परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग एक) खण्ड चार

घ. स्वार्थी र दुष्ट

ख्रीष्टविरोधीहरूसित कुनै विवेक, समझ वा मानवता हुँदैन। तिनीहरू लाज पचाउने मात्र हुँदैनन्, त्यसमाथि तिनीहरूसित अर्को पहिचान पनि हुन्छ: तिनीहरू असामान्य रूपले स्वार्थी र दुष्ट हुन्छन्। तिनीहरूको “स्वार्थीपन र दुष्टता” को शाब्दिक अर्थ बुझ्न त्यति गाह्रो छैन: तिनीहरूले आफ्नो हितबाहेकका सबै कुराप्रति आँखा चिम्लन्छन्। आफ्ना हितहरूसित सम्बन्धित जुनसुकै कुरामा तिनीहरूको पूरा ध्यान जान्छ र तिनीहरूले यसका लागि दुःख भोग्नेछन्, मूल्य चुकाउनेछन्, तिनीहरूले आफैलाई त्यसमा तल्लीन बनाउनेछन् र आफूलाई त्यसमा समर्पित गर्नेछन्। तिनीहरूको हितसित सम्बन्धित नभएको कुनै पनि थोकप्रति तिनीहरूले आफ्ना आँखा बन्द गर्छन् र त्यसमा कुनै ध्यान दिँदैनन्; अरूले आफूलाई जस्तो मन लाग्यो त्यसै गर्न सक्छन्—कुनै व्यक्तिले बाधा वा अवरोध पुर्‍याइरहेको भए पनि ख्रीष्टविरोधीहरू त्यसलाई वास्ता गर्दैनन् र तिनीहरूलाई यो कुराको सरोकार तिनीहरूसित हुँदैन भन्‍ने लाग्छ। शिष्ट रूपमा भन्‍नुपर्दा तिनीहरूले आफ्नै काममा ध्यान दिन्छन्। तर यस किसिमको व्यक्ति नीच, तुच्छ र घिनलाग्दो हुन्छ भन्दा अझै सटीक हुन्छ; हामी तिनीहरूलाई “स्वार्थी र दुष्ट” भनेर चित्रण गर्दछौँ। ख्रीष्टविरोधीहरूको स्वार्थीपन र दुष्टता कसरी प्रकट हुन्छ? आफ्नो हैसियत वा इज्‍जतमा फाइदा पुर्‍याउने कुनै पनि कुरामा तिनीहरूले गर्नुपर्ने वा भन्‍नुपर्ने कुराहरू गर्न वा भन्‍नलाई लागिपर्छन् र तिनीहरूले स्वैच्छिक रूपमा कष्ट सहन्छन्। तर परमेश्‍वरको घरले बन्दोबस्त गरेको काम वा परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन वृद्धिमा फाइदा पुर्‍याउने कामको हकमा तिनीहरूले यसलाई पूर्ण रूपमा बेवास्ता गर्छन्। दुष्ट मानिसहरूले बाधा र अवरोध गर्दा र हरप्रकारको दुष्ट काम गर्दा, त्यसरी मण्डलीको काममा गम्भीर असर पुर्‍याउँदा पनि तिनीहरू उदासीन र निस्फिक्री रहन्छन्, मानौं तिनीहरूसँग त्यसको केही सम्बन्ध नै छैन। अनि यदि कसैले थाहा पाएर कुनै दुष्ट व्यक्तिका दुष्ट कार्यहरूबारे उजुरी गऱ्यो भने तिनीहरूले केही देखेको छैन भन्दै अनभिज्ञ भएको बहाना गर्छन्। तर यदि कसैले तिनीहरूको उजुरी गर्छन् र तिनीहरूले वास्तविक काम गर्दैनन्, केवल ख्याति, प्राप्ति र हैसियत मात्र खोजिहिँड्छन् भनेर खुलासा गरिदिन्छन् भने तिनीहरू रिसले चुर हुन्छन्। कस्तो प्रतिक्रिया दिने भनेर छलफल गर्न हतारमा बैठकहरू बोलाउँछन्, तिनीहरूको पिठिउँपछाडि कसले कुरा गऱ्यो, त्यसको मुख्य अगुवा को हो र त्यसमा को संलग्न थियो भनी पत्ता लगाउन अनुसन्धानहरू गरिन्छन्। तिनीहरू त्यसको जडमा नपुगुञ्जेल र त्यो विषयलाई समाधान नगरुञ्जेल खाँदैनन् वा निदाउँदैनन्—यहाँसम्म कि तिनीहरूले आफ्नो बारेमा रिपोर्ट गर्नमा संलग्‍न रहेका हरेकलाई पछारेपछि मात्र तिनीहरू खुसी हुनेछन्। यो स्वार्थीपन र दुष्टताको अभिव्यक्ति हो, होइन र? के तिनीहरूले मण्डलीको काम गरिरहेका हुन्छन्? तिनीहरूले आफ्नै शक्ति र हैसियतका निम्ति, बस अभिनय गरिरहेका हुन्छन्। तिनीहरू आफ्नै उद्यममा संलग्न भइरहेका हुन्छन्। तिनीहरूले चाहे जुनै कार्यको जिम्मा लिए पनि ख्रीष्टविरोधीहरू परमेश्‍वरको घरका हितहरूबारे कहिल्यै केही पनि सोच्दैनन्। तिनीहरू आफ्ना हितहरू प्रभावित होलान् कि भन्‍ने मात्र सोच्छन्, तिनीहरू आफ्नो अगाडि भएको र आफूलाई फाइदा गर्ने थोरै कामको बारेमा मात्र सोच्छन्। तिनीहरूका लागि मण्डलीको प्राथमिक काम आफ्नो फुर्सदको समयमा गर्ने काम मात्र हुन्छ। तिनीहरूले यसलाई कुनै गम्भीरतासाथ लिँदैनन्। तिनीहरू करकापमा मात्र काम गर्छन्, आफूलाई मनपर्ने काम मात्र गर्छन् र आफ्नो हैसियत र शक्ति कायम राख्नको निम्ति मात्र काम गर्छन्। तिनीहरूको नजरमा परमेश्‍वरको घरद्वारा प्रबन्ध गरिएको कुनै पनि काम, सुसमाचार फैलाउने काम र परमेश्‍वरका चुनिएका जनहरूको जीवन प्रवेशको कुनै महत्त्व हुँदैन। अरू मानिसहरूलाई तिनीहरूको काममा जस्तोसुकै कठिनाइहरू भए पनि तिनीहरूले जुनै समस्या पहिचान गरे पनि वा तिनीहरूलाई जुनै समस्याको उजुरी दिए पनि, तिनीहरूका कुराहरू जति नै इमानदार भए पनि, ख्रीष्टविरोधीहरूले त्यसमा ध्यान दिँदैनन्, तिनीहरू संलग्न हुँदैनन्, मानौं तिनीहरूसित यसको कुनै सम्बन्ध छैन। मण्डलीको काममा जति ठूला समस्याहरू उत्पन्‍न भइरहेका भए पनि तिनीहरू बिलकुलै उदासीन हुन्छन्। तिनीहरूसामु नै कुनै समस्या हुँदा पनि तिनीहरू झारा टार्न मात्र त्यसको सम्बोधन गर्छन्। जब तिनीहरूलाई सीधै माथिबाट काटछाँट गरिन्छ र समस्या समाधान गर्ने आदेश दिइन्छ तब मात्र तिनीहरूले मन नलागी-नलागी थोरै वास्तविक काम गर्नेछन् र माथिलाई केही गरेर देखाउनेछन्; त्यसलगत्तै तिनीहरू आफ्नै काममा लागिरहन्छन्। मण्डलीको काम, अझ विस्तृत सन्दर्भका महत्त्वपूर्ण कामकुराका सम्बन्धमा, तिनीहरू यी कुराहरूमा रुचि देखाउँदैनन् र तिनलाई बेवास्ता गर्छन्। तिनीहरू आफूले थाहा पाएका समस्याहरूलाई पनि बेवास्ता गर्छन्, त्यस्ता समस्याहरूको बारेमा सोध्दा तिनीहरूले झारा टार्ने जबाफ दिन्छन् वा तिनीहरू हिचकिचाउँछन् र मन नलागी-नलागी त्यसलाई सम्बोधन गर्छन्। यो स्वार्थीपन र दुष्टताको अभिव्यक्ति हो, होइन र? यति मात्र होइन ख्रीष्टविरोधीहरूले जुनै कर्तव्य निभाइरहेका भए पनि त्यसले तिनीहरूलाई चर्चामा ल्याउन मदत गर्नेछ कि गर्नेछैन भन्‍ने मात्र सोच्छन्; त्यसले तिनीहरूको प्रतिष्ठा बढाउनेछ भने तिनीहरू यो कसरी गर्ने, कसरी पूरा गर्ने भनी तरिका सिक्न आफ्नो दिमाग खियाउँछन्; यसले तिनीहरूलाई अलग राख्छ कि राख्दैन भन्‍ने कुराको मात्र तिनीहरू वास्ता गर्छन्। तिनीहरूले चाहे जे गरे वा सोचे पनि तिनीहरू आफ्नै ख्याति, लाभ र हैसियतको मात्र चिन्ता गरिरहेका हुन्छन्। तिनीहरूले जुनसुकै कर्तव्य निभाइरहेका भए पनि तिनीहरू को उच्च वा नीच छ, कसले जित्छ र को हार्छ, कसको ठूलो प्रतिष्ठा छ भन्‍ने कुरामा मात्र प्रतिस्पर्धा गर्छन्। तिनीहरू कति जना मानिसले तिनीहरूलाई आराधना गर्छन् र आदरका साथ हेर्छन्, कति जनाले तिनीहरूको आज्ञा पालन गर्छन् र तिनीहरूका कति जना अनुयायीहरू छन् भन्‍ने कुराको मात्र वास्ता गर्छन्। तिनीहरू कहिल्यै सत्यताको सङ्गति गर्दैनन् वा वास्तविक समस्याहरू समाधान गर्दैनन्। तिनीहरू आफ्नो कर्तव्य निभाउँदा कसरी सिद्धान्त अनुसार काम गर्ने भनेर कहिल्यै विचार गर्दैनन्, न त तिनीहरू बफादार भएका छन् कि छैनन्, तिनीहरूले आफ्ना जिम्मेवारीहरू पूरा गरेका छन् कि छैनन्, तिनीहरूका काममा कतै विचलन र चुक भएका छन् कि, वा कुनै समस्याहरू छन् कि भन्‍नेबारेमा चिन्तन नै गर्छन्, तिनीहरू परमेश्‍वरले माग गर्नुभएका कुरा र परमेश्‍वरका अभिप्रायहरू के-के हुन् भन्‍नेबारे त झन् सोच्दैनन्। तिनीहरूले यी कुराहरूमा अलिकति पनि ध्यान दिँदैनन्। तिनीहरूले केवल आफ्नो एकाग्र भएर ख्याति, लाभ र हैसियतका लागि आफ्नै महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा गर्नका लागि मात्र काम गर्छन्। यो स्वार्थीपन र दुष्टताको अभिव्यक्ति हो, होइन र? यसले तिनीहरूको हृदय तिनीहरूका आफ्नै महत्त्वाकाङ्क्षा, चाहना र अविवेकी मागहरूले भरिएको छ भनेर पूर्ण रूपमा खुलासा गर्छ; तिनीहरूले जे गर्छन् ती सबै तिनीहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरूद्वारा सञ्चालित हुन्छन्। तिनीहरूले चाहे जे नै गरे पनि त्यसको प्रेरणा र स्रोत तिनीहरूको आफ्नै महत्त्वाकाङ्क्षा, चाहना र अविवेकी मागहरू हुन्। यो स्वार्थीपन र दुष्टताको ठेट प्रकटीकरण हो।

कतिपय अगुवाहरूले कुनै वास्तविक काम नै गर्दैनन्; माथिलाई रिपोर्ट गर्नका निम्ति, काटछाँट र बर्खासीबाट जोगिनका निम्ति, आफ्नै हैसियत सुरक्षित गर्नका लागि तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूसँग हदैसम्म जान्छन् र उनीहरूलाई तिनीहरूका लागि सेवा प्रदान गर्ने तुल्याउँछन्। तिनीहरूका काममा तिनीहरू केवल शब्द र धर्मसिद्धान्तहरू मात्र बोल्छन्, सत्यता सिद्धान्तहरूबारे सङ्गति गर्ने, वास्तविक समस्याहरू समाधान गर्ने, अरूलाई प्रेमिलो हृदयले मदत गर्ने, अरू मानिसका कठिनाइहरूलाई ख्याल गर्ने गर्दैनन्, साथै आफ्ना कर्तव्यहरू पूरा गर्ने क्रममा र आफ्नो जीवन प्रवेशमा मानिसहरूले सामना गर्ने वास्तविक कठिनाइहरूलाई कहिल्यै सम्बोधन गर्दैनन्। तिनीहरू नकारात्मक हुने कसैलाई कहिल्यै सहयोग गर्दैनन्। दमन गर्ने र झपार्ने बाहेक तिनीहरू केवल धर्मसिद्धान्तहरू बोल्छन् र आफ्ना नाराहरू फलाक्छन्। तिनीहरूको उद्देश्य के हो? तिनीहरू परमेश्‍वरको बोझलाई ख्याल गर्दैनन्, बरु आफूलाई सुशोभित गर्न र आफ्नो हैसियत सुरक्षित गर्नका निम्ति दाजुभाइ-दिदीबहिनीहरूले कर्तव्य निर्वाह गरेर ल्याएका परिणाम दुरुपयोग गर्न चाहन्छन्। यदि दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो कर्तव्य निर्वाहमा राम्रा नतिजाहरू देखाएमा तिनीहरू प्रसन्‍न हुन्छन्। तिनीहरू भित्री रूपमा आफ्नै सद्गुणको प्रशंसा गर्दै र आफूले निकै राम्रोसँग आफ्ना कर्तव्यहरू पूरा गरेको सोच्दै माथिसामु श्रेय आफै लिन्छन्। यसका साथै तिनीहरू यो काम गर्ने क्रममा आफूले सामना गरेका धेरै कठिनाइहरू, परमेश्‍वरले कसरी तिनीहरूका लागि बाटो खोलिदिनुभयो, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई सँगै मिहिनेत गर्न र यी कठिनाइहरू पार गर्न कसरी अगुवाइ गरे, तिनीहरूले उनीहरूलाई यो काम पूरा गर्न कसरी मदत गरे, तिनीहरूले सिद्धान्तहरू कसरी पालना गरे, र दुष्ट मानिसहरूलाई कसरी निकाले भनी माथिलाई रिपोर्ट गर्छन्। तिनीहरू आफूले काममा तिरेको मूल्य र गरेका योगदानहरूमा पनि विशेष रूपमा प्रकाश पार्छन्, ताकि माथिले तिनीहरूकै प्रयासका कारण काम राम्रोसँग सम्पन्‍न भएको हो भन्‍ने थाहा पाऊन्। अप्रत्यक्ष रूपमा तिनीहरूले माथिलाई यसो भनिरहेका हुन्छन्, “मेरो अगुवाइले नामअनुसारको काम गर्छ र तिमीहरूले मलाई अगुवा चुनेर सही निर्णय गर्‍यौ।” के यो स्वार्थी र दुष्ट हुनुको प्रकटीकरण होइन र? स्वार्थी र दुष्ट हुने मानवता प्रकट गर्ने मानिसहरूसँग प्रायः केही थेगोहरू हुन्छन्। उदाहरणका लागि तिनीहरूलाई कुनै मण्डलीको अगुवाइ गर्न प्रबन्ध गरेपछि तिनीहरूले सधैँ यसो भन्छन्, “मेरो मण्डलीमा त हाम्रो मण्डली जीवन असाध्यै राम्रो, अति गजब छ। मेरा दाजुभाइ-दिदीबहिनीहरूले गजबको र गहिरो जीवन प्रवेश पाएका छन् र सबैसँग जीवन अनुभवहरू छन्। उनीहरूले परमेश्‍वरलाई कसरी प्रेम गर्छन् र हाम्रो काम कति राम्रोसँग गरिन्छ भन्‍ने कुरा नै हेर न।” यी कुराहरू ख्रीष्टविरोधीहरूका थेगोहरू हुन्। तिनीहरूका थेगोहरू मूल्याङ्कन गर्दा तिनीहरूले आफू जिम्मेवार रहेको मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्नै भेडाझैँ व्यवहार गर्छन्, मण्डलीमा आफ्नो नियन्त्रणमा रहेको सबथोकलाई आफ्नै निजी सम्पत्ति ठान्छन् भन्‍ने प्रस्टै देखिन्छ। के यो लाजसरम पचाउनु होइन र? यो किन लाजसरम पचाउनु हो? स्वार्थीपन र दुष्टताको कुनै पनि प्रकटीकरण लाजसरम पचाउने व्यवहारबाटै पैदा हुन्छ। त्यसकारण, स्वार्थी र दुष्ट हुनु भनेको लाजसरम पचेको हुनु हो। स्वार्थीपन र दुष्टताका प्रकटीकरणहरू देखाउने यी मानिस पक्कै पनि लाजसरम पचाउँछन्। अगुवाइ सुम्पिएको र एउटा मण्डलीको जिम्मेवारी दिइएको बेला परमेश्‍वरका चुनिएका मानिसलाई तिनीहरूका कर्तव्यहरू निर्वाह गर्न अगुवाइ गर्दा, निश्चित काम गर्दा, तिनीहरूले यी कुराहरूलाई आफ्नै निजी सम्पत्तिका रूपमा लिन्छन्। कसैले पनि हस्तक्षेप गर्न पाउँदैन; हरेक कुरामा तिनीहरूले नै अन्तिम निर्णय गर्छन्। ख्रीष्टविरोधीहरूले परमेश्‍वरका चुनिएका मानिस, मण्डलीको कामका साथै मण्डलीका सुविधाहरू र सम्पत्तिलाई आफ्नै निजी सम्पत्ति ठान्छन्। यो आफैमा समस्याजनक कुरा होः तिनीहरू परमेश्‍वरको घरका सम्पत्तिहरू कब्जा गर्ने र परमेश्‍वरका चुनिएका मानिसमाथि हाबी हुने उद्देश्य राख्छन्। यसबाहेक तिनीहरूले यी कुराहरूलाई अरूसित प्रतिस्पर्धा गर्ने पुँजीका रूपमा हेर्छन् र परमेश्‍वरको घरका हितहरूलाई धोका दिन र परमेश्‍वरका चुनिएका मानिसलाई हानि गर्नसमेत सङ्कोच मान्दैनन्। के तिमीहरूलाई ख्रीष्टविरोधीहरूसँग विवेक र समझ हुन्छ जस्तो लाग्छ? के तिनीहरूको हृदयमा परमेश्‍वरका लागि ठाउँ हुन्छ? के तिनीहरूमा परमेश्‍वरको डर मान्‍ने र उहाँप्रति समर्पित हुने हृदय हुन्छ? बिलकुलै हुँदैन। त्यसकारण ख्रीष्टविरोधीहरूलाई शैतानका नोकर वा धर्तीका दुष्ट पिशाच भन्‍नु कुनै रूपमा अतिशयोक्ति हुँदैन। ख्रीष्टविरोधीको हृदयमा परमेश्‍वर वा मण्डली हुँदैन, साथै उसले निश्चय नै परमेश्‍वरका चुनिएका मानिसको वास्ता गर्दैन। मलाई भन् त जहाँ दाजुभाइ-दिदीबहिनीहरू हुन्छन्, जहाँ परमेश्‍वर काम गर्नुहुन्छ, यस्तो ठाउँलाई कसरी परमेश्‍वरको घर भन्‍न सकिँदैन र? कुन अर्थमा ती मण्डली होइनन् र? तर ख्रीष्टविरोधीहरूले आफ्नो प्रभाव क्षेत्रभित्रका कुराबारे मात्र सोच्छन्। तिनीहरू अरू ठाउँबारे वास्ता गर्दैनन् वा चासो राख्दैनन्। तिनीहरूले कुनै समस्या फेला पारे भने पनि त्यसप्रति ध्यान दिँदैनन्। अझ नराम्रो कुरा त के हो भने कुनै ठाउँमा केही गलत भएर मण्डलीको काममा नोक्सान पुग्दा पनि तिनीहरूले त्यसप्रति ध्यान दिँदैनन्। किन बेवास्ता गरेको भनेर सोध्दा तिनीहरू यसो भन्दै कुतर्क गर्छन्, “अर्काको मामलामा हात हाल्‍नु हुँदैन।” तिनीहरूको कुरा तर्कसंगत लाग्छ, तिनीहरूले आफूले गर्ने कामको सीमा बुझेजस्तो र तिनीहरूमा बाह्य समस्या नभएजस्तो देखिन्छ, तर सारचाहिँ कस्तो हुन्छ? यो त तिनीहरूको स्वार्थीपन र दुष्टता प्रकट भएको हो। तिनीहरू आफ्नै लागि आफ्नै ख्याति, लाभ र हैसियतको लागि मात्र काम गर्छन्। तिनीहरूले आफ्ना कर्तव्य फिटिक्‍कै पूरा गरिरहेका हुँदैनन्। यो ख्रीष्टविरोधीहरूको अर्को ठेट विशेषता हो—तिनीहरू स्वार्थी र दुष्ट हुन्छन्।

ख्रीष्टविरोधीहरूको स्वार्थीपन र दुष्टताको सार प्रस्टै छ; तिनीहरूका यस्ता प्रकटीकरणहरू एकदमै स्पष्ट हुन्छन्। मण्डलीले तिनीहरूलाई काम सुम्पन्छ र यदि त्यसले नाम र फाइदा दिन्छ र तिनीहरूलाई आफ्नो प्रदर्शन गर्न दिन्छ भने तिनीहरू अत्यन्तै चासो लिएर त्यो काम स्विकार्न इच्छुक हुन्छन्। यदि त्यो काममा जस पाइँदैन वा मानिसलाई चिढ्याउनुपर्ने हुन्छ वा त्यसले तिनीहरूलाई आफ्नो प्रदर्शन गर्न दिँदैन वा तिनीहरूको ख्याति, प्राप्ति वा हैसियतलाई फाइदा गर्दैन भने तिनीहरू चासो देखाउँदैनन् र त्यो काम स्विकार्नेछैनन्, मानौँ यो कामको तिनीहरूसँग कुनै सम्बन्ध छैन र त्यो तिनीहरूले गर्नुपर्ने काम होइन। तिनीहरूलाई कठिनाइहरू आइपर्दा तिनीहरू ती समाधान गर्न मरे-काटे सत्यता खोज्दैनन्, झन् त्यसलाई समग्रतामा हेरेर मण्डलीको कामबारे सोच्ने त कुरै छाडौँ। उदाहरणका लागि परमेश्‍वरको घरको कामको दायराभित्र, कामको समग्र आवश्यकताको आधारमा, केही व्यक्तिहरूलाई स्थानान्तर गरिनुपर्ने हुन सक्छ। यदि मण्डलीबाट एकदुई जना मानिसलाई स्थानान्तर गरियो भने मण्डलीका अगुवाहरूले यस मामिलालाई सम्हाल्ने बुद्धिमानी तरिका के होला? तिनीहरू समग्र हितहरूबारे नभई आफ्‍नै मण्डलीको हितबारे मात्रै चिन्तित हुन्छन् भने र यदि ती मानिसलाई सरुवा गर्न बिलकुलै अनिच्छुक हुन्छन् भने के समस्या हुन्छ? किन मण्डली अगुवाका रूपमा तिनीहरूले परमेश्‍वरको घरका केन्द्रीकृत बन्दोबस्तहरू पालना गर्न सक्दैनन्? के त्यस्तो व्यक्तिले परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्छ? के उसले कामको समग्र परिदृश्यमा ध्यान दिन्छ? यदि तिनीहरूले परमेश्‍वरको घरको कामलाई समग्र रूपमा सोच्दैनन्, केवल आफ्‍नै मण्डलीका हितहरूबारे सोच्छन् भने के तिनीहरू अत्यन्तै स्वार्थी र दुष्ट हुँदैनन् र? मण्डली अगुवाहरू बिनासर्त परमेश्‍वरका सार्वभौमिकता र बन्दोबस्तहरूमा अनि परमेश्‍वरको घरका केन्द्रीय बन्दोबस्त र समन्वयमा समर्पित हुनुपर्छ। यो कुरा सत्यता सिद्धान्तअनुरूप हुन्छ। परमेश्‍वरको घरको कामले मागेमा व्यक्ति जोसुकै भए पनि हरेक व्यक्तिले परमेश्‍वरको घरका समन्वय र बन्दोबस्तहरूलाई मान्‍नुपर्छ, र कुनै पनि व्यक्तिगत अगुवा वा कामदारको स्वामित्वमा वा उसको निर्णयको अधीनमा भएजस्तै गरी उसको नियन्त्रणमा बस्‍नु हुँदैन। परमेश्‍वरका चुनिएका मानिसले परमेश्‍वरको घरका केन्द्रीय बन्दोबस्तहरूलाई पालना गर्नु पूर्णतया स्वाभाविक र जायज कुरा हो, र कुनै अगुवा वा कामदारले सिद्धान्तविपरीत आफूखुसी सरुवा नगरेसम्म यी बन्दोबस्तहरूलाई कसैले पनि उल्‍लङ्घन गर्न मिल्दैन, आफूखुसी सरुवा गरेको खण्डमा यो बन्दोबस्तलाई अवज्ञा गर्न सकिन्छ। यदि सिद्धान्तहरूबमोजिम सामान्य सरुवा गरिएको छ भने परमेश्‍वरका चुनिएका मानिस सबैले पालना गर्नुपर्छ, र कुनै पनि अगुवा वा कामदारसँग अरू कसैलाई नियन्त्रण गर्ने अधिकार वा कारण हुँदैन। के तिमीहरू यस्तो कुनै काम हुन्छ भनेर भन्छौ जुन परमेश्‍वरको घरको काम हुँदैन? के यस्तो कुनै काम हुन्छ जसमा परमेश्‍वरको राज्यको सुसमाचार फैलाउने काम सामेल हुँदैन? यो सबै परमेश्‍वरको घरको काम हो, प्रत्येक काम बराबर छ, र यहाँ “तेरो” र “मेरो” हुँदैन। यदि सरुवा सिद्धान्तहरूअनुरूप छ र मण्डलीको कामका मागहरूका आधारमा गरिएको हो भने यी मानिसको आवश्यकता जहाँ धेरै छ तिनीहरू त्यहीँ जानुपर्छ। तर यस प्रकारको परिस्थितिको सामना गर्दा ख्रीष्टविरोधीहरूको प्रतिक्रियाचाहिँ कस्तो हुन्छ त? तिनीहरू यी उचित मानिसहरूलाई आफ्‍नो नजिक राख्‍न विभिन्‍न निहुँ र बहाना बनाउँछन्, अनि तिनीहरू दुईजना साधारण मानिस मात्र उपलब्ध गराउँछन्, त्यसपछि कि त व्यस्तता छ भनेर वा काम गर्ने हातहरूको कमी छ, मानिसहरू भेट्टाउन गाह्रो छ भनेर, यदि यी दुईलाई सरुवा गरियो भने काम प्रभावित हुनेछ भन्दै तँ तिरै दबाब पारिदिने बहाना खोज्छन्। अनि उनीहरूले के गर्नुपर्छ भनी तँलाई सोध्छन् र तँलाई मानिसहरूलाई सरुवा गर्नुको मतलब तँ उनीहरूप्रति ऋणी भएको अर्थ लाग्छ भन्‍ने महसुस गराउँछन्। के दियाबलसहरू यस्तै प्रकारले काम गर्दैनन् र? गैरविश्‍वासीहरूले यसरी नै कामकुरा गर्छन्। मण्डलीमा सधैँ आफ्‍नै हितहरू रक्षा गर्न प्रयास गर्ने मानिसहरू—के ती असल मानिसहरू हुन्? के उनीहरू सिद्धान्तअनुसार काम गर्ने मानिसहरू हुन्? अवश्यै होइनन्। तिनीहरू गैरविश्‍वासीहरू र अविश्‍वासीहरू हुन्। अनि के यो स्वार्थी र दुष्ट कुरा होइन र? यदि कुनै ख्रीष्टविरोधीको अधीनमा रहेर काम गर्ने राम्रो क्षमता भएको व्यक्तिलाई अर्को कर्तव्य पूरा गर्न सरुवा गरियो भने ख्रीष्टविरोधीले आफ्‍नो हृदयमा हठी भएर यसलाई विरोध र इन्कार गर्छ—तिनीहरू कर्तव्य त्याग्न चाहन्छन् र तिनीहरूसँग अगुवा वा समूह प्रमुख भएर काम गर्ने कुनै जाँगर हुँदैन। यो कस्तो समस्या हो? मण्डलीका बन्दोबस्तहरूप्रति किन तिनीहरूमा कुनै आज्ञापालन हुँदैन? तिनीहरूले आफ्नो “दाहिने हात” को सरुवा हुँदा यसले तिनीहरूको कामको नतिजा र प्रगतिमा असर गर्छ, फलस्वरूप तिनीहरूको हैसियत र प्रतिष्ठामा असर पुग्‍नेछ, जसले गर्दा तिनीहरूले कामका नतिजाहरू सुनिश्‍चित गर्नका लागि आफूले अझै धेरै परिश्रम गर्न र कष्ट भोग्‍न बाध्य हुनुपर्छ भन्‍ने सोच्छन्—जुन तिनीहरूले अन्तिम विकल्पको रूपमा मात्र गर्न चाहने कुरा हो। तिनीहरूलाई आरामको बानी परेको हुन्छ, तिनीहरू अझै बढी परिश्रम गर्न वा कष्ट भोग्‍न चाहँदैनन्, त्यसैले तिनीहरू त्यस व्यक्तिलाई जान दिन चाहँदैनन्। यदि परमेश्‍वरको घरले स्थानान्तरलाई जोड दिन्छ भने तिनीहरूले धेरै गुनासो गर्छन् र तिनीहरूको आफ्नै कामसमेत त्याग्न चाहन्छन्। के यो स्वार्थी र दुष्ट कुरा होइन र? परमेश्‍वरका चुनिएका मानिसलाई परमेश्‍वरको घरले केन्द्रीय रूपमा अह्राउखटाउ गर्छ। यसको कुनै अगुवा, समूह प्रमुख वा व्यक्तिसँग कुनै सरोकार हुँदैन। सबैले सिद्धान्तअनुसार काम गर्नुपर्छ; यो परमेश्‍वरको घरको नियम हो। ख्रीष्टविरोधीहरू परमेश्‍वरको घरका सिद्धान्तहरूअनुसार व्यवहार गर्दैनन्, तिनीहरू आफ्‍नै हैसियत र हितहरूको खातिर निरन्तर षड्यन्‍त्र रच्छन्, आफ्नै शक्ति र हैसियतलाई दह्रिलो बनाउन असल क्षमता भएका दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्नो सेवा गर्न लगाउँछन्। के यो स्वार्थी र दुष्ट होइन र? बाहिरबाट हेर्दा असल क्षमता भएका मानिसलाई आफ्नै साथमा राख्दा र परमेश्‍वरको घरलाई ती मानिसलाई सरुवा गर्न नदिँदा तिनीहरूले मण्डलीको कामको बारेमा सोचेर तिनीहरूलाई सरुवा हुन नदिएजस्तो देखिन्छ, तर वास्तवमा तिनीहरूले आफ्‍नै शक्ति र हैसियतको बारेमा मात्र सोचिरहेका हुन्छन्, मण्डलीको कामको बारेमा बिलकुलै सोचिरहेका हुँदैनन्। तिनीहरू आफूले मण्डलीको काम राम्रोसित नगर्ने, आफूलाई बर्खास्त गरिने र आफ्‍नो हैसियत गुम्ने हो कि भनी डराउने गर्छन्। ख्रीष्टविरोधीहरूले परमेश्‍वरको घरको बृहत् कामको बारेमा सोच्दैनन्, बरु आफ्‍नै हैसियतको बारेमा मात्रै सोच्छन्, परमेश्‍वरको घरका हितहरूमा पुग्‍ने क्षतिको बारेमा कुनै हिसाबकिताब नगरी आफ्‍नै हैसियत जोगाउँछन्, र मण्डलीको काममा हानि पुर्‍याउँदै आफ्‍नै हैसियत र हितहरूको रक्षा गर्छन्। यो स्वार्थी र दुष्ट हो। यस्तो परिस्थितिको सामना गर्दा व्यक्तिले कम्तिमा पनि आफ्नो अन्तस्करणले सोच्नुपर्छ: “यी मानिस सबै परमेश्‍वरको घरका हुन्, तिनीहरू मेरो व्यक्तिगत सम्पत्ति होइनन्। म पनि परमेश्‍वरको घरको सदस्य हुँ। परमेश्‍वरको घरलाई मानिसको सरूवा गर्नबाट रोक्‍ने मलाई के अधिकार छ र? मैले आफ्नै जिम्मेवारीको क्षेत्रभित्रको काममा मात्र ध्यान केन्द्रित गर्नुको सट्टा परमेश्‍वरको घरको समग्र हितलाई विचार गर्नुपर्छ।” विवेक र समझ हुने व्यक्तिहरूमा यस्ता विचारहरू पाइनुपर्छ र परमेश्‍वरमा विश्‍वास गर्नेहरूमा यस्तो समझ हुनुपर्छ। परमेश्‍वरको घर समग्र काममा सामेल हुन्छ अनि मण्डलीहरू आंशिक कामहरूमा सामेल हुन्छन्। त्यसकारण जब परमेश्‍वरको घरले मण्डलीलाई विशेष अनुरोध गर्छ, तब अगुवा र कामदारहरूका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको परमेश्‍वरको घरका बन्दोबस्तहरूलाई पालना गर्नु हो। झूटा अगुवा र ख्रीष्टविरोधीहरूमा त्यस्तो विवेक र समझ हुँदैन। तिनीहरू सबै निकै स्वार्थी हुन्छन्, तिनीहरूले आफ्‍नै बारेमा मात्रै सोच्छन् र तिनीहरूले मण्डलीको कामको बारेमा सोच्दैनन्। तिनीहरूले आफ्नै आँखाअगाडि फाइदा हुने कुरा मात्रै सोच्छन्, तिनीहरूले परमेश्‍वरको घरको व्यापक कामबारे सोच्दैनन्, त्यसकारण तिनीहरू परमेश्‍वरको घरका बन्दोबस्तहरू पटक्कै पालना गर्दैनन्। तिनीहरू अत्यन्तै स्वार्थी र दुष्ट हुन्छन्! परमेश्‍वरको घरमा तिनीहरू निडर भई बाधक बन्‍छन् र अटेरी गर्ने दुस्साहससमेत गर्छन्, तिनीहरू मानवताको कमी भएका मानिस हुन्, तिनीहरू दुष्ट मानिसहरू हुन्। ख्रीष्टविरोधीहरू त्यस्तै प्रकारका मानिसहरू हुन्। तिनीहरू सधैँ मण्डलीको काम, दाजुभाइ-दिदीबहिनीहरूलाई र आफ्नै जिम्मेवारीको दायराभित्र पर्ने परमेश्‍वरको घरको सम्पत्तिलाई समेत तिनीहरूको आफ्नै निजी सम्पत्तिजस्तो व्यवहार गर्छन्। तिनीहरू यी कुराहरूलाई कसरी वितरण, स्थानान्तरण र प्रयोग गर्ने त्यो तिनीहरूकै तजबिजमा निर्भर हुन्छ र परमेश्‍वरको घरलाई हस्तक्षेप गर्न अनुमति दिइँदैन भन्‍ने विश्‍वास गर्छन्। एकपल्ट ती कुराहरू तिनीहरूको हातमा पुगेपछि यस्तो लाग्छ मानौँ ती शैतानको कब्जामा छन् र कसैलाई पनि ती कुराहरू छुने कुनै अनुमति हुँदैन। तिनीहरू ठूलाठालू र नाइके हुन्छन्, तिनीहरूको क्षेत्रमा जाने जोकोहीले सुशील र नम्र तरिकाले तिनीहरूको आदेश र प्रबन्धहरू पालन गर्नुपर्छ र तिनीहरूका भावहरूअनुसार चल्नुपर्छ। यो ख्रीष्टविरोधीहरूको चरित्रभित्रको स्वार्थीपन र दुष्टताको प्रकटीकरण हो। तिनीहरूले परमेश्‍वरको घरको कामप्रति कुनै विचार गर्दैनन्, सिद्धान्त अलिकति पनि पालन गर्दैनन् र केवल तिनीहरूको आफ्नै हित र हैसियतका बारेमा मात्र सोच्छन्—यी कुराहरू ख्रीष्टविरोधीहरूका स्वार्थीपन र दुष्टताका पहिचान हुन्।

अर्को परिस्थिति पनि छ। चाहे त्यो दाजुभाइ-दिदीबहिनीहरूले चढाएका पैसा होस् वा सामानहरू, सामान्य परिस्थितिहरूमा रकम जतिसुकै भए पनि त्यो परमेश्‍वरको घरलाई नै हस्तान्तरण गरिनुपर्छ। तर कतिपय ख्रीष्टविरोधीहरूले यस्तो गलत बुझाइ राख्छन् “दाजुभाइ-दिदीबहिनीहरूले हाम्रो मण्डलीमा चढाएको पैसा हाम्रो मण्डलीकै हुन्छ र त्यो हाम्रो मण्डलीलाई नै राख्न र प्रयोग गर्नका लागि हो। कसैसँग पनि हामीले त्यसलाई कसरी प्रयोग वा वितरण गर्छौँ भन्‍ने कुरामा हस्तक्षेप गर्ने अधिकार छैन र ती कुराहरू खोसेर लाने योग्यता निश्चय नै छैन।” त्यसैले यदि तैँले तिनीहरूलाई मण्डलीले भेटीस्वरूप कति प्राप्त गरेको छ भनेर सोधिस् भने तिनीहरू तैँले त्यो खोसेर पो लाने हो कि भनेर डराउनेछन् र तिनीहरूले तँलाई वास्तविक रकम बताउनेछैनन्। कतिपय मानिसलाई अचम्म लाग्ला “तिनीहरू त्यो खोसेर लगिने पो हो कि भनेर डराउँछन् भन्‍नुको मतलब के हो? के तिनीहरू आफैले त्यसलाई खर्च गर्न चाहन्छन्?” चाहन्छन् नै भन्‍ने छैन। तिनीहरूले सोच्छन्, “हाम्रो मण्डलीलाई पनि पैसा चाहिन्छ। यदि त्यो खोसेर लगियो भने हामीले कसरी आफ्नो काम गर्न सक्छौँ?” माथिसँग यी मामलाहरूका लागि सिद्धान्तहरू छन्, त्यसैले तैँले ती मामला सम्हाल्दा सिद्धान्तहरू किन पालना गर्दैनस्? उनीहरूले तेरा काममा प्रयोग गर्नका लागि पर्याप्त छुट्याएका हुन्छन् र बाँकी सबै परमेश्‍वरको घरले एकरूपताका साथ प्रबन्ध गर्छ। यी स्रोतसाधनहरू मण्डली अगुवाका निजी सम्पत्ति होइनन्; ती त परमेश्‍वरको घरका हुन्। तर आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा गर्नका निम्ति र आफ्नै कामका खातिर अनि आफ्नो प्रभावको दायराभित्रका स्रोतसाधनहरू सुनिश्चित गर्नका लागि कतिपय ख्रीष्टविरोधीहरूले यी चिजहरू आफैसँग राख्छन् र आफ्नै ठानेर हडप्छन् र अरू कसैलाई ती प्रयोग गर्न दिँदैनन्। के यो स्वार्थीपन र दुष्टताको प्रकटीकरण होइन र? यो पनि ख्रीष्टविरोधीहरूको चरित्रको एउटा खाँटी र निश्चित प्रकटीकरण हो।

यी ख्रीष्टविरोधीहरू खराब र दुष्ट, कुरूप, खल, नीच र तुच्छ हुन्छन्। तिनीहरूबारे कुरा गर्नु नै घिनलाग्दो र रिसउठ्दो हुन्छ। तिनीहरू बाहिरबाट मानवझैँ देखिएलान् र तिनीहरूले मिठो बोली बोल्लान्, तिनीहरू हर प्रकारका धर्मसिद्धान्त बुझेर त्यसमा निपुण बनेजस्तो देखिन्छन्, तर तिनीहरूले कार्य गर्नेबित्तिकै तिनीहरूको कुरूप र दुष्ट मानवता खुलासा हुन्छ, जुन विकर्षक हुन्छ। हरेक ख्रीष्टविरोधीको चरित्रमा यी कुरूप र दुष्ट गुणहरू हुने भएकाले तिनीहरूले यस्ता दुष्ट कार्यहरू गर्न सक्छन्। त्यही कारणले तिनीहरूलाई ख्रीष्टविरोधी भनिएको हो। के यो तर्कले अर्थ राख्छ? (राख्छ।) अर्को शब्दमा भन्दा तिनीहरूको चरित्रमा ती क्रूर र दुष्ट स्वभावहरू हुनुले नै तिनीहरूलाई ख्रीष्टविरोधीहरूका दुष्ट कार्यहरू गर्ने तुल्याउँछ र यसरी तिनीहरू त्यो रूपमा चित्रण हुन्छन्। कुरा त्यही नै हो। यदि कुनै व्यक्ति ख्रीष्टविरोधी हो भने के उसको मानवतालाई दयालु, सोझो, इमानदार र सच्चा भनेर व्याख्या गर्दा सही हुनेथ्यो? पक्कै हुनेथिएन। यदि कुनै व्यक्तिमा झुट बोल्ने बानी छ भने उसमा ख्रीष्टविरोधीको गुण छ। यदि कोही कपटी र निर्दयी छ भने उसमा पनि ख्रीष्टविरोधीको गुण हुन्छ। यदि कुनै व्यक्ति स्वार्थी र दुष्ट छ, व्यक्तिगत लाभले मात्र हाँकिएको छ, खराब कामहरू गर्दै छाडा दौडन्छ र लाजसरम पचाउँछ भने ऊ दुष्ट व्यक्ति हो। यदि यस्तो दुष्ट व्यक्ति शक्तिमा पुग्यो भने ऊ ख्रीष्टविरोधी बन्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्