परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ३७

18 जुलाई 2021

परमेश्‍वरले सदोमलाई नष्ट गर्नु नै पर्नेहुन्छ

उत्पत्ति १८:२६ अनि यहोवाले भन्नुभयो, यदि मैले सदोममा सहरभित्र पचास जना धर्मी भेट्टाएँ भने, म तिनीहरूका खातिर त्यो सबै ठाउँलाई छोडिदिनेछु।

उत्पत्ति १८:२९ अनि तिनी फेरि उहाँसँग बोले र भने, केही गरी त्यहाँ चालीस जना पाइए भने। अनि उहाँले भन्‍नुभयो, म त्यसो गर्नेछैनँ।

उत्पत्ति १८:३० अनि तिनले उहाँलाई भने, केही गरी त्यहाँ तीस जना पाइए भने। अनि उहाँले भन्‍नुभयो, म त्यसो गर्नेछैनँ।

उत्पत्ति १८:३१ अनि तिनले भने, केही गरी त्यहाँ बीस जना पाइए भने अनि उहाँले भन्‍नुभयो, म त्यसलाई नष्ट गर्नेछैनँ।

उत्पत्ति १८:३२ अनि तिनले भने, केही गरी त्यहाँ दश जना पाइए भने। अनि उहाँले भन्‍नुभयो, म त्यसलाई नष्ट गर्नेछैन।

परमेश्‍वरले जसलाई वास्ता राख्नुहुन्छ तिनीहरूप्रति उहाँ अत्यन्तै कृपा हुनुहुन्छ, र जसलाई उहाँले घृणा र अस्वीकार गर्नुहुन्छ तिनीहरूप्रति उहाँ अति नै क्रोधित हुनुहुन्छ

बाइबलका विवरणहरूमा भनिए अनुसार, के सदोममा परमेश्‍वरका दसजना सेवक थिए? अहँ, त्यहाँ थिएन! के त्यो सहर परमेश्‍वरद्वारा बचाइन योग्यको थियो? त्यो सहरका एक व्यक्ति, अर्थात् लोतले मात्र परमेश्‍वरका सन्देशवाहकहरूलाई स्वागत गरे। यसको तात्पर्य के हो भने, त्यस सहरमा परमेश्‍वरका एक मात्र सेवक थियो, र परमेश्‍वरसँग लोतलाई बचाउनु र सदोम सहरलाई नाश गर्नु बाहेक अरू कुनै विकल्प थिएन। माथि उल्‍लेखित अब्राहाम र परमेश्‍वरबीचको कुराकानी सरल देखिन्छ, तर ती कुराकानीले केही गहन कुरालाई प्रस्ट पार्छन्: परमेश्‍वरका कार्यहरूका सिद्धान्तहरू हुन्छन्, र निर्णय लिनु अघि उहाँले लामो समयसम्म अवलोकन र सोचविचार गरेर बिताउनुहुन्छ; सही समय नआउञ्‍जेल उहाँले कुनै निर्णय गर्नुहुन्न वा झटपट कुनै पनि निष्कर्ष निकाल्नुहुन्न। अब्राहाम र परमेश्‍वरबीचको बातचितले हामीलाई के देखाउँछ भने, सदोमलाई नाश गर्ने परमेश्‍वरको निर्णय अलिकति पनि गलत थिएन, किनकि परमेश्‍वरलाई त्यो सहरमा चालीस जना, तीस जना, र बीस जना पनि धर्मी जन छैन भन्‍ने कुरा पहिलेबाटै थाहा थियो। त्यहाँ दस जना पनि थिएन। सहरका एक मात्र धर्मी व्यक्ति लोत थियो। सदोममा भएका सबै घटनाहरू र यसका परिस्थितिहरूलाई परमेश्‍वरले अवलोकन गर्नुभयो, र उहाँको निम्ति यो कुरा अत्यन्तै परिचित थियो। तसर्थ उहाँको निर्णय गलत हुन सक्दैनथियो। यसको विपरीत, परमेश्‍वरको सर्वशक्तिमान्‌ताको तुलनामा, मानिस यति चेतनाशून्य, यति मूर्ख र अज्ञानी, छोटो दृष्टिको छ। अब्राहाम र परमेश्‍वर बीचको बातचितमा हामी यही कुरा देख्छौं। सुरुदेखि अहिलेसम्म परमेश्‍वरले आफ्नो स्वभाव प्रस्तुत गर्दै आउनुभएको छ। त्यसरी नै, यहाँ हामीले देख्नु पर्ने परमेश्‍वरको स्वभाव पनि छ। सङ्ख्याहरू सरल हुन्छन्—तिनले केही पनि प्रदर्शन गर्दैनन्—तर यहाँ परमेश्‍वरको स्वभावको एउटा महत्त्वपूर्ण अभिव्यक्ति छ। पचास धर्मीहरू भएको भए परमेश्‍वरले त्यस सहरलाई नष्ट गर्नुहुनेथिएन। के यो परमेश्‍वरको कृपाले गर्दा हो? के यो उहाँको प्रेम र सहनशीलताको कारणले हो? के तिमीहरूले परमेश्‍वरको स्वभावको यो पक्षलाई देख्यौ? त्यहाँ दस जना धर्मीहरू मात्र भए पनि, परमेश्‍वरले ती दस जना धर्मी मानिसहरूको खातिर त्यो सहरलाई नष्ट गर्नुहुने थिएन। के यो परमेश्‍वरको सहनशीलता र प्रेम हो वा होइन? ती धर्मी मानिसहरूप्रतिको परमेश्‍वरको दया, सहिष्णुता, र चासोको कारण, उहाँले सहरलाई नष्ट पार्नुहुने थिएन। यो परमेश्‍वरको सहनशीलता हो। र अन्त्यमा हामी के परिणाम देख्छौं? जब अब्राहामले भने, “केही गरी त्यहाँ दश जना पाइए भने,” परमेश्‍वरले भन्नुभयो, “म त्यसलाई नष्ट गर्नेछैन।” त्यसपछि, अब्राहामले अझ केही भनेनन्, किनकि सदोममा तिनले भनेका दस जना धर्मी व्यक्तिहरू थिएनन् र तिनको भन्नु पर्ने कुनै कुरा थिएन, अनि त्यस बेला परमेश्‍वरले सदोमलाई किन नाश गर्ने संकल्प गर्नुभयो भन्‍ने कुरा तिनले बुझे। यसमा, तँ परमेश्‍वरको कस्तो स्वभावलाई देख्छस्? परमेश्‍वरले कस्तो प्रकारको संकल्प गर्नुभयो? परमेश्‍वरले संकल्प गर्नुभयो कि, यदि त्यो सहरमा दस धर्मीहरू नभएको भए, उहाँले यसको अस्तित्व रहन दिनुहुने थिएन र अवश्य नै यसलाई नाश गर्नुहुनेथियो। के यो परमेश्‍वरको क्रोध होइन? के यो क्रोधले परमेश्‍वरको स्वभावको प्रतिनिधित्व गर्दछ? के यो स्वभाव परमेश्‍वरको पवित्र सारको प्रकटीकरण हो? के यो परमेश्‍वरको धार्मिक सारको प्रकटीकरण हो, जसलाई कुनै मानिस अपमान गर्नुहुँदैन? सदोममा दस जना पनि धर्मी मानिस नभएको पुष्टि भएपछि, परमेश्‍वरले त्यो सहर नष्ट पार्ने निश्चय गर्नुभयो, र त्यस सहरभित्रका मानिसहरूलाई कठोर सजाय दिनुहुनेथियो, किनकि उनीहरूले परमेश्‍वरको विरोध गरेका थिए र तिनीहरू अति फोहोर र भ्रष्ट बनेका थिए।

हामीले यी खण्डहरूलाई किन यसरी विश्लेषण गरेका छौं? किनभने यो केही सरल वाक्यहरूले परमेश्‍वरको प्रशस्त दया र गहिरो क्रोधको स्वभावलाई पूर्ण रूपमा व्यक्त गर्दछ। धर्मीहरूको कदर गर्ने र कृपा गर्ने, तिनीहरूप्रति सहिष्णु हुने र उनीहरूको वास्ता गर्ने बाहेक, परमेश्‍वरको हृदयमा सदोमका भ्रष्ट भएका सबै मानिसहरूप्रति गहन घृणा थियो। यो प्रशस्त कृपा र गहिरो क्रोध थियो कि थिएन? परमेश्‍वरले कुन माध्यमले सहरलाई नाश गर्नुभयो? आगोद्वारा। उहाँले किन त्यसलाई आगोले जलाएर नाश गर्नुभयो? जब तँ कुनै थोक आगोमा जलिरहेको देख्छस्, वा जब तँ केही जलाउन थाल्छस्, तब त्यसप्रति तेरा भावनाहरू कस्ता हुन्छन्? तँ त्यो किन जलाउन चाहन्छस्? के तँलाई अब त्यो आवश्यक छैन, तँ अब त्यसलाई हेर्न चाहँदैनस् भन्‍ने लाग्छ? के तँ त्यसलाई त्याग्न चाहन्छस्? परमेश्‍वरले आगोको प्रयोग गर्नु भनेको त्यागिनु र घृणा हो, र उहाँ अब सदोमलाई हेर्न चाहनुहुन्न भन्ने हो। यस्तै भावनाको कारण परमेश्‍वरले सदोमलाई आगोले पूर्ण रूपले नाश पार्नुभयो। आगोको प्रयोगले परमेश्‍वर कति धेरै रिसाउनुभएको थियो भन्ने कुरालाई प्रतिनिधित्व गर्दछ। परमेश्‍वरको दया र सहिष्णुता साँच्चै अस्तित्वमा छ, तर परमेश्‍वरले उहाँको क्रोध प्रकट गर्नुभएको बेला पनि परमेश्‍वरको पवित्रता र धार्मिकताले मानिसलाई परमेश्‍वरको त्यो पक्षलाई देखाउँछ, जसले कुनै उल्‍लङ्घन सहँदैन। जब मानिस परमेश्‍वरका आज्ञाहरू पालन गर्न र परमेश्‍वरका आवश्यकताहरू अनुसार काम गर्न पूर्ण रूपमा सक्षम हुन्छ, तब परमेश्‍वर मानिसप्रति उहाँको कृपामा प्रशस्त हुनुहुन्छ; जब मानिस उहाँप्रतिको भ्रष्टता, घृणा र शत्रुताले भरिन्छ, परमेश्‍वर गम्भीर रूपले रिसाउनुहुन्छ। कुन हदसम्म उहाँ गम्भीर रूपले रिसाउनुहुन्छ? जबसम्म परमेश्‍वरले मानिसको प्रतिरोध र कुकर्महरू देख्‍नुहुनेछैन, जबसम्म तिनीहरू उहाँको नजरबाट हट्दैनन् तबसम्म उहाँको क्रोध रहनेछ। तब मात्र परमेश्‍वरको रीस हराउनेछ। अर्को वचनमा, व्यक्ति चाहे जो सुकै भए पनि, यदि तिनीहरूको हृदय परमेश्‍वरबाट टाढा भएको छ र परमेश्‍वरबाट कहिल्यै नफर्कने गरी तर्किगएको छ भने चाहे जुनसुकै उपस्थितिहरूमा वा तिनीहरूका व्यक्तिगत चाहनाहरूको आधारमा तिनीहरूले जस्तै प्रकारले आराधना गर्ने, तिनीहरूका शरीर र सोचविचारमा परमेश्‍वरलाई पछ्याउने र आज्ञापालन गर्ने चाहना गरे पनि, परमेश्‍वरको क्रोध नरोकिने गरी पोखाइनेछ। यस्तो हुनेछ कि मानिसलाई प्रशस्त मौकाहरू दिइसकेपछि जब परमेश्‍वरले गम्भीर रूपमा आफ्नो क्रोध पोखाउनुहुन्छ तब त्यो फिर्ता लिने कुनै उपाय हुनेछैन, र उहाँ त्यस्तो मानव जातिसित फेरि कहिल्यै दयालु र सहनशील हुनुहुनेछैन। यो परमेश्‍वरको स्वभावको एक पक्ष हो, जसले कुनै उल्‍लङ्घन सहँदैन। यहाँ, परमेश्‍वरले एउटा सहरलाई नाश पार्नु मानिसहरूलाई सामान्य लाग्दछ, किनकि परमेश्‍वरको नजरमा, पापले भरिएको सहर अस्तित्वमा रहन र निरन्तर टिक्न सक्दैन, र त्यो परमेश्‍वरद्वारा नष्ट पारिनु तर्कसंगत थियो जस्तो लाग्छ। तापनि उहाँले सदोमलाई नाश गर्नुभन्दा अघि र पछि जे भयो त्यसमा हामी परमेश्‍वरको स्वभावको सम्पूर्णता देख्छौं। उहाँ दयालु र सुन्दर र असल कुराहरूप्रति सहनशील र कृपालु हुनुहुन्छ; खराब, पापी र दुष्ट कुराहरूप्रति उहाँ गम्भीर रूपमा क्रोधित हुनुहुन्छ, यहाँसम्म कि उहाँको क्रोध कहिल्यै समाप्त हुँदैन। परमेश्‍वरका स्वभावका दुई वटा सिद्धान्त र अति प्रमुख पक्षहरू यिनै हुन्, र यसबाहेक ती परमेश्‍वरद्वारा सुरुदेखि अन्त्यसम्मै प्रकट गरिएका छन्: प्रशस्त कृपा र गम्भीर क्रोध। तिमीहरूमध्ये धेरै जनाले परमेश्‍वरको कृपाको अनुभव गरेका छौ, तर तिमीहरूमध्ये थोरैले मात्र परमेश्‍वरको क्रोधको बुझेका छौ। परमेश्‍वरको कृपा र करुणा प्रत्येक व्यक्तिमा देख्न सकिन्छ; अर्थात्, परमेश्‍वर प्रत्येक व्यक्तिप्रति प्रशस्त रूपमा कृपालु हुनुभएको छ। तैपनि तिमीहरू मध्येको कुनै पनि व्यक्ति वा मानिसहरूको समूहप्रति परमेश्‍वर बिरलै अत्यन्तै रिसाउनुभएको छ—वा यसो भन्न सकिन्छ, उहाँ कहिल्यै पनि रिसाउनुभएको छैन। ढुक्क होओ! ढिलो होस् वा चाँडो, परमेश्‍वरको क्रोधलाई प्रत्येक व्यक्तिले देख्ने र अनुभव गर्नेछ, तर अहिले त्यो समय आइसकेको छैन। किन यसो हुन्छ? किनकि जब परमेश्‍वर कसैको विरुद्ध निरन्तर क्रोधित हुनुहुन्छ, अर्थात् जब उहाँले तिनीहरूमाथि आफ्नो गहिरो रीस प्रकट गर्नुहुन्छ, त्यसको अर्थ के हुन्छ भने, उहाँले लामो समयदेखि त्यस व्यक्तिलाई घृणा र अस्वीकार गर्दै आउनुभएको छ, उहाँले तिनीहरूको अस्तित्वलाई तुच्छ ठान्नुहुन्छ, र उहाँ तिनीहरूको अस्तित्वलाई सहन सक्नुहुन्न; उहाँको क्रोध तिनीहरूमाथि आउने बित्तिकै तिनीहरू हराउनेछन्। आज, परमेश्‍वरको काम त्यस बिन्दुमा पुग्नु बाँकी नै छ। परमेश्‍वर गहन रूपले रिसाउनुभएपछि तिमीहरूमध्ये कोही पनि त्यसलाई सहन गर्न सक्दैनौ। तब तँ देख्छस्, कि यस समयमा परमेश्‍वर तिमीहरू सबैप्रति दयालु हुनुहुन्छ, तर तिमीहरूले उहाँको गहिरो रीस देख्नु बाँकी नै छ। यदि त्यहाँ विश्‍वस्त नभएका मानिसहरू छन् भने, तैँले परमेश्‍वरको क्रोध तँमाथि आओस् भनेर भन्न सक्छस्, यसैले कि तैंले परमेश्‍वरको क्रोध र मानिसको उल्‍लङ्घन नसहने उहाँको स्वभाव अस्तित्वमा छ कि छैन सो अनुभव गर्नेछस्। के तिमीहरू हिम्मत गर्छौ?

— “वचन शरीरमा देखा पर्नुहुन्छ” बाट

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्