परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ४९

पर्वत र नदीहरू परिवर्तन हुन्छन्, जल आफ्नै मार्गमा बहन्छ, र मानिसको जीवन धर्ती र आकाश झैँ निरन्तर रहँदैन। केवल सर्वशक्तिमान्‌ परमेश्‍वर नै अनन्त र पुनरुत्थान हुने जीवन हुनुहुन्छ, जुन पुस्तौँ-पुस्ता, सदाकाल नै चलिरहन्छ! सबै चीज र सबै घटना उहाँकै हातमा छन्, र शैतान उहाँको पाउमुनि छ।

आज, परमेश्‍वरको पूर्वनिर्धारित चयनद्वारा उहाँले हामीलाई शैतानको पकडबाट छुटकारा दिलाउनुहुन्छ। उहाँ साँच्चै नै हाम्रा उद्धारक हुनुहुन्छ। येशूको अनन्त, पुनरुत्थानित जीवन वास्तवमा नै हामीभित्र समाहित छ, जसले हामीलाई परमेश्‍वरको जीवनसँग जोडिन प्रेरित गर्दछ, ताकि हामी वास्तवमा नै उहाँको आमने-सामने हुन सकौं, उहाँलाई खान सकौं, उहाँलाई पिउन सकौं, र उहाँमा रमाउन सकौं। यो त्यो निःस्वार्थ बलि हो जुन परमेश्‍वरले आफ्नो हृदय-रक्तको मूल्य चुकाएर सिर्जित गर्नुभएको हो।

मौसमहरू आउँछन् र जान्छन्, हावा र तुसारो हुँदै अघि बढ्छन्, जीवनका धेरै कष्ट, सतावट र संकष्टहरू, संसारका धेरै अस्वीकृति र आक्षेपहरूको सामना गर्छन्, सरकारबाट धेरै झूटो अभियोगहरू खेप्छन्, तैपनि न परमेश्‍वरको विश्‍वासमा न उहाँको संकल्पमा अलिकति नै कमी आउँछ। परमेश्‍वरको इच्छाप्रति, र परमेश्‍वरको प्रबन्ध र योजनाप्रति पूर्ण हृदयका साथ समर्पित हुनुभई, तिनलाई पूरा गर्न सकियोस् भनेर, उहाँले आफ्नै जीवनलाई एकातिर पन्छाउनुहुन्छ। बहुविविधतामा रहेका उहाँका मानिसहरूको लागि, उहाँले पीडा सहन कुनै कसर बाँकी नछाडी, तिनीहरूलाई प्रेमिलो तरिकाले खुवाउने र पिलाउने गर्नुहुन्छ। हामी जतिसुकै अज्ञानी भए पनि, वा हामी जतिसुकै कठिन रहे पनि हामी केवल उहाँसामु समर्पित हुनुपर्छ, र ख्रीष्टको पुनरुत्थान भएको जीवनले हाम्रो पुरानो स्वभावलाई बदलिदिनेछ…। उहाँ यी सबै ज्येष्ठ पुत्रहरूका लागि भोक र आराम भुलेर अथक परिश्रम गर्नुहुन्छ। कति दिन र रात, कति चर्को घाम र कठ्याङ्ग्रिने जाडो हुँदै, उहाँ पूर्ण हृदयले सियोनलाई हेर्नुहुन्छ।

सम्पूर्ण रूपले, खुशीसाथ, स्वेच्छाले परित्याग गरिएको यो संसार, घर, काम र सबै कुरा अनि सांसारिक सुखभोगहरूसँग उहाँको केही लिनु-दिनु छैन…। उहाँको मुखबाट निस्कने वचनहरू हामीभित्र प्रवेश गर्दछ, हाम्रो हृदयहरूभित्र लुकेका कुराहरूलाई उजागर गर्दछ। हामी कसरी विश्‍वस्त हुन सक्दैनौं? उहाँको मुखबाट निस्कने हरेक वाक्य जुनसुकै समयमा पनि हामीमा सत्य हुन सक्दछ। हामी जे-जे गर्छौं, उहाँको सामुन्नेमा होस् वा उहाँबाट पर लुकाएर होस्, त्यस्तो कुनै कुरा नै छैन जुन उहाँलाई थाहा हुन्‍न, त्यस्तो कुनै कुरा नै छैन जुन उहाँले बुझ्नुहुन्‍न। हाम्रा आफ्‍नै योजना र व्यवस्थाहरूको बावजूद, सबै कुराहरू उहाँको सामुन्ने प्रकट हुनेछन्।

उहाँको सामु बसेर, हाम्रो आत्माभित्र आनन्द महसुस गर्दै, सहज र शान्त रहे पनि, सदैव खालीपन र परमेश्‍वरप्रति वास्तवमै ऋणी भएको महसुस गर्नु: यो एउटा यस्तो रहस्य हो जुन अकल्पनीय र प्राप्त गर्न असम्भव छ। सर्वशक्तिमान्‌ परमेश्‍वर नै एकमात्र सच्चा परमेश्‍वर हुनुहुन्छ भन्ने कुरा प्रमाणित गर्न पवित्र आत्मा पर्याप्त हुनुहुन्छ! यो निर्विवाद प्रमाण हो! यो समूहका हामी अत्यन्तै धन्य छौं! यदि परमेश्‍वरको अनुग्रह र कृपा नहुँदो हो त हामी विनाशतिर लम्कन र शैतानलाई पछ्याउन मात्र सक्‍नेथियौं। केवल सर्वशक्तिमान्‌ परमेश्‍वरले नै हामीलाई उद्दार गर्न सक्नुहुन्छ!

हे! सर्वशक्तिमान्‌ परमेश्‍वर, व्यावहारिक परमेश्‍वर! यो तपाईं नै हुनुहुन्छ जसले हाम्रो आत्मिक आँखा खोलिदिनुभएको छ, जसबाट हामी यस आत्मिक संसारका रहस्यहरूलाई हेर्न सक्छौं। यस राज्यका सम्भावनाहरू असीम छन्। प्रतीक्षा गर्ने क्रममा हामी सचेत भएर बसौं। त्यो दिन धेरै टाढा हुन सक्दैन।

युद्धको ज्वाला मडारिन्छ, तोपको धुवाँले हावा भरिन्छ, मौसम गरम हुन्छ, जलवायु परिवर्तन हुन्छ, र महामारी फैलनेछ, र मानिसहरू केवल मर्न सक्छन्, बाँच्ने कुनै आशा हुँदैन।

हे! सर्वशक्तिमान्‌ परमेश्‍वर, व्यावहारिक परमेश्‍वर! तपाईं हाम्रो अभेद्य किल्ला हुनुहुन्छ। तपाईं हाम्रो शरण हुनुहुन्छ। हामी तपाईंको छत्रछायामा रहन्छौं, र विपत्ति हामीसम्म पुग्न सक्दैन। तपाईंको दिव्य सुरक्षा र रेखदेख यही हो।

हामी सबै हाम्रा आवाजहरू गीतमा उठाउँछौं; हामी स्तुतिमा गाउँछौं, र हाम्रो स्तुतिको आवाज पूरै सियोनभरि गुन्जन्छ! सर्वशक्तिमान्‌ परमेश्‍वर, व्यावहारिक परमेश्‍वरले हाम्रो लागि त्यो गौरवशाली गन्तव्य तय गर्नुभएको छ। सचेत रहौं—ओहो, निगरानीमा रहौं! अझै पनि, समय धेरै विलम्ब भएको छैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ५

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १५२

मानिसलाई भ्रष्ट तुल्याउनको लागि शैतानले यी विभिन्‍न विधिहरूको प्रयोग गर्छ। मानिससँग ज्ञान र केही वैज्ञानिक सिद्धान्तहरूको बुझाइ छ, मानिस...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ५७

यदि मानिसको हृदयमा परमेश्‍वरप्रति दुस्मनी छ भने, उसले कसरी परमेश्‍वरको भय मान्न र खराबीबाट अलग रहन सक्छ? आजका मानिसहरूसँग अय्यूबको जस्तै...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २१८

आखिरी दिनहरूमा मात्र हजारौं वर्षदेखि मैले व्यवस्थापन गर्दै आइरहेको कार्य मानिसकहाँ पूर्ण रूपमा प्रकट हुन्छ। अहिले मात्र मैले मानिसलाई मेरो...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १७०

परमेश्‍वरको सम्पूर्ण स्वभाव छ हजार वर्षको व्यवस्थापन योजनाको क्रममा प्रकट भएको छ। यो अनुग्रहको युगमा मात्र प्रकट भएको छैन, न त व्यवस्थाको...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्