परमेश्वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४१९
परमेश्वरका वचनहरूमा प्रवेश गर्नका लागि तेरो हृदयलाई उहाँको उपस्थितिमा शान्त गर्नुभन्दा अर्को महत्त्वपूर्ण कदम छैन। यो, वर्तमानमा सबै...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
पर्वत र नदीहरू परिवर्तन हुन्छन्, जल आफ्नै मार्गमा बहन्छ, र मानिसको जीवन धर्ती र आकाश झैँ निरन्तर रहँदैन। केवल सर्वशक्तिमान् परमेश्वर नै अनन्त र पुनरुत्थान हुने जीवन हुनुहुन्छ, जुन पुस्तौँ-पुस्ता, सदाकाल नै चलिरहन्छ! सबै चीज र सबै घटना उहाँकै हातमा छन्, र शैतान उहाँको पाउमुनि छ।
आज, परमेश्वरको पूर्वनिर्धारित चयनद्वारा उहाँले हामीलाई शैतानको पकडबाट छुटकारा दिलाउनुहुन्छ। उहाँ साँच्चै नै हाम्रा उद्धारक हुनुहुन्छ। येशूको अनन्त, पुनरुत्थानित जीवन वास्तवमा नै हामीभित्र समाहित छ, जसले हामीलाई परमेश्वरको जीवनसँग जोडिन प्रेरित गर्दछ, ताकि हामी वास्तवमा नै उहाँको आमने-सामने हुन सकौं, उहाँलाई खान सकौं, उहाँलाई पिउन सकौं, र उहाँमा रमाउन सकौं। यो त्यो निःस्वार्थ बलि हो जुन परमेश्वरले आफ्नो हृदय-रक्तको मूल्य चुकाएर सिर्जित गर्नुभएको हो।
मौसमहरू आउँछन् र जान्छन्, हावा र तुसारो हुँदै अघि बढ्छन्, जीवनका धेरै कष्ट, सतावट र संकष्टहरू, संसारका धेरै अस्वीकृति र आक्षेपहरूको सामना गर्छन्, सरकारबाट धेरै झूटो अभियोगहरू खेप्छन्, तैपनि न परमेश्वरको विश्वासमा न उहाँको संकल्पमा अलिकति नै कमी आउँछ। परमेश्वरको इच्छाप्रति, र परमेश्वरको प्रबन्ध र योजनाप्रति पूर्ण हृदयका साथ समर्पित हुनुभई, तिनलाई पूरा गर्न सकियोस् भनेर, उहाँले आफ्नै जीवनलाई एकातिर पन्छाउनुहुन्छ। बहुविविधतामा रहेका उहाँका मानिसहरूको लागि, उहाँले पीडा सहन कुनै कसर बाँकी नछाडी, तिनीहरूलाई प्रेमिलो तरिकाले खुवाउने र पिलाउने गर्नुहुन्छ। हामी जतिसुकै अज्ञानी भए पनि, वा हामी जतिसुकै कठिन रहे पनि हामी केवल उहाँसामु समर्पित हुनुपर्छ, र ख्रीष्टको पुनरुत्थान भएको जीवनले हाम्रो पुरानो स्वभावलाई बदलिदिनेछ…। उहाँ यी सबै ज्येष्ठ पुत्रहरूका लागि भोक र आराम भुलेर अथक परिश्रम गर्नुहुन्छ। कति दिन र रात, कति चर्को घाम र कठ्याङ्ग्रिने जाडो हुँदै, उहाँ पूर्ण हृदयले सियोनलाई हेर्नुहुन्छ।
सम्पूर्ण रूपले, खुशीसाथ, स्वेच्छाले परित्याग गरिएको यो संसार, घर, काम र सबै कुरा अनि सांसारिक सुखभोगहरूसँग उहाँको केही लिनु-दिनु छैन…। उहाँको मुखबाट निस्कने वचनहरू हामीभित्र प्रवेश गर्दछ, हाम्रो हृदयहरूभित्र लुकेका कुराहरूलाई उजागर गर्दछ। हामी कसरी विश्वस्त हुन सक्दैनौं? उहाँको मुखबाट निस्कने हरेक वाक्य जुनसुकै समयमा पनि हामीमा सत्य हुन सक्दछ। हामी जे-जे गर्छौं, उहाँको सामुन्नेमा होस् वा उहाँबाट पर लुकाएर होस्, त्यस्तो कुनै कुरा नै छैन जुन उहाँलाई थाहा हुन्न, त्यस्तो कुनै कुरा नै छैन जुन उहाँले बुझ्नुहुन्न। हाम्रा आफ्नै योजना र व्यवस्थाहरूको बावजूद, सबै कुराहरू उहाँको सामुन्ने प्रकट हुनेछन्।
उहाँको सामु बसेर, हाम्रो आत्माभित्र आनन्द महसुस गर्दै, सहज र शान्त रहे पनि, सदैव खालीपन र परमेश्वरप्रति वास्तवमै ऋणी भएको महसुस गर्नु: यो एउटा यस्तो रहस्य हो जुन अकल्पनीय र प्राप्त गर्न असम्भव छ। सर्वशक्तिमान् परमेश्वर नै एकमात्र सच्चा परमेश्वर हुनुहुन्छ भन्ने कुरा प्रमाणित गर्न पवित्र आत्मा पर्याप्त हुनुहुन्छ! यो निर्विवाद प्रमाण हो! यो समूहका हामी अत्यन्तै धन्य छौं! यदि परमेश्वरको अनुग्रह र कृपा नहुँदो हो त हामी विनाशतिर लम्कन र शैतानलाई पछ्याउन मात्र सक्नेथियौं। केवल सर्वशक्तिमान् परमेश्वरले नै हामीलाई उद्दार गर्न सक्नुहुन्छ!
हे! सर्वशक्तिमान् परमेश्वर, व्यावहारिक परमेश्वर! यो तपाईं नै हुनुहुन्छ जसले हाम्रो आत्मिक आँखा खोलिदिनुभएको छ, जसबाट हामी यस आत्मिक संसारका रहस्यहरूलाई हेर्न सक्छौं। यस राज्यका सम्भावनाहरू असीम छन्। प्रतीक्षा गर्ने क्रममा हामी सचेत भएर बसौं। त्यो दिन धेरै टाढा हुन सक्दैन।
युद्धको ज्वाला मडारिन्छ, तोपको धुवाँले हावा भरिन्छ, मौसम गरम हुन्छ, जलवायु परिवर्तन हुन्छ, र महामारी फैलनेछ, र मानिसहरू केवल मर्न सक्छन्, बाँच्ने कुनै आशा हुँदैन।
हे! सर्वशक्तिमान् परमेश्वर, व्यावहारिक परमेश्वर! तपाईं हाम्रो अभेद्य किल्ला हुनुहुन्छ। तपाईं हाम्रो शरण हुनुहुन्छ। हामी तपाईंको छत्रछायामा रहन्छौं, र विपत्ति हामीसम्म पुग्न सक्दैन। तपाईंको दिव्य सुरक्षा र रेखदेख यही हो।
हामी सबै हाम्रा आवाजहरू गीतमा उठाउँछौं; हामी स्तुतिमा गाउँछौं, र हाम्रो स्तुतिको आवाज पूरै सियोनभरि गुन्जन्छ! सर्वशक्तिमान् परमेश्वर, व्यावहारिक परमेश्वरले हाम्रो लागि त्यो गौरवशाली गन्तव्य तय गर्नुभएको छ। सचेत रहौं—ओहो, निगरानीमा रहौं! अझै पनि, समय धेरै विलम्ब भएको छैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ५
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
परमेश्वरका वचनहरूमा प्रवेश गर्नका लागि तेरो हृदयलाई उहाँको उपस्थितिमा शान्त गर्नुभन्दा अर्को महत्त्वपूर्ण कदम छैन। यो, वर्तमानमा सबै...
परमेश्वरका वचनहरूलाई तेरो जीवनको रूपमा स्वीकार गर्न उहाँको अगाडि आउनका लागि, तँ पहिले परमेश्वरको अगाडि शान्त हुनुपर्छ। तँ परमेश्वरको...
सामान्य मानवतामा के-कस्ता पक्षहरू समावेश हुन्छन्? अन्तर्दृष्टि, बोध, विवेक, र चरित्र। यदि तैँले यी प्रत्येक पक्षहरूमा सामान्यता हासिल गरिस्...
मिलेर सँगै काम गर्न तिमीहरूबाट आज गरिएको माग यहोवाले इस्राएलीहरूबाट माग गर्नुभएको सेवासमान छ: नत्र भने, सेवा गर्न बन्द गरिहाल। तिमीहरू...