परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ५८

मेरा रहस्यहरू प्रकट भएका छन् र खुला रूपमा प्रदर्शित भएका छन्, र अब लुकेका छैनन्, यो सबै पूर्ण रूपमा मेरो अनुग्रह र कृपाको कारणले भएको हो। यसबाहेक, मेरो वचन मानिसहरूमाझ देखा परेको छ, र यसलाई अब फेरि गुप्त राखिएको छैन, यो पनि मेरो अनुग्रह र कृपाको कारणले भएको हो। म ती सबैलाई प्रेम गर्दछु जसले इमानदारीसाथ आफैलाई मेरो निम्ति समर्पित गर्छन्, र आफैलाई ममा अर्पण गर्छन्। मबाट जन्मेर पनि मलाई नचिन्‍ने र मेरो विरोध समेत गर्ने सबैलाई म घृणा गर्छु। जो मेरो लागि इमानदार छ म उसलाई त्‍याग्‍नेछैनँ; बरु, म त्यो व्यक्तिका आशिषहरू दोबर गरिदिनेछु। जो अकृतज्ञ छन् र मेरो दयालाई उल्लङ्घन गर्दछन् म तिनीहरूलाई दोबर दण्ड दिनेछु, र म तिनीहरूलाई सजिलै छोड्‌नेछैनँ। मेरो राज्यमा कुनै कुटिलता वा छलकपट छैन, र कुनै सांसारिकता छैन; अर्थात्, त्यहाँ मृतकको कुनै दुर्गन्ध छैन। बरु, सबै विशुद्धता र धार्मिकता छन्; सबै शुद्धता र खुलापन छ, जसमा कुनै कुरा लुकाइएको वा गुप्त राखिएको छैन। सबै कुरा ताजा छन्, सबै थोक रमाइला छन्, र सबै थोक सुधार गर्ने किसिमका छन्। जो कसैसित अझै पनि मृतकको दुर्गन्ध छ त्यो कुनै पनि प्रकारले मेरो राज्यमा रहन सक्दैन, र यसको सट्टामा मेरो फलामको डन्डाले त्योमाथि शासन गरिनेछ। अनादिकालदेखि अहिलेको दिनसम्म सबै अन्त्यहीन रहस्यहरूलाई तिमीहरूको लागि अर्थात् आखिरी दिनहरूमा मद्वारा प्राप्त गरिने मानिसहरूको समूहको लागि पूर्ण रूपमा प्रकट गरिएको छ। के तँ आशिषित महसुस गर्दैनस्? यसको साथै, सबै कुराहरू खुल्लमखुल्ला प्रकट गरिने ती दिनहरू तिमीहरूले मेरो शासनमा साझेदारी गर्ने दिनहरू हुनेछन्।

मानिसहरूको जुन समूहले साँच्चै राजाहरूको रूपमा शासन गर्छन् तिनीहरू मेरो पूर्वनिर्धारित गन्तव्य र छनौटमा निर्भर गर्दछ, र यसमा मानवीय इच्छा रत्तीभर पनि छैन। यसमा भाग लिन हिम्मत गर्ने जोकोहीले मेरो हातको प्रहार सहनुपर्नेछ, र त्यस्ता मानिसहरू मेरो दन्किरहेको आगोमा पर्ने वस्तुहरू हुनेछन्; यो मेरो धार्मिकता र महिमाको अर्को पक्ष हो। मैले भनेको छु, म सबै कुरामाथि शासन गर्दछु, म त्यो बुद्धिमान् परमेश्‍वर हुँ जसले पूर्ण अख्तियार प्रयोग गर्दछ, र म कसैप्रति दयालु छैनँ; म पूर्ण रूपमा निष्ठुर छु, व्यक्तिगत भावनाहरूबाट पूर्ण रूपमा वञ्चित छु। म जोसुकैसँग (चाहे ऊ जत्ति नै राम्ररी बोलोस्, म उसलाई छोड्ने छैनँ) मेरो धार्मिकता, शुद्धता र प्रतापद्वारा व्यवहार गर्दछु, यस अवधिमा सबैलाई मेरा कामहरूको चमत्कार देख्न सक्ने, साथै मेरा कामहरूको अर्थ बुझ्न सक्‍ने तुल्याउँछु। मैले एक-एक गरी दुष्टात्माहरूलाई तिनीहरूले गरेका हरप्रकारका कार्यहरूका लागि दण्ड दिएँ र तिनीहरू प्रत्येकलाई अतल कुण्डमा फ्याँकिदिएँ। यो काम मैले समय सुरु हुनुभन्दा अघि समाप्त गरें, तिनीहरूको निम्ति कुनै स्थिति छोडिनँ, तिनीहरूका निम्ति काम गर्ने कुनै ठाउँ छोडिनँ। मेरो चुनिएका मानिसहरू—मद्वारा पूर्वनिर्धारण गरिएकाहरू र छनौट गरिएकाहरू—कोही पनि कहिल्यै दुष्टात्माद्वारा ग्रस्त हुन सक्दैन, र त्यस्तो सट्टामा, तिनीहरू सधैँ पवित्र रहनेछन्। मैले पूर्वनिर्धारण नगरेका र नचुनेकाहरूलाई चाहिँ म शैतानको हातमा दिनेछु, र तिनीहरूलाई उप्रान्त रहन दिनेछैनँ। सबै पक्षहरूमा, मेरो प्रशासनिक आदेशहरूमा मेरो धार्मिकता र मेरो प्रताप सम्मिलित छन्। जस-जसमा शैतानले काम गर्दछ तिनीहरू एकै जनालाई पनि म छोड्‌नेछैनँ, तर तिनीहरूका शरीरसितै तिनीहरूलाई पातालमा फालिदिनेछु, किनकि म शैतानलाई घृणा गर्दछु। म कुनै पनि प्रकारले त्यसलाई सजिलै बचाउनेछैन, तर त्यसलाई आफ्नो काम गर्ने थोरै मौका समेत नदिइकन पूर्ण रूपमा नाश पार्नेछु। शैतानले केही हदसम्म भ्रष्ट बनाएका व्यक्तिहरू (अर्थात्, विपत्तिमा पर्ने मानिसहरू) मेरो आफ्नै हातको बुद्धिमत्तापूर्ण व्यवस्थापन अन्तर्गत हुन्छन्। यो शैतानको उग्र क्रोधको परिणाम हो भन्ने नसोच्; यो जान् कि म सर्वशक्तिमान् परमेश्‍वर हुँ, जसले ब्रह्माण्ड र सबै थोकमाथि शासन गर्छ! मैले समाधान गर्न नसक्ने समस्याहरू कुनै पनि छैन, मैले पूरा गर्न नसक्ने काम वा मैले बोल्न नसक्ने कुनै शब्द हुनु त झन् परै जाओस्। मानिसले मेरो सल्लाहकारको काम गर्नु हुँदैन। होसियार हो, मेरा हातको प्रहार परी पातालमा खस्लास्। म तँलाई भन्छु! आज मसँग ज-जसले सक्रिय रूपमा सहयोग गर्दैछन् उनीहरू बुद्धिमान् हुन्, र उनीहरू हानि हुनबाट जोगिनेछन् र न्यायको कष्टबाट बच्नेछन्। यी सबै मैले पूर्वनिर्धारण गरेका मेरा प्रबन्धहरू हुन्। आफूलाई अति नै महान् सम्झेर कुनै अविवेकी टिप्पणी नगर् र ठूला-ठूला कुराहरू नगर्। के यो सबै मेरो पूर्वनिर्धारणद्वारा भएका होइनन् र? तँ जो मेरो सल्लाहकार हुन खोज्छस्, तँलाई कुनै सरम नै छैन! तँलाई आफ्नो कद नै थाहा छैन; तँलाई के थाहा यो कति दयनीय रूपमा सानो छ! तैपनि, तँ यो कुनै ठूलो कुरा होइन भनी सोच्छस्, र आफैलाई चिन्दैनस्। बारम्बार, तँ मेरा वचनहरू सुन्न इन्कार गर्छस्, र त्यसरी मेरा कडा मेहनतहरूलाई व्यर्थ बनाउँछस् र ती मेरो अनुग्रह र दयाका अभिव्यक्ति हुन् भनी महसुस नै गर्दैनस्। बरु, तँ बारम्बार आफ्नो चलाखी देखाउने कोसिस गर्छस्। के यो कुरा तँलाई याद छ? आफूलाई त्यति चलाख ठान्ने मानिसहरूले कस्तो दण्ड पाउनुपर्छ? मेरा वचनहरूप्रति उदासीन र अविश्‍वसनीय रहने, र ती वचनहरूलाई आफ्नो हृदयमा नराख्ने, तिमीहरूले यो अनि त्यो गर्न मलाई एउटा बहानाको रूपमा प्रयोग गर्छौ। दुष्कर्मीहरू! तिमीहरू कहिले मेरो हृदयलाई पूर्ण रूपमा विचार गर्न सक्ने हुनेछौ? तिमीहरू यसबारेमा कुनै विचार नै गर्दैनौ, त्यसैले तिमीहरू “दुष्कर्मीहरू” भन्नु तिमीहरूलाई दुर्व्यवहार गर्नु होइन। यो तिमीहरूलाई एकदमै सुहाउँछ!

कुनै बेला लुकेर रहेका कुराहरूलाई एक-एक गरी आज म तिमीहरूलाई देखाउँदैछु। त्यो ठूलो रातो अजिङ्गर अतल कुण्डमा फालिएको छ र पूर्ण रूपमा नाश पारिएको छ, किनकि त्यसलाई राख्नु कुनै फाइदा छैन; यसको अर्थ, त्यसले ख्रीष्टको सेवा गर्न सक्दैन। यस दिनपछि, राता चीजहरूको कुनै अस्तित्व रहनेछैन; तिनीहरू खिइँदै बिस्तारै नाश हुनेछन्। म जे भन्छु त्यो गर्छु; यो मेरो कामको पूर्णता हो। मानवीय धारणाहरूलाई फाल्; मैले भनेका सबै कुरा मैले गरेको छु। जसले चतुर हुने कोसिस गर्छ उसले आफैमाथि विनाश र घृणा ल्याउँछ, र ऊ जिउन चाहँदैन। त्यसकारण, म तँलाई सन्तुष्ट पार्नेछु, र निश्चित रूपमा त्यस्ता मानिसहरूलाई राख्नेछैन। अबउप्रान्त जनसङ्ख्या सर्वोत्तम रूपमा वृद्धि हुनेछ, तर मसँग सक्रिय सहकार्य नगर्ने सबैलाई बढारेर शून्यतामा पुर्‍याइनेछ। मैले स्वीकृति दिएका व्यक्तिहरू तिनीहरू हुन् जसलाई म सिद्ध पार्नेछु, र म तिनीहरूमध्ये एक जनालाई पनि फाल्नेछैन। मैले भनेको कुरामा कुनै विरोधाभासहरू छैनन्। जसले मसँग सक्रिय सहकार्य गर्दैनन् तिनीहरूले अझ बढी सजाय भोग्नुपर्नेछ, तैपनि अन्त्यमा, म तिनीहरूलाई अवश्य नै मुक्ति दिनेछु। तैपनि त्यतिन्जेलसम्ममा, तिनीहरूको जीवनको हद अति नै फरक हुनेछ। के तँ त्यस्तो व्यक्ति बन्न चाहन्छस्? उठ् र मसँग सहकार्य गर्! मेरो लागि आफूलाई अर्पित गर्नेहरूसित निश्चय पनि म तुच्छ व्यवहार गर्नेछैन। ज-जसले गम्भीरतासाथ आफैलाई ममा समर्पण गर्छन् तिनीहरूलाई म मेरा सबै आशिष्‌हरू प्रदान गर्नेछु। आफैलाई पूर्ण रूपमा ममा अर्पण गर्! तँ जे खान्छस्, तँ जे लगाउँछस्, र तेरो भविष्य सबै मेरो हातमा छ; म सबै कुराको उचित व्यवस्था गर्नेछु ताकि तैँले अनन्त आनन्द पाउन सक्, जुन तैँले प्रयोग गरेर कहिल्यै समाप्त गर्न सक्नेछैनस्। किनकि मैले भनेको छु, “मेरो लागि इमानदारपूर्वक खर्चिनेहरूलाई म अवश्य नै धेरै आशिष्‌ दिनेछु।” मेरो निम्ति आफैलाई इमानदारीसाथ अर्पण गर्ने प्रत्येक व्यक्तिलाई सबै आशिष्‌हरू प्राप्त हुनेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ७०

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ६०३

दाजुभाइ र दिदी-बहिनीहरूको माझमा सधैँ आफ्नो नकरात्मक विचार पोखाउनेहरू शैतानका नोकरहरू हुन्, र तिनीहरूले मण्डलीमा बाधा दिन्छन्। त्यस्ता...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ३४

अब्राहामलाई परमेश्‍वरको प्रतिज्ञा (छनौट गरिएका खण्डहरू) उत्पत्ति २२:१६-१८ यहोवाले भन्‍नुभयो, म आफैले शपथ खाएको छु किनभने तैँले यो गरेको...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५१२

अहिले तँ कुन कुराको पछि लाग्नुपर्छ? तैँले परमेश्‍वरको कामको साक्षी दिन सके पनि, नसके पनि, तँ परमेश्‍वरको गवाही र प्रकटीकरण हुन सके वा नसके...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ४६

अय्यूबको विषयमा मानिसहरूमा भएका धेरै भ्रमहरू अय्यूबले भोगेको कष्ट परमेश्‍वरले पठाउनुभएका सन्देशवाहकहरूको काम थिएन, न त त्यो परमेश्‍वरको...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्