बाट लिइएको विशेष दृश्य 6 “पासो तोडाइ”

30 जुन 2021

Christian Movie | पासो तोडाइ | बाट लिइएको विशेष दृश्य 6: “पाष्टर र एल्डरहरूले किन पूर्वीय ज्योतिलाई दोषी ठहराउँछन्”

किन धार्मिक संसारका पाष्टर र एल्डरहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको विरोध गर्ने र उहाँलाई दोष लगाउने गर्छन्? किनभने सर्वशक्तिमान्‌ परमेश्‍वरले व्यक्त गर्नुहुने सत्यतालाई तिनीहरूले घृणा गर्छन्, तिनको विरुद्धमा उभिन्छन् र तिनलाई स्वीकार गर्न सक्दैनन्। यही कारणले गर्दा तिनीहरूले ख्रीष्‍टलाई इन्कार गर्ने, उहाँलाई दोष दिने र उहाँको विरोध गर्ने गर्छन्। यसले सत्यतालाई घृणा गर्ने तिनीहरूसँग भएको शैतानी सारलाई खुलासा गर्छ। ख्रीष्‍टले व्यक्त गर्नुहुने सत्यता अत्यन्तै शक्तिशाली र अख्तियारपूर्ण छ। यसले मानवजातिलाई जागरूक गर्न र मुक्ति दिनुका साथै मानिसहरूलाई शैतानका शक्तिहरूबाट मुक्त भएर परमेश्‍वरकहाँ फर्की आउन सहयोग गर्छ। यही कारणले गर्दा आफ्‍नो ख्याति, लाभ र हैसियत बचाउन धार्मिक संसारका अगुवाहरूले ख्रीष्‍टलाई फेरि क्रूसमा टाँग्छन्। धार्मिक संसारका अगुवाहरूले कसरी उही समयमा परमेश्‍वरको सेवा पनि गर्छन र परमेश्‍वरको विरोध पनि गर्छन्, त्यसको बारेमा साँचो तथ्य र सार यिनै हुन्।

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्