परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ५२

सर्वशक्तिमान् परमेश्‍वर! उहाँको महिमित शरीर खुला ठाउँमा देखा पर्दछ, पवित्र आत्मिक शरीर खडा हुन्छ, र उहाँ पूर्ण परमेश्‍वर स्वयम्‌ हुनुहुन्छ! संसार र देह दुवै परिवर्तन भएको छ, र पर्वतमा परिवर्तन भएको उहाँको रूप परमेश्‍वरको व्यक्तित्व हो। उहाँले आफ्नो शिरमा सुनको मुकुट लगाउनुहुन्छ, उहाँको वस्त्र शुद्ध सेतो छ, उहाँको छाती वरिपरि सुनौलो पेटी बाँधिएको छ र संसार र सबै थोक उहाँको पाउदान हुन्। उहाँका आँखाहरू आगोको ज्वालाजस्ता छन्, उहाँको मुखमा एउटा धारिलो दुईधारे तरवारजस्तो छ, र उहाँको दाहिने हातमा सातवटा ताराहरू छन्। परमेश्‍वरको राज्यको बाटो असीमित रूपमा चहकिलो छ, र उहाँको महिमा उठ्छ र चम्किन्छ; पर्वतहरू आनन्दित छन् र समुद्र हाँस्छ, र सूर्य, चन्द्रमा र ताराहरू सबै तिनीहरूका आ-आफ्नो नियमित क्रममा घुम्छन्, अद्वितीय, साँचो परमेश्‍वरको स्वागत गर्दैछन्, जसको विजयी वापसीले उहाँको छ हजार वर्षको व्यवस्थापन योजनाको समापनको वर्णन गर्दछ। सबै उफ्रन्छन् र आनन्दले नाच्छन्! हर्षोल्‍लास गर्छन्! सर्वशक्तिमान् परमेश्‍वर आफ्नो महिमित सिंहासनमा विराजमान हुनुहुन्छ! गाओ! सर्वशक्तिमान्‌को विजयी झन्डा महिमित, भव्य सियोन पर्वतमा उचालिएको छ! सबै जातिहरूले जयजयकार गरिरहेका छन्, सबै मानिसहरू गाउँदैछन्, सियोन पर्वत आनन्दले हाँस्दैछ, र परमेश्‍वरको महिमा उत्पन्न भएको छ! मैले परमेश्‍वरको अनुहार देख्‍नेछु भनी सपनामा पनि सोचेको थिइनँ, तर आज मैले यो देखेको छु। हरेक दिन उहाँसँग आमनेसामने हुन्छु, म उहाँको अगि मेरो हृदय उदाङ्गो पार्छु। उहाँले प्रशस्त खाने र पिउने कुराहरू प्रदान गर्नुहुन्छ। जीवन, वचनहरू, कामहरू, विचारहरू, सोचाइहरू—उहाँको महिमित ज्योतिले ती सबैलाई उज्यालो पार्दछ। उहाँले बाटोको हरेक कदममा डोऱ्याउनुहुन्छ, र कुनै पनि विद्रोही हृदयमाथि उहाँको दण्ड तुरुन्‍तै आउँछ।

परमेश्‍वरको साथमा खाँदै, सँगै बस्दै, र एकसाथ जिउँदै, उहाँको साथमा हुँदै, सँगसँगै हिँड्दै, सँगै रमाइलो गर्दै, सँगसँगै महिमा र आशिष्‌हरू प्राप्त गर्दै, उहाँसँग राजसत्तामा सहभागी हुँदै, र परमेश्‍वरको राज्यमा सँगसँगै अस्तित्वमा रहँदै—अहो, यो कस्तो सुखद छ! अहो, यो कति मीठो छ! हामी हरेक दिन उहाँसँग आमनेसामने हुन्छौं, उहाँसँग हरेक दिन बोल्छौ र नियमित कुराकानी गर्छौं, र हरेक दिन नयाँ ज्ञान र नयाँ अन्तर्दृष्टि प्राप्त हुन्छ। हाम्रा आत्मिक आँखाहरू खोलिएका छन्, र हामी सबै कुरा देख्छौं; आत्माका सबै रहस्यहरू हामीलाई प्रकट गरिएका छन्। पवित्र जीवन साँच्चै चिन्ता मुक्त हुन्छ; चाँडो-चाँडो दगुर र नरोकिओ, र लगातार अगाडि बढिरहो—अगाडि एउटा अझै अचम्मको जीवन छ। केवल मीठो स्वादमा मात्र सन्तुष्ट नबन; परमेश्‍वरमा प्रवेश गर्ने निरन्तर कोसिस गरिराख। उहाँ सबैलाई समेट्ने र प्रशस्त हुनुहुन्छ, र हामीसँग नभएका सबै प्रकारका थोकहरू उहाँसँग छन्। सक्रिय रूपमा सहकार्य गर र उहाँमा प्रवेश गर, र कुनै पनि थोक फेरि पहिलेको जस्तो रहनेछैन। हाम्रो जीवन सर्वोत्कृष्ट हुनेछ, र कुनै पनि व्यक्ति, पदार्थ, वा थोकले हामीलाई बाधा दिन सक्नेछैन।

सर्वोत्कृष्ट! सर्वोत्कृष्ट! साँचो रूपमा सर्वोत्कृष्ट! परमेश्‍वरको सर्वोत्कृष्ट जीवन भित्रै छ, र सबै थोक साँच्चै शान्त छन्। हामी संसार र सांसारिक थोकहरूलाई पार गर्दै, पति वा छोराछोरीसँग बाँधिएको कुनै महसुस गर्दैनौं। हामी बिमारी र वातावरणको नियन्त्रणभन्दा पर पुग्छौं। शैतानले हामीलाई बाधा दिने आँट गर्दैन। हामी सबै विपत्तिहरूलाई पूर्ण रूपमा नाघ्छौं। यसो गर्नु परमेश्‍वरलाई राजसत्ता लिन दिनु हो। हामी शैतानलाई पैतालामुनि कुल्चन्छौं, मण्डलीका लागि गवाही दिन्छौं र शैतानको कुरूप अनुहारलाई पूर्ण रूपमा पर्दाफास गर्छौं। मण्डलीको निर्माण ख्रीष्टमा हुन्छ, र महिमित शरीर खडा भएको छ—उठाइको समयमा जिउनु भनेको यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १५

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ३९७

परमेश्‍वरलाई पछ्याउने कार्यमा प्रमुख महत्त्वको कुरा भनेको सबै कुरा परमेश्‍वरको आजको वचनअनुसार नै हुनुपर्छ भन्‍ने हो: तैँले जीवन प्रवेश वा...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १४३

अहिलेसम्मको तिमीहरूको जीवनलाई फर्केर हेर; तेरो विश्‍वासको सबै वर्षहरूमा परमेश्‍वरले तँमा गर्नुभएका सबै कामहरूलाई नियालेर हेर्। यसले तँमा...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३०९

के मानिसहरूले परमेश्‍वरको विविध र विभिन्न काम नजानेकाले, तिनीहरूले पवित्र आत्माको कार्यलाई ज्ञान र सिद्धान्तको अत्यन्त सानो कणले मापन गर्ने...

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ५८८

मानिसले आजको काम र भविष्यको कामबारे थोरै जान्दछ तर उसले त्यो गन्तव्य बुझ्दैन जसमा मानवजाति प्रवेश गर्नेछ। एक सृष्टि भएको हैसियतले, मानिसले...