परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ५५

सात मेघगर्जनहरू सिंहासनबाट निस्कन्छन् अनि तिनले ब्रह्माण्ड हल्लाउँछन्, स्वर्ग र पृथ्वीलाई उलटपुलट पार्छन्, र आकाशहरूमा गुञ्जन्छन्। त्यो गर्जनले कानै छेडिदिन्छ, र मानिसहरू यसबाट उम्कनै सक्दैनन्, न त तिनीहरू यसबाट लुक्न नै सक्छन्। मेघगर्जन र चट्याङ विस्फोट भई निस्कन्छन् र एकै क्षणमा स्वर्ग र पृथ्वी रूपान्तरित हुन्छन्, र मानिसहरू मृत्युको नजिक पुग्छन्। त्यसपछि, बिजुली चम्‍केको गतिमा, सम्पूर्ण ब्रह्माण्ड नै स्वर्गबाट झर्ने हिंस्रक आँधीबेहरीमा ढाकिन्छ! पृथ्वीको सबैभन्दा पल्लो छेउका कुनाहरूमा, बाक्‍लो वर्षातले जस्तै पूर्ण रूपले, यसले शिरदेखि पाउसम्म एउटै पनि दाग नराखीकन सबै कुरालाई धुन्छ; यसबाट कुनै पनि कुरालाई लुकाउन सकिँदैन, न त कुनै पनि व्यक्तिलाई यसबाट टाढा बन्द गरेर राख्न नै सकिन्छ। मेघगर्जनका गड्याङगुडुङहरू, बिजुली चम्केझैं, चिसो ज्योतिसँगै प्रतिबिम्बित हुन्छन् र डरले मानिसहरू थरथरी काम्छन्! धारिलो दुई-धारे तरबारले विद्रोहका छोराहरूलाई प्रहार गर्छ, र शत्रुले विपत्तिको सामना गर्छ तर लुक्ने ठाउँ नै पाउँदैन; तिनीहरू हुरी र वर्षाको तेज बहाबमा आत्तिन्छन् र उक्त प्रहारले रन्थनिँदै तत्कालै एकै सासमा खुत्रुक्कै हुन्छन् र भलमा खसेर बगिजान्छन्। त्यहाँ मृत्यु मात्र छ, र तिनीहरू जीवित रहने कुनै उपाय नै छैन। ती सात मेघगर्जनहरू मबाट निस्कन्छन् र तिनले मेरो अभिप्रायलाई जनाउँछन्, र मेरो अभिप्राय भनेको मिश्रको जेठो छोरोलाई प्रहार गर्नु हो, दुष्टहरूलाई दण्ड दिई मेरा मण्डलीहरूलाई शुद्ध पार्नु हो, ताकि सबैमाझ एक-अर्काप्रति आफ्नोपनको आभास होस्, सबैले आफ्नो सच्चा व्यवहार प्रस्तुत गरून्, र सबै मसँग एकै मनका होऊन्, ताकि ब्रह्माण्डका सारा मण्डलीहरूलाई एक बनाउन सकियोस्। यो मेरो उद्देश्य हो।

मेघ गर्जन्छ, अनि त्यसपछि बिलौना गुञ्जन्छ। कतिपय व्यक्तिहरू आफ्नो चिरनिद्राबाट ब्यूँझन्छन्, अनि तिनीहरूले अत्यन्तै भयभीत भएर आफ्ना प्राणभित्र अन्तरकुन्तरमा खोजी गर्छन् र सिंहासनसामु दौडँदै फर्की आउँछन्। तिनीहरूले आफ्नो व्यापक छलहरू र उपद्रवी कार्यहरूलाई बन्द गर्छन्; यस्ता मानिसहरू यसरी ब्यूँझनको लागि त्यति ढिलो भइसकेको हुँदैन। म सिंहासनबाट हेर्छु। म मानिसको हृदयको भित्री अन्तस्करणमा हेर्छु। जसले इमानदारितापूर्वक र उत्कट रूपले मलाई चाहन्छन्, तिनीहरूलाई म मुक्ति दिन्छु, र तिनीहरूमाथि दया देखाउँछु। जसले आफ्नो हृदयमा मलाई अरू जुनसुकै कुराभन्दा बढी प्रेम गर्छन्, जसले मेरो इच्छालाई बुझ्छन् र बाटोको अन्त्यसम्मै मलाई पछ्याउँछन् तिनीहरूलाई म मुक्ति दिएर अनन्तमा लैजान्छु। तिनीहरूलाई मेरा हातहरूले सुरक्षित रूपमा समाउनेछन् ताकि तिनीहरूले यो घटनास्थलको सामना गर्न नपरोस् र तिनीहरूलाई कुनै हानि नहोस्। बिजुली चम्केको दृश्य देख्दा कतिपयका हृदयमा अकथनीय पीडा हुन्छ र तिनीहरू अति नै पछुतो गर्छन्। यदि तिनीहरूले निरन्तर यसरी नै व्यवहार गर्छन् भने, तिनीहरूको लागि धेरै ढिलो भइसकेको हुन्छ। ए, सबै र हरेक थोकहरू! सबै कुरा समाप्त हुनेछन्। यो पनि मुक्ति सम्‍बन्धी मेरा माध्यमहरूमध्ये एउटा हो। म मलाई प्रेम गर्नेहरूलाई मुक्ति दिन्छु र दुष्टहरूलाई प्रहार गर्छु, म पृथ्वीमा मेरो राज्यलाई अटल र स्थिर बनाउँछु, अनि सबै राष्ट्र र सबै मानिसहरू, ब्रह्माण्ड र पृथ्वीका छेउहरूका सबैलाई म प्रताप हुँ, म प्रचण्ड ज्वाला हुँ र म हरेक मानिसको सबैभन्दा भित्री हृदयको खोजी गर्ने परमेश्‍वर हुँ भनी जानून्। यसउप्रान्त महान् सेतो सिंहासनको न्याय खुल्लमखुल्ला रूपमा जनमानसमाझ प्रकट गरिन्छ र सबै मानिसहरूसमक्ष न्याय सुरु भएको छ भनी घोषणा गरिन्छ! जसका वचनहरू हृदयबाट निस्‍केका छैनन्, जसले शङ्का गर्छन् र जसले निश्चित हुन आँट गर्दैनन् ती सबैले, मेरा चाहनाहरू बुझ्ने तर तिनलाई अभ्यास गर्न नचाहने ती सबै समय खेर फाल्नेहरूलाई—ती सबैको न्याय गरिनुपर्छ भन्ने कुरामा कुनै शङ्का छैन। तिमीहरूले आफ्ना अभिप्राय र आशयहरूको ध्यान दिएर जाँच गर्नुपर्छ, र आफ्नो उचित स्थान लिनुपर्छ; मेरा वचनहरूलाई इमानदारितापूर्वक अभ्यास गर, आफ्नो जीवन अनुभवलाई महत्त्व देओ, र सतही उत्साहका साथ कार्य नगर, बरु आफ्नो जीवनलाई विकसित, परिपक्व, स्थिर र अनुभवी बनाओ—अनि मात्र तिमीहरू मेरो हृदयअनुरूपका हुनेछौ।

विघ्‍नवाधा उत्पन्न गर्ने र मैले सृजना गरेका अवसरहरूलाई आफ्नै फाइदाको लागि प्रयोग गर्ने शैतानका दासहरू र दुष्ट आत्माहरूलाई इन्कार गर। तिनीहरूलाई गम्भीर रूपले सीमित र नियन्त्रित गरिनुपर्छ; तिनीहरूलाई धारिलो तरबारले मात्र निराकरण गर्न सकिन्छ। भविष्यका समस्याहरूलाई रोकथाम गर्नको लागि सबैभन्दा दुष्टहरूलाई पूर्ण रूपमा उखेलेर फाल्नुपर्छ। अनि, मण्डली सिद्ध हुनेछ, सबै कुरूपताबाट मुक्त हुनेछ र यो स्वस्थ, जीवनशक्ति र ऊर्जाले भरिपूर्ण बन्नेछ। बिजुली चम्केपछि, मेघगर्जनको गड्याङगुडुङ गुञ्जन्छ। तिमीहरू बेपरवाह बन्नु हुँदैन, र तिमीहरूले हरेस खानु हुँदैन, बरु तिमीहरूले छुटेका कुरा पूरा गर्न आफूले सक्दो गर्नुपर्छ, अनि तिमीहरूले मेरा हातहरूले के गर्छन्, म के प्राप्त गर्न चाहन्छु, म के फाल्न चाहन्छु, म केलाई सिद्ध तुल्याउन चाहन्छु, म केलाई जरैदेखि उखेलेर फाल्न चाहन्छु, म केलाई प्रहार गर्न चाहन्छु भन्ने कुरा देख्न सक्‍नेछौ—यी सबै कुरा तिमीहरूको आँखैअघि घट्नेछन् अनि तिमीहरूले मेरो सर्वशक्तिमान्‌ता स्पष्ट रूपमा देख्नेछौ।

सिंहासनदेखि ब्रह्माण्ड र पृथ्वीका छेउहरूसम्म सात मेघगर्जनहरू गुञ्जन्छन्। मानिसहरूको ठूलो समूहलाई मुक्ति दिइनेछ र तिनीहरू मेरो सिंहासनअघि समर्पित हुनेछन्। जीवनको यो ज्योतिपश्चात, मानिसहरूले बाँच्ने उपायको खोजी गर्छन् र तिनीहरू मकहाँ नआई, आराधनामा घुँडा नटेकी, र आफ्नो मुखले सर्वशक्तिमान्‌ सच्चा परमेश्‍वरको नाउँ नपुकारी र बिन्तीहरू नबिसाई रहन सक्दैनन्। तर मलाई प्रतिरोध गर्नेहरू, आफ्नो हृदयलाई झन् कठोर बनाउनेहरूको हकमा, मेघगर्जन तिनीहरूको कानैमा गुञ्‍जनेछ र शङ्कै छैन, तिनीहरू नाश हुनु नै पर्छ। यो त केवल तिनीहरूको लागि प्रतीक्षामा रहेको परिणाम हो। मेरा विजयी प्रिय छोराहरू सियोनमा बस्नेछन्, र तिनीहरूले के प्राप्त गर्नेछन् भनी सबै मानिसहरूले देख्नेछन् अनि तिमीहरूको अगाडि अथाह महिमा देखा पर्नेछ। साँच्चै नै, यो एक महान् आशिष् हो, र यो वर्णन गर्नै गाह्रो हुने एक मिठास हो।

सात मेघगर्जनहरूको गड्याङगुडुङ देखा पर्नु भनेको मलाई प्रेम गर्नेहरू, मलाई हृदयदेखि नै चाहनेहरूको मुक्ति हो। ती व्यक्तिहरू जो मेरा हुन् र जसको नियति मैले पूर्वनिर्धारित गरेको छु र जसलाई मैले चुनेको छु, तिनीहरू मेरो नाउँमा आउन सक्षम हुन्छन्। तिनीहरूले मेरो सोर सुन्न सक्छन्, जुन परमेश्‍वरले तिनीहरूलाई बोलाउनुभएको हो। पृथ्वीको छेउहरूमा रहेकाहरूले म धर्मी छु, म विश्‍वासयोग्य छु, म प्रेमिलो-दयालुपन हुँ, म करुणा हुँ, म प्रताप हुँ, म प्रचण्ड आगो हुँ र आखिरमा, म निर्दयी न्याय हुँ भनी देखून्।

संसारका सबैले म वास्तविक र पूर्ण परमेश्‍वर स्‍वयम्‌ हुँ भनी देखून्। सबै मानिसहरू पूर्ण रूपमा विश्‍वस्त हुन्छन् र कसैले पनि फेरि मेरो प्रतिरोध गर्दैनन्, न त मेरो आलोचना गर्ने वा मेरो निन्दा गर्ने आँट नै गर्छन्। होइन भने, तिनीहरूमाथि तत्कालै श्राप आइपर्छ, र तिनीहरूमाथि विपत्ति खस्छ। तिनीहरूले तिनीहरूको आफ्नै विनाश ल्याएकोमा रुन र दाह्रा किट्न मात्र सक्नेछन्।

सबै मानिसहरूले जानून्, ब्रह्माण्ड र पृथ्वीको छेउहरूसम्म, हरेक घर-परिवारमा, र सबै मानिसहरूले यो जानून्: सर्वशक्तिमान्‌ परमेश्‍वर नै एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ। सबै जनाले, एक-एक गरी घुँडा टेक्नेछन् र मेरो आराधना गर्नेछन्, र भर्खरै बोल्न सिकेका बालबालिकाहरूले समेत “सर्वशक्तिमान्‌ परमेश्‍वर” भनी पुकार्नेछन्! शक्ति हातमा भएका अधिकारीहरूले पनि आफ्नै आँखाले साँचो परमेश्‍वर तिनीहरूको अगाडि देखा पर्नुभएको देख्नेछन्, र तिनीहरूले पनि कृपा र क्षमा माग्दै, आराधना गर्न साष्टाङ्ग दण्डवत् गर्नेछन्, तर वास्तवमा यो धेरै ढिलो भइसकेको हुनेछ, किनभने तिनीहरूको मृत्युको घडी आइसकेको हुनेछ। तिनीहरूलाई समाप्त पारी सजाय स्वरूप अथाह नरक कुण्डमा पठाउन मात्र सकिनेछ। म सम्पूर्ण युगलाई समापन गर्नेछु र मेरो राज्यलाई झन् दह्रिलो बनाउनेछु। सबै राष्ट्र र मानिसहरू सदासर्वदाको लागि मेरो सामु समर्पित हुनेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ३५

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश २

परमेश्‍वरको सम्पत्ति र अस्तित्व, परमेश्‍वरको सारतत्त्व, परमेश्‍वरको स्वभाव—यी सबै कुरा मानवजातिलाई उहाँको वचनद्वारा थाहा दिइएको छ। जब...

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ५८०

बिजुलीको एक चमकमा, प्रत्येक पशुलाई त्यसको वास्तविक रूपमा प्रकट गरिन्छ। त्यसरी नै, मेरो ज्योतिद्वारा प्रज्वलित भएर मानिसले फेरि त्यो...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ५१

परमेश्‍वर देखा पर्ने घटना अघिबाटै सबै मण्डलीहरूमा प्रकट भइसकेको छ। बोल्नुहुने आत्मा नै हुनुहुन्छ; उहाँ प्रचण्ड रूपले फैलिएको आगो हुनुहुन्छ,...

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ९

मानिसको बीचमा परमेश्‍वरले गर्नुहुने कार्य मानिसबाट लुकेको छैन, र परमेश्‍वरको आराधना गर्ने सबैले यसलाई जान्‍नुपर्छ। परमेश्‍वरले मानिसको...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्