परमेश्वरका दैनिक वचनहरू: देहधारण | अंश १३७
परमेश्वर पृथ्वीमा आउनुहुँदा, उहाँले ईश्वरत्व भित्रको उहाँको काम मात्र गर्नुहुन्छ, जुन कुरा स्वर्गीय आत्माले देहधारी परमेश्वरलाई जिम्मा...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
विजयी राजा उहाँको महिमित सिंहासनमा बस्नुहुन्छ। उहाँले छुटकाराको काम पूरा गर्नुभएको छ र उहाँका सारा मानिसहरूलाई महिमामा प्रकट हुन डोर्याउनुभएको छ। उहाँले ब्रह्माण्डलाई आफ्नो हातमा समात्नुहुन्छ र उहाँको ईश्वरीय बुद्धि र शक्तिले उहाँले बलियो सियोन निर्माण गर्नुभएको छ र बनाउनुभएको छ। उहाँको प्रतापद्वारा उहाँले पापी संसारको न्याय गर्नुहुन्छ; उहाँले सबै जातिहरू र सबै मानिसहरूमाथि, पृथ्वी र समुद्र र तिनमा भएका सबै जीवित प्राणीहरूमाथि साथसाथै व्यभिचारको मद्यले मातेकाहरू सबैमाथि न्यायको घोषणा गर्नुभएको छ। परमेश्वरले अवश्य तिनीहरूको न्याय गर्नुहुनेछ, र उहाँ पक्कै पनि तिनीहरूसित रिसाउनुहुनेछ र त्यसमा परमेश्वरको प्रताप प्रकट हुनेछ, जसको इन्साफ तुरुन्तै हुन्छ र त्यो ढिलाइ नगरी पूरा गरिनेछ। उहाँको क्रोधको आगोले निश्चय पनि तिनीहरूका घोर अपराधहरू भस्म पार्नेछ र कुनै पनि क्षण तिनीहरूमाथि विपत्ति आउँछ; तिनीहरूलाई उम्कने कुनै उपाय थाहा हुनेछैन र लुक्ने ठाउँ पनि पाउनेछैनन्, तिनीहरू रुनेछन् र दाह्रा किट्नेछन्, र तिनीहरूले आफैमाथि विनाश ल्याउनेछन्।
विजयी छोराहरू, परमेश्वरका प्रियहरू निश्चय सियोनमा रहनेछन्, त्यहाँबाट कहिल्यै पनि जाँदैनन्। धेरै मानिसहरूले उहाँको आवाजलाई ध्यानपूर्वक सुन्नेछन्, तिनीहरूले ध्यानपूर्वक उहाँका कार्यहरू सुन्नेछन्, र तिनीहरूका प्रशंसाको आवाज कहिल्यै बन्द हुनेछैन। एक साँचो परमेश्वर देखा पर्नुभएको छ! हामी आत्मामा उहाँबारे निश्चित हुनेछौं र उहाँलाई नजिकबाट पछ्याउनेछौं; हामी आफ्नो सम्पूर्ण शक्ति लगाएर अगाडि बढ्नेछौं र उप्रान्त कुनै सङ्कोच मान्नेछैनौं। संसारको अन्त्य हाम्रो अगाडि प्रकट हुँदैछ; एउटा उचित मण्डली साथसाथै मानिसहरू, मामिलाहरू र हाम्रा वरिपरिका थोकहरूले पनि हाम्रो तालिमलाई अझ तीव्र बनाइरहेका छन्। हामी हाम्रो हृदयलाई फिर्ता लिन हतार गरौं जसले संसारलाई धेरै प्रेम गर्दछ! हामी हाम्रो दर्शनलाई फिर्ता लिन हतार गरौं, जुन अति अस्पष्ट छ। हामी हाम्रा पाइलाहरूमा रहौं, ताकि हामीले सीमाहरू ननाघेका होऔं। हामी आफ्ना मुखहरूलाई बन्द गरौं, ताकि हामी परमेश्वरको वचनमा हिँड्न सकौं, र उप्रान्त हाम्रा आफ्नै लाभहरू र हानिहरूको प्रतिस्पर्धा नगरौं। अहो, यसलाई छोडिदेओ, बाहिरी संसार र धनको लागि तिमीहरूको लालच! हो, आफैलाई यसबाट स्वतन्त्र बनाओ—तिमीहरूका पति, छोरीहरू र छोराहरूप्रतिको टाँसिरहने बन्धन! आह, तिनीहरूलाई पिठ्यूँ फर्काइदेओ—तिमीहरूका दृष्टिकोणहरू र पूर्वाग्रहहरू! अँ, बिउँझ; समय छोटो छ! आत्मा भित्रबाट माथि हेर, माथि हेर, अनि परमेश्वरको हातमा सबै कुरा सुम्प। जे भए पनि, लोतकी अर्की पत्नी नबन। पन्छ्याइएको हुनु कति दुःखलाग्दो कुरा हुन्छ! साँच्चै दुःखलाग्दो! अँ, बिउँझ!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ३
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
परमेश्वर पृथ्वीमा आउनुहुँदा, उहाँले ईश्वरत्व भित्रको उहाँको काम मात्र गर्नुहुन्छ, जुन कुरा स्वर्गीय आत्माले देहधारी परमेश्वरलाई जिम्मा...
पत्रुसले येशूलाई पछ्याउन थालेपछि स्वभाविक प्रकाशहरू देखा परेका भए तापनि, स्वभावमा तिनी सुरुदेखि नै पवित्र आत्मामा समर्पित हुन र ख्रीष्टको...
अब्राहामले इसहाकलाई बलि चढाउँछन् उत्पत्ति २२:२-३ अनि उहाँले भन्नुभयो, अब आफ्नो छोरो, तैँले माया गर्ने तेरो एकमात्र छोरो इसहाकलाई साथमा...
परमेश्वर, जोसँग सृष्टिकर्ताको पहिचान छ, उहाँसँग मात्रै अद्वितीय अख्तियार छ (छनौट गरिएका खण्डहरू) परमेश्वरको अख्तियार केको प्रतीक हो? के...