१.चीनमा परमेश्‍वरको देखा पर्ने घटना र कामले बाइबलका भविष्यवाणीहरू पूरा गर्दछ

हामीमाथि ठूलो विपत्तिहरू आइरहेका छन् र प्रभुको आगमनको भविष्यवाणीहरू पूरा भइसकेका छन् र प्रभु धेरै अघि देहमा सर्वशक्तिमान परमेश्‍वर, आखिरी दिनहरूका ख्रीष्टको रूपमा फर्किनुभएको छ। सर्वशक्तिमान परमेश्‍वर आफ्नो वचन बोल्न र मानिसहरूका एउटा समुहलाई विजेताहरूमा सिद्ध बनाउन संसारको पूर्व—चीनमा आउनुभयो। यसले प्रभु येशूको भविष्यवाणी पूरा गर्दछ: “किनभने जसरी बिजुली पूर्वबाट चम्‍किन्‍छ र पश्‍चिमतिर पनि चम्‍किन्‍छ; मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ” (मत्ती २४:२७)।

सन्दर्भका लागि बाइबल पदहरू

“किनभने घाम उदाएदेखि अस्ताउञ्‍जेलसम्‍म नै अन्यजातिहरूका बिचमा मेरो नाउँ महान् हुनेछ; … सेनाहरूका यहोवा भन्‍नुहुन्‍छ” (मलाकी १:११)।

“किनभने जसरी बिजुली पूर्वबाट चम्‍किन्‍छ र पश्‍चिमतिर पनि चम्‍किन्‍छ; मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ” (मत्ती २४:२७)।

२.परमेश्‍वर किन आखिरी दिनहरूमा इस्राएलमा होइन, चीनमा देखा पर्नुभयो र काम गर्नुभयो?

व्यवस्थाको युगमा, यहोवा परमेश्‍वरले इस्राएलमा आफ्नो काम गर्नुभयो र अनुग्रहको युगमा, प्रभु येशूले पनि यहूदीहरूको देश, इस्राएलमा आफ्नो काम गर्नुभयो। त्यसकारण मानिसहरू विश्वास गर्दछन् कि परमेश्‍वर इस्राएलीहरूका मात्र परमेश्‍वर हुनुहुन्छ र ती इस्राएलीहरू नै परमेश्‍वरका चुनिएका मानिसहरू हुन्। बाइबलले भविष्यवाणी गर्दछ कि प्रभु आखिरी दिनहरूमा फेरि आउनुहुनेछ, र धेरै मानिसहरूले यस्तो निष्कर्ष निकालेका छन् कि इस्राएलमा नै परमेश्‍वरको आगमन हुनेछ। जब आखिरी दिनहरूमा परमेश्‍वर देह बन्नुभयो र चीनमा देखा पर्नुभयो र काम गर्नुभयो, तैपनि धेरै मानिसहरू अलमल्लमा परे,"परमेश्‍वर किन आखिरी दिनहरूमा इस्राएलमा होइन, चीनमा देखा पर्नुभयो र काम गर्नुभयो?"

Articles for Reference

सर्वशक्तिमान् परमेश्‍वर देखा पर्ने घटना र उहाँको कार्य

सर्वशक्तिमान् परमेश्‍वर देखा पर्ने घटना र उहाँको कार्य

The Spreading of Almighty God’s Kingdom Gospel in China

The Spreading of Almighty God’s Kingdom Gospel in China

सन्दर्भका लागि भिडियोहरू

थप शीर्षकहरू

साँचो मार्गको अनुसन्धान गर्दा केवल परमेश्वरको आवाजलाई सुन्नुहोस्—तिमीले शैतानको अफवाह र झुट कुराहरू सुन्नुहुँदैन
साँचो मार्गको अनुसन्धान गर्दा केवल परमेश्वरको आवाजलाई सुन्नुहोस्—तिमीले शैतानको अफवाह र झुट कुराहरू सुन्नुहुँदैन
साँचो ख्रीष्ट र झूटा ख्रीष्टहरूको भिन्नता छुट्याउनु र प्रभुको पुनरागमनलाई स्वागत गर्नु
साँचो ख्रीष्ट र झूटा ख्रीष्टहरूको भिन्नता छुट्याउनु र प्रभुको पुनरागमनलाई स्वागत गर्नु