प्रस्तावना

सन् १९९१ मा, देहधारी सर्वशक्तिमान्‌ परमेश्‍वर चीनमा देखा पर्नुभयो र काम गर्न सुरु गर्नुभयो। उहाँले करोडौँ वचनहरू व्यक्त गर्नुभएको छ र परमेश्‍वरको घरबाट सुरु गर्दै आखिरी दिनहरूको न्यायको काम गर्दै आउनुभएको छ। उहाँले अनुग्रहको युगलाई समाप्त गरेर, राज्यको युगको सुरुवात गर्नुभएको छ र स्वर्गको राज्यको आगमनको सुसमाचार ल्याउनुभएको छ। सर्वशक्तिमान्‌ परमेश्‍वरले मानवजातिलाई शुद्ध पार्न र मुक्ति दिनको लागि सबै सत्यताहरू व्यक्त गर्नुभएको छ, बाइबलको प्रकाशको पुस्तकमा उल्‍लेख गरिएको चर्मपत्रको मुट्ठोलाई पूरै खोल्‍नुभएको छ, र परमेश्‍वरले मानवजातिलाई कसरी मुक्ति दिनुहुन्छ भन्‍ने विषयको छ हजार वर्षे व्यवस्थापन योजनाका रहस्यहरूलाई पूर्ण रूपमा प्रकट गर्नुभएको छ, जस्तै परमेश्‍वरले मानवजातिलाई व्यवस्थापन गर्नुको उद्देश्‍य के हो, परमेश्‍वरले मानवजातिलाई दिनुहुने मुक्तिका किन तीन चरण छन्, परमेश्‍वरले कसरी आखिरी दिनहरूमा न्यायको काम गर्नुहुन्छ, देहधारणको रहस्य, बाइबलको भित्री कथा, परमेश्‍वरको अद्वितीय अख्‍तियार, परमेश्‍वरको धर्मी स्वभाव, परमेश्‍वरको पवित्रता, शैतानले मानवजातिलाई सकरी भ्रष्ट पार्छ, परमेश्‍वरले मानवजातिलाई कसरी मुक्ति दिनुहुन्छ, विपत्तिहरूभन्दा पहिले उठाइ हुनुको रहस्य, विजेताहरूको निर्माण कसरी गरिन्छ, फरक-फरक सबै प्रकारका मानिसहरूको अन्तिम गन्तव्य र अन्त्य, र ख्रीष्टको राज्य कसरी पूरा हुनेछ। उहाँले साँच्‍चै नै नयाँ क्षितिजहरू खोल्‍नुभएको छ र आँखाको लागि भोज तयार गर्नुभएको छ! सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ: “जब आखिरी दिनहरूमा म मेरो चर्मपत्रको मुट्ठो खोल्छु तब म तिमीहरूलाई यो बताउनेछु। (‘चर्मपत्रको मुट्ठो’ ले मैले बोलेका सबै वचनहरूलाई बुझाउँदछ—आखिरी दिनहरूको मेरा वचनहरू; यसमा ती सबै समावेश हुन्छ।)” (वचन देहमा देखा पर्नुहुन्छको, प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरूको “अध्याय ११०”)। “आखिरी दिनहरूका कामले यहोवाको र येशूका कामलाई साथै मानिसले नबुझेका सबै रहस्यहरूलाई प्रकट गर्दछ, जसले मानवजातिको गन्तव्य र अन्त्य, र मानवजातिको माझमा मुक्तिका सबै काम समाप्त भएको कुरालाई प्रकट गर्दछ। आखिरी दिनहरूमा गरिने कामको यो चरणले सबै कुरालाई समाप्त गर्दछ। मानिसले नबुझेका सबै रहस्यहरू प्रकट गर्नु, मानिसहरूलाई ती कुराहरू गहिरो रूपले बुझ्न दिनु र तिनीहरूका हृदयमा पूर्ण रूपमा स्पष्ट बुझाइ हुन दिनु आवश्यक छ। त्यसपछि मात्र मानवजातिलाई तिनीहरूका प्रकारअनुसार वर्गमा छुट्ट्याउन सकिन्छ” (वचन देहमा देखा पर्नुहुन्छको “देहधारणको रहस्य (४)”)। सर्वशक्तिमान्‌ परमेश्‍वर, आखिरी दिनहरूका ख्रीष्‍टले व्यक्त गर्नुभएका वचनहरू प्रशस्‍त, फलदायक, र विस्तृत छन्, र यी वचनहरूले मानिसहरूलाई ख्रीष्‍ट नै वास्तवमा बाटो, सत्यता, र जीवन हुनुहुन्छ, र उहाँले मानवजातिलाई चिरस्थायी जीवनको बाटो दिनुहुन्छ, जुन अनन्त जीवनको बाटो हो भन्‍ने देखाउँछन्।

प्रभु येशूले भन्नुभयो: “मेरो भेडाले मेरो सोर सुन्छ, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्” (यूहन्‍ना १०:२७)। “आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो, कान हुनेले सुनोस्” (प्रकाश २:७)। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ: “मेरा मानिसहरूले निश्चय मेरो सोर सुन्नेछन्, र मलाई साँचो प्रेम गर्नेहरू प्रत्येक व्यक्ति निश्चय नै मेरो सिंहासनको अगाडि फर्केर आउनेछन्” (वचन देहमा देखा पर्नुहुन्छको, सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूको “अध्याय १”)। सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको काम मूलभूमि चीनमा सुरु भएदेखि नै, परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने, सत्यतालाई प्रेम गर्ने, र परमेश्‍वर देखा पर्नुभएको घटनाको तृष्णा गर्ने विभिन्‍न धर्म र सम्प्रदायका मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरले बोल्‍नुभएका वचनहरूमा परमेश्‍वरको आवाज पहिचान गरेका छन्। तिनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सत्यता हुन्, र ती साँच्‍चै नै पवित्र आत्‍माले मण्डलीहरूका निम्ति बोल्‍नुभएका वचन हुन्, र सर्वशक्तिमान्‌ परमेश्‍वर नै देखा पर्नुभएका मुक्तिदाता हुनुहुन्छ भन्‍ने देखेका छन्। यी मानिसहरू परमेश्‍वरको सिंहासनअघि भीडका भीड आएका छन्। आजभोलि, संसारका धेरैभन्दा धेरै मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू र कामको अनुसन्धान गरिरहेका छन्। परमेश्‍वरका वचनहरूमा मानवजातिलाई क्रमिक रूपमा पुनर्जीवित गरिँदैछ, र तिनीहरूले सत्यतालाई स्वीकार गर्न र यसलाई जान्‍न थालेका छन्। परमेश्‍वरका वचनहरूले मानवजातिलाई नयाँ युग अर्थात् राज्यको युगमा ल्याउनेछ। सबैलाई परमेश्‍वरका वचनहरूद्वारा हासिल गरिनेछ, र सत्यताको तृष्णा गर्ने र देखा पर्नुभएका परमेश्‍वरको खोजी गर्ने सबै मानिसहरू परमेश्‍वरको सिंहासनअघि फर्कनेछन्। यो महान् प्रवाह हो; यो परमेश्‍वरले निश्‍चित रूपमा नै पूरा गर्नुहुने वास्तविकता हो।

अहिले संसारका सम्पूर्ण धार्मिक संसारका धेरै मानिसहरूले देखा पर्नुहुने परमेश्‍वरको तृष्णा र खोजी गर्छन्, तर तिनीहरूले पवित्र आत्‍माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो कुराको खोजी गर्न ध्यान नदिने हुनाले, तिनीहरूले परमेश्‍वरको आवाज सुन्दैनन्, त्यसकारण तिनीहरूले प्रभुको पुनरागमनलाई स्वागत गर्न सक्‍दैनन्। विभिन्‍न देश र क्षेत्रका मानिसहरूलाई—सत्यताको खोजी गरिरहेकाहरू र परमेश्‍वरको देखापराइको निम्ति तड्पिरहेकाहरूलाई—सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कार्यको खोजी र अनुसन्धान गर्न, परमेश्‍वरको आवाज सुन्‍न, उहाँको अघि ल्याउन सहज तुल्याउनको लागि, हामीले सर्वशक्तिमान्‌ परमेश्‍वरले आखिरी दिनहरूको आफ्‍नो कार्यमा व्यक्त गर्नुभएका दूरदर्शी सत्यताहरूलाई सङ्कलित गरेका छौं र तिनलाई सम्पादन गरी परमेश्‍वर देखा पर्नुभएको घटना र उहाँको कामको गवाही दिनेसम्‍बन्धी बीस वटा सत्यता संग्रहित गरेका छौं। यस क्रममा, सत्यता वास्तविकतामा प्रवेश गर्नको लागि मानिसहरूले समाधान गर्नैपर्ने समस्याहरूअनुसार, हामीले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूलाई एकट्ठा गरेर समाधानहरू उपलब्ध गराएका छौं, ताकि उनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूबाट सत्यतालाई बुझ्‍न र परमेश्‍वरको आवाजलाई पहिचान गर्न, आखिरी दिनहरूमा उहाँले प्रदान गर्नुहुने मुक्तिलाई स्वीकार गर्न सकून्, र उनीहरू उहाँको सिंहासनअघि ल्याइन सकून्, र यसरी उनीहरूले नयाँ युगमा प्रवेश गर्नको लागि थुमाका पाइलाहरूलाई पछ्याउन सकून्!

अर्को: 

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्