परमेश्वरका दैनिक वचनहरू: परमेश्वरको कामलाई चिन्नु | अंश १९४
मानिसलाई आफूमा आत्मिक जीवनको आपूर्ति र परमेश्वरलाई चिन्ने कार्यको अनुभवको कमी मात्र नभई, अझै महत्त्वपूर्ण रूपमा, आफ्नो स्वभाव परिवर्तनको...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
ब्रह्माण्ड र आकाश मण्डलको विशालतामा, अनगिन्ती प्राणीहरू जिउँछन् र सन्तान पैदा गर्छन्, जीवनको चक्रीय नियम पालन गर्छन्, अनि एउटै अटुट नियमको पालन गर्छन्। मर्नेहरूले आफूसँग जिउँदाहरूको कथाहरू लिएर जान्छन्, अनि जिउँदाहरूले नाश भएर जानेहरूकै उही दुःखद इतिहासलाई दोहोर्याउँछन्। त्यसकारण, मानिसले आफैलाई यो प्रश्न नगरी बस्न सक्दैन: हामी किन जिउँछौं? अनि हामी किन मर्नुपर्छ? कसले यो संसारलाई नियन्त्रण गर्छ? अनि कसले यो मानवजातिलाई सृष्टि गर्यो? के मानवजातिलाई साँच्चै नै प्रकृति माताले नै रचेकी हुन् त? के मानवजातिले साँच्चै आफ्नो गन्तव्यलाई नियन्त्रण गर्न सक्छ? … मानवजातिले अटुट रूपमा हजारौं वर्षदेखि गर्दै आएका प्रश्नहरू यिनै हुन्। दुःखको कुरा, यी प्रश्नहरूप्रति मानिस जति तल्लीन बनेको छ, विज्ञानको लागि उसमा त्यति नै बढी तृष्णा जागेको छ। विज्ञानले देहको लागि छोटो सन्तुष्टि र अस्थाई आनन्द दिन्छ, तर मानिसलाई उसको प्राणभित्रको एकान्तपन, एकलोपन, र त्यति लुक्न नसकेको आतङ्क र विवशताबाट मुक्त गर्नको लागि त्यो पर्याप्त छैन। आफ्नो हृदयलाई बेहोस बनाउनको लागि मानवजातिले आफ्नो नाङ्गो आँखाले देख्न सक्ने र उसको मस्तिष्कले बुझ्न सक्ने वैज्ञानिक ज्ञानलाई मात्रै प्रयोग गर्छ। तैपनि त्यस्तो वैज्ञानिक ज्ञान, रहस्यहरूको अन्वेषण गर्नबाट मानवजातिलाई रोक्न पर्याप्त छैन। मानवजातिलाई ब्रह्माण्ड र यावत् थोकका सार्वभौम को हुनुहुन्छ सो थाहै छैन, मानवजातिको सुरुवात र भविष्यको बारेमा जान्ने कुरा त परै जाओस्। मानवजाति यो नियमको बीचमा केवल विवशतापूर्वक जिउँछ। यसबाट कोही पनि उम्कन सक्दैन र यसलाई कसैले परिवर्तन गर्न सक्दैन, किनभने यावत् थोकको बीचमा र स्वर्गहरूमा अनन्तदेखि अनन्तसम्म रहनुहुने एक मात्र जन हुनुहुन्छ, जसको सबै कुरामाथि सार्वभौमिकता छ। उहाँ एक मात्र जन हुनुहुन्छ जसलाई मानिसले कहिल्यै देखेको छैन, जसलाई मानवजातिले कहिल्यै चिनेको छैन, जसको अस्तित्वलाई मानिसले कहिल्यै विश्वास गरेको छैन—तैपनि मानवजातिका पुर्खाहरूलाई सास फुकिदिने र मानवजातिलाई जीवन दिने उहाँ नै हुनुहुन्छ। मानिसलाई अस्तित्वमा रहन दिँदै, उसको लागि जुटाउने र उसलाई पालनपोषण गर्ने उहाँ नै हुनुहुन्छ; मानवजातिलाई हालको दिनसम्म डोर्याउने उहाँ नै हुनुहुन्छ। यसको साथै, मानवजातिले आफ्नो अस्तित्वको लागि भर पर्ने केवल उहाँ मात्रै हुनुहुन्छ। यावत् थोकमाथि उहाँको सार्वभौमिकता छ र ब्रह्माण्डका सारा प्राणीहरूमाथि उहाँले नै शासन गर्नुहुन्छ। चार ऋतुमाथि उहाँकै नियन्त्रण छ र बतास, तुसारो, हिउँ, र पानी ल्याउने उहाँ नै हुनुहुन्छ। मानवजातिलाई सूर्यको ज्योति दिने र रात ल्याउने उहाँ नै हुनुहुन्छ। मानवजातिलाई पर्वतहरू, तालहरू, अनि खोलानाला र ति भित्रका सारा प्राणीहरू दिँदै, स्वर्गहरू र पृथ्वीका जग बसाल्ने उहाँ नै हुनुहुन्थ्यो। उहाँका कार्यहरू सर्वव्यापी छन्, उहाँको शक्ति सर्वव्यापी छ, उहाँको बुद्धि सर्वव्यापी छ, र उहाँको अख्तियार सर्वव्यापी छ। यी हरेक व्यवस्था र नियमहरू उहाँका कार्यहरूका मूर्तरूप हुन्, र हरेकले उहाँको बुद्धि र अख्तियारलाई प्रकट गर्छ। उहाँको सार्वभौमिकताबाट आफैलाई कसले मुक्त गर्न सक्छ? अनि उहाँका योजनाहरूबाट कसले आफैलाई हटाउन सक्छ? सबै थोक उहाँकै नजरमा अस्तित्वमा हुन्छन्, र यसको साथै, सबै थोक उहाँकै सार्वभौमिकतामा जिउँछन्। उहाँका कार्यहरू र उहाँको शक्तिले मानवजातिलाई उहाँ वास्तवमा नै अस्तित्वमा हुनुहुन्छ र सबै थोकमाथि उहाँको सार्वभौमिकता छ भन्ने तथ्यलाई स्वीकार गर्ने बाहेक कुनै विकल्प दिँदैन। उहाँ बाहेक कसैले पनि ब्रह्माण्डलाई नियन्त्रण गर्न सक्दैन, यो मानवजातिलाई अटुट रूपमा जुटाउने कुरा त परै जाओस्। तैँले परमेश्वरका कार्यहरूलाई पहिचान गर्न सके पनि वा नसके पनि, र तैँले परमेश्वरको अस्तित्वमा विश्वास गरे पनि वा नगरे पनि, तेरो गन्तव्य परमेश्वरले नै निर्धारण गर्नुहुन्छ भन्नेमा कुनै शङ्का छैन, र सबै थोकमाथि सँधै परमेश्वरकै सार्वभौमिकता हुन्छ भन्नेमा कुनै शङ्का छैन। उहाँको अस्तित्व र अख्तियार, तिनीहरुलाई मानवजातिले पहिचान गर्छ कि गर्दैन र बुझ्छ कि बुझ्दैन भन्ने आधारमा निर्धारित हुँदैन। उहाँलाई मात्रै मानिसको विगत, वर्तमान, र भविष्य थाहा छ, र उहाँले मात्रै मानिसको गन्तव्यलाई निर्धारित गर्न सक्नुहुन्छ। तैँले यो तथ्यलाई स्वीकार गर्न सके पनि वा नसके पनि, चाँडै नै सारा मानवजातिले आफ्नै आँखाले यो सबै देख्नेछ, र परमेश्वरले चाँडै नै ल्याउनुहुने तथ्य यही नै हो। परमेश्वरकै सामु मानवजाति जिउँछ र मर्छ। मानिस परमेश्वरको व्यवस्थापनको लागि जिउँछ, र जब उसले अन्तिम पटक आफ्ना आँखाहरू चिम्लन्छ, ती यही व्यवस्थापनकै लागि बन्द हुन्छन्। मानिस घरीघरी, अघि-पछि आउँछ, र जान्छ। कुनै अपवाद छैन कि यो सबै परमेश्वरको सार्वभौमिकता र उहाँको योजनाको भाग हो। परमेश्वरको व्यवस्थापन कहिल्यै अन्त्य भएको छैन; यो सदाकालसम्म अघि बढिरहन्छ। उहाँले मानवजातिलाई उहाँको अस्तित्वप्रति सचेत, उहाँको सार्वभौमिकतामाथि भरोसा गर्ने, उहाँका कार्यहरूलाई हेर्ने, र उहाँको राज्यमा फर्कने तुल्याउनुहुनेछ। उहाँले हजारौं वर्षदेखि व्यवस्थापन गर्दै आउनुभएको उहाँको योजना, र काम यही नै हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्वरको व्यवस्थापनको बीचमा मात्रै मुक्त गरिन सकिन्छ
मानिसलाई आफूमा आत्मिक जीवनको आपूर्ति र परमेश्वरलाई चिन्ने कार्यको अनुभवको कमी मात्र नभई, अझै महत्त्वपूर्ण रूपमा, आफ्नो स्वभाव परिवर्तनको...
वर्तमान चरणमा, पहिले सत्यता जान्नु, अनि त्यसपछि त्यसलाई अभ्यास गर्नु र सत्यताको साँचो अर्थले आफैलाई अझ धेरै सुसज्जित गर्नु अत्यन्तै...
धेरै मानिसहरूले अभ्यासको बारेमा थोरै कुरा गर्न सक्दछन् र उनीहरू आफ्ना व्यक्तिगत प्रभावहरूको बारेमा कुरा गर्न सक्छन्, तर त्यसको अधिकांश भाग...
सृष्टिकर्ताले सृष्टिका सबै प्राणीहरूको प्रबन्ध मिलाउने इच्छा गर्नुहुन्छ। उहाँले गर्ने कुनै कुरालाई तैँले परित्याग गर्नु वा अवज्ञा...