१.साँचो मार्गको अनुसन्धान गर्दा हुने सबैभन्दा सजिलो गल्ती

के तिमीलाई थाहा छ, शैतानले हव्वालाई धोका दिन र तिनलाई परमेश्वरको आशिष्‌ गुमाउने बनाउन किन सफल भयो? के तिमीलाई थाहा छ किन साधारण यहूदी लोकले फरिसीहरूसँग मिलेर प्रभुको विरोध गऱ्यो र त्यसरी प्रभुको मुक्ति गुमायो? यसको मुख्य कारण यो थियो कि उनीहरूले परमेश्वरका वचनहरू सुनेनन्, बरु केवल शैतानका अफवाहहरू र झुट कुराहरू सुने। प्रभु धेरै समय अगि नै फर्कनुभएको छः उहाँले सत्य व्यक्त गर्नुहुन्छ र परमेश्वरको घरानाबाट सुरु गर्दै न्यायको काम गर्नुहुन्छ, अनि धेरै मानिसहरूले हव्वा र साधारण यहूदी लोकले गरे जस्तै गल्ती गरिरहेका छन्। तिनीहरू धार्मिक संसारका पास्टरहरू र एल्डरहरूका भ्रामक कुरा र झुटा कुराहरूमा अन्धाधुन्ध विश्वास गर्छन्, जुन कुरा प्रभुका वचनहरूको विरुद्धमा हुन्छ, जस्तै “कुनै पनि प्रचार जसले प्रभु देहमा आउनुभयो भन्छ, त्यो झुटो हो।” तिनीहरू मण्डलीहरूलाई आत्माले के भन्नुहुन्छ भन्ने सुन्न खोज्दैनन्, जुन आखिरी दिनहरूका सर्वशक्तिमान् परमेश्वर, ख्रीष्टले व्यक्त गर्नुभयो। के त्यस्ता मूर्ख, अविवेकी मानिसहरूले प्रभु फर्केर आउनुहुँदा के उहाँलाई अभिवादन गर्न सक्छन्?

सन्दर्भका लागि बाइबल पदहरू

“अब सर्प यहोवा परमेश्‍वरले बनाउनुभएको भूमिको कुनै पनि पशुभन्दा धेरै धूर्त थियो। अनि त्यसले स्‍त्रीलाई भन्यो, हो, के परमेश्‍वरले बगैँचाको हरेक रूखबाट तैँले खानु हुँदैन भनी भन्‍नुभएको छ? अनि स्‍त्रीले सर्पलाई भनी, हामीले बगैँचाका रूखहरूबाट फल खान सक्छौँ: तर परमेश्‍वरले भन्नुभएको छ, बगैँचाको बीचमा भएको रूखबाट तैँले खानु हुँदैन, न त तैँले यसलाई छुनु नै हुन्छ, नत्र तँ मर्छस्। अनि सर्पले स्‍त्रीलाई भन्यो, तिमीहरू निश्‍चय नै मर्नेछैनौ: तिमीहरूले त्यसबाट खाएको दिन तिमीहरूको आँखा खुल्नेछ अनि असल र खराब जानेर तिमीहरू परमेश्‍वरजस्तै हुनेछौ भन्ने परमेश्‍वर जान्नुहुन्छ” (उत्पत्ति ३:१-५)।

“तिमीहरू आफ्ना पिता दुष्टका हौ, र तिमीहरू आफ्ना पिताका अभिलाषाहरू पूरा गर्छौ। त्यो सुरुदेखि नै हत्यारा थियो र त्यो सत्यतामा बसेन, किनकि त्यसमा सत्यता छैन। जब त्यसले झूटो बोल्छ, त्यसले आफ्नै स्वभावअनुसार बोल्छ: किनकि त्यो ढँटुवा हो र त्यसको पिता हो” (यूहन्‍ना ८:४४)।

“त्यो जो परमेश्‍वरको हो, त्यसले परमेश्‍वरका वचनहरू सुन्दछ: यसैले तिमीहरूले तिनलाई सुन्दैनौ, किनकि तिमीहरू परमेश्‍वरका होइनौ” (यूहन्‍ना ८:४७)।

२.सत्य मार्गको अनुसन्धान गरिरहेको बेला शैतानका अफवाह र झुटा कुराहरूलाई विश्वास गर्दा हुने परिणाम

सत्य मार्गको अनुसन्धान गर्दा केवल परमेश्वरको मात्र आवाज सुन्नु, र शैतानका अफवाह र झुटा कुराहरूमा पटक्कै ध्यान नदिनु अति नै जरूरी हुन्छ; सत्य मार्ग अनुसन्धान गर्दा यो सबैभन्दा महत्त्वपूर्ण सिद्धान्त हो, र यसले हाम्रो परिणाम र अन्तिम गन्तव्यमा प्रत्यक्ष असर पार्दछ। यदि मानिसहरू केवल सीसीपी(CCP) सरकारको अनि पास्टरहरू र एल्डरहरूका अफवाह र झुटा कुराहरू मात्र सुन्छन्, र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ सो सुन्दैनन् भने, तिनीहरूको के हुनेछन्?

सन्दर्भका लागि बाइबल पदहरू

“ज्ञानको कमीको कारण मेरा मानिसहरू नष्ट पारिएका छन्” (होशे ४:६)। “मूर्खहरू बुद्धिको चाहनामा मर्छन्” (हितोपदेश १०:२१)।

३.सत्य मार्गको अनुसन्धान गरिरहेको बेला परमेश्वरको मात्र आवाज सुन्नुहोस्

प्रकाशको पुस्तकले यस्तो भविष्यवाणी गर्दछ, “हेर, म ढोकामा खडा हुन्छु र ढक्‍ढकाउँछु: यदि कसैले मेरो स्वर सुन्‍छ र ढोका खोल्‍छ भने, म उसकहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ” (प्रकाश ३:२०)। सर्वशक्तिमान्‌ परमेश्वर­आखिरी दिनहरूका ख्रीष्ट उहाँको वाणी बोल्नुहुँदै मानिसहरूकहाँ देखा पर्नुहुन्छ। बुद्धिमती कन्याहरूले सर्वशक्तिमान् परमेश्वरका वचनहरू सुन्छन् र ती सत्य छन्, र परमेश्वरको आवाज हो भनी जान्दछन्। तिनीहरू अफवाह वा झुटा कुराहरूद्वारा अलिकति पनि धोखामा पर्दैनन्, र तिनीहरू दृढतापूर्वक सर्वशक्तिमान् परमेश्वरको पछि लाग्छन्। तब तिनीहरूले प्रभुलाई अभिवादन गर्न, थुमाको भोजमा भाग लिन, र आखिरी दिनहरूमा परमेश्वरको मुक्ति प्राप्त गर्न सक्छन्। साँचो मार्गको अनुसन्धान गर्ने र प्रभुलाई अभिवादन गर्ने एक मात्र मार्ग परमेश्वरको आवाज सुन्नु हो भन्ने कुरा स्पष्ट छ।

सन्दर्भका लागि बाइबल पदहरू

“येशूले उसलाई भन्‍नुभयो, म बाटो, सत्य र जीवन हुँ” (यूहन्‍ना १४:६)।

“मेरो भेडाले मेरो सोर सुन्छ, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्” (यूहन्‍ना १०:२७)।

“हेर, म ढोकामा खडा हुन्छु र ढक्‍ढकाउँछु: यदि कसैले मेरो स्वर सुन्‍छ र ढोका खोल्‍छ भने, म उसकहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ” (प्रकाश ३:२०)।

“आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो, जसको कान छ उसले सुनोस्” (प्रकाश २:७)।

साँचो मार्गको अनुसन्धान गर्दा केवल परमेश्वरको आवाजलाई सुन्नुहोस्—तिमीले शैतानको अफवाह र झुट कुराहरू सुन्नुहुँदैन

आधिकारिक वेवसाइट