परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २३२

म धर्मी छु, म भरोसायोग्य छु, र म मानिसको अन्तस्करण जाँच गर्ने परमेश्‍वर हुँ! को साँचो हो र को झूटो हो सो म तुरुन्तै प्रकट गर्नेछु। नआत्तिओ; सबै थोकले मेरो समयअनुसार काम गर्दछन्। कसले मलाई इमानदारीसाथ चाहन्छ, र कसले चाहँदैन, त्यो एक-एक गरी म तिमीहरूलाई बताउनेछु। तिमीहरू केवल खाने, पिउने र मेरो उपस्थितिमा आउँदा मेरो नजिक आउने कुरामा मात्रै ध्यान देओ, र मेरो काम म आफै गर्नेछु। तुरुन्तै परिणामहरू प्राप्त गर्नको लागि अनावश्यक रूपमा चिन्तित नहोओ; मेरो काम झट्टै एकै पटक सम्पन्न गर्न सकिने काम होइन। त्यसभित्र मेरा चरणहरू र मेरो बुद्धि छन्, त्यसैले मेरो बुद्धि प्रकट गर्न सकिन्छ। म तिमीहरूलाई मेरा हातहरूले के गरेका छन् त्यो देखाउनेछु—दुष्टलाई दण्ड र असललाई इनाम दिनु। म अवश्य नै कसैको पनि पक्ष लिँदिनँ। तँ, जसले इमानदारीसाथ मलाई प्रेम गर्छ, म तँलाई इमानदारीसाथ प्रेम गर्दछु, जसले मलाई इमानदारीसाथ प्रेम गर्दैनन्, मेरो क्रोध सधैँ तिनीहरूसित रहनेछ, ताकि तिनीहरूले सारा अनन्तताभरि यो स्मरण गरून् कि म नै साँचो परमेश्‍वर, मानिसको अन्तस्करण जाँच्ने परमेश्‍वर हुँ। अरूको सामुन्ने एक प्रकारको र तिनीहरूका पिठिउँपछाडि अर्को प्रकारको व्यवहार नगर्; तैँले गर्ने सबै कुरा म स्पष्ट रूपमा देख्न सक्छु, र तैँले अरूलाई मूर्ख बनाउन सके पनि, मलाई मूर्ख बनाउन सक्दैनस्। म यो सबै स्पष्ट देख्दछु। तैँले कुनै पनि कुरा लुकाउनु सम्भव छैन; सबै थोक मेरा हातमा छन्। आफैलाई धेरै चतुर सम्झँदै तेरो क्षुद्र साना युक्तिहरूले तेरो फाइदा गराउँछ भन्‍ने नठान्। म तँलाई भन्छु: मानिसहरूले जति धेरै योजनाहरू बनाए पनि, चाहे ती हजारौं वा लाखौँ भए पनि, आखिरमा ती मेरो हत्केलाबाट उम्कन सक्दैनन्। सबै थोक र सबै वस्तुहरू मेरा हातहरूद्वारा नियन्त्रित छन्, एक जना व्यक्तिको त कुरै नगरौं! मलाई छल्ने वा मबाट लुक्ने कोसिस नगर्, फुस्लाउने वा लुकाउने कोसिस नगर्। के मेरो महिमित अनुहार, मेरो क्रोध र मेरो न्यायलाई सार्वजनिक रूपमा प्रकट गरिएको छ भन्‍ने तैँले अझै देखेको छैनस् भन्‍ने हुन सक्छ? ज-जसले मलाई इमानदारीसाथ चाहँदैन, म तिनीहरूलाई तुरुन्तै र कृपा नगरी न्याय गर्नेछु। मेरो दयाको अन्त्य भएको छ; अब केही बाँकी छैन। अब उप्रान्त पाखण्डी नबन्, र तेरा असभ्य र लापरवाह चालहरूलाई बन्द गर्।

हे मेरो छोरो, होसियार बस्; मेरो उपस्थितिमा धेरै समय बिता अनि म तेरो जिम्मा लिनेछु। नडरा, मेरो दुईधारे तरवार लिएर आइज, र—मेरो इच्छाअनुसार—कठिनाइ भए पनि शैतानसित अन्तिमसम्म लडाइँ गर्। म तँलाई रक्षा गर्नेछु; कुनै चिन्ता नगर्। लुकेका सबै कुराहरू खोलिनेछन् र प्रकट गरिनेछन्। म सूर्य हुँ जसले प्रकाश दिन्छ, निर्दयतापूर्वक सबै अन्धकारलाई उज्यालो पार्छ। मेरो न्याय पूर्ण रूपले आफ्नो सम्पूर्णतामा ओर्लिएको छ; मण्डली लडाइँको एक मैदान हो। तिमीहरू सबैले आफैलाई तयार पार्नुपर्छ र तेरो सम्पूर्ण अस्तित्व अन्तिम, निर्णायक लडाइँमा समर्पित गर्नुपर्छ; म तँलाई निश्चित रूपमा रक्षा गर्नेछु ताकि तैंले मेरो लागि असल र विजयी लडाइँ लड्न सक्।

सावधान हो—हिजोआज मानिसहरूका हृदयहरू छली अनि पूर्वानुमान गर्न नसकिने छन् र उनीहरूसँग अन्य मानिसहरूको विश्वास जित्ने कुनै तरिका छैन। केवल म पूर्ण रूपमा तिमीहरूका लागि छु। ममा कुनै छल छैन; केवल ममाथि भर पर्! मेरा छोराहरू निश्चय त्यो अन्तिम, निर्णायक लडाइँमा विजयी हुनेछन्, र शैतान निश्चय नै मृत्यु-संघर्षका लागि बाहिर आउनेछ। नडरा! म तेरो शक्ति हुँ, र म तेरो सबै थोक हुँ। तँ ती कुराहरूको विषयमा घरीघरी विचार नगर्, तैँले त्यति धेरै कुराहरूबारे एकसाथ विचार गर्न सक्दैनस्। मैले पहिले नै भनेको छु, म तिमीहरूलाई अब फेरि बाटोमा तान्ने छैन, किनकि समय धेरै दबाबपूर्ण अवस्थामा छ। मसँग तिमीहरूलाई कानमा समातेर हरेक मोडमा तिमीहरूलाई सावधान गराउने समय छैन—यो सम्भव छैन! लडाइँका निम्ति तेरा तयारीहरू समाप्त गर्। म तेरो लागि पूर्ण जिम्मेवारी लिन्छु; सबै कुराहरू मेरो हातमा छन्। यो मृत्युसम्मकै लडाइँ हो, र एक वा अर्को पक्ष नष्ट हुने निश्चित छ। तर तँ यस विषयमा स्पष्ट हुनुपर्छ: म सधैँ विजयी र अपराजित छु, र शैतान निश्चय नै नाश हुनेछ। यो मेरो पद्धति हो, मेरो काम, मेरो इच्छा, र मेरो योजना हो!

काम भइसक्यो! सबै काम भइसक्यो! डरपोक वा भयभीत नहो। म तँसँग, र तँ मसँग, हामी सधैँभरि राजाहरू हुनेछौं! मेरा वचनहरू, एक पटक बोलिएपछि कहिल्यै बदलिँदैनन्, र घटनाहरू चाँडै तँमाथि घट्नेछन्। होसियार हो! तैंले प्रत्येक पंक्तिमाथि राम्ररी विचार गर्नुपर्छ; मेरा वचनहरूको बारेमा अब फेरि अनिश्चित नहो। तँ तिनको बारेमा स्पष्ट हुनुपर्छ! तैंले याद राख्नुपर्छ—मेरो उपस्थितिमा जतिसक्दो धेरै समय बिता!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ४४

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २६१

यस संसारमा भएको हरेक कुरा सर्वशक्तिमान्‌का विचारहरू र उहाँको प्रत्यक्ष निगरानीमा द्रुत गतिमा परिवर्तन हुन्छ। मानवजातिले कहिल्यै नसुनेका...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३०३

परमेश्‍वरसँग भावना भएको कारण, वा मानिसले उहाँलाई प्राप्‍त गरेको नचाहनुभएको कारण, मानिस परमेश्‍वरलाई प्राप्‍त गर्न असफल भएको होइन, तर...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ५४

अय्यूबले कानद्वारा परमेश्‍वरको बारेमा सुन्छन् (छनौट गरिएका खण्डहरू) अय्यूब ९:११ हेर्नुहोस्, उहाँ मेरो छेउबाट हिँड्नुहुन्छ, र म उहाँलाई...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्