परमेश्‍वरका दैनिक वचनहरू: देहधारण | अंश ११८

परमेश्‍वर देह बन्नुभयो किनभने उहाँको कामको पात्र शैतानको आत्मा वा कुनै पनि अमूर्त कुरा होइन, तर मानिस हो, जो देहको हो र जसलाई शैतानले भ्रष्ट तुल्याएको छ। मानिसको देह भ्रष्ट तुल्याइएको कारणले नै परमेश्‍वरले देहको मानिसलाई आफ्नो कामको पात्र बनाउनुभयो; यसका साथै, मानिस भ्रष्टताको पात्र भएकोले परमेश्‍वरले उसलाई नै आफ्नो मुक्तिको कार्यका सबै चरणहरूको एक मात्र पात्र बनाउनुभयो। मानिस मरणशील प्राणी हो, ऊ देह र रगतले बनिएको छ र उसलाई मुक्त गर्न सक्ने परमेश्‍वर मात्रै हुनुहुन्छ। यसरी, आफ्नो काम गर्नको लागि परमेश्‍वर मानिसका जस्तै गुणहरू भएको देह बन्नुपर्छ, ताकि उहाँको कामले अझै उत्तम प्रभावहरू हासिल गर्न सकोस्। मानिस देहको हो र ऊ पापमाथि विजय प्राप्त गर्न र आफैलाई देहबाट मुक्त गर्न असक्षम छ, ठीक यही कारणले गर्दा आफ्नो काम गर्नको लागि परमेश्‍वर देह बन्नैपर्छ। देहधारी परमेश्‍वरको सार र पहिचान मानिसको सार र पहिचानभन्दा निकै फरक भए तापनि, उहाँको स्वरूप मानिसको जस्तै छ; उहाँमा सामान्य मानिसको जस्तो स्वरूप छ र उहाँले सामान्य मानिसको जीवन जिउनुहुन्छ र उहाँलाई देख्नेहरूले उहाँलाई सामान्य मानिसभन्दा फरक देख्न सक्दैनन्। यो सामान्य स्वरूप र सामान्य मानवता नै उहाँको लागि सामान्य मानवतामा आफ्नो ईश्‍वरीय काम गर्न पर्याप्त छन्। उहाँको देहले उहाँलाई सामान्य मानवतामा आफ्नो काम गर्न दिन्छ र मानिसको बीचमा आफ्नो काम गर्न यसैले सहायता गर्छ, यसका साथै, उहाँको सामान्य मानवताले मानिसको बीचमा मुक्तिको काम गर्न सहायता गर्छ। उहाँको सामान्य मानवताले मानिसको बीचमा निकै कोलाहल पैदा गरेको भए तापनि, त्यस किसिमको कोलाहलले उहाँको कार्यको सामान्य प्रभावहरूलाई असर गरेको छैन। छोटकरीमा, उहाँको सामान्य देहको काम मानिसको लागि निकै फाइदाजनक छ। धेरैजसो मानिसहरूले उहाँको सामान्य मानवतालाई स्वीकार नगरे तापनि, उहाँको कार्यले परिणामहरू पैदा गर्न सक्छ र उहाँको सामान्य मानवताले गर्दा नै यी परिणामहरू हासिल गरिन्छ। यसमा कुनै शङ्का छैन। देहमा उहाँले गर्ने कार्यद्वारा मानिसले उसको सामान्य मानवताबारे मानिसको बीचमा रहेका धारणाहरूभन्दा दशौं वा दर्जनौं गुणा बढी कुराहरू प्राप्त गर्छ र त्यस्ता धारणाहरू सबैलाई आखिरीमा उहाँको कार्यले निलिदिनेछ। अनि उहाँको कार्यले हासिल गरेको प्रभाव, भन्नुको अर्थ, उहाँको विषयमा मानिससँग भएको ज्ञान उहाँबारे मानिसमा भएका धारणाहरूभन्दा निकै बढी हुन्छ। देहमा उहाँले गर्नुहुने कामको कल्पना गर्ने वा नाप्ने कुनै तरिका छैन, किनभने उहाँको देह कुनै पनि देहको मानवजस्तो छैन; बाहिरी भेष समान भए पनि, सार भने समान छैन। उहाँको देहले मानिसको बीचमा परमेश्‍वरसम्बन्धी अनेक धारणाहरू उत्पन्न गर्छ, तैपनि उहाँको देहले मानिसलाई अझै बढी ज्ञान प्राप्त गर्न दिन्छ र त्यस्तै बाहिरी भेष भएको कुनै पनि व्यक्तिलाई विजय समेत गर्नसक्छ। किनभने उहाँ मानव मात्रै हुनुहुन्न तर मानवको बाहिरी भेष भएको परमेश्‍वर हुनुहुन्छ र कसैले पनि उहाँलाई पूर्ण रूपमा जान्न वा बुझ्न सक्दैन। अदृश्य र छुन नसकिने परमेश्‍वरलाई सबैले प्रेम र स्वागत गर्छन्। यदि परमेश्‍वर मानिसको लागि अदृश्य आत्मा मात्रै हुनुहुन्छ भने, मानिसलाई परमेश्‍वरमा विश्‍वास गर्न निकै सहज हुन्छ। मानिसहरूले आफ्ना कल्पनालाई बेलगाम छोडिदिन सक्छन्, आफैलाई प्रसन्न पार्न र आफूलाई खुसी तुल्याउनको लागि तिनीहरूले परमेश्‍वरको स्वरूपको रूपमा जेसुकैलाई चुन्न सक्छन्। यसरी, मानिसहरूले निस्सङ्कोच तिनीहरूका परमेश्‍वरले के गरेको मन पराउनुहुन्छ र चाहनुहुन्छ त्यही गर्न सक्छन्। यति मात्र कहाँ हो र, मानिसहरू परमेश्‍वरप्रति तिनीहरू जत्तिको निष्ठावान र भक्त कोही पनि छैनन् र अरू सबै अन्यजाति कुकुरहरू हुन् र परमेश्‍वरप्रति अबफादार हुन् भन्ने विश्‍वास गर्छन्। परमेश्‍वरमाथि जसको विश्‍वास अस्पष्ट र सिद्धान्तमा आधारित छ, तिनीहरूले खोज्ने यही नै हो भनेर भन्न सकिन्छ; तिनीहरूले सिक्ने कुरा पनि लगभग उस्तै हुन्छ, त्यसमा अलिकति मात्रै अन्तर हुन्छ। तिनीहरूका कल्पनामा भएका परमेश्‍वरका स्वरूपहरू फरक मात्रै छन्, तैपनि तिनीहरूको सार वास्तवमा उस्तै छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३२०

अरूसँग शङ्का नगर्नेहरूसँग म खुशी हुन्छु, र सजिलैसँग सत्य स्वीकार्नेहरूलाई म मन पराउँछु; यी दुई प्रकारका मानिसहरूलाई म धेरै वास्ता गर्छु,...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १२८

सृष्टिकर्ताको सार्वभौमिकतामा समर्पित हुनेहरूले मात्रै साँचो स्वतन्त्रता प्राप्त गर्न सक्छन् मानिसहरूले परमेश्‍वरका योजनाबद्ध कार्यहरू र...

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ३८

त्यो बेला येशूको काम सारा मानवजातिलाई छुटकारा दिनु थियो। उहाँमा विश्‍वास गर्नेहरू सबैका पापहरू क्षमा गरिए। जबसम्म तैँले उहाँमा विश्‍वास...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १८२

परमेश्‍वरले सबै थोकको सृष्टि गर्नुभयो र तिनीहरूको निम्ति सीमाहरू स्थापित गर्नुभयो; तीमध्येमा उहाँले सबै किसिमका जीवित प्राणीहरूको पालनपोषण...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्