अय्यूबले शैतानलाई पराजित गर्छन् र परमेश्‍वरको नजरमा साँचो पुरुष बन्छन्

13 अगस्ट 2021

अय्यूबले शैतानलाई पराजित गर्छन् र परमेश्‍वरको नजरमा साँचो पुरुष बन्छन्

जब अय्यूबले सर्वप्रथम आफ्‍ना परीक्षाहरू भोगेका थिए, तिनीबाट तिनका सबै सम्पत्ति र तिनका सबै छोराछोरी खोसियो, तर तिनी लडेनन् वा त्यसको परिणामस्वरूप परमेश्‍वरको विरुद्धमा बोलेर कुनै पाप गरेनन्। तिनले शैतानका परीक्षाहरूलाई जितेका थिए, र तिनले आफ्नो भौतिक सम्पत्ति, सन्तान र सबै सांसारिक सम्पत्ति गुमाउने जाँचहरूमा विजय हासिल गरेका थिए, जसको अर्थ के हो भने, परमेश्‍वरले तिनीबाट सबै थोक लैजानुहुँदा तिनले उहाँको आज्ञापालन गर्न सके, र परमेश्‍वरले गर्नुभएका कार्यका निम्ति तिनले परमेश्‍वरलाई धन्यवाद दिन र प्रशंसा चढाउन पनि सके। शैतानको पहिलो परीक्षाको समयमा अय्यूबको आचरण यस्तो थियो, र परमेश्‍वरको पहिलो जाँचको समयमा अय्यूबको गवाही पनि यस्तो थियो। दोस्रो जाँचको अवधिमा शैतानले अय्यूबलाई कष्ट दिन आफ्नो हात फैलायो र अय्यूबले पहिला कहिल्यै अनुभव नगरेको पीडा भोग्नु परेको भए तापनि, अझै तिनको गवाहीले मानिसहरूलाई छक्क पार्‍यो। तिनले फेरि एक पटक शैतानलाई पराजित गर्न आफ्नो धैर्यता, विश्‍वस्तता र परमेश्‍वरप्रतिको आज्ञाकारिताको साथसाथै परमेश्‍वरप्रतिको आफ्नो भयको प्रयोग गरे, र परमेश्‍वरले तिनको आचरण र गवाहीलाई फेरि एक पटक स्वीकार गर्नुभयो। यो परीक्षामा पर्दा, अय्यूबले आफ्नो वास्तविक आचरणको प्रयोग गरेर शैतानलाई के कुराको घोषणा गरे भने, देहको पीडाले परमेश्‍वरप्रतिको तिनको विश्‍वास र आज्ञापालनलाई परिवर्तन गर्न सक्दैन वा परमेश्‍वरप्रतिको तिनको भक्ति र परमेश्‍वरप्रतिको भयलाई हटाउन सक्दैन; तिनले मृत्युको सामना गर्दा तिनले परमेश्‍वरलाई त्याग्‍ने वा आफ्नो सिद्धता र इमानदारीतालाई त्याग्‍ने थिएनन्। अय्यूबको दृढ संकल्पले शैतानलाई डरपोक बनायो, तिनको विश्‍वासले शैतानलाई कातर र डराएर काम्ने बनायो, उनले शैतान विरुद्ध लडेको जीवन-मृत्युको युद्धले शैतानमा गहिरो घृणा र आक्रोश उत्पन्न गर्‍यो; तिनको सिद्धता र इमानदारीताको कारण शैतानलाई तिनको विरुद्ध केही गर्न नसक्‍ने अवस्थामा छोड्यो, यहाँसम्‍म कि शैतानले तिनीमाथि आक्रमण गर्न छोडी दियो र अय्यूबको विरुद्धमा त्यसले यहोवा परमेश्‍वरको सामने लगाइएको आरोपलाई त्यसले त्याग्यो। यसको अर्थ अय्यूबले संसारलाई जितेका थिए, तिनले देहलाई जितेका थिए, तिनले शैतानलाई जितेका थिए, र तिनले मृत्युलाई पनि जितेका थिए; उनी पूर्ण र समग्र रूपमा परमेश्‍वरको मानिस थिए। यी दुई परीक्षाको अवधिमा अय्यूब आफ्नो गवाहीमा अडिग थिए, वास्तवमा आफ्नो सिद्धता र इमानदारीमा जिएका थिए, र परमेश्‍वरसँग डराउने र दुष्टता त्याग्ने सम्‍बन्धी आफ्नो जीवनका सिद्धान्तहरूको दायरा फराकिलो बनाए। यी दुई परीक्षाहरू भोगिसकेपछि, अय्यूबमा एक समृद्ध अनुभवको जन्म भयो, र यो अनुभवले तिनलाई अझ परिपक्व र अनुभवी बनायो, यसले तिनलाई बलियो बनायो, अझ ठूलो दृढता भएको व्यक्ति बनायो, र यसले तिनलाई तिनले दह्रिलो गरी पक्रेको सत्यनिष्ठको सहिपन र योग्यताप्रति अझ बढी विश्‍वस्त। यहोवा परमेश्‍वरले गर्नुभएको अय्यूबको जाँचले तिनलाई मानिसप्रतिको परमेश्‍वरको चिन्ताको गहिरो बुझाइ र अनुभूति प्रदान गर्‍यो, र तिनलाई परमेश्‍वरको प्रेमको अनमोलता महसुस गरायो, यसपछि परमेश्‍वरप्रतिको तिनको डरमा परमेश्‍वरप्रतिको गहिरो चासो र प्रेम थपियो। यहोवा परमेश्‍वरले गर्नुभएको जाँचले अय्यूबलाई उहाँबाट अलग मात्र गरेन, तर तिनको हृदयलाई परमेश्‍वरको नजिक बनायो। अय्यूबले भोगेको शारीरिक पीडा चरम सीमामा पुगेपछि, तिनले अनुभव गरेका यहोवा परमेश्‍वरप्रतिको तिनको चिन्ताको कारण तिनले आफ्नो जन्म दिनलाई सराप्ने बाहेक तिनीसँग अरू कुनै विकल्प थिएन। यस्तो आचरण धेरै पहिले योजना गरेर प्रस्तुत गरिएको थिएन, तर तिनको हृदयमा परमेश्‍वरप्रति तिनले गरेको प्रेम र चासोको कारण प्राकृतिक रूपमा प्रकट भएको थियो, यो परमेश्‍वरप्रतिको तिनको वास्ता र प्रेमबाट प्राकृतिक रूपमा प्रकट भएको थियो। भन्नुको अर्थ, तिनले आफैलाई घृणा गरे, र तिनी परमेश्‍वरलाई यातना दिन इच्छुक थिएनन्, त्यसो गर्न सक्दैनथे, त्यसैले तिनको विचार र प्रेम निःस्वार्थताको चरम सीमामा पुगेको थियो। यस समयमा, अय्यूबले आफ्नो लामो समयदेखि चल्दैआएको परमेश्‍वरप्रतिको आदर र तिर्सना, अनि परमेश्‍वरप्रतिको भक्तिलाई परमेश्‍वरप्रतिको वास्ता र प्रेमको स्तरमा उठाए। साथै, तिनले परमेश्‍वरप्रतिको आफ्नो विश्‍वास र आज्ञाकारीता र परमेश्‍वरप्रतिको भयलाई वास्ता र प्रेमको स्तरसम्म पुऱ्याए। तिनले परमेश्‍वरलाई चोट पुर्‍याउने केही पनि गरेनन्, तिनले परमेश्‍वरलाई चोट पुर्‍याउने कुनै आचरण प्रस्तुत गरेनन्, र तिनले आफ्नै कारणले गर्दा परमेश्‍वरमा कुनै दुःख, शोक वा निराशा ल्याएन। परमेश्‍वरको नजरमा, अय्यूब पहिलेको अय्यूब जस्तै रहेको भए तापनि, अय्यूबको विश्‍वास, आज्ञाकारीता र परमेश्‍वरप्रतिको भयले परमेश्‍वरलाई पूर्ण सन्तुष्टि र आनन्द लियो। यस समयमा, परमेश्‍वरले अपेक्षा गर्नुभएको सिद्धतालाई अय्यूबले प्राप्त गरेका थिए; तिनी वास्तवमै परमेश्‍वरको नजरमा सिद्ध र सोझो” व्यक्ति भनी बोलाउन योग्य मानिस बने। तिनको धार्मिक कामले तिनलाई शैतानमाथि विजय प्राप्त गर्न र परमेश्‍वरप्रतिको आफ्‍नो गवाहीमा दृढ रहने तुल्यायो। त्यसकारण, तिनका धार्मिक कामहरूले तिनलाई सिद्ध बनायो, र तिनको जीवनको मूल्यलाई पहिलेभन्दा उच्च बनायो र अरू कुरालाई उछिन्‍ने तुल्यायो, र ती कुराहरूले तिनलाई शैतानले उप्रान्त आक्रमण गर्न वा परीक्षामा पार्न नसक्‍ने पहिलो व्यक्ति बनायो। अय्यूब धर्मी भएको हुनाले, तिनलाई शैतानले दोष लगायो र परीक्षामा पर्‍यो; अय्यूब धार्मिक भएकोले, तिनलाई शैतानको हातमा सुम्पियो; अनि अय्यूब धार्मिक भएकोले, तिनले शैतानलाई जिते र हराए, र तिनको गवाहीमा दृढ रहे। अबदेखि अय्यूब फेरि कहिल्यै शैतानको हातमा नपर्ने पहिलो मानिस बने, तिनी वास्तवमै परमेश्‍वरको आशिषमा शैतानको जासुसी वा विनाशविना परमेश्‍वरको सिंहासनको अगाडि आएर ज्योतिमा बाँचे…। तिनी परमेश्‍वरको नजरमा एक साँचो पुरुष बनेका थिए। तिनी स्वतन्त्र भएका थिए …

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २” बाट उद्धृत गरिएको

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

अय्यूबको साक्षीले पछिका पुस्ताहरूलाई दिएको चेताउनी र ज्ञान

परमेश्‍वरले कुनै मानिसलाई जुन प्रकारले पूर्ण रूपमा प्राप्त गर्नुहुन्छ त्यस प्रक्रियालाई बुझ्नुका साथै, मानिसहरूले परमेश्‍वरले अय्यूबलाई...

अय्यूबको विषयमा (भाग एक)

अय्यूबले कसरी परीक्षाहरूको सामना गरे भन्ने कुरा सिकिसकेपछि, तिमीहरूमध्ये धेरैले अय्यूबको बारेमा अझ बढी जानकारीहरू पाउन चाहनेछौ, विशेष गरी...

शैतानले फेरि एक पटक अय्यूबलाई परीक्षा गर्दछ (अय्यूबको शरीरभरि खटिराहरू निस्के)

अ. परमेश्‍वरले बोल्नुभएका वचनहरू अय्यूब २:३ अनि यहोवाले शैतानलाई भन्नुभयो, के तैँले मेरो सेवक अय्यूबलाई विचार गरेको छस्, त्योजस्तो सिद्ध र...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्