परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १४२

आखिरी दिनहरूका देहधारी परमेश्‍वर मुख्य रूपमा उहाँका वचनहरू बोल्न, मानिसको जीवनलाई जे आवश्यक छ त्यो सबै व्याख्या गर्न, मानिसले कुन कुरामा प्रवेश गर्नुपर्ने हो त्यो औँल्याउन, मानिसलाई परमेश्‍वरका कामहरू देखाउन, र मानिसलाई परमेश्‍वरको बुद्धि, सर्वशक्ति, र विलक्षणता देखाउन आउनुभएको हो। परमेश्‍वरले बोल्ने धेरै तरिकाहरूद्वारा मानिसले परमेश्‍वरको सर्वोच्चता, परमेश्‍वरको विशालता र, अझ बढी परमेश्‍वरको विनम्रता र गुप्तता देख्छ। परमेश्‍वर सर्वोच्‍च हुनुहुन्छ, तर उहाँ विनम्र र गुप्त हुनुहुन्छ, र सबैभन्दा सानो बन्न सक्नुहुन्छ भन्‍ने मानिसले देख्‍न सक्छ। उहाँका केही वचनहरू सीधै आत्माको परिप्रेक्ष्यबाट, केही सीधै मानिसको परिप्रेक्ष्यबाट, र केही तृतीय पुरुषको परिप्रेक्ष्यबाट बोलिएका छन्। यसमा, परमेश्‍वरका कामको तरिका अत्याधिक रूपमा फरक हुन्छन्, र वचनहरूद्वारा नै उहाँले मानिसलाई यो देख्‍ने तुल्याउनुहुन्छ। आखिरी दिनहरूमा परमेश्‍वरको काम सामान्य र वास्तविक दुवै छ, र त्यसैले आखिरी दिनहरूमा मानिसहरूको समूह सबैभन्दा ठूलो परीक्षामा पर्छन्। परमेश्‍वरको सामान्यता र वास्तविकताले गर्दा, सबै मानिसहरू यस्ता परीक्षाहरूको बीचमा प्रवेश गरेका छन्; परमेश्‍वरका परीक्षाहरूमा मानिस पर्नुको कारण परमेश्‍वरको सामान्यता र वास्तविकता नै हो। येशूको युगमा, कुनै धारणाहरू वा परीक्षाहरू थिएनन्। येशूले गर्नुभएका अधिकांश काम मानिसका धारणाहरूसँग मेल खान्थे, त्यसैले मानिसहरूले उहाँलाई पछ्याए, र उहाँबारे उनीहरूसँग कुनै धारणाहरू थिएन। आजका परीक्षाहरू मानिसले सामना गरेका मध्येकै सबैभन्दा ठूलो हो, र जब यी मानिसहरू महासंकष्टबाट निस्किएका छन् भनेर भनिन्छ, चर्चा गरिएको संकष्ट यही नै हो। आज, यी मानिसहरूमा विश्‍वास, प्रेम, कष्ट स्वीकार, र आज्ञापालन पैदा गर्न परमेश्‍वर बोल्नुहुन्छ। आखिरी दिनहरूका देहधारी परमेश्‍वरले बोल्‍नुभएका वचनहरू मानिसको प्रकृति र सार, मानिसको आचरण, र मानिस आज कुन कुरामा प्रवेश गर्नुपर्ने हो त्यही अनुरूप छन्। उहाँका वचनहरू वास्तविक र सामान्य दुवै छन्: उहाँले भोलीको कुरा गर्नुहुन्न, न त उहाँ हिजोलाई नै फर्किएर हेर्नुहुन्छ; उहाँले आज जे कुरामा प्रवेश गर्नुपर्ने हो, जुन कुरा व्यवहारमा लागू गर्नुपर्ने हो, र बुझ्नु पर्ने हो त्यसको मात्र कुरा गर्नुहुन्छ। यदि, वर्तमान दिनका दौरान, चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्न, भूतप्रेतहरू निकाल्न, बिरामीलाई निको पार्न, र धेरै आश्‍चर्यकर्महरू प्रस्तुत गर्न सक्‍ने कुनै व्यक्ति प्रकट हुनु छ भने, र यदि आएकाहरू येशू हुनुहुन्छ भन्ने यो व्यक्तिले दाबी गर्छ भने, यो येशूलाई नक्कल गर्ने दुष्ट आत्माहरूद्वारा पैदा गरिएको जालसाजी हुनेछ। यो कुरा याद गर! परमेश्‍वरले उही काम दोहोर्याउनुहुन्न। येशूको कामको चरण पहिले नै पूरा भइसकेको छ, र परमेश्‍वरले त्यो चरणको काम फेरि कहिल्यै गर्नुहुनेछैन। परमेश्‍वरको काम मानिसका धारणाहरूसँग परस्पर विरोधी छ; उदाहरणको लागि, पुरानो करारले मसीहको आगमनको भविष्यवाणी गर्यो, र यो भविष्यवाणीको नतिजा येशूको आगमन थियो। यो पहिले नै भइसकेकाले, अर्का मसीह फेरि आउनु गलत हुनेथियो। येशू एक पटक पहिले नै आइसक्नु भएकाले, यदि येशू यो पटक फेरि आउनुभयो भने, यो गलत हुनेथियो। प्रत्येक युगको लागि एउटा नाम छ, र हरेक नाममा उक्त युगको चरित्र चित्रण हुन्छ। मानिसका धारणाहरूमा, परमेश्‍वरले सँधै चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुपर्छ, सँधै बिरामीलाई निको पार्नुपर्छ र भूतप्रेतलाई निकाल्नुपर्छ, र सधैँ येशू जस्तै हुनुपर्छ। तर पनि यस पटक, परमेश्‍वर यस्तो हुनुहुन्न। यदि, आखिरी दिनहरूमा, अझै पनि परमेश्‍वरले चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुभयो भने, र अझ पनि भूतप्रेतहरूलाई निकाल्नुभयो र बिरामीलाई निको पार्नुभयो भने—यदि उहाँले येशूले गर्नुभए जस्तै ठ्याक्कै गर्नुभयो भने—परमेश्‍वरले उही काम दोहोर्याउनुभएको हुनेथियो, र येशूका कामको कुनै महत्त्व वा मूल्य हुनेथिएन। त्यसैले, परमेश्‍वरले हरेक युगमा कामको एउटा चरण सम्पन्न गर्नुहुन्छ। उहाँका कामको हरेक चरण पूरा भएपछि, यसलाई दुष्ट आत्माहरूले चाँडै नै नक्कल गर्छन्, र शैतानले परमेश्‍वरका पाइलाहरू पछ्याउन थालेपछि, परमेश्‍वरले अलग तरीका अपनाउनुहुन्छ। परमेश्‍वरले उहाँका कामको एक चरण पूरा गर्नुभएपछि, दुष्ट आत्माहरूले यसको नक्कल गर्छन्। तिमीहरू यसबारे प्रस्ट हुनैपर्छ। किन आज परमेश्‍वरको काम येशूको कामभन्दा फरक छ? किन परमेश्‍वरले आज चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुहुन्न, भूतप्रेतहरूलाई निकाल्नुहुन्न, र बिरामीलाई निको पार्नुहुन्न? यदि येशूको काम व्यवस्थाको युगमा गरिएका काम जस्तै थिए भने, के उहाँले अनुग्रहको युगको परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्नुहुन्थ्यो? के उहाँले क्रूसीकरणको काम पूरा गर्न सक्नुहुन्थ्यो? यदि, व्यवस्थाको युगमा जस्तै, येशू मन्दिरमा प्रवेश गर्नुभएको र शबाथको दिन पालन गर्नुभएको थियो भने, उहाँलाई कसैले पनि खेदो गर्ने थिएनन् होला र उहाँलाई सबैले अँगाल्ने थिए होलान्। यदि यसो हुँदो त, के उहाँ क्रूसमा टाँगिइन सक्नुहुन्थ्यो? के उहाँले छुटकाराको काम पूरा गर्न सक्नुहुन्थ्यो? यदि आखिरी दिनहरूका देहधारी परमेश्‍वरले पनि येशूले गर्नुभए जस्तै चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुभएको भए, यसको के अर्थ हुन्थ्यो? यदि परमेश्‍वरले आखिरी दिनहरूमा उहाँको व्यवस्थापन योजनाको भागलाई प्रतिनिधित्व गर्ने उहाँको कामको अर्को भाग गर्ने काम गर्नुहुन्छ भने मात्र, मानिसले परमेश्‍वरको गहिरो ज्ञान प्राप्त गर्न सक्छ, र त्यसपछि मात्र परमेश्‍वरको व्यवस्थापनको योजना पूरा हुन सक्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आज परमेश्‍वरको कामलाई बुझ्‍नु

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ४

परमेश्‍वरलाई थुप्रै वर्षदेखि पछ्याइरहेको र वर्षौंदेखि उहाँका वचनहरूको भरणपोषणमा आनन्द मनाएको व्यक्तिको हकमा, यदि परमेश्‍वरको बारेमा...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ७३

परमेश्‍वर मौन हुनुहुन्छ, र कहिल्यै हामीकहाँ प्रकट हुनुभएको छैन, तैपनि उहाँको काम कहिल्यै रोकिएको छैन। उहाँले सारा पृथ्वीलाई अनुसन्धान...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १८९

हजारौं वर्षको परमेश्‍वरको योजनामा, कामको दुई भागहरू शरीरमा गरिन्छन्: प्रथम क्रूसीकरणको काम, जसको निम्ति उहाँले महिमा प्राप्त गर्नुहुन्छ;...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३४७

तिमीहरूको देह, तिमीहरूको असाधारण इच्छा, तिमीहरूको लोभ र तिमीहरूको कामवासनाले तिमीहरूमा गहिरो रूपमा जरा गाडेको छ। यी कुराहरूले तिमीहरूको...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्