परमेश्वरका दैनिक वचनहरू: परमेश्वरलाई चिन्नु | अंश ७
परमेश्वरले मानिसहरूका परिणामहरू निर्धारण गर्न जुन मापदण्डहरूको प्रयोग गर्नुहुन्छ तिनका बारेमा धेरै विचारहरू छन् हरेक व्यक्तिले आफ्नै...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
भीडहरूले मेरो जयजयकार गर्छन्, भीडहरूले मेरो प्रशंसा गर्छन्; सबै मुखले एउटै साँचो परमेश्वरको नाउँ लिन्छन्, सबै मानिसहरूले मेरा कामहरू हेर्न आ-आफ्नो आँखा माथि उठाउँछन्। परमेश्वरको राज्य मानिसहरूको संसारमा ओर्लिन्छ, मेरो व्यक्ति धनी र प्रशस्त छ। यसमा को आनन्दित हुँदैन र? आनन्दले को नाच्दैन? ए, सियोन! ममा हर्षोल्लास गर्न तेरो विजयको झन्डा उठा! मेरो पवित्र नाउँलाई फैलाउन तेरो विजयको गीत गा! पृथ्वीको अन्त्यसम्मका सबै सृष्टि! आफैलाई शुद्ध पार्न हतार गर, यसैले कि तिमीहरू मेरो निम्ति बलि बन्न सक। माथि स्वर्गका तारा मण्डलहरू! आकाशमा मेरो पराक्रमी शक्ति प्रकट गर्न आफ्नो स्थानमा तुरुन्तै फर्किहाल। म पृथ्वीका मानिसहरूका आवाज सुन्न मेरो कान थाप्छु, जसले गीतमा मेरो निम्ति आफ्नो असिम प्रेम र सम्मान खन्याउँछन्। यस दिन, जब सबै सृष्टिहरू जीवनमा फर्कन्छन्, म मानिसहरूको संसारमा ओर्लिन्छु। यो क्षणमा, यस बेला, सबै फूलहरू उन्मत्त बनेर फक्रिन्छन्, सबै पक्षीहरू एकै स्वरमा गाउँछन्, सबै थोक आनन्दले धड्कन्छन्। परमेश्वरको राज्यको सलामीको आवाजमा, शैतानको राज्य ढल्छ, राज्यको स्तुतिगानको गर्जनमा कहिल्यै नउठ्ने गरी नाश हुन्छ।
पृथ्वीमा कसले खडा हुने र विरोध गर्ने हिम्मत गर्छ? जब म पृथ्वीमा ओर्लिन्छु, म आगो ल्याउँछु, क्रोध ल्याउँछु, र हर किसिमका प्राकृतिक विपत्तिहरू ल्याउँछु। अहिले सांसारिक राज्यहरू मेरो राज्य हुन्! माथि आकाशमा, बादलहरू छताछुल्ल र तरङ्गित हुन्छन्; आकाशमुनि, ताल र नदीहरू उर्लेर बढ्छन् र खुसीको साथ एक उत्तेजक धुन निकाल्छन्। विश्राम गरिरहेका जनावरहरू उनीहरूका ओडारहरूबाट निस्किन्छन्, र सबै मानिसहरू मद्वारा उनीहरूको निद्राबाट जगाइन्छन्। असङ्ख्य मानिसहरूले पर्खेका दिन आखिरमा आइपुगेको छ! तिनीहरूले आफ्ना सबैभन्दा सुन्दर गीतहरू मलाई चढाउँछन्।
यो सुन्दर क्षणमा, यो आनन्दको समयमा,
चारैतिर प्रशंसा गुञ्जिन्छ, माथि आकाशमा अनि तल पृथ्वीमा। यसमा को उत्साहित हुँदैन र?
कसको हृदय फुरुङ्ग हुँदैन र? यो दृश्यमा रुने को छैन र?
आकाश पुरानो समयको आकाश होइन, अब यो परमेश्वरको राज्यको आकाश हो।
पृथ्वी त्यो पृथ्वी होइन जुन पहिले थियो, अब त यो पवित्र भूमि हो।
ठूलो वर्षा बितिसकेपछि, त्यो फोहोर पुरानो संसार पूर्ण रूपमा नयाँ बनाइएको छ।
पर्वतहरू परिवर्तन हुँदैछन् … समुद्रहरू परिवर्तन हुँदैछन् …
मानिसहरू पनि परिवर्तन हुँदैछन् … सबै थोकहरू परिवर्तन हुँदैछन्…।
हे, तिमी मौन पर्वतहरू हो! उठ र मेरो लागि नाच!
हे, तिमी शान्त समुद्र हो, स्वतन्त्र रूपमा बग्दै जाओ!
सपना देख्ने मानिसहरू हो! बिउँझ र पछि लाग!
म आएको छु … म राजा हुँ…।
सबै मानव जातिले तिनीहरूका आँखाले मेरो अनुहार देख्नेछन्, र तिनीहरूको कानले मेरो आवाज सुन्नेछन्,
आफ्नै लागि परमेश्वरको राज्यको जीवन जिउनेछन्…।
कस्तो मीठो … कति सुन्दर…।
अविस्मरणीय … बिर्सनु असम्भव…।
मेरो क्रोध दन्किँदा ठूलो रातो अजिङ्गरले संघर्ष गर्दछ;
मेरो राजसी न्यायमा, दियाबलसहरूले तिनीहरूको आफ्नो वास्तविक रूपहरू देखाउँछन्;
मेरा कठोर वचनहरूमा, सबै मानिसहरूले गहिरो लाज महसुस गर्दछन्, र आफूलाई लुकाउने ठाउँ कहीँ पाउनेछैनन्।
तिनीहरूले विगतलाई सम्झन्छन्, तिनीहरूले कसरी मेरो उपहास गरेथे, र मेरो खिल्ली उडाएका थिए।
तिनीहरूले आफैलाई प्रदर्शन नगरेको, कुनै समय थिएन, तिनीहरूले मलाई चुनौती नदिएको कुनै समय थिएन।
आज, को रुँदैन? कसलाई पछुतो लाग्दैन?
सम्पूर्ण ब्रह्माण्डको संसार रोदनले भरिएको छ …
आनन्दको आवाजहरूले भरिएको … हाँसोका आवाजहरूले भरिएको…।
अतुलनीय आनन्द … तुलना गर्नै नसकिने खुसी…।
एक सानो वर्षाले पटटट गर्दैछ … हिउँका गह्रौं टुक्राहरू फुरुरु चल्दैछन्…।
मानिसहरूभित्र, दु:ख र आनन्द आपसमा मिसिदैछन् … कोही हाँस्दैछन् …
कोही सुँक्कसुँक्क गर्दैछन् … कोही आनन्द मनाइरहेका छन्…।
मानौं, सबैले बिर्सेका छन् … यो वर्षा र बादलहरू सहितको वसन्त हो कि,
फूलहरू फक्रिरहेको ग्रीष्म, प्रशस्त फसलहरूको शरद ऋतु हो,
वा तुसारो र हिउँजस्तो चिसो हिउँद हो, सो कसैले जान्दैन…।
आकाशमा बादलहरू बग्दैछन्, पृथ्वीमा समुद्रहरू घोलिएर धमिलिँदैछन्।
छोराहरूले आफ्ना पाखुरा हल्लाउँछन् … मानिसहरू नाच्नका निम्ति आफ्ना खुट्टाहरू चलाउँछन्…।
स्वर्गदूतहरूले काम गर्दैछन् … स्वर्गदूतहरू गोठालो गरिरहेका छन्…।
पृथ्वीमा मानिसहरू सबै दौडधूप गरिरहेका छन्, र पृथ्वीमा सबै थोकहरू वृद्धि हुन्छन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, राज्यको स्तुतिगान
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
परमेश्वरले मानिसहरूका परिणामहरू निर्धारण गर्न जुन मापदण्डहरूको प्रयोग गर्नुहुन्छ तिनका बारेमा धेरै विचारहरू छन् हरेक व्यक्तिले आफ्नै...
अघिल्ला युगहरूको तुलनामा, राज्यको युगको अवधिमा परमेश्वरको काम अझै बढी व्यावहारिक, मानिसको सार-तत्व र उसका स्वभाव परिवर्तनहरूप्रति अझै बढी...
परमेश्वरको डर नमान्नु र दुष्टताबाट अलग नबस्नु भनेको परमेश्वरको विरोध गर्नु हो आजभोलि तिमीहरू परमेश्वरको आमने-सामने छौ र परमेश्वरका...
परमेश्वरका वचनहरूलाई तेरो जीवनको रूपमा स्वीकार गर्न उहाँको अगाडि आउनका लागि, तँ पहिले परमेश्वरको अगाडि शान्त हुनुपर्छ। तँ परमेश्वरको...