परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ३८

18 जुलाई 2021

आखिरी दिनहरूका मानिसहरूले परमेश्‍वरका वचनहरूमा उहाँको क्रोधलाई देख्छन्, र परमेश्‍वरको क्रोधलाई साँच्चै अनुभव गर्दैनन्

सृष्टिको समयदेखि आजसम्म कुनै समूहले यस अन्तिम समूहले जस्तो परमेश्‍वरको अनुग्रह वा दया र करुणाको आनन्द उठाएको छैन। अन्तिम चरणमा, परमेश्‍वरले न्याय र सजायको काम गरिसक्नुभएको, र उहाँको काम प्रताप र क्रोधको साथ गर्नुभएको भए पनि, धेरै पटक परमेश्‍वरले आफ्नो काम पूरा गर्न केवल वचनहरूको मात्र प्रयोग गर्नुहुन्छ; उहाँले शिक्षा दिन र पानी हाल्न, जुटाउन र आपूर्ति गर्नका लागि वचनहरूको प्रयोग गर्नुहुन्छ। यसै बीचमा, परमेश्‍वरको क्रोधलाई सधैँ लुकाएर राखिएको छ, र परमेश्‍वरको वचनमा उहाँको क्रोधपूर्ण स्वभावको अनुभव गरेको बाहेक, थोरै मानिसहरूले मात्र उहाँको क्रोध व्यक्तिगत रूपमा अनुभव गरेका छन्। भन्नुको अर्थ, परमेश्‍वरले न्याय र सजायको काम गर्नुभएको अवधिमा, परमेश्‍वरका वचनहरूमा प्रकट भएको क्रोधले मानिसहरूलाई परमेश्‍वरको प्रताप र उल्‍लङ्घनप्रतिको उहाँको असहिष्णुताको अनुभव गराउने भए पनि, यो क्रोध उहाँका वचनहरूभन्दा पर जान सक्दैन। अर्को शब्दमा भन्दा, परमेश्‍वरले मानिसलाई हप्काउन, मानिसलाई उदाङ्गो पार्न, मानिसको न्याय गर्न, मानिसलाई सजाय दिन र मानिसलाई दोषी ठहराउन पनि वचनहरूकै प्रयोग गर्नुहुन्छ—तर परमेश्‍वर अझैसम्म मानिससित असाध्यै रिसाउनुभएको छैन र उहाँले आफ्नो वचन बाहेक मानिसमाथि आफ्नो क्रोध थोरै मात्र प्रकट गर्नुभएको छ। यसरी, यस युगमा मानिसले अनुभव गरेको परमेश्‍वरको करुणा र दया परमेश्‍वरको वास्तविक स्वभावको प्रकाश हो भने, मानिसद्वारा अनुभव गरिएको परमेश्‍वरको क्रोध केवल उहाँका वाणीहरूको शैली र भावनाको प्रभाव हो। धेरै मानिसहरूले यो प्रभावलाई गलत प्रकारले साँचो अनुभव र परमेश्‍वरको क्रोधको सही ज्ञानको रूपमा लिन्छन्। फलस्वरूप, धेरैजसो मानिसहरूले परमेश्‍वरका वचनहरूमा उहाँको कृपा र करुणालाई देखेका छन्, र तिनीहरूले मानिसको अपराधप्रति परमेश्‍वरको असहिष्णुता देखेका छन्, र तीमध्ये धेरैले मानिसप्रति परमेश्‍वरको कृपा र सहिष्णुतालाई पनि बुझेका छन् भन्‍ने विश्‍वास गर्छन्। तर मानिसको व्यवहार जति नै खराब भए पनि, वा उसको स्वभाव जति नै भ्रष्ट भए पनि, परमेश्‍वरले सधैँ सहनुभएको छ। सहने क्रममा, उहाँको उद्देश्य भनेको उहाँले बोल्नुभएका वचनहरू, आफूले गरेका प्रयासहरू र उहाँले चुकाउनुभएको मूल्यले उहाँले प्राप्त गर्न चाहनुभएका व्यक्तिहरूमा प्रभाव पारून् भनेर प्रतीक्षा गर्नु हो। जसरी मानिसहरू जन्‍मने बित्तिकै वयस्क हुँदैनन्, त्यसरी नै यस्तो परिणामको प्रतीक्षा गर्न समय लाग्छ, र मानिसका लागि विभिन्न वातावरणहरूको निर्माण गर्नु पर्ने आवश्यकता हुन्छ; यसको निम्ति अठार वा उन्नाइस वर्ष लाग्छ, र केही मानिसहरूलाई त परिपक्व वयस्क बन्नका लागि बीस वा तीस वर्ष चाहिन्छ। परमेश्‍वरले यो प्रक्रिया समाप्त भइञ्‍जेल पर्खनुहुन्छ, उहाँ त्यस्तो समयको प्रतीक्षा गर्नुहुन्छ, र उहाँले यो परिणाम आउने दिनको प्रतीक्षा गर्नुहुन्छ। उहाँले प्रतीक्षा गर्ने समयभरि, परमेश्‍वरले प्रशस्त कृपा गर्नुहुन्छ। तापनि, परमेश्‍वरको कामको अवधिमा, अत्यन्त थोरै मानिसहरूलाई प्रहार गरिन्छ, र केही मानिसले उहाँको गम्भीर विरोध गरेको कारण तिनीहरूलाई दण्ड दिइन्छ। त्यस्ता उदाहरणहरू मानिसको अपराध नसहने परमेश्‍वरको स्वभावको अझ ठूलो प्रमाण हुन्, र चुनिएका मानिसहरूप्रतिको परमेश्‍वरको सहिष्णुता र धीरजको वास्तविक अस्तित्वलाई पूर्ण रूपमा पुष्टि गर्दछ। अवश्य नै, यी आम उदाहरणहरूमा, यी मानिसहरूमा गरिने परमेश्‍वरको स्वभावको भागको प्रकटीकरणले परमेश्‍वरको समग्र व्यवस्थापन योजनालाई असर गर्दैन। वास्तवमा, परमेश्‍वरको कामको यो अन्तिम चरणमा, आफूले पर्खिरहनुभएको अवधिभरि परमेश्‍वरले सहनुभएको छ, र उहाँलाई पछ्याउनेहरूको मुक्ति लागि उहाँले आफ्नो धैर्यता र जीवन दिनुभएको छ। के तिमीहरू यस कुरालाई देख्छौ? परमेश्‍वरले कुनै कारणविना आफ्नो योजना उल्टाउनुहुन्न। उहाँले आफ्नो क्रोध प्रकट गर्न सक्नुहुन्छ, र उहाँ दयालु पनि हुन सक्नुहुन्छ; यो परमेश्‍वरको स्वभावका दुई मुख्य भागको प्रकाश हो। यो स्पष्ट छ कि स्पष्ट छैन? अर्को शब्दमा भन्दा, जब परमेश्‍वरको कुरा आउँदछ, तब सही र गलत, धर्मी र अधर्मी, सकारात्मक र नकारात्मक—यी सबै मानिसलाई स्पष्ट रूपमा देखाइन्छ। उहाँले के गर्नुहुनेछ, उहाँलाई के मनपर्छ, उहाँले कुन कुरालाई घृणा गर्नुहुन्छ—यी सबै उहाँको स्वभावमा प्रत्यक्ष रूपमा झल्काउन सकिन्छ। त्यस्ता कुराहरूलाई स्वाभाविक र स्पष्ट रूपमा पनि परमेश्‍वरको काममा देख्न सकिन्छ, र ती अस्पष्ट वा सामान्य छैनन्; यसको सट्टामा, तिनले सबै मानिसहरूलाई परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई विशेष गरी ठोस रूपमा, सत्य र व्यावहारिक तरिकामा देखाउँछन्। यो सत्य परमेश्‍वर स्वयम्‌ हुनुहुन्छ।

— “वचन शरीरमा देखा पर्नुहुन्छ” बाट

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्