परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ६२

सारा ब्रह्माण्डका मानिसहरूले मेरो आगमनको दिनको उत्सव मनाउँछन्, र स्वर्गदूतहरू मेरा सबै मानिसहरूहरूको माझमा हिँड्छन्। जब शैतानले समस्या उत्पन्‍न गर्छ, तब स्वर्गदूतहरूले स्वर्गप्रतिको आफ्नो सेवाको कारण सधैँ मेरा मानिसहरूलाई सहयोग गर्छन्। तिनीहरूले मानव कमजोरीका कारण दियाबलसद्वारा धोका खाँदैनन्, बरु अन्धकारका शक्तिहरूको ठूलो आक्रमणको कारणले कुहिरो पार गर्दै मानिसको जीवनको अनुभव गर्न अझ बढी कोसिस गर्छन्। मेरा सबै मानिस मेरो नाममुनि समर्पित हुन्छन्, कोही पनि खुल्लमखुल्ला मेरो विरुद्धमा उत्रँदैनन्। स्वर्गदूतहरूको मेहनतको कारण मानिसहरू मेरो नाम स्वीकार गर्छन्, र सबै मेरो कार्यप्रवाहको बीचमा रहन्छन्। संसार पतन भइरहेको छ! बेबिलोन पक्षाघातको चपेटामा छ! ओहो, धार्मिक संसार! पृथ्वीमा मेरो अख्तियारद्वारा कसरी यो नष्ट हुन सक्दैन? कसले अझै मेरो आज्ञापालन नगर्ने र मेरो विरोध गर्ने हिम्मत गर्छ? शास्‍त्रीहरूले? हरेक धार्मिक अधिकारीहरूले? पृथ्वीमा भएका शासक र अधिकारीहरूले? स्वर्गदूतहरूले? कसले मेरो शरीरको सिद्धता र पूर्णताको उत्सव मनाउँदैन? सबै मानिसहरूमध्ये, कसले निरन्तर मेरो प्रशंसा नगर्ला, को लगातार आनन्दित नहोला? म ठूलो रातो अजिङ्गरको गुफा भएको देशमा बस्छु, तैपनि त्यसले मलाई डरले काँप्‍ने वा भाग्‍ने बनाउँदैन किनकि यहाँका सबै मानिसहरूले यसलाई घृणा गर्न थालेका छन्। कुनै कुराले पनि अजिङ्गरको अगाडि अजिङ्गरकै लागि कहिल्यै आफ्नो “कर्तव्य” गरेको छैन; बरु, सबै कुराले तिनीहरूलाई जे उचित लाग्छ त्यो गरेका छन्, र हरेकले आफ्नै बाटो हिँडेका छन्। पृथ्वीका देशहरू कसरी विनाश नहोलान् र? पृथ्वीका देशहरू कसरी पतन नहोलान् र? मेरा मानिसहरू कसरी आनन्दित हुन नसक्लान् र? तिनीहरूले कसरी खुसीले गाउन नसक्लान् र? के यो मानिसले गरेको काम हो? के यो मानिसका हातहरूले गरेको काम हो? मैले मानिसलाई उसको अस्तित्वको जड दिएँ, र उसको निम्ति भौतिक वस्तुहरू जुटाइदिएँ, तैपनि ऊ आफ्नो वर्तमान अवस्थासँग असन्तुष्ट छ र मेरो राज्यमा प्रवेश गर्न बिन्ती गर्छ। तर ऊ कुनै मूल्य नचुकाई, निःस्वार्थ भक्ति चढाउन तयार नभई त्यति सजिलै कसरी मेरो राज्यमा प्रवेश गर्न सक्छ? मानिसबाट कुनै कुरा लिनुको सट्टा म उसले पूरा गर्नुपर्ने मापदण्डहरू तय गर्छु, ताकि पृथ्वीमा मेरो राज्य महिमाले भरियोस्। मानिस मद्वारा डोऱ्याइएर आजको युगमा आइपुगेको छ, उसको अस्तित्व यस अवस्थामा छ, र ऊ मेरो ज्योतिको मार्गनिर्देशनमाझ जिउँछ। यदि यस्तो नभएको भए, पृथ्वीका मानिसहरूमध्ये कसलाई आफ्ना सम्भाव्यताहरू थाहा हुनेथ्यो र? कसले मेरो इच्छा बुझ्नेथ्यो? म मानिसहरूको लागि तय गरिएका मापदण्डहरूमा मेरा प्रबन्धहरू थपिदिन्छु; के यो प्रकृतिको नियमअनुरूप छैन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय २२

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १२४

मानव जीवनका छ महत्वपूर्ण मोडहरू (छनौट गरिएका खण्डहरू) तेस्रो महत्वपूर्ण मोड: स्वतन्त्रता व्यक्ति बाल्यकाल, किशोरावस्था पार गरेर, क्रमिक...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४८१

पत्रुसले जे खोजी गरे त्यो सबै परमेश्‍वरको हृदय अनुरूप थिए। तिनले परमेश्‍वरका चाहनाहरूलाई पूरा गर्न खोजे, र कष्ट-भोग र विपत्तिको बाबजुद पनि,...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३३३

यदि अहिले मैले तिमीहरूको अगाडि केही पैसा राखेँ र तिमीहरूलाई छनौट गर्ने स्वतन्त्रता दिएँ भने—र मैले तिमीहरूको छनौटको लागि तिमीहरूलाई दोष...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५५३

तिमीहरूमाझ भइरहेको यो काम, जे काम गरिनुपर्ने हो सोहीअनुसार नै तिमीहरूमा गरिँदै छ। यी मानिसहरूलाई विजय गरेपछि, मानिसहरूको एउटा समूहलाई सिद्ध...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्