परमेश्‍वरका जाँचहरूको बारेमा कुनै शङ्का नगर

13 अगस्ट 2021

अय्यूबको परीक्षा समाप्त भएपछि तिनीबाट गवाही प्राप्त गरेपछि, परमेश्‍वरले अय्यूबजस्ता मानिसहरूको एउटा समूह—वा एकभन्दा बढी समूहहरू—प्राप्त गर्ने संकल्प गर्नुभयो, तापनि उहाँले फेरि शैतानलाई परमेश्‍वरसित बाजी लगाएर अय्यूबका निम्ति प्रयोग गरिएको युक्तिद्वारा कुनै पनि व्यक्तिलाई परीक्षा, आक्रमण र दुर्व्यवहार गर्न नदिने दृढ संकल्प गर्नुभयो। परमेश्‍वरले शैतानलाई फेरि मानिसलाई त्यसो गर्ने अनुमति दिनुभएन—जो कमजोर, मूर्ख र अनजान छ—शैतानले अय्यूबलाई परीक्षा गर्नु नै पर्याप्त थियो! शैतानलाई त्यसले चाहेअनुसार मानिसहरूसित दुर्व्यवहार गर्न नदिनु परमेश्‍वरको कृपा हो। परमेश्‍वरका लागि, अय्यूबले शैतानको परीक्षा र दुर्व्यवहार भोग्नु नै पर्याप्त थियो। परमेश्‍वरले शैतानलाई फेरि त्यस्तो कुनै कार्य गर्ने अनुमति दिनुभएन, किनकि परमेश्‍वरलाई पछ्याउने सबै मानिसहरूका जीवन र सबै थोक परमेश्‍वरद्वारा शासित र प्रबन्ध गरिएको हुन्छ, र परमेश्‍वरले चुन्‍नुभएका जनहरूलाई त्यसको इच्छाअनुसार प्रभावित गर्ने अधिकार शैतानसँग छैन—तिमीहरूले यो कुरा स्पष्ट बुझ्नुपर्छ! परमेश्‍वरले मानिसको कमजोरीको वास्ता राख्नुहुन्छ, र उसको मूर्खता र अज्ञानतालाई बुझ्नुहुन्छ। मानिसलाई पूर्ण रूपमा बचाउनका लागि, परमेश्‍वरले उसलाई शैतानको हातमा सुम्पनुपर्छ, तैपनि परमेश्‍वर कहिल्यै पनि शैतानले मानिसलाई मूर्ख बनाएको र दुर्व्यवहार गरेको देख्न चाहनुहुन्न, र उहाँले मानिसलाई सधैँ दुःख भोगेको देख्न चाहनुहुन्न। मानिस परमेश्‍वरद्वारा सृष्टि गरिएको थियो, र परमेश्‍वरले मानिसको सबै कुरामाथि शासन गर्नुहुन्छ र प्रबन्ध गर्नुहुन्छ भन्‍ने कुरा स्वर्गले नियुक्त गरेको र पृथ्वीले स्वीकार गरेको कुरा हो; यो परमेश्‍वरको जिम्मेवारी हो, र यो त्यही अख्तियार हो जसद्वारा परमेश्‍वरले सबै कुरामाथि शासन गर्नुहुन्छ! परमेश्‍वरले शैतानलाई मानवजातिसित जानी-जनी दुर्व्यवहार र उसलाई दुरुपयोग गर्ने अनुमति दिनुहुन्न, उहाँले मानवजातिलाई बहकाउन शैतानलाई विभिन्न युक्तिहरू प्रयोग गर्न दिनुहुन्न, र यसबाहेक, उहाँले शैतानलाई मानवजातिमाथि रहेको परमेश्‍वरको सार्वभौमिकतामा हस्तक्षेप गर्ने अनुमति दिनुहुन्न, न त उहाँले शैतानलाई ती सबै नियमहरू, कुल्चने र नाश पार्ने, मानवजातिलाई व्यवस्थापन गर्ने र बचाउने परमेश्‍वरको महान् कार्यको बारेमा बोल्‍ने अनुमति दिनुहुन्छ! परमेश्‍वरले जसलाई बचाउन चाहनुहुन्छ, र जसले परमेश्‍वरको बारेमा गवाही दिन सक्छन्, तिनीहरू नै परमेश्‍वरको छ हजार वर्षको व्यवस्थापन योजनाको केन्द्र र सर्वोत्कृष्ट परिणाम हो, साथै उहाँको छ हजार वर्षको कामको उहाँका प्रयासहरूको मूल्य हो। परमेश्‍वरले कसरी यिनीहरूलाई सहजै शैतानको हातमा दिन सक्नुहुन्छ?

परमेश्‍वरका जाँचहरूको बारेमा कुनै शङ्का नगर

मानिसहरू प्रायजसो परमेश्‍वरको जाँचको बारेमा चिन्ता गर्छन् र डराउँछन्, तैपनि तिनीहरू जहिल्यै पनि शैतानको पासोमा जिइरहेका हुन्छन्, र खतरनाक क्षेत्रमा जिइरहेका हुन्छन् जसमा उनीहरूलाई शैतानले आक्रमण र दुर्व्यवहार गर्छ—तापनि तिनीहरू डराउँदैनन्, र निश्‍चिन्त छन्। के हुँदैछ? परमेश्‍वरमाथिको मानिसको विश्‍वास उसले देख्न सक्ने कुराहरूमा मात्र सीमित छ। उसमा परमेश्‍वरको प्रेम र मानिसप्रतिको चासो, वा मानिसप्रतिको उहाँको कोमलता र विचारप्रति थोरै पनि कदर हुँदैन। तर परमेश्‍वरको परीक्षा, न्याय र सजाय, र महिमा र क्रोधको बारेमा सानो भ्रम र डरको कारण मानिससँग परमेश्‍वरका असल अभिप्रायहरूका बारेमा थोरै पनि बुझाइ छैन। परीक्षाहरूको बारेमा उल्लेख गर्ने बित्तिकै, मानिसहरू परमेश्‍वरको गोप्य उद्देश्य छ कि भन्‍ने महसुस गर्छन् र कसै-कसैले त परमेश्‍वरले दुष्ट योजनाहरू राख्नुहुन्छ भन्‍ने समेत विश्‍वास गर्छन्, तर परमेश्‍वरले उनीहरूलाई वास्तवमा के गर्नुहुनेछ भनी जान्दैनन्; त्यसकारण, उनीहरूले परमेश्‍वरको सार्वभौमिकता र व्यवस्थाहरूप्रतिको आज्ञाकारिताका बारेमा कुरा गर्छन्, साथसाथै तिनीहरू मानिसमाथि परमेश्‍वरको सार्वभौमिकता र मानिसको निम्ति उहाँका प्रबन्धहरूको विरोध गर्न आफूले सक्दो सबै कुरा गर्छन्, किनकि तिनीहरू के विश्‍वास गर्छन् भने, यदि तिनीहरू होसियार भएनन् भने तिनीहरू परमेश्‍वरद्वारा बहकिनेछन्, यदि तिनीहरूले आफ्नै भाग्यलाई बलियोसँग समात्दैनन् भने तिनीहरूसित भएका सबै कुरा परमेश्‍वरले लिन सक्नुहुनेछ, र तिनीहरूको जीवन समेत अन्त्य हुनेछ। मानिस शैतानको शिविरमा छ, तर ऊ शैतानद्वारा दुर्व्यवहार हुने बारेमा कहिल्यै चिन्ता हुँदैन, अनि उसलाई शैतानले दुर्व्यवहार गर्छ, तर शैतानले कैद गर्ला भनी कहिल्यै डराउँदैन। उसले परमेश्‍वरको मुक्तिलाई स्वीकार गर्छु भनेर भनिरहन्छ, तर उसले कहिल्यै परमेश्‍वरमा विश्‍वास गरेको हुँदैन वा परमेश्‍वरले मानिसलाई साँच्चै शैतानको पन्जाबाट बचाउनुहुनेछ भनी विश्‍वास गरेको हुँदैन। यदि, मानिस अय्यूब जस्तै, परमेश्‍वरको योजना र प्रबन्धको अधीनमा रहन सक्यो भने, उसले आफ्नो सम्पूर्ण अस्तित्व परमेश्‍वरको हातमा दिन सक्छ भने, के मानिसको अन्त्य पनि अय्यूबको जस्तै हुनेछैन र, अर्थात् के उसले परमेश्‍वरको आशिषहरू प्राप्त गर्नेछैन र? यदि मानिसले परमेश्‍वरको नियमलाई स्वीकार गर्न र यसमा ऊ समर्पित हुन सक्छ भने, गुमाउनु पर्ने के छ र? यसैले, म सल्लाह दिन्छु, कि तिमीहरू आफ्ना कार्यहरूमा होसियार होओ, र तिमीहरूमाथि आउनेवाला सबै कुराहरूप्रति सतर्क बस। विवेकहीन वा लापरवाही नहोओ, र परमेश्‍वर र मानिसहरूसँग, उहाँले तेरो निम्ति प्रबन्ध गर्नुभएका वस्तुहरू र थोकहरूसित तेरो तातो रगतमा वा तेरो तटस्थतामा भर पर्दै वा तेरा कल्पनाहरू र धारणाअनुसार व्यवहार नगर; परमेश्‍वरको क्रोध जगाउनदेखि बच्नलाई तँ आफ्ना कार्यहरूमा सतर्क हुनै पर्दछ, र तैँले प्रार्थना गर्नुपर्छ र अझ बढी खोज्नुपर्छ। यो कुरा याद राख्!

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २” बाट उद्धृत गरिएको

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

परमेश्‍वर मानिसबाट लुक्नुभएको भए पनि, सबै थोकमा भएका उहाँका कामहरू नै उहाँलाई जान्नका निम्ति पर्याप्त छन्

अय्यूबले परमेश्‍वरको अनुहार देखेका थिएनन् वा परमेश्‍वरले बोल्नुभएका वचनहरू सुनेका थिएनन्, व्यक्तिगत रूपमा तिनले परमेश्‍वरको कामको अनुभव...

परमेश्‍वरद्वारा गरिएको र बाइबलमा भएको अय्यूबको मूल्याङ्कन

अय्यूब १:१ ऊज देशमा एक जना मानिस थिए, जसको नाम अय्यूब थियो; र त्यस मानिस सिद्ध र धर्मी थिए अनि तिनी परमेश्‍वरको भय मान्थे र दुष्टताबाट अलग...

अय्यूबको साक्षीले पछिका पुस्ताहरूलाई दिएको चेताउनी र ज्ञान

परमेश्‍वरले कुनै मानिसलाई जुन प्रकारले पूर्ण रूपमा प्राप्त गर्नुहुन्छ त्यस प्रक्रियालाई बुझ्नुका साथै, मानिसहरूले परमेश्‍वरले अय्यूबलाई...

आफ्‍नो परीक्षापछि अय्यूब

अय्यूब ४२:७-९ अनि यस्तो भयो, यहोवाले अय्यूबसँग यी वचनहरू बोल्नुभएपछि, यहोवाले एलीपज तेमानीलाई भन्नुभयो, मेरो क्रोध तँ र तेरा मित्रहरूको...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्