परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग एक) खण्ड दुई

ख. कपटी र निर्दयी

झुट बोल्ने बानीबाहेक ख्रीष्टविरोधीहरूका अरू कस्ता प्रकटीकरणहरू हुन्छन्? हामीले भर्खरै सामान्य मानवतामा हुने दया र सच्चाइजस्ता अत्यावश्यक गुणहरूबारे सङ्गति गर्‍यौँ र के प्रस्टै छ भने ख्रीष्टविरोधीहरूमा यी गुणहरूको पूर्णतया कमी हुन्छ। जे कुरा सामान्य मानवतामा अन्तर्निहित रूपमै हुन्छ त्यो कुरा ख्रीष्टविरोधीहरूमा हुँदैन; तिनीहरूमा सामान्य मानवताविपरीतका कुराहरू अर्थात् नकारात्मक कुराहरू मात्र हुन्छन्। त्यसोभए, दया र सच्चाइविपरीत के हुन्छ? (कपट र निर्दयता।) ठ्याक्कै मिलाइस्, तैँले सही बोलेको छस्—त्यो कपट र निर्दयता नै हो। ख्रीष्टविरोधीहरूमा दया र सच्चाइजस्ता गुणहरूको कमी हुन्छ, बरु, तिनीहरूमा दया र सच्चाइविपरीतका कपटी र निर्दयी तत्वहरू हुन्छन्। के कपटी र निर्दयी हुनु र हामीले यसअघि छलफल गरेको झुट बोल्ने बानीबीच कुनै सम्बन्ध छ? (छ।) कुनै न कुनै सम्बन्ध छ। ख्रीष्टविरोधीहरूले आफ्नो कपट र निर्दयता कसरी प्रकट गर्छन्? (झूटहरू रच्ने र अरूलाई फसाउने तिनीहरूको क्षमतामार्फत।) झूटहरू रच्नु र अरूलाई फसाउनुमा झुट बोल्ने बानी अनि कपटी र निर्दयी हुनु दुइटै संलग्न हुन्छन्; यी दुई गुणको निकट सम्बन्ध छ। उदाहरणका लागि, यदि तिनीहरूले कुनै गलत कार्य गर्छन् र जिम्मेवारी लिन चाहँदैनन् भने तिनीहरूले भ्रमपूर्ण परिस्थिति बनाउँछन्, झूटहरू बोल्छन् र मानिसहरूलाई त्यो आफूले नभई अरू कसैले गरेको भनी विश्‍वास गराउँछन्। तिनीहरूले दोष अरू कोहीमाथि थोपर्छन् र उसैलाई परिणामहरू भोग्न बाध्य पार्छन्। यो दुष्टता र नीचता मात्र होइन, त्योभन्दा बढी कपट र निर्दयता हो। ख्रीष्टविरोधीहरूका कपट र निर्दयताका अरू केही प्रकटीकरण के-के हुन्? (तिनीहरूले मानिसहरूलाई यातना दिन, आक्रमण गर्न र उनीहरूविरुद्ध प्रतिशोध लिन सक्छन्।) मानिसहरूलाई सताउन सक्नु भनेको निर्दयी हुनु हो। त्यसले तिनीहरूको हैसियत, ख्याति वा प्रतिष्ठामा खतरा पुर्‍याउँछ वा जो तिनीहरूप्रति प्रतिकूल हुन्छ, तिनीहरू उसलाई हमला गर्न र ऊविरुद्ध प्रतिशोध लिन हदैसम्म जान्छन्। कहिलेकाहीँ तिनीहरूले अरूलाई प्रयोग गरेर पनि मानिसहरूलाई हानि गर्न सक्छन्—यो कपट र निर्दयता हो। छोटकरीमा, “कपटी र निर्दयी” भन्‍ने वाक्यांशले ख्रीष्टविरोधीहरू निकै दुर्भावनापूर्ण हुन्छन् भन्‍ने जनाउँछ। तिनीहरूले मानिसहरूसित जसरी व्यवहार र अन्तरक्रिया गर्छन्, त्यो विवेकमा आधारित हुँदैन, साथै तिनीहरू समान स्तरमा मिलेर बस्दैनन्; बरु हरमोडमा, तिनीहरू अरूलाई आफ्नो प्रयोजनका लागि शोषण, नियन्त्रण र आफूअनुकूल प्रयोग गर्न खोज्छन्। तिनीहरूको अरूसँग अन्तरक्रिया गर्ने तरिका सामान्य वा सोझो हुँदैन; बरु, तिनीहरू निश्चित उपाय र विधिहरू प्रयोग गरेर मानिसहरूलाई भ्रममा पार्छन्, शोषण गर्छन् र थाहै नदिई चलाखीपूर्ण तरिकाले हतियारका रूपमा प्रयोग गर्छन्। जोकोहीप्रति तिनीहरूका व्यवहारमा, बाहिरबाट त्यो असल वा खराब जस्तोसुकै देखिए पनि त्यसमा कुनै प्रकारको सच्चाइ हुँदैन। तिनीहरू आफूलाई उपयोगी लागेकाहरूसँग नजिकिन्छन्, आफूलाई बेकार लागेकाहरूबाट टाढिन्छन् र तिनीहरूप्रति कुनै ध्यान दिँदैनन्। केही हदसम्म निष्कपट वा जोखिममा रहेका व्यक्तिहरूप्रति समेत तिनीहरू विभिन्‍न उपाय र विधिहरू प्रयोग गरेर उनीहरूलाई भ्रम र पासोमा पार्ने उपायहरू सोच्छन् र उनीहरूलाई आफ्ना लागि उपयोगी बनाउँछन्। तर जब मानिसहरू कमजोर हुन्छन्, कठिनाइमा हुन्छन् वा सहायता चाहिएको अवस्थामा हुन्छन्, तब ख्रीष्टविरोधीहरू सिधै आँखा चिम्लन्छन् र उनीहरूप्रति उदासीन रहन्छन्। तिनीहरू यस्ता मानिसहरूप्रति कहिल्यै प्रेम देखाउँदैनन् र उनीहरूलाई मदत गर्दैनन्। बरु उल्टै तिनीहरू उनीहरूलाई हेप्न, भ्रममा पार्न र अझ बढी शोषण गर्ने उपायहरू सोच्न प्रवृत्त हुन्छन्। यदि तिनीहरूले उनीहरूलाई शोषण गर्न सक्दैनन् भने उनीहरूलाई पाखा लगाउँछन् र उनीहरूप्रति कुनै प्रेम वा सहानुभूति देखाउँदैनन्—के यसमा दयाको कुनै छनक छ र? के यो दुर्भावनाको प्रकटीकरण होइन र? ख्रीष्टविरोधीहरूले मानिसहरूसँग अन्तरक्रिया गर्ने तरिका र दर्शन भनेको षड्यन्त्र र रणनीतिहरू प्रयोग गरेर मानिसहरूलाई शोषण गर्नु र छल्नु हो, जसले गर्दा मानिसहरूले तिनीहरूलाई छर्लङ्गै चिन्‍न नसकून्, तैपनि उनीहरू तिनीहरूका लागि दास बन्‍न तयार रहून् र सधैँ तिनीहरूका हुकुममा चलून्। तिनीहरूले आफूलाई खुट्ट्याउने र अब शोषण गर्न नसकिनेहरूलाई हेप्न र यातना दिन सक्छन्। तिनीहरूले ती मानिसहरूमाथि सजिलै दोष लगाउन सक्छन्, जसले गर्दा दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई परित्याग गर्छन् र त्यसपछि निष्कासित गर्छन् वा निकाल्छन्। छोटकरीमा, ख्रीष्टविरोधीहरू कपटी र निर्दयी हुन्छन्, तिनीहरूमा दया र सच्चाइ हुँदै हुँदैन। तिनीहरू कहिल्यै सच्चा रूपमा अरूलाई मदत गर्दैनन्, अरू कठिनाइहरूमा पर्दा कुनै सहानुभूति वा प्रेम देखाउँदैनन्। अन्तरक्रिया गर्दा तिनीहरू आफ्नै फाइदा र लाभका निम्ति षड्यन्त्र गर्छन्। तिनीहरूकहाँ जो आए पनि वा जसले कठिनाइमा तिनीहरूबाट मदत मागे पनि तिनीहरू सधैँ त्यस व्यक्तिबारे आकलन गरिरहेका हुन्छन् र हृदयमा यस्तो सोचिरहेका हुन्छन्: “यदि मैले यस व्यक्तिलाई मदत गरेँ भने भविष्यमा ऊबाट के फाइदा लिन सक्छु? के उसले मलाई मदत गर्न सक्छ? के ऊ मेरा लागि उपयोगी हुन सक्छ? म ऊबाट के पाउन सक्छु?” के तिनीहरूले सधैँ यी मामलाहरूबारे सोचिरहनु स्वार्थी र दुष्ट होइन र? (हजुर, हो।) मण्डलीका चुनावहरूमा, ख्रीष्टविरोधीहरूले कस्ता विधिहरू अपनाउनेछन्? (तिनीहरूले अरूलाई तुच्छ ठान्‍नेछन् र आफूलाई उच्च तुल्याउनेछन् साथै आफूभन्दा राम्रालाई तल झार्नेछन्।) अरूलाई तुच्छ ठान्‍नु र आफूलाई उच्च तुल्याउनु पनि कपटी र निर्दयी कुरा नै हो। ख्रीष्टविरोधीहरूले मानिसहरूलाई आफूतिर तान्‍न र आफ्ना योगदानहरूबारे धाक देखाएर सम्मान कमाउन र मत सुरक्षित गर्नका लागि स-साना निगाहहरू पनि प्रयोग गर्न सक्छन्। अरू केही छ? (तिनीहरूले उम्मेद्वारहरूको निष्पक्ष र वस्तुगत मूल्याङ्कन गर्न सक्दैनन्; तिनीहरूले आफ्नै पूर्वाग्रह र पक्षपात मिसाउनेछन्।) यसमा अरूको बदनामी गर्न झूटहरू रच्ने काम पनि पर्छ। ख्रीष्टविरोधीहरू कपटी र निर्दयी हुनुका धेरैवटा विशेष प्रकटीकरणहरू यसअघि नै सङ्गति गरिएका छन्। कपटी भनेको थुप्रै षड्यन्त्रहरू हुनु हो अनि तिनीहरूको आफूलाई आचरणमा ढाल्ने, संसारसँग व्यवहार गर्ने र कुनै पनि काम गर्ने सिद्धान्त भनेको रणनीतिमा निर्भर हुनु हो—जसमा सच्चाइ हुँदैन, झूटोपन र छलकपट मात्र हुन्छ। निर्दयता मूलत: तिनीहरूका कार्यविधिहरूका निर्दयता र क्रूरतासँग सम्बन्धित छ, जसमा कृपा देखाइँदैन, मानव संवेदना हुँदैन, अरूलाई हानि पुर्‍याइन्छ र तिनीहरू अरूलाई चोट पुर्‍याएर आफ्ना उद्देश्यहरू हासिल गर्न तयार हुन्छन्—यो निर्दयता हो र यो सिधै मानव दयाको विपरीत हो। यदि कुनै व्यक्तिका मानवतामा दया छ भने साधारण मामलाहरू सामना गर्नुपर्दा तिनीहरू सकेसम्म अरूप्रति उदार हुनेछन्, साथै तिनीहरूले मानिसहरूलाई माफी दिनेछन्। यस्तो व्यक्ति अरू मानिसहरूका समस्या र गल्तीहरूप्रति सहनशील हुन्छ, उसले सानातिना कुराहरूमा खोट देखाउँदैन र ऊ सकेसम्म मिलेर बस्छ। यसअलावा तिनीहरू करुणामय हुन्छन् र अरू मानिसहरू कठिनाइबाट गुज्रिरहेको देख्नेबित्तिकै, तिनीहरू मदत गर्न तयार हुन्छन्, अरूलाई मदत गर्न पाउँदा खुसी हुन्छन् र अरूलाई शिक्षित तुल्याउनुलाई व्यक्तिगत जिम्मेवारी ठान्छन्—यो दया हो। के ख्रीष्टविरोधीहरूमा यो गुण हुन्छ? (हुँदैन।) तिनीहरू यस्तो विश्‍वास गर्छन्, “यदि तिमी कठिनाइमा छौ र मैले तिमीलाई मदत गरेँ भने तिमीले मूल्य तिर्नुपर्छ। यदि मैले तिमीलाई फाइदा पुऱ्याएँ भने म त्यसबाट के पाउँछु? यदि मैले तिमीलाई सहानुभूति दिएँ भने मलाई चाहिँ कसले सहानुभूति दिनेछ? यदि मैले तिमीलाई मदत गरेँ भने के तिमीले मेरो भलाइ सम्झिने छौ? यदि तिमी मलाई तिमीलाई मदत गर्नका निम्ति आफूलाई त्याग्न अनुरोध गरिरहेका छौ भने तिमी सपनामा हुनुपर्छ! हामीबीच के सम्बन्ध छ? तिमीले मलाई के फाइदा दिन सक्छौ? के तिमीले यसअघि कहिल्यै मलाई मदत गरेका छौ? तिमी को हौ? के तिमी मदत गर्न लायक छौ? यदि तिमी राजाकी छोरी वा एक धनाढ्य व्यक्तिको छोरा थियौ भने सायद तिमीलाई मदत गर्दा मलाई केही महिमा र नाफा मिल्न सक्थ्यो। तर तिमी त्यो होइनौ। मैले तिमीलाई किन मदत गर्ने? तिमीलाई मदत गरेर मैले कस्ता फाइदाहरू पाउँछु?” तिनीहरू कोही कठिनाइमा परेको, कोही कमजोर भएको वा कसैलाई मदत चाहिएको देख्दा यस्तै सोच्छन्। के यो दयालु कुरा हो? यी मानिसहरूले कसैलाई कमजोर स्थितिमा देख्दा, उसलाई उपहास र गिल्ला मात्र गर्दैनन्, हृदयमा आकलनहरूसमेत गर्छन्। कतिपयले त यसलाई आफ्नो प्रदर्शन गर्ने वा त्यस व्यक्तिको मन जित्ने अवसरका रूपमा समेत हेर्छन्। यो कुनै दयालु कुरा होइन। ख्रीष्टविरोधीहरू प्राय: यस्ता अवसरहरूको फाइदा लिएर आफ्नो प्रदर्शन गर्छन्। तिनीहरू नाफा नहुने देखिएसम्म र आफूसँग कुनै उद्देश्य र उत्प्रेरणा नहुन्जेल कार्य गर्दैनन्। यदि तिनीहरू कसैलाई सहयोग गर्छन् भने उसलाई आफ्नो सहयोगीका रूपमा पाउन चाहन्छन्। यदि तिनीहरूले दुई जना मानिसलाई मदत गर्छन् र सहानुभूति देखाउँछन् भने तिनीहरू दुई जना सहयोगी अर्थात् दुईवटा दाहिने हात प्राप्त गर्न चाहन्छन्। नत्र तिनीहरूले सिन्कोसमेत भाँच्ने छैनन्, साथै तिनीहरूले सहायता चाहिएकाहरूप्रति निश्चय नै प्रेम देखाउने छैनन्।

ख्रीष्टविरोधीहरूको कपट र निर्दयताको मूल प्रकटीकरण के हो भने तिनीहरूले गर्ने सबथोकको एउटा अत्यन्तै प्रस्ट उद्देश्य हुन्छ। तिनीहरूले सोच्ने पहिलो कुरा तिनीहरूका आफ्नै हितहरू हो; साथै तिनीहरूका विधिहरू घृणास्पद, कच्चा, घिनलाग्दा, तुच्छ र शङ्कास्पद हुन्छन्। तिनीहरूको कामकुरा गर्ने तरिकामा, तिनीहरूले मानिसहरूलाई व्यवहार गर्ने तरिकामा र उनीहरूलाई व्यवहार गर्ने सिद्धान्तहरूमा कुनै सच्चाइ हुँदैन। तिनीहरू जुन तरिकाले मानिसहरूसित व्यवहार गर्छन् त्यो उनीहरूबाट फाइदा लिनु र उनीहरूसित खेलबाड गर्नु हो, अनि जब तिनीहरूका लागि मानिसहरूको उपयोगी मूल्य हुँदैन, तिनीहरूले उनीहरूलाई पाखा लगाउँछन्। यदि तिनीहरूका लागि तेरो कुनै उपयोगी मूल्य छ भने तिनीहरूले तेरो बारेमा चासो राखेको बहाना बनाउँछन्: “तिमीलाई कस्तो छ? तिमीलाई केही गाह्रोसाह्रो भयो? म तिमीलाई तिम्रा कठिनाइहरू समाधान गर्न मदत गर्न सक्छु। तिमीलाई केही समस्या छ भने मलाई भन। तिम्रा लागि म छु। यस्तो राम्रो सम्बन्ध हुनु हामी कति भाग्यमानी छौँ!” तिनीहरूले अत्यन्तै ध्यान दिइरहेको देखिन्छ। तर यदि त्यस्तो कुनै दिन तिनीहरूका लागि तेरो कुनै उपयोगी मूल्य बाँकी रहेन भने तिनीहरूले तँलाई परित्याग गर्नेछन्, कुनातिर फालिदिनेछन् र बेवास्ता गर्नेछन्, मानौँ तिनीहरूले तँलाई यसअघि कहिल्यै भेटेका पनि थिएनन्। जब तँलाई साँच्चिकै समस्या आइपरेको हुन्छ र तँ तिनीहरूकहाँ मदत खोज्दै जान्छस्, तब तिनीहरूको मनोवृत्ति अचानक परिवर्तन हुन्छ, तिनीहरूका शब्दहरू अब तिनीहरूले पहिलोपटक सहयोगको वाचा गर्ने बेला जति मिठा सुनिँदैनन्—अनि यस्तोचाहिँ किन हुन्छ? किनभने तिनीहरूका लागि तेरो कुनै उपयोगी मूल्य छैन। अन्तत: तिनीहरूले तँप्रति ध्यान दिनै छाड्नेछन्। त्यति मात्र होइन: यदि तिनीहरूले तैँले केही गलत गरेको छस् भनेर थाहा पाएमा वा आफ्नो फाइदाका लागि प्रयोग गर्न सक्ने केही फेला पारेमा, तिनीहरू तँप्रति निर्मम आलोचक बन्छन्, र तिनीहरूले तँलाई निन्दासमेत गर्न सक्छन्। तँलाई यो विधिबारे के लाग्छ? के यो दया र सच्चाइको प्रकटीकरण हो? जब ख्रीष्टविरोधीहरूले अरूप्रति व्यवहार गर्दा यस्तो कपट र निर्दयता प्रकट गर्छन्, के त्यसमा मानवताको कुनै छनक हुन्छ? के तिनीहरूमा मानिसहरूप्रति अलिकति पनि सच्चाइ हुन्छ? कदापि हुँदैन। तिनीहरूले गर्ने सबथोक आफ्नै नाफा, गौरव र प्रतिष्ठाका लागि, अरूमाझ आफूलाई हैसियत र ख्याति दिनका लागि हुन्छ। यदि तिनीहरूले भेट्ने हरेक व्यक्तिबाट फाइदा लिन सक्ने भए फाइदा लिनेछन्। तिनीहरूले जोबाट फाइदा लिन सक्दैनन्, उनीहरूलाई तिरस्कार गर्छन् र कुनै चासो दिँदैनन्; तँ आफैले तिनीहरूसँग कुरा गर्ने प्रयास गरे पनि तिनीहरूले तँलाई बेवास्ता गर्छन् र तँलाई हेर्नसमेत हेर्दैनन्। तर यदि कुनै दिन तिनीहरूलाई तेरो आवश्यकता पर्‍यो भने तँप्रति तिनीहरूको मनोवृत्ति अचानक बदलिन्छ र तिनीहरू अत्यन्तै सचेत र मिलनसार बन्छन्, जसले तँलाई अलमल्ल पार्छ। तँप्रति तिनीहरूको मनोवृत्ति किन बदलिएको हो? (किनभने अब मसित तिनीहरूका लागि उपयोगी मूल्य छ।) ठिक भनिस्: जब तिनीहरूले तँसित उपयोगी मूल्य भएको देख्छन्, तब तिनीहरूको मनोवृत्ति बदलिन्छ। के तिमीहरू वरपर यस्ता मानिसहरू छन्? यी मानिसहरूले अरूसँग अन्तरक्रिया गर्दा तिनीहरूले प्रस्ट रूपमा केही खराब गरिरहेका छन् जस्तो देखिँदैन। तिनीहरूका दैनिक हाउभाउ, बोलीचाली र व्यवहारबाट पनि कुनै प्रस्ट समस्याहरू छन् जस्तो देखिँदैन। तर, यदि तैँले तिनीहरूले अरू मानिसहरूसँग कसरी अन्तरक्रिया गर्छन्, विशेषगरी तिनीहरूले आफूनिकट र आफ्ना प्रियजनहरूसित कसरी अन्तरक्रिया गर्छन् भनेर राम्ररी हेरिस् भने, यदि तैँले तिनीहरूले कसरी अरूको शोषण गर्छन् र तिनीहरूले पछि उनीहरूलाई कस्तो व्यवहार गर्छन् भनेर हेरिस् भने, यसमार्फत तैँले अरूसँगका अन्तरक्रियाहरूमा ख्रीष्टविरोधीहरूका अभिप्राय, मनोवृत्ति र तरिकाहरू नियाल्न सक्छस्। तिनीहरू सबै व्यक्तिगत लाभ मात्र खोजिरहेका हुन्छन्, शैतानका दर्शनद्वारा जिइरहेका हुन्छन् र तिनीहरूमा कुनै सामान्य मानवता हुँदैन।

ख्रीष्टविरोधीहरूका मानवतामा कपट र निर्दयताजस्ता गुणहरू हुन्छन्। के तिनीहरू मानिस र वस्तुहरूसँग व्यवहार गर्दा इमानदार, दयालु र सच्चा मानिसहरूसित मिलेर बस्न सक्छन्? के तिनीहरू यस्ता मानिसहरूसित नजिकिन इच्छुक हुन्छन्? (अहँ, हुँदैनन्।) तिनीहरू यी मानिसहरूलाई कसरी हेर्छन्? तिनीहरू यसो भन्छन्, “यी सबै मानिस महामूर्ख हुन् र तिनीहरूको बोलीवचन एकदमै सिधा हुन्छ। तिमीले विचार पुर्‍याएर मात्र बोल्नुपर्छ—तिमी किन यति साँचो रूपमा बोल्छौ? किन तिम्रो बोलीवचन सधैँ यति सरल हुन्छ?” यी मानिसहरू ख्रीष्टविरोधीहरूका लागि दयनीय रूपमा मूर्ख हुन्छन् र ख्रीष्टविरोधीहरू उनीहरूलाई हेय दृष्टिले हेर्छन्। यी मानिसहरूले कुनै दयालु र मानिसहरूलाई सच्चा व्यवहार गर्ने व्यक्ति देख्दा त्यो व्यक्ति कठिनाइमा परेर उसलाई मदत चाहिएको खण्डमा उनीहरूले उसलाई साँच्चिकै मदत गर्छन्, साथै यी मानिसहरूले त्यस व्यक्तिको भलाइको आशा गर्छन् र त्यस व्यक्तिलाई लाभ, सहायता र शिक्षा प्रदान गर्ने इच्छा राख्छन्—ख्रीष्टविरोधीहरू यी मानिसहरूलाई मूर्ख र बेवकूफ ठान्छन्। ख्रीष्टविरोधीहरू मानवताका यी सकारात्मक तत्त्वहरू मानिसहरूमा हुनुपर्ने असल र सुन्दर कुरा हुन् भन्‍ने विश्‍वास गर्दैनन्। बरु तिनीहरूलाई सामान्य मानवताका यी अत्यावश्यक गुणहरूप्रति घृणा, दिगमिग र तिरस्कार लाग्छ। तिनीहरू इमानदार मानिसहरूलाई मूर्ख भन्छन्; तिनीहरू दयालु मानिसहरूलाई पनि त्यही भन्छन् र सच्चा मानिसहरूलाई त झन् त्यसरी नै बोलाउँछन्। जसले केही हदसम्म इमानदारीका साथ परमेश्‍वरमा विश्‍वास गर्छन् र जसले केही हदसम्म इमानदारीका साथ आफ्ना कर्तव्य निभाउँछन्, जो दयालु हृदयका हुन्छन् र अरू मानिसहरूलाई कहिल्यै चोट पुर्‍याउँदैनन् वा हानि गर्दैनन्, जसले अरूलाई प्रेम र सहानुभूति दिन्छन्, जसले अरूलाई सहयोग गर्नका लागि आफ्ना नाफाहरू त्याग्न र आफ्ना कठिनाइहरूलाई जित्न सक्छन्, जसले कमजोर र सहयोगको आवश्यकता परेका मानिसहरू देख्दा बोझिलो र जिम्मेवार महसुस गर्छन्—ख्रीष्टविरोधीहरू भित्री रूपमा यी मानिसहरूलाई झन् बढी तिरस्कार गर्छन्। जो परमेश्‍वरप्रतिका आस्थामा केही हदसम्म निष्कपट छन्, जोसँग परमेश्‍वरको डर मान्‍ने हृदय छ, जसले यावत् थोकमा परमेश्‍वरको छानबिन स्विकार्छन्, जो इमानदारी, बफादारी र जिम्मेवारीका साथ आफ्ना कर्तव्यहरू निभाउन सक्षम छन्, साथै जसले आफ्ना कर्तव्यहरूलाई इमानदार मनोवृत्तिले हेर्छन्, उनीहरूका सन्दर्भमा भन्‍नुपर्दा—ख्रीष्टविरोधीहरूले भित्री रूपमा यस्ता व्यक्तिहरूलाई तिरस्कार र घृणा गर्छन्, बाहिरी रूपमा देखिनेगरी उनीहरूलाई पन्छाउँछन् र आफूलाई उनीहरूदेखि टाढा राख्छन्। ख्रीष्टविरोधीहरूका नजरमा, सामान्य मानवताका लागि अत्यावश्यक यी सारा सकारात्मक तत्वहरू सकारात्मक कुरै होइनन्: ती प्रशंसा वा प्रवर्धनका लायक छैनन्। बरु ख्रीष्टविरोधीहरू तिनीहरूका आफ्नै षड्यन्त्र, रणनीति, मानिसहरूसँग व्यवहार गर्ने भित्री तरिकाहरू र क्रूरतालाई प्रशंसनीय ठान्छन्। सधैँभरि, तिनीहरूले जे गरे पनि, तिनीहरू मनन गरिरहेका र मनमा आफ्ना विधि र षड्यन्त्रहरू निखारिरहेका हुन्छन्। उक्त मामला जतिसुकै ठूलो वा सानो भए पनि, तिनीहरू यसरी व्यवहार गर्नु जायज र जरुरी भएको ठान्छन्; नत्र, यसले तिनीहरूका प्रतिष्ठामा घाटा र क्षति पुर्‍याउनेछ। ख्रीष्टविरोधीहरूका मानवतामा यी तत्त्वहरू हुँदाहुँदै के तिनीहरू सत्यतालाई स्विकार्न सक्छन्? के तिनीहरू सत्यता अभ्यास गर्न सक्छन्? कदापि सक्दैनन्। तैँले इमानदारी, दया र अन्य सकारात्मक कुराहरूलाई जतिसुकै जोड दिए पनि, तैँले मानिसहरूमा यी पक्षहरू हुन र तिनीहरूले यस सकारात्मक मानवताबमोजिम मानिसहरूलाई व्यवहार गर्न, आफ्ना कर्तव्यहरूलाई व्यवहार गर्न र विभिन्‍न मामलाहरूलाई सम्हाल्न आवश्यक गराए पनि, ख्रीष्टविरोधीहरूको हृदयका गहिराइमा यी कुराहरूप्रति अस्वीकार, तिरस्कार र शत्रुता हुन्छ। किन? किनभने ख्रीष्टविरोधीहरूमा यी सकारात्मक कुराहरू पटक्कै हुँदैन; तिनीहरूको सारमा कपट र निर्दयताको चरित्र हुन्छ, जुन दानवीय प्रकृतिको हुन्छ। के यो चरित्र र परमेश्‍वरले आवश्यक गर्नुहुने इमानदार, दयालु र सच्चा हुनेबीच दूरी छ? यी दुईबीच दूरी हुने मात्र नभई ती त ठ्याक्कै एकअर्काका विपरीत छन्—ती अलग प्रकृतिका दुई चरित्र हुन्। के ख्रीष्टविरोधीहरूका कपट र निर्दयताको कुनै प्रकटीकरण र प्रकाश सामान्य मानवतासँग मिल्छ? के त्यो सत्यतासँग मिल्छ? पक्कै पनि मिल्दैन; यी सबै शैतानका युक्ति र षड्यन्त्रहरू हुन्। शैतानका युक्ति र योजनाहरूले प्रकट गर्ने प्रकृति ठ्याक्कै कपटी र निर्दयी हुन्छ, जुन परमेश्‍वरले आवश्यक गराउनुभएअनुसार सामान्य मानवतामा हुन नहुने तत्वहरू हुन्। सङ्गति गरिएका कपट र निर्दयताका विभिन्‍न प्रकटीकरणका आधारमा, तिमीहरूका वरिपरि यस्तो मानवता भएका मानिसहरू छन् कि छैनन् भनेर विचार गर। यस्तो कपटी र निर्दयी चरित्र भएका ख्रीष्टविरोधीहरूले निस्सन्देह कदम चाल्न सक्छन्। तिनीहरूका कदमहरू अरूले हेर्न, सुन्‍न सक्ने र पहुँचयोग्य हुन्छन्। यदि ती पहुँचयोग्य छन् भने मानिसहरूले तिनको आभास पाउनुपर्छ र यस्ता व्यक्तिहरूलाई चिन्‍न र खुट्ट्याउन सक्नुपर्छ। ख्रीष्टविरोधीहरूको कपटी र निर्दयी चरित्र अत्यन्तै सामान्य र प्रस्ट प्रकटीकरण हुनुपर्छ। यो कुनै गुप्त विचार, सोच वा अभिप्राय होइन, बरु तिनीहरूको खुलासा भएको मानवता र तिनीहरूका कार्यविधि, उपाय र रणनीतिहरू हुन्। मानिसहरूले यस पक्षलाई बोध गर्न सक्नुपर्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्