परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ६२

सारा ब्रह्माण्डका मानिसहरूले मेरो आगमनको दिनको उत्सव मनाउँछन्, र स्वर्गदूतहरू मेरा सबै मानिसहरूहरूको माझमा हिँड्छन्। जब शैतानले समस्या उत्पन्‍न गर्छ, तब स्वर्गदूतहरूले स्वर्गप्रतिको आफ्नो सेवाको कारण सधैँ मेरा मानिसहरूलाई सहयोग गर्छन्। तिनीहरूले मानव कमजोरीका कारण दियाबलसद्वारा धोका खाँदैनन्, बरु अन्धकारका शक्तिहरूको ठूलो आक्रमणको कारणले कुहिरो पार गर्दै मानिसको जीवनको अनुभव गर्न अझ बढी कोसिस गर्छन्। मेरा सबै मानिस मेरो नाममुनि समर्पित हुन्छन्, कोही पनि खुल्लमखुल्ला मेरो विरुद्धमा उत्रँदैनन्। स्वर्गदूतहरूको मेहनतको कारण मानिसहरू मेरो नाम स्वीकार गर्छन्, र सबै मेरो कार्यप्रवाहको बीचमा रहन्छन्। संसार पतन भइरहेको छ! बेबिलोन पक्षाघातको चपेटामा छ! ओहो, धार्मिक संसार! पृथ्वीमा मेरो अख्तियारद्वारा कसरी यो नष्ट हुन सक्दैन? कसले अझै मेरो आज्ञापालन नगर्ने र मेरो विरोध गर्ने हिम्मत गर्छ? शास्‍त्रीहरूले? हरेक धार्मिक अधिकारीहरूले? पृथ्वीमा भएका शासक र अधिकारीहरूले? स्वर्गदूतहरूले? कसले मेरो शरीरको सिद्धता र पूर्णताको उत्सव मनाउँदैन? सबै मानिसहरूमध्ये, कसले निरन्तर मेरो प्रशंसा नगर्ला, को लगातार आनन्दित नहोला? म ठूलो रातो अजिङ्गरको गुफा भएको देशमा बस्छु, तैपनि त्यसले मलाई डरले काँप्‍ने वा भाग्‍ने बनाउँदैन किनकि यहाँका सबै मानिसहरूले यसलाई घृणा गर्न थालेका छन्। कुनै कुराले पनि अजिङ्गरको अगाडि अजिङ्गरकै लागि कहिल्यै आफ्नो “कर्तव्य” गरेको छैन; बरु, सबै कुराले तिनीहरूलाई जे उचित लाग्छ त्यो गरेका छन्, र हरेकले आफ्नै बाटो हिँडेका छन्। पृथ्वीका देशहरू कसरी विनाश नहोलान् र? पृथ्वीका देशहरू कसरी पतन नहोलान् र? मेरा मानिसहरू कसरी आनन्दित हुन नसक्लान् र? तिनीहरूले कसरी खुसीले गाउन नसक्लान् र? के यो मानिसले गरेको काम हो? के यो मानिसका हातहरूले गरेको काम हो? मैले मानिसलाई उसको अस्तित्वको जड दिएँ, र उसको निम्ति भौतिक वस्तुहरू जुटाइदिएँ, तैपनि ऊ आफ्नो वर्तमान अवस्थासँग असन्तुष्ट छ र मेरो राज्यमा प्रवेश गर्न बिन्ती गर्छ। तर ऊ कुनै मूल्य नचुकाई, निःस्वार्थ भक्ति चढाउन तयार नभई त्यति सजिलै कसरी मेरो राज्यमा प्रवेश गर्न सक्छ? मानिसबाट कुनै कुरा लिनुको सट्टा म उसले पूरा गर्नुपर्ने मापदण्डहरू तय गर्छु, ताकि पृथ्वीमा मेरो राज्य महिमाले भरियोस्। मानिस मद्वारा डोऱ्याइएर आजको युगमा आइपुगेको छ, उसको अस्तित्व यस अवस्थामा छ, र ऊ मेरो ज्योतिको मार्गनिर्देशनमाझ जिउँछ। यदि यस्तो नभएको भए, पृथ्वीका मानिसहरूमध्ये कसलाई आफ्ना सम्भाव्यताहरू थाहा हुनेथ्यो र? कसले मेरो इच्छा बुझ्नेथ्यो? म मानिसहरूको लागि तय गरिएका मापदण्डहरूमा मेरा प्रबन्धहरू थपिदिन्छु; के यो प्रकृतिको नियमअनुरूप छैन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय २२

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १४६

शैतानको परीक्षा (छनौट गरिएका खण्डहरू) मत्ती ४:८-११ फेरि, दुष्टले उहाँलाई एकदमै अग्लो पहाडमा लैजान्छ र संसारका राज्यहरू र तिनको महिमा...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ६३

राज्यमा, सृष्टिका असंख्य थोकहरू पुनर्जीवित हुन र आफ्‍नो जीवनको शक्तिलाई फेरि प्राप्त गर्न थाल्छन्। पृथ्वीको अवस्थाको परिवर्तनहरूको कारण,...

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ५८४

मैले तिमीहरूमाझ धेरै कार्यहरू गरिसकेको छु, र पक्कै पनि, धेरै वाणीहरू पनि बोलेको छु। तर पनि आखिरी दिनहरूमा मेरा वचनहरू तथा मेरा कार्यले मेरो...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १७१

पवित्र आत्माले विशेष मार्गनिर्देशन र अगुवाइ प्रदान गर्नुभएका व्यक्तिहरूबाहेक अरू कोही पनि स्वतन्त्र रूपमा जिउन सक्दैन, किनकि तिनीहरूलाई ती...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्