परमेश्‍वरको न्याय शुद्धीकरण र मुक्तिको लागि हो कि, दण्ड-आज्ञा र विनाशको लागि हो?

7 डिसेम्बर 2021

सम्पूर्ण विश्‍वमा विपत्तिहरू फैलिरहेको अवस्थामा, प्रभुका विश्‍वासीहरू प्रभु येशू बादलको सवारीमा आउनुहुनेछ र तिनीहरूलाई आकाशमा उहाँलाई भेट्न लैजानुहुन्छ र तिनीहरू विपत्तिहरूबाट उम्कनेछन् भनेर उत्कटताको साथ प्रतीक्षा गरिरहेका छन्। तैपनि, तिनीहरूले अझै पनि प्रभु येशू बादलको सवारीमा आउनुभएको देखेका छैनन्, बरु, पूर्वीय ज्योतिले लगातार उहाँ देहधारी सर्वशक्तिमान्‌ परमेश्‍वरको रूपमा फर्केर आइसक्नुभएको छ, र मानिसलाई शुद्ध पार्न र पूर्ण मुक्ति दिन सत्यता व्यक्त गर्दै आखिरी दिनहरूको न्यायको काम गरिरहनुभएको छ भनी गवाही दिइरहेको देख्छन्। धेरै मानिसहरूको लागि यो अचम्‍मको कुरा हो। तिनीहरूले विचार गर्छन्, “प्रभुले विश्‍वासीहरूलाई सुरुमा माथि आकाशमा लैजानुपर्ने हो। हामीलाई सुरुमा विपत्तिहरूबाट बचाउनु महत्त्वपूर्ण कुरा हो। परमेश्‍वरले किन आखिरी दिनहरूमा न्यायको काम गर्न सत्यताहरू व्यक्त गर्नुहुन्छ? हामी सबैलाई हाम्रो पापबाट क्षमा गरिएको छ र परमेश्‍वरले हामीलाई धर्मी ठान्‍नुहुन्छ, त्यसकारण परमेश्‍वरको न्यायको के आवश्यकता छ र?” धेरैजसो मानिसहरूले आखिरी दिनहरूमा, परमेश्‍वरको न्यायले अविश्‍वासीहरूलाई निसाना बनाउनेछ, न्याय भनेको दण्ड-आज्ञा र विनाश हो, र पापक्षमा पाएका हामीले न्यायको सामना गर्नुपर्दैन भन्‍ने विश्‍वास गर्छन्। त्यसोभए, परमेश्‍वरले मानवजातिलाई गर्नुहुने न्याय शुद्धीकरण र मुक्तिको लागि हो कि दण्ड-आज्ञा र विनाशको लागि हो? आज हामी यसैको बारेमा कुरा गरौं।

तर त्यसमा अघि बढ्नुभन्दा पहिले, हामी परमेश्‍वरको आखिरी दिनहरूको न्यायको बारेमा बाइबलीय आधार छ कि छैन हेरौं। वास्तवमा, यसको बारेमा बाइबलका धेरै वटा अगमवाणीहरूमा उल्‍लेख गरिएका छन्, र सबैभन्दा महत्त्वपूर्ण रूपमा, प्रभु स्वयम्‌ले बोल्‍नुभएका अगमवाणीहरूमा: “मलाई इन्कार गर्ने र मेरा वचनहरू ग्रहण नगर्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले अन्तको दिनमा उसको न्याय गर्नेछ” (यूहन्‍ना १२:४८)। “किनभने पिताले कुनै मानिसको न्याय गर्नुहुन्न, तर पुत्रलाई नै सबै न्याय सुम्पनुभएको छ। … र न्याय गर्ने अधिकार पनि दिनुभएको छ, किनभने उहाँ मानिसको पुत्र हुनुहुन्छ” (यूहन्‍ना ५:२२, २७)। “मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ” (यूहन्‍ना १६:१२-१३)। “तपाईंको सत्यताद्वारा तिनीहरूलाई पवित्र पार्नुहोस्: तपाईंको वचन सत्यता हो” (यूहन्‍ना १७:१७)। र प्रकाशको पुस्तकमा पनि यसो भनिएको छ: “र मैले अर्को स्वर्गदूत आकाशको बीचमा उडेको देखेँ, जोसँग पृथ्वीमा बास गर्नेहरूलाई प्रचार गर्नको लागि अनन्त सुसमाचार थियो, र हरेक जाति, कुल, भाषा, र मानिसहरूलाई, तिनले उच्‍च सोरमा भने, परमेश्‍वरको डर मान, र उहाँलाई महिमा देओ; किनकि उहाँको न्यायको घडी आएको छ” (प्रकाश १४:६-७)। यी वचनहरू अत्यन्तै स्पष्ट छन्, होइन र? प्रभु आखिरी दिनहरूमा न्यायको काम गर्न सत्यताहरू व्यक्त गर्दै मानिसको पुत्रको रूपमा देह भई आउनुहुन्छ। यसमा कुनै शङ्का छैन। यी अगमवाणीहरूले “मैले बोलेको त्यो वचनले अन्तको दिनमा उसको न्याय गर्नेछ” र “उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ” का बारेमा उल्‍लेख गर्छन् ताकि परमेश्‍वरले आखिरी दिनहरूमा मानिसलाई न्याय गर्न र धुन, मानवजातिलाई पापबाट उम्केर परमेश्‍वरद्वारा पूर्ण मुक्ति पाउने अवसर दिँदै हामीलाई सबै सत्यताहरूमा डोर्याउनुहुन्छ भन्‍ने कुरालाई मानिसहरूले स्पष्ट रूपमा नै देख्‍न सकून्। १ पत्रुस ४:१७ ले भन्छ, “किनभने परमेश्‍वरको घरानाबाट न्याय सुरू हुने समय आएको छ।” यसको अर्थ, आखिरी दिनहरूमा, परमेश्‍वरले उहाँको घरबाट सुरु गर्दै न्यायको काम गर्नुहुन्छ, र यो कार्य परमेश्‍वरको आखिरी दिनहरूको न्यायलाई स्वीकार गरेका सबै मानिसहरूबाट सुरु हुन्छ भन्‍ने हुन्छ। परमेश्‍वरको घरबाट सुरु हुने न्यायको अर्थ यही हो। सर्वशक्तिमान्‌ परमेश्‍वरलाई स्वीकार गर्ने सबैले परमेश्‍वरका वचनहरूको न्यायलाई स्वीकार गर्नैपर्छ, र शुद्ध भएपछि मात्रै तिनीहरू उहाँको राज्यमा प्रवेश गर्न सक्छन्। सर्वशक्तिमान्‌ परमेश्‍वरलाई स्वीकार गरेको छु भनी दाबी गर्ने, तर न्यायद्वारा शुद्ध नभएकाहरूलाई अन्तिममा हटाइनेछ र तिनीहरू विपत्तिहरूमा नष्ट हुनेछन्। अविश्‍वासीहरूलाई विपत्तिहरूद्वारा निराकरण गरिनेछ किनभने परमेश्‍वरको न्यायलाई इन्कार गर्नेहरू कहिल्यै पनि शुद्ध हुन वा तिनीहरूले मुक्ति प्राप्त गर्न सक्दैनन्। तिनीहरूलाई दण्डाज्ञा दिएर नष्ट गरिनेछ। हामी यसबाट के देख्‍न सक्छौं भने, परमेश्‍वरको आखिरी दिनहरूको न्यायको काम भनेको मानिसलाई जतिसक्दो धेरै हदसम्‍म मुक्ति दिनु हो। तिनीहरू प्रभुका विश्‍वासी भए पनि नभए पनि, तिनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको न्यायलाई स्वीकार गर्छन् र शुद्ध हुन्छन् भने, परमेश्‍वरले पूर्ण मुक्ति दिनुहुने मानिसहरू तिनीहरू नै हुन्। सर्वशक्तिमान्‌ परमेश्‍वरको न्यायको कामलाई इन्कार गर्ने सबैलाई दोषी ठहराइनेछ र हटाइनेछ, र तिनीहरू विपत्तिहरूमा मात्रै पर्न सक्छन्। परमेश्‍वरको न्यायको कामको परिणामलाई हेर्दा, के यसलाई दण्ड-आज्ञा र विनाशसँग तुलना गर्नु सही छ? त्यो ठूलो गल्ती हुनेछ। विश्‍वासीहरूलाई राज्यमा उठाइलैजाने परमेश्‍वरको कार्य न्याय र शुद्धीकरणको पूर्ण मुक्तिद्वारा गरिन्छ। के त्यो अत्यन्तै अर्थपूर्ण छैन र? त्यसो भए किन धेरै मानिसहरूले यो कुरालाई देख्‍न सक्दैनन्? यदि परमेश्‍वरको न्याय मानिसहरूलाई दोषी ठहर्याएर दण्ड दिनु थियो भने, त्यो कार्यको महत्त्व के हुनेथियो र? के परमेश्‍वरले सीधै विपत्तिहरू बर्साएर मानिसहरूलाई नष्ट गर्न सक्‍नुहुन्थ्यो। किन अनावश्यक दुःख उठाउने? धेरै मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको न्यायको कार्यको बारेमा सुन्छन् तर यसलाई हेर्दा पनि हेर्दैनन्, तर सीधै यसको आलोचना गर्छन् र दोष दिन्छन्। के त्यो अहङ्कारी कार्य होइन र? प्रभुका विश्‍वासीहरू सबैले बाइबलको आराधना गर्छन् र सबै कुरा त्यसैमा आधारित गर्छन्। किन तिनीहरूले परमेश्‍वरको आखिरी दिनहरूको न्यायको कार्य त्यससँग पूर्ण रूपमा अनुरूप छ भनेर देख्‍न सक्दैनन्? परमेश्‍वरले आखिरी दिनहरूमा न्यायको काम गर्नुहुन्छ भन्‍ने बारेमा धेरै वटा बाइबलीय अगमवाणीहरू छन्। किन तिनीहरूले यी अगमवाणीहरूलाई देख्दैनन्? तपाईंले यसलाई जसरी हेरे पनि, परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार नगर्ने जोकोही व्यक्ति अन्धा र मूर्ख, र बाइबललाई नबुझ्‍ने व्यक्ति हो। तिनीहरू सबै अहङ्कारी र अव्यावहारिक छन्। तिनीहरूले परमेश्‍वरको आखिरी दिनहरूको कार्यलाई स्वीकार गरेका हुँदैनन्, र विपत्तिहरूभन्दा पहिले उठाइलगिने तिनीहरूको मौकालाई पहिले नै गुमाइसकेका छन्। यसले प्रभु येशूको अगमवाणीलाई पूरा गर्छ: “किनकि जोसँग छ, उसैलाई दिइनेछ, र ऊसँग प्रशस्‍त हुनेछ: तर जोसँग छैन, ऊबाट ऊसँग भएको पनि खोसिनेछ। अनि तिमीहरू त्यो बेकारको नोकरलाई बाह्य अन्धकारमा फाल्देओ: त्यहाँ दाह्रा किटाइ र रुवाबासी हुनेछ” (मत्ती २५:२९-३०)।

किन विश्‍वासीहरू परमेश्‍वरको न्याय र सजायबाट भएर जानु आवश्यक छ र? त्यो धेरैजसो मानिसहरूले नबुझ्‍ने अर्को रहस्य हो त्यसकारण सर्वशक्तिमान्‌ परमेश्‍वरले के भन्‍नुहुन्छ सो हेरौं। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “येशूले मानिसको माझमा धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिको छुटकारा मात्र पूरा गर्नुभयो र मानिसको पापको बलि बन्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नु भएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्त गर्नको निम्ति येशूले पापको बलि बनेर मानिसको पापहरू बोक्न मात्र आवश्यक थिएन, तर मानिसलाई शैतानी रूपमा भ्रष्ट पारेको उसको स्वभावबाट पूर्ण रूपमा छुटकारा दिन परमेश्‍वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। यसैले अब, मानिसका पापहरू क्षमा गरिएका छन्, मानिसलाई नयाँ युगतिर डोऱ्याउन परमेश्‍वर देहमा फर्केर आउनुभयो, र दण्ड अनि न्यायको काम सुरु गर्नुभयो। यो कामले मानिसलाई एक उच्च क्षेत्रमा पुर्‍यायो। उहाँको प्रभुत्वमुनि आउनेहरू सबैले अझ उच्च सत्यको आनन्द लिनेछन् र अझ ठूला आशिषहरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्य, बाटो र जीवन प्राप्त गर्नेछन्” (वचन देहमा देखा पर्नुहुन्छको प्रस्तावना)।

मानिसलाई छुटकारा दिनुभन्दा अघि, शैतानका धेरै वटा विषयहरू ऊभित्रै रोपिएको हुन्छ, र हजारौं वर्षसम्म शैतानद्वारा भ्रष्ट पारिएपछि, ऊभित्र एउटा स्थापित प्रकृति हुन्छ जसले परमेश्‍वरको विरोध गर्छ। यसकारण जब मानिसलाई छुटकारा दिइएको हुन्छ, त्यो ठूलो मूल्य तिरेर मानिसलाई छुटाइएको घटनाभन्दा अरू केही हुँदैन, तर ऊभित्रको विषाक्त प्रकृति हटेको हुँदैन। अशुद्ध भएको मानिस परमेश्‍वरको सेवाको योग्य हुनुभन्दा अघि परिवर्तनको प्रक्रियाबाट भएर जानुपर्छ। न्याय र सजायको यस कार्यको माध्यमबाट, मानिसले आफैभित्र भएको फोहोर र भ्रष्ट सारलाई पूर्ण रूपमा चिन्‍नेछ, र ऊ पूर्णरूपमा परिवर्तन हुन र शुद्ध हुन सक्षम हुनेछ। यसरी मात्र मानिस परमेश्‍वरको सिंहासनको अगि फर्केर आउनको योग्य हुन सक्छ। यस दिनमा गरिएका सबै काम मानिस शुद्ध र परिवर्तन हुन सकोस् भनेर हो; वचनको न्याय र सजाय, साथै शोधनको माध्यमबाट, मानिसले आफ्नो भ्रष्टतालाई हटाउन र शुद्ध हुन सक्छ। कामको यस चरणलाई मुक्तिका निम्ति हो भनी ठान्नुको साटो यो शुद्धीकरणको काम हो भन्नु धेरै उचित हुन्छ। वास्तवमा, यो चरण विजयको चरण हो साथ साथै यो मुक्तिको कामको दोस्रो चरण पनि हो। यो वचनको न्याय र सजायको माध्यमबाट नै मानिस परमेश्‍वरद्वारा प्राप्त गरिने स्थितिमा आउँछ, र वचन प्रयोग गर्दा नै मानिसको हृदयभित्रका सबै अशुद्धता, धारणा, अभिप्राय र व्यक्तिगत आकांक्षाहरूलाई शुद्ध गर्न, न्याय गर्न र पूर्ण रूपमा प्रकट गरिन्छ। किनकि मानिसलाई छुटकारा दिइएको र उसका पापहरू क्षमा गरिएको हुन सक्छ, तर त्यसलाई परमेश्‍वरले मानिसका अपराधहरू सम्‍झनुहुन्‍न र मानिससँग उसको अपराधअनुसार व्यवहार गर्नुहुन्‍न भनेर मात्र मान्न सकिन्छ। तापनि, जब मासुको शरीरमा जिउने मानिस पापबाट छुटाइएको हुँदैन, उसले पापै मात्र गरिरहन सक्छ, यसरी अटुट रूपमा आफ्नो भ्रष्ट शैतानिक स्वभाव प्रकट गर्छ। यो मानिसले जिउने जीवन हो, जहाँ पाप गर्ने र क्षमा गरिने चक्र निरन्तर चलिरहन्छ। अधिकांश मानवजातिले दिनमा पाप गर्छन् र साँझमा मात्र त्यो स्वीकार गर्छन्। यसरी, पापको बलि मानिसका लागि सदासर्वदा प्रभावकारी भए पनि त्यसले मानिसलाई पापबाट बचाउन सक्दैन। मुक्तिको काम आधा मात्र सम्पन्न भएको छ, किनकि मानिसमा अझै पनि भ्रष्ट स्वभाव छ। … जुन पापभन्दा गहिरो गाडिएको छ, यो शैतानले रोपेको कुरा हो र यसले मानिसभित्र गहिरो जरा गाडेको छ। आफ्ना पापहरू थाहा पाउनु मानिसको निम्ति सजिलो छैन, उसले गहिरो जरा गाडेको आफ्‍नो प्रकृतिलाई चिन्ने कुनै उपाय छैन, र यो नतिजा प्राप्त गर्न ऊ वचनद्वारा गरिने न्यायमा भर पर्नुपर्छ। तब मात्र मानिस बिस्तारै यस बिन्दुबाट परिवर्तन हुन सक्छ” (वचन देहमा देखा पर्नुहुन्छको “देहधारणको रहस्य (४)”)।

सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू स्पष्ट छन्। अनुग्रहको युगमा, प्रभु येशूले छुटकाराको काम गर्नुभयो, यसरी उहाँले आफ्‍नो मुक्तिको काम आधा मात्रै पूरा गर्नुभयो। प्रभुमाथि विश्‍वास गर्नुको अर्थ मानिसहरूको पाप क्षमा भएका छन् र तिनीहरूलाई व्यवस्था अन्तर्गत दोषी ठहर्याइँदैन, र तिनीहरूलाई प्रभुको अघि प्रार्थना गर्न आउने र उहाँसँग कुराकानी गर्ने, उहाँको अनुग्रह र आशिषहरूमा रमाउने अनुमति हुन्छ। छुटकाराको कामले हासिल गरेको यही हो। तर मानिसहरूको पाप क्षमा भए पनि, तिनीहरू झूट नबोली र पाप नगरी बस्‍न सक्दैनन्, र यसरी तिनीहरू व्यक्तिगत लाभ, डाहा र आपसी मतभेद, आलोचक बन्‍ने र घृणा गर्ने कार्यमा संघर्ष गरिरहन्छन्। तिनीहरूले प्रभुका वचनहरू अभ्यास गर्न त चाहन्छन्, तर सक्दैनन्। तिनीहरू पाप गर्ने, स्वीकार गर्ने, र फेरि पाप गर्ने चक्रमा जिइरहेका हुन्छन्, र यसबाट उम्कन सक्दैनन्। यसले के देखाउँछ भने प्रभुले मानिसको पापक्षमा गर्नुभएको भए तापनि, हाम्रो पापी प्रकृति हामीभित्रै रहिरहन्छ। हामीलाई पाप गर्न लगाउने यो हाम्रो शैतानी प्रकृति र स्वभाव हो। यदि पापको जडको समाधान गरिएन भने, कसैको पापलाई जति पटक क्षमा गरिए पनि, तिनीहरू कहिल्यै पनि पापबाट उम्केर पवित्र बन्‍न सक्दैनन्। तिनीहरू पाप गर्ने र परमेश्‍वरको विरोध गर्ने नगरी बस्‍न सक्दैनन्। फरिसीहरूका बारेमा विचार गर्नुहोस्। तिनीहरूले मन्दिरमा परमेश्‍वरको सेवा गर्दै र सधैँ बलिहरू चढाइरहेका हुन्थे, तर जब प्रभु येशू देखा पर्नुभयो र काम गर्नुभयो, तब तिनीहरूले उहाँलाई स्वीकार गरेनन्। तिनीहरूले उहाँलाई पागलले झैँ विरोध गरे र दोष दिए, र उहाँलाई क्रूसमा समेत टाँग्‍न लगाए, अनि यसरी जघन्य पाप गरे। यसले हामीलाई के देखाउँछ? शैतानी प्रकृति बोकेर, कसैले पापक्षमाको लागि जति नै पापबलि चढाए पनि तिनीहरूले दुष्ट काम गरी नै रहन्छन्। सर्वशक्तिमान्‌ परमेश्‍वर देखा पर्नुभएको छ र परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गरेर सत्यताका करोडौँ वचनहरू व्यक्त गर्नुभएको छ। उहाँले विपत्तिहरूभन्दा अघि विजेताहरूको समूह निर्माण गर्नुभएको छ, यसरी परमेश्‍वरको अख्तियार र शक्तिलाई पूर्ण रूपमा प्रदर्शन गर्नुभएको छ, र सारा संसारलाई हल्‍लाउनुभएको छ। धर्ममा रहेका धेरै जना मानिसहरूले खोजी वा अनुसन्धान नै गर्दैनन्, तर आफ्‍ना धारणाहरूमा टाँसिएर परमेश्‍वरको नयाँ कामलाई दोष दिन, विरोध गर्न, र ईश्‍वर-निन्दा गर्न सक्दो प्रयास गर्छन्, सत्यता व्यक्त गर्नुहुने ख्रीष्‍टलाई फेरि क्रूसमा टाँग्‍न मरिहत्ते गर्छन्। यसले के देखाउँछ भने मानिसका पापहरू क्षमा भए पनि, तिनीहरूको शैतानी प्रकृतिको कारण, तिनीहरूले अझै पनि परमेश्‍वरलाई पागलले झैँ विरोध गर्छन् र उहाँलाई शत्रु, तिनीहरूको विरोधीको रूपमा हेर्छन्। परमेश्‍वरको धर्मी, पवित्र स्वभावले कुनै उल्‍लङ्घन सहँदैन, त्यसकारण उहाँले आफ्‍नो राज्यमा दोषमुक्‍त भएको, तर पाप गरिरहने र उहाँलाई विरोध गरिरहने कसैलाई लैजानुहुन्छ? अवश्य नै लैजानुहुन्‍न। प्रभु येशूले भन्‍नुभएको छ, “साँचो-साँचो म तिमीलाई भन्छु, पाप गर्ने जो-कोही पापको दास हो। अनि दास घरमा सदासर्वदा बस्दैन: तर पुत्रचाहिँ सदासर्वदा बस्छ” (यूहन्‍ना ८:३४-३५)। “त्यसकारण तिमीहरू पवित्र हुनुपर्छ, किनकि म पवित्र छु” (लेवी ११:४५)। र बाइबलले यसो पनि भन्छ, “पवित्रताविना कुनै मानिसले प्रभुलाई देख्‍नेछैन” (हिब्रू १२:१४)। “किनभने यदि हामीले सत्यको ज्ञान प्राप्त गरिसकेपछि पनि जानी-जानी पाप गर्छौं भने, त्यसउप्रान्त पापहरूको निम्ति कुनै बलिदान बाँकी रहँदैन” (हिब्रू १०:२६)। परमेश्‍वरको पवित्र, धर्मी स्वभाव उल्‍लङ्घन गर्न नसकिने छ। परमेश्‍वरको विरोध गर्नेहरू दण्डित र नष्ट हुनेछन्, र परमेश्‍वरको राज्यमा प्रवेश गर्न कहिल्यै दिइनेछैन। त्यही कारणले गर्दा, प्रभु येशूले आखिरी दिनहरूमा फर्केर आउनेछु भनी भन्‍नुहुँदा, यो हामीलाई स्वर्गमा लैजानको लागि थिएन, र यो अविश्‍वासीहरूलाई सीधै दोषी ठहर्याएर विपत्तिहरूद्वारा नष्ट गर्नको लागि पनि थिएन। यो मानिसको शैतानी प्रकृति र स्वभावको लागि सत्यतालाई व्यक्त गर्न र न्यायको काम गर्नको लागि, सुरुमा मानिसलाई दुष्ट र शैतानका शक्तिहरूबाट मुक्त गर्नको लागि थियो, ताकि हामी पूर्ण रूपमा परमेश्‍वरतर्फ फर्कन सकौं र उहाँद्वारा प्राप्त गरिन सकौं, त्यसपछि उहाँको राज्यमा लगिन सकौं। त्यसपछि परमेश्‍वरको मुक्तिको काम पूरा हुनेछ। यदि मानिसहरूले कल्‍पना गरेजस्तै, परमेश्‍वरको न्याय मानिसहरूलाई दोषी ठहर्याएर नष्ट गर्नु थियो भने भ्रष्ट मानवजातिबाट को बाँकी रहनेथियो र? के पाप गरेकोमा र उहाँको विरोध गरेकोमा परमेश्‍वरले सबैलाई नष्ट गर्नुहुनेथिएन र? यदि त्यस्तो हो भने, मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको योजना व्यर्थ हुनेथिएन र? त्यही कारणले गर्दा परमेश्‍वर मानवजातिलाई मुक्ति दिने उहाँको योजना अनुसार आखिरी दिनहरूमा देहधारी हुनुभएको छ। सर्वशक्तिमान्‌ परमेश्‍वर नम्र भई मानिसको बीचमा लुक्‍नुभयो र धेरै सत्यताहरू व्यक्त गर्नुभयो, र उहाँले परमेश्‍वरको आखिरी दिनहरूको न्यायलाई स्वीकार गर्ने सबैलाई शुद्ध पार्न र मुक्ति दिन परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गर्दैहुनुहुन्छ। हामी दुष्टताबाट मुक्त हुन र शुद्ध हुन सकौं, अनि परमेश्‍वरको राज्यमा लगिन योग्यको हुन सकौं भनेर यसो गरिएको हो। परमेश्‍वरको आखिरी दिनहरूको न्यायको काम मानिसहरूलाई दोषी ठहर्याउने वा नष्ट गर्ने कार्यसँग अवश्य नै सम्‍बन्धित छैन, तर यो पूर्ण रूपमा शुद्धीकरण र मुक्तिसँग सम्‍बन्धित छ। परमेश्‍वरको इच्‍छालाई बुझ्‍नु महत्त्वपूर्ण छ। मानिसको मुक्तिको लागि गरिएको परमेश्‍वरको आखिरी दिनहरूको न्यायको काम नै उहाँको सबैभन्दा महत्त्वपूर्ण चरण हो, र सर्वशक्तिमान्‌ परमेश्‍वरको न्यायलाई स्वीकार गर्नु नै भ्रष्टताबाट मुक्त हुने, शुद्ध हुने र विपत्तिहरूबाट मुक्त हुने एउटै मात्र तरिका हो।

कसैले प्रश्‍न गर्न सक्छ: सर्वशक्तिमान्‌ परमेश्‍वरले कसरी आफ्‍नो न्यायको कामद्वारा मानवजातिलाई शुद्ध पार्न र मुक्ति दिन सक्‍नुहुन्छ? हामी सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूमा यसको उत्तरहरू भेट्टाउन सक्छौं। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “आखिरी दिनहरूका ख्रीष्टले मानवलाई सिकाउन, मानवको सारलाई प्रकट गर्न, र मानवका शब्दहरू र कार्यहरूलाई जाँच गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानवको कर्तव्य, मानवले कसरी परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ, मानव कसरी परमेश्‍वरमा निष्ठावान् हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्‍वरको बुद्धि र स्वभाव, र यस्तै अन्य कुराहरू जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्‍वरलाई घृणाका साथ इन्कार गर्छ भनी प्रकट गर्ने वचनहरूलाई मानव कसरी शैतानको मूर्तरूप हो, र परमेश्‍वरका विरुद्धको शत्रुवत् दबाब हो भन्‍ने विषयमा बोलिएको हुन्छ। उहाँको न्यायको कामको अवधिमा, परमेश्‍वरले मानिसको प्रकृतिलाई एक-दुई वटा शब्‍दहरूले व्याख्या गर्नुहुन्‍न; उहाँले प्रकट गर्नुहुन्छ, निराकरण गर्नुहुन्छ र लामो समयसम्म काट-छाँट गर्नुहुन्छ। प्रकट गर्ने, निराकरण गर्ने, र छिँवल्ने यी सबै फरक-फरक तरिकाहरू सामान्य वचनहरूसँग साट्न सकिँदैन, तर यसको सत्यताबाट मानव पूर्ण रूपमा वञ्चित भएको हुन्छ। यी जस्ता तरिकाहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस किसिमको न्यायद्वारा मात्र मानव नियन्त्रणमा रहन सक्छ र परमेश्‍वरको बारेमा पूर्ण रूपमा विश्‍वस्त हुन्छ, र यसका साथसाथै परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्‍वरको साँचो मुहारलाई बुझ्नु र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई जान्नु हो। परमेश्‍वरको न्यायले मानवलाई परमेश्‍वरको इच्छा, र परमेश्‍वरको कार्यको उद्देश्य, उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गराउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सार, उसका भ्रष्टताका जडहरू पहिचान गर्न र जान्न, र साथसाथै मानवका कुरूपतालाई पत्ता लगाउनका लागि स्थान दिन्छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्‍वरमा विश्‍वास राख्नेहरू सबैका लागि परमेश्‍वरको सत्यता, बाटो, र जीवनलाई खोल्नु हो। यो काम परमेश्‍वरले गर्नुभएको न्यायको काम हो” (वचन देहमा देखा पर्नुहुन्छको “ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ”)।

कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको धार्मिक स्वभावको माध्यमबाट पूरा गरिन्छ। परमेश्‍वरको स्वभाव मुख्य रूपले धार्मिकता, क्रोध, महानता, न्याय र सरापले बनेको हुन्छ र उहाँले मानिसलाई मुख्य रूपले आफ्नो न्यायद्वारा सिद्ध बनाउनुहुन्छ। कति मानिसहरूले बुझ्दैनन्, र परमेश्‍वरले किन मानिसलाई न्याय र सरापद्वारा मात्र सिद्ध बनाउन सक्‍नुहुन्छ भनी प्रश्न गर्छ। तिनीहरू भन्छन्, ‘यदि परमेश्‍वरले मानिसलाई सराप्नुभयो भने, के मानिस मर्नेथिएन र? यदि परमेश्‍वरले मानिसलाई इन्साफ गर्नुभयो भने, के मानिस दोषी हुने थिएन? त्यसो भए ऊ कसरी अझै सिद्ध हुन सक्छ?’ यी ती मानिसहरूका कुरा हुन्, जसले परमेश्‍वरका कामहरूलाई जान्दैनन्। परमेश्‍वरले जुन कुरालाई सराप्नुहुन्छ त्यो मानिसको अनाज्ञाकारिता हो, र उहाँले जे कुराको न्याय गर्नुहुन्छ त्यो मानिसको पाप हो। उहाँ रूखो र कठोरता साथ बोल्नुहुने भए तापनि, उहाँले मानिसभित्र भएका सबै कुरा प्रकट गर्नुहुन्छ, उहाँले यी कठोर शब्दहरूद्वारा ती कुरा प्रकट गर्नुहुन्छ जुन मूल रूपमा मानिसभित्र हुन्छ, तापनि त्यस्तो न्यायद्वारा उहाँले मानिसलाई देहको सारको गहिरो ज्ञान दिनुहुन्छ, र यसैले मानिस परमेश्‍वरको सामु समर्पित हुन्छ” (वचन देहमा देखा पर्नुहुन्छको “कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्”)।

परमेश्‍वर भ्रष्ट मानव जातिलाई बचाउन पृथ्वीमा काम गर्न आउनुभएको छ; यसमा कुनै झूट छैन। यदि यो झूट थियो भने, निश्चय उहाँ व्यक्तिगत रूपले आफ्नो काम गर्न आउनुहुने थिएन। विगतमा, उहाँको मुक्तिको माध्यमहरूमा चरम प्रेम र दया देखाउने कार्य समावेश थियो, यहाँसम्म कि, उहाँले मानव जातिलाई सम्पूर्ण रूपमा प्राप्त गर्न शैतानलाई आफ्नो सबै कुरा दिनुभयो। वर्तमान विगतजस्तो अलिकति पनि छैन: आज तिमीहरूलाई दिइएको मुक्ति आखिरी दिनहरूमा, प्रत्येकलाई उसको प्रकारअनुसार वर्गीकरण गरिएको समयमा आउँछ; तिमीहरूको मुक्तिको माध्यम प्रेम वा करुणा होइन, तर त्यो सजाय र न्याय हो, यसैले कि मानिसले पूर्ण रूपमा मुक्ति पाओस्। यसैले, तिमीहरूले पाउने भनेको सजाय, न्याय र निर्दयी प्रहार मात्र हो, तर यो कुरा जान: यो निर्दयी प्रहारमा दण्ड अलिकति पनि छैन। मेरा वचनहरू जति नै कठोर भए पनि, तँमाथि आइपर्ने चाहिँ थोरै वचनहरू मात्र हुन् जुन तिमीहरूलाई निर्दयी लाग्‍न सक्छ, रम जति नै रिसाए पनि तिमीहरूमाथि बर्सिने भनेको मेरो शिक्षाका वचनहरू नै हुन्, मेरो उद्देश्य तिमीहरूको हानि गर्ने वा तिमीहरूलाई मार्ने होइन। के यो सबै तथ्य होइनन् र? यो जान् कि हिजोआज चाहे धार्मिक न्याय होस् वा निर्दयी शुद्धीकरण र सजाय होस्, सबै कुरा मुक्तिकै लागि हुन्। आज प्रत्येकलाई प्रकार अनुसार वर्गीकरण गरिए पनि वा मानिसका वर्गहरूलाई उदाङ्गो पारिए पनि, परमेश्‍वरका सबै वचनहरू र कामको उद्देश्य भनेको परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्नेहरूलाई मुक्ति दिनु नै हो। धर्मी न्याय मानिसलाई शुद्ध गर्नका लागि ल्याइन्छ, र निर्दयी शोधन तिनीहरूलाई शुद्ध पार्नका लागि गरिन्छ; कठोर वचनहरू वा ताडना, दुवै शुद्ध पार्नका लागि र मुक्तिको खातिर दिइन्छ” (वचन देहमा देखा पर्नुहुन्छको “तैंले प्रतिष्ठाका आशिष्‌हरूलाई पन्छ्याउनुपर्छ र मानिसको निम्ति मुक्ति ल्याउने परमेश्‍वरको इच्छालाई बुझ्‍नुपर्छ”)।

परमेश्‍वरका वचनहरू पढेपछि, के परमेश्‍वरले कसरी आफ्‍नो न्यायको काम गर्नुहुन्छ भन्‍ने विषयमा हामी अझै स्पष्ट भएनौं र? धेरैले परमेश्‍वरको कार्यलाई बुझ्दैनन्, त्यसकारण जब तिनीहरूले न्याय र सजायका वचनहरू देख्छन्, तब तिनीहरूले परमेश्‍वरले दोषी ठहराउनुहुने र दण्ड दिनुहुने बारेमा विचार गर्छन्। यो अत्यन्तै गलत कुरा हो। व्यवस्था अन्तर्गत, न्याय भनेको दण्डद्वारा व्यवहार नियन्त्रण गर्ने कार्य थियो, तर यो मानिसहरूको पापी प्रकृतिलाई सम्‍बोधन गर्ने कार्य थिएन। तर परमेश्‍वरको न्याय हाम्रो भित्री शैतानी प्रकृति र स्वभावलाई न्याय गर्न र प्रकट गर्नको लागि, त्यसपछि हामीलाई निराकरण गर्ने, अनुशासन, र जाँच गर्ने कार्य जस्ता सबै प्रकारका तरिकाहरूको प्रयोग गरी हामीलाई खुलासा गर्नको लागि सत्यता व्यक्त गर्ने कार्यसँग मुख्य रूपमा सम्‍बन्धित छ। यो, हामीले हाम्रो भ्रष्ट सारलाई, हाम्रो भ्रष्टताको वास्तविकतालाई पूर्ण रूपमा देख्‍न सकौं, त्यसपछि आफैलाई घृणा गर्न, देहलाई त्याग्‍न, सत्यतालाई अभ्यास गर्न, र साँचो रूपमा पश्‍चात्ताप गर्न सकौं भनेर हो। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूले मानिसको शैतानी स्वभाव, हाम्रो नीच मनसाय, भ्रष्ट अशुद्धता, र मूर्ख दृष्टिकोणहरूलाई तीक्ष्‍णताको साथ प्रकट गर्छन्। परमेश्‍वरका वचनहरूको न्यायको सामना गरेपछि, हामी के देख्छौं भने, हामी हाम्रो विश्‍वासमा आशिषहरूको निम्ति भोकाएका मात्रै छौं, र हामीमा परमेश्‍वरप्रति कुनै इमानदारीता हुँदैन। हामीले सानो त्याग गर्छौं, थोरै मूल्य चुकाउँछौं अनि हामी परमेश्‍वरको अनुग्रह र राज्य प्रवेशको हकदार हौं भन्‍ने विचार गर्छौं। तर परीक्षाहरूको सामना गर्दा, हामी परमेश्‍वरलाई दोष दिन्छौं र उहाँसँग तर्क गर्छौं, र उप्रान्त उहाँको निम्ति काम समेत गर्न चाहँदैनौं। उहाँप्रति हामीसँग कुनै आज्ञापालन हुँदैन। हामीसँग अवश्य नै सत्यताको वास्तविकताको अभाव छ, तर हामी आफूलाई प्रदर्शन गर्न र आदर प्राप्त गर्न धर्मसिद्धान्तहरूमा लागिरहन्छौं हामीले सधैँ हाम्रो प्रतिष्ठा र हैसियतको रक्षा गरिरहेका हुन्छौं, र अरूको दृष्टिकोण सत्यता अनुरूप छ भन्‍ने थाहा भए पनि हामी अरूसँग सहमत हुन मान्दैनौं। हामी अहङ्कारी, जिद्दी छौं, र हामीमा सबै मानवता र तर्क-शक्तिको कमी छ। परमेश्‍वरका वचनहरूको न्यायद्वारा शैतानले हामीलाई कति गहन रूपमा भ्रष्ट तुल्याएको छ, अनि हामी अहङ्कार, धूर्त, र दुष्ट छौं, र हामी दुष्टको जीवित प्रकटीकरण हौं भन्‍ने देख्छौं। हाम्रो लुक्‍ने ठाउँ कहीँ छैन र हामीलाई लज्‍जित महसुस हुन्छ। पछुतोले भरिएर, हामी प्रार्थना गर्छौं र आफैलाई सराप्छौं, र हामी हाम्रो शैतानी भ्रष्टतामा जिउन छोड्न चाहन्छौं। हामीले परमेश्‍वरको धार्मिकता र पवित्रतालाई, अनि परमेश्‍वरले हामीलाई जाँच गर्नुहुनेछ र हामीसँग भएको कुनै पनि भ्रष्टतालाई खुलासा गर्नुहुनेछ, उहाँको स्वभाव उल्‍लङ्घन गर्न नसकिने छ, र हामीले पश्‍चात्ताप गरेनौं र हामी परिवर्तन भएनौं भने, हामी दण्डित हुने निश्‍चित छ भन्‍ने कुरालाई पनि अनुभव गर्छौं। त्यसपछि हामी परमेश्‍वरप्रति श्रद्धाभावको विकास गर्छौं। धेरै पटक न्याय, सजाय, काटछाँट, निराकरण, जाँच र शोधनमा परिसकेपछि, हाम्रा भ्रष्ट स्वभावहरू क्रमिक रूपमा धोइन्छन् र परिवर्तन हुन्छन्। हामी अझै बढी नम्र हुन्छौं, बोलीवचन र व्यवहारमा अझै बढी तर्कशील हुन्छौं। सत्यता अनुसारको कुनै पनि कुरालाई हामी स्वीकार गर्छौं र मान्छौं, चाहे त्यो जोसुकैबाट आएको होस्, र हाम्रो कर्तव्यमा निकै थोरै अशुद्धता हुन्छ। परमेश्‍वरका आशिष्‌हरू पाए पनि नपाए पनि, र हाम्रो अन्तिम परिणाम र गन्तव्य जेसुकै भए पनि, हामी परमेश्‍वरमा खुशीसाथ समर्पित हुन्छौं र सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्छौं। सर्वशक्तिमान्‌ परमेश्‍वरको न्यायद्वारा, हामी बल्‍ल पापबाट मुक्त हुन सक्छौं, साँचो मानव रूपमा जिउन र साँचो स्वतन्त्रता प्राप्त गर्न सक्छौं। परमेश्‍वरको न्याय र सजाय साँच्‍चै नै मानवजातिप्रतिको उहाँको सबैभन्दा ठूलो प्रेम र मुक्ति हो! यसविना, हामीले कहिल्यै पनि आफूलाई चिन्‍नेथिएनौं, र हामीले हाम्रो भ्रष्टताको सत्यतालाई कहिल्यै पनि देख्‍न सक्‍नेथिएनौं। हामी हाम्रो सपनामा नै जिइरहेका हुनेथियौं, र हाम्रो पाप क्षमा गरिएको छ त्यसकारण हामीसँग राज्यमा प्रवेश गर्ने अधिकार छ भनेर सोच्दै, प्रभु हामीलाई उहाँका आशिषहरूमा आनन्द लिन उठाइलैजान आउनुहुनेछ भनेर प्रतीक्षा गरिरहेका हुनेथियौं। त्यो साँच्‍चै नै अज्ञानता र लाज विहीनता हो। हामीले साँचो रूपमा नै के अनुभव गरेका छौं भने सर्वशक्तिमान्‌ परमेश्‍वरको न्याय र सजाय भ्रष्टता त्याग्‍ने, शुद्ध हुने, र राज्यमा प्रवेश गर्ने एउटै मात्र उपाय हो। के भन्‍न सकिन्छ भने, सर्वशक्तिमान्‌ परमेश्‍वरको न्याय नै हामी पापबाट मुक्त हुन सक्‍ने, परमेश्‍वरद्वारा पूर्ण रूपमा मुक्ति प्राप्त गर्न सक्‍ने, र राज्यमा प्रवेश गर्न सक्‍ने एउटै मात्र मार्ग हो। यो सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूले भनेजस्तै हो, “आफ्‍नो जीवनमा, यदि मानिस शुद्ध पारिन चाहन्छ र आफ्‍नो स्वभावमा परिवर्तन प्राप्त गर्न चाहन्छ भने, यदि उ अर्थपूर्ण जीवन जिउन र प्राणीको रूपमा रहेको आफ्‍नो कर्तव्य पूरा गर्न चाहन्छ भने, उसले परमेश्‍वरको सजाय र न्यायलाई स्वीकार गर्नैपर्छ, र आफूबाट परमेश्‍वरको अनुशासन र परमेश्‍वरको प्रहारलाई टाढा जान दिनु हुँदैन, ताकि उसले आफैलाई शैतानको चालबाजी र प्रभावबाट स्वतन्त्र गर्न सकोस्, र ऊ परमेश्‍वरको ज्योतिमा जिउन सकोस्। परमेश्‍वरको सजाय र न्याय नै ज्योति, र मानिसको मुक्तिको ज्योति हो, र मानिसको लागि योभन्दा उत्तम आशिष, अनुग्रह वा सुरक्षा कुनै छैन भन्ने जान” (वचन देहमा देखा पर्नुहुन्छको “पत्रुसका अनुभवहरू: सजाय र न्याय सम्‍बन्धी उनको ज्ञान”)।

सर्वशक्तिमान्‌ परमेश्‍वरले आखिरी दिनहरूको न्यायको काम सुरु गर्नुभएको तीन दशक भइसक्यो। परमेश्‍वरका चुनिएका धेरै मानिसहरू यसबाट गुज्रिरहेका छन्, र क्रमिक रूपमा भ्रष्टताबाट मुक्त भएर धोइएका छन्, र विपत्तिहरूभन्दा अघि विजेताहरूको समूह निर्माण गरिएको छ। तिनीहरूसँग पापबाट उम्केको र मुक्ति पाएको सम्‍बन्धी सुन्दर गवाही छ, जस्तै सतावट र कठिनाइद्वारा शैतानलाई पराजित गरेको, परमेश्‍वरका वचनहरूको न्याय र सजायद्वारा साँचो रूपमा पश्‍चात्ताप गरेको, सत्यताको अभ्यास गरेको र इमानदार व्यक्ति बनेको, परीक्षा र शोधनहरूद्वारा परमेश्‍वरमा समर्पित भएको, र इत्यादि। यी गवाहीहरूलाई भिडियोहरूमा उतारेर अनलाइन उपलब्‍ध गराइएका छन्, र यीद्वारा परमेश्‍वरको आखिरी दिनहरूको कार्यको बारेमा संसारलाई गवाही दिइएको छ, ताकि सबै जना आफ्‍नो आँखा खोल्‍न र पूर्ण रूपमा विश्‍वस्त हुन सकून्। सत्यतालाई प्रेम गर्ने हरेक देश र हरेक सम्प्रदायका धेरैभन्दा धेरै मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूमा परमेश्‍वरको आवाज पहिचान गरेर परमेश्‍वरको सिंहासन अघि आइरहेका छन्। राज्यको सुसमाचार विश्‍वभरि फैलिरहेको छ र यसले सानदार फल फलाउन लागेको छ। स्पष्‍टै छ, उहाँको घरबाट सुरु हुने परमेश्‍वरको आखिरी दिनहरूको न्यायको काम पूरा भइरहेको छ। विपत्तिहरू बर्सिन थालिसकेका छन्, र आँखा भएको जो-कोहीले ठूला-ठूला विपत्तिहरू सुरु भइसकेका छन् भनेर देख्‍न सक्छन्। सर्वशक्तिमान्‌ परमेश्‍वरको न्यायलाई स्वीकार गर्ने र आफ्‍नो भ्रष्टतालाई धुनेहरूलाई विपत्तिहरूमा सुरक्षा गरिनेछ र तिनीहरू परमेश्‍वरको राज्यमा प्रवेश गर्नेछन्। सत्यता र परमेश्‍वरको न्याय वा शुद्धीकरणलाई स्वीकार नगरिकन, आशिष्‌हरू र राज्यमा प्रवेश गर्ने बारेमा मात्रै विचार गर्नेहरू परमेश्‍वरको आखिरी दिनहरूको कार्यले खुलासा गर्ने सामाहरू र गैर-विश्‍वासीहरू हुन्। परमेश्‍वरले पहिले नै तिनीहरूलाई दोषी ठहर्याइसक्‍नुभएको छ, र विपत्तिहरू आएपछि तिनीहरू नरकमा झर्नेछन् र दण्डित हुनेछन्। यसले सर्वशक्तिमान्‌ परमेश्‍वरका यी वचनहरूलाई पूरा गर्छ: “जब येशू स्वर्गबाट सेतो बादलमा आउनुभएको तिमीहरूका आफ्नै आँखाले देख्छौ, यो धार्मिकताको सूर्यको सार्वजनिक देखा पर्ने घटना हुनेछ। सायद त्यो क्षण तेरो निम्ति ठूलो उल्लासको समय हुन सक्छ, तैपनि येशू स्वर्गबाट ओर्लनुभएको देख्ने समय दण्ड भोग्नलाई तँ नरक जाने बेला पनि हो भन्ने तैँले जान्नुपर्छ। त्यो परमेश्‍वरको व्यवस्थापन योजनाको अन्तको समय हुनेछ, अनि यो परमेश्‍वरले असललाई इनाम र दुष्टलाई दण्ड दिने समय हुनेछ। सत्यताको अभिव्यक्ति मात्र हुँदा मानिसले चिन्हहरू देख्नु अघि नै परमेश्‍वरको न्याय अन्त भइसकेको हुनेछ। सत्यता स्वीकार गर्नेहरू, चिन्हहरू नखोज्नेहरू र यसरी शुद्ध पारिएकाहरू, परमेश्‍वरको सिंहासन सामु फर्केका र सृष्टिकर्ताको अंगालोमा प्रवेश गरेका हुनेछन्। ‘सेतो बादलमा सवार नहुने येशू झुटो ख्रीष्ट हो’ भन्ने विश्‍वासमा अड्डी कस्नेहरू अनन्त दण्डको भागीदार हुनेछन्, किनभने तिनीहरूले चिन्ह प्रदर्शन गर्ने येशूमा मात्र विश्‍वास गर्छन्, तर कठोर न्याय घोषणा गर्नुहुने येशू र साँचो मार्ग र जीवनको निकास दिनुहुने येशूलाई स्वीकार गर्दैनन्। यसो मात्र हुन सक्छ, कि सेतो बादलमा येशूको आगमन खुल्ला रूपमा हुँदा नै उहाँले तिनीहरूलाई निराकरण गर्नुहुनेछ। तिनीहरू अति हट्ठी, आफैमा अति दृढ, अति अहङ्कारी छन्। यस्ता भ्रष्टहरूलाई येशूले कसरी इनाम दिन सक्नुहुन्थ्यो?” (वचन देहमा देखा पर्नुहुन्छको “तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्‍नुभएको हुनेछ”)।

आखिरी दिनहरूको अवधिमा परमेश्‍वरको न्याय र सजायको कामको अवधिमा—अर्थात्, शुद्धीकरणको अन्तिम कार्यको अवधिमा—दृढ रूपमा खडा रहन सक्‍नेहरू नै परमेश्‍वरसँगै अन्तिम विश्रामभित्र प्रवेश गर्नेहरू हुनेछन्; त्यस्तै, विश्राममा प्रवेश गर्नेहरू सबै शैतानको प्रभावलाई तोडेर मुक्त भएका र परमेश्‍वरको शुद्धीकरणको अन्तिम कार्य भएर गुज्रिएपछि परमेश्‍वरद्वारा हासिल गरिएकाहरू हुनेछन्। अन्तमा परमेश्‍वरद्वारा हासिल गरिने यी मानव अन्तिम विश्राममा प्रवेश गर्नेछन्। परमेश्‍वरको सजाय र न्यायको कामको मूलभूत उद्देश्य मानवजातिको शुद्धीकरण गर्नु र तिनीहरूलाई आफ्‍नो अन्तिम विश्रामको निम्ति तयारी गर्नु हो; यस्तो शुद्धीकरणविना, कुनै पनि मानवजाति किसिम बमोजिमका फरक वर्गहरूमा वर्गीकरण गर्न वा विश्राममा प्रवेश गर्न सक्दैन। यो काम विश्राममा प्रवेश गर्ने मानवजातिको एक मात्र मार्ग हो। परमेश्‍वरको शुद्धीकरणको कार्यले मात्र मानवलाई उनीहरूको अधर्मबाट शुद्ध पार्नेछ, र उहाँको सजाय र न्यायको कार्यले मात्र मानवजातिका ती अनाज्ञाकारी तत्त्वहरूलाई ज्योतिमा ल्याउनेछ, त्यसैद्वारा मुक्त गर्न सकिनेलाई मुक्त गर्न नसकिनेबाट र टिक्नेहरूलाई नटिक्नेहरूबाट अलग गरिनेछ। जब यो काम समाप्‍त हुन्छ, तब ती टिक्न दिइएकाहरू सबैलाई शुद्ध पारिनेछ र तिनीहरू मानवजातिको अझ उच्च अवस्थामा प्रवेश गर्नेछन् जसमा तिनीहरूले पृथ्वीमा अझ आश्‍चर्यजनक दोस्रो मानव जीवनको आनन्द लिनेछन्; अर्को शब्दमा, तिनीहरूले मानव विश्रामको दिन सुरुवात गर्नेछन् र परमेश्‍वरसँगै रहनेछन्। त्यसपछि, ती टिक्न नदिइएकाहरूलाई सजाय दिइनेछ र न्याय गरिनेछ, तिनीहरूको साँचो रूप-रङ्ग पूर्ण रूपमा प्रकट गरिनेछ, त्यसपछि, तिनीहरू सबैलाई नष्ट पारिनेछ र शैतानलाई झैँ तिनीहरूलाई पनि पृथ्वीमा बाँच्न दिइनेछैन। भविष्यको मानवजातिमा यस्ता कुनै किसिमका मानिसहरू पर्नेछैनन्; यस्ता मानिसहरू चरम विश्रामको मुलुकमा प्रवेश गर्न योग्यका हुँदैनन्, न त तिनीहरू परमेश्‍वर र मानवजाति संलग्न हुने विश्रामको दिनमा नै सहभागी हुन योग्यका हुन्छन्, किनभने उनीहरू दण्डका निशानाहरू हुन् र दुष्ट र अधर्मी मानिसहरू हुन्। … दुष्टलाई दण्ड दिने र असललाई इनाम दिने परमेश्‍वरको कामको समग्र उद्देश्य भनेको नै सबै मानवलाई पूर्ण रूपमा शुद्ध पार्नु हो, ताकि उहाँले अनन्त विश्राममा विशुद्ध रूपमा पवित्र मानवजातिलाई ल्याउन सक्नुभएको होस्। यस चरणको उहाँको काम सबैभन्दा महत्त्वपूर्ण छ; यो नै उहाँको समग्र व्यवस्थापन कार्यको अन्तिम चरण हो” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्”)।

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

किन हामीले परमेश्‍वरको आवाज सुनेर मात्रै प्रभुलाई स्वागत गर्न सक्छौं?

अहिले, सबै विश्‍वासीहरू प्रभु येशू बादलमा आउनुहुन्छ भनेर उत्कट इच्‍छा गरिरहेका छन्, किनभने विपत्तिहरू झन्-झन् गम्‍भीर हुँदै गइरहेका छन् र...

जब मुक्तिदाता आउनुहुन्छ, के उहाँलाई अझै पनि येशू नै भनिनेछ?

आखिरी दिनहरूमा, मुक्तिदाता सर्वशक्तिमान् परमेश्‍वर पहिले नै पृथ्वीमा आएर सत्यता व्यक्त गरिरहनुभएको छ, यसरी मानवजातिलाई पूर्ण मुक्ति दिन...

प्रभु येशूले क्रूसमा “यो सकियो” भनी भन्‍नुहुँदा उहाँले वास्तवमा के भन्‍नुभएको हो?

इसाईहरूले के विश्‍वास गर्छन् भने प्रभु येशूले क्रूसमा “यो सकियो” भनी भन्‍नुहुँदा, उहाँले मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको काम समाप्त भयो...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्