परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २४०

आज, मैले तिमीहरूलाई यो बिन्दुसम्म डोर्‍याएको हुनाले, मैले सुहाउँदो बन्दोबस्तहरू गरेको छु र मसँग मेरा आफ्नै उद्देश्यहरू छन्। यदि आज मैले तिनको बारेमा तिमीहरूलाई बताएँ भने, के तिमीहरूले तिनलाई साँचो रूपमा जान्न सक्थ्यौ? म मानिसको मस्तिष्कमा भएका सोचहरू र मानिसको हृदयमा भएका चाहनाहरूसँग राम्ररी नै परिचित छु: कसले चाहिँ कहिल्यै आफ्नै लागि उम्‍कने बाटो खोजेको छैन र? कसले चाहिँ कहिल्यै आफ्नै सम्भावनाको बारेमा सोचेको छैन र? तैपनि, मानिससँग प्रचुर र चम्किलो दिमाग भए पनि, युगौंयुगपछि वर्तमान जे-जस्तो देखा परेको छ त्यस्तो हुनेछ भनेर कसले नै भविष्यवाणी गर्न सक्थ्यो र? के यो साँच्चै तेरो आफ्नै व्यक्तिगत प्रयत्नहरूको प्रतिफल हो त? के यो तेरो अथक मेहनतको भुक्तानी हो त? के यो तैँले आफ्नो मस्तिष्कमा कल्पना गरेको सुन्दर झाँकी हो त? यदि मैले सारा मानवजातिलाई मार्गदर्शन नगरेको भए, कसले मेरा बन्दोबस्तहरूबाट आफैलाई छुट्याएर उम्कने नयाँ बाटो पत्ता लगाउन सक्थ्यो र? के उसलाई आजको दिनसम्‍म ल्याउने मानिसको कल्पना र चाहनाहरू नै हो त? धेरै मानिसहरू आफ्नो पूरै जीवनभर चाहनाहरू पूरा नभइकनै जिउँछन्। के यो वास्तवमै तिनीहरूको सोचमा भएको त्रुटिको कारणले हुन्छ र? धेरै मानिसहरूका जीवन अप्रत्याशित खुसी र सन्तुष्टिले भरिन्छन्। के यो वास्तवमै तिनीहरूले अति कम अपेक्षा गरेको कारणले हुन्छ र? सर्वशक्तिमान्‌को नजरमा, पूरै मानवजातिको कसलाई चाहिँ वास्ता गरिएको छैन र? सर्वशक्तिमान्‌को पूर्वनिर्धारित प्रबन्धमाझ कोचाहिँ जिउँदैन र? के मानिसको जीवन र मृत्यु उसको आफ्नै रोजाइमा हुन्छ र? के मानिसले आफ्नो भवितव्य आफैले नियन्त्रण गर्न सक्छ र? धेरै मानिसहरूले चिच्याएर मृत्युलाई बोलाउँछन्, तर यो तिनीहरूबाट धेरै टाढा हुन्छ; धेरै मानिसहरू जीवनमा बलिया रहेका व्यक्तिहरूजस्तो बन्न चाहन्छन् र मृत्युदेखि डराउँछन्, तर तिनीहरूलाई थाहै नभई तिनीहरूको मृत्युको दिन नजिक आउँछ र तिनीहरूलाई मृत्य-कुण्डमा धकेल्छ; धेरै मानिसहरूले आकाशमा हेर्छन् र गहिरो सुस्केरा हाल्छन्; धेरै मानिसहरूले ठूलो रोदन निकाल्छन्, बिलौनामा सुँक्कसुँक्क गर्छन्; धेरै मानिसहरू परीक्षाहरूको माझमा ढल्छन्; अनि धेरै मानिसहरू प्रलोभनहरूको बन्दी बन्छन्। मानिसलाई स्पष्टसित मलाई देख्ने अवसर दिन म व्यक्तिगत रूपमा देखा पर्दिन, तैपनि धेरै मानिसहरू मेरो अनुहार हेर्न नै डराउँछन्, तिनीहरू मैले तिनीहरूलाई प्रहार गरी ढलाउँछु, मैले तिनीहरूलाई सिध्याइदिन्छु भनी एकदमै डराउँछन्। मानिसले मलाई साँचो रूपमा चिन्छ कि चिन्दैन? कसैले पनि निश्‍चयताका साथ भन्न सक्दैन। के यो यस्तै होइन र? तिमीहरू म र मेरो सजाय दुवैदेखि डराउँछौ, तैपनि तिमीहरू खडा हुन्छौ र खुल्लमखुल्ला मेरो विरोध गर्छौ र मेरो आलोचना गर्छौ। के अवस्था यही होइन र? मानिसले मलाई कहिल्यै पनि चिनेको छैन किनभने उसले मेरो अनुहार देखेको छैन वा मेरो सोर सुनेको छैन। यसरी, म मानिसको हृदयभित्र भए पनि, के कोही यस्ता पनि छन् जसको हृदयमा म धमिलो र अस्पष्ट छैन? के कोही यस्ता छन् जसको हृदयमा म एकदमै स्पष्ट छु? म मेरा मानिसहरूले पनि मलाई अस्पष्ट वा धमिलो रूपमा देखून् भन्ने चाहन्न, र यसरी म यो महान् काम प्रारम्भ गर्छु।

म चुपचाप मानिसमाझ आउँछु, र त्यसपछि बिस्तारै टाढा जान्छु। के कसैले कहिल्यै मलाई देखेको छ त? के सूर्यले यसको बलिरहेको ज्वालाको कारण मलाई देख्न सक्छ त? के चन्द्रले यसको उज्ज्वल स्पष्टताको कारण मलाई देख्न सक्छ त? के तारापुञ्जहरूले तिनीहरूको आकाशको स्थानको कारण मलाई देख्न सक्छन् त? जब म आउँछु, तब मानिसले थाहा पाउँदैन, र सबै थोक अज्ञानी नै रहन्छन्, र जब म प्रस्थान गर्छु, तब पनि मानिस अझै अनभिज्ञ नै रहन्छन्। कसले मेरो साक्षी दिन सक्छ त? के यो पृथ्वीको मानिसले गरेको प्रशंसा हुन सक्छ त? के यो जङ्गलमा फुलिरहेका लीली फूलहरू हुन सक्छ त? के यो आकाशमा उड्ने चराहरू हुन सक्छ त? के यो पहाडहरूमा गर्जने सिंहहरू हुन सक्छ त? कसैले पनि मेरो साक्षी पूर्ण रूपमा दिन सक्दैन! कसैले पनि मैले गर्ने काम गर्न सक्दैन! तिनीहरूले यो काम गरे पनि, यसको के प्रभाव हुन्थ्यो र? हरेक दिन म धेरै मानिसहरूको हरेक कार्य अवलोकन गर्छु, र हरेक दिन म धेरै मानिसहरूका मन र मस्तिष्कहरू जाँच गर्छु; कोही पनि मेरो न्यायबाट उम्केको छैन, र कसैले पनि आफूलाई मेरो न्यायको वास्तविकताबाट वञ्चित गरेको छैन। म आकाशमाथि उभिन्छु र टाढा-टाढा हेर्छु: मैले असंख्य मानिसहरूमाथि प्रहार गरेको छु, तर अनगिन्ती मानिसहरू पनि मेरो कृपा र प्रेमिलो-दयामा जिउँछन्। के तिमीहरू पनि यस्तै परिस्थितिहरूमा जिउँदैनौ र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय ११

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३१७

मानिस अहिलेसम्म अन्धकारको प्रभावको कवचमुनि जिएको छ, शैतानको प्रभावको बन्धनमा परेको छ, उम्‍कनलाई असमर्थ छ, र उसको स्वभाव शैतानद्वारा संचालित...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २६२

मानवजातिका सदस्यहरू र समर्पित इसाईहरूका रूपमा, परमेश्‍वरको आदेशलाई पूरा गर्नका निम्ति हाम्रा मन र शरीरलाई बलिदानको रूपमा चढाउने हामी सबैको...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २३३

मैले दुष्कर्म गर्नेहरू र शक्ति प्रयोग गरेर परमेश्‍वरका छोराहरूलाई सताउनेहरूलाई दण्ड दिने काम सुरु गरेको छु। अब उप्रान्त, मेरा प्रशासनिक...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३०१

मानिसको भ्रष्‍ट स्वभाव उसलाई शैतानद्वारा दूषित बनाइएको र कुल्चीमिल्ची गरिएको कुराबाट, शैतानले उसको सोचविचार, नैतिकता, अन्तर्दृष्टि र...