यदि परमेश्‍वरमाथिको तेरो विश्‍वास साँचो छ भने, तैँले प्रायजसो उहाँको वास्ता प्राप्त गर्नेछस्

13 अगस्ट 2021

निनवेका मानिसहरूप्रति परमेश्‍वरले आफ्‍ना अभिप्रायहरू परिवर्तन गर्नुहुँदा यसमा कुनै हिचकिचाहट वा कुनै अस्पष्ट वा धमिलो कुरा समावेश थिएन। बरु, यो त विशुद्ध रिसबाट विशुद्ध सहनशीलतामा भएको रूपान्तरण थियो। यो परमेश्‍वरको सारको साँचो प्रकाश हो। आफ्‍ना कार्यहरूमा परमेश्‍वर कहिल्यै पनि ढलपल हुने वा हिचकिचाउने गर्नुहुन्‍न; उहाँका कार्यहरू पछाडिका सिद्धान्तहरू र उद्देश्यहरू सबै स्पष्ट र पारदर्शी, विशुद्ध र त्रुटिविहीन हुन्छन्, तिनमा कुनै पनि चालबाजी वा युक्तिहरू मिश्रित भएका हुँदैनन्। अर्को शब्‍दमा भन्दा, परमेश्‍वरको सारमा कुनै पनि अन्धकार वा दुष्टता हुँदैन। निनवेवासीहरूको दुष्ट कार्यहरू उहाँको नजरमा परेको हुनाले परमेश्‍वर तिनीहरूप्रति रिसाउनुभयो; त्यस बेला उहाँको रिस उहाँको सारबाट आएको थियो। तथापि, परमेश्‍वरले आफ्‍नो रिस नियन्त्रण गरेर निनवेका मानिसहरूलाई फेरि एक पटक सहनशीलता प्रदान गर्नुभएको बेला, उहाँले प्रकट गर्नुभएको सबै कुरा पनि उहाँको आफ्‍नै सार नै थियो। सम्पूर्ण रूपमा यो परिवर्तन परमेश्‍वरप्रतिको मानिसको मनोवृत्तिमा आएको परिवर्तनको कारणले गर्दा थियो। यो पूरै समयावधिमा, परमेश्‍वरको अनुल्‍लङ्घनीय स्वभाव परिवर्तन भएन, परमेश्‍वरको सहनशील सार परिवर्तन भएन, अनि परमेश्‍वरको प्रेमिलो र कृपालु सार परिवर्तन भएन। जब मानिसहरूले दुष्ट कार्यहरू गर्छन् र परमेश्‍वरको रिस उठाउँछन्, उहाँले तिनीहरूमाथि आफ्‍नो रिस वर्षाउनुहुन्छ। जब मानिसहरूले साँचो रूपमा पश्‍चात्ताप गर्छन्, परमेश्‍वरको हृदय परिवर्तन हुनेछ, अनि उहाँको रिस हट्नेछ। जब मानिसहरूले जिद्दी भई परमेश्‍वरको निरन्तर विरोध गर्छन्, उहाँको रिस रोकिनेछैन, र तिनीहरू नष्ट हुन्जेलसम्म तिनीहरूमाथि उहाँको क्रोध एक-एक गरी आइरहनेछ। परमेश्‍वरको स्वभावको सार यही हो। परमेश्‍वरले क्रोध वा कृपा र प्रेमिलो दयालुपन जे व्यक्त गरिरहनुभएको भए तापनि, परमेश्‍वरको स्वभावको प्रकाशमार्फत कुनचाहिँलाई व्यक्त गरिन्छ भन्‍ने कुरा मानिसले आफ्‍नो हृदयको अन्तस्करणमा राख्‍ने परमेश्‍वरप्रतिको चालचलन, बानीबेहोरा, र मनोवृत्तिले नै तय गर्छ। यदि परमेश्‍वरले कुनै व्यक्तिमा निरन्तर रूपमा आफ्‍नो रिस पोखाउनुहुन्छ भने, त्यस व्यक्तिको हृदयले परमेश्‍वरको विरोध गर्छ भन्‍नेमा कुनै शङ्का हुँदैन। यो व्यक्तिले साँचो रूपमा कहिल्यै पनि पश्‍चात्ताप गरेको, परमेश्‍वरको अघि आफ्‍नो शिर निहुराएको वा परमेश्‍वरमाथि साँचो विश्‍वास गरेको हुँदैन, त्यसकारण त्यस्ता व्यक्तिहरूले परमेश्‍वरको कृपा र सहनशीलतालाई कहिल्यै प्राप्त गरेका हुँदैनन्। यदि कसैले बारम्बार परमेश्‍वरको वास्ता, उहाँको कृपा, र उहाँको सहनशीलता प्राप्त गर्छ भने, निःसन्देह यो व्यक्तिको हृदयमा परमेश्‍वरमाथिको साँचो विश्‍वास हुन्छ, र तिनीहरूको हृदयले परमेश्‍वरको विरोध गर्दैन। यो व्यक्तिले बारम्बार परमेश्‍वरसामु साँचो रूपमा पश्‍चात्ताप गर्छ; त्यसकारण, यो व्यक्तिमा बारम्बार परमेश्‍वरको अनुशासन आइपर्ने भए तापनि, उहाँको क्रोध कहिल्यै आइपर्नेछैन।

यो छोटो विवरणले मानिसहरूलाई परमेश्‍वरको हृदय देख्‍न, उहाँको सारको यथार्थपन देख्‍न, परमेश्‍वरको रिस र उहाँको हृदयको परिवर्तन कारणविहीन हुँदैनन् भन्‍ने कुरा देख्‍न सहायोग गर्छ। उहाँ क्रोधित हुनुहुँदा र उहाँको हृदय परिवर्तन भएको बेला परमेश्‍वरले प्रदर्शन गर्नुभएको फरक-फरक आचरणले मानिसहरूलाई परमेश्‍वरको सारका यी दुई पक्षहरू, अर्थात् उहाँको रिस र उहाँको सहनशीलताको बीचमा ठूलो भिन्‍नता छ भन्‍ने विश्‍वास दिलाउँछ—तर यस ठूलो भिन्‍नताको बावजूद पनि, निनवेवासीको पश्‍चात्तापप्रतिको परमेश्‍वरको मनोवृत्तिले मानिसहरूलाई फेरि परमेश्‍वरको साँचो स्वभावको अर्को पक्ष देखाउँछ। परमेश्‍वरको परिवर्तन भएको हृदयले साँच्‍चै नै मानवजातिलाई फेरि पनि परमेश्‍वरको कृपा र प्रेमिलो-दयालुपनको सत्यता, र परमेश्‍वरको सारको साँचो प्रकाशलाई देख्‍ने तुल्याउँछ। परमेश्‍वरको कृपा र प्रेमिलो-दयालुपन मिथ्या होइनन्, न त ती कुनै झूट हल्‍ला नै हुन् भन्‍ने कुरालाई स्वीकार गर्नेबाहेक मानवजातिसँग कुनै विकल्‍प छैन। किनभने त्यस क्षणको परमेश्‍वरको अनुभूति साँचो थियो, र परमेश्‍वरको हृदयको परिवर्तन पनि साँचो थियो—परमेश्‍वरले वास्तवमा मानवजातिमाथि फेरि पनि आफ्‍नो कृपा र सहनशीलता प्रदान गर्नुभयो।

निनवेवासीले हृदयमा गरेको साँचो पश्‍चात्तापले परमेश्‍वरको कृपा जित्यो र तिनीहरूका आफ्‍नै परिणामलाई परिवर्तन गर्‍यो

यदि परमेश्‍वरमाथिको तेरो विश्‍वास साँचो छ भने, तैँले प्रायजसो उहाँको वास्ता प्राप्त गर्नेछस्

परमेश्‍वरको हृदयको परिवर्तन र उहाँको क्रोधबीचमा कुनै विरोधाभास थियो? अवश्य थिएन! किनभने परमेश्‍वरले त्यस खास समयमा प्रस्तुत गर्नुभएको सहिष्णुताको आफ्नै कारण थियो। यो कारण के हुन सक्छ? यो बाइबलमा दिइएकै कारण हो: “हरेक व्यक्तिले आफ्ना दुष्ट मार्ग छाडे” र “तिनीहरूका हातमा भएका हिंसाबाट फर्कून्।”

यो “दुष्ट मार्ग” ले एक-दुई वटा दुष्ट कार्यहरूलाई जनाउँदैन, यसले त मानिसहरूको व्यवहार पैदा हुने दुष्ट स्रोतलाई जनाउँछ। “आ-आफ्ना दुष्ट मार्गबाट फर्कून्” भनेको यस्ता कार्य गर्ने मानिसहरूले फेरि कहिल्यै यस्ता कार्यहरू गर्नेछैनन् भन्‍ने हो। अर्को शब्‍दमा भन्दा, तिनीहरूले फेरि कहिल्यै यस्तो दुष्ट व्यवहार गर्नेछैनन्; तिनीहरूको कार्यको विधि, स्रोत, उद्देश्य, अभिप्राय र सिद्धान्त सबै परिवर्तन भएका छन्; तिनीहरूले आफ्‍नो हृदयमा आनन्द र खुशी ल्याउनको लागि ती विधि र सिद्धान्तहरूलाई फेरि कहिल्यै प्रयोग गर्नेछैनन्। “तिनीहरूका हातमा भएका हिंसाबाट फर्कून्।” भन्‍ने पदावलीको “फर्कून्” भन्‍ने शब्‍दले विगतलाई छोड्नु, वा पन्छ्याउनु, विगतसँग पूर्ण रूपमा सम्‍बन्ध तोड्नु र फेरि कहिल्यै पछि नफर्कनु भन्‍ने अर्थ दिन्छ। जब निनवेका मानिसहरूले आफ्‍ना हातका हिंसालाई त्यागे, यसले तिनीहरूको साँचो पश्‍चात्तापलाई प्रमाणित र प्रतिनिधित्व गर्‍यो। परमेश्‍वरले मानिसहरूको बाहिर रूपका साथै तिनीहरूको हृदयलाई अवलोकन गर्नुहुन्छ। जब परमेश्‍वरले निनवेवासीको हृदयको साँचो पश्‍चात्तापलाई कुनै प्रश्‍न नउठाई अवलोकन गर्नुभयो र तिनीहरूले आफ्‍ना दुष्ट मार्गहरूलाई र तिनीहरूको हातको हिंसालाई त्यागिसकेको अवलोकन गर्नुभयो, तब उहाँले आफ्‍नो हृदय परिवर्तन गर्नुभयो। भन्‍नुको अर्थ, यी मानिसहरूको आचरण र बानीबेहोरा अनि काम गर्ने विभिन्‍न तौरतरिका, साथै तिनीहरूले आफ्ना हृदयमा गरेको साँचो पश्‍चात्ताप र पापहरूको स्वीकारको कारणले गर्दा, परमेश्‍वरले आफ्‍नो हृदय परिवर्तन गर्नुभयो, आफ्‍ना अभिप्रायहरूलाई परिवर्तन गर्नुभयो, आफ्‍नो निर्णयलाई फिर्ता लिएर तिनीहरूलाई दण्ड नदिने वा नष्ट नगर्ने निर्णय गर्नुभयो। तसर्थ, निनवेका मानिसहरूले आफ्‍नो निम्ति फरक परिणाम हासिल गरे। तिनीहरूले आफ्‍नै जीवनलाई छुटकारा दिनुका साथै परमेश्‍वरको कृपा र सहनशीलता जिते, त्यसै बेला परमेश्‍वरले आफ्‍नो क्रोधलाई पनि त्याग्‍नुभयो।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय २” बाट उद्धृत गरिएको

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरले निनवेवासीहरूका हृदयको अन्तस्करणमा इमानदार पश्‍चात्तापलाई देख्‍नुहुन्छ

यहोवा परमेश्‍वरको चेतावनीप्रति निनवेको प्रतिक्रिया र सदोमको प्रतिक्रियाबीचमा रहेको पूर्ण भिन्‍नता परास्त हुनु भनेको के हो? बोलीचालीको...

सृष्टिकर्ताले मानवजातिप्रतिको आफ्‍नो साँचो भावनाहरू व्यक्त गर्नुहुन्छ

यहोवा परमेश्‍वर र योनाबीचको यो कुराकानी मानवजातिप्रतिको सृष्टिकर्ताको साँचो भावनाको अभिव्यक्ति हो भन्‍ने कुरामा कुनै शङ्‍का छैन। एकतर्फ,...

सृष्टिकर्ताको धर्मी स्वभाव यथार्थ र स्पष्ट छ

परमेश्‍वरको कृपा र सहनशीलता दुर्लभ छैनन्—मानिसको साँचो पश्चात्तापचाँहि दुर्लभ छ परमेश्‍वर निनवेवासीहरूसँग जति नै धेरै रिसाउनुभएको भए पनि,...

मानवजातिप्रति सृष्टिकर्ताको सच्‍चा भावनाहरू

मानिसहरू प्रायजसो परमेश्‍वरलाई चिन्‍नु त्यति सजिलो कुरा होइन भनेर भन्छन्। तैपनि, म भन्छु परमेश्‍वरलाई चिन्‍नु त्यति कठिन कुरा होइन, किनभने...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्