परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ६६

म राज्यमा शासन गर्दछु, र यसबाहेक म सम्पूर्ण ब्रह्माण्डमा शासन गर्दछु: म राज्यको राजा र ब्रह्माण्डका प्रमुख, दुवै हुँ। यस समयदेखि उसो म तिनीहरू सबैलाई भेला गर्नेछु जो चुनिएकाहरू होइनन् र अन्यजातिहरूको माझमा काम सुरु गर्नेछु, र म मेरो प्रशासनिक आदेशहरू सम्पूर्ण ब्रह्माण्डमा घोषणा गर्नेछु, यसैले कि मैले आफ्नो कार्यको अर्को चरण सफलतापूर्वक सुरु गर्न सकूँ। अन्यजातिहरूमाझ मेरो कामहरू फैलाउन म सजायको प्रयोग गर्नेछु, भन्‍नुको अर्थ, म ती सबै अन्यजातिहरूको विरुद्धमा शक्ति प्रयोग गर्नेछु। स्वाभाविक रूपमा, यो काम त्यत्ति बेला नै गरिन्छ जब चुनिएकाहरूको बीचमा मेरो काम हुन्छ। जब मेरा मानिसहरूले पृथ्वीमा शासन गर्छन् र शक्ति प्रयोग गर्छन्, त्यो त्यस दिन पनि हुनेछ जब पृथ्वीका सबै मानिसहरू जितिएका हुनेछन्, र यसबाहेक, यो त्यही समय हुनेछ जब म विश्राम गर्छु—र त्यसपछि मात्र म जितिएकाहरू सबैकहाँ देखा पर्नेछु। म पवित्र राज्यमा देखा पर्छु, र म आफैलाई फोहोरको देशबाट लुकाउँछु। जितिएकाहरू र मेरो सामु आज्ञाकारी हुनेहरू सबैले आफ्नै आँखाले मेरो मुहार देख्न सक्नेछन्, र तिनीहरूका आफ्नै कानले मेरो स्वर सुन्न सक्नेछन्। आखिरी दिनहरूमा जन्मनेहरूको आशिष् यही नै हो, यो मद्वारा पूर्वनिर्धारित आशिष् हो, र यसलाई कुनै पनि मानिसले परिवर्तन गर्न सक्दैन। आज म भविष्यको कामका लागि यस तरिकाले काम गर्दछु। मेरा सबै काम एक-अर्कोसित सम्बन्धित छ, यी सबैमा एउटा बोलावट र जबाफ हुन्छ: कुनै चरण कहिल्यै पनि अचानक रोकिएको छैन र कुनै पनि चरण अर्कोबाट स्वतन्त्र भएर पूरा भएको छैन। के यो यस्तै होइन र? के विगतको काम आजको कार्यको आधार होइन र? के विगतका वचनहरू आजका वचनहरूका लागि अग्रदूत होइनन् र? के विगतका चरणहरू आजका चरणहरूको सुरुआत होइनन् र? जब मैले औपचारिक रूपमा चर्मपत्रको मुट्ठो खोल्छु, त्यसै बेला ब्रह्माण्डभरिका मानिसहरूले सजाय पाउँछन्, त्यसै बेला विश्‍वभरिका मानिसहरू परीक्षाको सिकार हुन्छन्, र यो मेरो कामको चरम सीमा हो; सबै मानिसहरू ज्योति विनाको भूमिमा बस्छन्, र सबै मानिसहरू उनीहरूको वातावरणले ल्याएको जोखिमहरूका बीचमा जिउँछन्। अर्को शब्दमा भन्नुपर्दा, यो त्यस्तो जीवन हो जुन मानिसले सृष्टिको समयदेखि अहिलेसम्म कहिल्यै पनि अनुभव गरेका छैन र युगौंयुगसम्म कसैले पनि यस प्रकारको जीवन “उपभोग” गरेको छैन, र त्यसैले म भन्छु कि मैले त्यस्तो काम गरें जुन पहिले कहिल्यै गरिएको थिएन। यो वास्तविक स्थिति हो, र भित्री अर्थ यही हो। मेरो दिन सबै मानव जातिको नजिक आउने हुनाले, यो टाढा देखिँदैन तर मानिसकै आँखाको सामु भएकोले, फलस्वरूप, भयभीत नहुने को होला र? र यसमा खुशी हुन नसक्ने को होला? फोहोरी सहर बेबिलोन त्यसको अन्त्यमा आइपुगेको छ; मानिसले फेरि एउटा नयाँ संसारलाई भेटेको छ, र आकाश र पृथ्वी परिवर्तन भएको र नयाँ बनाइएको छ।

जब म सबै राष्ट्रहरू र सबै मानिसहरू सामु देखा पर्छु, आकाशमा सेता बादलहरू निस्केर मलाई घेर्छन्। त्यसरी नै पृथ्वीमा पक्षीहरू पनि पृथ्वीको वातावरणको मुख्य कुराहरू झल्काउँदै मेरो निम्ति गाउँछन् र खुसीले नाच्छन्, र यसरी पृथ्वीका सबै थोकहरूलाई जीवित बनाउँछन्, अब “बिस्तारै तल झर्दैनन्,” तर बरु यसको साटो सजिवताको वातावरण बीच जिउँछन्। जब म बादलहरूमाझ हुन्छु, मानिसले मेरो अनुहार र मेरो आँखालाई मधुरो गरी चिन्दछ, र यस बेला उसले अलिअलि डर महसुस गर्दछ। विगतमा, उसले मेरो बारेमा किम्बदन्ती ऐतिहासिक विवरणहरू सुनेको छ, त्यसको फलस्वरूप ऊ आधा विश्‍वासी र आधा शङ्कालु छ। म कहाँ छु वा मेरो अनुहार कति ठूलो छ भनी उसले जान्दैन—के यो समुद्रजस्तै चौडा छ, वा हरिया चौरहरूजस्तै असीम छ? यी कुराहरू कसैले पनि जान्दैन। आज जब मानिसले बादलमा मेरो अनुहार देख्छ तब मात्र किम्बदन्तीको म वास्तविक हुँ भनी महसुस गर्छ, यसैले ऊ मप्रति केही बढी अनुकूल हुन थाल्छ, र मेरो कामका कारणले गर्दा मात्र मप्रतिको उसको प्रशंसा केही ठूलो हुन्छ। तर मानिसले अझै पनि मलाई चिन्दैन, र उसले बादलहरूमा मेरो एक भाग मात्र देख्छ। त्यसपछि म मेरा बाहुलीहरू बढाउँछु र ती मानिसहरूलाई देखाउँछु। मानिस छक्क पर्छ, र मेरो हातद्वारा प्रहार गरिएला भनी गहन रूपमा डराउँदै उसको मुख छोप्छ, त्यसैले उसले आफ्नो प्रशंसामा थोरै श्रद्धा थप्छ। मानिसले मेरो चालमा ध्यान दिएर हेर्छ, किनभने उसले ध्यान दिएन भने ऊ मबाट प्रहार गरिनेछ भनी ऊ गम्भीर रूपमा डराएको हुन्छ—तर म मानिसले मलाई हेर्ने कुरामा मात्र सीमित छैन, र म मेरो हातमा भएको काम गरिरहन्छु। मैले गर्ने सबै कामहरूको कारणले मात्र मानिससँग मप्रति केही निगाह हुन्छ, र यसरी मसँग सम्बन्ध स्थापित गर्न बिस्तारै मतिर आउँछ। जब म मेरो पूर्णतामा मानिसकहाँ प्रकट हुन्छु मानिसले मेरो अनुहार देख्नेछ र त्यस बेलादेखि उसो म मानिसबाट म आफैलाई लुकाउने वा अस्पष्ट बनाउनेछैन। सारा ब्रह्माण्डमा म सबै मानिसहरूका सामु खुल्लमखुल्ला देखा पर्नेछु, अनि मासु र रगतका सबैले मेरा कामहरू देख्नेछन्। जो आत्माका हुन्, तिनीहरू सबै शान्तिसाथ मेरो परिवारमा बस्नेछन् र निश्चित रूपमा मसँग अद्भुत आशिषहरूको आनन्द लिनेछन्। ती सबै जसलाई म वास्ता गर्छु तिनीहरू दण्डबाट उम्कनेछन् र आत्माको पीडा र शरीरको वेदनाबाट बच्नेछन्। म सबै मानिसहरूको सामु खुल्लमखुल्ला देखा पर्नेछु अनि शासन गर्नेछु र शक्ति प्रयोग गर्नेछु, जसले गर्दा लासको दुर्गन्ध ब्रह्माण्डमा व्याप्त हुनेछैन, त्यसको साटो मेरा ताजा सुगन्ध सारा संसारमा फैलिनेछ, किनकि मेरो दिन नजिक आउँदैछ, मानिस ब्युँझिँदैछ, पृथ्वीमा सबै कुरा ठीक क्रममा छ, र पृथ्वीको बाँच्ने दिन अब छैन, किनकि म आइपुगेको छु!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय २९

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ३९६

कस्तो प्रकारको जीवन आत्मिक जीवन हो? आत्मिक जीवन भनेको त्यो जीवन हो जहाँ तेरो हृदय पूर्ण रूपमा परमेश्‍वरमा फर्केको र परमेश्‍वरको प्रेमप्रति...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ११३

योना ३ अनि यहोवाको यसो भन्‍ने वचन दोस्रो पटक योनाकहाँ आयो, उठ्, त्यो ठूलो सहर निनवेमा जा र मैले तँलाई आज्ञा गरेको कुरा त्यसलाई प्रचार गर्।...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १४६

परमेश्‍वरको कार्य बुझ्नु भनेको सजिलो कुरा होइन। तेरो खोजीमा तँसँग मापदण्डहरू र उद्देश्य हुनुपर्छ, तैँले साँचो मार्ग कसरी खोज्ने भन्ने बारे...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १७७

हामीले मानवजाति बसोबास गर्ने वातावरण र परमेश्‍वरले त्यो वातावरणको लागि जे गर्नुभयो र उहाँले जे-जस्तो तयारी गर्नुभयो सोबारेमा कुरा गर्दै...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्