परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ७२

तिमीहरू अमेरिकी, बेलायती वा जुनसुकै राष्ट्रको भए तापनि, तिमीहरूले आफू स्वयम्‌भन्दा माथि उठेर, तिमीहरूको आफ्नै राष्ट्रियताको सीमाभन्दा बाहिर आफ्नो पाइला चाली परमेश्‍वरको कामलाई सृष्टि गरिएको प्राणीको परिप्रेक्ष्यबाट हेर्नुपर्छ। यो तरिकाले, तिमीहरूले परमेश्‍वरका पाइलाहरूमा सीमितता ल्याउनेछैनौ। यस्तो हुन्छ किनभने आजकल धेरै मानिसहरूले परमेश्‍वर कुनै विशेष राष्ट्र वा निश्चित मानिसहरूका बीचमा देखा पर्नु असम्भव छ भनी मान्छन्। परमेश्‍वरको कामको महत्त्व कति गहन छ, र परमेश्‍वर देखा पर्नु कति महत्त्वपूर्ण छ! कसरी मानिसका धारणाहरू र विचारले यसको मापन गर्न सम्भव छ र? त्यसैले म भन्छु, परमेश्‍वर देखा पर्नुभएको खोजी गर्नको निम्ति तिमीहरूले राष्ट्रियता र जातीयताका धारणाहरूलाई तोड्नुपर्छ। त्यसपछि मात्रै तिमीहरू आफ्नै धारणाहरूको वशमा हुनेछैनौ; त्यसपछि मात्रै तिमीहरू परमेश्‍वरको देखा पराइलाई स्वागत गर्न योग्य हुनेछौ। अन्यथा, तिमीहरू अनन्त अन्धकारमा रहनेछौ, र तिमीहरूले कहिल्यै पनि परमेश्‍वरबाट स्वीकृति प्राप्त गर्नेछैनौ।

परमेश्‍वर सबै मानवजातिको परमेश्‍वर हुनुहुन्छ। उहाँले आफूलाई उहाँ कुनै राष्ट्र वा मानिसहरूको व्यक्तिगत सम्पत्ति मान्नुहुन्न, बरु उहाँ त कुनै पनि स्वरूप, राष्ट्र वा मानिसहरूमा सीमित नभई उहाँले योजना गर्नुभएअनुसार उहाँको काम गर्दै जानुहुन्छ। सायद तैँले यो स्वरूपलाई कहिल्यै कल्पना गरेको छैनस्, वा सायद यस प्रकारको स्वरूपप्रति तेरो यो अस्वीकृतिको मनोवृत्ति हुन सक्छ, वा सायद परमेश्‍वरले जुन राष्ट्रमा आफैलाई प्रकट गर्नुहुन्छ र जुन मानिसहरूमाझ आफैलाई प्रकट गर्नुहुन्छ तिनीहरू सबैद्वारा भेदभाव भएकाहरू र पृथ्वीमा सबैभन्दा पछि परेकाहरू हुन्छन्। अझै पनि परमेश्‍वरसँग उहाँको बुद्धि छ। उहाँको महान शक्तिको साथमा र उहाँको सत्यता अनि उहाँको स्वभावद्वारा, उहाँले साँच्चै उहाँको जस्तै मन भएका मानिसहरूको समूहलाई प्राप्त गर्नुभएको छ, र उहाँले पूर्ण बनाउने कामना गर्नुभएको मानिसहरूको समूहलाई प्राप्त गर्नुभएको छ—यो उहाँले जित्नुभएको त्यो समूह हो जसले सबै प्रकारका परीक्षाहरू र कष्टहरू र सबै प्रकारका सतावटहरूलाई सहेर अन्त्यसम्म नै उहाँलाई पछ्याउन सक्छ। कुनै पनि स्वरूप वा जातिमा सीमित नरहेको परमेश्‍वर देखा पराइको उद्देश्य भनेको, उहाँले योजना गर्नुभएको कामलाई पूरा गर्न उहाँलाई सक्षम पार्नु हो। यो चाहिँ परमेश्‍वर यहूदियामा देहधारी हुनुभएको जस्तो हो: उहाँको उद्देश्य सम्पूर्ण मानवजातिको उद्धार गर्न क्रुसीकरणको काम पूर्ण गर्नु थियो। तैपनि यहूदीहरूले परमेश्‍वरको निम्ति यो असम्भव थियो भनेर विश्‍वास गर्थे, र तिनीहरूले परमेश्‍वरलाई देहधारी हुन र प्रभु येशू ख्रीष्टको स्वरूप धारण गर्न असम्भव छ भन्ने ठाने। तिनीहरूको “असम्भव” विचार नै तिनीहरूले परमेश्‍वरलाई दोष दिने र विरोध गर्ने आधार बन्यो, र अन्ततः यसले इस्राएललाई विनाशतर्फ डोर्यायो। आज पनि धेरै मानिसहरूले त्यस्तै प्रकारका गल्तीहरू गरेका छन्। तिनीहरूले आफ्नो सारा शक्तिले परमेश्‍वर तुरुन्तै देखा पर्नुहुने घटनाको घोषणा गर्छन्, तैपनि फेरि उही समयमा परमेश्‍वर देखा पर्नुहुने कुराको निन्दा गर्छन्; तिनीहरूको “असम्भव” विचारले फेरि एकचोटि परमेश्‍वर देखा पर्नुहुने कुरालाई तिनीहरूको कल्पनाका सीमितताहरूमा बन्द गरी राख्छ। अनि त्यसैले धेरै मानिसहरूलाई मैले परमेश्‍वरको वचनको कुरा आउँदा जङ्गली र कठोर हाँसो छुटेको देखेको छु। तर के यो हाँसो यहूदीहरूको दोषारोपण र ईश्‍वरनिन्दा भन्दा फरक छ र? तिमीहरू सत्यताको उपस्थितिमा आदरयुक्त छैनौं, तिमीहरूमा तृष्णाको मनोवृत्ति हुने कुरा त परै जाओस्। तिमीहरूले गर्ने सबै कुरा भनेको अन्धाधुन्ध अध्ययन गर्नु र कुनै चासोबिनै पर्खि बस्नु हो। यसरी अध्ययन गरी पर्खी बसेर तिमीहरूले के प्राप्त गर्छौ? के तिमीहरूले परमेश्‍वरबाट व्यक्तिगत मार्गदर्शन पाउँछौं भन्ने लाग्छ? यदि तँले परमेश्‍वरको वाणीलाई छुट्ट्याउन सक्दैनस् भने, कुन तरिकामा तँ परमेश्‍वर देखा पर्नुहुने घटनाको साक्षी बन्न योग्य हुन्छस्? जहाँ परमेश्‍वर देखा पर्नुहुन्छ, त्यहाँ सत्यता व्यक्त हुन्छ, र त्यहाँ परमेश्‍वरको आवाज हुनेछ। केवल सत्यतालाई स्वीकार गर्नेले मात्रै परमेश्‍वरको आवाजलाई सुन्न सक्नेछ, र यस्ता मानिसहरू मात्रै परमेश्‍वर देखा पर्नुहुने घटनालाई देख्‍नको लागि योग्य हुनेछन्। तेरा धारणालाई छोडिदे! आफैलाई शान्त पार् र यी शब्दहरूलाई होसियारीसाथ पढ्। यदि तँ सत्यको तृष्णा गर्छस् भने, परमेश्‍वरले तँलाई ज्योति दिनुहुनेछ र तैँले उहाँका वचनहरू र इच्छा बुझ्नेछस्। तिमीहरूको “असम्भव” भन्ने विचारलाई छोडिदेओ! मानिसहरूले जति धेरै कुनै कुरा असम्भव छ भन्ने विश्‍वास गर्छन्, त्यति नै धेरै त्यस्तै हुने सम्भावना हुन्छ, किनभने परमेश्‍वरको बुद्धि स्वर्गहरूभन्दा उच्च छ, परमेश्‍वरका विचारहरू मानिसको विचारहरूभन्दा उच्च छन्, र परमेश्‍वरको कामले मानिसका सोचाइ र धारणाका सीमाहरूलाई नाघ्छ। कुनै कुरा जति धेरै असम्भव हुन्छ, त्यसमा त्यति नै धेरै खोज्न सकिने सत्यता हुन्छ; कुनै कुरा मानिसको धारणाहरू र कल्पनाभन्दा जति धेरै बाहिर हुन्छ, त्यसमा त्यति नै धेरै परमेश्‍वरको इच्छा हुन्छ। यस्तो हुन्छ किनभने उहाँले आफूलाई जहाँ प्रकट गर्नुभए पनि परमेश्‍वर परमेश्‍वर नै हुनुहुन्छ, र उहाँ देखा पर्नुहुने शैली र स्थानले उहाँको सारतत्व परिवर्तन हुनेछैन। उहाँका पाइलाहरू जहाँ भए तापनि परमेश्‍वरको स्वभाव उही रहन्छ, र उहाँका पाइलाहरू जहाँ भए तापनि, उहाँ सबै मानवजातिको परमेश्‍वर हुनुहुन्छ, त्यसरी नै जसरी प्रभु येशू इस्राएलीहरूका मात्रै परमेश्‍वर नभई सबै एसिया, युरोप र अमेरिकाका मानिसहरूका परमेश्‍वर हुनुहुन्छ र त्यो भन्दा पनि बढी, उहाँ सारा ब्रम्‍हाण्डका एकमात्र परमेश्‍वर हुनुहुन्छ। त्यसैले, हामी परमेश्‍वरको इच्छाको खोजी गरौं र उहाँका वाणीहरूमा उहाँ देखा पर्नुहुने कुरा पत्ता लगाऔं, र उहाँका पाइलाहरूसँग कदममा कदम मिलाऔं! परमेश्‍वर नै सत्य, मार्ग र जीवन हुनुहुन्छ। उहाँका वचनहरू र उहाँ देखा पर्नुहुने कुरा एकैसाथ अस्तित्वमा रहन्छन्, र उहाँको स्वभाव अनि पाइलाहरू सबै मानवजातिको लागि सधैं खुल्ला छन्। प्रिय दाजुभाइ-दिदीबहिनीहरू, म आशा गर्छु कि तिमीहरूले यी वचनहरूमा परमेश्‍वर देखा पर्नुभएको हेर्न सक्नेछौ, तिमीहरूले नयाँ युगमा पाइला राखी अघि बढ्दै गर्दा उहाँका पाइलाहरू पछ्याउन थाल्‍न सक्नेछौ, र उहाँ देखा पर्नुभएको पर्खाइमा रहेकाहरूको लागि परमेश्‍वरले तयार गर्नुभएको सुन्दर नयाँ स्वर्ग र पृथ्वीमा प्रवेश गर्न सक्नेछौ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्‍वर देखा पर्नुभएको घटनाले नयाँ युगलाई प्रारम्भ गरेको छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २३८

एक क्षण पनि नथामिईकन मेरो योजनाबद्ध काम अगाडि बढिरहेको छ। राज्यको युगमा सरेपछि, र मेरा जनहरूका रूपमा तिमीहरूलाई मेरो राज्यमा ल्याएपछि,...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ४३

शैतानले फेरि एकपटक अय्यूबलाई परीक्षा गर्छ (अय्यूबको शरीरभरि खटिरा निस्कन्छन्) क. परमेश्‍वरले बोल्नुभएका वचनहरू अय्यूब २:३ अनि यहोवाले...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३६०

जोसुकैले पनि तिनीहरूको वास्तविक चेहराको प्रतिनिधित्व गर्नको निम्ति आफ्ना शब्द र कार्यहरूको प्रयोग गर्न सक्छन्। यो वास्तविक चेहरा नै...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्