परमेश्‍वरले सृष्टि गर्नुभएको आधारभूत जिउने वातावरणद्वारा मानिसप्रतिको उहाँको भरण-पोषणलाई हेर्नु

13 अगस्ट 2021

मानव अस्तित्वका निम्ति परमेश्‍वरले गर्नुभएका यी पाँच आधारभूत परिस्थितिहरूको बन्दोबस्तका तरिकामा के तिमीहरू परमेश्‍वरले कसरी उपलब्ध गराउनुहुन्छ भन्‍ने कुरा देख्‍न सक्छौ। (सक्छौं।) भन्‍नुको तात्पर्य, मानव अस्तित्वको निम्ति चाहिने सबै आधारभूत परिस्थितिहरूको सृष्टिकर्ता परमेश्‍वर नै हुनुहुन्छ र परमेश्‍वरले यी थोकको बन्दोबस्त र नियन्त्रण पनि गर्दैहुनुहुन्छ; अहिले पनि मानव अस्तित्वको हजारौँ वर्षपछि तिनीहरूलाई सबैभन्दा राम्रो र सबैभन्दा सुहाउँदो वातावरण दिँदै परमेश्‍वरले अझ पनि तिनीहरू जिउने वातावरणमा निरन्तर फेर-बदल गर्दै हुनुहुन्छ ताकि तिनीहरूको जीवन नियमित तरिकाले कायम राख्‍न सकियोस्। यस्तो परिस्थिति कति लामो समयसम्म काय रहन सक्छ? अर्को शब्दमा, परमेश्‍वरले कहिलेसम्म यस्तो वातावरण निरन्तर उपलब्ध गराउनुहुनेछ? परमेश्‍वरले आफ्नो व्यवस्थापनको काम पूरा नगरुञ्‍जेलसम्‍म यो जारी रहनेछ। त्यसपछि, परमेश्‍वरले मानवजातिको जिउने वातावरण परिवर्तन गर्नुहुनेछ। परमेश्‍वरले यी परिवर्तनहरू त्यही विधिहरूद्वारा गर्न सक्‍नुहुनेछ वा फरक विधिहरूद्वारा गर्न सक्‍नुहुनेछ, तर अहिले मानिसहरूले जान्‍नुपर्ने कुरा यही हो कि मानवजातिका आवश्यकताहरूको निम्ति परमेश्‍वरले निरन्तर उपलब्ध गराइरहनुभएको छ; मानव जिउने वातावरणको व्यवस्थापन गरिरहनुभएको छ; र त्यस वातावरणलाई संरक्षण दिने, सुरक्षा दिने र कायम राख्‍ने कार्य गर्दै आइरहनुभएको छ। यस्तो वातावरणमा परमेश्‍वरका चुनिएका मानिसहरू नियमित रूपले जिउन र परमेश्‍वरको मुक्ति, सजाय र न्याय स्वीकार गर्न सक्षम छन्। परमेश्‍वरको सार्वभौमिकताको कारण सबै थोक निरन्तर अस्तित्वमा छन् र परमेश्‍वरबाट आउने यस्तै प्रावधानहरूको कारण सारा मानवजाति निरन्तर अगाडि बढिरहेको छ।

परमेश्‍वरले सृष्टि गर्नुभएको आधारभूत जिउने वातावरणद्वारा मानिसप्रतिको उहाँको भरण-पोषणलाई हेर्नु

के हाम्रो अन्तिम भागको सङ्गतिले तिमीहरूमा केही नयाँ विचारहरू ल्यायो? के तिमीहरू अब परमेश्‍वर र मानवजाति बीचको सबैभन्दा ठूलो भिन्‍नताको बारेमा सचेत भयौ? अन्ततः सबै थोकको मालिक को हो? के त्यो मानिस हो? (होइन।) त्यसो भए, परमेश्‍वर र मानिसले सारा सृष्टिलाई गर्ने व्यवहारमा के फरक छ? (परमेश्‍वरले राज्य गर्नुहुन्छ र सबै थोकको बन्दोबस्त गर्नुहुन्छ, जबकि मानिसले ती कुराहरूको आनन्द लिन्छ।) के तिमीहरू यसमा सहमत छौ? परमेश्‍वर र मानिसका बीचको सबैभन्दा ठूलो भिन्‍नता यही हो कि परमेश्‍वरले सारा सृष्टिमाथि राज्य गर्नुहुन्छ र बन्दोबस्त गर्नुहुन्छ। उहाँ सबै थोकको स्रोत हुनुहुन्छ र परमेश्‍वरले सारा सृष्टिलाई उपलब्ध गराउनुहुँदा मानवजातिले त्यसको आनन्द उठाउँछ। भन्‍नुको तात्पर्य, मानिसले परमेश्‍वरले सबै थोकलाई प्रदान गर्नुहुने जीवन स्वीकार गर्दा उसले सृष्टिका सबै थोकहरूको आनन्द उठाउँछ। परमेश्‍वर मालिक हुनुहुन्छ र मानवजातिले परमेश्‍वरले गर्नुभएको सबै थोकको सृष्टिको फलहरूको आनन्द लिन्छ। त्यसो भए, परमेश्‍वरका सृष्टिका सबै थोकको दृष्टिकोणबाट हेर्दा परमेश्‍वर र मानिस बीचको भिन्‍नता के हो? सबै थोक कसरी वृद्धि हुन्छन् भन्‍ने नियमलाई परमेश्‍वरले स्पष्टसँग देख्‍न सक्‍नुहुन्छ र उहाँले ती नियमहरूको नियन्त्रण र प्रभुत्व गर्नुहुन्छ। यसर्थ, सबै थोक परमेश्‍वरको नजरभित्र छन् र उहाँको निगरानीको दायराभित्र छन्। के मानवजातिले यी सबै थोक देख्‍न सक्छ? मानवजातिले देख्‍न सक्‍ने कुरा उसको प्रत्यक्ष अगाडि भएको कुरामा सीमित छ। यदि तैँले पर्वत चढिस् भने तैँले त्यो पर्वत मात्र देख्छस्। तैँले त्यस पर्वतको अर्कोतिर के छ भन्‍ने देख्‍न सक्दैनस्। यदि तँ समुद्रको किनारामा गइस् भने तैँले समुद्रको एक छेउ मात्र देख्छस् र त्यस समुद्रको अर्को छेउ कस्तो देखिन्छ भन्‍ने तैँले थाहा पाउन सक्दैनस्। यदि तँ वनमा गइस् भने तैँले तेरा अगाडि र वरिपरि भएका वनस्पतिहरू देख्छस्, तर त्यसभन्दा पर के छ त्यो देख्‍न सक्दैनस्। मानवले माथिका, टाढाका र गहिराइका कुराहरू देख्‍न सक्दैनन्। तिनीहरूले प्रत्यक्ष आफू अगाडिका तिनीहरूका दृष्टि क्षेत्रभित्रका कुराहरू मात्र देख्‍न सक्छन्। वर्षका चार ऋतुहरूलाई हुकुम गर्ने नियम वा सबै थोक कसरी वृद्धि हुन्छन् भन्‍ने नियमको बारेमा मानवलाई थाहा भए तापनि तिनीहरूले अझ पनि सबै थोकको प्रबन्ध गर्न वा तिनलाई हुकुम गर्न सक्दैनन्। तथापि परमेश्‍वरले आफ्नो सारा सृष्टिलाई त्यसरी नै हेर्नुहुन्छ जसरी उहाँ आफैले बनाउनुभएको यन्त्रलाई हेर्नुहुन्छ। उहाँ हरेक भाग र हरेक जडानसँग गहिरो गरी परिचित हुनुहुन्छ, तिनका सिद्धान्तहरू के-के हुन्, तिनका ढाँचाहरू के-के हुन् र तिनका उद्देश्यहरू के-के हुन्—परमेश्‍वरलाई यो सबै कुरा अत्यन्तै स्पष्टसँग थाहा छ। यसैले परमेश्‍वर, परमेश्‍वर नै हुनुहुन्छ र मानिस, मानिस नै हो! मानिस विज्ञान र सारा कुराहरू नियमित गर्ने कानूनहरूको बारेमा आफ्नो अनुसन्धानको गहिराइमा जान सक्ने भए तापनि, त्यो अनुसन्धानको दायरा सीमित छ, जबकि परमेश्‍वरले सबै कुराको नियन्त्रण गर्नुहुन्छ। मानिसको निम्ति, परमेश्‍वरको नियन्त्रण अनन्त छ। मानिसले परमेश्‍वरको सबैभन्दा सानो कार्यको अनुसन्धान गर्दा साँचो परिणामहरू प्राप्त नगरीकनै आफ्नो सम्पूर्ण जीवन खर्च गर्न सक्छ। यसैले, यदि तैँले परमेश्‍वरको अध्ययन गर्न आफ्नो ज्ञान र आफूले सिकेको कुरा मात्र प्रयोग गरिस् भने तँ कहिले पनि परमेश्‍वरलाई चिन्‍न वा बुझ्‍न सक्षम हुनेछैनस्। तर यदि तैँले सत्यको खोजी र परमेश्‍वरको खोजी गर्ने मार्गको छनोट गर्छस् र उहाँलाई चिन्‍ने दृष्टिकोणबाट परमेश्‍वरलाई हेर्छस् भने, तैँले एक दिन, परमेश्‍वरका कार्यहरू र बुद्धि एकै पटक सबैतिर छन् भन्‍ने पहिचान गर्नेछस् र परमेश्‍वरलाई किन सबै कुराहरूको मालिक र सबै कुराहरूको जीवनको स्रोत भनिएको हो भन्‍ने जान्‍नेछस्। तैँले जति धेरै यस्तो बुझाइ प्राप्त गर्छस्, त्यति नै धेरै तेँले परमेश्‍वरलाई सारा कुराहरूको मालिक किन भनिएको हो भन्‍ने बुझ्‍नेछस्। तँलगायत सारा कुराहरू र हरेक कुराले निरन्तर रूपमा परमेश्‍वरको भरणपोषणको स्थिर प्रवाह प्राप्त गरिरहेका छन्। तँ यस संसारमा र यस मानवजातिमाझ सारा कुराहरूको अस्तित्वलाई शासन गर्ने, व्यवस्थापन गर्ने र कायम राख्‍ने क्षमता र सार परमेश्‍वरबाहेक कोहीसँग छैन भन्‍ने पनि स्पष्ट रूपले महसुस गर्न सक्षम हुनेछस्। जब तँ यस बुझाइमा आइपुग्छस्, तैँले परमेश्‍वर तेरा परमेश्‍वर हुनुहुन्छ भनेर साँचो रूपले पहिचान गर्नेछस्। जब तँ यस बिन्दुमा आइपुग्छस्, तैँले साँचो रूपले परमेश्‍वरलाई स्वीकार गरेको र उहाँलाई तेरो परमेश्‍वर अनि तेरो मालिक हुन अनुमति दिएको हुनेछस्। जब तैँले यस्तो बुझाइ प्राप्त गरेको हुन्छस् र तेरो जीवन यस्तो बिन्दुमा पुगेको हुन्छ, परमेश्‍वरले अब उप्रान्त तेरो परीक्षा र मूल्यांकन गर्नुहुनेछैन, न त उहाँले तँबाट केही माग नै गर्नुहुनेछ, किनकि तैँले परमेश्‍वरलाई बुझ्‍नेछस्, उहाँको हृदयलाई जान्‍नेछस् र तेरो हृदयमा परमेश्‍वरलाई साँचो रूपले स्वीकार गरेको हुनेछस्। परमेश्‍वरले सबै थोकको प्रभुत्व र प्रबन्ध गर्नुहुन्छ भन्‍ने यी विषयहरूमा सङ्‍गति गर्नुपर्ने एउटा महत्त्वपूर्ण कारण यही हो। यसो गर्नुको अर्थ मानिसहरूलाई थप ज्ञान र समझ दिनु हो—तिमीहरूलाई स्वीकार गर्न लगाउनु मात्र होइन, तर तिमीहरूलाई परमेश्‍वरका कार्यहरूका बारेमा थप व्यावहारिक रूपले थाहा पाउन र बुझ्‍न लगाउनु हो।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय ८” बाट उद्धृत गरिएको

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरले मानवजातिको जीवनको निम्ति सृष्टि गर्नुहुने आधारभूत वातावरण: ध्वनि

तेस्रो कुरा के हो? यो पनि मानव अस्तित्वको सामान्य वातावरणको निम्ति आवश्यक हिस्सा हो, जसको निम्ति परमेश्‍वरले सबै थोकको सृष्टि गर्नुहुँदा...

परमेश्‍वरले मानवजातिको जीवनको निम्ति सृष्टि गर्नुहुने आधारभूत वातावरण: हावा

सर्वप्रथम, मानिसले सास फेर्न सकोस् भनेर परमेश्‍वरले हावाको सृष्टि गर्नुभयो। हावा मानवजातिले दैनिक रूपमा सम्पर्क गर्न सक्‍ने पदार्थ हो र यो...

परमेश्‍वरले विभिन्‍न चराचुरुङ्गी र जनावर, माछा, कीरा-फट्याङ्ग्रा, र सबै वनस्पतिहरूको लागि सीमाहरू तय गर्नुहुन्छ

परमेश्‍वरले तय गर्नुभएका यी सीमाहरूको कारण, विभिन्न भूभागहरूले अस्तित्वको निम्ति फरक किसिमका वातावरणहरू सृजना गरेका छन्, र अस्तित्वका लागि...

परमेश्‍वरले मानवजातिको जीवनको निम्ति सृष्टि गर्नुहुने आधारभूत वातावरण: तापक्रम

हामीले छलफल गर्ने दोस्रो कुरा तापक्रम हो। तापक्रम के हो भन्‍ने कुरा सबैलाई थाहा छ। तापक्रम मानव अस्तित्वको निम्ति चाहिने सुहाउँदो वातावरणको...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्