परमेश्‍वर तिनीबाट लुक्नुभएको थियो भन्‍ने तथ्यले परमेश्‍वरमाथिको अय्यूबको विश्‍वासलाई हल्लाएनपरमेश्‍वर तिनीबाट लुक्नुभएको थियो भन्‍ने तथ्यले परमेश्‍वरमाथिको अय्यूबको विश्‍वासलाई हल्लाएन

13 अगस्ट 2021

अय्यूबले कानद्वारा परमेश्‍वरको बारेमा सुन्छन्

अय्यूब ९:११ हेर्नुहोस्, उहाँ मेरो छेउबाट हिँड्नुहुन्छ, र म उहाँलाई दख्दिनँ: उहाँ जानु हुन्छ, तर म उहाँलाई देख्दिनँ।

अय्यूब २३:८-९ हेर्नुहोस्, म अगाडि बढ्छु तर उहाँ त्यहाँ हुनुहुन्‍न; अनि पछाडि फर्कन्छु, तर उहाँलाई देख्दिनँ: देब्रे हातपट्टि, जहाँ उहाँ काम गर्नुहुन्छ तर म उहाँलाई देख्‍न सक्दिनँ: मैले नदेखूँ भनेर उहाँले आफैलाई दाहिने हातपट्टि लुकाउनुहुन्छ।

अय्यूब ४२:२-६ मलाई थाहा छ तपाईंले सबै थोक गर्न सक्‍नुहुन्छ, अनि तपाईंदेखि कुनै पनि विचारलाई रोक्‍न सकिन्‍न। कसले ज्ञानविना मेरा सल्लाहलाई लुकाउँछ? यसैले मैले नबुझ्‍ने कुरा मैले बोलेको छु; मेरो निम्ति अत्यन्तै अचम्मका कुराहरू, जुन मलाई थाहा थिएन। सुन्‍नुहोस्, म तपाईंलाई बिन्ती गर्छु, अनि म बोल्‍नेछु: म तँपाईंसँग माग गर्छु र तपाईंलाई मप्रति घोषणा गर्छु। मेरो कानको सुनाइद्वारा मैले तपाईंको बारेमा सुनेको छु: तर अब मेरा आँखाले तपाईंलाई देख्छ। म किन आफैलाई घृणा गर्छु, अनि धुलो र खरानीमा पश्‍चाताप गर्छु।

परमेश्‍वरले आफैलाई अय्यूबको सामु प्रकट नगर्नुभएको भए पनि, अय्यूबले परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास गर्दछन्

यी शब्दहरूको जोड दिइएको कुरा के हो? के यहाँ एउटा तथ्य छ भन्‍ने तिमीहरूमध्ये कसैलाई थाहा छ? सर्वप्रथम, अय्यूबले परमेश्‍वर हुनुहुन्छ भनेर कसरी थाहा पाए? त्यसपछि, परमेश्‍वरले नै स्वर्ग र पृथ्वी र सबै थोकमाथि शासन गर्नुहुन्छ भनी तिनले कसरी जाने? यो एउटा खण्डले यी दुई प्रश्‍नहरूको उत्तर दिन्छ: “मेरो कानको सुनाइद्वारा मैले तपाईंको बारेमा सुनेको छु: तर अब मेरा आँखाले तपाईंलाई देख्छ। म किन आफैलाई घृणा गर्छु, अनि धुलो र खरानीमा पश्‍चाताप गर्छु।” (अय्यूब ४२:५-६)। यी शब्दहरूबाट हामी के सिक्छौं भने, परमेश्‍वरलाई आफ्नै आँखाले देख्नुको सट्टा, अय्यूबले परमेश्‍वरको बारेमा पौराणिक कथाबाट जानेका थिए। यस्तै परिस्थितिमा तिनी परमेश्‍वरलाई पछ्याउने मार्गमा हिँड्न थाले, अनि पछि तिनले आफ्नो जीवनमा र सबै कुरामा परमेश्‍वरको अस्तित्व भएको पुष्टि गरे। यहाँ एउटा इन्कार गर्न नसकिने तथ्य छ—त्यो तथ्य के हो? परमेश्‍वरको भय मान्ने र खराबीबाट अलग रहने मार्गमा लाग्न सके पनि, अय्यूबले परमेश्‍वरलाई कहिल्यै देखेका थिएनन्। यस कुरामा, तिनी आजका मानिसहरू जस्तै थिएनन् र? अय्यूबले कहिल्यै परमेश्‍वरलाई देखेका थिएनन्, जसको अर्थ यो हो कि तिनले परमेश्‍वरबारे सुनेको भए पनि, परमेश्‍वर कहाँ हुनुहुन्छ, अथवा परमेश्‍वर कस्तो हुनुहुन्छ वा परमेश्‍वरले के गर्दै हुनुहुन्छ भन्ने कुरा तिनलाई थाहा थिएन। यी सबै व्यक्तिपरक तथ्यहरू हुन्; निष्पक्ष रूपमा भन्ने हो भने, तिनले परमेश्‍वरलाई पछ्याएको भए पनि, परमेश्‍वर कहिल्यै तिनको अगि देखा पर्नुभएन वा तिनीसँग बोल्नुभएन। के यो तथ्य होइन र? परमेश्‍वरले अय्यूबसँग बोल्‍नुभएको थिएन वा तिनलाई कुनै आज्ञा दिनुभएको थिएन, तैपनि अय्यूबले परमेश्‍वरको अस्तित्व देखेका थिए र सबै कुरामा रहेको उहाँको सार्वभौमिकतालाई हेरेका थिए, र अय्यूबले कानले सुनेर परमेश्‍वरको बारेमा पौराणिक कथाहरूबाट सुनेपछि, तिनले। परमेश्‍वरको भय मान्‍ने र खराबीबाट अलग बस्‍ने जीवनको सुरुवात गरेका थिए। अय्यूबले परमेश्‍वरलाई पछ्याउने कार्यको सुरुवात र प्रक्रिया यही थियो। तर तिनले परमेश्‍वरको जति नै भय माने पनि र खराबीबाट जति नै अलग बसे पनि, तिनी आफ्नो निष्ठामा जति नै अडिग भए पनि, परमेश्‍वर अझै तिनकहाँ देखापर्नुभएन। हामी यो खण्ड पढौं। तिनले भने, “हेर्नुहोस्, उहाँ मेरो छेउबाट हिँड्नुहुन्छ, र म उहाँलाई दख्दिनँ: उहाँ जानु हुन्छ, तर म उहाँलाई देख्दिनँ” (अय्यूब ९:११)। यी शब्दहरूले के भनिरहेका छन् भने अय्यूबले आफ्नो वरिपरि परमेश्‍वरको अनुभव गरेको हुन सक्छ वा नहुन सक्छ—तर तिनले परमेश्‍वरलाई कहिल्यै पनि देख्‍न सकेका थिएनन्। कहिलेकहीँ तिनले परमेश्‍वर तिनको अगिअगि जानुभएको, वा उहाँले काम गर्नुभएको, वा अगुवाइ गर्नुभएको कल्पना गर्थे, तर तिनले त्यस्तो घटनाको बारेमा कहिल्यै जानेका थिएनन्। परमेश्‍वर मानिसकहाँ त्यसबेला आउनुहुन्छ जब उसले आशा गरेको हुँदैन; परमेश्‍वर कहिले आफूकहाँ आउनुहुन्छ वा कहाँ उसको सामने आउनुहुन्छ सो उसलाई थाहा हुँदैन, किनकि मानिसले परमेश्‍वरलाई देख्न सक्दैन, यसैले मानिसको लागि, परमेश्‍वर ऊबाट लुक्नुभएको छ।

परमेश्‍वर तिनीबाट लुक्नुभएको थियो भन्‍ने तथ्यले परमेश्‍वरमाथिको अय्यूबको विश्‍वासलाई हल्लाएनपरमेश्‍वर तिनीबाट लुक्नुभएको थियो भन्‍ने तथ्यले परमेश्‍वरमाथिको अय्यूबको विश्‍वासलाई हल्लाएन

परमेश्‍वर तिनीबाट लुक्नुभएको थियो भन्‍ने तथ्यले परमेश्‍वरमाथिको अय्यूबको विश्‍वासलाई हल्लाएन

तलको धर्मशास्त्रको खण्डमा, त्यसपछि अय्यूबले भन्छन्, “हेर्नुहोस्, म अगाडि बढ्छु तर उहाँ त्यहाँ हुनुहुन्‍न; अनि पछाडि फर्कन्छु, तर उहाँलाई देख्दिनँ: देब्रे हातपट्टि, जहाँ उहाँ काम गर्नुहुन्छ तर म उहाँलाई देख्‍न सक्दिनँ: मैले नदेखूँ भनेर उहाँले आफैलाई दाहिने हातपट्टि लुकाउनुहुन्छ” (अय्यूब २३:८-९)। यस विवरणमा, हामी थाहा पाउछौं कि, अय्यूबका अनुभवहरूमा, परमेश्‍वर पूर्ण रूपमा तिनीबाट लुक्नुभएको थियो; परमेश्‍वर खुल्लमखुल्ला तिनीकहाँ देखा पर्नुभएको थिएन, न त उहाँले तिनीसँग खुल्लमखुल्ला कुनै वचन नै बोल्नुभएको थियो, तापनि अय्यूब आफ्नो हृदयमा परमेश्‍वरको अस्तित्वप्रति विश्‍वस्त थिए। तिनले सधैँ परमेश्‍वर तिनको अगिअगि हिँडिरहनुभएको हुन सक्छ, वा उहाँको छेउमा काम गरिरहनुभएको हुन सक्छ, र तिनले परमेश्‍वरलाई देख्न नसके पनि, परमेश्‍वर तिनको छेउमा हुनुहुन्छ, अनि तिनीसँग सम्‍बन्धित सबै थोक संचालन गर्दैहुनुहुन्छ भन्‍ने विश्‍वास गर्थे। अय्यूबले कहिल्यै परमेश्‍वरलाई देखेका थिएनन्, तर तिनी आफ्नो विश्‍वासमा दृढ रहन सक्षम थिए, जुन अरू कुनै व्यक्तिले गर्न सकेन। किन अरू मानिसहरूले त्यसो गर्न सकेनन्? किनकि परमेश्‍वर अय्यूबसँग बोल्नुभएन वा तिनको सामु देखा पर्नुभएन, र यदि तिनले साँच्चै विश्‍वास नगरेको भए तिनी अघि बढ्न सक्‍नेथिएनन्, न त परमेश्‍वरको भय मान्ने र खराबीबाट अलग बस्ने मार्गमा नै लाग्न सक्थे। के यो सत्य होइन? जब तँ अय्यूबले भनेका यी वचनहरू पढ्छस् तब तँलाई कस्तो लाग्छ? के तँलाई अय्यूबको सिद्धता र सोझोपन र परमेश्‍वरको सामु तिनको धार्मिकता सत्य हो, र परमेश्‍वरको तर्फबाट अतिशयोक्ति होइन भन्‍ने लाग्छ? परमेश्‍वरले अय्यूबलाई अन्य मानिसहरूसँग झैं व्यवहार गर्नुभयो र तिनको सामु देखा पर्नुभएन वा कुरा गर्नुभएन, तैपनि अय्यूब अझै पनि आफ्नो निष्ठामा अडिग रहे, तिनले अझै पनि परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास राखे र यसबाहेक, परमेश्‍वरलाई अपमान गर्छु कि भन्‍ने तिनको डरको कारण तिनले बारम्बार होमबलि चढाए र परमेश्‍वरसँग प्रार्थना गरे। परमेश्‍वरले नदेखे पनि परमेश्‍वरको भय मान्ने अय्यूबको क्षमतामा, हामी तिनले सकारात्मक थोकहरूलाई कति धेरै प्रेम गर्थे, र तिनको विश्‍वास कतिको दृढ र वास्तविक थियो भन्‍ने कुरा देख्छौं। तिनले परमेश्‍वर तिनीबाट लुक्नुभयो भन्दैमा तिनले परमेश्‍वरको अस्तित्वलाई इन्कार गरेनन्, न त तिनले परमेश्‍वरलाई कहिल्यै नदेखेको कारण आफ्नो विश्‍वास गुमाए र परमेश्‍वरलाई त्यागे। बरु, सबै थोकमाथि शासन गर्ने परमेश्‍वरको लुकेको कामको बीचमा तिनले परमेश्‍वरको अस्तित्वलाई बुझेका थिए र तिनले परमेश्‍वरको सार्वभौमिकता र शक्ति महसुस गरे। परमेश्‍वरलाई नदेखे पनि तिनी सोझो हुन छाडेनन्, न त तिनले, परमेश्‍वर तिनको अगाडि कहिल्यै देखा नपर्नुभएको कारणले नै, तिनले परमेश्‍वरको भय मान्ने र खराबीबाट अलग बस्ने मार्गलाई नै त्यागे। परमेश्‍वर आफ्नो अस्तित्व प्रमाणित गर्न तिनको अघि देखा पर्नुभएको होस् भनेर अय्यूबले कहिल्यै अनुरोध गरेनन्, किनकि तिनले सबै थोकमाथिको परमेश्‍वरको सार्वभौमिकतालाई देखिसकेका थिए र अरूले प्राप्त नगरेका आशिष्‌ र अनुग्रह तिनले प्राप्त गरेका छन् भन्‍ने तिनले विश्‍वास गरे। परमेश्‍वर तिनीबाट लुक्नुभएको भए पनि, परमेश्‍वरमाथिको अय्यूबको विश्‍वास कहिल्यै डगमगाएन। यसैले, तिनले अरू कसैको नपाएको फसल कटनी गरे: परमेश्‍वरको अनुमोदन र परमेश्‍वरको आशिष्।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २” बाट उद्धृत गरिएको

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

अय्यूबको विषयमा (भाग दुई)

अय्यूबको तर्कशक्ति अय्यूबका वास्तविक अनुभवहरू र तिनको सोझोपन र इमानदार मानवताको अर्थ के हो भने, तिनले आफ्नो सम्पत्ति र आफ्ना छोराछोरीहरू...

आफ्‍नो परीक्षापछि अय्यूब

अय्यूब ४२:७-९ अनि यस्तो भयो, यहोवाले अय्यूबसँग यी वचनहरू बोल्नुभएपछि, यहोवाले एलीपज तेमानीलाई भन्नुभयो, मेरो क्रोध तँ र तेरा मित्रहरूको...

अय्यूबले शैतानलाई पराजित गर्छन् र परमेश्‍वरको नजरमा साँचो पुरुष बन्छन्

जब अय्यूबले सर्वप्रथम आफ्‍ना परीक्षाहरू भोगेका थिए, तिनीबाट तिनका सबै सम्पत्ति र तिनका सबै छोराछोरी खोसियो, तर तिनी लडेनन् वा त्यसको...

शैतानले पहिलो पटक अय्यूबलाई परीक्षा गर्छ (तिनको पशुधन चोरियो र तिनका छोराछोरीहरूमाथि विपत्ति आइपर्छ)

अ. परमेश्‍वरद्वारा बोलिएका वचनहरू अय्यूब १:८ अनि यहोवाले शैतानलाई भन्नुभयो, के तैँले मेरो सेवक अय्यूबलाई विचार गरेको छस्, त्योजस्तो सिद्ध र...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्