परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २४४

तिमीहरूले धेरै वटा कुराहरू प्राप्‍त गरेको होस् भन्‍ने मैले आशा राखेको छु, तर तिमीहरूका सबै कार्यहरू, तिमीहरूका जीवनका सबै थोकहरूले पनि मैले भनेका कुराहरू पूरा गर्न सक्दैनौ, त्यसैले मसँग अर्को कुनै विकल्प छैन, त्यसैले म सीधै मुख्य बुँदामा आउँछु र मेरो इच्छा तिमीहरू सामु वर्णन गर्छु। तिमीहरूको विवेक कमजोर भए जस्तै तिमीहरूको कृतज्ञता पनि कमजोर नै छ, तिमीहरू मेरो स्वभाव र सारतत्त्वका विषयमा नितान्त अनभिज्ञ छौ—त्यसैले, यो अत्यन्त जरुरी विषय भएको कारण म ती तिमीहरूलाई जानकारी गराउँछु। तैँले पहिला जतिसुकै बुझेको भए तापनि, तैँले यी विषयहरू बुझ्‍न चाहेका भए तापनि, मैले ती सबै तिमीहरूलाई विस्तृत रूपमा व्याख्या गरिदिनुपर्छ। यी विषयहरू तिमीहरूका निम्ति पूर्णतया नयाँ होइनन्, तैपनि तिमीहरूसँग यिनीहरूमा भएको अर्थसँग धेरै बुझाइको, धेरै परिचितताको अभाव छ। तिमीहरूमध्ये धेरै जनासँग निकै थोरै मात्र बुझाइ छ, र आंशिक र अपूर्ण बुझाइ छ। सत्यता राम्ररी अभ्यास गर्न—मेरा वचनहरू राम्ररी अभ्यास गर्न तिमीहरूलाई सहायता गर्न तिमीहरू सबैभन्दा पहिले यी विषयहरूप्रति सचेत हुनु आवश्यक छ भन्‍ने मलाई लाग्छ। यदि त्यसो भएन भने, तिमीहरूको विश्‍वास अस्पष्ट, पाखण्डीपनमै सीमित रहनेछ, र धर्मको जालले भरिएको हुनेछ। यदि तिमीले परमेश्‍वरको स्वभाव बुझेका छैनौ भने तिमीले उहाँको निम्ति गर्नुपर्ने काम गर्न असम्भव हुनेछ। यदि तिमीलाई परमेश्‍वरको सारतत्त्व थाहा छैन भने तिमीसँग उहाँप्रति आदर र भय हुने कुरा पनि असम्भव हुनेछ; बरु केवल देखावटी धर्म-कार्यहरू र छलछाम र अयोग्य ईश्‍वरनिन्दा मात्र हुनेछ। परमेश्‍वरको स्वभाव बुझ्‍नु अत्यन्त महत्वपूर्ण छ, साथै परमेश्‍वरको सारतत्त्व थाहा गर्ने कुरालाई नजर अन्दाज गर्न सकिँदैन, कसैले पनि यी विषयहरू विस्तृत रूपमा जाँच वा गहन अनुसन्धान गरेका छैनन्। तिमीहरूले मैले जारी गरेका सबै प्रशासनिक आदेशहरू रद्द गरेका छौ भन्‍ने कुरा स्पष्‍टसँग देख्‍न सकिन्छ। यदि तिमीहरूले परमेश्‍वरको स्वभाव बुझ्‍न सकेनौ भने तिमीहरूले स्वाभाविक रूपमा उहाँको स्वभावलाई उल्‍लङ्घन गर्नेछौ। उहाँको स्वभावको अपमान गर्नु भनेको परमेश्‍वरलाई क्रोधित तुल्याउनु हो, यसो भएमा प्रशासनिक आदेश भङ्ग गर्नु नै तिमीहरूका कार्यहरूका आखिरी फल हुनेछ। जब तैँले परमेश्‍वरको सारतत्त्व थाहा पाउँछस्, तब तैँले परमेश्‍वरको स्वभावलाई बुझ्‍न सक्छस्—र जब तैँले उहाँको स्वभावलाई बुझ्छस् तब प्रशासनिक आदेशहरू पनि बुझ्नेछस् भन्‍ने कुरा अब तैँले महसुस गर्नुपर्छ। यो कुरा भनिराख्‍नु पर्दैन, प्रशासनिक आदेशहरूमा समावेश गरिएका अधिकांश कुराहरूले परमेश्‍वरको स्वभावलाई छुन्छ, तर उहाँका सबै स्वभावहरू प्रशासनिक आदेशहरूमा व्यक्त गरिएका छैनन्; त्यसैले, परमेश्‍वरको स्वभावलाई बुझ्‍न तँ थप एक कदम अघि बढ्नु आवश्‍यक छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको स्वभाव बुझ्‍नु अत्यन्त महत्वपूर्ण हुन्छ

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १४२

मानिसमा हुने शैतानको कामलाई के कुराले चित्रण गर्छ? तिमीहरूले यो कुरा तिमीहरूका आफ्नै अनुभवहरूमार्फत सिक्‍न सक्‍नुपर्छ—यो शैतानको ठेट...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ११७

मानवजातिप्रति सृष्टिकर्ताका सच्‍चा भावनाहरू मानिसहरू प्रायजसो परमेश्‍वरलाई चिन्‍नु त्यति सजिलो कुरा होइन भन्छन्। तैपनि, म भन्छु...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ३९४

परमेश्‍वरमा आफ्नो विश्‍वासको सम्बन्धमा मानिसहरूको सबै भन्दा ठूलो गल्ती उनीहरूले मुखले मात्र विश्‍वास गर्नु, र परमेश्‍वरलाई आफ्नो दैनिक...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३३८

विगतको बारेमा विचार गर: तिमीहरूप्रति मेरो हेराइ कहिले क्रोधित, मेरो आवाज कहिले कठोर भएको छ? मैले तिमीहरूको केश कहिले लुछेको छु? मैले कहिले...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्