिन्‍नता हुन्छ? त्यो भिन्‍नता के हो? चरित्र मुख्यतः विवेक र समझका आधारमा मापन गरिन्छ। यसमा कुनै व्यक्तिमा निष्ठा छ कि छैन, उसको निष्ठा उच्च छ कि छैन, उसमा मर्यादा छ कि छैन, उसमा मानव नैतिकता छ कि छैन, त्यो नैतिकता कुन स्तरको छ, ऊसँग आफूलाई कसरी आचरणमा ढाल्ने भन्‍नेबारे कुनै न्यूनतम सीमारेखा वा सिद्धान्त छ कि छैन, उसको मानवता असल छ कि दुष्ट, अनि ऊ साधारण र इमानदार छ कि छैन भन्ने कुराहरू पर्छन्—यी पक्षहरू मानव चरित्रसँग सम्बन्धित छन्। चरित्र मूलतः मानिसहरूले आफ्नो दैनिक जीवनमा प्रकट गर्ने असलता र दुष्टताप्रतिका, सकारात्मक र नकारात्मक कुराहरूप्रतिका, अनि सही र गलतप्रतिका छनौट र झुकावहरूले बनेको हुन्छ—यो यिनै कुराहरूसँग सम्बन्धित छ। यसमा मुख्य रूपमा सत्यता संलग्न हुँदैन; यसलाई विवेकको मानक, साथै असल र दुष्ट मानवताको मानक प्रयोग गरेर मात्र मापन गरिन्छ, र यो सत्यताको स्तरसम्म खासै पुग्दैन। यदि स्वभाव संलग्न छ भने, यसलाई व्यक्तिको सार प्रयोग गरेरै मापन गर्नुपर्छ। तिनीहरूले असलता वा दुष्टता जे रुचाए पनि, अनि इन्साफ र दुष्टता, साथै सकारात्मक र नकारात्मक कुराहरूको सवालमा, तिनीहरूले के प्रकट गर्छन्, र तिनीहरूका छनौटहरू र तिनीहरूले प्रकट गर्ने स्वभावहरू वास्तवमा के हुन्, अनि तिनीहरूको प्रतिक्रिया के-कस्तो हुन सक्छ—यी कुराहरू सत्यता प्रयोग गरेरै मापन गर्नुपर्छ। यदि कुनै व्यक्तिको चरित्र तुलनात्मक रूपमा दयालु छ भने, यदि उसमा विवेक र समझ छ भने, के उसमा भ्रष्ट स्वभाव छैन भनेर भन्न सकिन्छ? (अहँ, सकिन्न।) यदि कुनै व्यक्ति अत्यन्तै दयालु छ भने, के उसमा अहङ्कार हुन्छ? (हो, हुन्छ।) यदि कुनै व्यक्ति एकदमै इमानदार छ भने, के उसमा हठी स्वभाव हुन्छ? (हो, हुन्छ।) यो भन्न सकिन्छ कि, कुनै व्यक्तिको चरित्र जतिसुकै राम्रो भए पनि, उसको निष्ठा जतिसुकै उच्च भए पनि, यी सबको अर्थ उसमा भ्रष्ट स्वभाव छैन भन्ने हुँदैन। यदि व्यक्तिमा विवेक र समझ छ भने, के यसको अर्थ तिनीहरू कहिल्यै परमेश्‍वरको प्रतिरोध वा उहाँविरुद्ध विद्रोह गर्दैनन् भन्ने हुन्छ? (अहँ, हुँदैन।) त्यसोभए यो विद्रोह कसरी हुन्छ? यो मानिसहरूमा भ्रष्ट स्वभाव भएकोले, र तिनीहरूको स्वभाव सारमा हठीपन, अहङ्कार, दुष्टता, आदि इत्यादि भएकोले गर्दा हुन्छ। त्यसकारण, व्यक्तिको चरित्र जतिसुकै राम्रो भए पनि, यसको अर्थ ऊसँग सत्यता छ, उसमा भ्रष्ट स्वभाव छैन, वा ऊ परमेश्‍वरको प्रतिरोध गर्न, उहाँलाई धोका दिन, र उहाँविरुद्ध विद्रोह गर्नबाट जोगिन, अनि सत्यता नपछ्याई परमेश्‍वरमा समर्पित हुन सक्छ भन्ने हुँदैन। यदि उसमा असल चरित्र छ, ऊ तुलनात्मक रूपमा साधारण, इमानदार, सीधा, दयालु हृदयवाला छ, र उसमा सम्‍मानबोध छ भने, यसको अर्थ उसमा सत्यता स्विकार्न सक्ने चरित्र भएको कारण उसले सत्यता स्विकार्न, सत्यतालाई प्रेम गर्न, र परमेश्‍वरले जे गर्नुहुन्छ त्यसमा समर्पित हुन सक्छ भन्ने मात्र हुन्छ।

असल वा खराब चरित्र विवेक, नैतिकता, र निष्ठाजस्ता आधारभूत मापदण्ड प्रयोग गरेर मापन गरिन्छ। तर, व्यक्तिको स्वभाव सारचाहिँ यसभन्दा अघि उल्लेख गरिएका छवटा भ्रष्ट स्वभावहरू प्रयोग गरेरै मापन गर्नुपर्छ। यदि व्यक्तिमा उच्च नैतिक मानक, निष्ठा, विवेक, समझ, र दयालु हृदय छ भने, उसको चरित्र तुलनात्मक रूपमा असल छ मात्र भन्न सकिन्छ। तर, त्यसको अर्थ त्यस व्यक्तिले सत्यता बुझ्छ, ऊसँग सत्यता छ, वा उसले सत्यता सिद्धान्तहरूअनुसार मामिलाहरू सम्हाल्न सक्छ भन्ने हुँदैन। यसले के पुष्टि गर्छ? ऊसँग असल चरित्र, तुलनात्मक रूपमा भद्र निष्ठा, र आफूलाई आचरणमा ढाल्ने र कार्य गर्ने उच्च नैतिक मानक भए पनि, यसको अर्थ उसमा भ्रष्ट स्वभाव छैन, ऊसँग सत्यता छ, वा उसको स्वभाव पूर्ण रूपमा परमेश्‍वरका मागहरूअनुरूप हुन्छ भन्ने हुँदैन। यदि व्यक्तिको भ्रष्ट स्वभावमा कुनै परिवर्तन देखिँदैन र उसले सत्यता बुझ्दैन भने, उसको चरित्र जतिसुकै असल भए पनि, ऊ साँचो रूपमा असल व्यक्ति होइन। मानौँ कुनै व्यक्तिले स्वभावमा तुलनात्मक परिवर्तन अनुभव गर्छ, अर्थात्, उसले आफ्ना कार्यहरूमा सत्यता खोज्छ, मामिलाहरू सम्हाल्ने तरिकामा सक्रिय रूपमा सत्यता सिद्धान्तहरू पछ्याउँछ, र सत्यता र परमेश्‍वरमा समर्पित हुन्छ, अनि बेलाबेलामा उसको भ्रष्ट स्वभाव सतहमा देखा परे पनि, उसले अहङ्कार र छलीपन, र गम्भीर अवस्थामा क्रूर स्वभाव प्रकाश गरे पनि, समग्रमा, उसका कार्यहरूका स्रोत, दिशा, र उद्देश्य सत्यता सिद्धान्तहरूअनुरूप हुन्छन्, र उसले कार्य गर्दा खोजी र समर्पणतासाथ गर्छ। त्यसैले, के उसको चरित्र स्वभावमा कुनै परिवर्तन नदेखाउने व्यक्तिहरूको भन्दा भद्र हुन्छ भनेर भन्न सकिन्छ? (सकिन्छ।) यदि कुनै व्यक्तिको चरित्र केवल प्राकृतिक रूपमा असल छ, र अरूको नजरमा उसको मानवता असल छ, तर उसले सत्यता पटक्कै बुझ्दैन, ऊ परमेश्‍वरबारे धारणा र कल्पनाहरूले भरिएको छ, ऊ परमेश्‍वरका वचनहरू अनुभव गर्न जान्दैन, र परमेश्‍वरले गर्नुहुने सबथोकमा कसरी समर्पित हुने भन्ने त कुरै छोडौँ, ऊ परमेश्‍वरका योजनाबद्ध कार्य र प्रबन्धहरूलाई कसरी स्वीकार गर्ने भन्नेबारे समेत अनभिज्ञ छ भने, के ऊ साँचो रूपमा असल व्यक्ति हो त? वास्तवमा भन्नुपर्दा, ऊ साँचो रूपमा असल व्यक्ति होइन, तर उसको चरित्र निकै असल छ भनेर चाहिँ ठीकसँग भन्न सकिन्छ। निकै असल चरित्र हुनु भनेको के हो? यसको अर्थ कानून तोड्न र नैतिक सम्बन्धहरू उल्लङ्घन गर्नबाट जोगिनु मात्र नभई, तुलनात्मक निष्ठा हुनु, आफ्ना कार्य र अरूसँगको अन्तरक्रियामा तुलनात्मक रूपमा निष्पक्ष र न्यायसङ्गत हुनु, अरूको फाइदा नउठाउनु, तुलनात्मक रूपमा इमानदार हुनु, अरूलाई चोट वा हानि नपुऱ्याउनु, विवेकसाथ कार्य गर्नु, र निश्चित नैतिक मानक हुनु हो—यो यी दुई मानकभन्दा अलिक उच्च कुरा हो। जब मानिसहरूले यस्तो व्यक्तिसँग अन्तरक्रिया गर्छन्, तिनीहरूलाई त्यो व्यक्ति तुलनात्मक रूपमा सोझो छ र सँगै छँदा तिनीहरू ऊविरुद्ध प्रतिरक्षात्मक रहनुपर्दैन भन्ने महसुस गर्छन्, किनकि त्यस व्यक्तिले अरूलाई हानि वा चोट पुऱ्याउँदैन र ऊसँग अन्तरक्रिया गर्दा मानिसहरूको मन शान्त रहन्छ—यी गुणहरू हुनु भनेको एक निकै असल व्यक्तिको सङ्केत हो। तर, सत्यता बुझ्ने र सत्यता अभ्यास गर्न र त्यसमा समर्पित हुन सक्नेहरूको तुलनामा, त्यस्तो मानवता कत्ति पनि भद्र होइन। अर्को शब्दमा भन्नुपर्दा, व्यक्तिको मानवता जतिसुकै असल भए पनि, त्यसले सत्यता बुझ्नु वा सत्यता अभ्यास गर्नुलाई प्रतिस्थापन गर्न सक्दैन, र त्यसले स्वभावमा परिवर्तनलाई निश्चय नै प्रतिस्थापन गर्न सक्दैन।

चरित्रले मानिसहरूको विवेक, नैतिकता, र निष्ठालाई जनाउँछ। व्यक्तिको चरित्र मापन गर्न उसको विवेक, नैतिकता, र निष्ठालाई मूल्याङ्कन गर्नु आवश्यक हुन्छ। तर स्वभावले के जनाउँछ, र यसलाई कसरी मापन गरिन्छ? यसलाई सत्यताले, परमेश्‍वरका वचनहरूले मापन गरिन्छ। मानौँ कुनै व्यक्तिको चरित्रको सबै पक्ष राम्रो छ, सबैले ऊ असल व्यक्ति हो भनेर विश्वास गर्छन्, र भ्रष्ट मानवजातिका नजरमा ऊ सिद्ध र पूर्ण छ, उसमा कुनै खोट वा दोष देखिँदैन भनेर भन्न सकिन्छ; तर सत्यताले मापन गर्दा, उसको तथाकथित असलताको सानो अंश पनि मुस्किलले उल्लेख गर्न लायक हुन्छ। उसको स्वभाव जाँच्दा अहङ्कार, हठीपन, छलीपन, दुष्टता, सत्यताप्रतिको वितृष्णा, अनि त्योभन्दा पनि बढी, क्रूर स्वभावको प्रकटीकरणसमेत भेट्टाउन सकिन्छ। के यो तथ्य होइन र? (हो।) व्यक्तिको स्वभाव सारलाई कसरी मापन गरिन्छ? यसलाई सत्यताले, सत्यता र परमेश्‍वरप्रति व्यक्तिको मनोवृत्तिको मूल्याङ्कन गरेर गरिन्छ। यसरी, त्यस व्यक्तिको भ्रष्ट स्वभाव पूर्णतया र सम्पूर्ण रूपले प्रकाश हुन्छ। मानिसहरूले उसलाई विवेक, निष्ठा, र उच्च नैतिक मानक भएको व्यक्तिका रूपमा देखे पनि, र अरूमाझ उसलाई सन्त वा सिद्ध व्यक्ति मानिए पनि, सत्यता र परमेश्‍वरसामु आउँदा उसको भ्रष्ट स्वभाव उदाङ्गो हुन्छ, उसमा कुनै सद्गुण हुँदैन, र उसमा पनि बाँकी मानवजातिसमान भ्रष्ट स्वभावहरू छन् भनेर देखिन्छ। जब परमेश्‍वरले सत्यता व्यक्त गर्नुहुन्छ, मानिसहरूसामु देखा पर्नुहुन्छ, र काम गर्नुहुन्छ, उसले अन्य मानिसहरूझैँ हठीपन, अहङ्कार, छलीपन, सत्यताप्रतिको वितृष्णा, दुष्टता, र क्रूरता जस्ता प्रत्येक भ्रष्ट स्वभावहरू प्रकट गर्छ। के त्यस्ता मानिसहरू सिद्ध होइनन्? के तिनीहरू सन्त होइनन्? के तिनीहरू असल मानिस होइनन्? तिनीहरू अरू मानिसहरूका नजरमा मात्र असल हुन्; मानिसहरूमा सत्यता नहुने र उही भ्रष्ट स्वभावहरू हुने भएकाले, तिनीहरूले एकअर्कालाई मापन गर्ने मानक सत्यतामा नभई केवल विवेक, निष्ठा, र नैतिकतामा आधारित हुन्छ। व्यक्तिको चरित्रलाई सत्यताले मापन नगरिँदा त्यो कस्तो देखिन्छ? के ऊ साँचो रूपमा असल व्यक्ति हो? स्पष्टतः होइन, किनकि अरू मानिसहरूद्वारा असल भनेर निर्क्योल र मूल्याङ्कन गरिएको व्यक्तिमा कुनै पनि भ्रष्ट स्वभावको कमी हुँदैन। त्यसोभए, मानिसहरूका भ्रष्ट स्वभाव कसरी विकसित र खुलासा हुन्छन्? परमेश्‍वरले सत्यता व्यक्त नगर्दा वा उहाँ मानवजातिसामु देखा नपर्दा, मानिसहरूका भ्रष्ट स्वभाव अस्तित्वमै नरहेझैँ देखिन्छ। तर जब परमेश्‍वरले सत्यता व्यक्त गर्नुहुन्छ र मानिसहरूसामु देखा पर्नुहुन्छ, तब तथाकथित सन्त वा अरूका नजरमा सिद्ध मानिसहरूका भ्रष्ट स्वभाव पूर्ण रूपमा खुलासा हुन्छन्। यस दृष्टिकोणबाट हेर्दा, मानिसहरूका भ्रष्ट स्वभाव तिनीहरूको चरित्रसँग सह-अस्तित्वमा रहन्छन्। परमेश्‍वर देखा पर्नुहुँदा मात्र मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ भन्ने होइन; बरु, जब परमेश्‍वरले सत्यता व्यक्त गर्नुहुन्छ अनि मानवजातिमाझ देखा पर्नुहुन्छ र काम गर्नुहुन्छ, तब तिनीहरूको भ्रष्ट स्वभाव र कुरूपता उदाङ्गो हुन्छ। यस बिन्दुमा, मानिसहरूले असल चरित्रको पछाडि भ्रष्ट स्वभाव पनि हुन्छ भन्ने कुरा बुझ्छन् र पत्ता लगाउँछन्। असल मानिस, सिद्ध मानिस, वा अरूका नजरमा सन्त देखिनेहरूमा पनि अन्य सबैजस्तै भ्रष्ट स्वभाव हुन्छ, र अन्य व्यक्तिभन्दा कहीँकतै कम हुँदैनन्—यी मानिसहरूका भ्रष्ट स्वभाव अरू मानिसहरूका भन्दा पनि लुकेका हुन्छन् र तिनमा बहकाउने क्षमता झनै बढी हुन्छ। त्यसोभए, भ्रष्ट स्वभाव ठ्याक्कै के हो, र स्वभाव सार भनेको के हो? व्यक्तिको भ्रष्ट स्वभाव उसको सार हो; व्यक्तिको चरित्रले आत्म-आचरणका केही सतही नियमलाई मात्र प्रतिनिधित्व गर्छ, र त्यसले व्यक्तिको मानवता सारलाई झल्काउँदैन। जब हामी व्यक्तिको मानवता सारको कुरा गर्छौँ, हामीले उसको स्वभावलाई जनाइरहेका हुन्छौँ। जब हामीले व्यक्तिको चरित्रको कुरा गर्छौँ, हामी उसमा असल अभिप्राय छन् कि छैनन्, ऊ दयालु हृदयको छ कि छैन, उसको निष्ठा कस्तो छ, र उसमा नैतिक मानकहरू छन् कि छैनन् जस्ता बाहिरी रूपमै देखिने पक्षहरूलाई जनाइरहेका हुन्छौँ। के तिमीहरूले अब चरित्र भनेको के हो र स्वभाव सार भनेको के हो भनी बुझ्यौ? यस मामिलालाई भित्री रूपमा आफ्नो हृदयमा मात्रै बोध गर्न सकिन्छ; यसलाई एउटा शब्द वा वाक्यांशले परिभाषित गर्न सकिँदैन। यो निकै जटिल विषय हो। यदि यसलाई अत्यन्तै सङ्कीर्ण रूपमा परिभाषित र व्याख्या गरियो भने, यो मानकीकृत देखिन सक्छ तर वास्तवमा अस्पष्ट हुन्छ। म यसमाथि कुनै परिभाषा लागू गर्नेछैनँ, मैले यसलाई यसरी व्याख्या गरेको छु, र यदि तिमीहरूले भित्री रूपमा यसलाई बोध गऱ्यौ भने, तिमीहरूले यसलाई बुझ्नेछौ।

मानिसका कुल छ वटा भ्रष्ट स्वभावहरू छन्: हठीपन, अहङ्कार, छलीपन, सत्यताप्रतिको वितृष्णा, क्रूरता, र दुष्टता। यी छमध्ये कुन चाहिँ तुलनात्मक रूपमा गम्भीर हुन्छन्, अनि कुन चाहिँ अलिक साधारण वा सामान्य, तीक्ष्णताको हिसाबले अलिक मन्द, र परिस्थितिको हिसाबले कम तीव्र हुन्छन्? (हठीपन, अहङ्कार, र छलीपन अलिक मन्द हुन्छन्।) त्यो सही हो। तिमीहरूमा मानिसका भ्रष्ट स्वभावहरूका विभिन्न प्रकटीकरणसम्बन्धी अलिकति बोध र बुझाइ भएजस्तो देखिन्छ। यी तीन स्वभाव शैतानद्वारा भ्रष्ट तुल्याइएको मानवजातिमा रहेका भ्रष्ट स्वभावसँग पनि सम्बन्धित छन्, र सारका हिसाबले, तिनलाई परमेश्‍वरले पनि घृणा गर्नुहुन्छ, ती सत्यतासँग मेल खाँदैनन् र तिनले परमेश्‍वरको प्रतिरोध गर्छन्, तैपनि तुलनात्मक रूपमा तीक्ष्णताको हिसाबले ती हल्का र छिपछिपे हुन्छन्, अर्थात्, ती अलि बढी सामान्य हुन्छन्; भ्रष्ट मानवजातिको प्रत्येक सदस्यसँग फरक-फरक मात्रामा यी स्वभाव हुन्छन्। यी तीनबाहेक, सत्यताप्रतिको वितृष्णा, क्रूरता, र दुष्टता तीक्ष्णताको हिसाबले तुलनात्मक रूपमा धेरै नै कडा हुन्छन्। यदि अघिल्ला तीनलाई साधारण भ्रष्ट स्वभाव भनिन्छ भने, पछिल्ला तीनचाहिँ असाधारण भ्रष्ट स्वभाव हुन्, जुन तीक्ष्णताको हिसाबले झनै कडा हुन्छन्। ती झनै कडा हुनुको अर्थ के हो? यसको अर्थ परिस्थिति, सार, र व्यक्तिले कुन हदसम्म परमेश्‍वरको प्रतिरोध गर्छ, उहाँविरुद्ध विद्रोह गर्छ, र उहाँको विरोध गर्छ भन्ने हिसाबले यी तीन झनै कडा छन् भन्ने हो। यी तीन स्वभाव मानिसहरूले प्रत्यक्ष रूपमा सत्यतालाई अस्वीकार गर्ने, परमेश्‍वरलाई नकार्ने, परमेश्‍वरविरुद्ध कोलाहल मच्चाउने, परमेश्‍वरलाई आक्रमण गर्ने, परमेश्‍वरको जाँच गर्ने, परमेश्‍वरको आलोचना गर्ने, आदि जस्ता काम गरेर प्रकट गर्ने झनै गम्भीर स्वभाव हुन्। मानिसहरूका यी तीन भ्रष्ट स्वभाव अघिल्ला तीनभन्दा कसरी भिन्न छन्? अघिल्ला तीन अलि धेरै सामान्य छन्, ती समस्त भ्रष्ट मानिसहरूका साझा भ्रष्ट स्वभावहरूका विशेषता हुन्, अर्थात्, उमेर, लिङ्ग, जन्मस्थान, नश्ल, वा जाति जे भए पनि, हरेक व्यक्तिमा यी तीन स्वभाव हुन्छन्। पछिल्ला तीन स्वभाव फरक-फरक मात्रामा र कम वा अधिक हदसम्म प्रत्येक व्यक्तिमा तिनीहरूको सारका आधारमा हुन्छन्, तर भ्रष्ट मानवजातिमाझ ख्रीष्टविरोधीहरूमा मात्र यी तीन स्वभाव—दुष्टता, सत्यताप्रतिको वितृष्णा, र क्रूरता—सबैभन्दा गम्भीर हदसम्म हुन्छन्। ख्रीष्टविरोधीहरूबाहेक, साधारण भ्रष्ट मानिसहरूले निश्चित हदसम्म, वा निश्चित परिवेशमा वा विशेष प्रसङ्गमा मात्र दुष्टता, सत्यताप्रतिको वितृष्णा, र क्रूरताका स्वभाव प्रकाश गर्छन्। तिनीहरूमा यी स्वभावहरू भए पनि, तिनीहरू ख्रीष्टविरोधी होइनन्। तिनीहरूको सार दुष्ट वा क्रूर हुँदैन, र त्यो निश्चय नै सत्यताप्रति वितृष्ण हुँदैन। यो तिनीहरूको चरित्रसँग सम्बन्धित छ। यिनीहरू तुलनात्मक रूपमा दयालु हृदयका, निष्ठा भएका, सोझा, सम्मानबोध भएका, इत्यादि मानिस हुन्—तिनीहरूको चरित्र तुलनात्मक रूपमा असल हुन्छ। त्यसकारण, तिनीहरूले बेलाबेलामा, वा निश्चित परिवेश र प्रसङ्गमा मात्र पछिल्ला तीन गम्भीर भ्रष्ट स्वभाव प्रकाश गर्छन्। तर, यी स्वभावहरू तिनीहरूको सारमा हाबी हुँदैनन्। उदाहरणका लागि, साधारण भ्रष्ट स्वभाव भएका व्यक्तिहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा झाराटारुवा तरिकाले कार्य गरेर परमेश्‍वरको ताडनाको सामना गर्दा, तिनीहरूले यस्तो सोच्दै त्यसअघि शिर झुकाउन नमान्न सक्छन्, “अरू पनि त झाराटारुवा छन्; तिनीहरूलाई चाहिँ किन ताडना दिइँदैन? किन मैले मात्र यस्तो अनुशासन र ताडना पाइरहेको छु?” शिर झुकाउन नमान्ने यो कस्तो खालको स्वभाव हो? यो स्पष्टतः क्रूर स्वभाव हो। तिनीहरू परमेश्‍वरको अन्याय र पक्षपाती व्यवहारबारे गुनासो गर्छन्, जसमा केही हदसम्म परमेश्‍वरको विरोध गर्ने र उहाँविरुद्ध कोलाहल मच्चाउने गुण हुन्छ—यो क्रूर स्वभाव हो। यस्ता मानिसहरूका क्रूर स्वभाव यस्तै परिस्थितिहरूमा प्रकट हुन्छन्, तर फरक के हो भने, यी मानिसहरूमा दयालु हृदय, विवेकको चेतना, निष्ठा, र तुलनात्मक सोझोपन हुन्छ। जब तिनीहरूले परमेश्‍वरविरुद्ध गुनासो गर्छन् र क्रूर स्वभाव प्रकट गर्छन्, तब तिनीहरूको विवेकले काम गर्न थाल्छ। जब तिनीहरूको विवेकले काम गर्न थाल्छ, तब त्यो तिनीहरूको क्रूर स्वभावसँग द्वन्द गर्न थाल्छ, र तिनीहरूको मनमा निश्चित सोचहरू विकसित हुन थाल्छन्: “मैले यसरी सोच्नुहुँदैन। परमेश्‍वरले मलाई निकै आशिष् दिनुभएको छ, र उहाँले मलाई अनुग्रह देखाउनुभएको छ। के मैले यसरी सोच्नु भनेको विवेकको कमी हुनु होइन र? के यो परमेश्‍वरको प्रतिरोध गर्नु र उहाँको हृदय तोड्नु होइन र?” के यो तिनीहरूको विवेकले काम गरिरहेको होइन र? यस बिन्दुमा, तिनीहरूको असल चरित्रले काम गर्न थाल्छ। तिनीहरूको विवेकले काम गर्न थाल्नेबित्तिकै तिनीहरूको रिस, गुनासा, र शिर झुकाउने अस्वीकृति बिलाउन थाल्छन्, र अलिअलि गर्दै पन्छिँदै र हट्दै जान्छन्। के यो तिनीहरूको विवेकको असर होइन र? (हो।) त्यसोभए, के तिनीहरूले क्रूर स्वभाव प्रकाश गरिरहेका छन् त? (छन्।) तिनीहरूले क्रूर स्वभाव प्रकाश गरिरहेका छन्, तर त्यस्ता व्यक्तिमा विवेक र मानवता हुने भएकाले, तिनीहरूको विवेकले तिनीहरूको क्रूर स्वभावलाई नियन्त्रण गर्न, र तिनीहरूलाई विवेकी बन्न लगाउन सक्छ। जब तिनीहरू विवेकी र शान्त बन्छन्, तिनीहरूले आत्मचिन्तन गर्छन् र तिनीहरूले आफू पनि परमेश्‍वरको प्रतिरोध गर्न सक्षम रहेको कुरा बुझ्छन्। त्यतिबेला, नजानीकनै तिनीहरूमा ऋणीपन र पछुतोको भाव उत्पन्न हुन्छ: “म अहिले भर्खरै निकै आवेगमा आएको थिएँ, परमेश्‍वरको प्रतिरोध र उहाँविरुद्ध विद्रोह गरिरहेको थिएँ। के परमेश्‍वरले मलाई उहाँको प्रेमको ताडना दिनु उहाँको प्रेम नै होइन र? के यो उहाँको कृपा होइन र? मैले किन यस्तो अनुचित तरिकाले कार्य गरेँ? के मैले परमेश्‍वरलाई रिस उठाएको छैन? मैले यसो गरिरहन मिल्दैन; मैले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ, पश्चात्ताप गर्नुपर्छ, मैले गरिरहेको दुष्टता त्याग्नुपर्छ, र मेरो विद्रोह अन्त्य गर्नुपर्छ। मैले झाराटारुवा तरिकाले कार्य गर्दैथिएँ भनेर स्विकार्ने हुनाले मैले झाराटारुवा तरिकाले कार्य गर्न बन्द गर्नुपर्छ, गम्भीरतापूर्वक कामकुरा गर्नुपर्छ, र मेरा कार्यमार्फत आफ्नो बफादारी कसरी अर्पण गर्ने, साथै मेरो कर्तव्य निर्वाह गर्नुका सिद्धान्तहरू के-के हुन् भनी खोज्नुपर्छ।” के यो तिनीहरूको असल चरित्रको प्रभाव होइन र? यी मानिसहरूमा पनि निस्सन्देह क्रूर स्वभाव छ, तर तिनीहरूको विवेकको प्रभाव र आफ्नो चेतना प्रयोग गरी गरेको कामकुराको लेखाजोखाले गर्दा अन्ततः तिनीहरूको असल, सत्यतालाई प्रेम गर्ने चरित्र प्रबल हुन्छ। यी मानिसहरूका भ्रष्ट स्वभावहरूमा क्रूरता हुन्छ, के त्यसोभए त्यसकारण तिनीहरूसँग क्रूर सार हुन्छ भनेर भन्न सकिन्छ? के तिनीहरूको सार क्रूर छ भनेर भन्न सकिन्छ? सकिन्न। वस्तुगत रूपमा बोल्दा, तिनीहरूले प्रकाश गर्ने भ्रष्ट स्वभावहरूमा क्रूरता समावेश हुने भए पनि, तिनीहरूमा विवेक, चेतना, र तुलनात्मक रूपमा सत्यताप्रतिको प्रेम हुने भएकाले, तिनीहरूको क्रूरता तिनीहरूको सार नभई, एक खालको भ्रष्ट स्वभाव मात्र हो। त्यो किन तिनीहरूको सार होइन? किनभने तिनीहरूको यो भ्रष्ट स्वभाव परिवर्तन हुन सक्छ। तिनीहरूले यस्तो खालको भ्रष्ट स्वभाव प्रकाश गर्ने गरे पनि, र तिनीहरूले परमेश्‍वरको प्रतिरोध र उहाँविरुद्ध विद्रोह गर्न सक्ने भए पनि, चाहे छोटो समयका लागि होस् वा लामो, तिनीहरूको चरित्रमा रहेको तिनीहरूको विवेक, निष्ठा, र समझ, आदिको प्रभावले तिनीहरूको क्रूर स्वभावलाई सत्यताप्रतिको तिनीहरूको व्यवहार वा मनोवृत्तिमाथि हाबी हुनबाट रोक्छ। अन्तिम नतिजा के हुन्छ? तिनीहरूले बिना कुनै गुनासो आफ्नो पाप स्विकार्न, पश्चात्ताप गर्न, सत्यता सिद्धान्तअनुसार कार्य गर्न, सत्यताप्रति समर्पित हुन, र परमेश्‍वरको योजनाबद्ध कार्य स्विकार्न सक्छन्। क्रूर स्वभाव प्रकाश गरे पनि, अन्तिम नतिजा के हुन्छ भने, तिनीहरूले परमेश्‍वरविरुद्ध विद्रोह गर्दैनन् वा परमेश्‍वरको सार्वभौमिकताको विरोध गर्दैनन्—तिनीहरू समर्पित हुन्छन्। यो एक साधारण भ्रष्ट व्यक्तिको प्रकटीकरण हो। त्यस्ता मानिसहरूमा केवल भ्रष्ट स्वभावहरू हुन्छन्; तिनीहरूमा ख्रीष्टविरोधीहरूको स्वभाव सार हुँदैन। यो सही छ।

उदाहरणका लागि, दुष्ट स्वभावहरूलाई लिऊँ: मानिसहरूले परमेश्‍वरसामु प्रकट गर्ने सबैभन्दा दुष्ट स्वभाव के हो? परमेश्‍वरको परीक्षा लिनु हो। कतिपय मानिस आफूले राम्रो गन्तव्य नपाइएला, र परमेश्‍वरमा विश्वास गर्न थालेपछि आफूले बाटो बिराएको, कुनै दुष्टता गरेको, र धेरै अपराध गरेको हुनाले आफ्नो परिणाम निश्चित नहोला भनेर चिन्ता गर्छन्। तिनीहरू आफू नरकमा पुगिने चिन्ता गर्छन्, र आफ्नो परिणाम र गन्तव्यबारे निरन्तर त्रासमा रहन्छन्। तिनीहरू लगातार चिन्तित हुन्छन्, र तिनीहरूले सधैँ यस्तो सोच्ने गर्छन्, “मेरो भविष्यको परिणाम र गन्तव्य असल हुनेछ कि खराब? म नरकमा जानेछु कि स्वर्गमा? के म परमेश्‍वरका मानिसहरूमध्येको एक हुँ कि सेवाकर्ता? म नष्ट हुनेछु कि मैले मुक्ति पाउनेछु? मैले ईश्वरका कुन वचनले यसबारे बोलेका छन् भनेर पत्ता लगाउनुपर्छ।” तिनीहरू परमेश्‍वरका सबै वचन सत्यता हुन्, र ती सबैले मानिसहरूका भ्रष्ट स्वभाव खुलासा गर्छन् भन्ने देख्छन्, र तिनीहरूले आफूले खोजेका जवाफहरू भेट्टाउँदैनन्, त्यसैले तिनीहरू अन्यत्र कता सोधखोज गर्ने भनेर चिन्तन गरिरहन्छन्। पछि, बढुवा हुने र महत्त्वपूर्ण भूमिकामा खटाइने अवसर पाएपछि तिनीहरू माथिलाई यस्तो सोच्दै तिनीहरूको मनको कुरा जान्ने प्रयास गर्न चाहन्छन्: “मेरोबारे माथिको राय के छ? यदि तिनको राय अनुकूल छ भने, त्यसले ईश्वरले मैले विगतमा गरेका दुष्टता र अपराध सम्झिनुभएको छैन भन्ने प्रमाणित गर्छ। त्यसले ईश्वरले मलाई अझै पनि मुक्ति दिनुहुनेछ, र ममा अझै आशा बाँकी छ भन्ने प्रमाणित गर्छ।” त्यसपछि, आफ्नो विचारलाई अगाडि बढाउँदै तिनीहरू सिधै भन्छन्, “हामी जहाँ छौँ, त्यहाँ अधिकांश दाजुभाइ-दिदीबहिनीहरू आफ्ना काममा त्यति दक्ष छैनन्, र तिनीहरूले छोटो समयदेखि मात्र ईश्वरमा विश्वास गरेका हुन्। मैले नै सबैभन्दा लामो समयसम्म ईश्वरमा विश्वास गरेको छु। म लडेको र असफल भएको छु, मैले केही अनुभव बटुलेको र केही पाठ सिकेको छु। मौका पाएँ भने, म भारी बोझ बोक्न र ईश्वरका अभिप्रायलाई ख्याल गर्न इच्छुक छु।” तिनीहरू यी वचनलाई माथिले तिनीहरूलाई बढुवा गर्ने अभिप्राय राख्छन् कि राख्दैनन्, वा माथिले तिनीहरूलाई त्यागेका छन् कि छैनन् भनी हेर्नका लागि परीक्षाका रूपमा प्रयोग गर्छन्। वास्तवमा, तिनीहरू साँचो रूपमा यो जिम्मेवारी वा बोझ उठाउन चाहँदैनन्; तिनीहरूले यी वचन बोल्नुको उद्देश्य केवल परिस्थितिलाई जाँच्न, र तिनीहरूसँग अझै पनि मुक्ति पाउने आशा छ कि छैन भनेर हेर्नका लागि हो। यो जाँच गर्नु हो। जाँच गर्ने यो तरिकापछाडिको स्वभाव के हो? यो दुष्ट स्वभाव हो। यो तरिका चाहे जति समयसम्म प्रकट भए पनि, तिनीहरूले यो कुरा चाहे जसरी गरे पनि, वा यो जति कार्यान्वयन भए पनि, तिनीहरूले प्रकट गर्ने स्वभाव निश्चय नै दुष्ट हुन्छ, किनभने त्यो गर्ने क्रममा तिनीहरूमा धेरै सोच, आशङ्का, र चिन्ताहरू हुन्छन्। जब तिनीहरू यो दुष्ट स्वभाव प्रकट गर्छन्, तब तिनीहरू आफूले गर्ने कुन कार्यले मानवता भएका र सत्यता अभ्यास गर्न सक्ने मानिस हुन् भन्ने देखाउँछ, र तिनीहरूमा दुष्ट सार नभई भ्रष्ट स्वभाव मात्र छ भन्ने कुराको पुष्टि गर्छ? यस्ता कुराहरू गरे र बोलेपश्चात्, विवेक, समझ, निष्ठा, र मर्यादा हुनेहरूले हृदयमा असहजता र पीडा महसुस गर्छन्। तिनीहरू वेदनामा पर्छन् र यस्तो सोच्छन्, “मैले धेरै वर्षदेखि परमेश्‍वरमा विश्वास गर्दै आएको छु; म कसरी परमेश्‍वरलाई जाँच्न सक्छु? म कसरी अझै पनि आफ्नै गन्तव्यबारे मग्न रहन, र परमेश्‍वरबाट केही कुरा निकाल्न र परमेश्‍वरलाई मलाई एउटा ठोस जवाफ दिन लगाउन त्यस्तो विधि प्रयोग गर्न सक्छु? यो अत्यन्तै नीच कुरा हो!” तिनीहरू हृदयमा असहज महसुस गर्छन्, तर कार्य त भइसकेको छ, र वचनहरू त बोलिसकिएका छन्—तिनलाई फिर्ता लिन मिल्दैन। त्यसपछि तिनीहरूले बुझ्छन्, “ममा अलिकति सद्भावना र इन्साफको बोध भए पनि, म अझै पनि त्यस्ता नीच कार्यहरू गर्न सक्छु; यो त नीच व्यक्तिको व्यवहार हो! के यो परमेश्‍वरको परीक्षा लिने प्रयास होइन र? के यो परमेश्‍वरसँग असुली गर्नु होइन र? यो अत्यन्तै नीच र निर्लज्ज कुरा हो!” यस्ता परिस्थितिमा कस्तो कार्य तर्कसङ्गत हुन्छ? के परमेश्‍वरसामु आएर प्रार्थना गर्दै आफ्नो पाप स्विकार्नु तर्कसङ्गत हुन्छ, कि आफ्नै तरिकाहरूमा अड्डी कसेर टाँसिरहनु? (प्रार्थना गर्नु र पाप स्विकार्नु।) त्यसोभए, पूरै प्रक्रियाका क्रममा, त्यो विचार फुराएको क्षणदेखि त्यसलाई व्यवहारमा उतार्ने, अनि तिनीहरूले प्रार्थना र स्वीकार गर्ने बिन्दुसम्म, कुन चरणचाहिँ भ्रष्ट स्वभाव सामान्य रूपमा प्रकट हुनु हो, कुन चरण विवेकले काम गर्न थाल्नु हो, अनि कुन चरणमा सत्यता अभ्यासमा लागु हुनु हो? विचार फुर्नुदेखि कार्यान्वयन हुने चरण दुष्ट स्वभावद्वारा शासित हुन्छ। त्यसोभए, के आत्मनिरीक्षणको चरण तिनीहरूको विवेकको प्रभावद्वारा नियन्त्रित हुँदैन र? तिनीहरू आफूले गरेको कुरा गलत थियो भन्ने महसुस गर्दै आफैलाइ जाँच्न थाल्छन्—यो कुरा तिनीहरूको विवेकको प्रभावद्वारा नियन्त्रित हुन्छ। यसको पछाडि प्रार्थना र स्वीकार हुन्छन्, जुन समेत तिनीहरूको निष्ठा, विवेक, र चरित्रद्वारा शासित हुन्छन्; तिनीहरूले ग्लानि महसुस गर्न, पश्चात्ताप गर्न, र परमेश्‍वरप्रति ऋणी महसुस गर्न सक्छन्, अनि तिनीहरू आफ्नै मानवता र भ्रष्ट स्वभावबारे चिन्तन गर्न र तिनलाई बुझ्न, र सत्यता अभ्यास गर्ने बिन्दुसम्म पुग्न पनि सक्छन्। के यसका तीन चरणहरू छैनन् र? भ्रष्ट स्वभावको प्रकटीकरणदेखि तिनीहरूको विवेकको प्रभावसम्म, अनि त्यसपछि आफूले गरिरहेको दुष्टता त्याग्न, पश्चात्ताप गर्न, आफ्ना दैहिक चाहना र सोचहरू त्याग्न, आफ्नै भ्रष्ट स्वभावविरुद्ध विद्रोह गर्न, र सत्यता अभ्यास गर्न सक्नुसम्म—यी तीन चरणहरू मानवता र भ्रष्ट स्वभावहरू भएका साधारण मानिसहरूले हासिल गर्नुपर्ने कुरा हुन्। तिनीहरूको विवेकको चेतना, र तुलनात्मक रूपमा असल मानवताले गर्दा यी मानिसहरूले सत्यता अभ्यास गर्न सक्छन्। सत्यता अभ्यास गर्न सक्षम हुनुको अर्थ यस्ता मानिसहरूसँग मुक्ति पाउने आशा हुनु हो। अर्को शब्दमा भन्नुपर्दा, असल मानवता भएकाहरूमा मुक्ति पाउने सम्भावना तुलनात्मक रूपमा बढी हुन्छ।

केले ख्रीष्टविरोधीहरूलाई ख्रीष्टविरोधीको स्वभाव भएकाहरूबाट छुट्ट्याउँछ? पहिलो चरणमा, ख्रीष्टविरोधीहरूले प्रकट गर्ने कुरा बाहिरी रूपमा कुनै पनि भ्रष्ट मानवको प्रकटीकरणसँग मूलतः मेल खान्छ, तर त्यसपछिका दुई चरण फरक हुन्छन्। उदाहरणका लागि, काटछाँटमा परिरहेको बेला व्यक्तिले क्रूर भ्रष्ट स्वभाव प्रकट गर्दा, अर्को चरणमा उसको विवेकले काम गर्न थाल्नु आवश्यक हुन्छ। तर, ख्रीष्टविरोधीहरूमा विवेक हुँदैन, त्यसैले तिनीहरूले के सोच्नेछन्? तिनीहरूमा के-कस्ता प्रकटीकरणहरू हुनेछन्? तिनीहरूले परमेश्‍वर अन्यायपूर्ण हुनुभएको गुनासो गर्नेछन्, र परमेश्‍वरलाई तिनीहरूमा खोट निकाल्न खोजेको, र तिनीहरूका लागि हरेक मोडमा कठिनाइ र सङ्कट सिर्जना गर्न खोजेको आरोप लगाउनेछन्। त्यसपछि, तिनीहरू जिद्दी भई पश्चात्ताप नगरी रहिरहन्छन्, आफ्ना सबैभन्दा सुस्पष्ट गल्ती वा भ्रष्ट स्वभाव स्विकार्दैनन्, कहिल्यै आफ्ना त्रुटिहरू स्विकार्दैनन्, बढी भएर गुप्त रूपमा आफ्ना कार्यलाई जारी राख्न हरेक माध्यमसमेत अपनाउँछन्। ख्रीष्टविरोधीहरूले प्रकट गरेका भ्रष्ट स्वभावका आधारमा हेर्दा, तिनीहरूको चरित्र कस्तो हुन्छ? तिनीहरूमा अलिकति पनि विवेक हुँदैन, तिनीहरू आफूलाई जाँच्न जान्दैनन्, अनि क्रूरता, दुर्भावना, आक्रमण, र प्रतिकार प्रकट गर्छन्। तिनीहरू तथ्यलाई ढाकछोप गर्न झूटहरू रच्छन्, अरूमाथि जिम्मेवारी थोपर्छन्; तिनीहरू अरूलाई पासोमा पार्न षड्यन्त्रहरू रच्छन्, दाजुभाइ-दिदीबहिनीहरूबाट सत्य-तथ्य लुकाउँछन्; अनि तिनीहरू दृढतासाथ आफ्नो बचाउ गर्छन् र आफ्ना लागि औचित्य प्रस्तुत गर्छन्, आफ्ना तर्क जताततै फैलाउँछन्। यो तिनीहरूको क्रूर स्वभावको निरन्तरता हो। तिनीहरूमा विवेकको चेतना नहुने, र तिनीहरू आफूलाई जाँच्न, आत्मचिन्तन गर्न र आफूलाई बुझ्न असफल हुने मात्र नभई, तिनीहरूले अझ बढी भएर आफ्नो क्रूर स्वभाव प्रकट गरिरहन्छन्, परमेश्‍वरको घरविरुद्ध कोलाहल मच्चाउँछन्, दाजुभाइ-दिदीबहिनीहरूविरुद्ध रडाको मच्चाउँछन् र तिनीहरूको विरोध गर्छन्, र अझ गम्भीर कुरा त, तिनीहरू परमेश्‍वरको विरोध पनि गर्छन्। केही समयपश्चात् परिस्थिति अलिक थामिएपछि, के तिनीहरूले पश्चात्ताप गरेर आफ्नो पाप स्विकार्नेछन्? उक्त घटना घटेको केही समय भइसकेको, सत्य-तथ्य प्रकट भइसकेको, जिम्मेवारी तिनीहरूकै हो भन्ने कुरा सर्वविदित भइसकेको, र तिनीहरूले यो जिम्मेवारी वहन गर्नुपर्ने भए पनि—के तिनीहरूले त्यो कुरा स्विकार्न सक्छन्? के तिनीहरू पछुतो वा ऋणीपनको बोध महसुस गर्न सक्छन्? (सक्दैनन्।) तिनीहरू विरोधमा लागिरहन्छन्, र सोच्छन्, “जे भए पनि, म कहिल्यै गलत थिइनँ, तर यदि म भएको भए पनि, मेरा अभिप्राय असल थिए, मेरो गल्ती भएको भए पनि, मलाई मात्र यसको दोष दिन मिल्दैन। तिमीहरू किन अरूलाई दोष दिँदैनौ—मलाई किन निशाना बनाउँछौ? मैले कहाँ गल्ती गरेँ? मैले जानाजानी कुनै गल्ती गरेको छैनँ। तिमीहरू सबैले गल्ती गरेका छौ, त्यसोभए तिमीहरू किन आफूलाई जवाफदेही ठहऱ्याउँदैनौ? यसबाहेक, जीवनभर गल्ती नगरी बस्न को सक्छ?” के तिनीहरू पश्चात्ताप गर्छन्? के तिनीहरू ऋणी महसुस गर्छन्? तिनीहरू आफू ऋणी भएको महसुस गर्दैनन् र पश्चात्ताप गर्दैनन्। कतिपयले त यस्तोसमेत भन्छन्, “मैले निकै ठूलो मूल्य चुकाएको छु—किन तिमीहरूमध्ये कसैले पनि यो कुरालाई ध्यान दिएको छैन? किन कसैले पनि मेरो प्रशंसा गरेको छैन? किन मलाई इनाम दिइएको छैन? केही आइपर्दा, तिमीहरू सधैँ मलाई नै दोष दिन्छौ र ममा खोट निकाल्छौ। के तिमीहरूले मविरुद्ध प्रयोग गर्न कुनै गलचेपको खोजी गरिरहेका छैनौ र?” तिनीहरूको मानसिकता र स्थिति यस्तै हुन्छ। स्पष्टतः यो क्रूर स्वभाव हो—तिनीहरू जिद्दी भई पश्चात्ताप गर्दैनन्, तथ्यहरूलाई तिनीहरूसामु उदाङ्गो पार्दा पनि तिनीहरू ती स्विकार्न मान्दैनन्, र लगातार विरोध गरिरहन्छन्। तिनीहरूले ठूलो स्वरले कसैलाई नसरापे पनि, भित्रभित्रै अनगिन्ती पटक त्यसो गरेका हुन सक्छन्—अन्धा भएकामा अगुवाहरूलाई, र असल मानिस नभएकामा, र आफूसँग हैसियत भएको बेलामा आफ्नो चाकरी गरेको, तर अहिले आफ्नो हैसियत गुमेपछि आफूलाई ध्यान नदिएको, वा आफूसँग सङ्गति नगरेको, वा आफूलाई हेरेर नमुस्कुराएकामा समेत दाजुभाइ-दिदीबहिनीहरूलाई सरापेका हुन सक्छन्। तिनीहरू आफ्ना हृदयमा परमेश्‍वरलाई समेत सराप्छन्, र उहाँ धर्मी नभएको भन्दै उहाँको आलोचना गर्छन्। सुरुदेखि अन्त्यसम्म तिनीहरूले प्रकट गर्ने स्वभाव क्रूर हुन्छ, तिनीहरूमा विवेकको अलिकति पनि प्रभाव, र थोरै आत्मग्लानि वा पछुतोसमेत हुँदैन। तिनीहरूमा निश्चय नै सुध्रिने, सत्यता सिद्धान्तहरू खोज्ने, पाप स्विकार्न र पश्चात्ताप गर्न परमेश्‍वरसामु आउने, वा परमेश्‍वरका योजनाबद्ध कार्य र प्रबन्धहरूमा समर्पित हुने अभिप्राय हुँदैन। त्यसविपरित, तिनीहरू लगातार बहस, विरोध, र गुनासो गरिरहन्छन्। ख्रीष्टविरोधीहरू र पश्चात्ताप गर्न सक्नेहरू दुवैले उही भ्रष्ट स्वभावहरू प्रकट गर्छन्, तर के यी प्रकटीकरणहरूको प्रकृतिमा कुनै भिन्नता छैन र? यीमध्ये कुन समूहसँग ख्रीष्टविरोधीको स्वभाव हुन्छ, अनि कुन समूहसँग ख्रीष्टविरोधीको सार हुन्छ? (पश्चात्ताप नगर्नेहरूमा ख्रीष्टविरोधीको सार हुन्छ।) पश्चात्ताप गर्न सक्नेहरू को हुन्? तिनीहरू ख्रीष्टविरोधीको स्वभाव भएका भ्रष्ट मानिसहरू हुन्, तर तिनीहरू ख्रीष्टविरोधी होइनन्। ख्रीष्टविरोधीको सार भएकाहरू ख्रीष्टविरोधी हुन्, जबकि ख्रीष्टविरोधीको स्वभाव भएकाहरू साधारण भ्रष्ट मानिस हुन्। ती दुईमध्ये कुन समूहचाहिँ दुष्ट मानिसहरू मिलेर बनेको हुन्छ? (ख्रीष्टविरोधीको सार भएकाहरू।) तिमीहरू यसलाई खुट्ट्याउन सक्छौ, होइन त? यो कुरा कुन समूहले तिनीहरूको विवेकले तिनीहरूलाई दोष दिइरहेको छ भन्ने कुराको कुनै सङ्केत देखाउँदैन, नसुध्री वा आत्मचिन्तन नगरी लगातार बहस गरिरहन्छ, र आफूले कुनै गल्ती गरेर काटछाँट, बर्खासी वा ताडना इत्यादि जस्ता परिस्थितिको सामना गर्दा बेपरवाह ढङ्गले आलोचना गर्दै र आफ्ना तर्कहरू फैलाउँदै हिँड्छ भन्ने कुरामा भर पर्छ। यदि तिनीहरूलाई रोक्ने कोही नभएको भए, के तिनीहरूले आफ्ना कार्य बन्द गर्नेथिए? गर्नेथिएनन्। तिनीहरूको हृदय नकारात्मकता र विरोधले भरिएको हुनेथियो, र तिनीहरूले यसो भन्नेथिए, “मानिसहरूले मलाई अन्यायपूर्ण व्यवहार गर्ने हुनाले, अनि परमेश्‍वरले मलाई अनुग्रह नदेखाउने वा मेरो तर्फबाट कार्य नगर्ने हुनाले, भविष्यमा आफ्नो कर्तव्य निर्वाह गर्दा म केवल झारा टार्नेछु। मैले आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गरे पनि, मैले इनाम पाउनेछैनँ, कसैले पनि मेरो प्रशंसा गर्नेछैनन्, र म अझै पनि काटछाँटमा पर्नेछु, त्यसैले म त्यसलाई लापरवाहीपूर्वक गर्नेछु। मलाई सिद्धान्तअनुसार मामिलाहरू सम्हाल्न, वा मेरा काममा अरूसँग छलफल र सहकार्य गर्न, वा सत्यता खोज्न आग्रह गर्नेबारे त नसोचे पनि हुन्छ! म न त अभिमानी हुनेछु, न विनम्र नै हुनेछु, बरु उदासीन रहनेछु। यदि तिमीहरूले मलाई कुनै कुरा गर्न भन्यौ भने, म त्यो गर्नेछु; यदि तिमीहरूले मलाई कुनै कुरा गर्न भनेनौ भने, म जानेछु। तिमीहरूलाई जसरी कार्य गर्न मन छ, त्यसरी नै गर; म जस्तो छु, त्यस्तै रहनेछु। मबाट धेरै मागहरू नगर; यदि तिमीहरूले अत्यधिक मागहरू गऱ्यौ भने, म तिनलाई बेवास्ता गर्नेछु।” के यो क्रूर स्वभावकै निरन्तरता होइन र? के त्यस्ता मानिसहरूले पश्चात्ताप गर्न सक्छन्? (अहँ, सक्दैनन्।) यो त ख्रीष्टविरोधीको सार भएकाहरूको प्रकटीकरण हो। यो त ख्रीष्टविरोधीहरूले दुष्ट स्वभाव प्रकट गर्दा, उसमा विवेकको कमी भएकाले उसले पनि कहिल्यै आत्मचिन्तन नगर्नुसरह हो। तिनीहरूले जुनसुकै भ्रष्ट स्वभाव प्रकट गरे पनि वा तिनीहरूलाई कुनै पनि कुरा हुँदा तिनीहरूमा जस्तोसुकै मनसाय, चाहना, वा महत्त्वाकाङ्क्षा भए पनि, तिनीहरू कहिल्यै आफ्नो विवेकले बाँधिदैनन्। त्यसकारण, समय सही र तिनीहरूका लागि अनुकूल हुँदा, तिनीहरू आफूलाई जे मन लाग्यो त्यही गर्छन्। तिनीहरूका कार्यको नतिजा चाहे जे भए पनि, तिनीहरू सुध्रिँदैनन्, र आफ्ना दृष्टिकोणहरूमै टाँसिइरहन्छन् र अलिकति पनि आत्म-ग्लानिविना आफ्ना महत्त्वाकाङ्क्षा, चाहना, र मनसाय, साथै आफूले कामकुरा गर्दा सधैँ प्रयोग गर्दै आइरहेका माध्यम र विधिहरू कायम राख्छन्। तिनीहरू किन आत्म-ग्लानि महसुस गर्दैनन्? किनभने त्यस्ता मानिसहरूमा विवेक हुँदैन, तिनीहरूमा सम्मानबोध हुँदैन, र तिनीहरूलाई लाजको कुनै अनुभूति नै हुँदैन; तिनीहरूको सम्पूर्ण मानवताभित्र, तिनीहरूका भ्रष्ट स्वभावलाई रोक्न सक्ने केही पनि छैन, र तिनीहरूले आफूले प्रकट गर्ने भ्रष्ट स्वभावहरू सही हुन् वा गलत भनी जाँच्न प्रयोग गर्न मिल्ने केही पनि छैन। त्यसकारण, यी मानिसहरूले दुष्ट स्वभाव प्रकट गर्दा, अरूले त्यसलाई चाहे जसरी हेरे पनि वा प्रक्रिया र नतिजा जे भए पनि, सुरुदेखि अन्त्यसम्मै अलिकति पनि आत्म-ग्लानि, उदासी, पछुतो, ऋणीबोध महसुस गर्दैनन्, र तिनीहरू आफ्नो हृदयमा निश्चय नै सुध्रिँदैनन्। यिनीहरू ख्रीष्टविरोधी हुन्। यी दुई उदाहरणलाई विश्लेषण गर्दा, ख्रीष्टविरोधीहरूको सबैभन्दा सुस्पष्ट विशेषता के हो? (तिनीहरूमा रहेको विवेक र समझको कमी।) यो विवेक र समझको कमीले कस्तो खालको प्रकटीकरणतर्फ डोऱ्याउँछ? तिनीहरूले प्रकट गर्ने स्वभावहरूको नतिजा के हुन्छ? (तिनीहरू आत्मचिन्तन वा पश्चात्ताप गर्न सक्दैनन्।) के आत्मचिन्तन वा पश्चात्ताप गर्न नसक्नेहरूले सत्यता अभ्यास गर्न सक्छन्? कहिल्यै सक्दैनन्!

ख्रीष्टविरोधीको स्वभाव मात्र भएको व्यक्तिलाई सारमा ख्रीष्टविरोधीका रूपमा चित्रण गर्न मिल्दैन। ख्रीष्टविरोधीको प्रकृति सार भएकाहरू मात्र साँचो रूपमा ख्रीष्टविरोधी हुन्। ती दुईबीचका मानवतामा भिन्नताहरू हुन्छन्, अनि त्यसैगरी, भिन्न प्रकारका मानवताको शासनमा रहँदै गर्दा, सत्यताप्रति ती मानिसहरूले राख्ने मनोवृत्ति पनि उही हुँदैनन्—अनि जब सत्यताप्रति मानिसहरूले राख्ने मनोवृत्ति उही हुँदैन, तब तिनीहरूले छनोट गर्ने बाटो पनि फरक हुन्छन्; अनि जब मानिसहरूले छनोट गर्ने बाटो फरक हुन्छन्, तब त्यसको परिणामस्वरूप निस्कने सिद्धान्तहरू र तिनीहरूका कार्यका परिणामहरूमा पनि भिन्नता हुन्छन्। ख्रीष्टविरोधीको स्वभाव मात्र भएको व्यक्तिको विवेकले काम गरिरहने हुनाले, र उसमा समझ र सम्मानबोध हुने हुनाले, र तुलनात्मक रूपमा भन्नुपर्दा, उसले सत्यतालाई प्रेम गर्ने हुनाले, उसले आफ्नो भ्रष्ट स्वभाव प्रकट गर्दा, उसको हृदयमा त्यसप्रतिको हप्की हुन्छ। त्यस्ता बेला, उसले आत्मचिन्तन गर्न र आफूलाई चिन्न सक्छ, र आफ्नो भ्रष्ट स्वभाव र भ्रष्टताको प्रकटीकरणलाई स्विकार्न सक्छ, जसले उसलाई देह र आफ्नो भ्रष्ट स्वभावविरुद्ध विद्रोह गर्ने, अनि सत्यता अभ्यास गर्ने र परमेश्‍वरमा समर्पित हुने तुल्याउँछ। तर, ख्रीष्टविरोधीका हकमा भने यस्तो हुँदैन। उसको विवेकले काम नगर्ने र उसमा विवेकशील चेतना नहुने हुनाले, र उसमा सम्मानबोध त झनै नहुने हुनाले, उसले आफ्नो भ्रष्ट स्वभाव प्रकट गर्दा, उसको प्रकटीकरण सही हो कि गलत, अथवा आफूमा भ्रष्ट स्वभाव छ कि सामान्य मानवता छ, वा त्यो सत्यताअनुरूप छ कि छैन भनेर परमेश्‍वरका वचनअनुसार मापन गर्दैन। उसले कहिल्यै यी कुराहरूबारे चिन्तन गर्दैन। त्यसोभए, उसले कस्तो व्यवहार गर्छ? ऊ सधैँ आफूले प्रकट गर्ने भ्रष्ट स्वभाव र छनोट गर्ने बाटो सही हुन् भन्ने कुरामा कायम रहिरहन्छ। ऊ आफूले गर्ने जे पनि सही हो, आफूले बोल्ने जे पनि सही हो भन्ने सोच्छ; ऊ आफ्नै विचारमा अडिग रहन कम्मर कस्छ। अनि त्यसैले, उसले जतिसुकै ठूलो गल्ती गरे पनि, उसले जतिसुकै गम्भीर भ्रष्ट स्वभाव प्रकट गरे पनि, उसले मामिलाको गम्भीरतालाई बुझ्नेछैन, र आफूले प्रकट गरेको भ्रष्ट स्वभावलाई निश्चय नै बुझ्नेछैन। अनि उसले निश्चय नै आफ्ना चाहनालाई पन्छाउनेछैन, र आफ्नै महत्त्वाकाङ्क्षा वा भ्रष्ट स्वभावविरुद्ध विद्रोह गर्दै परमेश्‍वर र सत्यताप्रतिको समर्पणको बाटो छनोट गर्नेछैन। यी दुई परिणामबाट के देख्न सकिन्छ भने, यदि ख्रीष्टविरोधीको स्वभाव भएको मानिसले हृदयमा सत्यतालाई प्रेम गर्छ भने, ऊसँग त्यसको बुझाइ प्राप्त गर्ने र त्यसलाई अभ्यास गर्ने, अनि मुक्ति पाउने अवसर हुन्छ, जबकि ख्रीष्टविरोधीको सार हुने खालको व्यक्तिले सत्यता बुझ्न वा त्यसलाई अभ्यास गर्न सक्दैन, न त उसले मुक्ति नै पाउन सक्छ। यी दुईबीचको भिन्नता यही नै हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्