परमेश्‍वरले पूर्ण रूपमा मानवजातिको अस्तित्वको खातिर नै सबै थोकको सृष्टि, शासन, र व्यवस्थापन गर्नुहुन्छ

13 अगस्ट 2021

मैले भर्खरै बताएका दुई कथाहरू विषयवस्तु र अभिव्यक्तिको शैलीको हिसाबमा केही अनौठा भए पनि, तिनीहरूलाई केही विशेष शैलीमा बताइएको भए पनि, तिनीहरू तिमीहरूलाई अलि गहन कुरा प्राप्त गर्न र स्वीकार गर्न मद्दत गर्नको लागि सिधा भाषा र सरल विधि प्रयोग गर्ने मेरो प्रयासहरू थिए। यो मेरो आफ्नै लक्ष्य थियो। यी साना कथाहरूमा र तिनीहरूले चित्रित गर्ने तस्विरहरूमा, म तिमीहरूले परमेश्‍वर सबै सृष्टिमाथिका सार्वभौम प्रभु हुनुहुन्छ भनी हेर भन्ने चाहन्थेँ। यी कथाहरू भन्नुको लक्ष्य भनेको तिमीहरूलाई कथाको सीमित दायराभित्र परमेश्‍वरका असीमित कार्यहरू देख्ने र जान्ने तुल्याउनु ‍हो। तिमीहरूले कहिले आफूमा यो नतिजालाई वास्तविकतामा बदल्नेछौ र हासिल गर्नेछौ भन्ने सवालमा—त्यो कुरा तिमीहरूका आफ्नै अनुभवहरू र तिमीहरूको आफ्नै खोजीमा निर्भर रहन्छ। यदि तँ सत्यताको खोजी गर्ने र परमेश्‍वरलाई चिन्न चाहने व्यक्ति होस् भने, यी कुराहरूले अझ मजबुत स्मारकको काम गर्नेछन्; तिनीहरूले तँलाई यस्तो गहन चेतना अर्थात् तेरो बुझाइमा स्पष्टता प्रदान गर्नेछन् जुन क्रमिक रूपमा परमेश्‍वरका वास्तविक कार्यहरूतर्फ खिचिइनेछन् जुन दूरी र त्रुटिविनाको निकटता हुनेछ। तैपनि, यदि तँ परमेश्‍वरलाई चिन्‍न खोज्ने व्यक्ति होइनस् भने, यी कथाहरूले तँलाई कुनै पनि हानि पुर्‍याउन सक्दैनन्। तिनीहरूलाई केवल साँचो कथा मान्दा हुन्छ।

परमेश्‍वरले पूर्ण रूपमा मानवजातिको अस्तित्वको खातिर नै सबै थोकको सृष्टि, शासन, र व्यवस्थापन गर्नुहुन्छ

के तिमीहरूले यी दुई कथाहरूबाट कुनै बुझाइ हासिल गरेका छौ? सबभन्दा पहिले, के यी दुई कथाहरू मानवजातिको लागि परमेश्‍वरका सरोकारहरूसम्बन्धी हाम्रो अघिल्लो छलफलभन्दा बिलकुल फरक थिए? के त्यसमा कुनै अन्तर्निहित सम्बन्ध छ? के यी दुई कथाहरूभित्र हामीले परमेश्‍वरका कार्यहरू र उहाँले मानवजातिको लागि योजना गर्नुहुने हरेक कुरामा उहाँले गर्नुहुने विस्तृत सोचविचार देख्छौ भन्ने कुरा साँचो हो? के परमेश्‍वरले गर्नुहुने सबै कुरा र उहाँले सोच्नुहुने सबै कुरा मानवजातिको अस्तित्वको लागि हो भन्ने कुरा साँचो हो? (हो।) के मानवजातिको लागि परमेश्‍वरको होसियारीपूर्ण सोच र चिन्तन एकदमै स्पष्ट छैन र? मानिसहरूले केही पनि गर्न जरुरी छैन। परमेश्‍वरले मानिसहरूको लागि हावा तयार गर्नुभएको छ—तिनीहरूले गर्नुपर्ने भनेको त सास फेर्नु मात्र हो। तिनीहरूले खाने सागसब्जी र फलफूलहरू सहजै उपलब्ध हुन्छन्। उत्तरदेखि दक्षिणसम्म, पूर्वदेखि पश्चिमसम्म, हरेक क्षेत्रको आफ्नै प्राकृतिक स्रोत-साधनहरू छन्। विभिन्न क्षेत्रीय बाली र फलफूल र सागसब्जीहरू सबै नै परमेश्‍वरले तयार गर्नुभएको छ। बृहत् वातावरणमा परमेश्‍वरले सबै थोकलाई परस्पर सुदृढीकरण गर्ने, अन्तर्निर्भर रहने, परस्पर मजबुतीकरण गर्ने, परस्पर प्रतिरोध गर्ने, र सह-अस्तित्वमा रहने बनाउनुभयो। यो यावत् थोकको जीवन र अस्तित्व कायम गर्ने उहाँको विधि र उहाँको शासन हो; यस तरिकाले, मानवजाति आजका दिनसम्म पनि यो सजीव वातावरणमा सुरक्षित र शान्त रूपले वृद्धि हुन सकेको छ, एक पुस्तादेखि अर्को पुस्तामा वंश-वृद्धि गर्न सकेको छ। भन्नुको अर्थ, परमेश्‍वरले प्राकृतिक वातावरणमा सन्तुलन ल्याउनुहुन्छ। यदि परमेश्‍वर सार्वभौम हुनुहुन्नथियो र उहाँ नियन्त्रणकारी भूमिकामा हुनुहुन्नथ्यो भने, यो वातावरण परमेश्‍वरद्वारा नै सृष्टि गरिएको थियो भने पनि यसलाई सम्हाल्न वा सन्तुलनमा राख्ने कार्य कसैको वशमा हुँदैनथियो। केही स्थानहरूमा, हावा नै छैन, र मानवजाति त्यस्ता ठाउँहरूमा बाँच्न सक्दैन। परमेश्‍वरले तँलाई त्यहाँ जान अनुमति दिनुहुन्न। त्यसकारण, उचित सीमाभन्दा पर नजाओ। यो कुरा मानवजातिको सुरक्षाको लागि हो—भित्र-भित्रै रहस्यहरू छन्। वातावरणको हरेक पक्ष, पृथ्वीको लम्बाइ र चौडाइ, पृथ्वीका हरेक प्राणी—सजीव र निर्जीव दुवै—सबै नै परमेश्‍वरले अग्रिम रूपमा परिकल्पना गर्नुभएको र तयार गर्नुभएको थियो। किन यो कुरा आवश्यक छ त? किन त्यो कुरा अनावश्यक छ त? यो कुरा यहाँ हुनुको उद्देश्य के हो र किन त्यो कुराचाहिँ त्यहाँ जानुपर्छ त? यी सबै प्रश्नहरूको बारेमा परमेश्‍वरले पहिले नै सोचिसक्नुभएको थियो, र यी प्रश्नहरूको बारेमा मानिसहरूले सोच्नु कुनै आवश्यक छैन। केही मूर्ख मानिसहरू छन् जो सधैँ हिमाललाई सार्न पाए हुन्थ्यो भनेर सोच्छन्, बरु त्यसको साटो, तराईमा सर्दा हुँदैन र? यदि तँलाई हिमाल मन पर्दैन भने, किन तँ तिनीहरूको छेउछाउ बसोबास गर्छस्? के त्यो मूर्खता होइन र? यदि तैँले त्यो हिमाललाई सारिस् भने के हुन्थ्यो होला? हुरी-बतास र विशाल छालहरू आउँथे, अनि मानिसहरूका घरहरू विनाश हुन्थे। के त्यो मुर्ख्याइँ हुँदैनथियो र? मानिसहरू केवल विनाश गर्न मात्र सक्षम छन्। तिनीहरूले आफूले बसोबास गर्नुपर्ने एउटै ठाउँलाई पनि सम्हाल्न सक्दैनन्, तर पनि तिनीहरू यावत् थोकको भरणपोषण गर्न चाहन्छन्। यो असम्भव छ।

परमेश्‍वरले मानवजातिलाई सब थोकको व्यवस्थापन गर्न र तिनीहरूमाथि प्रभुत्व कायम राख्न दिनुहुन्छ, तर के मानिसले राम्रो काम गर्छ त? मानिसले उसले सक्नेजति जुनसुकै कुरा पनि विनाश गर्छ। उसले उसको लागि परमेश्‍वरले बनाउनुभएको कुनै पनि कुरालाई त्यसको मौलिक अवस्थामा राख्न सक्दैन—उसले उल्टो काम गरेको छ र परमेश्‍वरको सृष्टिको विनाश गरेको छ। मानवजातिले हिमालहरूलाई सारेका छन्, समुद्रबाट जग्गा निकालेका छन्, र तराईहरूलाई मानिस बस्नै नसक्ने मरुभूमिमा परिणत गरेका छन्। अझै, तिनीहरूले ती मरुभूमिमा उद्योग र परमाणुको आधार क्षेत्र बनाएका छन् र यसरी जताततै विनाशको बीउ रोपेका छन्। अब, नदीहरू नदी रहेनन्, समुद्र पनि समुद्र रहेन…। मानिसले प्राकृतिक वातावरण र यसका नियम-व्यवस्थाहरू भङ्ग गरिसकेपछि, उसको विपत्ति र मृत्युको दिन त्यति टाढा हुँदैन; यो अपरिहार्य हुन्छ। जब विपत्ति आउँछ, तब मानवजातिले उसको लागि परमेश्‍वरले बनाउनुभएका हरेक कुरा कति मूल्यवान् छन् र तिनीहरू मानवजातिको लागि कति महत्त्वपूर्ण छन् भन्ने कुरा जान्नेछ। मानिसको लागि, समयमै हावा र वर्षाहरू आउने वातावरणमा बस्नु स्वर्गमा बस्नु जस्तै हो। मानिसहरूले यो एक आशिष् हो भन्ने कुरालाई महसुस गर्दैनन्, तिनीहरूले यसलाई गुमाएको क्षण, तिनीहरूले यो कति दुर्लभ र अमूल्य छ भनी देख्नेछन्। अनि यो हराइसकेपछि, यसलाई कसरी फिर्ता पाउन सकिन्छ र? यदि परमेश्‍वर यसलाई पुनः सृष्टि गर्न इच्छुक हुनुभएन भने, मानिसहरूले के गर्न सक्थे र? के तैँले गर्न सक्ने कुनै कुरा छ र? (छैन,‍ कुनै कुरा छैन।) वास्तवमा, तैँले गर्न सक्ने केही कुरा छ। यो एकदमै सरल छ—जब म तिमीहरूलाई यो के हो भनेर बताउँछु, तब तत्कालै तिमीहरूले यो सम्‍भव छ भन्‍ने जान्नेछौ। मानिसले आफैलाई उसको अस्तित्वको वर्तमान अवस्थामा कसरी पुर्‍याएको छ? के यो उसको लोभ र विनाशको कारणले भएको हो? यदि मानिसले यो विनाशलाई अन्त्य गर्छ भने, के उसको जिउने वातावरण क्रमिक रूपमा आफै सही हुनेछैन र? यदि परमेश्‍वरले केही पनि गर्नुहुन्न, यदि परमेश्‍वर मानवजातिको लागि अबउप्रान्त केही पनि गर्न चाहनुहुन्न भने—भन्नुको मतलब, यदि उहाँले यस मामिलामा कुनै हस्तक्षेप गर्नुहुन्न भने—मानवजातिको सर्वश्रेष्ठ समाधान भनेको सबै विनाशलाई रोक्नु र तिनीहरू जिउने वातावरणलाई प्राकृतिक अवस्थामा फर्कन दिनु नै हुनेथियो। यी सबै विनाशको अन्त्य गर्नु भनेको परमेश्‍वरले सृष्टि गर्नुभएका कुराहरूको लुटपाट र विध्वंसको अन्त्य गर्नु हो। यसो गर्नाले मानिस बसोबास गर्ने वातावरण क्रमिक रूपमा सुधार भई पूर्वावस्थामा फर्कन्थ्यो जबकि यसो गर्न नसक्दा यसको परिणामस्वरूप जीवनको लागि झन् घिनलाग्दो वातावरण पैदा हुन्थ्यो जसको विनाश समयसँगै अझ चाँडो हुन्थ्यो। के मेरो समाधान सरल छ? यो सरल र सम्भव छ, होइन र? वास्तवमै सरल र केही मानिसहरूको लागि सम्भव छ—तर के पृथ्वीका अधिकांश मानिसहरूको लागि यो सम्भव छ त? (यो सम्भव छैन।) तिमीहरूको लागि, कम्तीमा पनि, के यो सम्भव छ? (छ।) कुन कुराले तिमीहरूलाई “छ” भन्न लगाउँछ? के यो परमेश्‍वरका कार्यहरूबारेको बुझाइको जगबाट आउँछ भनेर भन्न सकिन्छ? के यसको सर्त भनेको परमेश्‍वरको सार्वभौमिकता र योजनाप्रतिको आज्ञाकारिता हो भनेर भन्न सकिन्छ? (सकिन्छ।) परिस्थिति बदल्ने तरिकाहरू छन्, तर त्यो कुरा हामीले अहिले छलफल गर्दै गरेको विषय होइन। परमेश्‍वर प्रत्येक मानव जीवनको लागि उत्तरदायी हुनुहुन्छ र उहाँ अन्त्यसम्म नै उत्तरदायी हुनुहुन्छ। परमेश्‍वरले तेरो भरणपोषण गर्नुहुन्छ, र यदि शैतानद्वारा विनाश गरिएको यो वातावरणमा तँलाई बिरामी पारिएको वा प्रदूषित गरिएको, वा अपवित्र तुल्याइएको भए पनि—परमेश्‍वरले तेरो भरणपोषण गर्नुहुन्छ, र तँलाई निरन्तर जिउन दिनुहुन्छ। के तँलाई यस कुरामा विश्‍वास छ? (छ।) परमेश्‍वरले हल्का रूपले कुनै पनि मानिसलाई मर्न दिनुहुन्न।

के अब तैँले परमेश्‍वरलाई यावत् थोकको जीवनको स्रोतको रूपमा पहिचान गर्नुको महत्त्वको बारेमा केही अनुभूति गर्न सकेको छस्? (हो, मैले सकेको छु।) तिमीहरूसँग कस्तो अनुभूति छ? मलाई भन। (विगतमा, हामीले कहिल्यै पनि हिमाल, समुद्र र तालहरूलाई परमेश्‍वरको कार्यद्वारा जोड्ने बारेमा सोचेका थिएनौं। आजको परमेश्‍वरको सङ्गति नसुनुन्जेलसम्म, हामीले यी कुराहरूभित्र परमेश्‍वरका कार्यहरू र बुद्धि हुन्छन् भन्ने बुझेका थिएनौं; हामीले देख्यौं कि जब परमेश्‍वरले यावत् थोकको सृष्टि गर्न थाल्नुभयो, तब उहाँले हरेक थोकमा पहिले नै नियति र उहाँको असल शुभेच्छा राखिसक्नुभएको थियो। सबै थोक परस्पर सुदृढीकरण र अन्तर्निर्भरतामा रहन्छन्, र अन्तिम हिताधिकारी मानवजाति नै हुन्। आज हामीले जे सुन्यौं त्यो एकदमै ताजा र नयाँ लाग्यो—हामीले परमेश्‍वरका कार्यहरू कति वास्तविक रहेछन् भन्ने अनुभूति गर्‍यौं। वास्तविक संसारमा, हाम्रो दैनिक जीवनमा, र हामीले सबै थोकको सामना गर्दा, हामीले यो यस्तै हुन्छ भन्ने देख्छौं।) तिमीहरूले साँचो रूपमा देखेका छौ, छैनौ त? परमेश्‍वरले कुनै उत्कृष्ट जगविना मानवजातिलाई भरणपोषण गर्नुहुन्न; उहाँको भरणपोषण केवल केही छोटा वचनहरू मात्र होइनन्। परमेश्‍वरले यति धेरै काम-कुराहरू गर्नुभएको छ, र तैँले नदेख्ने कुराहरू समेत सबै तेरो फाइदाका लगि हुन्छन्। मानिस यो वातावरणमा जिउँछ, परमेश्‍वरले सृष्टि गर्नुभएका यावत् थोकहरूका बीचमा जिउँछ, जहाँ मानिसहरू र यावत् थोकहरू एक-अर्कामा निर्भर रहन्छन्। उदाहरणको लागि, वनस्पतिहरूले सास फेरेर वायुहरू बाहिर निकाल्छन् र हावालाई शुद्ध पार्छन् र मानिसहरूले त्यो शुद्ध हावा सास फेर्छन् र यसबाट फाइदा लिन्छन्; तैपनि केही वनस्पतिहरू मानिसहरूको लागि विषालु हुन्छन् जबकि अन्य वनस्पतिहरूले विषालु वनस्पतिहरूलाई निष्प्रभावी तुल्याउँछन्। यो परमेश्‍वरको सृष्टिको सानदार पक्ष हो। तर यो विषयलाई अहिलेको लागि यहीँ छोडौं; आज, हाम्रो छलफल मुख्य रूपमा मानिस र सृष्टिका अन्य कुराहरूबीचको सह-अस्तित्वको बारेमा थियो, जुनविना मानिस बाँच्न सक्दैन। परमेश्‍वरले यावत् थोक सृष्टि गर्नुको महत्त्व के छ? मानिस सृष्टिका बाँकी कुराहरूविना बाँच्न सक्दैन, त्यसरी नै जसरी मानिसलाई बाँच्नको लागि हावा चाहिन्छ—यदि तँलाई हावारहित शून्य ठाउँमा राखियो भने तँ चाँडै नै मर्नेथिइस्। यो एकदमै सरल सिद्धान्त हो जसले मानिस सृष्टिका बाँकी कुराहरूविना एकलै बाँच्न सक्दैन भन्ने देखाउँछ। त्यसो भए, यावत् थोकहरूप्रति मानिसहरूको आचरण कस्तो हुनुपर्छ त? यस्तो आचरण हुनुपर्छ, जसले तिनीहरूलाई मूल्यवान् ठान्छ, तिनीहरूलाई संरक्षण गर्छ, तिनीहरूको कुशल प्रयोग गर्छ, तिनीहरूलाई विनाश गर्दैन, तिनीहरूलाई खेर फाल्दैन, र लापरवाही परिवर्तन गर्दैन, किनभने सबै थोक परमेश्‍वरबाट आएका हुन्, सबै थोक मानवजातिको लागि उहाँको भरणपोषण हुन्, र मानवजातिले तिनीहरूलाई विवेकपूर्ण रूपले व्यवहार गर्नुपर्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय ७” बाट उद्धृत गरिएको

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरले मानवजातिको जीवनको निम्ति सृष्टि गर्नुहुने आधारभूत वातावरण: हावा

सर्वप्रथम, मानिसले सास फेर्न सकोस् भनेर परमेश्‍वरले हावाको सृष्टि गर्नुभयो। हावा मानवजातिले दैनिक रूपमा सम्पर्क गर्न सक्‍ने पदार्थ हो र यो...

परमेश्‍वरले मानवजातिको जीवनको निम्ति सृष्टि गर्नुहुने आधारभूत वातावरण: वायु-प्रवाह

पाँचौ कुरा के हो? यो कुरा हरेक व्यक्तिको प्रत्येक दिनसँग घनिष्ट रूपमा सम्बन्धित छ। मानव जीवनसँग यसको सम्बन्ध यति नजिक छ कि यसको अभावमा...

मानवजातिलाई जीवन-अस्तित्वको स्थिर वातावरण प्रदान गर्नको लागि परमेश्‍वरले यावत् थोकहरूबीचको सम्बन्धहरूलाई सन्तुलन गर्नुहुन्छ

परमेश्‍वरले यावत् थोकमाझ उहाँका कार्यहरू प्रकट गर्नुहुन्छ र यावत् थोकमाथि शासन गर्नुहुन्छ र यावत् थोकको नियम-व्यवस्थालाई नियन्त्रण...

परमेश्‍वरले सृष्टि गर्नुभएको आधारभूत जिउने वातावरणद्वारा मानिसप्रतिको उहाँको भरण-पोषणलाई हेर्नु

मानव अस्तित्वका निम्ति परमेश्‍वरले गर्नुभएका यी पाँच आधारभूत परिस्थितिहरूको बन्दोबस्तका तरिकामा के तिमीहरू परमेश्‍वरले कसरी उपलब्ध...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्